शीतलपाटीन्युज डटकम। अल्डरसट, लण्डन।नेपाली मौलिक गीत,सङ्गीत,कला र संस्कृतिलाई देशविदेशमा संरक्षण र प्रबर्धन गर्दै पाल्पा जिल्लालाई संसारभर चिनाउन महत्वपूर्ण योगदान दिँदै आएकी पाल्पाली गायीका मुना मगरको योगदानको उच्च कदर गर्दै पाल्पा जिल्ला समाज (पाल्पाली भञ्ज्याङ) युकेले अल्डरसर्टस्थित द प्यालेस रेष्टुरेन्ट एण्ड बारमा भव्य स्वागत एवम् सम्मान गरेको समाचार छ । पाल्पा जिल्ला समाज युकेका अध्यक्ष गोपाल थापा चिडीमगरको अध्यक्षतामा भएको उक्त सम्मान कार्यक्रममा संस्थाका महासचिव डोलबहादुर सोमरे मगरले सञ्चालन गरेका थिए भने संस्थाका पेट्रोन बम थापा सूर्यवङ्शीमगरले कार्यक्रमको संयोजन गरेका थिए। सो अवसरमा पाल्पा जिल्ला समाज युकेका पूर्व अध्यक्षहरू रिखिराम राना र बाचस्पति रेग्मी,सल्लाहकारहरू क्याप्टेन हरिबहादुर थापा,क्याप्टेन विष्णु श्रेष्ठ र नेत्र थापालगायत बेलायतबासी पाल्पाली दाजुभाई, दिदीबहिनीहरूको बाक्लो उपस्थिति रहेको थियो। सो अवसरमा चर्चित नायिका एवम् लोकदोहारी गायिका मुना मगरले विभिन्न बोलका गीत गाएर उपस्थित पाल्पालीहरुलाई छमछम नचाएकी थिइन्। सो कार्यक्रममा बेलायतभरि छरिएर रहेका पाल्पालीहरूबाट मुना मगरलाई विशेष मायाको चिनो प्रदान गरिएको थियो। समाजका अध्यक्ष गोपाल थापा चिडीमगरको विशेष पहलमा मुना मगरलाई पौण्ड १५४० (लगभग नेपाली रूपैयाँ २ लाख ५५ हजार) को आर्थिक सहयोग र मायाको चिनो प्रदान गरियको थियो। दिबा भोजको समेत भयको गायिका मुना मगरको सो कार्यक्रम मगरहरूको महान् चाड माघेसङ्क्रान्तिको अवसर पारेर मगर संघ युके युएचएसबी शाखाले मुना मगरलाई युकेमा निमन्त्रत्रणा गरेको थियो।
शीतलपाटीन्युज डटकम। अलडरसट,लण्डन। नेपाली लोक गायक यश कुमारलाई अल्डर्शटको एम्पाएर हलमा बेलायती सांसद लिओ डोकर्टीले स्वागत गरेको समाचार छ। बहुप्रतिभाशाली गायक,गीतकार र अभिनेता यश कुमारलाई सांसद लियो डोकर्टी (MP Leo Docherty) ले फुल र खादाले एम्पाएरहल अल्डरसट युकेमा स्वागत गरेका थिए। शुभारम्भमा एस कुमारले शब्द ब्यान्डले सदाबहार गीत चरी मर्यो शीशैको गोलीले जस्ता गीतबाट दर्शकलाई झुमाएका थिए भने दोस्रो चरणमा यश कुमारले सुनेर मनोरञ्जन गर्ने खालका मैले छोएको पानी चल्दैन जस्ता गीत गाएका थिए। त्यसपछि भने कार्यक्रमको अन्त्य सम्मको गीतले नचाएर माहोल तताएका थिए। औपचारिक कार्यक्रम प्रमिला लाबुङ राइले सन्चालन गरेकी थिइन भने कार्यक्रम सम्योजक भरतमणि चेम्जोङ,सेर सुनार,शब्द ब्यान्ड लगायतको टिम र कार्यक्रम प्रायोजक आशिष ज्वेलर्स,ओजोने रेस्टुरेन्ट, लक्ष्मी ज्वेलर्स,के डि के कोदो,गोर्खा मोर्गेज,सुनगाभा मोर्टगेज,ग्लोबल बुलिअन भल्ट लगायतले प्रायोजन गरेका थिए। काममा ब्यस्त नेपालीहरु शुक्रबार भएकोले औपचारिक कार्यक्रम निर्धारित समयमा आरम्भ नभए पनि केही ढिलो शुरु भएको र दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो। यश कुमारको कार्यक्रम शिङ्गलटन भिलेजहल हक्सटन अस्फोर्ड केन्ट (TN23 5LB) मा लाईभ शो पनि हुदैछ।
पुर्ण गुरुड्ग, लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले विविध धार्मिक पूजापाठका साथ तमू (गुरुङ) हरुको महान पर्व ल्होछार मनाएको छ। गत आइतबार ३१ डिसेम्बर अर्थात् पौष १५ गतेका दिन नेपालीहरुको बाक्लो बसोबास रहेको इंल्याण्डको अल्डरसटस्थित बीसीसी गुम्बामा दिप प्रज्ज्वलन, घ्यासी आयु र छोग पूजा गरी मनाइएको हो। विश्वभर रहेका गुरुङहरुले प्रत्येक पौष १५ हुने ल्हो अर्थात् बर्ग परिवर्तनलाई बिशेष महत्वका साथ लिने गर्दछ। सोही अनुरुप यसबर्ष बिरालो बर्गलाई बिदाई गर्दै गिद्ध बर्गलाई स्वागत गर्ने क्रममा उक्त पूजाको आयोजना गरिएको हो। नेपालबाट आमान्त्रित धर्मगुरु खेन्पो मंगल ध्वज (किरण) तुलाचनको बिशेष उपस्थितिमा सम्पन्न सो पूजामा बीसीसी युकेका खेन्पो कर्म छुल्त्रिम,लामा हर्कजंग घले,लामा प्रदीप गुरुङ,लामा पुरन गुरुङ,सानु लामालगायत धर्मशालाबाट आएका ६ जना धर्मगुरुहरुले संयुक्त रुपमा संसारभर रहेका मानवजातीको सुख, शान्ति, दिर्घायू र समृद्धिको कामना गर्दै बौद्ध परम्परानुसार घ्यासी पूजा (ग्रह शान्ति), आयु, घनचक्र (छोग) पूजा गरेका थिए। सो अवसरमा दीप प्रज्ज्वलन,लुंदा रब्ने,रीप लगाउने, आयुको वाङ्ग दिइएको थियो। बेलायतमा रहेका तमूहरुको बाक्लो उपस्थिति रहेको पूजामा तमुधीं युकेका अध्यक्ष हरि गुरुङलगायत कार्यसमिति तथा आमाहरुले बीसीसी युकेको गुम्बा परिसर भित्र नयाँ लुंदा फेरेका थिए। बिहान १० बजेबाट औपचारिक रुपमा शुरुवात भएको पूजामा खेन्पो किरण तुलाचनले ल्होछारबारे जानकारी गराउँदै दीर्घायू र शसक्तिकरणबारे धार्मिक प्रवचन दिएका थिए। सो अवसरमा बीसीसी युकेका अध्यक्ष हर्क गुरुङलगायत कार्यसमितिले खेन्पो तुलाचनप्रति मण्डला अर्पण गरेका थिए। त्यस्तै,आमा प्रमुख उर्मिला गुरुङलगायत आमाहरुले धन्यवाद ज्ञापनसहित खेन्पो तुलचानप्रति मण्डला अर्पण गरे। कार्यक्रममा बीसीसी युकेका अध्यक्ष हर्क गुरुङले बीसीसी युकेको बारेमा छोटो जानकारी गराउँदै विगत केही बर्ष देखि ल्होछार मनाउँदै आएको जानकारी गराउदै तमू ल्होछारको हार्दिक मंगलमय शुभकामनासहित सबै अतिथिहरुको हार्दिक स्वागत गरे। त्यस्तै, बीसीसी लण्डन ब्रान्चका सचिव पञ्च तामाङ्गले शुभकामना मन्तब्य व्यक्त गरेका थिए। साथै, तमुधीं यूकेका अध्यक्ष हरि गुरुङले मुप्री ल्होछारको पावन अवसरमा सबैको सुख, शान्ति, दीर्घायू, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना सहित शुभकामना दिए। बिशेषगरी नयाँ पुस्ताको बाक्लो उपस्थिति रहेको सो पूजामा बीसीसी युकेका उपाध्यक्ष रोबिन गुरुङले अतिथि खेन्पो किरण तुलाचनको बारेमा छोटो परिचय दिएका थिए। बौद्ध धर्ममा अत्यन्त महत्वपूर्ण मानिने
