शीतलपाटीन्युज डटकम। अल्डरसट,लण्डन। बेलायतमा रहनु हुने सम्पूर्ण लोक तथा दोहोरीगीत प्रेमी आदरणीय दाजुभाई तथा दिदीबहिनीहरुलाई मध्यनजर गर्दै भोलि शुक्रबार ` सेप्टेम्बर २०२३ देखिखि नियमित रुपमा दोहोरी सञ्चालन हुने कुरा यहाँहरु समक्ष सहर्ष जानकारी गराउँन चाहन्छौं भन्ने समाचार ठमेल दोहोरी रेष्टुरेन्ट बार एण्ड भान्छाघर अल्डरसटको व्यवस्थापनले जनाएको खबर छ। नेपाल देखि आउनु भएका ख्यातिप्राप्त तथा चर्चित लोक तथा दोहोरी कलाकारहरुको विशेष सांगीतिक प्रस्तुतिको साथमा बिभिन्न खानाका परिकारहरूसंग रमाउनको लागि बेलायत बसोबास गर्ने लोक दोहोरीका पारखीहरुलाई निमन्त्रणा छ। एकपटक ठमेल दोहोरी रेष्टुरेन्ट बार एण्ड भान्छाघरमा पाल्नु भै मनोरन्जन लिनु हुनेछ। साथै बेलायतमा लोक दोहोरीको स्थायी रुपमा संचालन गर्न कस्तो ब्यवस्थापन अपनाउनु पर्छ भन्ने कुराका बारेमी आफुलाई लागेको सल्लाह सुझाव दिनुहुनेछ भन्ने अपेक्षा राखेका छौं ठमेल दोहोरी रेष्टुरेन्ट बार एण्ड भान्छाघर अल्डरसटले भनेको छ।बेलायतमा लोक दोहरी कलाको संरछण गर्न हजुरको सल्लाह सुझाव नै हाम्रो भविष्यको मार्गदर्शन रहने छ। अब- Opening from 1st September 2023. Wednesday to Monday. Resturent open: 12.00 Hrs Till Late Dohori start: 19:00 Hrs Till Latez धन्यवाद ठमेल दोहोरी रेष्टुरेन्ट बार एण्ड भान्छाघर अल्डरसट
सुरेश कोईराला, अमेरीकी। गैर-आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद अमेरिका केन्टकि च्याप्टरद्वारा आफ्नो शपथग्रहण,बरबुझारथ तथा धन्यवाद कार्यक्रम सफलतापुर्वक सम्पन्न गरेको छ। केन्टकि च्याप्टरका अध्यक्ष सुन्दरमणी पौडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा NRNA ICC DRC Americas Regains पुरुशोत्तम बोहरा,NRNA NCC निवर्तमान केन्द्रीय उपाध्यक्ष डिलु पराजुली बिशेस अतिथि को रुपमा साथै निवर्तमान च्याप्टर अध्यक्ष केशवराज लोहनि,स्थानिय सस्था ANKA का नव-निर्वाचित अध्यक्ष शन्त कुवर,NASK का अध्यक्ष वद्री दाहाल,सुदुरपश्चिम समाजका उद्दव उप्रेति, ANTA का अध्यक्ष कुशेश्वर मन्डल र NRNA अभियान्ता साम्वा लामिछाने लयायतले अतिथिको रुपमा शुभकामना मन्तब्य दिनुभएको थियो। कार्यक्रममा निवर्तमान उपाध्यक्ष डिलु पराजुलीले सस्थाको स्थापना काल देखिका प्रगति,सस्थाको महत्व,अवसर र चुनौती वारे प्रस्ट पार्नुभएको थियो भने सस्थाका उपाध्यक्ष शरदवाबु ढकालले स्वागत मन्तव्य राख्नुभएको थियो। करिव 650 भन्दा माथि सङ्ख्यामा उपस्थित कार्यक्रमको सन्चालन सस्थाका सचिव राम आचार्यले गरेका थिए। कार्यक्रमको सभापतित्व गर्नुभएका अध्यक्ष सुन्दरमणी पौडेल ले नवनिर्वाचित सम्पुर्ण कार्यसमितिलाई सपथ खुवाउनुभएको थियो साथै निवर्तमान कार्यसमिति लाई बिदाई गर्नुभयो। कार्यक्रम बिसर्जन गर्दै भावि दिनहरुमा सम्पुर्ण स्थानिय सस्थाहरुसग मिलेर काम गर्ने प्रतिवद्दता समेत गर्नुभयो। अन्त्यमा कार्यक्रम सन्चालक तथा सस्थाका सचिव राम आचार्यले कार्यक्रममा सहभागिता जनाएर कार्यक्रमलाई गरिमामय बनाइदिनुहुने सम्पुर्ण आदरणीय महानुभाव हरुलाई धन्यवाद दिनुभएको थियो।
शीतलपाटीन्युज डटकम। रेडिंग नेपाली समाजले गत सन् २००६ साल देखी आयोजना गर्दै आएको रेडिंग कप फुटबल यस बर्ष १६औ रेडिंग कपको रुपमा आऊंदो सेप्टेम्बर २ मा पाल्मर पार्क रेडिंगमा आयोजना गर्दैछ। तत्कालिन समाजका अध्यक्ष महेश गुरुंगको नेतृत्वमा बर्तमान ऊपाध्यक्ष प्रेम गुरुंगको परिकल्पना तथा तत्कालिन निबर्तमान अध्यक्ष द्वय अर्जुन बस्नेत र सिबी गुरुंग लगायत तत्कालीन कार्यसमिती र सल्लाहाकारज्युहरुको सक्रिय अगुवाईमा शुरु गरिएको यो टुर्नामेन्ट आजसम्म निरन्तर रेडिंग नेपाली समाजको एऊटा गौरबमय महत्वपुर्ण कार्यक्रमको रुपमा मनाऊंदै आईएको आएको छ। यसै गरी पुर्ब अध्यक्षहरु कृतीबिलास पन्त,मान गुरुंग,कृष्ण न्यौपाने र टेक गुरुंगको कार्यकालमा पनि सम्पुर्ण बेलायतबासी र बिशेष गरी रेडिंगबासीहरुको सहयोगबाट यो एऊटा नेपाली मेला, फूटबल खेलाडिहरुलाई प्रोत्साहन,व्यापार व्यवसायको प्रवर्धन,नेपाल र नेपालीलाई माया गर्नुहुनेहरुको भेला, नेपाली खाना तथा नेपाली सांस्कृतिक भेष-भूषा र नाच गानको प्रदर्शनको रुपमा हरेक साल सफलतापुर्बक सम्पन्न हुंदै आएको छ। यस वर्ष पनि रेडिङ नेपाली समाजले "16th Reading Cup Football Tournament " आऊंदो September 02 शनिबारको दिन सम्पन्न गर्न समाजले कार्यसमितीका हरेक सदस्यहरुबाटै प्रतिबद्दताको शुरुवात गरि आम सर्बसाधारण समक्ष आआफ्नो स्वबिबेकले सहयोग गर्नको समाजका अध्यक्ष्य भिमसेन खड्काले सबैमा अनुरोध गर्नु भएको छ । रेडिंग कप फुटबललाई भब्य र सभ्य रुपमा संपन्न गर्न ब्यापक तैयारी भैरहेको छ। यस बर्षका बिशेष आकर्षणहरुमा पन्चेबाजा, बिबिक्यु लगायत बिभिन्न परिकारहरु,नाच-गान,भाग्योदय चिठ्ठा लगायत निशुल्क श्वास्थ्य जांच पनी रहेको बताईएको छ। यस