Friday February 07, 2025

प्रवास

एसईईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थी उत्तिर्ण

शीतलपाटीन्युज डटकम। काठमाडौं । एसईई नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो । परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । जसमध्ये १८६ जनाको ४ जिपिए आएको छ भने ५२.१४ प्रतिशत परीक्षार्थी फेल भएका छन् । २२१ जना परीक्षार्थीको परिक्षा रद्द भएको छ । ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थीमध्ये २,४२,०९२ को एनजी आएको हो । यो पटक बोर्डले नयाँ ‘लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो । लेटर ग्रेडिङ पद्धति (तेस्रो संशोधनसहित)अनुसार सैद्धान्तिकतर्फ ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थी फेल अर्थात् ‘नन ग्रेडेड’ (एनजी) हुनेछन् । जसमा सैद्धान्तिक ७५ पूर्णाङ्कका विषयमा कम्तीमा २७ अङ्क र आन्तरिक मूल्याङ्कन २५ पूर्णाङ्कमा कम्तीमा १० अङ्क प्राप्त गरेको हुनुपर्छ । अर्थात् जम्मा १०० पूर्णाङ्कमा कम्तीमा ३७ अङ्क ल्याउनुपर्ने हुन्छ । त्योभन्दा कम अङ्क आउनेको हकमा ‘एनजी’ आउनेछ । दुई विषयमा ‘एनजी’ आएको विद्यार्थीले एक महिनापछि हुने पूरक परीक्षामा सामेल हुन पाउने बोर्डले जनाएको छ । ०८० चैत १५ देखि २७ गतेसम्म सञ्चालित एसईईमा चार लाख ८८ हजार परीक्षार्थी सहभागी थिए । एसइई नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिनेछ । आइभीआरका लागि नेपाल टेलिकमको ल्यान्ड लाइन फोन तथा मोबाइलबाट १६०० डायल प्राप्त निर्देशनअनुसार नतिजा थाहा पाउन सकिनेछ । यी १० वटा वेबसाइटबाट हेर्न सकिन्छ नतिजा-

यती नेपाली एसोशियसन युकेले निशुल्क स्वास्थ्य शिबिर गर्दै

शीतलपाटीन्युज डटकम। लण्डन।यति नेपाली एसोसिएसन युकेले यही आउँदो जुन ३० तारिख आइतबार बिहान ११ बजेदेखि ४ बजेसम्म साउथ ह्यारो स्थित स्पोर्ट्स एन्ड सोसियल क्लबमा निशुल्क बृहत स्वास्थ्य शिविर गर्ने कुरा महासचिब टंक भट्टराईले जनाउनु भएको छ।  शिविरमा रक्तचाप निगरानी,मधुमेह परीक्षण (रक्त), फिजिकल हेल्थ चेक अप,स्वास्थ्य जागरूकता सत्र, दिर्घ रोग सम्बधि सल्लाह सुझाव र मार्गदर्शन,नेपाली बृद्धबृद्धाहरुलाई बेलायतको सोसल केयर सम्बन्धि व्यवस्था अनि हाम्रो अधिकार लगायतबारे काउन्सिलिङ्ग,अनि चिया र नास्ता लगायतका कार्यक्रम रहेको महासचिव भट्टराईले बताउनु भयको छ। बर्तमान कार्यसमितिकी सामाजिक सचिव तथा एती निशुल्क स्वास्थ्य शिविर-२०२४ कि  संयोजक,सिनियर स्पेसलिष्ट नर्स सुष्मा पौडेल भट्टराईका अनुसार उक्त शिविरमा करिब ५ जना डाक्टर तथा उतिनै संख्यामा स्पेसलिस्ट नर्सहरु साथै सस्थाका १५ भन्दा बढी स्वयंसेवकहरु तयारी तथा व्यवस्थापनमा खटिने छन्।  शिविरको सम्पूर्ण तयारि पुरा भएको जानकारी संयोजक पौडेलले दिनु भयो। ६४ वर्षअघि स्थापना भएको यति नेपाली एसोसिएसनले हाम्रा नेपाली समुदायको सेवामा समर्पित यती स्वास्थ्य शिविर २०२४ आयोजना गर्न लागेको घोषणा गर्न पाउँदा खुशी लागेको संस्थाकी अध्यक्ष पिपला देवानले बताउनु भयो। यति सस्थाले नेपाली डायसपोरामा यो कार्यलाई आफ्नो जिम्मेवारी महसूस गरेर हामीले अत्यावश्यक स्वास्थ्य सेवा र सहयोग प्रदान गर्न यो नि:शुल्क स्वास्थ्य शिविरको डिजाइन गरेका छौं भन्दै अध्यक्ष देवानले  ह्यारो,वेम्ब्ली,हेज,हंस्लो,फेल्थम लगायत अन्य नजिकै बस्ने समस्त नेपाली समुदाय र बिशेष गरि बृद्ध बृद्धाहरुलाई सरिक हुन आव्ह्वान गर्नु भएको छ। भाषा हिच्किचाहट लगायत अनेकौं कारणले समस्या भए पनि स्वास्थ्यकर्मीको सल्लाह नलिकन बस्नु भएका बृद्ध बृद्धाहरुलाई नेपाली भाषी स्वास्थ्यकर्मीहरुबाट पाउने सल्लाह र सुझावले सक्दो सहयोग मिल्न सक्ने अध्यक्ष देवानले बताउनु भयो। शिविरको आर्थिक व्यवस्थापनको लागि एच टि आर केयर,माया सोपोर्टेद लिविंग,ह्याम्प्सटेड इयर केयर,नेवा छे माया र देउराली ट्रावलको सहयोग रहेको बताइएको छ।

हङकङमा पाल्पा सांगीतिक साँझ भब्य

शीतलपाटीन्युज डटकम। हंगकंड्ग।पाल्पा श्रीनगर समाज हङकङको आयोजनामा पाल्पा सांगीतिक साँझ हंगकड्गमा भव्य रुपमा सम्पन्न भएको छ। आईतबार याउ मा तेई कम्युनिटी हलमा आयोजीत कार्यक्रममा लोक दोहोरी प्रतिष्ठानकी अध्यक्ष तथा गायिका रीता थापा मगर, वरिष्ठ लोक गायक नारायण रायमाझी,गायक शिरीष देवकोटा,गायिका बिमा सारु मगर लगायतले गीत प्रस्तुत गरेका थिए। साथै अभिनेता धीरेन शाक्यले स्थानीय कलाकार माया थापासँग नृत्य प्रस्तुत गरे। कार्यक्रममा संयुक्त डान्स स्टुडियोका कलाकारहरुले पनि नृत्य प्रस्तुत गरेका थिए। समाजका अध्यक्ष पुर्ण दर्लामी मगरको सभापतित्व तथा समाजका संस्थापक अध्यक्ष गणेश जंग रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हङकङ नेपाली महासंघकी अध्यक्ष रीता गुरुङ, एनआरएनए हङकङका अध्यक्ष गोकर्ण ढकाल लगायतका विशेष अतिथिहरुको उपस्थिती रहेको थियो। साभार-ब्लाष्ट खवर।