शीतलपाटीन्युज डटकम। लन्डन। नेपाल चलचित्र कलाकार संघ बेलायत शाखाका उपाध्यक्ष एवम गायक सुरेस राज पाठकको स्वर,कथा र डाइरेक्सनमा निर्मित म्यूजिक भिडियो “आउदैछु म” सार्वजनिक भएको छ। म्यूजिक अडियो/ भिडियो सुरेस राज पाठकको प्रोडक्सनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। बेलायतको लण्डन शहर भित्र र समुन्द्र वरपर छायांकन गरिएको रोमाञ्चक म्यूजिक भिडियोमा सुरेस राज पाठकले निर्देशन गरेका छन। म्यूजिक भिडियो- सुरेस राज पाठकको स्वर र बिपीन आचार्यको संगीत रहेको यस गीतमा दीपक राज पाठकको शब्द सृजना छ।प्रविन भट्टले सम्पादन गरेको, सुमन श्रेष्ठले छायाड्कन गरेको गीतको म्यूजिक भिडियोमा प्रसान्त खड्का,करिस्मा ढकाल र रमीला न्यौपानेले अभिनय गरी म्युजिक भिडीयो तयार पारीएको छ।
शीतलपाटीन्युज डटकम। लण्डन। किरात राई यायोक्खा बेलायतले उधौली-२०२३ लाई महान चाडको रुपमा मनाएको छ। किरात राई हाउस ग्याम्बल्स लेन वकिङमा, हिंजो २६ डिसेम्बर २०२३ को दिन आयोजना गरिएको उधौली उत्सवमा प्रकृति पूजक किरात राईहरुले किरात राई परम्पराअनुसार भूमिको पूजा गर्दै सिली सहित उत्सव मनाएका थिए।किरात राई जातिले यो चाडलाई पृथ्वीमा कृषि युगको शुरुवात भएदेखि नै मान्दै आएको विश्वास गरिन्छ। किरात राई जातिले यो चाडलाई ऋतु परिवर्तनसँगै वर्षमा दुईपटक धुमधामका साथ मनाउदै आएको पाईन्छ । वैशाख शुक्ल पूर्णिमा अर्थात वसन्त ऋतुमा उभौली र मंसिर शुक्ल पूर्णिमा अर्थात शरद ऋतुमा उधौली उत्सवको रुपमा मनाउने चलन रहेको उधौली-२०२३ को सम्योजक तथा किराया बेलायतको उपाध्यक्ष मे रि दिलकुमार राईले बताउनु भयो । सरल अर्थमा, किरात राईहरुले हरेक वर्ष अन्नबाली लगाउने बेलामा उभौली र अन्नबाली पाक्ने बेलामा खुशियाली मनाउँदै उधौली उत्सव मनाएको पाईन्छ। बहुभाषिक बहुथरी किरात राई जातिले उभौली र उधौलीलाई आआफ्नो भाषा अर्थात थरी अनुसार, वाम्बुले भाषिकले खाउमो, कुलुङ भाषिकले तोस, थुलुङ भाषिकले तोसी, दुमी भाषिकले तोसु, खालिङ भाषिकले वास, चाम्लिङ भाषिकले साकेला, बान्तवा भाषिकले साकेवा/साकेन्वा, पुमा भाषिकले साकेन्वा, साम्पाङ भाषिकले साकेवा, बाहिङ/बायुङ भाषिकले हङ/सेग्रो, मेवाहाङ भाषिकले हाङ आदि फरक फरक नामले पुकारेको पाईन्छ। किरात राई यायोक्खा बेलायतले, बेलायतको प्रतिकूल मौसमको कारण, प्रत्येक साल उभौली उत्सव मात्र ब्यापक तामझाम र भब्यताका साथ मनाउदै आएकोमा, हिंजो मनाईको उभौली-२०२३ नै ऐतिहासिक रूपले सबै विधी पुर्याउदै सिली सहित बेलायतमा मनाईको पहिलो उधौली उत्सव रहेको र आउने सालहरुमा यसलाई ब्यापकता सहित निरन्तरता दिदै लगिने किरात राई यायोक्खा बेलायतको संस्थापक तथा वर्तमान अध्यक्ष चन्द्र बहादुर राईले बताउनु भयो। किराया बेलायतको अध्यक्ष चन्द्र बहादुर राईको अध्यक्षतामा उधौली-२०२३ उत्सव समारोह सम्पन्न भएको थियो। भने समरोहको प्रमुख अतिथिमा पूर्खा तथा किरात राई चाम्लिङ खाम्बातिम नेपालको संस्थापक अध्यक्ष जगत राई रहनु भएको थियो। विशेष अतिथिहरुमा मंगोल नेस्नल अर्गनाइजेसन क्रान्तिकारीको अध्यक्ष शक्ति चाम्लिङ राई र गैरआवासीय नेपाली संघ युकेको महासचिव प्रमिला लाबुङ राई रहनु भएको थियो। यसैगरी अतिथिहरुमा, किराया बेलायत स्थानिय समन्वय परिषद अर्थात प्रा का स ग्रेटर
GNNBEWS - लन्डन। वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) लन्डन आइपुगेका छन् ।‘मह जोडी यूके टुर’ का लागि कलाकारद्वय बिहीबार साँझ हिथ्रो उत्रिएका हुन्। महका साथ मदनकृष्णका छोरा यमन श्रेष्ठ, छोरी सराना र आचार्यकी जीवनसंगिनी रमिला पनि छन्। मह जोडी तथा टोलीका अन्य सदस्यलाई आयोजक द गोर्खा सेन्टरका संस्थापक तथा सिइओ भीम तामाङ लगायत स्वयमसेवक युवा र विभिन्न संघ संस्थाका प्रतिनिधिले विमानस्थलमा स्वागत गरेका थिए। लण्डन आइपुगेपछि कलाकार मदनकृष्ण श्रेष्ठले ठट्यौलो शैलीमा भने, "बचेखुचेको शक्ति प्रदर्शन गर्ने हो। रमाइलो हुन्छ। अल्डरशट र ह्यारोमा अवश्य आउनु होला। " यसै गरी हरिवंश आचार्यले भने, "यहाँहरुसंग भेट्नलाई हामी बेलायत आइपुग्या छौं। भेटम्ला, रमाइलो गरम्ला। राजनीतिक परिस्थिति ३०-४० वर्षदेखि चेन्ज भएको छैन। सुध्र भन्ने हो, सुध्र्या छैन भन्ने हो, उध्रेको छ भन्ने हो। विसंगतिको बारेमा नै हाम्रो प्रस्तुति हुन्छ।" उनले विमान स्थलमा आफुहरुलाई भव्य स्वागत गर्ने सबै संघसंस्थालाई धन्यवाद दिंदै आउँदो शनिबार तथा आइतबार भेट हुने विश्वास व्यक्त गरे। " गीत संगीत पनि हुन्छ। तपाईंहरुलाई रमाइलो गर्ने कोशिश गर्छौं," आचार्यले