बर्षको सोह्रौ रेडिंग कप फुटबलका संयोजक समाजका ऊपाध्यक्ष समेत रहेका प्रेम गुरुंग २००६ सालमा स्थापित रेडिंग कप फुटबलका एक जना परिकल्पना कार समेत हुनुहुन्छ,ऊहांका अनुसार पिचहरुको संख्या सिमित भएकाले यस पाली थुप्रै आंकाक्षी टिमहरु समाबेश गर्न नसकिए पनी जम्मा ३२ वटा फुटबल टिमहरु समाबेश गर्न सकिएको छ। यसै बिच समाजले हालै आब्हान गरेको सर्बपक्षिय आम बैठक तथा पत्रकार सम्मेलनमा टुर्नामेन्टमा सहभागिता जनाऊने टिमहरुलाई गोलाप्रथाबाट बिभिन्न समुहमा बिभाजीत गरी जुमलिंक मार्फत प्रतक्ष्य प्रसारण पनी गरिएको थियो जस् अनुसार Youth तर्फ चार ग्रुप र भेटरान तथा सुपर भेटरानलाई २/२ ग्रुपमा बिभाजन गरिएको छ। प्रमुख बिजेता टिमको लागी यस बर्षको नगद पुरस्कार गत बर्षको
शीतलपाटीन्युज डटकम। लन्डन। नेपालीहरुको महान चाडको रुपमा बेलायतमा मनाएको १४ औं संस्करणको नेपाली मेला भव्यताका साथ सम्पन्न भएको छ। लन्डनको केम्पटन पार्क रेसकोर्समा तमुधिं यूकेको आयोजनामा आइतबार सम्पन्न मेला भब्य र उच्च ब्यवस्थापनका साथ सम्पन्न भयको कुरा कार्यक्रममा उपस्थित दर्शकहरुले बताए। ‘हाम्रो संस्कृति,हाम्रो गौरव,हाम्रो पहिचान’ भन्ने नाराका साथ आयोजित मेलामा ठूलो संख्यामा दर्शकको उपस्थिति रहेको थियो। आयोजक तमुधिं यूकेका अनुसार ५ हजार आसा गरिएको मेलामा करिब आठ हजार दर्शक सहभागी भयको पनि जनाएको छ। नेपाली राजदूतावास लन्डनको सहकार्यमा भएको मेलामा बेलायतस्थित दुई दर्जन बढी नेपाली संघसंस्था र समुदायका तर्फबाट आफ्ना संस्कृति,कला,परम्परा झल्काउने आकर्षक सांस्कृतिक झाँकी तथा नृत्यहरु प्रस्तुत गरिएको थियो । मेलास्थलमा राखिएका नेपाली खाना,पोशाक,गरगहना सहित विभिन्न व्यापार र च्यारिटीका तीन दर्जन बढी स्टल देखेर दर्शक रमाएका थिए। तमुधिं यूके अध्यक्ष हरि गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य प्रमुख अतिथी थिए। सो अवसरमा सांसद खमबहाहदुर गर्बुजा,नेपाली राजदुताबास लण्डनकी डिपुटी चिफ अफ मिसन रोसन खनाल,बेलायतस्थित बंगलादेश, श्रीलंकाका कूटनीतिक प्रतिनिधिहरु, बेलायतका विभिन्न काउन्टी तथा बरोका मेयर तथा काउन्सिलरहरु,बेलायती च्यारिटी संस्था तथा समुदायका प्रतिनिधिहरु लगायतका विशिष्ट अतिथिको सहभागिता थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले विदेशमा रहेर पनि नेपालीहरु आफ्नो पहिचान,संस्कृति र परम्परालाई बिर्सिन सक्दैनन भन्ने सन्देश मेलाले दिएको बताएका थिए। नेपाली संस्कृति,कला, भेषभूषा र परम्परालाई प्रवर्धन गर्दै आपसी सद्भाव र भाइचारा बढाउन समेत मेलाले योगदान गरेकोमा राजदुत आचार्यले प्रशंसा गरेका थिए। तमुधिं यूके अध्यक्ष हरि गुरुङले संबोधन गर्दै बेलायतस्थित सबै नेपालीबीचको सद्भाव बढाउने र नयाँ पुस्तालाई नेपाली संस्कृतिसंग नजिक गराउने मेलाको प्रमुख लक्ष्य रहेको उल्लेख गरेका थिए। मेलामा सांस्कृतिक झाँकी तथा नृत्य प्रस्तुति गरिदै आएको र प्रस्तुति अनुसार समाजलाई पुरष्कृत गरिदै आएको छ।सो अनुसार यसबर्ष झाकी तर्फ सर्वोत्कृष्ट बन्दै किरात राई यायोख्या यूकेले ११ सय पाउन्ड नगदसहित एम्बासडर कप जित्यो। विजेता संस्थालाई तीन सय पाउण्ड नगदसहित एनआरएनए कप पनि प्रदान गरियो। त्यस्तै, दोस्रो स्थान हासिल गर्ने घान्द्रुक समाज यूकेले सात सय पाउण्ड र पासा पुचः गुथि यूकेले पाँच सय
शीतलपाटीन्युज डटकम। लण्डन। नेपालमा बढ्दै गइरहेको राजनैतिक, आर्थिक,सामाजिक अन्तर विरोधहरुको अन्त्य गर्नको लागि समाजवादी व्यवस्था स्थापनको लागि बनेको समाजवादी मोर्चा नेपालको निर्माण र यसको नेतृत्वमा हुने समाजवाद केन्द्रित आन्दोलनलाई हामी युरोपस्थित निम्न संगठनहरुको समर्थन र ऐक्यवद्धता रहेको जानाकारी गराउन चाहन्छौ। विश्वमा नयां राजनैतिक अवस्था सृजना भएको छ। अमेरिकी साम्राज्यवादी एकल नेतृत्वमा परिवर्तन आएको छ।अहिले युक्रेन युद्धसम्म आइपुग्दा अमेरिका प्रविधीमा रुससंग र अर्थमा चिनसंग पछि पर्न पुगेको छ। यी दुइ प्रवृत्तिसंग विश्व ध्रुविकृत भइरहेको छ। त्यही अनुरुप उनीहरुले नेपाललाई प्रयोग गर्न लागि परिरहेका छन्।विश्वका प्रभावशाली अर्थतन्त्र भएका चिन र भारत वीचको अन्तर विरोधमा पसेर एशियामा आफ्नो प्रभाव कायम राख्ने अमेरिकी योजनालाई हामीले समयमै पहिचान गरेर रोक्न पर्दछ। नेपालको हित हुने अमेरिकी आर्थिक योजनाहरुलाई हामीले स्वागत गर्नुपर्छ तर उसको राजनैतिक सामरिक महत्व सहितको योजनाहरुलाई प्रवेश गर्न दिनु हुंदैन। त्यस्तै गरेर भारतको नेपालमाथिको विविध खाले हस्तक्षेप रोक्न पर्दछ। लिपुलेक लिम्पियाधुरा कालापानी लगायत सिमावर्ती क्षेत्रमा भारतले मिचेको नेपाली भुभाग फिर्ता लिनु पर्दछ। नेपालको व्यापार व्यावसायमा भारतीय स्वामित्व ६० प्रतिशत भन्दा बढि भइसकेको अनुमान छ। नेपालको आफ्नो उत्पादन पनि नहुने र अर्को देशको उत्पादन पनि अरुले नै आएर बेच्ने अवस्था द्रुत रुपले