बेलायतमा,बीआरपी,आइएलआर,आइएलई खारेज हुँदै, नया सिस्टमको सुचना आउदै

शीतलपाटीन्युज डटकम।| बेलायत सरकारले यो वर्षको अन्त्यदेखि विद्युतीय अध्यागमन प्रणाली (ईभिसा)लागू गर्ने भएको छ । जसका कारण मानिसहरुले आफ्नो अध्यागमन स्थितिका बारेमाजानकारी दिन पासपोर्ट बोकिरहनु पर्ने छैन। अध्यागमन सम्बन्धी सबै तथ्यांकहरु अनलाइनमा राखिने छ। फलत अहिले बोक्नु परिरहेको बायोमेट्रिक रेसिडेन्स पर्मिट (बीआरपी),बायोमेट्रिक रेसिडेन्स कार्डस (बीआरसी) र पासपोर्टमा छाप लगाइएको इन्डिफिनेट लिभ टु इन्टर (आइएलई),इन्डिफिनेट लिभ टु रिमेन (आइएलआर) लगायत खारेज हुँदैछन् । यस बारेमा बेलायतमा बसोबास गरिरहेका नेपालीहरुलाई पनि धेरै अन्यौल र जिज्ञासा रहने छ। त्यसैको समाधानका लागि हामीले बेलायतको सरकारी वेभसाइटमा रहेको जानकारीलाई नेपालीमा अनुवाद गरिएको छ । ईभिसा के हो ? ईभिसा तपाईको अध्यागमनसम्बन्धी स्थिति, तपाईको बेलायतमा प्रवेश गर्ने र बसोबास गर्ने अधिकारका बारेमा अनलाइनमा जानकारी राख्ने तरिका हो। यसका लागि तपाईले युके भिजाज एण्ड इमिग्रेसन (युकेभिआई) मा अकाउण्ट बनाउनुपर्नेछ। तपाईको कागजमा रहेको भिजालाई अनलाइनमा परिणत गर्दा तपाईको अध्यागमन स्थिति वा बेलायतमा प्रवेश गर्ने वा बसोबास गर्ने अधिकारमा केही परिवर्तन हुने छैन। भविष्यमा बेलायत आउँदा तपाईले पासपोर्टबाहेक अरु कागजात बोकिरहनुपर्ने छैन। यो साल सन् २०२४ को अन्त्यसम्म मात्र तपाईले यात्रा गर्दा त्यस्ता कागज बोक्नु पर्नेछ। ईभिसाले तपाईको कागजातहरु हराउन, चोरिन,च्यातिनबाट सुरक्षित बनाउने छ। तपाईको आवेदन स्वीकृत भएपछि कागजात पाउनका लागि पर्खिरहनुपर्ने छैन। यसबाट बेलायतका नाकामा,तपाईको घरबेटी वा रोजगारदातालाई तपाईको अध्यागमन सम्बन्धी स्थितिका बारेमा जानकारी दिन सजिलो र छरितो बनाउने छ। युकेभिआईमा किन अकाउण्ट बनाउने ? युकेभिआईले कागजात बोक्नुपर्ने प्रणालीलाई अनलाइन प्रणालीद्वारा विस्थापित गर्न लागेकाले यस्तो अकाउण्ट बनाउनु परेको हो। तपाईको भिसाको बारेमा जानकारी पाउन र तपाईको अध्यागमन स्थिति जस्तै:काम गर्न पाउने,भाडामा बस्न पाउने अधिकार आदिका बारेमा जानकारी दिन यस्तो अकाउण्ट बनाउनु परेको हो। तर यस्तो अकाउण्ट बनाउँदा कुनै शुल्क तिर्नु पर्दैन। यस्तो अकाउण्ट बनाएपछि पासपोर्ट वा अध्यागमन सम्बन्धी परिचयपत्रको विस्तृत विवरणहरु फेरिँदा अपडेट गरिरहनुपर्छ। जस्तो नयाँ पासपोर्ट बनाएमा सोको जानकारी अपडेट गर्नुपर्छ। घरभाडामा बस्नुपर्दा घरधनीलाई वा जागिर खाँदा रोजगारदातालाई अध्यागमनका बारेमा जानकारी दिनुपर्यो भने तपाईले एउटा कोड बनाएर दिन सक्नुहुनेछ। यस्तो कोड केही समयका लागि मात्र हुनेछ र तपाईले जुनबेला चाहनुभयो त्यहीबेला त्यस्तो

तनहुँ समाज युकेको वार्षिक भेटघाट तथा समर बीबीक्यू भब्य

शीतलपाटीन्युज डटकम। लन्डन। आदीकवी भानुभक्त आचार्य जन्मेको तनहुबाट बेलायत आई बसोबास गरेको र तनहुँ समाज युकेको नागरीकको नामले चिनिने नागरिकहरुको वार्षिक भेटघाट तथा समर बीबीक्यू भव्य रूपमा सम्पन्न भएको छ। शनिबार फार्नबोरोस्थित स्यामुएल कोडी स्पोर्टस कलेजमा विविध सांस्कृतिक प्रस्तुति सहित कार्यक्रम भब्य भएको हो।  तनहुं समाजका अध्यक्ष केशर रानाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली राजदूतावास लन्डनका द्वितीय सेक्रेटरी रामबाबु नेपाल प्रमुख अतिथि रहनु भयको थियो। तनहुं समाजका महासचिव बोधविक्रम थापाले उदघोषण गर्दै संचालन भयको सो कार्यक्रम सुरुमा स्वास्थ्य र सुरक्षाबारे जानकारी गराएका थियो। कार्यक्रम अर्डिनेटर तथा उपाध्यक्ष शन्त गुरुङले उपस्थित सबै पाहुनाहरुलाई स्वागत गर्दै स्वागत मन्तव्य राख्नु भयको थियो। अध्यक्ष राना,प्रमुख अतिथि नेपाल र वहाँ वरिष्ठ सलाहकार ले.रन्जन मल्लले संयुक्त रूपमा क्यान्डिल बालेर उद्घाटन गरेको सो कार्यक्रमम नेपाल र युकेको राष्ट्रिय गान प्रस्तुत गरिएको थियो।  समाजका वरिष्ठ सल्लाहकार मेजर रिटायर्ड कुलबहादुर थापा,पे ल्हु संघ युकेका अध्यक्ष डेम बहादुर गुरुङले शुभकामना मन्तव्य राखेको सो कार्यक्रममा मौलिक कौरा प्रतियोगिताका डोनर मिछुर्लुङलाई प्रशंसा पत्र तथा नेपालबाट आएका कलाकारहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।  मगर संघ युकेका महासचिव गुमानसीहं थापा,गुल्मी समाज युकेका अध्यक्ष रुद्र थापा,पाल्पा जिल्ला समाज युकेका पुर्व अध्यक्ष बाचस्पति रेग्मी,तमु पे ल्हु संघ युकेका अध्यक्ष रि क्या डेम बहादुर गुरुड्ग ,पत्रकार महासंघ युके शाखाका पुर्व अध्यक्ष नरेस खपाड्गी मगर लगायत पाहुनाहरुको उपस्थिती रहेको सो कार्यक्रममा अन्त्यमा प्रमुख अतिथि तथा दूतावासका द्वितीय सेक्रेटरी नेपालले शुभकामना मन्तव्य राख्दै संस्थाको प्रगतिको तनहु समाजले गरेका कामको प्रशंसा गर्नु भयको थियो भने समाजका अध्यक्ष रानाले उपस्थित सबैलाई धन्यवाद भन्दै कार्यक्रम समापन गर्नु भयको थियो। औपचारिक कार्यक्रम सकिएपछि सांस्कृतिक कार्यक्रम र राफल ड्र सुरु भएको थियो। कलाकारहरूको नृत्य तथा सांगीतिक प्रस्तुतिमा उपस्थित दर्शक रमाएर नाच्दै झुमेका थिए।कार्यक्रम मनेरन्जनात्मक बनाउन कलाकारहरू मोहन थापा,कुमार राना,यङ्‌क आले, सविता राना,शंझना लामिछाने, राजु ढकाल सहितको समूहले सांस्कृतिक नृत्यप्रस्तुत गरेका थिए। नेपालबाट आएका विशेष अतिथि कलाकार तथा गायकहरू राजु ढकाल,पवन राना मगर,सविता परियार, सम्झना लामिछाने मगर र अस्मिता रानाको प्रस्तुति पनि बेजोड रहेको थियो।  भेषभुषा,संस्कृतिले भरिपुर्ण तनहुं जिल्लाको सास्कृतिक माहोललाई भरिपुर्ण मनोरन्जन

