लक्ष्मी तामांग,प्रवक्ता एनआरएनए,यूके। लण्डन।नेपालको संघीय संसदकी उपसभामुख इन्दिरा रानामगरको पूर्व निर्धारित बेलायत भ्रमण स्थगित भएको छ।एनआरएनए यूकेको निमन्त्रणामा यही मार्च २ तारिख शनिबार लन्डन उत्रिने भनिएकी रानामगरको बेलायत भ्रमण ‘कूटनीतिक भिजा’ का कारण अन्तिम समयमा स्थगित भएको हो। पूर्व निर्धारित कार्यक्रमअनुसार उपसभामुख रानामगर बेलायतमा एक साता रहने योजना थियो। उनको बेलायती पूर्व प्रधानमन्त्री टेरेजा मे,बेलायती उपसभामुख लगायत नेतासँग भेटघाट तय थियो। उनको ७ जना बेलायती सांसदसँग ननिङटनमा च्यारिटी डिनर पनि तय भएको संयोजक क्याप्टेन भिम सारुले जनाए। विभिन्न संघसंस्थाले अन्तरक्रिया गर्ने समेत जनाएका थिए। उपसभामुख रानामगर एनआरएनए यूकेले मार्च ३ तारिख आइतबार अल्डरसटस्थित प्यालेसमा आयोजना गर्ने अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुने कार्यक्रम थियो। त्यस्तै,मार्च ५ तारिख मंगलबार एनआरएनए यूकेकै आयोजनामा उनीसँग ‘वंशजको नेपाली नागरिकता सम्बन्धि मुद्धा’ मा एक अन्तरक्रिया तय थियो। एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले उपसभामुखको अनुपस्थिति रहे पनि नारी दिवस कार्यक्रम यथावत् सञ्चालन हुने तर ५ तारिखको नागरिकता मुद्दाको अन्तरक्रिया स्थगित गरिएको बताए। गाहामगरले उपसभामुख रानामगरले छिट्टै अर्को कार्यक्रममा सहभागी हुने वचन दिएको पनि बताए ।
मेरो पनि एउटा जागीर थियो, काठमाण्डौ। मेरो पनि, एउटा जागीर थियो जागिर छउन्जेल देखावटी मान थियो दृश्य - अदृश्य सान थियो एउटा निश्चित धरातल थियो एउटा परिवेश थियो समय संग चल्नु पर्ने गतिशीलताको कडा नियम थियो। जब जागिर रहेन तब, देखावटी मानहरु अदृश्य हुँदै गए सानहरु अस्ताउदै गए धरातलहरु भासिदै गए गतिशीलताका नियमहरु क्रमश : तोडिदै गए। जागीर, अलिकति उमंग थियो अलिकति जरुरत थियो अलिकति संयोग थियो जगतलाइ नियाल्न सकिने एउटा कलात्मक आखीझ्याल थियो। जागिरे साथिहरु, कोही युद्धमा ढले देशसंग खुसी साट्न नसक्नेहरुले बिदेशी भुमी रोजे आशीर्वाद भित्र भबिस्य देख्नेहरुले मुल कर्तब्य भुले कर्मको भर पर्नेहरु क्रमश: किनारा तर्फ झरे। जागीर, मात्रै, जागीर थिएन एउटा पद्धति भित्रको बिशेष अनुभुति थियो जिउने एउटा सहरा थियो समाजको रखबारी थियो अपराधीहरु उपर निरन्तर खबदारी थियो। जागीरले, केही लिएर पनि गयो केही दिएर पनि गयो जागीरले, जिबनको अमुल्य समय लिएर गयो यौवन र उर्जाशिल दिनहरु ढलाएर गयो असंख्य रहरहरु गलाएर गयो साथ साथै ,जागीरले देश भित्रका भूगोलहरु डुलाएर गयो समाजभित्रको भिन्न भिन्न चरीत्र बुझाएर गयो कानुनका केही दफाहरु सिकाएर गयो समय समयमा बिदेशी भुमीसँग साक्षात्कार गराएर गयो देश भित्रका, भ्रष्ट र भष्मासुरहरुको धेरै धेरै रुपहरु देखाएर गयो उमेरका शृङ्खलाहरु ढलाउदै गयो। हो , मेरो पनि एउटा जागीर थियो। (कृष्णकान्त अधिकारीको फेसबुकवालबाट साभार)
शीतलपाटीन्युज डटकम। लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेको आमा प्रमुखमा जगना गुरुङ निर्विरोध निर्वाचित भएकी छन्। उनी गत शनिबार २४ फेब्रुअरीका दिन सम्पन्न बीसीसी युकेको साधारणसभाबाट निर्वाचित भएकी हुन्। यसअघि बीसीसी युकेको आमा समूहको उपाध्यक्षको जिम्मेवारीमा रहेकी गुरुङले आगामी २ बर्ष नेतृत्व गर्न लागेकी हुन्। उक्त नयाँ आमा समूहको उपाध्यक्षमा शारदा गुरुङ,सचिवमा तुल्सी घले,सहसचिवमा पवित्र गुरुङ, कोषाध्यक्षमा सुन्दरी तामाङ्ग,सहकोषाध्यक्ष चन्द्र गुरुङ, प्रोपर्टी मेम्बरमा उषा गुरुङ र सह प्रोपर्टीमा टुक गुरुङ निर्वाचित भएका छन्। त्यस्तै, सदस्यहरुमा दुर्गालक्ष्मी गुरुङ,प्रेमकुमारी गुरुङ, डोल्मा शेर्पा,पेदेन डोमा लामा, सविता गुरुङ,दिलु गुरुङ,पुर्ण गुरुङ,आशा तामाङ्ग, पुनम कोने गुरुङ,मिना गुरुङ, पवित्र गुरुङ, जगतमाया गुरुङ,मन्जु (सिता) गुरुङ,बिष्णु गुरुङ, ध्रुव गुरुङ,लिना गुरुङ,मनदेवि गुरुङ, कमला गुरुङ, धनु गुरुङ,मोनिका गुरुङ, मन्जु गुरुङ,रिता गुरुङ,शखी गुरुङ, राधा गुरुङ,विष्णुमाया गुरुङ,रेखा गुरुङ,सम्झना गुरुङ, निलम गुरुङ,अमृता गुरुङ, मनमाया गुरुङ चयन भएका छन्। बीसीसी युकेका पूर्व अध्यक्ष लेप्टन नारायण प्रसाद गुरुङ बिईएमको संयोजकत्वमा प्रमुख सल्लाहकार मेजर खु्शीमान गुरुङ,पूर्व अध्यक्ष नरेश गुरुङ,निवर्तमान अध्यक्ष धर्म तामाङ्ग, आमा सल्लाहकार लालकुमारी गुरुङ सदस्य रहेको निर्वाचन समितिले उक्त नयाँ आमा समितिको चयन गरेको हो। सो अवसरमा नवनिर्वाचित आमा प्रमुख जगना गुरुङले आफूलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गरेकोमा धन्यवाद दिदै आगामी दिनमा सबैको सल्लाह र सुझाव लिएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरिन्। त्यस्तै,आमा प्रमुख उर्मिला गुरुङले आफ्नो ३ बर्षे कार्यकालमा गरेका विभिन्न कार्यहरु छोटकारीमा जानकारी गराउँदै आफ्नो कार्यसमितिलाई दिएको साथ सहयोग,सुझाव, सल्लाहाका लागि धन्यवाद दिए। स्मरण् रहोस्, बीसीसी युके आमा समूहको यसअघि ज्ञानुमाया गुरुङ र पुष्पा गुरुङले अध्यक्षता गरिसकेकी छन् भने सन् २०२१ को फेब्रुअरीदेखि उर्मिला गुरुङले अध्यक्षता गर्दै आएकोमा गत आइतबारदेखि जगना गुरुङले नेतृत्व लिएकी छन्।
