Saturday February 08, 2025

प्रवास

बसन्त पंचमीको दिन मनाइने सरस्वती पूजा यो बर्ष पनि ग्रेटर रेडिंग नेपाली समाजले भव्यता पूर्वक मनायो

भरत पौड्याल, रेडिङ,लण्डन। प्रत्येक बर्ष  परम्परागत रुपमा बसन्त पंचमीको दिन मनाइने गरिएको सरस्वती पूजा यो बर्ष पनि ग्रेटर रेडिंग नेपाली समाजले भव्यतापूर्वक मनायो।  पाकिस्तानी कम्युनिटी सेन्टरमा आयोजित उक्त कार्यकममा रेडिंग वरिपरि बसोबास गर्ने वालवच्चा र अविभावक गरी १०० भन्दा बढी ब्यक्तीहरुको उपस्थिति रहेको थियो। अन्य कार्यक्रम भन्दा पृथक रुपमा संचालन गरिएको उक्त कार्यक्रममा  बालिका रीभा ढकालले आगन्तुक हरुलाइ स्वागत गरेकी थिईन भने अर्की बालिका काव्या पुडासैनीले हेल्थ एण्ड सेफ्टीको बारेमा जानकारी गराएकी थिईन। ११ / १२ बर्ष उमेरका रिया पण्डित र अमोग भट्टराईले संचालन गरेको उक्त कार्यक्रममा  ५ र ६ बर्षका निसिका तिवारी र अर्नभ कायस्थले सरस्वतीको मन्त्रोचारण गरेका थिए। त्यसै गरी ग्रेटर रेडिंग नेपाली समाज द्वारा संचालन गरिएको नेपाली कक्षाका बिद्यार्थी हरुले नेपाली भाषामा आफ्नो लेख,रचना प्रस्तुत गरे भने नेपाली कक्षाका शिक्षक त्रिलोचन गौतमले नेपाली कक्षाका गतिविधि जानकारी गराउनु भयो। पूर्ख्यौली संस्कृतीलाई ग्रहण गर्दै बालबालिकाहरु आफैले उत्साहका साथ संचालन गरेको उक्त कार्यक्रममा बेलायतमा जन्मिएर हुर्किएका नानी,बाबुहरुलाई नेपाली संस्कार र संस्कृति को पहिचान होस् भन्ने हेतुले विद्याकी देवी सरस्वतीको पूजा पाठ,बन्दना र अर्चना,अक्षराम्भ,चित्रकला प्रतियोगिता लगायत सरस्वती माताको गीतमा नाचगान प्रस्तुत गरेका थिए। उक्त कार्यक्रममा नयनतारा प्रधानले सरस्वती माता सम्बन्धी नृत्य सिकाएकी थिइन् जसमा वालिकाहरु आर्याना,निष्ठा,प्रिन्सु,प्रिशा,रिया,शुभाले नृत्य प्रस्तुत गरेका थिए भने दुर्गा ढकालले सरस्वती बन्दना रचना गरी नेपाली भाषामा वाचन सिकाएकी थिइन्। उपाध्यक्ष कल्पना पण्डितले संस्कृतमा लेखिएको सरस्वती पाठ सिकाउदै बालबालिकालाइ प्रोत्साहन गर्न बिशेष भूमिका खेल्नु भएको थियो। यसै गरि बैधि गोगटेले बसन्त पंचमीको महिमाको बारेमा प्रकाश पर्नु भएको थियो। साना बालबालिकाहरुले हनुमान चालिसा पाठ गरेर कार्यक्रमलाइ अझ रमाइलो बनाएका थिए। ११ बर्षिया बालिका प्रत्युषा त्रिपाठीले अंग्रेजी भाषामा सरस्वती देवी र सरस्वती पूजाको महत्व बारे बिस्तृत जानकारी गराउदै उपस्थित सबैलाइ प्रसाद ग्रहण गर्न अनुरोध गर्दै कार्यक्रम सम्पन्न भएको घोषणा गरेकी थिइन। कार्यक्रममा समाजका अध्यक्ष भिमसेन खड्काले उपस्थित सम्पूर्ण अभिभावक तथा बालबालिकाहरुलाई धन्यबाद ज्ञापन गर्नु भयको थियो।  उपाध्यक्ष कल्पना पण्डितले आगामी दिनमा पनि यस प्रकारका कार्यक्रम गर्ने जानकारी दिनु भयो। नेपाली समाजका सचिब तथा कार्यक्रमका संयोजक डा

बेलायतमा १ लाख पाउन्ड उठाउने लक्ष्य राख्दै आनीको कन्सर्ट, सहयोग मानवसेवा आश्रमा जम्मा हुने

शीतलपाटीन्युज डटकम। लन्डन- लोकप्रिय समाजसेवी गायिका आनी छोइङ डोल्मा सांगीतिक कन्सर्टका लागि बेलायत आउने भएकी छन्। गायिका छोइङले मानवसेवा आश्रम सहयोगार्थ आगामी मे ५ मा बेलायतमा आयोजना हुने कन्सर्टमा प्रस्तुति गर्ने भएकी हुन्। मानवसेवा आश्रम बेलायत शाखाको आयोजनामा क्याम्बर्लीको लेकसाइड कन्ट्री क्लबमा ‘इनर मेलोडी फर इनर पिस’ कार्यक्रम हुने भएको हो। कार्यक्रममा १५ सय जनाको सहभागिता गराउने र मानव सेवा आश्रमका लागि १ लाख पाउन्ड बढी सहयोग जुटाउने लक्ष्य राखिएको आयोजक मानवसेवा आश्रम बेलायतका अध्यक्ष एवम कार्यक्रम संयोजक सुनिलबाबु खड्काले बताउनु भयको छ। करिब ८ वर्षअघि बेलायतको रेडिङमा आनीको कन्सर्ट हुदा उल्लेख्य सहभागितामा उनको कन्सर्ट सम्पन्न भएको थियो। यसैबीच,आयोजक मानवसेवा आश्रम बेलायत शाखाको कार्यक्रम तयारीसम्बन्धि पहिलो बैठक सोमबार सम्पन्न भएको छ।  अध्यक्ष सुनिलबाबु खड्काको अध्यक्षतामा सम्पन्न बैठकमा कार्यसमितिका पदाधिकारी एवम् सल्लाहकारहरुबीच तयारी, कार्यविभाजन लगायतका विषयमा छलफल गरिएको थियो।  मानवसेवा आश्रमका काममा सहयोग गर्ने उद्देश्यसहित गत वर्ष एनआरएनए यूके निवर्तमान अध्यक्ष खड्काको अध्यक्षतामा मानवसेवा आश्रम यूके शाखा गठन गरिएको थियो।  गत वर्ष आश्रम अध्यक्ष रामजी अधिकारीसहितको टोली बेलायत आएको बेलामा करिब एक  करोड रुपैयाँ बढीको सहयोग जुटाइएको थियो।   मानवसेवा आश्रमले विसं. २०८२ भित्र नेपालमा कसैले पनि बाध्यात्मक रुपमा खुला अकाशमुनि,सडकपेटी एवम् सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवन बिताउनु नपर्ने अवस्था बनाउने उद्देश्यले देशव्यापी अभियान चलाइरहेको छ।  संस्थाले हाल सातै प्रदेशका १९ जिल्लामा २४ सेवाकेन्द्र सञ्चालन गरी ७७ वटै जिल्लाका सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार गर्दै आएको छ।