बिनोद बराल र पाक महर्षि संन्दीप खत्रीको Food Apps आउदै

शीतलपाटीन्युज डटकम। चितवन,नेपाल। विनोद बराल (Binod Baral) र म पाक् महर्षि शेफ फूड टेक सन्दीप खत्रीको एक रोमाञ्चक परियोजनाको लागि कोष संकलन हुदै रहेको समाचार प्रकासमा आएको छ। हामी नेपाली खानालाई समर्पित एउटा एप र वेबसाइट विकास गर्दैछौं,जसमा रेसिपी कैलकुलेटर र शेफहरूले आफ्ना रेसिपीहरू र प्रोफाइलहरू साझा गर्नसक्ने प्लेटफर्म समावेश हुनेछ। जसले गर्दा मानिसहरूलाई प्रत्यक्ष रूपमा जोड्न सकिने छ। शेफ सन्दीप खत्री,जोसँग १८ वर्षको अनुभव छ। क्रियटिभ डाइरेक्टर,पोस्ट हार्भेस्ट इन्स्ट्रक्टर र लेक्चररको रूपमा १००० भन्दा बढी जर्नलहरू र ५०० प्रामाणिक नेपाली रेसिपीहरू सङ्कलन गरेका छन। जसमा धेरै हराउन लागेको परिकारहरू समावेश छन्। यस प्लेटफर्मले हाम्रो समृद्ध पाक परम्परालाई सुरक्षित बनाउने छ। यस परियोजनालाई सफल बनाउन,हामीलाई तपाईंको सहयोगको आवश्यक छ। कुनै पनि योगदान,सिङ्गल डिजिटदेखि छ डिजिटसम्म, यस प्लेटफर्मलाई सुरु गर्न मद्दत गर्नेछ।जसमा खानाको इतिहास र पोषण जानकारी पनि समावेश हुनेछ। यदि तपाईंले योगदान गर्न सक्नुहुन्न भने,त्यस्तै पनि ठिक छ। तपाईंको समर्थनको लागि धेरै आभारी हुनेछौ,विनोद बरालले फेसबुक वालमा लेखेर जानकारी गराउनु भएको छ।

पाईलट क्पाप्टेन बिजय लामा लाल-समुन्द्रा राष्ट्रीय बहु प्रतिभा पुरष्कारबाट सम्मानित

शीतलपाटीन्युज डटकम। काठमाण्डौ। क्पाप्टेन बिजय लामा यो बर्षको लाल-समुन्द्रा राष्ट्रीय बहु प्रतिभा पुरष्कारबाट सम्मानित भएका छन् । केहि बर्ष यता सपरिवारका साथ अमेरिका बस्दै आई रहेका बहु प्रतिभाशाली ब्यक्तित्वका धनि लेखक-निर्देशक-सम्पादक साथमा नृत्य निर्देशक, तेक्वान्दो प्रशिक्षक बिकाश घले गुरुङले आफ्ना बाबु (लाल)- आमा (समुन्द्रा) गुरुङको स्मृतिमा लाल-समुन्द्रा राष्ट्रीय बहु प्रतिभा पुरष्कार स्थापना गरेका हुन । बहुप्रतिभा भएका अग्रज ब्यक्तित्वहरुलाई सम्मान र नब युवाहरुलाई प्रोत्साहनको लागि यो पुरष्कार स्थापना गरिएको संस्थापक तथा संरक्षक बिकास घले गुरुङले इनेप्लिजलाई बताए । सुरुमा क्षेत्रीय स्तरबाट सुरु गरियता पनि पछि यसलाई राष्ट्रिय स्तरको बनाईएको हो । यो सम्मान तथा पुरष्कार हालसम्म कलाकार-लेखक-निर्देशक ओम प्रतिक गुरुङ, गितकार ,संबिधान विद भिमार्जुन रेग्मी ,गायीका-नेत्री- पूर्व समाचारबाचिका- पुर्व राष्ट्रिय भलिबल खेलाडी कोमल वली, अग्रज कलाकार-लेखक-निर्देशक- कुशल प्रसाशक निर शाह, जनप्रिय हास्य कलाकार – गायक- समाजसेवी महजोडी जस्ता ब्याक्तित्वहरुले ग्रहण गरिसकेका छन् । यसै शिलशिलामा यो वर्षको लाल-समुन्द्रा राष्ट्रीय बहु प्रतिभा पुरष्कार कलाकार, गायक तथा बिमानचालक क्याप्टेन बिजय लामालाई प्रदान गरिएको छ । क्याप्टेन बिजयको यसै वर्ष “गोर्खा वारियर” नामक चलचित्र पनि प्रदर्शनमा आएको थियो । गत शुक्रवार बिश्व सङगीत दिवशका अवसर पारेर नेपाल सांगीतिक सङघले काठमान्डौमा आयोजना गरेको एक सांगीतिक कार्यक्रममा उक्त सम्मान तथा रु २५,०००/- सहितको पुरस्का प्रदान गरिएको हो । यो सँगसंगै उक्त कार्यक्रममा शिव शँकर मानन्धर राष्ट्रिय साङगितिक सम्मान तथा पुरष्कार वरिष्ठ कलाकार-संगीतकार सि.के रसाईलीलाई, रत्न शमशेर थापा राष्ट्रिय साङगितिक सम्मान तथा पुरष्कार गीतकार-रचनाकार कालीप्रशाद रिजाललाई, प्रेमध्वज प्रधान राष्ट्रिय साङगितिक सम्मान तथा पुरष्कार वरीष्ठ गायिका मीरा राणालाई, पुष्प नेपाली राष्ट्रिय साङगितिक सम्मान तथा पुरष्कार ओम बिक्रम बिष्ठलाई , फत्तेमान राजभण्डारी राष्ट्रिय युवा तथा साङगितिक सम्मान तथा पुरष्कार राजेश पायल राईलाई, शुभबहादुर सुनाम राष्ट्रिय साङगितिक सम्मान तथा पुरष्कार बाध्य बादक देव रानालाई, राजेश-लक्षमी नृत्य गुरु राष्ट्रिय साङगितिक सम्मान तथा पुरष्कार बरिष्ठ नृत्य गुरु भैरब बहादुर थापालाई र नेपाल सांगितिक संघ राष्ट्रिय साङगितिक सम्मान तथा पुरष्कार शुरेन्द्र श्रेष्ठलाई प्रदान गरिएको थियो।

साउदी अरबमा हज यात्रामा १,००० भन्दा बढी तीर्थयात्रीको मृत्यु

शीतलपाटीन्युज डटकम। लण्डन। साउदी अरबमा यस वर्षको हज यात्रामा १,००० भन्दा बढी तीर्थयात्रीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। साउदी अरेबियामा यस वर्षको हज तीर्थयात्रामा १,००० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ किनभने मरुभूमि राज्यका इस्लामिक क्षेत्रको पवित्र स्थलहरूमा अत्यधिक उच्च तापक्रमको सामना गर्नु परेको अधिकारीहरूले आइतबार भने। काहिरोका दुई अधिकारीका अनुसार मृत्यु हुनेमा आधाभन्दा बढी इजिप्टका मानिस थिए। इजिप्टले अनधिकृत तीर्थयात्रीहरूलाई साउदी अरब जान मद्दत गर्ने १६ वटा यात्रा निकाय ट्राभल एजेन्सीहरूको इजाजतपत्र खारेज गरेको अधिकारीहरूले बताएका छन्। साउदी अरेबियाले तीर्थयात्राको क्रममा मृत्युको बारेमा टिप्पणी गरेको छैन किनभने प्रत्येक सक्षम मुस्लिमको जीवनमा एक पटक आवश्यक हुन्छ। इजिप्टको सरकारले यस वर्षको हजको दौडान पुरानो रोगहरूको कारण ३१ जना तीर्थयात्रीहरूको मृत्यु भएको घोषणा गरेको छ। यद्यपि, एक मन्त्रिमन्डलका अधिकारीका अनुसार तीर्थयात्राको क्रममा कम्तिमा ६३० जना अन्य इजिप्टियनहरू मरेको बताए । संख्याको पुष्टि गर्दै इजिप्टका एक कूटनीतिज्ञले मृतक मध्ये अधिकांशलाई साउदी अरबमा गाडिएको पुष्टी गरे। अधिकारीहरूले नाम न छाप्ने सर्तमा उनीहरूलाई पत्रकारहरूलाई विवरण दिने अधिकार नभएको बताए। साउदी अधिकारीहरूले अनाधिकृत तीर्थयात्रीहरूमाथि कारबाही गरे र हजारौं मानिसहरूलाई निष्कासन गरे। तर धेरै जसो इजिप्शियनहरू, मक्का र वरपरका पवित्र स्थलहरूमा पुग्न सफल भएका थिए। सरकारले आफ्नो विज्ञप्तिमा १६ वटा यात्रा निकाय ट्राभल एजेन्सीले तीर्थयात्रीलाई पर्याप्त सेवा दिन असफल भएको बताएको छ। प्रतिष्ठान कम्पनीका अधिकारीहरूलाई अनुसन्धानका लागि सरकारी वकिलमा पठाइएको पनि सरकारले जनाएको छ। एसोसिएटेड प्रेसको तथ्याङ्क अनुसार मृत्यु हुनेमा इन्डोनेसियाका १६५,भारतका ९८ र जोर्डन,ट्युनिसिया, मोरक्को,अल्जेरिया र मलेसियाका दर्जनौं तीर्थयात्रीहरू पनि थिए। साथै दुई जना अमेरिकी तीर्थयात्रीको पनि मृत्यु भएको बताइएको छ। एसोसिएटेड प्रेस पत्रकारहरूले हजको समयमा विशेष गरी दोस्रो र तेस्रो दिनमा तीर्थयात्रीहरू चर्को गर्मीबाट बेहोस भएको देखे। कतिपयले वान्ता गरे र ढले।तर यस वर्षको संख्या असाधारण रूपमा उच्च भएको एबिसी न्यूजले समाचार लेखेको छ । सन् २०१५ को हजको क्रममा मिनामा भएको भागदौडमा २,४०० तीर्थयात्रीको मृत्यु भएको थियो।सोही वर्षको सुरुमा मक्काको बृहत मस्जिदमा एउटा छुट्टै क्रेन गह्रौ माल उचाल्ने यन्त्र अर्थात् उत्तोलक खस्दा १११ जनाको मृत्यु भएको थियो।