बढिरहेको छ। देशमा आत्मनिर्भर उत्पादन प्रणाली विकास गरेर यो दलाल पुंजीवादी अवस्था लाई यथाशिघ्र बदल्नु पर्दछ। दलाल पुंजीवादको चरित्र अनुसार नै देशमा व्यापक संस्थागत भ्रष्टाचार,मिटरव्याजी लुटपाट,लघुवित्तको उत्पिडन,चर्को बैंक व्याज दर,स्वास्थ्य शिक्षामा भइरहेको लुटपाट,कालोवजारी,मुल्यवृद्धि जस्ता विकृतिहरुले जनताको जनजिीवन अत्यन्तै कठिन अवस्थामा छ। देशमा दलाल पुंजीवादका कारणले आत्मनिर्भर उत्पादन प्रणाली छैन। सामान्य जिविकोपार्जनको लागि लाखौंलाख युवा युवतीहरु विदेशिन बाध्य भएका छन्। आधारभुत आवस्यकता पुरा गर्नको लागि पनि भारी मात्रामा नगद पूँजिको आवस्यकता पर्ने गलत वातावरण सृजना गराइएको छ। आवस्यकता पुरा गर्नको लागि अनुत्पादक र विकृत संस्कृति द्रुत गतिमा बढिरहेको छ। दलाल पुँजिवादले जातीय स्वतन्त्रताको आन्दोलनलाई जातीवादतिर लैजाने खतरालाई रोक्दै उनीहरुको स्वायत्तता सहित राजनैतिक, आर्थिक, भाषिक, शैक्षिक तथा सांस्कृतिक अधिकारको सुनिश्चितता समाजवादी गणतन्त्रमा मात्र सम्भव छ। समाजमा विद्यमान छुवाछुत,महिला माथिको हिंसा र विभेद लगायत सम्पुर्ण विकृतिहरुको अन्त्य गर्दै, आत्मनिर्भर उत्पादन प्रणालीको विकास,जन
शीतलपाटीन्युज डटकम। “ बहुजन हितायः बहुजन सुखायः “ भगवान बुद्धको यो पवित्र बचनलाई आत्मसाथ गर्दै बेलायती भुमिमा नेपालमा जन्मनु भएका भगवान गौतम बुद्धको “अहिंसा र शान्ति”को शिक्षालाई मानव समाज र समुदायमा बिस्तार गर्दै लैजाने र आफ्नो मौलिकता सहितको कर्मकाण्ड विधि परम्परालाई जिवन्त राखी पुस्तान्तरणको उदेश्यले स्थापना गरिएको बुद्धिस्ट गुम्बा रेडिङ् युके,यस बर्षको बुद्ध जयन्ति ५ मईका दिन विश्व प्रशिद्ध महामहपोध्यय खेन्छेन पेमा शेरब रिन्पोछे ज्यूको बाहुलीबाट भूमिशोधन तथा प्राण प्रतिष्ठा पूजा अनुष्ठान,बिधिवत् रुपमा सम्पन्न गरिएको थियो। २४ अगष्ट भाद्र शुक्ल अष्ठमी मंगल उपोषधको पूण्य तिथि अनुकूल गुम्बा भित्र स्थापना गरिएको भगवानको त्रिकाय प्रतिमा हरुलाई गुम्बाको मुल गुरु खेन् रिन्पोछे शिर लामा गुरुङ ज्यूको अगुवाईमा खेन रिन्पोछे दशरथ गुरुङ, खेन रिन्पोछे रन बहादुर गुरुङ,लामा भिक्षु किसन घले र लामा काजी गुरुङको उपस्थितिमा बिधिवत् रुपमा प्राण प्रतिष्ठ (रब्ने) पुजा गरि भगवानको प्रतिमा (मुर्ति) हरुको आँखा खोल्ने कार्यक्रम भब्यरुपमा सम्पन्न गरियो। गुम्बा भित्र स्थापना गरिएको साढे पाँच फिट अग्लो सुनको जलप लगाएको भगवानको विशाल प्रतिमाहरु बिचमा बुद्ध अमिताभको प्रतिमा र प्रतिमालाइ दैनिक पानी चढाउने तिंग सेट (७ वटा) मेजर श्री जय बहादुर गुरुङ (एमभिओ) श्रीमती राम कुमारी गुरुङबाट प्रायोजन गर्नुभएको थियो। दाँया तर्फ आर्य अवलोकितेश्वर तमु धिँ युकेका पुर्व अध्यक्ष श्री कमल गुरुङ र एनआरएनए युकेका पूर्ब अध्यक्ष श्रीमती पुनम गुरुङबाट आमा स्वर्गीय श्रीमती लालशोभा गुरुंगको पूण्य स्मृतिमा प्रायोजन गर्नु भएको थियो भने बाँयां तर्फ गुरु रिन्पोछे पद्मसंभवको प्रतिमा मेजर उदय बहादुर गुरुङ एमबिईबाट आफ्नो श्रीमती स्व: बुद्धिलक्ष्मी गुरुङको पुण्य स्मृतिमा प्रायोजन गर्नुभएको थियो। अन्य मूर्तीहरुको हकमा आर्य अवलोकेश्वरको मूर्ती ले. जस बहादुर गुरुंग,झम्बला (कुबेर)को मूर्ती श्री पदम बहादुर गुरुंग र श्रीमती गज कुमारी गुरुंग, तारादेबीको मूर्ती श्रीमती भाइखु गुरुंग,बज्रसत्वको मूर्ती क्या. श्री खर्कमान गुरुंग/श्रीमती समिना गुरुंग र श्री झलक बिर गुरुंग/श्रीमती सगुन गुरुंग,आर्य मन्जुश्रीको मूर्ती,श्री रेशम बहादुर/श्रीमती देवी गुरुंग र श्री नारायण बहादुर गुरुंग/श्रीमती भिम कुमारी गुरुंग,गुम्बा भित्र राखिने स्तूपा ट्रस्टी श्रीमती मीना गुरुंगको माइती सपरिवार,५ फिटको मण्डला भूम्दी टूनारा दाज्यूभाई दिदी बहीनी परिवार,७ फूटको म्हाने
शीतलपाटीन्युज डटकम। लण्डन। गायिका शुभेक्षा तिवारीको नयाँ गीत ‘पर्खि बसेछु’ हालै सार्वजनिक भएको छ। आफ्नै शब्दमा स्वर भरेकी शुभेक्षा तिवारीको गीतमा दीपक शर्माको संगीत र राहुल बिश्वकर्माको संगीत संयोजन रहेको छ। गीतको भिडियो OSR DIGIRAL को अफिसियल युट्यबमार्फत सार्वजनिक गरिएको हो। संचारकर्मी डा.शिव तिवारीको निर्देशन रहेको गीतको भिडियोमा योगेश दाहालको छायांकन तथा सम्पादन रहेको छ। यसअघि २०७४ सालमा “नाच्दै खेल्दै” बोलको गीत गाएर नेपाली सांगीतिक क्षेत्रमा उदायकी उनी बिगत १२ वर्ष देखी बेलायतको स्कटल्यांडमा परिवारसंगै बस्दै आएकी छन। गीतको link:
शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतको पहिलो नेपाली संस्था यती एसोसीयसन युकेले तीज कार्यक्रम भब्य मनाउने भयको छ। बिदेश रहे पनि धर्म, संस्कृति र कला जगेर्ना गर्दै आएको यती नेपाली एसोसीयसन युकेले २०८० सालको तीज पर्व मनाउने भयको हो। एसोसीयसनको अध्यक्ष पिपला पाण्डे देवानले बेलायत बसोबास गफरेका सबै नेपालीहरुलाई आफु र आफ्नो मेडम एवम आफ्ना बच्चाहरु लिएर नेपालमा जस्तै तीजको रमाईलो गर्न निमन्त्रणा गर्नु भएको छ। अध्यक्ष देवानले शीतलपाटीन्युजका सम्पादक बाचस्पति रेग्मीसंग नेपालीहरुमा आफ्नो चाडपर्ब प्रतिको धारणा राख्दै बिदेशमा रहे पनि चाडपर्व र संस्कृति जगेर्ना गर्ने कार्य आफ्नो जिम्मेबारी पनि हो र हाम्रो पहिचान पनि हो भन्ने धारणा राख्नु भयको छ। अध्यक्ष देवानले Harrow Borough Football Club, Earlsmead,Carlyon Ave, Harrow HA2 8SS मा हुने सो कार्यक्रमको ब्यापक प्रचार प्रसार गरीदिन शीतलपाटीन्युजलाई अनुरोध गर्नु भयको छ। सो तीजको मनोरन्जन ०३ सेप्टेम्बर २०२३ को १५:३० मा शुरु भै १२ बजे बेलुका सम्म हुनेछ। नेपालका राष्ट्रिय कलाकार गायीकाहरु बन्दना पाण्डे,भुमिका शाहाले तीजको गीतले नचा उने सो कार्यक्रममा सपन इन्टरटेन्मेन्ट इन्टरनेसनलका प्रोपाईटर सपन राईको तीज कार्यक्रमको म्युजीक डिजे रहने कार्यक्रम छ। प्रबेस शुल्क १० पाउण्ड रहेको सो कार्यक्रममा ५ बर्षमुनी र ६५ बर्ष माथीका आमाबाबाहरुलाई खाना फ्रि रहने जनाइएको छ।बिदेसमा रहेर पनि परम्परा अनुसारको चाडपर्व मनाउन सबैलाई शीतलपाटीन्युजले पनि अनुरोध गर्दै कार्यक्रम स्थलमा पार्किड्ग फ्रि भयको जानकारी गराउदछ।
शीतलपाटीन्युज डटकम। लन्डन। रोयल बरो अफ ग्रीनवीच नेप्लिज् सोसाइटी नयाँ नेतृत्व चयनको तयारीमा जुटेको समाचार छ। शनिबार प्लमस्टिडमा सम्पन्न कार्यसमिति तथा सल्लाहकारहरुको संयुक्त बैठकले आगामी सेप्टेम्बर २४ तारिख आइतबार अधिवेशन गर्ने निर्णय गरेको हो। सोही अधिवेशनले आगामी दुई वर्ष हांक्ने नयाँ कार्यसमिति निर्वाचित गर्नेछ। संस्थामा यसअघि तीन वर्षे कार्यकाल रहने गरेकोमा त्यसलाई २ वर्षमा संशोधन गरी वर्तमान अध्यछ जीत रानाभाटको कार्यसमिति निर्वाचित भएको दुई वर्षमै नयाँ अधिवेशन गर्न लागिएको हो। वर्तमान अध्यक्ष जीत रानाभाट स्थानीय रोयल ग्रीनवीच बरोमा काउन्सिलर एवम उपमेयर निर्वाचित भएपछि उपाध्यक्ष पुण्य रेग्मीलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिइएको थियो। बैठकले नयाँ अधिवेशनमार्फत चयनका लागि सल्लाहकार एलएन पाण्डेको संयोजकत्वमा कुमार श्रेष्ठ र सहदेव गिरी सदस्य रहेको निर्वाचन समिति गठन गरेको छ। त्यस्तै,सल्लाहकार अर्कराज तिम्सिना संयोजक तथा माधवलाल श्रेष्ठ र शर्मिला हिराचन थकाली सदस्य रहेको विधान समिति गठन गरिएको छ। बैठकले नयाँ सदस्यता तथा नवीकरणको आवेदन दिने म्याद सेप्टेम्बर १५ साँझ ५ बजेसम्म राख्ने र कार्यसमितिले स्वीकृत सदस्यहरुको अन्तिम नामावली सेप्टेम्बर १७ सम्ममा निर्वाचन समितिलाई बुझाउन म्याद तोक्ने निर्णय पनि गरेको छ। संस्थाले आउंदै गरेको नेपालीहरुको महानचाड दशैंतिहारको अवसरमा एक शुभकामना कार्यक्रम गर्ने र सो कार्यक्रम संयोजनको जिम्मा सल्लाहकार ह्यारी गुरुङलाई दिने निर्णय पनि गरेको छ। उपाध्यक्ष पुण्य रेग्मीले संचालन गरेको सो बैठकको अध्यछता संस्थाका अध्यक्ष जीत रानाभाटको अध्यक्षतामा सम्पन्न झयको थियो भने सल्लाहकारहरु मोहन गुरुङ,एलएन पाण्डे,संस्थापक अध्यक्ष कुमार श्रेष्ठ,पासा पुच: साउथ इष्ट अध्यक्ष माधवलाल श्रेष्ठसहित सल्लाहकार एवम् कार्यसमिति पदाधिकारीहरुको सहभागिता रहेको कुरा महासचिव मंजु भण्डारीले बताउनु भयको छ।
शीतलपाटीन्युज डटकम। लन्डन। पछिल्लो पुस्ताका सर्वाधिक चर्चित एवम् लोकप्रिय गायक प्रकाश सपूत पहिलोपटक बेलायत आइपुगेका छन्। बेलायतस्थित केप्लर इभेन्ट्सको आयोजनामा शुक्रबार बेलुका अल्डरसटको एम्पायर हलमा प्रस्तुति गर्न उनी बुधबार बिहान लन्डन आइपुगेका हुन्। लन्डन हिथ्रो विमानस्थलमा गायक सपूतलाई एनआरएनए यूके पूर्व प्रमुख संरक्षक शेर सुनार, आयोजक केप्लर इभेन्ट्सका अनिल मल्ल, मनसुदन थापा,तारा गर्बुजा,मनोज गुरुङ लगायतले स्वागत गरेका थिए। दर्शक भेट्न र गीत सुनाउन उत्साहित छु: प्रकास सपूत पहिलोपटक बेलायत आइपुग्दा गायक सपूतले आफू निकै खुशी र उत्साहित बनेको बताए।‘गोर्खा सैनिकहरुले वीरता प्रदर्शन गरेको तथा नेपाली गीतसंगीतलाई माया गर्ने धेरै नेपालीको बसोबास रहेको देश भएकाले पनि धेरै पहिलेदेखि नै बेलायत आउने रहर थियो। बेलायतवासी नेपालीलाई उनले भनका छन,‘तपाईंहरु मलाई भेट्न जति उत्साहित हुनुहुन्छ,म तपाईंहरुलाई भेट्न झन् बढी उत्साहित छु।’ धेरै वर्षअघि सांगीतिक करियरको शुरुआती दिनमै बेलायत आउने अवसर मिलेको तर प्राविधिक कारणले आउन नपाएको स्मरण गर्दै उनले पहिलोपटक यहाँ आउनु आफ्नो लागि विशेष अवसर रहेको सुनाए। शुक्रबारको कार्यक्रममा सबैलाई निम्तो दिंदै उनले सबै पुस्तालाई मनोरञ्जन मिल्ने खालका सांगीतिक कोसेलीहरु प्रस्तुति गर्ने जानकारी गराए। बेलायतमा हुने आफ्नो एउटा कार्यक्रममा प्रस्तुति दिएलगत्तै गायक सपूत नेपाल फर्किने छन्। प्रकाश सपूत सांगीतिक साँझका धेरै टिकट बिक्री भइसकेको जनाउँदै आयोजक केप्लर इभेन्ट्सले इच्छुक दर्शकलाई सकेसम्म चाँडो टिकट बुकिङ गरी आफ्नो स्थान सुरक्षित गर्न आव्हान गरेको छ।