नेपाली राजदुताबास लण्डनले स्कटलैण्डमा घुम्ती सेवा दिदै

शीतलपाटीन्युज डटकम। लण्डन। संयुक्त अधिराज्य बेलायतमा स्थापित नेपाली राजदुताबास लण्डनले स्कटलैण्डमा घुम्तीसेवा प्रदान गर्ने भयको छ। १२ फेब्रुवरी २०२४ मा दुताबासद्वारा जारी बिज्ञप्तिमा घुम्ती सेवा हुने जनाएको छ। १९ फेब्रुवरी २०२४ सोमवार १०:०० देखि १७:०० सम्म हुने सो घुम्ती सेवा Gothenburg Hotel,138 Queensferry Road,Roseth, KY11 2QY, Scotland मा संचालन हुने जनाईएको छ। सो घुम्ती सेवामा कन्सुलर सेवाहरु मध्य राहदानी नविकरण,अधिकृत वारेसनामा,कागजात प्रमाणीत,ट्राभल डकुमेन्ट,पर्यटन भिषा,एनआरएन आईडी कार्डका कामहरु गर्ने जानकारी प्रेष बिज्ञप्तिमा जनाइएको छ।  एनआरएन युके राज्य समन्वय परिषद स्कटलैण्डको सहयोगमा सम्पन्न हुने सो कार्यक्रममा स्कटलैण्ड परिषदका अध्यक्ष दिवाकर पाण्डे,महासचिव राम प्रसाद कडेल र प्रचारप्रसार संयोजक तारानाथ भण्डारीले संयोजन गर्ने कार्यक्रम छ। घुम्ति सेवा सम्वन्धी अन्य कुरा जानकारी लिन आवस्यक परेमा नेपाली राजदुताबासमा इमेल [email protected] ,फोन 00442072291594,नेपाली राजदुताबास लण्डनको प्रेष बिज्ञप्ति तथा एनआरएन राज्य समन्वय परिषद स्कटलैण्डका अध्यक्ष दिवाकर पाण्डे 07577974837 मा सम्पर्क गरी आवस्यक सुचना लिई उचित सेवा लिन सकिने जनाइएको छ। बिग्यप्ति-

स्कटलैण्डमा नेपाली राजदुताबास लण्डनले घुम्ती सेवा दिदै

शीतलपाटीन्युज डटकम। लण्डन। संयुक्त अधिराज्य बेलायतमा स्थापित नेपाली राजदुताबास लण्डनले स्कटलैण्डमा घुम्तीसेवा प्रदान गर्ने भयको छ। १२ फेब्रुवरी २०२४ मा दुताबासद्वारा जारी बिज्ञप्तिमा घुम्ती सेवा हुने जनाएको छ। १९ फेब्रुवरी २०२४ सोमवार १०:०० देखि १७:०० सम्म हुने सो घुम्ती सेवा Gothenburg Hotel,138 Queensferry Road,Roseth, KY11 2QY, Scotland मा संचालन हुने जनाईएको छ। सो घुम्ती सेवामा कन्सुलर सेवाहरु मध्य राहदानी नविकरण,अधिकृत वारेसनामा,कागजात प्रमाणीत,ट्राभल डकुमेन्ट,पर्यटन भिषा,एनआरएन आईडी कार्डका कामहरु गर्ने जानकारी प्रेष बिज्ञप्तिमा जनाइएको छ।  एनआरएन युके राज्य समन्वय परिषद स्कटलैण्डको सहयोगमा सम्पन्न हुने सो कार्यक्रममा स्कटलैण्ड परिषदका अध्यक्ष दिवाकर पाण्डे,महासचिव राम प्रसाद कडेल र प्रचारप्रसार संयोजक तारानाथ भण्डारीले संयोजन गर्ने कार्यक्रम छ। घुम्ति सेवा सम्वन्धी अन्य कुरा जानकारी लिन आवस्यक परेमा नेपाली राजदुताबासमा इमेल [email protected] ,फोन 00442072291594,नेपाली राजदुताबास लण्डनको प्रेष बिज्ञप्ति तथा एनआरएन राज्य समन्वय परिषद स्कटलैण्डका अध्यक्ष दिवाकर पाण्डे 07577974837 मा सम्पर्क गरी आवस्यक सुचना लिई उचित सेवा लिन सकिने जनाइएको छ। बिग्यप्ति-