मन्त्रिपरिषदद्धारा बेलायतका लागि डा बिजन पन्त लगायत ८ देशका लागि राजदूत सिफारिस

शीतलपाटीन्युज डटकम। लण्डन । मन्त्रिपरिषद् बैठकले रिक्त रहेका राजदूत पदमा ८ जनालाई सिफारिस गरेको छ। भारतका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी सिफारिस भएका छन्।  एमाले,माओवादी र जसपाको बन्नेहरूको नाम सिफारिस भएको हो। भारतमा लोकदर्शन रेग्मी,अमेरिकाका लागि पूर्वसचिव चन्द्र घिमिरे,दक्षिण कोरियाका लागि मानव अधिकारवादी सुशील प्याकुरेल सिफारिस भएका छन् । डेनमार्कका लागि सुम्निमा तुलाधर,मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिना, बेलायतका लागि डा.बिजन पन्त, साउदी अरेबियाका लागि अबुसुफ्यान खान मुसलमान र स्पेनका लागि पुष्पराज राजकर्णिकार सिफारिस भएका छन् । रास्वापाको कोटाको पछि सिफारिस हुनेछन्। भारतका लागि सिफारिस भएका रेग्मी बेलायतका लागि यसअघि राजदूत भएका थिए। केपी ओलीको सरकार परिवर्तन भएपछि फिर्ता हुने सूचीमा उनी परेका थिए। अमेरिकाका लागि सिफारिस भएका पूर्वसचिव घिमिरे विगतमा कोलकातास्थित महावाणिज्यदूत पनि बनेका थिए। तुलाधार महिला तथा बालअधिकारको क्षेत्रमा लामो समय देखि काम गरेकी हुन्। बेलायतका लागि सिफारिस भएका पन्त विकास मामिला जानकार हुन्। राजकर्णिकार राष्ट्रिय योजनाका पूर्वसदस्य हुन्।

नेपाल ब्रिटेन डटकमले बेलायतका १० जना चर्चित व्यक्तित्वको सम्मानका लागि नाम शिफारिष माग्दै

शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतबाट संचालित नेपालब्रिटेन डट कमले बेलायतमा सक्रिय १० व्यक्तित्वहरुलाई सम्मान गर्ने भएको छ।अनलाइनका संस्थापक अध्यक्ष चिरन्जीवी ढकालका अनुसार अनलाइन पोर्टलको आफ्नो १७ औं वार्षिकोत्सवको अवसर पारेर सो सम्मान कार्यक्रमको आयोजना गर्न लागेको हो। सन् २००७ को जुन महिनादेखि अनलाइन सेवा संचालन गरेको समाचार पोर्टलले १७औं वार्षिकोत्सव मनाउने तयारी गरेको छ।गत वर्षहरुमा जस्तै यस बर्ष पनि बेलायती नेपाली समुदायसँग वार्षिकोत्सव मनाउने तयारी गर्दै रहेको ढकालले बताए। ढकालले कार्यक्रमको विस्तृत विवरण छिट्टै प्रकाशन गर्ने बताए। सो अवसरमा नेपाली दूतावास लन्डन,स्थानीय सबै सामाजिक संघसंस्था,पत्रकार,बुद्धिजीवी लगायतको उपस्थितिमा नेपालबाट आएका कलाकारहरुले विभिन्न सांस्कृतिक कार्यक्रमको प्रस्तुती दिने भएका छन्। नेपालब्रिटेन डट कमका सम्पादक चिरन शर्माले गत वर्षहरुमा जस्तै यो वर्ष पनि बेलायतमा चर्चित दश नेपालीलाई सम्मान गरिने जानकारी दिएका छन। उनले बेलायतस्थित नेपाली समुदायको सिफारिशमा चर्चित १० जनाको नाम चयन हुने बताए। यस वर्ष बेलायतमा सक्रिय एक सामाजिक संस्थालाई समेत सम्मान गर्ने तयारी गरिएको छ। कार्यक्रममा नेपालका प्रमुख राजनीतिक दल नेपाली कांग्रेस,नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय नेताहरुको समेत उपस्थिति रहने अपेक्षा गरिएको छ। बेलायतमा चर्चित १० व्यक्तित्व छान्नुहोस्- १७ औं वार्षिकोत्सव समारोहमा सम्मान हुने व्यक्तित्वहरुको नाम सिफारिस गर्न अनलाइनले सार्वजनिक आह्वान गरेको छ। सामाजिक,शैक्षिक,खेलकुद, कला-संस्कृति,व्यवसाय, परोपकार लगायतका क्षेत्रमा सक्रिय रहेर नेपाली समुदायका लागि योगदान दिएका व्यक्तित्वहरुले आफैं वा अरू कसैले त्यस्ता व्यक्तित्वहरुको नाम सिफारिस गर्न सक्नेछन्। छोटो परिचय, सामाजिक गतिविधि र व्यक्तिगत प्रोफाइल विवरण सहित जुन २८ तारिखभित्र निम्न इमेल ठेगानामा नाम सिफारिस गर्न अनुरोध गरिएको छ। इमेल: [email protected]