शीतलपाटीन्युज डठकम। लन्डन। तमुधिं यूके र नेपाली रातदुताबास लण्डनको संयुक्त आयोजनामा हुन लागेको १४ औं नेपाली मेलाको तयारी पूरा भएको आयोजकले जनाएका छन्। आइतबार मिचेटस्थित तमुधिं भवनमा तमुधि युकेका अध्यछ हरी गुरुङको अध्यछतामा आयोजित प्रेसमीटमा तमुधिं यूके उपाध्यक्ष तथा मेला संयोजक परशु गुरुङले लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा यही २७ अगष्ट २०२३ आइतबार केम्पटन पार्क रेस कोर्समा हुने नेपाली मेला तयारी पूरा भएको बताउनु भयो। "हाम्रो संस्कृति,हाम्रो पहिचान,हाम्रो गौरव" राखीएको समेत बताउनु भयको थियो। मेलाको मुख्य उद्देश्य बेलायतस्थित नेपाली संघसंस्था बीचको सम्बन्ध सुमधुर बनाउन, कला संस्कृतिको प्रदर्शन गर्दै नेपाल चिनाउन र युवा पुस्तामा नेपाली भाषा,कला संस्कृति हस्तान्तरण गर्न २००९ बाट संचालनमा रहेको संयोजक गुरुङले जनाउनु भयको थियो। राजदूत ज्ञानचन्द्र आचार्य मेलामा प्रमुख अतिथी रहने सो कार्यक्रममा बेलायतस्थित विभिन्न देशका कूटनीतिज्ञहरु,मेयरहरु, काउन्सिलरहरु,दुबै खुट्टा नभयका सगरमाथा चढ्ने विश्वकै एक पहिलो सफल आरोही हरि बुढामगर,सगरमाथा आरोही नायिका दिया पुन लगायत करिब १० हजार दर्शकको सहभागिता हुने अपेक्षा गरिएको छ। मेलामा २९ वटा टीमले झांकी प्रदर्शन गर्ने र झांकीमा पहिलो हुने समूहलाई ५ सय,दोश्रो हुने समुहलाई तीनसय र तृतीय हुने समुहलाई २०० पाउण्ड नगद पुरष्कार दिइने भयको छ। त्यस्तैगरी सान्त्वना पुरस्कार स्वरुप तीन समूहलाई २०० पाउण्डका दरले पुरस्कृत गरिने मेला संयोजकले प्रेषमीटमा बताउनु भयको छ। झांकी र सांस्कृतिक नृत्यमा उत्कृष्ट हुने पहिलो टिमलाई ११०० पाउण्ड नगद सहित एम्बासडर कप तथा तीनसय पाउण्ड सहित एनआरएनए कप र ट्रफी,झांकी र सांस्कृतिक नृत्यमा दोश्रो हुनेलाई ७०० पाउण्ड एवं झांकी र सांस्कृतिक नृत्यमा तृतीय हुने टिमलाई ५०० पाउण्ड प्रदान गरिने भयको छ। महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेचको सो प्रेषमीटमा हेल्थ एण्ड सेफ्टी ब्रीफ गरीएको थियो भने वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले स्वागत मन्तव्य दिनु भएका थियो। तमुधिं यूके अध्यक्ष हरि गुरुङले तमुधिं यूकेले आयोजना गरेपनि मेला सबैको साझा भएको बताउंदै मेलाबाट वचत रहेको रकम च्यारिटी मार्फत सहयोग पनि दिइने बताउंदै अध्यक्ष गुरुङले दोश्रो पुस्तालाई नेपाली कला संस्कृति हस्तान्तरण गर्न नेपाली मेलाको प्रमुख उद्देश्य रहेको उल्लेख गर्दै उहाले सहयोगी र सहभागीप्रति आभार समेत व्यक्त गरेका थिए। मेला आयोजना
GNNNews, लन्डन - नेपाल रन यूकेले “नर्थल्ट १० के” इभेन्ट गर्ने भएको छ। आगामी नोभेम्बर ५ तारिखमा युद्धमा बीर गति प्राप्त गरेरका शहिदहरुको सम्झनामा मनाइने “रिमेम्बरेन्स डे” को अघिल्लो साता १० किलोमिटर रनको कार्यक्रम आयोजना गर्न लागेको छ। क्लबले हरेक बर्ष आयोजना गर्ने उक्त कार्यक्रममा एस्टार फाइनान्सको प्रमुख प्रायोजन रहेको छ। भने मेकवर्थ एकाउन्ट , एइएसएन रिक्रुटमेन्ट लगायातका संस्थाले सह प्रायोजन गरेका छन्। नर्थला फिल्ड पार्क,नर्थल्टमा आयोजना हुन लागेको उक्त इभेन्ट मार्फत मीरा राई इनिसीएटिभको सहयोगार्थ च्यारिटी फन्ड रेज पनि गर्ने जनाइएको छ। समुदायमा स्वास्थ्य तन्दुरुस्ती चेतना साथै सामाजिक कामको सहयोगार्थ आयोजित कार्यक्रममा ५०० बढी नेपाली तथा स्थानीय समुदायको सहभागिता रहने जनाइएको छ । कार्यक्रममा सहभागी हुन नेपाल रन युकेको वेब साइट (www.nepalrun.org) मार्फत फारम भर्न सकिने जनाइएको छ । कार्यक्रममा सहभागीहरुलाई टिसर्ट, मेडल र प्रथम, द्वीतिय र तृतीयलाइ पुरस्कार पनि प्रदान गरिने बताइएको छ । प्रथम हुने १ जना पुरुष र महिलाले नेपालको प्रसिद्ध अन्नपूर्ण म्याराथनको पास प्राप्त गर्ने जनाईएको छ। नेपालीहरुद्वारा आयोजना गरिएको यो विशेष कार्यक्रम मार्फत नेपाली समुदाय, गोर्खा समुदायको सकारात्मक गतिविधि र नेपाल प्रबर्धनमा पनि सहयोग मिल्ने नेपाल रनका संयोजक संतोष राईले जनाएका छन् ।
शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतको सबै भन्दा पहिलो र युरोप कै पुरानो नेपाली संस्था यती एसोसीयसन युकेले तीज कार्यक्रम मनाउने भयको छ। बिदेश रहे पनि धर्म, संस्कृति र कला जगेर्ना गर्दै आएको यती नेपाली एसोसीयसन युकेले २०८० को तीज पर्व मनाउने भयको हो। एसोसीयसनको अध्यक्ष पिपला पाण्डे देवानले आफ्नो फेसबुक मार्फत सबैलाई आफ्नो मेडम र बच्चाहरुलाई लिएर नेपालमा जस्तै तीजको रमाईलो गर्न निमन्त्रणा गर्नु भएको छ। अध्यक्ष देवानले शीतलपाटीन्युजका सम्पादक बाचस्पति रेग्मीसंग आफ्नो चाडपर्ब प्रतिको धारणा राख्दै बिदेशमा रहे पनि चाडपर्व र संस्कृति जगेर्ना गर्ने कार्य आफ्नो जिम्मेबारी पनि हो भन्ने बताउनु भयको छ। अध्यक्ष देवानले Harrow Borough Football Club, Earlsmead,Carlyon Ave, Harrow HA2 8SS मा हुने सो कार्यक्रमको ब्यापक प्रचार प्रसार गरीदिन शीतलपाटीन्युजलाई अनुरोध गर्नु भयको छ। सो तीजको मनोरन्जन ०३ सेप्टेम्बर २०२३ मा हुनेछ। सपन इन्टरटेन्मेन्ट इन्टरनेसनलका प्रोपाईटर सपन राईको तीज कार्यक्रमको म्युजीक डिजे रहने कार्यक्रममा प्रबेस शुल्क १५ पाउण्ड रहेको सो कार्यक्रममा ५ बर्षमुनी र ६५ बर्ष माथीका आमाबाबाहरुलाई खाना फ्रि रहने जनाइएको छ। १५:३० मा शुरु भै १२ बजे बेलुका सम्म बिदेसमा रहेर पनि परम्परा अनुसारको चाडपर्व मनाउन सबैलाई शीतलपाटीन्युजले पनि अनुरोध गर्दै कार्यक्रम स्थलमा पार्किड्ग फ्रि भयको जानकारी गराउदछ।