बेलायतबासी पाल्पालीहरूद्वारा गायीका मुना मगरलाई भव्य सम्मान

शीतलपाटीन्युज डटकम। अल्डरसट, लण्डन।नेपाली मौलिक गीत,सङ्गीत,कला र संस्कृतिलाई देशविदेशमा संरक्षण र प्रबर्धन गर्दै पाल्पा जिल्लालाई संसारभर चिनाउन महत्वपूर्ण योगदान दिँदै आएकी पाल्पाली गायीका मुना मगरको योगदानको उच्च कदर गर्दै पाल्पा जिल्ला समाज (पाल्पाली भञ्ज्याङ) युकेले अल्डरसर्टस्थित द प्यालेस रेष्टुरेन्ट एण्ड बारमा भव्य स्वागत एवम् सम्मान गरेको समाचार छ ।  पाल्पा जिल्ला समाज युकेका अध्यक्ष गोपाल थापा चिडीमगरको अध्यक्षतामा भएको उक्त सम्मान कार्यक्रममा संस्थाका महासचिव डोलबहादुर सोमरे मगरले सञ्चालन गरेका थिए भने संस्थाका पेट्रोन बम थापा सूर्यवङ्शीमगरले कार्यक्रमको संयोजन गरेका थिए।  सो अवसरमा पाल्पा जिल्ला समाज युकेका पूर्व अध्यक्षहरू रिखिराम राना र बाचस्पति रेग्मी,सल्लाहकारहरू क्याप्टेन हरिबहादुर थापा,क्याप्टेन विष्णु श्रेष्ठ र नेत्र थापालगायत बेलायतबासी पाल्पाली दाजुभाई, दिदीबहिनीहरूको बाक्लो उपस्थिति रहेको थियो। सो अवसरमा चर्चित नायिका एवम् लोकदोहारी गायिका मुना मगरले विभिन्न बोलका गीत गाएर उपस्थित पाल्पालीहरुलाई छमछम नचाएकी थिइन्।  सो कार्यक्रममा बेलायतभरि छरिएर रहेका पाल्पालीहरूबाट मुना मगरलाई विशेष मायाको चिनो प्रदान गरिएको थियो। समाजका अध्यक्ष गोपाल थापा चिडीमगरको विशेष पहलमा मुना मगरलाई पौण्ड १५४० (लगभग नेपाली रूपैयाँ २ लाख ५५ हजार) को आर्थिक सहयोग र मायाको चिनो प्रदान गरियको थियो। दिबा भोजको समेत भयको गायिका मुना मगरको सो कार्यक्रम मगरहरूको महान् चाड माघेसङ्क्रान्तिको अवसर पारेर मगर संघ युके युएचएसबी शाखाले मुना मगरलाई युकेमा निमन्त्रत्रणा गरेको थियो।

नेपाली लोक गायक यश कुमारलाई अल्डर्शटको एम्पाएर हलमा बेलायती सांसद लिओ डोकर्टीले गरे स्वागत

शीतलपाटीन्युज डटकम। अलडरसट,लण्डन। नेपाली लोक गायक यश कुमारलाई अल्डर्शटको एम्पाएर हलमा बेलायती सांसद लिओ डोकर्टीले स्वागत गरेको समाचार छ। बहुप्रतिभाशाली गायक,गीतकार र अभिनेता यश कुमारलाई सांसद लिय‍ो डोकर्टी (MP Leo Docherty) ले फुल र खादाले एम्पाएरहल अल्डरसट युकेमा स्वागत गरेका थिए। शुभारम्भमा एस कुमारले शब्द ब्यान्डले सदाबहार गीत चरी मर्यो शीशैको गोलीले जस्ता गीतबाट दर्शकलाई झुमाएका थिए भने दोस्रो चरणमा यश कुमारले सुनेर मनोरञ्जन गर्ने खालका मैले छोएको पानी चल्दैन जस्ता गीत गाएका थिए। त्यसपछि भने कार्यक्रमको अन्त्य सम्मको गीतले नचाएर माहोल तताएका थिए। औपचारिक कार्यक्रम प्रमिला लाबुङ राइले सन्चालन गरेकी थिइन भने कार्यक्रम सम्योजक भरतमणि चेम्जोङ,सेर सुनार,शब्द ब्यान्ड लगायतको टिम र कार्यक्रम प्रायोजक आशिष ज्वेलर्स,ओजोने रेस्टुरेन्ट, लक्ष्मी ज्वेलर्स,के डि के कोदो,गोर्खा मोर्गेज,सुनगाभा मोर्टगेज,ग्लोबल बुलिअन भल्ट लगायतले प्रायोजन गरेका थिए। काममा ब्यस्त नेपालीहरु शुक्रबार भएकोले औपचारिक कार्यक्रम निर्धारित समयमा आरम्भ नभए पनि केही ढिलो शुरु भएको र  दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो। यश कुमारको कार्यक्रम शिङ्गलटन भिलेजहल हक्सटन अस्फोर्ड केन्ट (TN23 5LB) मा लाईभ शो पनि हुदैछ।

