गोमा राना, लण्डन। आज आइतबार जुलाई ३० तारीख २०२३ विश्व नेपाली साहित्य महासंघ पश्चिमा शाखाको त्रैमासिक बैठक तथा साहित्यिक कार्यक्रम अल्डर्शोटको सुशी मोटो रेस्टुरेन्ट बारमा सम्पन्न भयो। कोरोनाको विषम परिस्थितिको समय देखि जूमबाट नियमित बैठक हुँदै गर्दा गत बर्ष देखि बर्षमा एक पटक प्रत्येक्ष भेटघाट गरि बैठक बस्ने र आफ्नो भावना,रचना प्रस्तुत गर्ने गरिएको छ। साहित्य तथा सङ्गीत समाजलाइ छर्लङ्ग देखाउने ऐना हो र जीवनका सुख दुख पोखाउने माध्यम हो। यी भाषा तथा लयद्वारा अभिब्यक्त गर्ने कला पनि हो। आज बैठकमा उपस्थित सबैले आआफ्नो मनको भावना काल्पनिक र यथार्थपुर्ण रुपले प्रस्तुत गरेका थिए। कार्यक्रमा आज विश्व नेपाली साहित्य महासंघ पश्चिमा शाखाका काबा अध्यक्ष गोमा राना र प्रमुख अतिथि पिताम्बर रानाबाट दिप प्रज्वलन गर्दै कार्यक्रम शुभारम्भ भएको थियो। राष्ट्रिय गान पछि सस्थाका अध्यक्ष लाल सुन्दर राइको जेष्ठ सुपुत्र प्रविन जोयल, सदस्य गङ्गा भन्डारीको माता र साहित्यकार दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल प्रती धैर्य धारण गर्ने शक्ति मिलोस भनी एक मिनेट मौन धारण गरिएको थियो। सिमाना र आमा गीतको रचनाकार लिला सेलिङ माबो र शान्ति लिम्बुलाइ बधाई तथा शुभकमना दिइएको थियो। लाल सुन्दर राइको "सन्सारै रित्तो" शीर्षक कविताले सबैलाई भावुक बनाएको थियो भने गङ्गा भन्डारीको "मन सङ्गको सम्बाद" बसन्ततीलका र उपजाति छन्दको कविताले मन्त्रमुघ्ध पारेकी थिइन् । गोमा रानाको म एउटी चरी,नानू रानाको गजल,शान्ति लिम्बुको मान्छे धमिरा,लिला सेलिङ माबोको गीत सिमाना,जित छन्त्यालको उदास जिन्दगी शीर्षक कविताले सबैलाई वाहवाह गराएको थियो। सङ्ख्यात्मक रुपमा थोरैको उपस्थिति रहे पनि मनोरञ्जनात्मक र गुणात्मक महत्व रहेको सबैले जानकारी गराएका थिए। गोमा रानाको अध्यक्षतामा सह सचिब जित छन्त्यालले कार्यक्रम सन्चालन गरेका थिए भने सचिब शान्ति लिम्बुले स्वागत मन्तव्य राखेका थिए। प्रमुख अतिथि पिताम्बर रानाले उपस्थित सबैको गीत,कविता,गजल मुक्तक अत्यन्तै रोचक सकारात्मक उदाहरणिय रहेको र आउन असमर्थ विनेसामका सदस्यहरुले पक्कै यस्तो कार्यक्रम छुटेकै हो। आगामी आयोजना गरिने कार्यक्रममा सस्थाका सदस्यहरुले महत्त्वपूर्ण ठानेर धेरैको उपस्थितिमा अझ बृहत् होस भनि उतरोत्तर प्रगतिको शुभकामना ब्यक्त गरेका थिए। कार्यक्रमको अन्त्यमा सभा अध्यक्षले उपस्थित सबै तथा चाहेर पनि उपस्थित