शीतलपाटीन्युज डटकम। लन्डन । २९ औं विश्व आदिवासी दिवसमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेकी अध्यक्ष गोमा राना २०२३ र न्यू लक्ष्मी ज्वेलर्सका प्रोपाइटर एवं समाजसेवी लक्ष्मी राई २०२२ को "वुमन अफ दि इयर" विशेष अवार्डबाट सम्मानित भएका छन्। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन युके) सहित विभिन्न जातीय संघसंस्थाले आइतबार अल्डरसटको एम्पायर हलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष गोमा राना र समाजसेवी लक्ष्मी राई "वुमन अफ दि इयर" अवार्डबाट सम्मानित भएको हो। अध्यक्ष रानालाई प्रमुख अतिथि नेपाली राजदूतावास लन्डनका उपनियोग प्रमुख रोशन खनालले ताम्रपात्र दिदै खादासहितले सम्मान गरीएको थियो। समाजसेवी राई भने व्यस्तताले कार्यक्रममा पुग्न नसकेकाले प्रतिनिधि मार्फत सम्मान ग्रहण गरिएको थियो। यस्तै, गोर्खा सत्याग्रहका अभियन्ता ज्ञानराज राई २०२२ र सञ्चारकर्मी अमृत थेवेलाई २०२३ "म्यान अफ इयर अवार्ड" द्वारा सम्मान गरीएको थियो। नेफिन यूकेका अध्यक्ष कर्मा पहाडी शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेका नवनिर्वाचित अध्यक्ष हित काजी गुरुङ,नेफिन केन्द्रका निवर्तमान सचिव एवं नेफिन युकेका सल्लाहकार भक्तबहादुर दुरा,किरात राई यायोक्खा बेलायतका अध्यक्ष मेजर योगेश राई,मगर संघ युके अध्यक्ष सीता पुन मगरलगायत विभिन्न संस्थाका पदाधिकारी, कार्यसमिति सदस्य, बुद्धिजीवी, सञ्चारकर्मीलगायतको बाक्लो उपस्थिति थियो। प्रमुख अतिथि नेपाली राजदूतावास लन्डनका उपनियोग प्रमुख रोशन खनालले आदिवासी जनजातिले उठाएका माग तत्काल पूरा होस् भनी शुभेक्षा व्यक्त गर्नु भयको थियो। नेफिन केन्द्रका निवर्तमान सचिव एवं नेफिन युकेका सल्लाहका भक्तबहादुर दुरा प्रमुख वक्ता रहनु भयको थियो। नेपाल आदिवासी जनजाति महासंघ–बेलायत (नेफिन युके), नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायत,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बेलायत, नेपाल आदिवासी जनजाति युवा महासंघ बेलायत र आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ बेलायतले संयुक्तरुपमा आयोजना गरेको उक्त कार्यक्रम नेफिन युके महासचिव बिमला सेनीले सञ्चालन गर्नु भयको थियो। कार्यक्रममा राई र लिम्बुले झाँकी प्रदर्शन गरेका थिए भने मगर गट ट्यालेन्ट स्वेच्छा तिलिजा मगरले नृत्य प्रस्तुत गरेकी थिइन्। नेफिन यूके अध्यक्ष शेर्पाले पुरस्कृत र सम्मानित व्यक्तिहरुलाई बधाई र सहभागी सबैलाई धन्यवाद व्यक्त गर्नु भयको थियो।
शीतलपाटीन्युज डटकम। लन्डन । नेपाल आदिवासी जनजाति महासंघ–बेलायत (नेफिन युके) ले २९ औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस १३ अगस्त २०२३ आइतबार भव्यरुपमा मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ–बेलायत (नेफिन युके) नेत्रित्वमा विभिन्न संस्थाले अल्डरसटको एम्पायर हलमा आयोजना गरेको कार्यक्रममा विभिन्न व्यक्तिको सम्मान,झाँकी प्रदर्शन,सांस्कृतिक कार्यक्रम समेत गर्दै मनाएको थियो। नेफिन युके महासचिव बिमला सेनेले संचाल गरेको सो कार्यक्रमको नेपाली राजदूतावास लन्डनका उपनियोग प्रमुख रोशन खनालको प्रमुख आतिथी रहनु भपको सो समारोह नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष कर्मा पहाडी शेर्पाको अध्यछतामा भयको थियो। एनआरएनए युके अध्यक्ष हित काजी गुरुङ,नेफिन केन्द्रका निवर्तमान सचिव एवं नेफिन युकेका सल्लाहका भक्तबहादुर दुरा,किराँत राई यायोक्खाका अध्यक्ष मेजर योगेश राई,मगर संघ युके अध्यक्ष सीता पुन मगरले संयुक्त रुपमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेको कार्यक्रम भब्य भयको थियो। कार्यक्रममा राई र लिम्बुले झाँकी प्रदर्शन गरेका थिए भने मगर गट ट्यालेन्ट स्वेच्छा तिलिजा मगरले नृत्य प्रस्तुत गरेकी थिइन। समारोहमा यस बर्ष २०२३ देखि आदिबासि जनजातीका क्षेत्रमा उदाहरणिय एवम उल्लेख्य सेबा पुर्याउने जनजाती मध्य उत्कृष्ट कार्य गर्ने एक जना महिला र एक जना पुरुषलाई बर्ष गट ट्यालेन्ट पुरुष्कार शुरु गर्दै यस बर्षको गट ट्यालेन्टमा महिलाबाट फोनिज युके अध्यक्ष गोमा रानामगर वुमन अफ दि