शीतलपाटीन्युज डटकम। लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेको साधारणसभा सम्पन्न भएको छ। गत शनिबार २४ फेब्रुअरीका दिन अल्डरसटस्थित बीसीसी युकेको गुम्बामा उक्त साधारणसभा भएको हो। बीसीसी युको धर्मगुरु खेन्पो कर्म छुल्त्रिम, बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङ र आमा प्रमुख उर्मिला गुरुङले संयुक्त रुपमा दीपप्रज्ज्वलन गरी शुरु भएको उक्त साधारणसभामा बीसीसी युकेका महासचिव मेजर हितमान गुरुङले गत १ बर्षमा गुम्बाले आयोजना गरेका विभिन्न महत्वपूर्ण कार्यक्रमबारे छोटकरीमा जानकारी गराएका थिए। उनले बुद्ध जयन्ती, छ्योखर दुच्येन्,च्यारिटी डिनर नाईट, चिल्ड्रेन समर क्याम्प, न्युङ्नी ब्रत, कंग्यूर तथा तेंग्यूर पाठलगायत मेडिटेशन कक्षा,ङोन्दो कक्षा,साम्बोटा लिपी कक्षा,स्थानीय विद्यार्थी,स्काउट लगायतले गरेको गुम्बा भ्रमण बारे जानकारी दिए। त्यस्तै,विभिन्न धर्मगुरुले दिएको प्रवचनलगायत विभिन्न व्यक्तिहरुलाई गरिएको स्वागत तथा सम्मानलगायत गुम्बा संचालनसंग सम्बन्धित बिषयहरु समेटिएको कार्यसमितिको वार्षिक प्रतिवेदन प्रस्तुत् गरेका थिए। त्यस्तै,कोषाध्यक्ष मेजर शंकर गुरुङले बीसीसी युकेले बर्षभर विभिन्न शिर्षकमा गरेको आम्दानी तथा भएको खर्चको विवरणसहित पावर पोइन्ट प्रस्तुत् गर्दै आर्थिक प्रतिवेदन पेश गेका थिए। बेलायतका विभिन्न ठाउँबाट आएका बीसीसी युकेका ट्रष्टी मेम्बर्स,सल्लाहकार र आमाहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा बीसीसी युके आमा सचिव शारदा गुरुङले बीसीसी युकेले दैनिक रुपमा गरिने पुजापाठ,ब्रत,कर्मकाण्डसहित आमाहरुले गरेका विभिन्न गतिविधिहरु समेटिएको आमा समूहको प्रतिवदेन प्रस्तुत् गरेकी थिईन्। सो अवसरमा आमा सचिव शारदा गुरुङले बिशेष गरी गुम्बाका गुरुहरु,आमाहरु,गुम्बा स्टाफ, विभिन्न संघसंस्था र मिडियाबाट पाएको साथ, सहयोग,सल्लाह,सुझाव र सहभागीताको लागि धन्यवाद दिईन्। उनीहरुले प्रस्तुत् गरेको उक्त प्रतिवेदन माथि व्यापक रुपमा छलफल भई सर्वसम्मत् पारित भएको थियो। कार्यक्रममा बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङले आफ्नो कार्यकालको पहिलो बर्ष भएका महत्वपूर्ण कार्यक्रम तथा परियोजनाहरुबारे जानकारी गराए। उनले हालै सम्पन्न भएको नयाँ बत्ती घर,शुर घर,१०० तोला सुनको बत्ती आउने बुद्ध जयन्तीका दिन उद्घाटन गर्ने बताउदै उक्त परियोजनामा सहयोग गर्ने सबै सहयोगदाताहरुलाई हृदयदेखिनै धन्यवाद दिए। साथै, उनले आगामी २३ मे का दिन हिज होलिनेश दिल्गो याङ्सी रिन्पोछेज्यूको बिशेष उपस्थितिमा बीसीसी युकेले बुद्ध जयन्ती मनाउने जानकारी दिए। त्यस्तै,उनले बीसीसी युके लण्डन ब्रान्चले २५ मे का दिन, बुद्ध फाउण्डेशनले २ जुनका दिन मनाउन लागेको जानकारी दिए। साथै,उनले हरेक कार्यक्रमहरुमा पाएको
शीतलपाटीन्युज डटकम। काठमाडौं। भजन शिरोमणि उपाधिले सम्मानित वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको ८२ वर्षको उमेरमा निधन भएको छ। आचार्यको सोमबार अस्पताल लैजादैं गर्दा बाटोमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ। अक्सिजन लेभल घटेपछि मेडिसिटी अस्पताल लैजाने क्रममा उनको निधन भएको हो। विसं १९९९ साल असोज १६ मा जन्मिएका आचार्य स्वरसम्राट नारायण गोपालका समकालीन गायक हुन्। उनले नेपाली सुगम संगीतमा विशिष्ट योगदान पुर्याएका छन्। आचार्यका ‘जहाँ छन् बुद्धका आँखा’, ‘मुटु जलिरहेछ’,‘जति चोट दिन्छौ’,‘हजार सपनाहरूको माया लाएर आउँछ’, ‘माया मेरी साँझ बिहान’, ‘हजार आँखा हेर्ने’ लगायतका थुप्रै गीत लोकप्रिय छन्। आचार्यले झन्डै ४ सय गीतमा स्वर तथा संगीत दिएका छन्। स्वास्थ्य समस्याका कारण पछिल्लो तीन दशकयता भनेरै उनले गाउन सकेका थिएनन्। स्वर्गीय आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने बताइएको छ। स्वर्गीय आचार्यका दुई छोरा सत्य र स्वरुप आचार्य पनि गीत/संगीतमै सक्रिय छन्।
शीतलपाटीन्युज डटकम। काठमाण्डौ। नेपाल प्रहरी कल्याणकोषमा बिगत ३० बर्ष अघि देखी बहालबाला प्रहरी,अन्य नागरिकबाट आर्थिक सहयोगको योगदान हुदै आएको छ। त्यो कोषमा प्रहरीहरुले यु एन मीसनमा सेवा गरे बापत प्राप्त ब्यक्तिगत आम्दानीबाट पनि धेरै सहयोग गरेको रकम हिनामिना भयको महसुस गरी ध्यानाकर्षण र सत्यतथ्य समाचार पाउनका लागि ५बटा मुख्य बुदा राखी प्रेष बिग्यप्ति प्रकाशन भयको छ। ५ बटा माग समेतको सो बिग्यप्ति यसैसाथ संलग्न छ। बिज्ञप्ति-