शीतलपाटीन्युज डटकम। लन्डन। नेपालको पर्बत जिल्ला भंगारा,दादा, ठानामौला र लामे घर भै बेलायत बसोबास गरेका चार भञ्ज्याङ तमु समाज युके भनेर चिनिने नेपालीहरुको बार्षिक ग्रिष्मकालीन भेटघाट आगामी शनिबार अल्डरसटमी हुँने भयको छ । ५ अगस्टमा हुने सो कार्यक्रममा नेपालका राष्ट्रिय कलाकार,सर्जक तथा लोकप्रिय लोकदोहोरी गायक शिव हमाल तथा लोकप्रिय लोकदोहोरी गायिका मनमाया बाइवाले पनि प्रस्तुति दिने समाचार शीतलपाटीन्युजलाई प्राप्त भयको छ। आयोजक चार भन्ज्याड्गले समाजका सम्पूर्ण परिवार,चेलीबेटी,दिदीबहिनी,ज्वाइँ,दाजुभाइबीचमा वार्षिक भेटघाट सफल र रमाईलो बनाउन सबैलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरेको छ। कार्यक्रम अल्डरसटको कनोट स्कुलमा दिउँसो १ बजेदेखि सुरु हुने संस्थाका अध्यक्ष वेनकुमार गुरुङले बताउनु भयको छ। Address- The Cannught School GU12 4AS
बाचस्पति रेग्मी, शीतलपाटीन्युज डटकम। लण्डन।लामो समय देखी बेलायतमा बसोबास गरि नेपाली नाटक र चलचित्र क्षेत्रको प्रबर्धन र प्रसारप्रचारमा उल्लेखनिय भुमिका निर्बाह गर्नु भयका चलचित्र कैदीको पत्रका निर्देशक सनम कुमार बैराग सम्मानित हुनु हुने भयको छ। निर्देशक बैरागलाई इश्वर मानन्धरको कथामा आधारीत “कैदीको पत्र” चलचित्रमा गर्नु भयको कुशल निर्देशनका लागि पुरष्कृत गरिएको हो। अन्तराष्ट्रिय नेपाली साहित्य समाज युकेद्वारा ५ अगस्त २०२३ मा हुने“२१०औ भानुजयन्ती तथा ९२औ इश्वर मानन्धर जयन्ती” कार्यक्रममा यस बर्षको सुप्रमा-ईप्रमा पुरष्कार-२०२३ प्रदान गरिने कार्यक्रम छ। सो पुरष्कार ५ अगस्त २०२३ का दिन काठमाण्डौ कुशन नर्थफिल्ड एभिन्यु लण्डनमा पुरष्कार संस्थापक प्रतिनिधीका साथै प्रमुख अतिथी साहित्यकार तथा नेपाल प्रहरीका एसएसपी गुप्त बहादुर श्रेष्ठका बाहुलीबाट प्रदान हुने भन्दै अन्तराष्ट्रिय नेपाली साहित्य समाज युकेका अध्यक्ष राज श्रेष्ठले निमन्त्रणा गर्दै बताउनु भयको छ। चलचित्र निर्देशक बैरागले नेपाली साहित्य विकाश परिषद यूकेबाट साहित्य सम्मान रजत अभिनन्दन पत्र तथा पदक,नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट भानुभक्त आचार्य द्विशताब्दी बार्षिक समारोहमा सम्मान तथा पदकका साथै धेरै ड्रामाहरु र चलचित्रबाट पनि सम्मानपत्र प्राप्त गर्नु भयको छ।
शीतलपाटीन्युज डटकम। लण्डन। बिश्वमा सामान्य बोलचाल र सरकारी भाषा पनि अंग्रेजी बोल्ने देश भित्र धेरै जातजातीका संस्थाहरु रहेका छन। त्यस मध्य सयपत्री परीयार समाज युके पनि एउटा संस्था हो। समय बगी रहने हो र सधै भरी बगी रहने समयले केही यादहरु पनि छोडेर गएका हुदो रहेछ। ती छोडेर गएका समयका अबिस्मरणिय क्षण यहा संझन चाहान्छु भन्दै शीतलपाटीन्युजलाई सयपत्री परीयार समाज युकेका अभियन्ता उत्तर बर्देवाले आफन्नो