भने। कार्यक्रमका आयोजक लन्डनस्थित द गोर्खा सेन्टरका सीइओ भिम तामांगले तयारी भव्य भैरहेको बताए । “लजिस्टिक्सको काम करिब करिब पुरा गरि सकेका छौं। यो कार्यक्रम भव्य गराउन कहीं पनि नचुक्ने गरी हामी तयारी गरि रहेका छौं," उनले भने। मह जोडी टुर अन्तर्गत पहिलो कार्यक्रम यही शनिबार (२३ डिसेम्बर) अपरान्ह ४ बजेदेखि हयारोस्थित ह्यारो लिजर सेन्टर र दोश्रो कार्यक्रम आइतबार, २४ डिसेम्बर अपरान्ह ४ बजेदेखि अल्डरसटस्थित एम्पायर हलमा हुँदैछ । ह्यारोमा चर्चित गायक प्रकाश सपुत, यमन श्रेष्ठ, शर्मिला बर्देवा लगायत कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले जनाएका छन् । अल्डरसटमा स्थानीय कलाकार र गत सिजनका ‘भ्वाइस अफ नेपाल विजेता करण राईले पनि प्रस्तुति दिनेछन् । कसरी किन्ने टिकट? आयोजकका अनुसार यो लिंकमा गएर टिकट किन्न सकिन्छ: ह्यारो : https://www.tickettailor.com/events/thegurkhacentre/989012?fbclid=IwAR0EM85ckr95ilR4ErPrqnF0o3fENYiOkOxiV67c_2c0zGZDrOxuyNUphUE अल्डरशट : https://www.tickettailor.com/events/thegurkhacentre/1067312?fbclid=IwAR0R96AQqtkADvDJy9nTmYdpC63SJkUEaQAb2x2Pr879iTSIPlHGbgAXVgo द गोर्खा सेन्टरले एडभान्समा टिकट लिए जम्मा २५ पाउण्ड एवं विद्यार्थी र ६० वर्षमाथिका दर्शकका लागि २० पाउण्ड शुल्क राखेको छ । टिकट सम्बन्धी कुनै पनि जिज्ञासा भए मधु गुरुङ (07585806914) र प्रतिमा जोशी (07793055224) लाई सम्पर्क गर्न पनि
GNNBEWS - लन्डन। वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) लन्डन आइपुगेका छन् । ‘मह जोडी यूके टुर’ का लागि कलाकारद्वय बिहीबार साँझ हिथ्रो उत्रिएका हुन्। महका साथ मदनकृष्णका छोरा यमन श्रेष्ठ, छोरी सराना र आचार्यकी जीवनसंगिनी रमिला पनि छन्। मह जोडी तथा टोलीका अन्य सदस्यलाई आयोजक द गोर्खा सेन्टरका संस्थापक तथा सिइओ भीम तामाङ लगायत स्वयमसेवक युवा र विभिन्न संघ संस्थाका प्रतिनिधिले विमानस्थलमा स्वागत गरेका थिए। लण्डन आइपुगेपछि कलाकार मदनकृष्ण श्रेष्ठले ठट्यौलो शैलीमा भने, "बचेखुचेको शक्ति प्रदर्शन गर्ने हो। रमाइलो हुन्छ। अल्डरशट र ह्यारोमा अवश्य आउनु होला। " यसै गरी हरिवंश आचार्यले भने, "यहाँहरुसंग भेट्नलाई हामी बेलायत आइपुग्या छौं। भेटम्ला, रमाइलो गरम्ला। राजनीतिक परिस्थिति ३०-४० वर्षदेखि चेन्ज भएको छैन। सुध्र भन्ने हो, सुध्र्या छैन भन्ने हो, उध्रेको छ भन्ने हो। विसंगतिको बारेमा नै हाम्रो प्रस्तुति हुन्छ।" उनले विमान स्थलमा आफुहरुलाई भव्य स्वागत गर्ने सबै संघसंस्थालाई धन्यवाद दिंदै आउँदो शनिबार तथा आइतबार भेट हुने विश्वास व्यक्त गरे। " गीत संगीत पनि हुन्छ। तपाईंहरुलाई रमाइलो गर्ने कोशिश गर्छौं," आचार्यले भने। कार्यक्रमका आयोजक लन्डनस्थित द गोर्खा सेन्टरका सीइओ भिम तामांगले तयारी भव्य भैरहेको बताए । “लजिस्टिक्सको काम करिब करिब पुरा गरि सकेका छौं। यो कार्यक्रम भव्य गराउन कहीं पनि नचुक्ने गरी हामी तयारी गरि रहेका छौं," उनले भने। मह जोडी टुर अन्तर्गत पहिलो कार्यक्रम यही शनिबार (२३ डिसेम्बर) अपरान्ह ४ बजेदेखि हयारोस्थित ह्यारो लिजर सेन्टर र दोश्रो कार्यक्रम आइतबार, २४ डिसेम्बर अपरान्ह ४ बजेदेखि अल्डरसटस्थित एम्पायर हलमा हुँदैछ । ह्यारोमा चर्चित गायक प्रकाश सपुत, यमन श्रेष्ठ, शर्मिला बर्देवा लगायत कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले जनाएका छन् । अल्डरसटमा स्थानीय कलाकार र गत सिजनका ‘भ्वाइस अफ नेपाल विजेता करण राईले पनि प्रस्तुति दिनेछन् । कसरी किन्ने टिकट? आयोजकका अनुसार यो लिंकमा गएर टिकट किन्न सकिन्छ: ह्यारो : https://www.tickettailor.com/events/thegurkhacentre/989012?fbclid=IwAR0EM85ckr95ilR4ErPrqnF0o3fENYiOkOxiV67c_2c0zGZDrOxuyNUphUE अल्डरशट : https://www.tickettailor.com/events/thegurkhacentre/1067312?fbclid=IwAR0R96AQqtkADvDJy9nTmYdpC63SJkUEaQAb2x2Pr879iTSIPlHGbgAXVgo द गोर्खा सेन्टरले एडभान्समा टिकट लिए जम्मा २५ पाउण्ड एवं विद्यार्थी र ६० वर्षमाथिका दर्शकका लागि २० पाउण्ड शुल्क राखेको छ । टिकट सम्बन्धी कुनै पनि जिज्ञासा भए मधु गुरुङ (07585806914) र प्रतिमा जोशी (07793055224) लाई सम्पर्क गर्न पनि
GNN NEWS- लन्डन। वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) आउंदो बिहीबार (२१ डिसेम्बर) सांझ ५:३५ मा लन्डन उत्रने भएका छन्। ‘मह जोडी यूके टुर’ का लागि कलाकारद्वय उक्त दिन हिथ्रो टर्मिनल ४ मा आइपुग्ने आयोजक द गोर्खा सेन्टरले जनाएको छ।सेन्टरका संस्थापक तथा सिइओ भीम तामाङले मह जोडीको भव्य स्वागत गर्ने तयारी भएको जनाउंदै त्यस दिन बेलायतवासी नेपाली दर्शक,पत्रकारहरु र आयोजक समितिका पदाधिकारीलाई सहभागी भइदिन अपिल गरेका छन्। 'मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको बेलायत आगमन हामी समस्तनेपालीका लागि गर्वको कुरा पनि हो', तामाङले भने, 'त्यस दिन तपाईं हामीएयरपोर्टमा पुग्न सक्यौं भने भेट्रान कलाकारहरुको हौसला बढ्ने छ।'