शोभा राणा पोखरेल। कार्डिफ।नेपाली समाज वेल्स यूकेको बार्षिक साधारण सभा सम्पन्न भएको छ। बार्षिक साधारण सभा संस्थाकी अध्यक्ष श्रीमती लक्ष्मी केसीको अध्यक्षतामा सम्पन्न भएको थियो। संस्थाकी सचिब श्रीमती शोभा राणा पोखरेलले सभामा उपस्थित सल्लाहकारहरु,पुर्ब अध्यक्षहरु, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु,पुर्ब कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, लगायत संस्थाका आजीवन पंजीकृत तथा पंजीकृत सदस्यरुमा स्वागत गर्दै सिंगो कार्यसमिति तथा संस्थाको तर्फबाट हार्दिक धन्यवाद तथा स्वागत गर्नुभएको थियो। सचिब राणा पोखरेलले संस्थामा आबद्द सम्पूर्ण सदस्यहरुको विवरणका साथै संस्थाले बर्ष भरि गरेका कामहरुको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो। संस्थाकी कोषाध्यक्ष श्रीमती कल्पना कन्दंवाले संस्थाको भौतिक सम्पत्ति विवरण अपडेट गराउनु भयो। अडिट समितिका संयोजक संस्थाका पुर्ब सचिब डा अमर मल्लले संस्थाको सम्पूर्ण हिसाब रुजु गरि प्रमाणिकरणका साथ कार्यसमितिलाई बुझाउनु भएको थियो। कोषाध्यक्ष सन्जिब मैनालीले आर्थिक गतिबिधिबारे प्रस्ट पार्दै सभामा अनुमोदनको लागि पेश गर्नुभएको आर्थिक प्रतिबेदन सभाले सर्ब सम्मत रुपमा पास गरेको थियो। तेस्तै गरि विभागीय संयोजकहरुले विभागीय रिपोर्टहरु बुझाउनु भएको थियो। विभागीय रिपोर्टहरु अपडेटमा मति प्रसाद पुन र बल थापा - जन सम्पर्क,डा बिकाश रानाभाट र पदम पुन नेपाली भाषा,श्रीराम थापा मगर कार्यक्रम तथा खेलकुद, श्रीमती चित्रा देवकोटा कला तथा संस्कृति विभागले गरेका कार्यका बारेमा जानकारी गराउनु भएको थियो। संस्थाकी अध्यक्ष श्रीमती लक्ष्मी केसीले गत बर्ष भए गरेका सम्पूर्ण कार्यक्रमहरुमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याउनु हुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै आगामी बर्षको बार्षिक क्यालेन्डर सहित भावी कार्यक्रमहरु प्रस्तुत गर्नु भएको थियो। अध्यक्षले प्रस्तुत गर्नु भएको बार्षिक क्यालेन्डर निम्नानुसार छ। १. सेन्ट डेबिड्स डे - १ मार्च २०२४ २. नेपाली नयाँ बर्ष मनाउने कार्यक्रम - १३ अप्रिल २०२४ ३. खेलकुद कार्यक्रम - २५ मे २०२४ ४. समर BBQ तथा भेटघाट - १५ जुन २०२४ ५. तिज मनाउने कार्यक्रम - ३१ अगस्ट २०२४ ६. दशैं तिहार कार्यक्रम - २६ अक्टोवर २०२४ ७. न्यासनल रिमेम्बरेंस डे - १० नोभेम्बर २०२४ ८. न्यासनल होलोकस्ट डे - २७ जनवरी २०२४ ९. संस्थाको महाधिबेशन - ८ फेब्रुवरी २०२५ त्यस्तै गरि आगामी बर्षको लागि बिभिन्न बिभाग तथा जिम्मेवारीहरु निम्न अनुसार पास गरिएको छ। नेपाली भाषा तथा पाठशाला: - डा. बिकाश
शीतलपाटीन्युज डटकम। लन्डन। लन्डन, अल्डरसटस्थित शिव मन्दिरमा विशेष धार्मिक कार्यक्रमसहित स्वस्थानी व्रतकथा समापन भयएको कुरा मन्दिरका उपाध्यक्ष एवम कार्यबाहक अध्यक्ष हरि भट्टराईले बताउनु भएको छ। विगत एक महिनादेखि श्री स्वस्थानी व्रत अवधिभर निरन्तर गरिएको कथावाचन शनिबार सांगेता पूजासहित समापन गरिएको हो। मन्दिरका पण्डित ज्योतिषी पवन दाहालले प्रथम स्वस्थानीको अध्याए देखि अन्तिम अध्याए वाचनसंगै सांगेता समापन पूजा गरी समापन गरिएको कुरा कामु अध्यक्ष भट्टराईले जानकारी दिनु भयको हो। पंडित दाहालले गत एक महिनाभर हरेक दिन मन्दिरमा स्वस्थानी कथावाचन गरि धार्मिक समय पनि पुरा गर्नु भयको थियो। अधिकांश दिन मंन्दिरका पंण्डित दाहालले कथावाचन गरेका थिए भने केही दिन पण्डितलाई कामु अध्यछ हरि भट्टराई र निबर्तमान अध्यछ एवम पेट्रोन बाचस्पति रेग्मीले कथा बाचन गरेर साथ दिएका थिए। स्वस्थानी कथा सुन्न कयौं भक्तजनहरु दिनहुं मन्दिरमा आउने गरेका थिए। मन्दिरका पेट्रोन एवम पुर्व अध्यक्ष रोहित गुरुङ,मन्दिरका पेट्रोन एवम निवर्तमान अध्यक्ष बाचस्पति रेग्मी एनआरएनए युके अध्यक्ष हितकाजी गुरुङ,पुर्व अध्यक्ष योगेन क्षेत्री,काउन्सीलर धन बहादुर सार्की,तमुधि युके अध्यक्ष हरि गुरुङ, तमुधि युके पुर्व अध्यक्ष रामचन्द्र गुरुङ, तमुधि युके पुर्व अध्यक्ष ज्ञाम गुरुड्ग, घोताने कोने गुरुड्ग समाज युकेका अध्यक्ष पिताम्बर गुरुड्ग, ग्रेटर रसमोर नेपाली कम्युनिटीका उपाध्यक्ष डा बिशाल गुरुङ,शीव कल्चरलको महासचिव सुष्मा गुरुङ,सह कोषाध्यक्ष किशोर गुरुङ,ट्रष्टी रि क्या बिष्णु श्रेष्ठ शुभचिन्तकहरु लगायतको भब्य उपस्थिती थियो। समापनका समयमा करिब १०० जना नेपाली भक्तजनहरु,भारतिय भक्तजनहरु उपस्थित रहेको र सबैलाई बिमला पौडेल भट्टराईले प्रसाद र चिया ग्रहण गराउनु भएको थियो। मन्दिर व्यवस्थापन समितिका कामु अध्यक्ष हरि भट्टराईले स्वस्थानी व्रतकथा अवधिभर नियमित कथावाचन गर्ने पण्डितहरु,श्रद्धालु भक्तजनहरु, स्वयमसेवकहरु,मन्दिर समितिका पदाधिकारीहरु एवम् प्रसाद वितरण गर्ने सबै श्रद्धालुहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो। समापनका अबसरमा भजन समेतको कार्यक्रम गरेर समापन भयको थियो।
शीतलपाटीन्युज डटकम। लन्डन। युवा कलाकार, अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक सुजाना थापा श्रीस लन्डन आइपुगेकी छन्। एनआरएनए यूके गाहा मगर समुहको निमन्त्रणामा बिहीबार सांझ उनी लन्डन आइपुगेकी हुन्। हिथ्रो एयरपोर्टमा सुजानालाई एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर,एनआरएनए यूके गोर्खा टास्क फोर्सका संयोजक ओमप्रसाद थापा,संरक्षक डेभिड गुरुङ, एनआरएनए आइसीसी उपाध्यक्ष थर्क सेन,एनआरएनए यूके आइसीसी सदस्यहरु शारदा गुरुङ,सुमन पुन,लिला सेलिङ माबो, एनआरएनए यूके उपाध्यक्षहरु अनिल मल्ल,नम्रता घले लगायतले स्वागत गरे। सुजानाले एनआरएनए यूकेले ३ मार्चमा अल्डरसटस्थित प्यालेसमा गर्न लागेको अन्तर्राष्ट्रिय नारी दिवसमा विशेष आतिथ्य ग्रहण गर्नेछिन्। यस अलवा उनले दुई महिना बेलायतमा रहंदा यहां रहेका गोर्खा सैनिकका श्रीमतिहरुको कथा व्यथा अनुसन्धान पनि गर्ने कार्यक्रम छ। अनुसन्धान सकिएपछि सोही कथामा फिल्म निर्माण गर्ने सोच सुजानाको छ। सुजाना डकुमेन्ट्री मेकर,चित्रकार र पत्रकार पनि हुन्। उनले गत नोभेम्बरमा नेपाल आर्ट काउन्सिलमा गोर्खाका श्रीमतिहरुको कथा झल्काउने चित्रकला प्रदर्शनी ‘गोर्खा वीमनः एन इको इन द स्टोरी’ सफलतापूर्वक गरेकी थिइन्। पोट्रेटस,अडियो-भिज्यूअल सामग्री, कलाकृतिहरु आदि समावेश भएको उक्त प्रदर्शनीले धेरै दर्शकको ध्यान खिचेको थियो। उनले सन् २०१८ मा ‘भार्सेली गोर्खा: फ्रम स्टोरिज टु पोट्रेटस’ नाममा काठमाडौं, बुटवल र गुल्मीको भार्सेमा एकल चित्रकला प्रदर्शनी पनि गरेकी थिइन्।