शंझना पठाउनु भयको छ। बर्देवाले भन्नु भयको छ, "२२ जुलाई २०२३ को शनीवारका दिन “सुसी बार एवम रेष्टुरेन्ट” (Sushi Bar & Restaurent) अल्डरसटमा सयपत्री परीयार समाज बेलायतको भेटघाट भब्य र सभ्य रुपमा सम्पन्न भयो। समाजका अध्यक्ष दिलिप महराको अध्यक्षतामा भयको सो भेटघाट कार्यक्रमको संचालन समाजका महासचिब रबिन परीयारले संचालन गर्नु भयको थियो। १५० जना समाजका सदस्यहरुको उपस्थिती रहेको सो कार्यक्रममा महासचिबले रोचक प्रस्तुती दिदै कार्यक्रमलाई रोचक बनाउनु भयको थियो।” समाजका उपाध्यक्ष कुमार घलेद्वारा उपस्थित पाहुना र समाजका सदस्यहरुलाई कार्यक्रममा स्वागत मन्तब्य राख्दै स्वागत गर्नु भयको थियो भने अध्यक्ष महराले नेपाल सहयोग गरेका समाजका सहयोगी मनका धनी सदस्यहरुलाई प्रशंसापत्र प्रदान गरेर सम्मान गर्नु भयको थियो।कोषाध्यक्ष र सहयोगीद्वारा मेम्बरसीप बनाउन र पुराना मेम्बरहरुको पुन दर्ता गर्ने काम भयको थियो। संस्थाका सल्लाहाकार एवम काउन्सीलर नविन सिवाले संस्थाका अध्यक्ष दिलीप महरालाई खादा लगाइ सम्मान गर्नु भयको थियो भने कार्यसमितीका तेज बहादुर सुन्दास,श्रीमती सपना लगायत अन्य सदस्यहरुलाई अघ्यक्ष महराले खादा लगाइ सम्मान गर्नु भयको थियो। देबेन्द्र महराद्वारा तम्बोला समेत खेलाईएको सो भेटघाट कार्यक्रममा स्वादिष्ट खानाका साथै भरपुर मनोरन्जन दिलाइएको थियो।बेलुका अबेलासम्म मातृभुमिका गहना कलाकारहरु राजेस बर्देवा र पुर्णकला जिसीको गीतले सबै जना खुसी भै नाची रहेको पाइएको थियो। दर्र्शकहरु नाचेको मुल्याड्कन गरेको भए पहिलोमा सुनील र दोश्रोमा श्रीमती सुनिताको डान्स अति नै उत्कृष्ठ रहि सयपत्री परीयार समाज युकेको भेटघाट सम्पन्न भयको थियो।
शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतमा रहेका नेपाली बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने कार्यक्रम “प्रतिभा नक्षत्र २०२३” को प्रतिभा प्रस्तुतिका लागी आवेदन खुल्ला भएको छ । बेलायतमा बसोबास गर्दे आएका नेपाली बालबालिकाहरुका लागि आफ्नो क्षमता प्रर्दशन गर्ने अत्यन्तै महत्वपूर्ण कार्यक्रम प्रतिभा नक्षत्र यही २६ अगस्टमा लन्डन प्लमस्टिडको एशियन कम्यूनिटी सेन्टरमा आयोजना हुने आयोजकले बताउनु भयको छ । उक्त कार्यक्रममा सहभागी हुन इच्छुक प्रतियोगीले अनलाइनमार्फत पनि आवेदन दिनसक्ने आयोजक संस्था प्रतिभा नक्षत्रले जनाएको हो। प्रतिभा नक्षत्रका अध्यक्ष सिम्मी पुनका अनुसार प्रतिभा नक्षत्र कार्यक्रम बेलायतमा बसोबास गर्दे आएका नेपाली बालबालिकाहरुको लागि नेपाली भाषा,कला र संस्कृतिको जानकारी दिने तथा उनीह्ररुको प्रतिभा प्रर्दशन