बेलायतस्थित च्यारिटी संस्था द गोर्खा सेन्टरले मह टुरको व्यापक तयारी गरेकोछ। मह जोडीको पहिलो कार्यक्रम आउंदो शनिबार (२३ डिसेम्बर) दिउसो हयारोस्थित ह्यारो लिजर सेन्टर र दोश्रो कार्यक्रम २४ डिसेम्बर अपरान्ह ४ बजेदेखि अल्डरसट स्थित एम्पायर हलमा हुने भएको छ।ह्यारोमा चर्चित गायक प्रकाश सपुत, यमन श्रेष्ठ, शर्मिला बर्देवा लगायत कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले जनाएका छन्। अल्डरसटमा स्थानीय कलाकार र गत सिजनका ‘भ्वाइस अफ नेपाल’ विजेता करण राईलेपनि प्रस्तुति दिनेछन्। मह प्रस्तुति अवलोकन गर्न नेपाली राजदूत ज्ञानचन्द्र आचार्य,स्थानीय मेयरहरु, काउन्सिलरहरु,नेपाली संघसंस्थाका प्रमुख आदि सहभागी हुने बताइएको छ। दर्शकहरुमा उत्साह- मह जोडीको कार्यक्रम हेर्न दर्शकहरु निकै उत्साहित रहेको आयोजकले जनाएकाछन्। प्रहसन हेर्न लन्डनबाहिरका शहर पिटरबरो, रेडिङ,टिडवर्थ,अक्सफोर्डसायर, ग्लोष्टरसायर,आयल्सबरी,वार्टफोर्ड लगायतबाट दर्शक आउन लागेको भीमतामाङले बताए। 'दर्शकहरुले शोका लागि एकदम उत्साह देखाइरहनुभएको छ। म कार्यक्रम व्यवस्थापनमा लाग्नु परेकाले सबै फोन रेस्पोन्स गर्न सम्भव नहुन सक्छ।त्यसकारण तपाईंहरुले अनलाइन टिकट सुनिश्चित गरि कार्यक्रम नछुटाउन मेरोसुझाव छ',उनले भने। यो लिंकमा गएर टिकट किन्न सकिन्छ: ह्यारो : https://www.tickettailor.com/events/thegurkhacentre/989012?fbclid=IwAR0EM85ckr95ilR4ErPrqnF0o3fENYiOkOxiV67c_2c0zGZDrOxuyNUphUE अल्डरशट : https://www.tickettailor.com/events/thegurkhacentre/1067312?fbclid=IwAR0R96AQqtkADvDJy9nTmYdpC63SJkUEaQAb2x2Pr879iTSIPlHGbgAXVgo सेन्टरले एडभान्समा टिकट लिए जम्मा २५ पाउण्ड एवं विद्यार्थी र ६० वर्ष माथिका दर्शकका लागि २० पाउण्ड शुल्क राखेको छ। टिकट सम्बन्धी कुनै पनि जिज्ञासा भए मधु गुरुङ (07585806914) र प्रतिमा जोशी (07793055224) लाई सम्पर्क गर्न पनि सेन्टरले आग्रह गरेको छ। यो कार्यक्रमबाट बचत भएको सम्पूर्ण रकम गोर्खा भेट्रानहरुलाई मदत गर्न खर्च गरिने द गोर्खा सेन्टरले जनाएको छ।
GNN NEWS- लन्डन। वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) ले बेलायतका नेपाली दर्शकलाई आफ्नो कार्यक्रममा आउन निमन्त्रणा गरेका छन् । 'मह जोडी यूके टुर' का लागि आउँदो साता बेलायत आउन लागेका मह जोडीले एक भिडियो सन्देशमा अल्डरसट र हयारोमा तय कार्यक्रममा आउन आव्हान गरेका हुन्। भिडियो सन्देशमा महले विगतमा पनि बेलायतका नेपाली दर्शकबाट साथ पाएको स्मरण गर्दै यसपटक त्यस्तै साथ सहयोग रहने आशा व्यक्त गरे। बेलायतस्थित च्यारिटी संस्था द गोर्खा सेन्टरले यही डिसेम्बर तेश्रो साता च्यारिटी उद्देश्य राखेर गर्न लागेको कार्यक्रमका लागि मह जोडी २० डिसेम्बर बेलायत आउने जनाइएको छ । मह जोडीका साथ यमन श्रेष्ठ (मदनका सुपुत्र) पनि बेलायत आउने भएका छन्। मह जोडीको पहिलो कार्यक्रम आउंदो २३ डिसेम्बर दिउसो हयारोस्थित ह्यारो लिजर सेन्टर र दोश्रो कार्यक्रम क्रिसमस इभ अर्थात २४ डिसेम्बर अपरान्ह ४ बजेदेखि अल्डरसटस्थित एम्पायर हलमा तय भएको छ। सेन्टरका संस्थापक तथा सिइओ भीम तामाङले मह प्रस्तुति हेर्न नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, हयारो मेयर,काउन्सिलरहरु, नेपाली संघसंस्थाका प्रमुख आदि सहभागी हुने जनाए। 'कार्यक्रमप्रति दर्शकहरुको एकदम सकारात्मक रेस्पोन्स पाएका छौं',उनले भने, 'हामी हाउस फुल होस् भन्ने आशा राख्दछौं । बेलैमा टिकट लिए तपाईंहरुले डिस्काउन्टमा खरिद गर्न सक्नुहुन्छ, आउनुस् सबै महसंगै कार्यक्रममा रमाऔ।' तामाङका अनुसार, एडभान्स टिकट मूल्य जम्मा २५ पाउण्ड छ। विद्यार्थी र ६० वर्षमाथिका दर्शकका लागि जम्मा २० पाउण्ड लिइने पनि उनले जनाए। ह्यारोमा चर्चित गायक प्रकाश सपुत समेतको प्रस्तुति रहने तामाङले बताए। कार्यक्रमको बीचमा यमन श्रेष्ठ र स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले जनाएका छन् । अल्डरसटमा स्थानीय कलाकार र गत सिजनका ‘भ्वाइस अफ नेपाल’ विजेता करण राईले पनि प्रस्तुति दिनेछन्। ह्यारो कार्यक्रममा कम्तीमा १५ सय र अल्डरसटमा करिब ६ सय दर्शक जुटाउन आयोजक टिम दिनरात खटिएको छ। सेन्टरका अध्यक्ष भीम तामाङले मह जोडीलाई कार्यक्रमबाहेक नेपाली समुदायका अग्रजहरुसंग भेटघाट, हिन्दू, बुद्धिष्ट,मुस्लिम र इसाइ धर्मावलम्बीहरुका आस्थाको केन्द्र अवलोकन भ्रमण,पत्रकार सम्मेलन आदि गराउने योजना बनाइएको बताए। उनले बेलायतवासी नेपाली दर्शकहरुलाई 'गुडकज' उद्देश्य राखेर गर्न लागिएको कार्यक्रममा सहभागिताका लागि अनुरोध गरेका छन्। बेलायतमा रहेका गोर्खा भेट्रान र तिनका वयस्क सन्तानहरुको