उनको सामूहिक चित्रकला प्रदर्शनी ‘ब्ल्याक एण्ड ह्वाइट’ भने सन् २०१५ मा काष्ठमाण्डप आर्ट स्टुडियोमा भएको थियो। गाउं आएको बाटो’ (अ रोड टु अ भिलेज) फिचर फिल्ममा पनि उनले आर्ट डिरेक्टरको भूमिका निर्वाह गरेकी थिइन्। हिट्स एफएममा झण्डै ७ वर्ष रेडियो प्रस्तोता समेत भएर काम गरेको अनुभव उनीसंग छ।एनआरएनए यूके अध्यक्ष गाहामगरले अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा प्रमुख आतिथ्य ग्रहण गर्न उपसभामुख इन्दिरा रानामगर २ मार्च बेलुका लन्डन आइपुग्ने जनाए। नारी दिवस कार्यक्रममा बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा पर्न सफल सपना रोकामगर समेत विशेष अतिथीका रुपमा सहभागी हुनेछिन्।एनआरएनए यूकेले उक्त कार्यक्रममा सहभागिताका लागि सबैमा अपिल गरेको छ।
शीतलपाटीन्युज डटकम। लण्डन। चार भन्ज्याङ तमु समाज यूके, भंगारा,डाडा, ठानामौला,लामेले हरेक वर्ष आयोजना गर्दै आएको कल्यार्णकारी परोपकारी रात्रीभोज (Annual Charity Dinner) कार्यक्रम यस वर्ष पनि शनिबार २ मार्च २०२४ मा आयोजन गर्न लागेको जानकारी प्राप्त भएको छ l संस्थाका अध्यक्ष बेन गुरुड्गका अनुसार यस् परोपकारी कार्यक्रममा यँहाहरुलाई मनोरञ्जन दिनका लागि नेपालबाट पाल्नु भएका करोडौ दर्शकको मन जित्न सफल अत्यान्तै वहुचर्चित लोकदोहरी गायक गायिका निर्जला गुरुङ र सविन गुरुङको सांगितिक प्रस्तुती रहने छ भन्नु भएको छ। यस महत्वपुर्ण कार्यक्रममले चार भन्ज्याङ तमु समाज तथा बिभिन्न अन्य समाजका अगुवाइ एबम दाज्युभाइ दिदिबहिनी शुभचिन्तकज्युहरु साथै चार भञ्ज्याङ समाज परिवारका आमाबाबा,दाजुभाई,दिदिवहिनी लगायत आफन्तजनहरु माझ आत्मिय सद्भभावका लागि महत्वपुर्ण भुमिका खेल्ने छ भन्ने आशा लिएका छौ अध्यक्ष गुरुड्गले बताउनु भयको छ। समाजले यसै परोपकारी कार्यक्रमको आयोजना गर्दै नेपालका विभिन्न ठाउहरुमा सामाजिक सेवाका कार्यहरु गर्दै आएको यहाहरुलाई अवगत नै छ। विषेश गरि चारभन्ज्याङ गाँउमा स्थापना भएको चारभन्ज्याङ स्वास्थ्य केन्द्र (टेलिमेडिसिन) संचालनले स्थानिय ग्रामिण बासी तथा नेपालका बिभिन्न जिल्लाहरुबाट आई हालसम्म 29000 ( उनन्तिस हजार ) भन्दा बढीले निशुल्क स्वास्थ्य सेवा लिई सकेको साथै स्वास्थ केन्द्रमा कार्यरत ४ जना स्टाफलाई तलब भत्ता समेत राम्रो ब्यबस्थ गरेको छ। साथै टेलि स्वास्थ्य सेवा प्रभाकारी भएको विभिन्न मिडियाद्वारा खबर प्राप्त भैरहेको यहाँहरुमा जानकारी गराउन चाहन्छु l चार भञ्ज्याङ स्वस्थ केन्द स्थापना गरी स्वास्थ क्षेत्रमा गाउबासीलाई पुराउदै आएको योगदान अत्यन्तै महत्वपुर्ण रहेको स्थानिय सरकारवाट समेत जानकारी प्राप्त भएको सुनाउन चाहान्छु अध्यक्ष गुरुड्गले बताउनु भएको छ। पछिल्लो समय स्थानिय सरकारवाट समेत साझेदारी गर्दै स्वास्थ्य जनशक्तीको पनि सहयोग भएको छ। यसका साथै सो क्षेत्रका समाजसेवीहरुको महत्वपुर्ण सहयोगले चार भञ्ज्याङ अन्तर्गत ग्रामिण स्थलहरुका शिक्षा स्वास्थ्य,कृषि तथा पर्यटन क्षेत्रमा सहयोग पुग्ने जानकारी गराउदै समाजले आयोजना गरेको यस च्यारीटी कार्यक्रममा सहभागी भै सहयोग गर्न चार भन्ज्याङ तमु समाजका सम्पूर्ण मान्यजन महानुभावज्युहरुलाई उपस्थितिका लागि सविनय अनुरोध गर्दछु धन्यवाद, अध्यक्ष गुरुड्गले निमन्त्रणा गर्नु भयको छ l
शीतलपाटीन्युज डटकम। लण्डन। चार भन्ज्याङ तमु समाज यूके, भंगारा,डाडा, ठानामौला,लामेले हरेक वर्ष आयोजना गर्दै आएको कल्यार्णकारी परोपकारी रात्रीभोज (Annual Charity Dinner) कार्यक्रम यस वर्ष पनि शनिबार २ मार्च २०२४ मा आयोजन गर्न लागेको जानकारी प्राप्त भएको छ l संस्थाका अध्यक्ष बेन गुरुड्गका अनुसार यस् परोपकारी कार्यक्रममा यँहाहरुलाई मनोरञ्जन दिनका लागि नेपालबाट पाल्नु भएका करोडौ दर्शकको मन जित्न सफल अत्यान्तै वहुचर्चित लोकदोहरी गायक गायिका निर्जला गुरुङ र सविन गुरुङको सांगितिक प्रस्तुती रहने छ भन्नु भएको छ। यस महत्वपुर्ण कार्यक्रममले चार भन्ज्याङ तमु समाज तथा बिभिन्न अन्य समाजका अगुवाइ एबम दाज्युभाइ दिदिबहिनी शुभचिन्तकज्युहरु साथै चार भञ्ज्याङ समाज परिवारका आमाबाबा,दाजुभाई,दिदिवहिनी लगायत आफन्तजनहरु माझ आत्मिय सद्भभावका लागि महत्वपुर्ण भुमिका खेल्ने छ भन्ने आशा लिएका छौ अध्यक्ष गुरुड्गले बताउनु भयको छ। समाजले यसै परोपकारी कार्यक्रमको आयोजना गर्दै नेपालका विभिन्न ठाउहरुमा सामाजिक सेवाका कार्यहरु गर्दै आएको यहाहरुलाई अवगत नै छ। विषेश गरि चारभन्ज्याङ गाँउमा स्थापना भएको चारभन्ज्याङ स्वास्थ्य केन्द्र (टेलिमेडिसिन) संचालनले स्थानिय ग्रामिण बासी तथा नेपालका बिभिन्न जिल्लाहरुबाट आई हालसम्म 29000 ( उनन्तिस हजार ) भन्दा बढीले निशुल्क स्वास्थ्य सेवा लिई सकेको साथै स्वास्थ केन्द्रमा कार्यरत ४ जना स्टाफलाई तलब भत्ता समेत राम्रो ब्यबस्थ गरेको छ। साथै टेलि स्वास्थ्य सेवा प्रभाकारी भएको विभिन्न मिडियाद्वारा खबर प्राप्त भैरहेको यहाँहरुमा जानकारी गराउन चाहन्छु l चार भञ्ज्याङ स्वस्थ केन्द स्थापना गरी स्वास्थ क्षेत्रमा गाउबासीलाई पुराउदै आएको योगदान अत्यन्तै महत्वपुर्ण रहेको स्थानिय सरकारवाट समेत जानकारी प्राप्त भएको सुनाउन चाहान्छु अध्यक्ष गुरुड्गले बताउनु भएको छ। पछिल्लो समय स्थानिय सरकारवाट समेत साझेदारी गर्दै स्वास्थ्य जनशक्तीको पनि सहयोग भएको छ। यसका साथै सो क्षेत्रका समाजसेवीहरुको महत्वपुर्ण सहयोगले चार भञ्ज्याङ अन्तर्गत ग्रामिण स्थलहरुका शिक्षा स्वास्थ्य,कृषि तथा पर्यटन क्षेत्रमा सहयोग पुग्ने जानकारी गराउदै समाजले आयोजना गरेको यस च्यारीटी कार्यक्रममा सहभागी भै सहयोग गर्न चार भन्ज्याङ तमु समाजका सम्पूर्ण मान्यजन महानुभावज्युहरुलाई उपस्थितिका लागि सविनय अनुरोध गर्दछु धन्यवाद, अध्यक्ष गुरुड्गले निमन्त्रणा गर्नु भयको छ l https://www.justgiving.com/page/cbtsuk-charitydinner24?newPage=true
शीतलपाटीन्युज डटकम। लण्डन।भूपू गोर्खाहरुको माग सम्बोधनका विषयमा नेपाली राजदूतावास र संयुक्त अधिराज्यका रक्षा मन्त्रालयका पदाधिकारीहरु एवं भूतपूर्व गोर्खाका प्रतिनिधिहरुको सहभागितामा आज रक्षा मन्त्रालयमा प्राविधिक स्तरको वैठक सम्पन्न भयको कुराको नेपाली राजदुताबास लण्डनले एक बिज्ञप्ति प्रकाशित गरी जानकारी गराएको छ। वैठकमा भूपू गोर्खाहरुका पेन्सन, अध्यागमन लगायतका विषयहरुमा विस्तृत छलफल भएको छ। बेलायती रक्षा मन्त्रालयले भूपू गोर्खाहरुले उठाएका विषयहरुमा बिभिन्न सम्बन्धित निकाय तथा पदाधिकारीहरुसँग आन्तरिक छलफल गरी आगामी वैठकहरुमा जानकारी गराउने बताएको समेत बताएको छ। बैठकमा नेपाल सरकारका तर्फबाट नेपाली राजदूतावासका उप-नियोग प्रमुख रोशन खनाल,सैनिक सहचारी महासेनानी अनुप शाह तथा भूतपूर्व गोर्खाहरुको तर्फबाट मेजर(अ.प्रा.) जुदबहादुर गुरुङ्ग, मेजर(अ.प्रा.)उदयबहादुर गुरुङ्ग,पुष्पा राणा घले तथा बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालय,गृह मन्त्रालय र अन्तर्गतका अधिकारीहरुको सहभागिता रहेको २१ फेब्रुवरी २०२४ मा प्रकाशित पेस बिज्ञप्तिमा उल्लेख गरी जानकारी गराइएको छ। बिज्ञप्ति-
शीतलपाटीन्युज डटकम। लन्डन।लन्डनस्थित नेपाली राजदूतावास लण्डनले स्कटल्यान्डमा घुम्ती सेवा सञ्चालन सम्पन्न गरेको समाचार छ । गत सोमबार एकैदिन स्कटल्यान्डका फाइफ र एबर्डिन पुगेर दूतावासले स्थानीय नेपालीहरुलाई आवस्यक सेवा प्रदान गरेको हो। एनआरएनए राज्य समन्वय परिषद स्कटल्याण्डसंगको सहकार्यमा दूतावासबाट घुम्ती सेवा सञ्चालन भएको हो। जसबाट फाइफ र एबर्डिनमा गरी करिब १५० स्थानीय नेपाली लाभान्वित भएको एनआरएनए स्कटल्यान्ड अध्यक्ष दिवाकर पाण्डे र प्रचारप्रसार संयोजक तारानाथ भण्डारीले जानकारी दिनु भयको छ। घुम्ती सेवामा पासपोर्ट रिन्यु,भिसा,यात्रा अनुमतिपत्र (Travel Document), एनआरएनए कार्ड, वारेसनामा लगायतका सेवा उपलब्ध गराइएको थियो। त्यस अवसरमा सेवाग्राहीहरुलाई अबेर मध्यरातसम्म सेवा दिइएको र सेवाग्रहीहरुले सेवा लिई रहेका थिए। स्कटल्यान्डमा घुम्ती सेवाका लागि लन्डन राजदूतावासबाट थर्ड सेक्रेटरी पुजन पाण्डे खटिएकी थिइन्। एनआरएनए स्कटल्यान्ड, नेप्लिज हिमालयन एशोसिएसन एबर्डिनसहित स्थानीय नेपाली संघसंस्थाका प्रतिनिधि र सामाजिक अभियन्ताहरुले स्वयमसेवकका रुपमा सहयोग गरेका थिए। घुम्ती सेवाले स्कटल्यान्डवासी नेपालीहरुलाई सहज ढंगले दूतावासका सेवा उपलब्ध गराएको भन्दै एनआरएनए स्कटल्यान्ड अध्यक्ष दिवाकर पाण्डेले घुम्ती सेवामा योगदान गर्ने दूतावास, कर्मचारी र एनआरएनए एवम् अन्य संघसंस्थाका प्रतिनिधि समेतलाई धन्यवाद दिएका छन्।
शीतलपाटीन्युज डटकम। काठमाडौँ । संयुक्त अधिराज्यले व्यवसायमा नेपाल (नेपाल इन् बिजनेस-एनआइबी) र हरित विकास कार्यक्रम (ग्रीन ग्रोथ प्रोग्राम-जिजिपी) परियोजना कार्यान्वयन गर्न सात करोड स्टर्लिङ पाउन्ड (करिब ११ अर्ब ७० करोड रुपैयाँ) अनुदान उपलब्ध गराउने भएको छ। आगामी सात वर्षसम्म दुवै परियोजना सञ्चालन हुनेछन्। अनुदान सोही अवधिका निम्ति प्रदान गरिएको हो। नेपालको भ्रमणमा रहेका अफ्रिकाका निम्ति बेलायतका विकासमन्त्री एन्ड्रु मिचेल र अर्थमन्त्री प्रकाशशरण महतको उपस्थितिमा अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा मंगलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र यहाँस्थित बेलायती दूतावासका विकास निर्देशक पिपा बर्डले हस्ताक्षर गरे । यो अनुदानमा प्राविधिक सहायता र वैदेशिक विकास सहायता पनि समावेश गरिएको छ। अर्थ मन्त्रालयका अनुसार एनआइबी कार्यक्रमबाट प्राप्त हुने अनुदान नेपालको समग्र आर्थिक विकास, गरिबी निवारण र समग्र आर्थिक समृद्धिको बाटो निर्धारणमा सहयोग गर्ने अपेक्षा गरिएको छ। यो कार्यक्रमले साना