गर्ने उद्येश्यले आयोजना गर्ने गरिएको भन्नु भयको छ। नेपाली गीत,संगीत,नृत्य,कला,साहित्य,चित्रकला लगायतका जुनसुकै विधामा पनि बालबालिकाले प्रतिभा देखाउन सक्ने प्रतिभा नक्षत्रका परिकल्पनाकार राजेन्द्र खसले जानकारी दिएका छन। उहाका अनुसार नेपाली बालबालिका र युवाहरुलाई नेपाली भाषा,कला र संस्कृतिसँग परिचित गराउने विभिन्न खालका कार्यक्रम आयोजना गरिने छ । सो अवसरमा विभिन्न नेपाली परिकारका खानाहरु, नेपाली खेल चङ्गा उडाउने र साहित्यिक सामग्रीहरुको बाचन गर्ने कार्यक्रम राखिने गरेको कुरा जनाउनु भएको छ। नेपाली मूलका बालबालिकाको सहभागिता रहने प्रतिभा नक्षत्र कार्यक्रममा बाल तथा युवा गरी दुई छुट्टाछुट्टै समूहमा प्रतिस्पर्धा हुनेछ।युथ नक्षत्रमा पहिलो,दोस्रो र तेस्रो हु्नेलाई क्रमशः ६ सय पाउण्ड, ५ सय पाउण्ड र ४ सय पाउण्ड तथा यसैगरी बाल नक्षत्रमा पहिलो,दोस्रो र तेस्रो हुनेले पनि क्रमशः४ सय,३ सय र २ सय पाउण्ड पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ। बाल समूह अन्र्तगत ६ वर्षदेखि ११ वर्षसम्मका बालबालिका र युथ अन्र्तगत ११ देखी १९ वर्षका यूवाले भाग लिन सक्नेछन। चार वर्षदेखि नियमित हुदै आएको प्रतिभा नक्षत्र कार्यक्रममा नेपाली संस्कृति झल्काउने खालका केही कार्यक्रम यस वर्ष थप गर्न लागिएको छ।यस वर्ष पहिलो पटक कार्यक्रमस्थलमा थारु संस्कृति झल्काउने थारुघर र नेपाली मौलिकता झल्काउने विभिन्न स्टलहरु राखिने तयारी भइरहेको छ। (डेमो खवर)
शीतलपाटीन्युज डटकम। लन्डन। मौलिक नेपाली कला, संस्कृतिको प्रवर्द्धन र पुस्तान्तरणको लक्ष्यसहित बेलायतमा हुंदै आएको प्रतिभा नक्षत्रको चौंथो संस्करण २६ अगस्ट २०२३ मा आयोजना हुने भएको छ। लन्डन प्लमस्टिडको एशियन कम्युनिटी सेन्टरमा अगस्ट चौंथो प्रतिभा नक्षत्र आयोजना हुने तय भएको कुरा आयोजक प्रतिभा नक्षत्रले जनाएको छ। बाल र युवा गरी दुई फरक समूहमा प्रतिभा नक्षत्रहरुको खोजी गरिने कार्यक्रममा नेपाली कला, संस्कृतिको प्रवर्द्धनका साथै आपसी सद्भाव र भाइचारा अभिवृद्धि गर्ने खालका विभिन्न स्टलहरु समेटिएको प्रतिभा नक्षत्र गाउँ पनि विशेष आकर्षण रहनेछ। कार्यक्रममा बाल समूहतर्फ ६ देखि ११ वर्ष उमेरभित्रका बालबालिका तथा युवा समूहतर्फ १२ देखि १९ वर्ष उमेरभित्रका युवाहरुले भाग लिने सक्ने क्राईटेरिया बनाईएको छ।