GNN NEWS- लन्डन । वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) ले बेलायतका नेपाली दर्शकलाई आफ्नो कार्यक्रममा आउन निमन्त्रणा गरेका छन् । 'मह जोडी यूके टुर' का लागि आउँदो साता बेलायत आउन लागेका मह जोडीले एक भिडियो सन्देशमा अल्डरसट र हयारोमा तय कार्यक्रममा आउन आव्हान गरेका हुन्। भिडियो सन्देशमा महले विगतमा पनि बेलायतका नेपाली दर्शकबाट साथ पाएको स्मरण गर्दै यसपटक त्यस्तै साथ सहयोग रहने आशा व्यक्त गरे। बेलायतस्थित च्यारिटी संस्था द गोर्खा सेन्टरले यही डिसेम्बर तेश्रो साता च्यारिटी उद्देश्य राखेर गर्न लागेको कार्यक्रमका लागि मह जोडी २० डिसेम्बर बेलायत आउने जनाइएको छ । मह जोडीका साथ यमन श्रेष्ठ (मदनका सुपुत्र) पनि बेलायत आउने भएका छन्। मह जोडीको पहिलो कार्यक्रम आउंदो २३ डिसेम्बर दिउसो हयारोस्थित ह्यारो लिजर सेन्टर र दोश्रो कार्यक्रम क्रिसमस इभ अर्थात २४ डिसेम्बर अपरान्ह ४ बजेदेखि अल्डरसटस्थित एम्पायर हलमा तय भएको छ। सेन्टरका संस्थापक तथा सिइओ भीम तामाङले मह प्रस्तुति हेर्न नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, हयारो मेयर,काउन्सिलरहरु, नेपाली संघसंस्थाका प्रमुख आदि सहभागी हुने जनाए। 'कार्यक्रमप्रति दर्शकहरुको एकदम सकारात्मक रेस्पोन्स पाएका छौं',उनले भने, 'हामी हाउस फुल होस् भन्ने आशा राख्दछौं । बेलैमा टिकट लिए तपाईंहरुले डिस्काउन्टमा खरिद गर्न सक्नुहुन्छ, आउनुस् सबै महसंगै कार्यक्रममा रमाऔ।'तामाङका अनुसार, एडभान्स टिकट मूल्य जम्मा २५ पाउण्ड छ। विद्यार्थी र ६० वर्षमाथिका दर्शकका लागि जम्मा २० पाउण्ड लिइने पनि उनले जनाए। ह्यारोमा चर्चित गायक प्रकाश सपुत समेतको प्रस्तुति रहने तामाङले बताए। कार्यक्रमको बीचमा यमन श्रेष्ठ र स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले जनाएका छन् । अल्डरसटमा स्थानीय कलाकार र गत सिजनका ‘भ्वाइस अफ नेपाल’ विजेता करण राईले पनि प्रस्तुति दिनेछन्। ह्यारो कार्यक्रममा कम्तीमा १५ सय र अल्डरसटमा करिब ६ सय दर्शक जुटाउन आयोजक टिम दिनरात खटिएको छ। सेन्टरका अध्यक्ष भीम तामाङले मह जोडीलाई कार्यक्रमबाहेक नेपाली समुदायका अग्रजहरुसंग भेटघाट, हिन्दू, बुद्धिष्ट,मुस्लिम र इसाइ धर्मावलम्बीहरुका आस्थाको केन्द्र अवलोकन भ्रमण,पत्रकार सम्मेलन आदि गराउने योजना बनाइएको बताए। उनले बेलायतवासी नेपाली दर्शकहरुलाई 'गुडकज' उद्देश्य राखेर गर्न लागिएको कार्यक्रममा सहभागिताका लागि अनुरोध गरेका छन्। बेलायतमा रहेका गोर्खा भेट्रान
शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतमा मह जोडीको यूके टुर कार्यक्रमको तयारी तीव्र रुपमा भएको छ। सो कुरा बेलायतको च्यारिटी संस्था द गोर्खा सेन्टरले ३ डिसेम्बर २०२३ मा जुमद्वारा गरेको प्रेषमीट मार्फत जानकारी दिएको हो।यही डिसेम्बर तेश्रो साता नेपालका वरिष्ठ हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) को यूके टुर गर्ने र उहाहरुले भिषा प्राप्त गरेको कारण यो भब्य तयारीको जानकारी गराईएको हो। ३ डिसेम्बर आइतबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा सेन्टरका संस्थापक तथा सिइओ भीम तामाङले मह जोडीको पहिलो कार्यक्रम आउंदो २३ डिसेम्बर दिउसो ४ देखि हयारोस्थित ह्यारो लिजर सेन्टर र दोश्रो कार्यक्रम २४ डिसेम्बर अपरान्ह ४ बजेदेखि अल्डरसट स्थित एम्पायर हलमा तय भएको जानकारी दिएका थिए। मह जोडी कलाकारहरु २० डिसेम्बरमा बेलायत आउने तयारीमा रहेको पनि तमाड्गले जनाएका छन। ह्यारोमा चर्चित गायक प्रकाश सपुत समेतको प्रस्तुति रहने तामाङले बताए। अहिले नै टिकट लिए प्रवेश शुल्क जम्मा २५ पाउण्ड लाग्ने र पछि यो वृद्धि हुंदै जाने आयोजकले जनाएका छन्। दर्शकहरुले अनलाइन तथा प्रवेशद्धारमा टिकट खरिद गर्न सक्नेछन् ।बेलायतमा रहेका गोर्खा भेट्रान र तिनका वयस्क सन्तानहरुको कल्याणकारी कार्यमा समर्पित च्यारिटी संस्था द गोर्खा सेन्टरको कोष अभिवृद्धिका लागि मह जोडीको प्रहसन गर्न लागिएको तामाङले बताएका छन। मह टुर खर्चिलो भएपनि दर्शक उपस्थिति उल्लेख्य रहने विश्वास आयोजकलाई छ। ह्यारो कार्यक्रममा कम्तीमा १८ सय र अल्डरसटमा करिब ५५० दर्शक आउने अपेक्षा आयोजक सेन्टरको छ । द गोर्खा सेन्टरले स्थापनाकाल देखि नै बेलायतमा रहेका ब्रिटिश भूतपूर्व गोर्खा सैनिकहरु र तिनका वयस्क सन्तानहरुको हकहितका लागि आर्थिक, सामाजिक,भाषिक, सांस्कृतिक लगायत क्षेत्रमा सहयोग गर्दै आएको छ। प्रेषमीटका अवसरमा नेपालका श्रद्धेय कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई बोलाएर बेलायतवासी नेपाली दर्शकहरुलाई गुणस्तरिय कार्यक्रममार्फत भरपुर मनोरन्जन दिने प्रयत्न समेत आफूहरुको रहेको तामाङले बताएका थिए। अल्डरसट कार्यक्रमका लागि संयोजक प्रतिमा जोशी र सम्पुर्ण कार्यक्रमको संयोजक गरिरहेकी मधु गुरुङले सञ्चालन गरेको उक्त पत्रकार सम्मेलनमा सेन्टरले झण्डै ५ सय बढी गोर्खा भेट्रानलाई उनीहरुको सामाजिक सुरक्षा, अंग्रेजी भाषा,स्वास्थ्य समस्या लगायतमा सहयोग गरिसकेको जनाएको छ। लण्डनस्थीत बरिष्ठ पत्रकार भगिरथ योगी,एफएनजे युके अध्यक्ष ध्रुबराज अर्याल,पुर्व अध्यक्ष नविन पोखरेल,पत्रकारहरु