तथा मझौला उद्यमलाई सहयोग गर्नेछ। साना तथा मझौला उद्यमलाई उत्पादनमा जोड्ने र त्यस्ता व्यवसाय विकासका लागि वित्तपोषण गर्ने अपेक्षा गरिएको छ। त्यसैगरी, हरित नेपाल विकास कार्यक्रमले उद्योग तथा सेवा क्षेत्रमा लगानी गर्न, जलवायु अनुकूलित पूर्वाधार निर्माण गर्न, दिगो आर्थिक नीतिलाई सुदृढ गर्न र आर्थिक सहजीकरण गरी समावेशी विकासका लागि सहयोग गर्नेछ। त्यस्तै, प्रत्यक्ष वैदेशिक लगानीका क्षेत्रमा सुधार र जलवायु अनुकूल लगानी परियोजना विकासमा योगदान गर्ने बताइएको छ। त्यस अवसरमा अर्थमन्त्री महतले नेपाल-बेलायत सम्बन्धबारे चर्चा गर्दै नेपालको सामाजिक-आर्थिक विकासका प्राथमिकतालाई पूरा गर्न बेलायत सरकारले निरन्तर सहयोग गरेकोमा आभार व्यक्त गरे। उनले नेपालको आर्थिक वृद्धि, दिगोपन प्रवर्द्धन, गरिबी घटाउनेलगायत महत्त्वपूर्ण कार्यक्रम कार्यान्वयनका निम्ति अनुदान उपयोगी हुने विश्वास व्यक्त गरे। ‘आर्थिक रूपान्तरण, जलवायु परिवर्तनका मुद्दा, सामाजिक सेवा तथा समावेशीकरणका लागि पनि अनुदानबाट सञ्चालन हुने कार्यक्रम महत्त्वपूर्ण छन्,‘उनले भने। बेलायतीमन्त्रीले आर्थिक रूपान्तरण,जलवायु परिवर्तनका प्रभावसँग सम्बन्धित विषय,सबल सामाजिक सेवा प्रवाह,समावेशिता प्रवर्द्धनमा सहयोग र सहकार्यका प्रशस्त क्षेत्र रहेका बताए। (प्रसासनबाट साभार)
पोखरा स्पोर्टस, पोखरा। सहाशीक एवं मनोरन्जनपूर्ण खेल हट एयर बेलुन उडाउँदै आएको नेपालको एक मात्र कम्पनी बेलुन नेपालले थाइल्याण्डमा सम्पन्न इन्टरनेसनल बेलुन फियस्ता २०२४ मा सहभागीता जनाएको छ। गत बुधबारदेखि थाइल्याण्डको सबैभन्दा चिसो शहर च्याङराईमा आयोजना भएको पाँच दिने सो फेस्टिभलमा नेपालको प्रतिनिधित्व गर्दै पोखराको बेलुन नेपाल कम्पनीका अध्यक्ष बिक्रम बाडे र निर्देशक बि बि ढकाल सहभागी भएका हुन्। कार्यक्रममा २० व्यवसायिक तथा ६० वटा मिनी सहित ८० वटा बेलुन उडाइएको थियो। जसमा नेपालसहित १२ वटा मुलुकका बेलुन कम्पनीको सहभागीता रहेको थियो। कार्यक्रममा विभिन्न बेलुनमा २० वटा मुलुकको राष्ट्रिय झण्डा फहराइएको थियो, जसमध्ये एउटा बेलुनमा नेपालको राष्ट्रिय झण्डा फहराइएको निर्देशक ढकालले जानकारी दिए। आइतबार समापन भएको कार्यक्रममा हरेक दिन विभिन्न किसिमका प्रतियोगितात्मक खेल आयोजना भएको थियो। जसको पर्यवेक्षकको रुपमा बेलुन नेपालले सहभागीता जनाएको कम्पनीका निर्देशक ढकालले जानकारी दिए। कार्यक्रम अवधिमा खटिएका पाइलट र बलुन क्रूको सम्मानमा आइतबार साँझ बेलुन नेपालको संयोजनमा रात्री भोज सहित ुनेपाली नाइटु आयोजना गरिएको थियो। सो अवसरमा पाइलट र क्रूहरुलाई नेपाली ढाका टोपी र खादाले सम्मान गर्दै बुद्धको प्रतिमा उपहार दिइएको ढकालले बताए। ‘मुलुकको प्रवर्द्धनका लागि यस्तो कार्यक्रम निकै राम्रो हुने रहेछ,’निर्देशक ढकालले भने-‘नेपालमा बेलनु पनि छ भन्ने जानकारी दिन पाउनु खुशीको कुरा हो।’ उनले कार्यक्रममा नेपालको लुम्बिनी र सिद्धार्थ गौतमबारे जानकारी दिएको समेत बताए। उनले भने,’धेरैमा बुद्ध इण्डियामा जन्मिएको भ्रम थियो तर यो फेस्टमा डेढ लाख जनासम्म त्यहाँ कन्सर्टमा सहभागी थिए त्यहाँ लुम्बिनी नेपालको र बुद्धको जन्म नेपालमा भएको जानकारी दिन पायौं।’ उनले नेपालमा पनि यस्तै किसिमका कार्यक्रम राखेर विभिन्न मुलुकका पर्यटकहरू सहभागी गराउने प्रशस्तै सम्भावना रहेको बताए। उनले भने, ‘यहाँ गरिएका बेलुन ग्लो कार्यक्रमले हाम्रो ध्यान खिचेको छ, छिट्टै नेपालमा पनि यस्तै कार्यक्रम आयोजना गर्ने सोचमा छौं।’ निर्देशक ढकालले सम्भवत नेपालबाट इन्टरनेसनल बेलुन फेस्टिभलमा नेपाली कम्पनी सहभागी भएको यो पहिलो पटक भएको बताए। थाइल्याण्डको फ्लाइङ मिडियाले आयोजना गरेको यस कार्यक्रममा स्थानीय सांस्कृतिक प्रस्तुति समेत समावेश थियो। कार्यक्रमको पाँच दिन अवधिमा कुल १० लाख जनाले अवलोकन गरेको ढकालले बताए।
सुरेश कोईराला। काठमाडौं। चितवन प्रहरीले ५ सय ४२ किलो गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रामेश्वर कार्कीले पूर्वी चितवनको झुरझुरेबाट ३० वटा पोकामा राखेर लुकाइएको गाँजा बरामद गरिएको जानकारी दिए। राप्ती-३ स्थित पूर्व-पश्चिम राजमार्गको झुरझुरेमा सडक छेउमा ना ३ ख ६१२२ नम्बरको ट्रक र ना ३ ख ७२४० नम्बरको डिब्बा ट्रकमा लुकाइएको गाँजा इलाका प्रहरी निरीक्षक श्याममणि पोखरेलको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गरेको थियो। शंकास्पद अवस्थामा रोकिराखेको देखेपछि दुबै ट्रकको चेकजाँच गर्दा ठूलो परिमाणमा गाँजा भेटिएको एसपी कार्कीले बताए। उनका अनुसार सिसाका बोतल बोक्ने ट्रकले धादिङको मलेखुबाट लोड गरेर ल्याएको गाँजा झुरझुरेमा डिब्बा ट्रकमा पल्टी गरिएको थियो। बरामद भएको गाँजा धादिङ, मकवानपुर र चितवनका पहाडी क्षेत्रमा उत्पादन गरिएको हुनसक्ने उनले बताए। प्रहरीले डिब्बा ट्रकका चालक धनकुटा छथर जोरपाटे-३ का ३२ वर्षका रमेशनाथ दाहाल र अर्को ट्रकमा सवार कपिलवस्तु बुद्धभूमि-४ का २५ वर्षीय खुशीराम थारूलाई पक्राउ गरेको छ। ट्रकका चालक फरार छन्। ‘मेरो कार्यकालमा मात्रै ४ पटक १८० देखि ५४० किलो सम्मको परिमाणमा गाँजा बरामद गरिएको छ। यो नै अहिलेसम्ममा सबभन्दा ठूलो परिमाणमा बरामद भएको हो,’ कार्कीले भने। कार्की सोमबार नै चितवनबाट सरूवा भएर लागुऔषध ब्युरोमा जाँदैछन्।