इयरबाट विशेष सम्मानित हुनु भएको थियो भने पुरुषबाट सत्याग्रहका अभियन्ता ज्ञानराज राई सम्मानित हुनु भयको थियो। साथै न्यू लक्ष्मी ज्वेलर्सकी डाइरेक्टर लक्ष्मी राई,सञ्चारकर्मी अमृत थेपेलाई म्यान अफ इयर अवार्ड दिएर भब्य सम्मान गरीयो। सो अवसरमा एभरेष्ट टाइम्सका निर्देशक दुत पुन, गोर्खा मिडीयाका डाइरेक्टर मीलन तमु र शीतलपाटीन्युजका सम्पादक बाचस्पति रेग्मीलाई आदीबासी जनजातीका समाचारहरु समप्रेषण गरेर ठुलो सहयोग पु-याएको भन्दै सम्मान गरिएको थियो। प्रमुख अतिथि नेपाली राजदूतावास लन्डनका उपनियोग प्रमुख रोशन खनालले आदिवासी जनजातिले उठाएका माग तत्काल पूरा होस् भनी शुभेक्षा व्यक्त गरिन्। नेफिन केन्द्रका निवर्तमान सचिव एवं नेफिन युकेका सल्लाहकार भक्तबहादुर दुरा प्रमुख वक्ता थिए । नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष कर्मा पहाडी शेर्पाले सहभागी सबैलाई धन्यवाद व्यक्त गरे । कर्म पहाडीको अध्यक्षतामा भएको कार्यक्रमको नेफिन युके महासचिव बिमला सेनीले खचाखच भरिएको हलमा
शीतलपाटीन्युज डटकम। लन्डन। चर्चित लोक तथा दोहोरीगायक प्रकाश सपुतको पहिलो पटक युकेमा विशेष सांगीतिक साँझ हुने भएको छ। सपुतले भिसा प्राप्तसँगै बेलायतको सांगीतिक भ्रमण पक्का भएको हो। नेपालीहरू रहेको प्राय बिदेशका सबै देशहरुमा सांगीतिक भ्रमण गरिसकेका गायक सपुतले २५ अगस्त २०२३ मा इम्पायर हल अल्डरसटमा लाइभ स्टेजमा प्रस्तुति दिने छन। यसको संयोजन केप्लर इभेन्ट्सले गरेको छ। ‘गलबन्दी च्यातियो’ , फुलमाया लगायत दर्जनौं हिट गीतका गायक प्रकाशको यस वर्ष ‘सकम्बरी’ र ‘दमाई महाराज’ प्स्तुत गरेकोमा दर्शकले निकै रुचाएका थिए।
शीतलपाटीन्युज डटकम। लन्डन। नेपाली हास्य क्षेत्रका दुई लोकप्रिय कलाकार दमन रुपाखेती र पल्पसा डंगोल ‘चम्सुरी’ बेलायत आइपुगेका छन्न। बेलायतका विभिन्न स्थानमा ‘कमेडी धमाका’ गर्न उनीहरु शुक्रबार लन्डन आइपुगेको हो। इनास यूके अध्यक्ष विनोद चिपालु र निर्देशक एवम् कलाकार सनम वैरागले लन्डन हिथ्रो विमानस्थल पुगेर कलाकारद्वयलाई स्वागत गरेका थिए। पहिलो शो यही अगस्ट २० तारिख आइतबार साँझ वुल्लीचको ट्रामसेड थिएटरमा हुँदैछ। सो अवसरमा दमन र चम्सुरीको हास्यव्यंग्यका साथै कयौं स्थानीय कलाकारका मनोरञ्जनात्मक प्रस्तुतिहरु पनि रहने आयोजकले जनाएका छन्। दमन रुपाखेती र पल्पसा डंगोल ’चम्सुरी’ले बेलायतवासी सबै दर्शकलाई आफ्नो कार्यक्रममा निमन्त्रणा गरेका छन्। कमेडी धमाकाका थप शोहरु बेलायतका विभिन्न क्षेत्रमा पनि आयोजना गर्ने तयारी रहेको आयोजक समूहमा संलग्न इनास यूके अध्यक्ष विनोद चिपालुले जानकारी दिएका छन। (लण्डन नेपालन्युज)
शीतलपाटीन्युज डटकम। लन्डन। नेपालको पर्बत जिल्ला भंगारा,दादा,ठानामौला र लामे घर भै बेलायत बसोबास गरेका चार भञ्ज्याङ तमु समाज युके भनेर चिनिने नेपालीहरुको चार भञ्ज्याङ तमु समाज युकेको १६ औं ग्रीष्मकालीन भेटघाट भब्य सम्पन्न भयको समाचार छ । समाजका अध्यक्ष बेनकुमार गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष दुर्गा गुरुङले स्वागत मन्तब्य राख्नु भयको थियो।कार्यक्रममको संचालन महासचिव अमर गुरुङले गर्नु भयको थियो। अल्डरसटको एल्डरवुड लेजर सेन्टरमा भएको कार्यक्रममा विविध मनोरन्जनात्मक कार्यक्रमहरु, विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो।जसमा ८० वर्ष उमेर पुगेका धनबहादुर गुरुङ (लामे) र रामसिङ घले (खाल्टे) लाई धर्म गुरु खेम्पो रिम्पोचे श्रीलम गुरुङले समाजको तर्फबाट लठ्ठी प्रदान गरी खादा ओढाई सुस्वास्थ्य र दीर्घायुको आशीर्वाद दिएका थिए । धर्म गुरु खेम्पो रिम्पोचे श्रीलम गुरुङ र किसनसिंङ घलेलाई समाजका अध्यक्ष बेनकुमार गुरुङले सम्मान गरेका थिए। तमु धीं युकेले आदर्श तमुले सम्मानित ब्रिटिस भूपू मेजर कृष्णबहादुर गुरुङ र उनकी पत्ती अमला गुरुङलाई क्रगि लगाइ दिएर र क्रमु ओडाएर सम्मान गरेका थिए। त्यस्तैगरी तमु धीं युकेले आदर्श तमुले सम्मानित पन्च गुरुङ र उनका श्रीमान ब्रिटिस भूपू लेप्टेन कुसाङ गुरुङ,एनआरएनए युकेका नवनिर्वाचित अध्यक्ष हितकाजी गुरुङ र उनकी पत्नी सीता गुरुङ,अन्तर्राष्ट्रिय समन्वय समिति सदस्यमा निर्वाचित ब्रिटिस भूपू ह. लेप्टन चन्द्रबहादुर गुरुङ र उनकी पत्नी बिमला गुरुङ, दिलराज गुरुङ, गोर्खा मिडीयाका प्रबन्ध निर्देशक मीलन तमु गुरुड्ग समेतलाई समाजका अध्यक्ष गुरुड्गले क्रगि लगाइदिएर र क्रमु ओडाएर सम्मान गरेका थिए। समाजको नयाँ सदस्यलाई उपाध्यक्ष दुर्गा गुरुङ र आमा समूहका अध्यक्ष पन्च गुरुङले खादा र व्याच लगाएर स्वागत गरेका थिए । नवविवाहित जोडीहरुलाइ क्रगि लगाइदिएर र क्रमु ओडाएर आशीर्वाद र उज्ज्वल भविष्यको शुभकामना दिइएको थियो । गोर्खा कपमा फुड स्टलमा सहयोग गर्ने सबै स्वयंसेवकहरुलाई खादा लगाईं धन्यवाद दिइएको सो कार्यक्रममा फुड स्टलमा मुख्य भूमिका निर्वाह गर्ने हेड सेफ प्रकास गुरुङ र उनकी पत्नी जयन्ती गुरुङलाई पनि सम्मान गरिएको थियो। सम्मानीत हुनेहरुमा संघसंस्थाहरुमा अध्यक्ष पदमा निर्वाचित बेसिंस्टक नेपाली समाजको अध्यक्ष दुर्गा गुरुङ, पर्वत वेलफेयर सोसाइटी अध्यक्ष अप्सरा गुरुङ,श्रीमती योगिता गुरुङको श्रीमान् अनिल गुरुङ र गोर्खा दरबार रेष्टुरेन्टको मालिक धनबहादुर