शीतलपाटीन्युज डटकम। लन्डन । ग्रेटर रसमूर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेको आलोपालो नेतृत्व गर्ने गरी अध्यक्षमा दुई जना चयन भएका छन्। अल्डरसटस्थित एम्पायर हलमा आइतबार भएको वार्षिक साधारणसभा तथा अधिवेशनबाट मान गुरुङ र लीला सेलिङ माबो अध्यक्षमा चयन भएको निर्वाचन समितिले घोषणा गरेको छ। नयाँ कार्यसमिति घोषणाअघि भएको औपचारिक कार्यक्रम संस्थापक कार्यकारी अध्यक्ष रामचन्द्र गुरुङ र अध्यक्ष मान गुरुङले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए। उपाध्यक्ष उत्तरबहादुर गुरुङ स्वागत मन्तव्य राखेको सो साधारणसभामा कोषाध्यक्ष श्याम श्रेष्ठले आर्थिक प्रतिवेदन सचिव सुशीला थापाले प्रोजेक्ट लगायत रिपोर्ट प्रस्तुत गरेका थिए। ती प्रतिवेदनहरु सभामा प्रस्तुत गर्दा हलबाट ठुलो ताली बज्दै पारित गरिएको थियो। ग्रेटर रसमोर नेपाली कम्युनिटीको बिशाल उपस्थिती रहेको सो अधिबेशन कार्यक्रम महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेका थिए। प्रमुख निर्वाचन आयुक्त एकेन्द्र गुरुङले १८/१८ महिना कार्यभार सम्हाल्ने गरी गुरुङ र माबो अध्यक्षमा चयन भएको घोषणा गरेका थिए । प्रमुख निर्वाचन आयुक्त गुरुङका अनुसार जीआरएनसीको विधान संशोधन गरेर दुई वर्षको कार्यकाललाई तीन वर्ष लम्ब्याइएको र सो अनुसारको १८/१८ महिनाको कार्यकाल बना ईएको हो। नवनिर्वाचित अध्यक्ष गुरुङ यसअघि अध्यक्ष थिए भने माबो उपाध्यक्ष थिइन् । नयाँ कार्यसमितिको पहिलो १८ महिनाको कार्यकाल मानले सम्हाल्नेछन् भने नयाँ कार्यसमितिको ४ उपाध्यक्षमा सुष्मा गुरुङ (महिला),उत्तर गुरुङ,डा.विशाल गुरुङ र जीत मेन्याङ्बो चयन भयका छन। यस्तै महासचिवमा सुशीला मगर चयन भइन् भने सचिव सुनील राना,कोषाध्यक्ष श्याम श्रेष्ठ,सहकोषाध्यक्ष सुमन पुन निर्बिरोध भएकी छिन्। मिडिया सेक्रेटरीमा गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु चयन भएका छन् भने १३ जना सदस्यहरुमा गोमा राना,हेमकुमार गुरुङ,नारायण गिरी पनि निर्बिरोध भयका छन्। कल्चर सेक्रेटरी, स्पोर्ट्स सेक्रेटरी लगायत खाली पदपूर्ति कार्यसमितिले नै गर्ने निर्वाचन समितिले जनाएको छ। नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई आइतबार नै प्रमुख निर्वाचन आयुक्त गुरुङले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । नवनिर्वाचित अध्यक्ष मान गुरुङ र लीला सेलिङ माबोले निर्वाचन समिति र उपस्थित सबै जनालाई धन्यवाद दिँदै आफूहरुले जीआरएनसी यूके गरिमालाई उच्च राख्दै अगाडि बढाउने प्रतिबद्धता जनाएका थिए। निर्वाचनका लागि एकेन्द्र गुरुङको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो। जसमा रि.क्या.
शीतलपाटीन्युज डटकम। किसन राईको स्वरमा रहेको गीत ‘यो मन मेरो दोमन भो’ सार्वजानिक भएको छ । दिनेश ‘काजी’ बान्तावाको सङ्गीत, सञ्चारकर्मी अमरध्वज लामाको शब्द र देबेश राईको एरेञ्ज, मिक्सिङ÷माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । भीमफेदी गाईजका निर्मलकुमार लामा (बिजी)ले निर्देशन गरेको गीतको भिडियोमा एलिसा राई, निर्मलकुमार लामा, मन्जित वाईबा,अन्जान मोक्तान कान्छा र गायक किसनको अभिनय छ ।सेवा रेकर्डिङ्गमा रेकर्ड गरिएको गीतको भिडियो किसन राई अफिसियलबाट सार्वजनिक गरिएको हो। पवन सुस्लिङको छायांकन,सम्पादन र कलरिङ रहेको भिडियोमा डोल्मोको सौन्दर्यता र जीवनशैलीलाई मन पराउने भिन्न भिन्न उमेर समूहका युवाहरूको डोल्मोप्रतिको आकर्षणलाई बिषय बस्तु बनाइएको छ। गायक किसन राई बेलायत (गोर्खा) सेनामा बिगत लामो समयदेखि सेवारत छन्। उनको पहिलो गीती एल्बम (JOON) सन् 2004 मा बजारमा निकालेको थियो। गायक बेलायतमा बिभिन्न सांगीतिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्नको साथै सामाजिक काममा अभियान्ताको रूपमा पनि सक्रिय छन्।
शीतलपाटीन्युज डटकम। लण्डन। सांगितिक भ्रमणका लागि बेलायत आएका बहुप्रतिभाशाली गायक तथा कुशल कार्यक्रम प्रस्तोताको बिदाई तथा भव्य सांगितिक कार्यक्रम हुने भएको छ। अल्डरसट स्थित ठमेल रेस्टुरेन्टमा २ डिसेम्बर २०२३ का दिन साझ ६ बजे देखि १२ बजेसम्म उनको सांगितिक कार्यक्रम हुने भएको हो। बेलायतका धेरै भन्दा धेरै कार्यक्रम गरेर नेपालीहरुको मन जितेका राजेशले आफु स्वदेश फर्कनु भन्दा पहिले धेरै भन्दा धेरै नेपाली दाजुभाई दिदिबहिनिसग भेटेर धन्यवाद तथा आभार व्यक्त गर्ने रहर भएको कुरा शीतलपाटीन्युज डटकमलाईलाई बताएका छन। उनि बाग्लुङ समाज बेलायतको निमन्त्रणामा बेलायत आएका थिए।
शीतलपाटीन्युज डटकम। काठमाडौ- गीतकार सुकबहादुर गुरुङ आफैँमा सरल जनमानसको भाषालाई उनेर उत्कृष्ट गीत लेख्ने सर्जक हुन् । उनले मौलिक संस्कृतिलाई समेटेर “मन त बुढो हजुर हुन्न रैछ नि” बोलको कौडा (चुट्का) गीत हालै सार्वजनिक गरेका छन्। उनी आफ्नो सांगीतिक यात्रामा धेरै सुगम आधुनिक गीतहरु दिइसकेका स्रष्टा हुन् । महसुस -१, महसुस -२ गीति एल्बमका साथै धेरै ख्यातिप्राप्त गायक गायिकाहरुले उनको गीतमा स्वर भरेका छन्। उनले यो पटक मौलिक संस्कृतिलाई अनुभूत गराउने कौडा गीतलाई महसुस-३ मा समेटेका हुन् । “मन त बुढो हजुर हुन्न रैछ नि” गीतमा गीतकार गुरुङले सबैको जीवनमा घटिरहने तथा मानव अन्तरमनको भावनालाई गीतमार्फत मिठो शैलीमा प्रस्तुत गरेका छन्। जसमा चर्चित गायक राजेशपायल राई, चर्चित गायिका तारा श्रीस मगर लगायतको मिठो स्वरले सजिएको छ । कौडामा आधारित गीतमा कुशल गायक तथा संगीतकार रामकुमार गुरुङ (आरके) को संगीत छ । मनाङ गुरुङले निर्देशन गरेको भिडियोमा सन्तोषी गुरुङको रोचक नाचको कोरियोग्राफ छ। भिडियोमा गुरुङ फिल्मका वरिष्ठ कलाकार माओत्से गुरुङ र राजनी गुरुङको सशक्त अभिनय छ। छायांकार नवराज उप्रेती छन् भने विष्णुहरि तिमल्सिनाले भिडिओ सम्पादन गरेका छन् । भिडियोमा गुरुङ संस्कार संस्कृति झल्किने पोशाकसहित तमु समाज तनहुँ काठमाडौंका आमाबाबा संलग्न छन् । (नेपालीलिंकबाट साभार)