शीतलपाटीन्युज डटकम। काठमाण्डौं। यही फेव्रवरी १६ तारिख २०२४ तदनुसार फाल्गुण ४ गते शुक्रवार २०८० मा नेपाली समय सांझ पाँच तीसबजे डायस्पोरामा नेपाली संस्कृति र सम्पदा” पुस्तक लोकार्पण भयो । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति साहित्यकार प्राध्यापक गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष डाक्टर बद्री के सीको अध्यक्षतामा भएको कार्यक्रममा संस्कृति तथा सम्पदा विभागका संयोजक तथा वर्तमान एनआरएनएका सल्लाहकार गोविन्दप्रसाद गौतमले कार्यक्रमको परिचय दिँदै स्वागत गर्नु भएको थियो। गैरआवासीय नेपाली संघ संस्कृति तथा सम्पदा समिति २०२१ – २०२३ का दुई महत्वपूर्ण कार्यहरू थिए। जसमा प्रवासमा छरिएर रहेका प्रतिभावान गायकहरूलाई गायन प्रतियोगिता एनआरएन द सिङ्गर्स्ग राउने। डायस्पोरामा रहेको नेपाली संस्कृति र सम्पदालाई अभिलेखिकरण गर्ने। गतबर्ष २०२३को अक्टोवर महिनामा सम्पन्न एनआरएन द सिंगर्सले एउटा ऐतिहाँसिक कार्य गरेको छ। त्यस्तै गरेर डायस्पोरामा नेपाली संस्कृति र सम्पदाको पुस्तकको प्रकाशन गरी लोकार्पण भएको छ। कार्यक्रममा विमोचित पुस्तकको लोकार्पणमा सम्म आइपुग्दाका बिभिन्न चरणका बारेमा उत्तरअमेरिकाका संयोजक सुरेन उप्रेतीले प्रकाशन पार्नु भएको थियो। सन २०१९ अक्टोवरमा बिभागको स्थापना भइ प्रथम बैठकबाट सल्लाहकार श्री कृष्णप्रकाश श्रेष्ठ, एशिया प्यासिफिकका संयोजक डा लेखनाथ काफ्ले र सुरेन उप्रेतीलाई यो पुस्तक प्रकाशनको जिम्मा दिइएको थियो। बिभागको स्थापना लगतै कोभिड १९को महामारीले सन्सारलाई त्राहिमाम बनायो। यो महामारीले डायस्पोरामा नेपाली संस्कृति र सम्पदाको अनुसन्धान र अध्ययनलाई समेत प्रभावित बनायो। यतीकैमा साहित्यकार अनुवादक कृष्णप्रकाश श्रेष्ठ बिरामी पर्नु भयो। बिरामी श्री कृष्णप्रकाश श्रेष्ठले मार्च २९ । २०२१ का दिन महाप्रस्थान गर्नु भयो। यसले समितिलाई अझ मर्माहत बनायो। पूर्व अध्यक्ष साहित्यकार जीवा लामिछाने ,पूर्वकोषाध्यक्ष हिक्मत थापा र सुरेन उप्रेतीको सल्लाहमा दिवंगत कृष्णप्रकाश श्रेष्ठको सम्मान र सम्झनामा पुस्तक प्रकाशन गर्ने निर्णय भयो। जसलाई साकार बनाउन गोविन्दप्रसाद गौतम, डाक्टर मनमूर्ति भुर्त्याल,नेपाल प्रज्ञाप्रतिष्ठानका काव्य विभाग प्रमुख साहित्यकार प्रा डा हेमनाथ पौडेलले पुस्तक प्रकाशनमा अहम भूमिका निर्वाह गर्नु भएको थियो। सम्झनामा कृष्णप्रकाश श्रेष्ठ नामक पुस्तकको सल्लाहकार सम्पादकमा प्राडा हेमनाथ पौडेल र साहित्यकार जीवा लामिछाने हुनु हुन्छ। सम्पादकमा सुरेन उप्रेती हिक्मत थापा र डा.मनमूर्ति भुर्त्याल रहनु भएको समूहले पुस्तक प्रकाशन
शीतलपाटीन्युज डटकम। काठमाडौँ। वि विल राइज फाउन्डेसनका संस्थापक अध्यक्ष एवं तेक्वान्दो ग्रान्ड मास्टर तुलसीकुमार गुरुङले पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि नगद ५ लाख रुपैयाँ सहयोग प्रदान गरेका छन्। नेपाली अग्रज खेलाडीको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका आजीवन सदस्यसमेत रहेका गुरुङले आफ्नो परिवारका तर्फबाट २ लाख र हङकङस्थित नेपाली दाजुभाइबाट संकलित ३ लाख गरी ५ लाख प्रदान गरेका हुन्।उक्त रकम शनिबार हुने १८औँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत प्रथम पुरस्कारका लागि रहेको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए। सोही अवसरमा सहारा क्लब हङकङका अध्यक्ष दीपक गुरुङ र प्रदेश खेलकुद परिषद् गण्डकीका सल्लाहकार एवं समाजसेवी सुनिल गुरुङले समेत नगद ५–५ हजार प्रदान गरेका छन्। सहयोग रकम हस्तान्तरण गर्दै संस्थापक अध्यक्ष गुरुङले आयोजकको ध्यान म्याराथन सफल बनाउनतर्फ केन्द्रित गर्नुपर्ने बताए। ‘अन्तिम समय आइपुगेको छ।सफल रूपमा सम्पन्न गर्न यहाँहरूको ध्यान पुग्न आवश्यक छ,’ उनले भने। पोखरालाई अब लिने मात्रै नभई दिने पनि बनाउन सक्नुपर्ने उनको भनाइ छ। नेपाललाई नै अब खेलकुदको माध्यमबाट ‘फिट’ राख्नुपर्ने बताउँदै गुरुङले पोखरामा फिट नेपाल परियोजना सञ्चालन गर्ने तयारी गरिरहेको संस्थापक अध्यक्ष गुरुङले बताए। यस्तै, म्याराथनलाई हङकङमा रक्ष (रक्स)गुरुङको संयोजकत्वमा तेक्वान्दोका ग्रान्ड मास्टर चौबहादुर गुरुङले सहयोग गरेका छन्। गंगा गुरुङले १ लाख, अर्जुन गुरुङले ७० हजार,सुरेश गुरुङले ३०हजार,सुरज (नारायण) गुरुङले ३० हजार सहयोग गरेको अन्तर्राष्ट्रिय सम्पर्क संयोजक तेजबहादुर गुरुङले जनाए। त्यस्तै, हङकङबाट सहयोग गर्नेमा बुद्धि गुरुङ र सुरेन्द्र ढकालले हङकङ डलर १–१ हजार, दिनेश गुरुङले ७००,भिम गुरुङले ५००, रक्ष (रक्स)गुरुङले ५००, डम्बरकुमार गुरुङले २५१ हङकङ डलर सहयोग गरेका छन्। हङकङबाट २६ जनाले पोखरा म्याराथनलाई सहयोग गरेको संयोजक गुरुङले जानकारी दिए। मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले सहयोगप्रति आभार व्यक्त गर्दै विदेशमा बस्ने नेपाली दाजुभाइको सहयोगले पोखरा म्याराथनलाई सहज रूपमा सञ्चालन गर्न सहयोग पुगेको बताए।सो अवसरमा अस्ट्रेलियाका संयोजक चन्द्रप्रकाश गुरुङले आफू पोखरा म्याराथनमा सहभागी हुन हरेक वर्ष आउने गरेको बताए। अर्को वर्ष भने अस्ट्रेलियन नागरिकलाई पनि सहभागी गराउने प्रयास गर्ने उनको भनाइ छ। ‘अहिले हामीले जति सकिन्छ नेपाली दाजुभाइबाट संकलित रकम सहयोग गरेका छौँ,’उनले भने। ‘अर्को वर्ष अस्ट्रेलियन नागरिकलाई समेत सहभागी गराउन