ब्रिटिस सेनामा कार्यरत नेपाली सैनिक बिजय सुब्बा लिम्बुहरुको इतिहासमा पहिलो लेफ्टिनेन्ट कर्णेल

शीतलपाटीन्युज डटकम। लन्डन। ब्रिटिस सेनामा कार्यरत नेपाली सैनिक बिजय सुब्बा लिम्बुहरुको इतिहासमा पहिलो लेफ्टिनेन्ट कर्णेल बनेका छन्। ब्रिटिस आर्मी मेजरहरुको गत हप्ता बसेको प्रोमोसन बोर्डबाट मेजर बिजय सुब्बा लेफ्टिनेन्ट कर्णेल पदमा छनोट भएका हुन्।  ब्रिगेड अफ गोर्खाजका क्लर्कहरुबाट इतिहासमा सुब्बा पहिलो लेफ्टिनेन्ट कर्णेल बनेका हुन । उनी हाल आर्मी पर्सनल सर्भिसेज  (एपीएसजी) आर्मी हेर्डक्वाटरमा कार्यरत छन्। ब्रिटिस सेनाका जम्मा १० जना मेजरहरु लेफ्टिनेन्ट कर्णेलका लागि छनोट गर्दा गोर्खाली बिजय सुब्बा पनि परेका हुन् । उनले बेलायतमा सबै ब्रिटिस आर्मीका लागि एसओटू एस्युरेन्सको अभिभारा लिएर जी वान एस्युरेन्स सम्हालिरहेका छन्। सुब्बा सन् २००९ सालमा क्याप्टेनमा कमिसनिङमा भर्ना भएका थिए भने बिजय सन् १९९१ मा ब्रिगेड अफ गोर्खाज्‌मा भर्ती भएका हुन्। उनी स्व.मेजर ऐतहाङ सुब्बा गोर्खा इन्जिनियर र आशा सुब्बाका कान्छा छोरा हुन् श। नख्खु ललितपुर निवासी बिजय हाल श्रीमती उर्सिला राई सुब्बा र परिवारसहित बेलायत बस्दै आएका छन् । उनका छोरा भिनीत सुब्बा रेडिङ युनिभर्सिटीमा अध्यनरत छन् । श्रोत-गोर्खा मिडीया।