शीतलपाटीन्युज डटकम। लण्डन,०६ अगस्ट २०२३। घान्द्रुक समाज यूकेले आफ्नो १३ औं वार्षिक समर भेटघाट ५ अगष्ट २०२३ शनिबारको दिन फार्नबोरो स्थित ओकफर्म स्पोर्ट्स कलेजको हलमा धुमधामसंग सम्पन्न गर्यो। घान्द्रुक समाज युकेको अध्यक्ष श्री नारायण सिंह गुरुङको सभापतित्वमा एक औपचारिक कार्यक्रम गरि सञ्चालन गरेका थिए। कार्यक्रममा थुप्रै अतिथिहरुलाई आमन्त्रण गरिए पनि व्यवस्तताको कारण अरू अतिथीहरु समयमा आइपुग्न सफल नभएकोले समयमा उपस्थित हुन सफल आमन्त्रित अतिथि तमु प्ये ल्हु संघ युकेका प्रतिनिधिको रूपमा सहभागी खेगी समितिको अध्यक्ष श्री डमर बहादुर गुरुङ र अध्यक्ष श्री नारायण सिंह गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरेर कार्यक्रम शुभारम्भ गरेका थिए। कार्यक्रम आरम्भको क्रममा खेगी गुरु उपाध्यक्ष श्री देव बहादुर गुरुङले घान्द्रुकेहरुको आस्थाको केन्द्र शक्तिपीठ श्री मेश्रम बराहको पूजा गरेर प्रसाद ग्रहण गरेपछि कार्यक्रमले गति लिएका थिए। कार्यक्रममा समाजका प्रथम उपाध्यक्ष श्री देव बहादुर गुरुङले स्वागत मन्तव्यको साथै हेल्थ एण्ड सेफ्टी बारे ब्रिफ गरेका थिए। औपचारिक कार्यक्रमको पहिलो चरणमा केही अगाडि पछाडि गरी आइपुग्नु भएका आमन्त्रित अतिथिहरुमा तमु प्ये ल्हु संघको प्रतिनिधि खेगी अध्यक्ष श्री डमर बहादुर गुरुङ दम्पती, तमु धी युकेको अध्यक्ष श्री हरि गुरुङ दम्पती, बेलायतको लागि गैर आवसिय नेपाली संघको हालै निर्वाचित अध्यक्ष श्री हित काजी गुरुङ, मिडिया क्षेत्रबाट गोर्खा मिडियाका प्रबन्ध निर्देशक श्री मिलन तमु, शितल पाटी युकेको प्रबन्ध निर्देशक श्री वाचस्पति रेग्मी, नेपालबाट हाल यूकेमा रहनु भएको श्री मेश्रम बराह मा. वि. घान्द्रुकको व्यवस्थापन समितिको निवर्तमान अध्यक्ष रि. में. श्री ललित बहादुर गुरुङ, हाल भ्रमणको क्रममा यूकेमा रहनु भएको श्री मेश्रम बराह मा. वि. को पुरानो शिक्षक श्री के. वि. ( कृष्ण बहादुर) गुरुङ दम्पती, गत २९ जुन २०२९ मा सम्पन्न भएको एभरेष्ट म्याराथनमा घान्द्रुकको स्कूलको च्यारिटीको मूल उद्देश्य बोकी सहभागी भएको श्री सूर्य गुरुङको नेतृत्वको सहभागीहरुमा सूर्य गुरुङ, ताङतिङ समाजको अध्यक्ष समेत रहनु भएको श्री तर्क जङ्ग गुरुङ, जुम काजी गुरुङ र ट्याप ट्याप सेन्डको नेपाल प्रतिनिधि सुश्री सृष्टि गुरुङ आदिलाई अध्यक्ष श्री नारायण सिंह गुरुङको हातबाट स्वागत तथा सम्मान गरेका थिए । औपचारिक कार्यक्रमको पहिलो
शीतलपाटीन्युज डटकम। बर्मीड्घम,लण्डन। नेपालको बाग्लुड्ग जिल्ला गलकोट घर भै बेलायत आई बसोबास गरेका गलकोटबासीहरुले सातौ बार्षिक समारोह भब्य रुपमा सम्पन्न गरेको समाचार प्राप्त भयको छ। गलकोट समाज युकेका अध्यक्ष भोजराज कडेलले एउटा बिज्ञप्ति प्रकाशन गर्दै मुख्य अतिथी नेपाली राजदुताबास लण्डनको डिपुटी चिफ अफ मिसन रोसन खनाल,बिशीष्ठ अतिथी एनआरएन युके अध्यक्ष हितकाजी गुरुड्ग र बिभिन्न सामाजीक संस्थाबाट पाल्नु भएका अतिथीहरुलाई कार्यक्रममा उपस्थिती भएर गलकोट समाज युकेको बार्षिक मनोरन्जन सफल बनाई दिनु भयकोमा धन्यबाद टक्राउनु भयको छ। महासचिव विष्णु चालिसेले सञ्चालन गरेको र गलकोट समाज युकेका अध्यक्ष भोजराज कडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मुख्य अतिथी नेपाली राजदुताबास लण्डनको डिपुटी चिफ अफ मिसन रोसन खनाल,बिशीष्ठ अतिथी एनआरएन युके अध्यक्ष हितकाजी गुरुड्गले पानसमा बत्ति बालेर उद्घाटन गर्नु भएको बिज्ञप्तिमा बताइएको छ। ३१ जुलाई २०२३ मा वेष्ट ब्रोमीच बर्मिघंममा आयोजना भयको सो कार्यक्रममा स्बादिष्ट खाना,सास्कृतिक मनोरन्जनात्मक कार्यक्रम सहित भब्य सम्पन्न भयको थियो। दिलु गैरेले संचालन गरेको सासंकृतिक कार्यक्रममा गायक जीवन शर्मा,गायीका देवी घर्ती,इश्वर सिह,राजेश बर्देवा,डिजे हेम बिष्ट र स्थानिय कलाकार भाईबहिनी कलाकारहरुको बेजोड प्रस्तुति थियो। कार्यक्रममा आर्थिक सहयोग र बिज्ञापन दिइ सहयोग गर्ने सबैलाई धन्यबाद दिइएको सो कार्यक्रममा गलकोटबासीहरुको उपस्थिती खचाखच थियो। एनआरएन अन्तराष्ट्रिय सदस्य दिलरास गुरुड्ग,तमुधि युके उपाध्यक्ष कमल गुरुड्ग,निवर्तमान अध्यक्ष राजु कडेल,एनआरएनए यूके निवर्तमान उपाध्यक्ष नारायण कंडेल, संस्थापक अध्यक्ष रेशम बुढाथोकी,नेपालबाट आएका पूर्व शिक्षक टिकाराम सापकोटा लगायत नारायण फुयाल,महेश अधिकारी,डासुराम पाण्डे, शीव कडेल उपस्थित रहेको सो कार्यक्रममा उपाध्यक्ष डिलाराम गौतमले शुभकामना र धन्यबाद दिनु भयको सो कार्यक्रम भब्य सम्पन्न भयको थियो।