कोरियामा सोनसिक अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन सम्पन्न

GNNNEWS- सोल,कोरिया -नेपाली विद्यार्थी समाज,दक्षिण कोरिया (सोनसिक) ले आफ्नो बीसौँ स्थापना दिवसको अवसरमा "सोनसिक अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन-२०२४" सम्पन्न गरेको छ। ​ 'सहकार्यात्मक नेतृत्व: दिगो विकासका लागि अन्तर विषयगत नवप्रवर्धन र वैज्ञानिक उत्कृष्टताको उत्प्रेरक" भन्ने विषयलाई  मुख्य आधार मानेर आयोजना गरिएको अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन गत जुन १५ र १६ तारिखमा दक्षिण कोरियाको छनानमा अवस्थित नामसउल विश्वविद्यालयमा सम्पन्न भएको हो। नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय सुमना श्रेष्ठको प्रमुख आतिथ्य  (भर्चुअल), नामसउल विश्वविद्यालयका प्रेसिडेन्ट प्रा. डा.स्युङ योङ युन्,कोरियास्थित नेपाली दूतावासका उपनियोग  प्रमुख पुष्पराज भट्टराई, एनआइआइइडी टिम नेता किम ना युन, विभिन्न क्षेत्रका विज्ञ,वैज्ञानिक तथा शिक्षा र अनुसंधान क्षेत्रका विशिष्ट व्यक्तित्व लगायत दुई सय भन्दा बढी राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका अनुसन्धानकर्ता,विशेषज्ञ र विद्यार्थीहरुको उपस्थितिमा सम्पन्न भयो। उदघाटन सत्रलाई  सम्बोधन गर्दै शिक्षा मन्त्री श्रेष्ठले कोरिया लगायत विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली वैज्ञानिक तथा शिक्षाविदहरुलाई एक हुन यस सम्मेलनले ठूलो भूमिका खेलेको र यस्ता प्रकारका सम्मेलनहरु नेपाल मै गर्नको लागि प्रस्तावना लिएर आउन अनुरोध गर्दै आफ्नो सहयोग सदैव रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। विश्वभर फैलिएका नेपाली वैज्ञानिक तथा शिक्षाविद्हरुलाई राष्ट्रप्रति थप जिम्मेवार बन्दै शिक्षाको आधुनिकीकरणमा वैदेशिक शैक्षिक संस्था तथा नीतिगत तहबाट समन्वयन र सहकार्य गरी नेपाललाई सहयोग गर्न पनि उहाँले अपील गर्नुभयो। शिक्षा र अनुसन्धानले मात्रै समाजलाई सभ्य बनाउन र मानव जीवनको औचित्यलाई अझै परिष्कृत गर्न सक्ने भन्दै यस्तो कार्यक्रम मार्फत सबैलाई जोड्न प्रयास गरेकोमा आयोजकलाई विशेष धन्यवाद दिनु  भयो।   उद्घाटन सत्रलाई प्रेसिडेन्ट प्रा. डा.स्युङ योङ युन्,उपनियोग  प्रमुख पुष्पराज भट्टराई, वैज्ञानिक समितिका अध्यक्ष देवी बहादुर बस्नेतले विशेष सम्बोधन गर्नुभएको थियो।  उद्घाटन सत्रमा कोरियाका लागि नेपाली राजदुत महामहिम ज्योति प्याकुरेल भन्डारी आउन तय भए पनि अकस्मात स्वास्थ्य समस्याका कारण आउन नसके पछि उहाको सन्देश सोनसिकका अध्यक्ष मेघनाथ पौडेलले पढेर  सुनाउनु भएको थियो। कार्यक्रममा आयोजक समितिका संयोजक किरण सुवालले स्वागत तथा समाजका अध्यक्ष मेघनाथ पौडेलले धन्यवाद मन्तव्य राख्नु भएको थियो। कार्यक्रमको सहजीकरण संस्थाका सचिव नारायण सराफ,सोनसिक मिडिया उप समिति संयोजक डा.कमला केसी र नामसउल विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी कान्ति खतिवडाले संयुक्त

२५ अगस्तमा प्रतिभा नक्षत्रको स्टार ट्यालेन्ट प्रतिष्पर्दा हुदै

शीतलपाटीन्युज डटकम। लण्डन।२५ अगस्त २०२४ मा प्रतिभा नक्षत्रको स्टार ट्यालेन्ट हुने समाचार प्राप्त भयको छ। प्रतिभा नक्षत्र स्टार ट्यालेन्ट कार्यक्रमका आयोजक राजेन्द्र खसले आफ्नो फेसबुक वालमा  लेख्दै यो समाचार आयको हो। यो स्टार ट्यालेन्टलाई सहयोग गरिदिन पनि खसले अनुरोध गर्नु भएको छ। संयोजक खसले कार्यक्रम सफलताका लागि लेख्नु भएको अपिल जस्ताको त्यस्तै तल- Subject: Join Us for the Pratibha Nakshatra Gaon - Star Talent Village on August 25th! 🌟 Dear Community Members, family ,friends and neighbours We are thrilled to officially announce that the Pratibha Nakshatra with Pratibha nakshatra Gaon - Star Talent Village event will take place on August 25th at the beautiful Plumstead Common Ground. This is a special occasion for us to come together and celebrate the vibrant talents within our community. 🌟 Event Details: Date: August 25th Venue: Plumstead Common Ground Time: 10AM to 8 PM This event is open to all, and we warmly invite everyone from the Nepali community and beyond to join us. We aim to make this day a resounding success, full of joy, culture, and creativity. Participants: Child Star Talent: Ages 6 to 11 Youth Star Talent: Ages 12 to 19 We encourage all participants to showcase their unique talents, whether in singing, dancing, acting, or any other performance art. To add to the festivity, please present yourselves in traditional cultural attire, contributing to the beauty and vibrancy of our event. ✨ Highlights of the Event: Cultural performances by our talented youth A colorful showcase of traditional dresses Community gathering to foster unity and celebrate our heritage We request everyone to come forward and make this event a memorable and beautiful celebration of our collective talents. Your participation and support are crucial to its success. Let’s create an unforgettable day together! Please spread the word and invite your friends and family. We look forward to seeing you all at the Pratibha Nakshatra Gaon - Star Talent Village! For any queries or

नेफिन महासंघ बेलायतको अध्यक्षमा मेजर योगेश राई

शीतलपाटीन्युज डटकम। लण्डन।नेपाल आदीबासी जनजाती महासंघ युकेको  ५औ महाधिबेसन हालै भब्य सम्पन्न भएको समाचार छ।  महासंघका अध्यक्ष कर्मा पहाडी शेर्पाको अध्यक्षता सम्पन्न महाधिबेसनमा नेपाली दूतावास लन्डनकी उपनियोग प्रमुख रोशन खनालको प्रमुख अतिथी रहनु भयको र आइतबार तमु धीं भवन मिचेटमा सम्पन्न भएको थियो। अधिवेशन प्रमुख अतिथि उपनियोग प्रमुख रोशन खनाल,अध्यक्ष कर्मा पहाडी शेर्पाले दिप प्रज्वलन गरेर उद्घाटन गर्नु भयको थियो। महासंघको पाँचौं महाधिवेशनले मेजर राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। अध्यक्षमा मेजर योगेश कोयी राई चयन भयको सो महासंघको अन्य पदाधिकारीहरुमा उपाध्यक्ष विमला राई, महासचिव फामबहादुर दुरा,सचिव इन्द्रजंग दुरा चयन भएका छन् ।सदस्यहरुमा हाललाई जीत मेन्याङ्बो, विजय लिङ्थेप चयन भएको निर्वाचन समितिका प्रमुख आयुक्त एकेन्द्र गुरुङले जानकारी दिनु भयको थियो। उहाका अनुसार बाँकी पदाधिकारी र सदस्य पछि थप्ने गरी सहमतिका आधारमा नयाँ नेतृत्व चयन गरिएको हो । अधिवेशन उद्घाटन सत्र, बन्दसत्र र घोषणासभा गरी तीन चरणमा सञ्चालन गरिएको सो कार्यक्रममा नेपाल राष्ट्रिय गीत र आदिवासी जनजागतिको राष्ट्रिय गान बजाइएको थियो। अहिलेसम्मका आदिवासी जनजाति आन्दोलनमा क्रममा प्राण आहुति दिनेहरुको सम्झनामा दुई मिनेट मौनधारणा गरिएको थियो।  महासंघकी उपाध्यक्ष लीला सेलिङ माबोले स्वागत मन्तव्य राखेको कार्यक्रम महासचिव विमला सेनेले सञ्चालन गर्नु भयको थियो। त्यसपश्चात “नेफिन युकेको डेढ दशक” स्मारिका विमोचन गरिएको थियो । स्मारिकामा नेफिन स्थापनाको १५ वर्षमा भएका गतिविधि साथै आबद्ध जातीय संस्थाको परिचय समेटिएको छ। महाधिवेशनमा गोर्खा आन्दोलनका अभियन्ता ज्ञानराज राई,नेफिन युकेका संस्थापक अध्यक्ष थर्क राना,पूर्वअध्यक्ष जंग सुनुवार,तमु धीं युके अध्यक्ष हरि गुरूङ,फोनिज युकेका अध्यक्ष बम थापा सूर्यवंशी मगर,निवर्तमान अध्यक्ष गोमा राना,नेपाल आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष नेत्रकला युमा लिम्बु,किरात राई यायोक्खा नेपाल धनकुटाका अध्यक्ष उद्धव राईलगायत महासंघ आबद्ध जातीय संघ संस्थाका प्रमुख, प्रतिनिधि,बेलायतमा सक्रिय विभिन्न राजनीतिक दलका नेताहरु,नेफिन युकेका सल्लाहकार तथा प्रमुख निर्वाचन आयुक्त एकेन्द्र गुरुङ लगायतको उपस्थिति रहेको थियो। उद्घाटनसत्र सकिए लगत्तै बन्दसत्र भएको थियो । त्यसक्रममा विभिन्न प्रतिवेदनमाथि छलफल गरी प्रतिबेदन पारित गरिएको थियो। त्यसपछि प्रमुख निर्वाचन आयुक्त एकेन्द्र गुरुङले सबैलाई धन्यवाद दिएर नयाँ कार्यसमिति घोषणा गरीएको र नवनिर्वाचित कार्यमितिलाई आइतबार नै प्रमाणपत्र दिने