विश्व परिवर्तन गर्ने’ ५० जनाको सूचीमा नेपाली पूर्व गोरखा हरि बुढामगर

शीतलपाटीन्युज डटकम। लण्डन। अमेरिकामा प्रधान कार्यालय रहेको द एक्सप्लोरर्स क्लवले विश्व परिवर्तन गर्ने ५० जनाको सूचीमा कीर्तिमानी सगरमाथा आरोही तथा पूर्व गोरखा सैनिक हरि बुढामगरलाई छनौट गरेको छ।बुढामगरलाई पूर्व सैनिक तथा अपाङ्गता भएकाहरुको पैरवीकर्ता विधामा छनौट गरिएको हो। रोल्पामा जन्मिएका बुढामगर १९ वर्षको उमेरमा बेलायती सेनामा भर्ती भएका थिए। गोरखा सैनिकका रुपमा अफगानिस्तानमा कार्यरत रहेको बेलामा विष्फोटमा परी उनले दुवै गोडा गुमाएका थिए। सो घटनाबाट निको भएपछि उनले आफ्नो जीवन अपाङ्गता भएका मानिसहरुलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गराउन र मानिसहरुलाई उत्प्रेरणामा समर्पित गर्दै आएका छन्। साहसिक खेलकुद मन पराउने बुढामगरले कायाकिङ, साइक्लिङ, ह्वीलचेयर दौड,स्की,पर्वतारोहण गर्दै आएका छन्। उनले सन् २०२३ मा सगरमाथाको सफल आरोहण गरी घुँडामाथिबाट कृतिम खुट्टाको सहारामा सगरमाथा आरोहणको विश्वकीर्तिमान कायम गरेका छन्। नेपालमा अपाङ्गतालाई लुकाउने, शिक्षितहरुमा पनि अपाङ्गता भएकाप्रतिको गलत दृष्टिकोण राख्ने गरिएको आफ्नो अनुभव बुढा साट्छन्। उनी अपाङ्गता भएकाहरुलाई गरिब,दयालाग्दो, अरुको सहारामा बाँच्ने होइन सफल, खुशी र अर्थपूर्ण जीन्दगी बाँच्न सकिन्छ भन्ने सन्देश दिन चाहन्छन्। अपाङ्गता भएकाहरुलाई सगरमाथा चढ्न नेपाल सरकारले रोक लगाएकोमा बुढाले सो प्रावधान हटाउन पनि अभियान गर्नु परेको थियो। सन् १९०४ मा अमेरिकामा स्थापना भएको द एक्सप्लोरर्स क्लबले विगत चार वर्षदेखि हरेक वर्ष विश्वभरबाट ५० जनाको छनौट गर्ने गरेको छ । जसलाई द एक्सप्लोरर्स क्लव फिफ्टी भनिने गर्छ।चर्चाभन्दा बाहिर रहेका विज्ञान र अन्वेषण क्षेत्रमा अभूतपूर्व काम गरेकाहरु मध्येबाट छनौट गर्ने बताइएको छ। छनौटमा पर्नेहरुले अनुसन्धान, प्रोत्साहन र पृथ्वीको भविष्यका लागि काम गरिरहेको दाबी गरिएको छ।हालसम्म ५१ देशबाट १ हजार ६१८ जनामध्येबाट २०० जना छनौट गरेको छ। साभार- वीनेपाली।

विश्व परिवर्तन गर्ने’ ५० जनाको सूचीमा पूर्व गोरखा हरि बुढामगर

शीतलपाटीन्युज डटकम। लण्डन। अमेरिकामा प्रधान कार्यालय रहेको द एक्सप्लोरर्स क्लवले विश्व परिवर्तन गर्ने ५० जनाको सूचीमा कीर्तिमानी सगरमाथा आरोही तथा पूर्व गोरखा सैनिक हरि बुढामगरलाई छनौट गरेको छ।बुढामगरलाई पूर्व सैनिक तथा अपाङ्गता भएकाहरुको पैरवीकर्ता विधामा छनौट गरिएको हो। रोल्पामा जन्मिएका बुढामगर १९ वर्षको उमेरमा बेलायती सेनामा भर्ती भएका थिए। गोरखा सैनिकका रुपमा अफगानिस्तानमा कार्यरत रहेको बेलामा विष्फोटमा परी उनले दुवै गोडा गुमाएका थिए। सो घटनाबाट निको भएपछि उनले आफ्नो जीवन अपाङ्गता भएका मानिसहरुलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गराउन र मानिसहरुलाई उत्प्रेरणामा समर्पित गर्दै आएका छन्। साहसिक खेलकुद मन पराउने बुढामगरले कायाकिङ, साइक्लिङ, ह्वीलचेयर दौड,स्की,पर्वतारोहण गर्दै आएका छन्। उनले सन् २०२३ मा सगरमाथाको सफल आरोहण गरी घुँडामाथिबाट कृतिम खुट्टाको सहारामा सगरमाथा आरोहणको विश्वकीर्तिमान कायम गरेका छन्। नेपालमा अपाङ्गतालाई लुकाउने, शिक्षितहरुमा पनि अपाङ्गता भएकाप्रतिको गलत दृष्टिकोण राख्ने गरिएको आफ्नो अनुभव बुढा साट्छन्। उनी अपाङ्गता भएकाहरुलाई गरिब,दयालाग्दो, अरुको सहारामा बाँच्ने होइन सफल, खुशी र अर्थपूर्ण जीन्दगी बाँच्न सकिन्छ भन्ने सन्देश दिन चाहन्छन्। अपाङ्गता भएकाहरुलाई सगरमाथा चढ्न नेपाल सरकारले रोक लगाएकोमा बुढाले सो प्रावधान हटाउन पनि अभियान गर्नु परेको थियो। सन् १९०४ मा अमेरिकामा स्थापना भएको द एक्सप्लोरर्स क्लबले विगत चार वर्षदेखि हरेक वर्ष विश्वभरबाट ५० जनाको छनौट गर्ने गरेको छ । जसलाई द एक्सप्लोरर्स क्लव फिफ्टी भनिने गर्छ।चर्चाभन्दा बाहिर रहेका विज्ञान र अन्वेषण क्षेत्रमा अभूतपूर्व काम गरेकाहरु मध्येबाट छनौट गर्ने बताइएको छ। छनौटमा पर्नेहरुले अनुसन्धान, प्रोत्साहन र पृथ्वीको भविष्यका लागि काम गरिरहेको दाबी गरिएको छ।हालसम्म ५१ देशबाट १ हजार ६१८ जनामध्येबाट २०० जना छनौट गरेको छ। साभार- वीनेपाली।