शीतलपाटीन्युज डटकम। ग्रेटर रसमोर नेपाली कम्युनिटीले रेमम्बरेन्स डे (पुर्खा दिवस) मनाउने भयको छ। आगामी शनिबार ११ नोभेम्बर २०२३ मा बिहान १० : ३० बजे देखि रेमम्बरेन्स डे (पुर्खा दिवस) मनौन्दै छौ भन्ने जानकारी अध्यक्ष्य मन गुरुङले दिनु भयको छ। बिहान १०:३० बजे प्रिन्सेस गार्डन सर्जरीमा जम्मा भै मार्च पास गरि अगाडी बडी भीसीको मुर्ति अगाडी लाम लाग्ने छ। पण्डित पवन दाहाल र लामा गुरु खेन्पो कर्मा चुस्त्रिमले अस्ट मंगलम मन्त्र पढी आत्मा शान्ति गर्ने छ भने रिथ (माल्यापर्ण) चडाईने छ। उक्त कार्यक्रमको प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदुत महामहिम ज्ञान चन्द्र आचार्य र बिशेष अतिथिहरु रुश्मोर बोरो काउन्सिलको मेयर क्लाइभ ग्राटन र काउन्सिल लिडर काउन्सिलर डेभिड क्लिफोर्ड छन्। नेपाली कम्मुनिटीको लिडर तथा काउन्सिलर र पार्टीको प्रतिनिधिहरु रहने छन्। कार्यक्रमको संयोजक रि क्या ग्यारी घले रहनु भएको छ भने उपाध्यक्ष उत्तर बहादुर गुरुङ,रि मेजर खिम गौचन र कार्यबाहक महासचिब सुशिला थापा मगरले कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने भएको छ। रेमम्बरेन्स डे समेत गरेर ग्रेटर रसमोर नेपाली कम्युनिटीले यो वर्ष तिनवटा बिशाल कार्यक्रम सम्पन्न गर्दै छ। साथै आइतबार मुनि सिपाल गार्डेन, रोयल आर्मी चर्च,नर्थ क्याम्प लगायतका ठाउँमा बिभीन्न कार्यक्रमहरु हुँदैछ र इच्छुकहरु समाबेश हुन सक्नु हुनेछ।
शीतलपाटीन्युज डटकम। क्यामबर्ली, युके।सहारा युकेको सातौ कार्यसमितीले १८ नोभेम्बर २०२३ शनिवारका दिन एम्पाएर हल अल्डरसटमा च्यारीटी डिनर गर्ने भयको छ। ४ नोभेम्बर २०२३ शनिबार एभरेष्ट फुड सप क्याम्बर्लीमा बसेको संस्थाको बैठकले च्यारीटी डिनर नाईटको तयारी भब्य रहेको जनाएको छ। सहारा युके अध्यक्ष रि ले कुसाड्ग गुरुड्गको अध्यक्षतामा बसेको सो बैठक महासचिव मनोज गुरुड्गले संचालन गर्नु भयको थियो भने उपाध्यक्ष कृष्ण गुरुड्गले बैठकमा उपस्थित महानुभावहरुलाई स्वागत गर्नु भयको थियो। अध्यक्ष गुरुड्गले सहारा युकेले आफ्ना खेलकुद, शिक्षा,स्वास्थ्य र च्यारीटी सहयोग जस्ता कार्यक्रमहरु सफलतापुर्वक सम्पन्न गर्न आर्थिक मजबुत हुनु पर्ने र परम्परा देखि गरिदै आएको च्यारीटी डिनर नाइट यस पटक पनि गरिन लागेको कुरा मिटीड्गमा बताउनु भयको थियो। सहारा युकेका उपाध्यक्ष एवम कार्यक्रम संयोजक कृष्ण गुरुड्गले च्यारीटी डिनर नाईटको भब्य तयारी भयको र प्रमुख अतिथी नेपाली राजदुताबासका राजदुत ज्ञानचन्द्र आचार्य,अतिथी,पाहुनाहरुलाई निमन्त्रणा पठाई सकेको बताउनु भयको थियो। संयोजक गुरुड्गले कार्यक्रमको रुपरेखा,जिम्मेबारी र गेटमा स्वागतको ब्यवस्था मिलाएको बताउनु भयो। कोषाध्यक्ष कुमार थापाले संस्थाको आयब्यय प्रस्तुत गर्नु भयको थियो। सहारा पोखरा २५औ बसन्त पार गरेको उपलक्ष्यमा सम्मानित सहारा युकेका प्रमुख सल्लाहाकार महेस गुरुड्ग र एनआरएन युके अध्यक्षमा निर्वाचित सहारा युकेका सल्लाहारकार हितकाजी गुरुड्गलाई सम्मान गरिएको उक्त बैठकमा राफल चिठ्ठा पहिलो पुरष्कार एक तोला सुन स्पोनसर न्यु लक्ष्मी ज्वलर्सको प्रोपाइटर लक्ष्मी राई रहनु भयको,अरु पुरष्कार पनि आउदै रहेको र मनोरन्जनात्मक हुने सहारा च्यारीटी डिनर नाइटमा गोरखा हाईस्कुलका पुर्व बिध्दार्थी एवम गायक दिपक थापा र अभिषेक थापाको प्रस्तुती रहने बताइएको छ।सहारा युकेमा रहेर उत्कृष्ट काम गर्ने २ जना पदाधिकारीहरुलाई सहारा अवार्ड प्रदान गरिने पनि अध्यक्ष गुरुड्गले बताउनु भयको थियो। साथै सहारा युके सातौ कार्यसमितीको २ बर्षे कार्यकाल सफलता पुर्वक सम्पन्न भएको भन्दै अध्यक्ष रि ले गुरुड्गले सहयोग गर्ने सबैलाई धन्यबाद दिदै १६ डिसेम्बर २०२३ मा महाअधिबेसन घोषणा गर्नु भयको थियो।यो महाअधिबेसन निर्वाचन महाधिबेसन पनि भयकोले अध्यक्ष गुरुड्गले आठौ कार्यसमिती चयनका लागि सल्लाहाकार एवम संस्थापक एफसी चेयरमेन हरि कुमार श्रेष्ठ संयोजक,सल्लाहाकार कमल गुरुड्ग र सल्लाहाकार ज्ञाम गुरुड्ग सदस्य रहेको निर्वाचन समिती गठन गर्नु भयको थियो।निर्वाचन सभ्य र