गायन,नृत्य,साहित्य,अभिनय,क्यारिकेचर,संगीत,चित्रकला लगायतका जुनसुकै विधामा सर्वोत्कृष्ट प्रतिभा प्रस्तुत गर्नेहरुलाई प्रतिभा नक्षत्रका रुपमा पुरस्कृत गरिनेछ। युवातर्फ प्रथम हुनेलाई ६ सय, दोस्रोलाई ५ सय र तेस्रोलाई ४ सय तथा बालतर्फ क्रमशः ४ सय, ३ सय र २ सय पाउण्ड नगदसहित ट्रफी र प्रमाणपत्र वितरण गरिने कार्यक्रम छ। प्रतिभा नक्षत्रको अर्को मुख्य आकर्षण प्रतिभा नक्षत्र गाउँ रहनेछ । जसमा कार्यक्रममा सहभागी जोसुकैले आफ्नो इच्छाअनुसार चित्रकला गर्न सक्ने प्रतिभा नक्षत्र कलाघरदेखि नेपालभित्रैका विभिन्न कुइजिनका साथै पञ्जावी, नाइजेरियन जस्ता विदेशी कुइजिनका परिकारहरु पस्किने प्रतिभा नक्षत्र भान्साघर सम्म रहनेछ। त्यस्तै डन्डिबियो,बागचाल,चुंगी खेल्नेदेखि चंगा उडाउनेसम्म सुविधाको प्रतिभा नक्षत्र खेलकुदघर,स्वास्थ्य चेकजाँच तथा परामर्श दिने प्रतिभा नक्षत्र स्वास्थ्य घर र पर्यावरणमैत्री सामग्रीहरु उपलब्ध प्रतिभा नक्षत्र बिक्री तथा प्रवर्द्धननघर,नेपाली तथा अंग्रेजी साहित्यको संग्रह र वाचन गर्ने अवसरसहितको प्रतिभा नक्षत्र साहित्यघर पनि रहने छ। यस वर्ष पहिलोपटक मौलिक थारु संस्कृति झल्काउने प्रतिभा नक्षत्र थारुघर पनि राख्ने तयारी भइरहेको आयोजकले प्रेष बिगेप्ती मार्फत जनाएको छ।कार्यक्रमको आयोजक समूह प्रतिभा नक्षत्रका परिकल्पनाकार राजेन्द्र खस,संरक्षक मनिषकुमार श्रेष्ठ,अध्यक्ष सिम्मी पुनसहितको टीमले नेतृत्व गरिरहेको छ। कार्यक्रममा इनास यूके, एनआरएनए यूकेसहितका बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाको पनि सहकार्य रहने छ। प्रतिभा नक्षत्र २०२३ मा भाग लिन ईच्छुक प्रतियोगीले तल क्लिक गरी आवेदन फारम प्राप्त गर्न सक्नेछन् - http://www.nepalilink.com/wp-content/uploads/2023/07/Registration_form_2023.pdf
शीतलपाटीन्युज डटकम। लण्डन। नेपाली अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’को भब्य प्रिमियर बेलायत कै सान मानिएको लिस्चे स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’मा गरिने भएको छ।सो कुराको समाचार युकेमा बस्ने नेपालीहरुले थाहा पाएपछि नेपालीहरुमा उल्लास छाएको छ। ‘गोर्खा वारियर’को प्रिमियरमा सहभागी हुन यूकेको बिभिन्न नगरमा बसोबास गर्ने नगरवासीहरुले बस नै रिजभ गरेर आउने भएका छन्। अहिले युकेको विभिन्न स्थानमा बस्ने नपालीहरु ‘गोर्खा वारियर’ प्रिमियरमा सहभागी हुन एकजुट भएको देखिएको छ। ‘गोर्खा वारियर’ फिल्मको प्रिमियरका लागी खटिरहेका निर्देशक मिलन चाम्सले यो खवर सुने पछि उनी खुसी भयका छन। उनले फेसबुकमा तस्बिरहरु सियर गर्दै लखेका छन्,“गोर्खा वारियर”प्रिमियरमा सहभागी हुन यूकेको Reading बासीले बस नै रिजभ गरी सक्नू भएछ। 