नेपाल आदिवासी जनजाति महासंघ बेलायतको अध्यक्षमा मेजर योगेश राई

शीतलपाटीन्युज डटकम। लण्डन।नेपाल आदीबासी जनजाती महासंघ युकेको  ५औ महाधिबेसन हालै भब्य सम्पन्न भएको समाचार छ।  महासंघका अध्यक्ष कर्मा पहाडी शेर्पाको अध्यक्षता सम्पन्न महाधिबेसनमा नेपाली दूतावास लन्डनकीउपनियोग प्रमुख रोशन खनालको प्रमुख अतिथी रहनु भयको र आइतबार तमु धीं भवन मिचेटमा सम्पन्न भएको थियो। अधिवेशन प्रमुख अतिथि उपनियोग प्रमुख रोशन खनाल,अध्यक्ष कर्मा पहाडी शेर्पाले दिपप्रज्वलन गरेर उद्घाटन गर्नु भयको थियो। महासंघको पाँचौं महाधिवेशनले मेजर राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। अध्यक्षमा मेजरयोगेश कोयी राई चयन भयको सो महासंघको अन्य पदाधिकारीहरुमा उपाध्यक्ष विमला राई, महासचिवफामबहादुर दुरा,सचिव इन्द्रजंग दुरा चयन भएका छन् ।सदस्यहरुमा हाललाई जीत मेन्याङ्बो, विजयलिङ्थेप चयन भएको निर्वाचन समितिका प्रमुख आयुक्त एकेन्द्र गुरुङले जानकारी दिनु भयको थियो।उहाका अनुसार बाँकी पदाधिकारी र सदस्य पछि थप्ने गरी सहमतिका आधारमा नयाँ नेतृत्व चयन गरिएकोहो । अधिवेशन उद्घाटन सत्र, बन्दसत्र र घोषणासभा गरी तीन चरणमा सञ्चालन गरिएको सो कार्यक्रममा नेपालराष्ट्रिय गीत र आदिवासी जनजागतिको राष्ट्रिय गान बजाइएको थियो। अहिलेसम्मका आदिवासी जनजातिआन्दोलनमा क्रममा प्राण आहुति दिनेहरुको सम्झनामा दुई मिनेट मौनधारणा गरिएको थियो।  महासंघकी उपाध्यक्ष लीला सेलिङ माबोले स्वागत मन्तव्य राखेको कार्यक्रम महासचिव विमला सेनेलेसञ्चालन गर्नु भयको थियो। त्यसपश्चात “नेफिन युकेको डेढ दशक” स्मारिका विमोचन गरिएको थियो ।स्मारिकामा नेफिन स्थापनाको १५ वर्षमा भएका गतिविधि साथै आबद्ध जातीय संस्थाको परिचय समेटिएकोछ।   महाधिवेशनमा गोर्खा आन्दोलनका अभियन्ता ज्ञानराज राई,नेफिन युकेका संस्थापक अध्यक्ष थर्कराना,पूर्वअध्यक्ष जंग सुनुवार,तमु धीं युके अध्यक्ष हरि गुरूङ,फोनिज युकेका अध्यक्ष बम थापा सूर्यवंशीमगर,निवर्तमान अध्यक्ष गोमा राना,नेपाल आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष नेत्रकला युमालिम्बु,किरात राई यायोक्खा नेपाल धनकुटाका अध्यक्ष उद्धव राईलगायत महासंघ आबद्ध जातीय संघसंस्थाका प्रमुख, प्रतिनिधि,बेलायतमा सक्रिय विभिन्न राजनीतिक दलका नेताहरु,नेफिन युकेकासल्लाहकार तथा प्रमुख निर्वाचन आयुक्त एकेन्द्र गुरुङ लगायतको उपस्थिति रहेको थियो। उद्घाटनसत्र सकिए लगत्तै बन्दसत्र भएको थियो । त्यसक्रममा विभिन्न प्रतिवेदनमाथि छलफल गरी प्रतिबेदन पारित गरिएको थियो। त्यसपछि प्रमुख निर्वाचन आयुक्त एकेन्द्र गुरुङले सबैलाई धन्यवाद दिएर नयाँकार्यसमिति घोषणा गरीएको र नवनिर्वाचित कार्यमितिलाई आइतबार नै प्रमाणपत्र दिने र पद तथागोपनियताको शपथग्रहण गराइएको थियो। नवनिर्वाचित अध्यक्ष मेजर योगेश राईले आफूलाई छनोट गरेकोमा धन्यवाद दिँदै इमानदारिताका साथजिम्मेवारी निभाएर संघलाई अगाडि बढाउने प्रतिबद्धता जनाए । निवर्तमान अध्यक्ष कर्मा पहाडी शेर्पालेआफ्नो कार्यकालमा सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिए भने नयाँ कार्यसमितिलाई आफ्नो तर्फबाटसहयोग रहने वचनबद्धता गर्दै बधाई ज्ञापन गरेका थिए। नयाँ कार्यसमिति सहमतिको आधारमा छनोट गरी निर्वाचन सफल पारेकोमा प्रमुख आयुक्त एकेन्द्रगुरुङ,सदस्यहरुलाई महासंघको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो। निर्वाचन समिति सदस्यमानिवर्तमान अध्यक्षहरू ले.श्रीप्रसाद लिम्बू, जंग सुनुवार,सल्लाहकारहरू विश्वासदीप तिगेला र एभरेष्ट टाइम्सका सम्पादकदुत पुन थिए। श्रोत-गोर्खा मिडीया।