शीतलपाटीन्युज डटकम। पोखरा । १८ औं सफल पोखरा म्याराथनमा केन्याली धावकहरुले वर्चस्व राखेका छन् । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा पोखरामा शनिबार सम्पन्न म्याराथनमा खुला म्याराथनतर्फ केन्याली धावकहरुले बर्चश्व राखेका हुन्। म्याराथन खुलातर्फ पहिलो भएका केन्याली धावक जुलियास मुरियाली वाहोमले निर्धारित ४२.१९५ किलोमिटरको दुरी २ घण्टा १९ मिनेट ३६ सेकेण्डमा पूरा गरे भने केन्याकै इसाक किहारा कमिरीले २ घण्टा २० मिनेट ०५ सेकेण्डको समय निकाल्दै दोश्रो भए । त्यस्तै अर्का केन्याली धावक इडविन किप्लागटले २ घण्टा २० मिनेट ४५ सेकेण्डमा दुरी पार गरी तेस्रो भए। किप्लीगाट १७ औं सस्करणका विजेता थिए। त्यस्तै नेपाली धावक किरण सिंह बोगटी चौथो स्थानमा रहे। उनले २ घण्टा २४ मिनेट ०२ सेकेण्डमा म्याराथन पूरा गरे। खुला म्याराथनतर्फ पहिलो भएका जुलियासले नगद रु ५ लाख, दोश्रो भएका इसाक किहाराले नगद ३ लाख, तेश्रो भएका इडविनले नगद २ लाख र चौथो भएका किरण बोगोटीले ३० हजार नगद हात पारे।त्यस्तै गण्डकी प्रदेशतर्फ सफल लामा, देव प्रसाद जलारी र मनोज अधिकारी क्रमश पहिलो,दोश्रो र तेश्रो भए। महिला २१ किमितर्फ सन्तोषी श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा कोर्स रेकर्ड दर्ता गरिन्। उनले १ घन्टा १८ मिनेट ३९ सेकेण्डमा दुरी पार गर्दै नगद रु १ लाख ५० हजार प्राप्त गरिन्। २१ किमि महिलातर्फ केन्याली अवीजल जेरोप १ घन्टा १९ मिनेट ०२ सेकेण्डमा दुरी पार गर्दै दोश्रो हुँदा राममायाँ बुढा १ घन्टा १९ मिनेट २२ सेकेण्डमा दुरी पार गर्दै तेश्रो र १ घन्टा २१ मिनेट ०७ सेकेण्डमा दुरी पार गरेकी फुलमती राना चौथो भइन्। यस्तै पुरुष १० किमि दौडमा ३१ मिनेट १५ सेकेण्डमा दुरी पार गरी टंक बहादुर कार्की पहिलो, सुवास कार्की दोश्रो हुँदा ३२ मिनेट ३७ सेकेण्ड लगाए भने, तेश्रो भएका सन्जिब नेपाली तेश्रो ३३ मिनेट २९ सेकेण्डमा दुरी पार गरे। महिला १० किमि दौडमा ४२ मिनेट १६ सेकेण्डमा दुरी पार गरी आशा रावत पहिलो हुँदा ४२ मिनेट २४ सेकेण्डमा दुरी पार गरेकी सिमा चौधरी दोश्रो र ४४ मिनेट २१ सेकेण्डमा दुरी पार गर्दै नम्रता
भरत पौड्याल, रेडिङ,लण्डन। प्रत्येक बर्ष परम्परागत रुपमा बसन्त पंचमीको दिन मनाइने गरिएको सरस्वती पूजा यो बर्ष पनि ग्रेटर रेडिंग नेपाली समाजले भव्यतापूर्वक मनायो। पाकिस्तानी कम्युनिटी सेन्टरमा आयोजित उक्त कार्यकममा रेडिंग वरिपरि बसोबास गर्ने वालवच्चा र अविभावक गरी १०० भन्दा बढी ब्यक्तीहरुको उपस्थिति रहेको थियो। अन्य कार्यक्रम भन्दा पृथक रुपमा संचालन गरिएको उक्त कार्यक्रममा बालिका रीभा ढकालले आगन्तुक हरुलाइ स्वागत गरेकी थिईन भने अर्की बालिका काव्या पुडासैनीले हेल्थ एण्ड सेफ्टीको बारेमा जानकारी गराएकी थिईन। ११ / १२ बर्ष उमेरका रिया पण्डित र अमोग भट्टराईले संचालन गरेको उक्त कार्यक्रममा ५ र ६ बर्षका निसिका तिवारी र अर्नभ कायस्थले सरस्वतीको मन्त्रोचारण गरेका थिए। त्यसै गरी ग्रेटर रेडिंग नेपाली समाज द्वारा संचालन गरिएको नेपाली कक्षाका बिद्यार्थी हरुले नेपाली भाषामा आफ्नो लेख,रचना प्रस्तुत गरे भने नेपाली कक्षाका शिक्षक त्रिलोचन गौतमले नेपाली कक्षाका गतिविधि जानकारी गराउनु भयो। पूर्ख्यौली संस्कृतीलाई ग्रहण गर्दै बालबालिकाहरु आफैले उत्साहका साथ संचालन गरेको उक्त कार्यक्रममा बेलायतमा जन्मिएर हुर्किएका नानी,बाबुहरुलाई नेपाली संस्कार र संस्कृति को पहिचान होस् भन्ने हेतुले विद्याकी देवी सरस्वतीको पूजा पाठ,बन्दना र अर्चना,अक्षराम्भ,चित्रकला प्रतियोगिता लगायत सरस्वती माताको गीतमा नाचगान प्रस्तुत गरेका थिए। उक्त कार्यक्रममा नयनतारा प्रधानले सरस्वती माता सम्बन्धी नृत्य सिकाएकी थिइन् जसमा वालिकाहरु आर्याना,निष्ठा,प्रिन्सु,प्रिशा,रिया,शुभाले नृत्य प्रस्तुत गरेका थिए भने दुर्गा ढकालले सरस्वती बन्दना रचना गरी नेपाली भाषामा वाचन सिकाएकी थिइन्। उपाध्यक्ष कल्पना पण्डितले संस्कृतमा लेखिएको सरस्वती पाठ सिकाउदै बालबालिकालाइ प्रोत्साहन गर्न बिशेष भूमिका खेल्नु भएको थियो। यसै गरि बैधि गोगटेले बसन्त पंचमीको महिमाको बारेमा प्रकाश पर्नु भएको थियो। साना बालबालिकाहरुले हनुमान चालिसा पाठ गरेर कार्यक्रमलाइ अझ रमाइलो बनाएका थिए। ११ बर्षिया बालिका प्रत्युषा त्रिपाठीले अंग्रेजी भाषामा सरस्वती देवी र सरस्वती पूजाको महत्व बारे बिस्तृत जानकारी गराउदै उपस्थित सबैलाइ प्रसाद ग्रहण गर्न अनुरोध गर्दै कार्यक्रम भब्य भएको घोषणा गरेकी थिइन। कार्यक्रममा समाजका अध्यक्ष भिमसेन खड्काले उपस्थित सम्पूर्ण अभिभावक तथा बालबालिकाहरुलाई धन्यबाद ज्ञापन गर्नु भयको थियो। उपाध्यक्ष कल्पना पण्डितले आगामी दिनमा पनि यस प्रकारका कार्यक्रम गर्ने जानकारी दिनु भयो। नेपाली समाजका सचिब तथा कार्यक्रमका संयोजक डा भरत