👏👏 Reading बासी सम्पूर्ण प्रति नमन भन्न चाहान्छु भन्नु भयको छ। त्यहाँ नेपाली चलचित्रकै इतिहाँसमा पहिलो पटक यो चलचित्र रेड कार्पेट प्रिमियर गर्न लागिएको हो। यो प्रिमियर सन २०२३ सेप्टेम्बर १० आईतबार अर्थात आगामी २४ भदौमा गरिने आयोजक चाम्स इन्टरटेनमेन्टले जनाएको छ। सो भव्य प्रिमियर सो मा धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ,अभिनेता तथा क्याप्टेन विजय लामा पनि सहभागी हुनुहुने भएको छ। निर्देशक चाम्सका अनुसार यो प्रिमियरमा हलिउडका विभिन्न सेलिब्रेटीहरु,हलिउडकै फिल्म डिस्ट्रिब्युटरहरुसँगै बेलायतका राजपरिवार,सांसदहरु,स्थानीय निकाय प्रमुखहरु,बेलायती सैनिकका जनरल,बृटिस गोर्खा सैनिकका साथै विभिन्न ओहदाका अफिसरहरु, बेलायतमा रहेको नेपाली राजदुतावास, काउन्सिलका पदाधिकारीहरु,विभिन्न सरकारी र गैर सरकारी संघ संस्था एवम् निकायका उच्च ओहदाका व्यक्तित्वहरुलाई निमन्त्रणा गरिएको छ। यस्तै नेपालबाट नेपाल सरकारका विशिष्ट व्यक्तिहरुलाई पनि सो प्रिमियरमा निमन्त्रणा गरिने कार्यको थालनी भएको पनि निर्देशक चाम्सले जानकारी गराउनु भयको छ। लण्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा सुमन राई,सुस्मिता वाइवा छन्। यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन्। ‘वार’ जनरामा निर्माण भएको यो चलचित्रबाट नायक रितेश चाम्सले डेब्यु गरेका छन्। रितेशसँगै ‘गोर्खा वारियर’मा बिजय लामा,रेविका गुरुङ,रियर राई,शिशिर बाङ्देल,कविता आले,बिरूप घले,सारा राईलगायतका विभिन्न कलाकारको अभिनय रहेको छ।
शीतसपाटीन्युज डटकम। लण्डन। चितवन समाज युकेको ९ जुलाई २०२३ को दिन आयोजना गरिएको कार्यक्रम भब्यता साथ सम्पन्न भएको छ। सो कार्यक्रममा चितौनेहरुको उत्साहजनक उपस्थिति थियो। लन्डनको चाल्टनमा सम्पन्न भएको सो कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष शालिक सापकोटा र संचालन गोबिन्द सापकोटाले गर्नु भएको थियो।सो अवसरमा कार्यक्रम संयोजक तथा उपाध्यक्ष नारायणी लामिछनेले स्वागत मन्तब्य दिनु भएको थियो। कार्यक्रमका प्रमुख अतिथि गैरआवासीय नेपाली संघ बेलायतका उपाअध्यक्ष एवं अध्यक्षका प्रत्यासी डा.नारायण कंडेलले गर्नु भएको थियो। आफ्नो मन्तव्यमा डाकंडेलले सरल रुपबाट गैरआवासीय नेपाली नागरिकता पाउनको लागी बिध्दमान नेपाली कानुन परिवर्तन गर्न आवस्यक रहेको र यसको लागी उपयुक्त पात्र अहिलेका उम्मेदवारहरुमा आफु मात्र रहेको उल्लेख गर्नु भएको थियो। Society of nepaleae professional UK का अध्यक्ष ई बिष्णु प्रसाद न्यौपानेले बिध्दमान NRNA सिटिजनसिपको बारेमा अली सतर्क हुनुपर्ने धारणा ब्यक्त गर्नु भएको थियो। नियममा कानुनमा उल्लेख भयपनी काम गर्दा त्यसलाई पूर्ण रुपमा लागु नगर्दा घरजग्गा लेनदेन तथा कामको सिलसिलामा गैर आवसीय