GNNNEWS- लन्डन। बेलायतको इन्ग्लेंड एथलेटिक्समा दर्ता भएको क्लब नेपाल रन यूकेले आइतवार नर्थला पार्कमा “नर्थल्ट १० के” इभेन्ट आयोजना गर्यो। कार्यक्रममा अंतरास्ट्रिय रूपमा ख्याति प्राप्त धाविका मीरा राई बिशेष अथितिको रूपमा रहेकी थिईन। नर्थल्ट १० के रनको प्रमुख प्रायोजक “एस्टार फ़ाइनान्सियल सोलुसन” रहेको थियो। कार्यक्रमका सह प्रायोजकहरुमा मेकवर्थ एकाउण्टिंग,ट्राभल कन्सोल,रियल ड्रीम एजुकेसन कन्सल्टेन्सी, एइएसएन रिक्रूटमेंट,किरांत राई यायोख़्खा, एसएनपी प्लस एकाउण्टिंग,आईएमई लण्डन,धरान समाज लगायत रहेका थिए।“रिमेम्बरेन्स डे” को अवसर पारेर आयोजना गरिएको १० किलोमिटर दौड कार्यक्रममा ३२० जना सहभागीहरुले भाग लिएका थिए। समुदायमा स्वास्थ्य चेतना फैलाउन आयोजना गरिएको उक्त कार्यक्रम मार्फत मीरा राई इनिसीएटीभको सहयोगार्थ च्यारिटी फन्ड रेज पनि गरिएको थियो। कार्यक्रममा सहभागीहरुलाई टिसर्ट,मेडल र प्रथम,द्वीतिय र तृतीयलाइ पुरस्कार पनि प्रदान गरिएको थियो। नेपालीहरुद्वारा आयोजना गरिएको यो विशेष कार्यक्रम मार्फत नेपाली समुदाय,गोर्खा समुदायको सकारात्मक गतिविधि र नेपाल प्रबर्धनमा पनि सहयोग पुगेको नेपाल रनका संयोजक पाण्डव महतोले जनाए। उनले सहयोगी सबैलाई धन्यवाद व्यक्त गरे। कार्यक्रममा सेतो पुतली अभियानका कलाकार मिलन राई,एभरेस्ट म्याराथनका संस्थापक बिक्रम पाण्डे लगायतका अथितिहरु पनि सहभागी थिए। कार्यक्रमको संयोजन सन्तोष राइले गरेका थिए भने स्वयं सेवक हरुको संयोजन रबिन्द्र अधिकारीले गरेका थिए।सबै प्रायोजक हरुलाई धन्यवाद व्यक्त गर्दै क्लबको आगामी बर्ष कमिकमजोरी सुल्झाउदै अघि बढ्ने विचार व्यक्त गरे। नर्थल्ट १० केमा इलियास अहमद ले ३२ मिनेट १५ सेकेन्डमा पुरा गरेर प्रथम भएभने महिला तर्फ निकोला पेन्टी अल्विराजले ४४ मिनेट ४२ सेकेन्डमा पुरा गरेर प्रथम स्थान हासिल गरिन।त्यस्तै पुरुष तर्फ दितिय र तृतीय सिमोन सहले ३४.१७ मिनेट र जोनाथ होराले ३४.५८ मा समापन गरेका थिए। महिला तर्फ द्वितीय तृतीयमा मान्दा गुरुङले ४४.४२मा र क्लार मोरिसले ४६.३१ मा समापन गरेका थिए। ६० बर्ष बढी उमेर समुह सुपर भेट्रान पुरुषमा स्टेफान प्लामर ३९.४० र लोराइन लेकेंबीले ६०.५८ मिनेटमा समापन गरेको जानकारी सचिव जगन कार्कीले दिए। ४० देखि ६० बर्ष उमेर समूहमा सिमोन ओसेया ३४.१७ मिनेट र सलिना राज भण्डारीले ३४.१७ मिनेटमा समापन गरेर प्रथम स्थान हासिल गरेका थिए। नेपाल रन क्लबका तर्फबाट पुरुषमा प्रकाश गुरुङले ३५.१९ मिनेटमा प्रथम स्थान गरे
शीतलपाटीन्युज डटकम। साउथ इष्ट लण्डन। पासा पुच गुथि युकेले हरेक बर्ष विभिन्न सहरहरुमा बिशेष रुपमा मनाउंदै आईरहेको म्ह पुजा र न्हुदं कार्यक्रम यस बर्ष अझ उल्लासमय तरिकाले मनाउंने समाचार प्रकाशमा आयको छ। सो समाचार पासा पुच गुथि युके साउथ इष्ट शाखाका अध्यक्ष माधवलाल श्रेष्ठले इच्छुक युकेबासी सबैलाई हार्दिक निमन्त्रणा गर्दै सो कार्यक्रम हुने बताउनु भयको हो। बेलायतमा हुर्कंदै गरेका नेपाली बाबु नानीहरुले युकेमा प्रत्येक आईतवार सिक्दै गरेको १२ हप्ते तालिमको धिमे बाजा,कुमारी नाचको सार्वजनिक प्रदर्शन पनि पासा पुच गुथि युकेको यस पटकको कार्यक्रममा South East London मा हुने जनाइएको छ। युकेको सबै स्थानमा हुने कार्यक्रमहरुमा हुने परमपरागत धिमे,धाःबाजा,भैरव गण नाच,विभिन्न लाखे नाच लगायत विविध सांस्कृतिक कार्यक्रमसंग समेबजि भोजको आन्नद पनि लिइने जनाईएको छ। सांस्कृतिक एकता हाम्रो पहिचान हो भन्दै 16:30,November 14 Tuesday 2023 मा हुने Pasa Puchah Guthi South East London को सो कार्यक्रम Asian Community Centre,White Hart Road, Plumstead,London SE18 1DG हुने कुरा पासा पुच गुथि युके साउथ इष्ट लण्डन शाखाका अध्यक्ष Madhav Lal Shrestha 07846 343920 ले बताउनु भयको छ।आवस्यक कुरा बुझ्न परेमा पासा पुच गुथि युके साउथ इष्ट लण्डन शाखाका अध्यक्ष Madhav Lal Shrestha 07846 343920 संग बुझ्न सकिने छ। For Tickets: https://pasapuchahguthi.org/event/mha-puja-2023-cultural-show?location= “भाषा संस्कृति झीगु पौरख । नेपाल संवत् राष्ट्रिय गौरव ।। नेपाल संवत् ११४४ न्हुदँया भिंतुना ।।।”
शीतलपाटीन्युज डटकम। साउथ इष्ट लण्डन। पासा पुच गुथि युकेले हरेक बर्ष विभिन्न सहरहरुमा बिशेष रुपमा मनाउंदै आईरहेको म्ह पुजा र न्हुदं कार्यक्रम यस बर्ष अझ उल्लासमय तरिकाले मनाउंने समाचार प्रकाशमा आयको छ। सो समाचार पासा पुच गुथि युके साउथ इष्ट शाखाका अध्यक्ष माधवलाल श्रेष्ठले इच्छुक युकेबासी सबैलाई हार्दिक निमन्त्रणा गर्दै सो कार्यक्रम हुने बताउनु भयको हो। बेलायतमा हुर्कंदै गरेका नेपाली बाबु नानीहरुले युकेमा प्रत्येक आईतवार सिक्दै गरेको १२ हप्ते तालिमको धिमे बाजा,कुमारी नाचको सार्वजनिक प्रदर्शन पनि पासा पुच गुथि युकेको यस पटकको कार्यक्रममा South East London मा हुने जनाइएको छ। युकेको सबै स्थानमा हुने कार्यक्रमहरुमा हुने परमपरागत धिमे,धाःबाजा,भैरव गण नाच,विभिन्न लाखे नाच लगायत विविध सांस्कृतिक कार्यक्रमसंग समेबजि भोजको आन्नद पनि लिइने जनाईएको छ। सांस्कृतिक एकता हाम्रो पहिचान हो भन्दै 16:30,November 14 Tuesday 2023 मा हुने Pasa Puchah Guthi South East London को सो कार्यक्रम Asian Community Centre,White Hart Road, Plumstead,London SE18 1DG हुने कुरा पासा पुच गुथि युके साउथ इष्ट लण्डन शाखाका अध्यक्ष Madhav Lal Shrestha 07846 343920 ले बताउनु भयको छ।आवस्यक कुरा बुझ्न परेमा पासा पुच गुथि युके साउथ इष्ट लण्डन शाखाका अध्यक्ष Madhav Lal Shrestha 07846 343920 संग बुझ्न सकिने छ। For Tickets: https://pasapuchahguthi.org/event/mha-puja-2023-cultural-show?location= “भाषा संस्कृति झीगु पौरख । नेपाल संवत् राष्ट्रिय गौरव ।। नेपाल संवत् ११४४ न्हुदँया भिंतुना ।।।”