नेपाली ओपन कन्सर्टले युकेको केन्ट नेपालमय

शीतलपाटीन्युज डटकम। लन्डन ।मगर संघ युकेद्वारा शनिबार बेलायतको मेडिस्टोन केन्टस्थित केन्ट सो ग्राउन्डमा आयोजित नेप्लिज ओपन कन्सर्ट भब्य सम्पन्न भयको छ।लामाले बिसाल रुपमा उपस्थित दर्शकलाई आफ्ना एक दर्जन गीत गाएर मनोरन्जन दिए। सो मनोरन्जन दिने अरु नभएर मंगोलियन हार्ट ब्यान्डका लोकप्रिय गायक राजु लामा थिए।गायक राजु लामाको सांगीतिक प्रस्तुतिले बेलायतका दर्शक झुमेका थिए र केन्ट शहर नेपालमय बनेको थियो। मेरो नेपाल बोलको गीतको गीत गाउँदै नेपाली राष्ट्रिय झण्डा बोकेर स्टेज चढेका गायक लामाले करिब दुई घण्टा गाएका थिए। तिमीलाई देखेर,पर्खाइमा,हल्ला चलेछ,सायद तिम्रो बाटोमा,बिस्तारै बिस्तारै,बादल पारिको देशबाट,हरियो भन्नु,सुम्निमा,नतानु त तानु लाग्ने लगायत गीत गाएर दर्शकहरुलाई लामाले भरपुर मनोरन्जन दिएका थिए। लामालाई बेलायतको स्थानीय सिक्का ब्यान्डले लाइभ म्युजिकमा साथ दिएको थियो।लामाले गाउनुअघि सिक्का ब्यान्डले पनि केही गीत प्रस्तुत गरेको थियो भने नेपालबाट आएका अन्य कलाकारहरू नेशन पुन,यज्ञ विक,मुना थापामगर,ललिता पुन र प्रेम विवश घर्तीमगरले पनि गीत गाएर कार्यक्रममा मनोरन्जनात्मक उर्जा थपेका थिए। मगर गट ट्यालेन्ट २०२४ की विजेता रुबिया थापा,मिफ्रुरुङ युथ समूह र मगर संघ केन्ट शाखाका कलाकारहरूले नृत्य प्रस्तुत गरेर उल्लासमय बनाएका थिए। नेपाली ओपन कन्सर्टको औपचारिक कार्यक्रममा नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख श्रीमती रोशन खनाल प्रमुख अतिथि रहनु भयको थियो भने अध्यक्ष सीता पुनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव गुमानसिंह थापाले संचालन गर्नु भयको थियो। यस्तै,स्थानीय मेडिस्टोन काउन्सिलका मेयर,गैरआवासीय नेपाली संघका अध्यक्ष प्रेम गाहा मगर,नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मापहाडी शेर्पा,तमु धीं युकेका अध्यक्ष हरि गुरुङ,मगर संघ युकेका संरक्षक घनबहादुर थापा,पूर्व अध्यक्षहरू लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि अतिथिका रूपमा उपस्थित थिए। स्वागतका क्रमा अतिथिहरूलाई मगरहरूको लाइभ कौरा बजाउँदै,गाउँदै, नाच्दै स्टेजमा लगेर आसन ग्रहण गराईएको थियो। सांस्कृतिक संयोजक सरू राना गुरुङले संचालन गरेको सांस्कृतिक कार्यक्रममा मिस युके नेपाल सिर्जना गुरुङ,दीपक माइथाने,रूपा राना र नुनु पाइजा समेतले सहयोग पुर्याएका थिए। प्रतिकूल मौसमका बावजूद पनि दर्शक कार्यक्रमको अन्तिमसम्म धैर्यधारण गरेर राजु लामाको प्रस्तुतिमा नाचेका थिए। करिब ४ हजार दर्शक रहेको सो कन्सर्ट ग्राउण्ड झकिझकाउ सजाइएको थियो भने नेपाली मिठा मिठा परिकार खान लामो लाईनमा बसेर रमाई रहेको देखिन्थ्यो।  नेपाल मगर

तमु समाज युकेको अध्यक्षमा समाजसेबी बिन्दु घले निर्वाचित

शीतलपाटीन्युज डठकम। लण्डन। तमु समाज युकेको १५ जुन २०२४ मा बसेको साधारणसभा मार्फत गठित निर्वाचन समितीले तमु समाज युकेको अध्यक्षमा बिन्दु घले निर्बिरोध चयन भएकी छन। शनिबार बर्हाम पार्क बेम्बली स्थित तमु समाज युकेको सामुदायीक भवनमा १७ औ साधारणसभा एवम ७ औ महाअधिबेसनले बिन्दु घलेको नेतृत्वमा नया कार्यसमिती चयन भयको हो। यसै गरि संस्थाको बरिष्ठ उपाध्यक्षमा भिम बहादुर गुरुङ,द्वितीय उपाध्यक्षमा केदार बहादुर गुरुङ,तृतिय उपाध्यक्षमा मीरा गुरुङ चयन भयका छन। यसै गरि महासचिवमा सुब घले,कोषाध्यक्षमा चन्द्रकान्त गुरुङ लगायत कार्यसमितीको २१ बटा पदाधिकारी सबै पद निर्बिरोध निर्वाचित भयको कुरा निर्वाचन समितीले जनाएको छ। नया कार्यसमिती चयन गर्न प्रमुख आयुक्त अर्जुन कुमार गुरुङ रहनु भयको थियो भने आयुक्त शिवचन्द्र गुरुङ,सचिवमा गोपीराम गुरूङ र माया गुरुङ तथा सदस्यमा कन्या प्रसाद गुरुङ रहेको समिती गठन गरियको थियो। साथै  सल्लाहाकारहरु,पदाधिकारीहरु,शुभचिन्तक र साधारण सदस्यहरुको भब्य उपस्थिती रहेको सो साधारण सभामा पेश भयका आर्थिक प्रतिबेदन,महासचिबको प्रतिबेदन पास भयको थियो। समाजसेबी चित्र बहादुर गुरुङ संस्थापक रहेको यो तमु समाज युके ३० सेप्टेम्बर २००७ मा खुलेको हो। तमु समाज युके " सेवा नै धर्म हो" भन्ने मुख्य सोच राखेर खुलेको संस्थामा शिव कुमार गुरुङ निवर्तमान अध्यक्ष थिए।

चितवनका असहाय बालबालिका लागि चितवन एड ट्रष्ट युकेले भब्य च्यारीटी गर्दै

शीतलपाटीन्युज डटकम। लन्डन । चितवनका असहाय बालबालिकाको सहयोगार्थ कोष अभिवृद्धि गर्न र सहयोग गर्न बेलायतको एउटा च्यारिटी संस्था चितवन एड ट्रष्ट यूकेले लन्डनमा फायर वाक (Fire Walk) गर्ने भएको छ। आउंदो २८ जुलाई २०२४ साँझ उक्त पृथक किसीमको च्यारिटी डिनर हुन लागेको हो।सो कुरा नर्थ ह्यारोस्थित सारस रेस्टुरेन्टमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले सो  कार्यक्रमको घोषणा गरेका हुन। सो Fire Walk का अवसरमा सांस्कृतिक कार्यक्रम र चितवनबाट बेलायत आएर समाजमा विशेष योगदान गर्ने ५ जना व्यक्तित्वलाई सम्मान पनि गरिने प्रेषमीटमा बताईएको थियो। सो प्रेसमीटमा ५०० जना अट्ने ब्लु रुम स्पोर्टस् भेन्यू ह्यारोमा सो कार्यक्रमका लागि प्रवेश शुल्क ३५ पाउण्ड तोकिएको छ,जसमा डिनर पनि उपलब्ध हुनेछ। अण्डर ५ का लागि प्रवेश निशुल्क छ । कार्यक्रम संयोजक कृष्ण गुरुङले आगोमा हिंड्नु मानिसका लागि लाभदायक भएको बताउंदै कार्यक्रममा सहभागी हुन अपिल गर्नु भयको थियो। संयोजक गुरुङले डायष्पोरामा Fire Walk अवसर प्रदान गर्न फायर वाक यूके कम्पनीको सहकार्यमा यस्तो इभेन्ट गर्न लागिएको बताउनु भयको छ। फायर वाक इन्सट्रक्टर तालिम र अनुभव लिएका गुरुङले आगोमा हिंड्दा सेल्फ इम्पावरमेन्ट, पोजिटिभिटी,निर्णय गर्न सक्ने आत्मविश्वास बढ्ने बताउनु भयको छ।आउट डोरमा हुने उक्त फायर वाकका लागि ‘हेल्थ एण्ड सेफ्टी’ मापदण्ड पुरा र इन्सुरेन्स समेत गरिने बताउनु भयको छ। चितवन एड ट्रष्ट युकेका अध्यक्ष कृष्ण तिवारीको अध्यक्षतामा भयको सो प्रेषमीट कार्यक्रममा सहभागी भइदिन सबैमा अपिल गर्दै अध्यक्ष तिवारीले नेपालका राष्ट्रियस्तरका कलाकारको समेत प्रस्तुति रहने बताएका थिए। प्रेषमीटमा ट्रष्टी यादव श्रेष्ठले सन् २००४ मा स्थापित चितवन एड ट्रष्ट यूकेले गरेका गतिविधिबारे जानकारी दिएका थिए। श्रेष्ठले भरतपुर अस्पतालमा ब्लड उपलब्ध गराउने उद्देश्यबाट शुरु संस्थाले स्वास्थ्य र शिक्षामा सहयोग गरिरहेको बताए।अयोध्यापुरी माडीमा एम्बुलेन्स,भूकम्पका बेला राष्ट्रिय प्रावि स्कुल पुनर्निर्माणमा करिब १३ हजार पाउण्ड सहयोग,स्वास्थ्य घुम्ती शिविर,भरतपुर अस्पतालमा आइ बैंकका लागि सहयोग, भरतपुर- ४ मा अपांगमैत्री पुस्तकालयका लागि सहयोग जस्ता कार्यमा करिब एक लाख एक हजार पाउण्ड सहयोग गरिसकेको जानकारी दिएका थिए। संस्थाले यसबाहेक चितवनस्थित विपन्न वर्गका एकसय विद्यार्थीलाई पाठ्य सामग्री सहयोग र लन्डनमा ब्लड डोनेसन समेत गरेको समेत बताएका थिए। भरतपुर