नेपालीहरुले झमेला बेहोर्नु परेको उल्लेख गर्नु भएको थियो। तेस्तै चितवन समाज युकेका संरक्षक शान्त बिनोद लामिछने,गैर आवसीय नेपाली संघ युकेका उपाध्यक्ष तथा महासचिबका प्रत्यासी कृष्ण खरेल,उपाध्यक्ष लीलाराम न्यूरे,सदस्य राम थापा र क्याट युकेका पूर्व अध्यक्ष राजेन्द्र खरेलले चितवन समाज युकेलाई शुभकामना ब्यक्त गर्नु भएको थियो। सो कार्यक्रममा अतिथीहरु पशुपतिनाथ मन्दिरका अध्यक्ष दाशुराम पाण्डे,गैर आवसीय नेपाली संघ इजराइलका पूर्व अध्यक्ष यम गुरुङ,गलकोट समाजका अध्यक्ष भोजराज कंडेल,बेकस्ली समाजका पूर्व अध्यक्ष आनन्द धरेल,Merging Nepsoc’s का अध्यक्ष पवन कंडेल,जनसंपर्क समिति युकेका उपाध्यक्ष सुरज केसी,एनआरएन युकेका पूर्व महासचिब फडिन्द्र भट्टराई,प्रबासी नेपाली मन्च युरोपका सादस्य केदार थपालिया,एन पि पि एफ युके ( माओबादी केन्द्र युके ) का उपाध्यक्ष फूल प्रसाद कंडेल,चाल्टन समाज युकेकी उपाध्यक्ष सिता अर्याल,गुर्खा क्रिकेट क्लबका म्यानेजर सौरभ सापकोटा तथा सामाजिक अभियान्ताहरुको उपस्थिति रहेको थियो। चितवन समाज युकेका अध्यक्ष शालिक सापकोटाले चितवन समाज युके बेलायतमा बसोबास गर्ने चितौनेहरुको सुखदुखमा साथ दिने सामाजिक संथा भएको बताउनु भयो। चितवन समाज युकेले गत बर्ष गोबिन्द सापकोटाको संयोजकतोमा Coventry मा बित्नु भएका राम सुबेदीको दाहासन्कारको लागि £१०७० सहयोग, उपाध्यक्ष
शीतलपाटीन्युज डटकम। लन्डन। तमुधिं यूके आमा समूहले यस वर्ष क्यान्सर रिसर्च सेन्टर यूकेले गर्दै आएको "रेस फर लाइफ" दौड कार्यक्रम १६ जुलाई २०२३ मा गर्ने भएको कुरा छापामा समाचार प्राप्त भयको छ। क्यान्सर रिसर्च सेन्टर यूकेको सहयोगार्थ हरेक वर्ष हुँदै आएको "रेस फर लाइफ" कार्यक्रम प्रोस्पेक्ट पार्क रिडिङमा बिहान ११ बजे देखि हुने भयको कुरा तमुधिं यूके आमा समूह अध्यक्ष एवम कार्यक्रम.संयोजक सन्ध्या गुरुङले जानकारी दिनु भयको छ। यो क्यान्सर रिसर्च सेन्टर यूकेको "रेस फर लाईफ" दसौं संस्करणको दौड हो। संयोजक गुरुङले दौडमा सहभागी भएर कार्यक्रम सफल बनाइदिन अनुरोध समेत गर्नु भयको छ। सन् १९९४ मा लन्डनबाट सुरु भएको रेस फर लाइफमा केवल ७५० महिला सहभागी भएका थिए भने हरेक सालमा यो संख्या बढ्दै हाल बेलायतका विभिन्न सहरहरुमा विभिन्न समयमा सम्पन्न हुने गर्दछ। केवल महिलाहरुमात्रै सहभागी हुन पाउने कार्यक्रमले बर्सेनि मिलिएन पाउन्ड संकलन गरी संसारमा व्याप्त २ सय थरीका क्यान्सरबाट पीडित महिला,पुरुष र बाल बालिकाको उपचारका साथै रोग उन्मूलनमा खर्च गर्ने गरिएको संयोजक सन्ध्या गुरुङले बताउनु भयको छ। श्रोत-गोर्खा मिडीया।
शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपली साहित्य विकास परिषद यूकेद्वारा २१०औँ भानु जयन्ती विविध साहित्यिक कार्यक्रमका साथ उत्साहवर्धक रूपमा मनाइयो वेस्ट लन्डन,एक्टन स्थित एबिआइ कलेजमा आयोजित उक्त समारोहमा पुस्तक विमोचन तथा पुरस्कार वितरण गर्नुहँदै समारोहका प्रमुख अतिथि परिषद्का पदेन संरक्षक महामहिम राजदूत ज्ञानचन्द्र आचार्यले नेपाली भाषा साहित्यको जागरण र सम्मान अभिबृद्धि गर्नमा आदिकवि भानुभक्तको योगदान गहन रहेको चर्चा गर्नुका साथै बेलायतमा नेपाली भाषा साहित्यको विकासमा वरिष्ठ साहित्यकार सुरशजङ्ग शाहले नेपाली साहित्य विकास परिषद् युकेको स्थापना गरेर विशिष्ट योगदान र इतिहास रचेको चर्चा गर्नु भयो। आफ्ना सिर्जनाहरूद्वारा समाजलाई परिवर्तन तर्फ उन्मुख गराउने शाह लगायतका सर्जकहरूको सम्मान गर्न पाउँदा खुसी लागेको चर्चा गर्नुहुँदै राजदूत आचार्यले कथाकार हरिसिंह थापाको आज आदिकविको जन्मदिनको अवसर पारेर विमोचन गरिएको यस मेलिनाको डायरी कथासङ्ग्रहले समाजको विकासमा महत्वपूर्ण योगदान पु-याउने विश्वास व्यक्त गर्नु भयो। समारोहमा आदिकवि भानुभक्त आचार्यको जीवनी बारे प्रकाश पार्नुहुँदै परिषदका प्रमुख सल्लाहकार यती नेपाली एसोसिएसन युकेका पूर्व अध्यक्ष डा.राघवप्रसाद धितालले त्यसवेला अत्यन्त अविकसित समाज रहेको इतिहासको त्यो कालखण्डमा आदिकवि भानुभक्तले नेपाली भाषामा जुन रामायणीय साहित्यको लहर चलाए त्यो आफैमा एक साहासिक कदम थियो र जसले नेपाली साहित्यको यात्रा तथा सामाजको चेतना र एकता जागरण गर्नमा महत्वपूर्ण योगदान पु-याएको चर्चा गर्नु भयो । डा.धितालले परिषद्का संस्थापक वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहले बेलायतमा नेपाली साहित्यको सौन्दर्य फैलाउन आफ्नो सिङ्गो जीवन गुजारेको चर्चा गर्नुहुँदै यसको तुलनामा शाहलाई जति सम्मान गरे पनि कमै पर्ने विचार व्यक्त गर्नु भयो। सभापतिको आसनबाट वोल्नुहुदै परिषदका अध्यक्ष वरिष्ठ कवि कोमल प्रसाद श्रेष्ठ मल्लले नेपाली साहित्य विकास परिषद युकेले आफ्नो स्थापनाकाल सन् १९९५ देखि नै बेलायतमा भानु जयन्ती मनाउँदै आएको चर्चा गर्नुहँदै नेपाली पहिचान युगयुग सम्म जिवन्त राख्न हाम्रो भाषा साहित्य संस्कृति जस्ता चिनारीहरू जोगाउदै लैजानु पर्ने औचित्य तर्फ प्रकाश पार्नुभयो । अध्यक्ष मल्ले सन् १९९५ मा नेपाली साहित्य विकास परिषद्को स्थापना र सन् १९९२ बाटै समाचार पत्रिकाहरू प्रकाशन गरेर परिषद्का संस्थापक वरिष्ठ साहित्यकार एवम् पत्रकार सुरेशजङ्ग शाहले नेपाली साहित्यका सर्जक र सिर्जनाहरू उम्रने खेती बेलायती माटोमा