एनआरएनए अभियन्ता गौरी जोशीलाई बेलायतमा स्वागत र अन्तरक्रिया

शीतलपाटीन्युज डटकम। लण्डन- अमेरिका बसेका गैरआवासीय नेपाली संघको (एनआरएनए) अभियन्ता एवम् अन्तरराष्ट्रिय समन्वय परिषदको दुई कार्यकाल महासचिव सफलता पुर्वक सम्पन्न गरेका गौरी जोशीसंग अन्तरक्रिया गर्दै यूकेमा स्वागत तथा सम्मान गरिएको छ। एनआरएनए यूके अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा भयको स्वागत र अन्तरक्रिया कार्यक्रम एनआरएनए यूके आइसीसी सदस्य दिलराज गुरुङले संचालन गरेको थिए। कार्यक्रममा बोल्दै जोशीले गैरआवासीय नेपाली संघलाई विगतमा जस्तै एकजुट भएर अघि बढेको देख्न चाहेको बताउदै ‘अदालतको निर्णय र फैसलाको पूर्ण पाठ नआइ सकेका बताउदै संघ अहिले अन्योल र निस्क्रिय छ, फैसलाको पूर्ण पाठ अध्ययन गरेर संघलाई सबै मिलेर जीवन्तता दिनुपर्छ। नेपाल र विदेशमा बस्ने नेपालीहरुलाई जोड्ने महत्वपूर्ण संस्थाको रुपमा रहेको एनआरएनएलाई अघि बढाउन नयाँ नेतृत्व,नयाँ सोच र नयाँ पुस्तालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने,विगतमा गल्ती सबैबाट भएको छ,गल्ती सबैले स्वीकार्नुपर्छ गल्ती,तर गल्ती बारम्बार दोहोरिनुहुन्न’ जोशीले धारणा थिए। एनआरएनएले देशका लागि धेरै काम गरेको र अझै गर्नुपर्ने बताउंदै उनले कोभिडका बेला  ग्लोबल फण्डका लागि बेलायतको भूमिकाको स्मरण गर्दै आफ्नो नेतृत्वमा ब्लड बस बैंकको संचालन गरेर ५ वटा प्रदेशमा राहत पुर्‍याएको उल्लेख गर्दै यस्ता कार्य गरेर गैर आवासीय नेपाली संघ र नेपालबीचको सम्बन्धलाई मजबुत बनाउन पर्ने राय ब्यक्त गरेका थिए। एनआरएनए यूके अध्यक्ष हितकाजी गुरुङ,एनआरएनए यूकेका पूर्व अध्यक्ष एवम् समाजसेवी सूर्य गुरुड्ग, एनआरएन युके पुर्व प्रमुख सॅरक्षक शेर सुनार,शिव कल्चरल एण्ड कम्यूनिटी सेन्टरका अध्यक्ष विक्रम भट्टराई,नेपाल पत्रकार महासंघ यूकेका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार परियार समेतले संबोधन गर्दै संघका पूरानो कुरा बिर्सिएर संस्थालाई अघि बढाउन आग्रह गरेका थिए। उक्त कार्यक्रममा एनआरएनए अभियन्ता योगेन क्षेत्री,गोरखा जिल्ल्ला समाज युकेका अध्यक्ष हेम कुमार गुरुङ, नेपाल नर्सिड्ग एसोसीयसनकी पुर्व अध्यक्ष प्रसुना कंडेल,तमुधि युकेका उपाध्यक्ष कमल कोने गुरुङ,पुर्व डिएसपी बाचस्पति रेग्मी,नेपाल पत्रकार महासंघ युकेका महासचीव नरेन्द्र बस्नेत, समाजसेवी बीरेन खड्का लगायतको उपस्थिति थियो ।  गत साता परिवारसहित यहाँ आएका जोशी लिभरपुल, स्कटल्यान्ड लगायत विभिन्न स्थानको भ्रमण र केही अनौपचारिक भेटघाटमा शनिबार अमेरिका प्रस्थान गरेको समाचार छ।

बेलायती राजाको जन्मोत्सवमा पूर्व गोरखा सैनिक हरि बुढामगर MBE द्वारा सम्मानित हुदै

शीतलपाटीन्युज डटकम। लण्डन। बेलायती राजा चार्ल्स तृतीयको शुभजन्मोत्सवका अवसरमा बेलायतमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका महानुभावहरूलाई प्रदान गरिएको पदवी पूर्व गोरखा सैनिक हरि बुढामगरले पनि पाउने भएको समाचार छ। शुक्रबार बेलुका सार्वजनिक गरिएको सो पदक पाउनेहरूको सूचीमा बुढामगरले MBE पाउने भएको हो। अपाङ्गताका बारेमा जनचेतना फैलाएकोमा मेम्बर अफ अर्डर अफ ब्रिटिश एम्पायर (MBE) पदवी प्रदान गरिने घोषणा गरिएको हो। बुढामगरले गत वर्ष २०२३ मई १९ मा सगरमाथाको सफल आरोहण गरेका थिए।बुढामगरले घुँडाभन्दामाथि गोडा गुमाएका व्यक्तिहरु मध्ये सबैभन्दा पहिले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकोमा गिनिस बुक अफ वर्ल्ड रेकर्ड पनि कायम गरेका छन् । रोल्पा मिरुलमा जन्मेका बुढामगरले बेलायती सैनिकमा कार्यरत हुँदा कामको सिलसिलामा सन् २०१० मा अफगानिस्तानको हेल्मण्डमा खटिएको बेला दुश्मनको एम्बुसमा परेर दुवै गोडा घुँडाभन्दा मुनि सबै गुमाएका थिए। सो दुर्घटनाको उपचारपछि उनले बेलायत लगायत विभिन्न स्थानहरूमा अपाङ्ग भएपछि केही गर्न सकिन्न भन्ने परम्परागत मानसिकता हटाउन र अपाङ्गहरूले पनि केही गर्न सकिन्छ भन्ने प्रेरणा दिदै प्रवचन दिने,साहसिक खेलमा सहभागी हुने,सामाजिक तथा व्यावसायिक कार्यमा सक्रिय रहेर समाजमा उच्च मनोबल दिएका थिए। सगरमाथा सफलता पुर्वक चढेका उनी अहिले सबै महादेशका अग्ला हिमाल चढ्ने अभियानमा लागेको समाचार छ।

पशुपतिनाथ मन्दिरमा आजबाट चारवटै ढोका दर्शन गर्न खुल्यो

शीतलपाटीन्युज डटकम। काठमाडौं– आजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिएका छन्। पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ आजदेखि बिहान ४ बजेदेखि नै पशुपतिनाथको चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यसअघि पशुपतिनाथ मन्दिरमा भट्टहरु प्रवेश गरेपछि बिहान ८:३० बजेपछि मात्रै बाँकी तीन वटा ढोका खोलिने गरिएकामा आजदेखि चारवटै ढोका बिहान ४ बजे नै खोलिएको हो । चारवटै ढोका खोलिएपछि अहिले भगवान पशुपतिनाथको दर्शनका लागि भक्तजनहरुको कोर क्षेत्रमा लाइन बढेको र दर्शन गर्न पनि सहज भएको कोषले जनाएको छ।  अहिलेसम्म पशुपतिनाथको पश्चिमतर्फको ढोका बिहान ४ बजेदेखि खुला हुनेछ। यसभन्दा पहिला उत्तर, पूर्व,दक्षिणका ढोका बिहान ९:३० बजेदेखि ११:३० सम्म खुला गरिँदै आएको थियो। यसअघि महाशिवरात्रि, हरितालिका तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरको चार वटा ढोका बिहान ४ बजेदेखि खोल्ने गरिएको थियो । (खबरहव डटकम)

यसपाली को world Cup कसले जित्ला?