जीवन विज्ञान युकेको चौथो  वार्षिकोत्सव सम्पन्न 

GNNNEWS- लन्डन - योग, ध्यान र साधनाद्वारा जीवनमा सकारात्मक परिवर्तन ल्याउन काम गरिरहेको संस्था जीवन विज्ञान युकेको चौथो  वार्षिकोत्सव मनाइएको छ।  शनिबार बिहान अनलाइनबाट आयोजित समारोहमा जीवन विज्ञानका संस्थापक तथा जीवन विकास विशेषज्ञ गुरु रमेश नेपालले अरुको हितको लागि आफ्नो जीवन समर्पण गरेका प्रशिक्षकहरुको मेहनत र प्रयासको कारणले धेरै व्यक्तिलाई सेवा पुगेको बताए।  "जीवनमा सुखदुख, आरोह अवरोह भै रहन्छन।  तर आफुलाई व्यवस्थित गर्ने, खुसी बनाउने, सहज जीवन यापन गर्ने प्रयास जारी राख्नु पर्छ," उनले भने।   उनले यही मार्च ३० देखि अप्रिल ५ (चैत्र १७ देखि २३ गते) सम्म लुम्बिनीमा हुन लागेको ‘बिराट चक्र विज्ञान साधना शिविर’ मा सहभागी हुनपनि सबैलाई आग्रह गरे।  भगवान बुद्धको जन्मभूमिमा ५ हजार मानिसहरुले एकै ठाउँमा बसेर मानवताको  कल्याणका लागि  ध्यान गर्दा विश्वव्यापी संदेश जाने र देशको प्रतिष्ठा बढ्ने उनले बताए।  जीवन विज्ञानका संस्थापक तथा जीवन विकास विशेषज्ञ गुरु एलपी भानु शर्माले  प्रकाशतिरको यात्रा कठिन भए पनि असम्भव नभएको बताए। " तपाईंले पहिलो कदम लिनोस् , त्यस पछि जीवनले आफ्नो बाटो आफै लिन्छ। यो यज्ञमा आफ्नो तर्फबाट चरु थप्दै जानोस्।  यो अग्निमा जे चाहिंदैन सबै जल्छन्,  जे चाहिन्छ सबै प्रकट हुन्छन् । बेलायतले धेरै ठूलो सम्भावना राख्छ, युरोपको केन्द्र तथा  अमेरिका र नेपालबीच समदूरी रहेका कारण पनि ।  त्यसैले बेलायतमा  अध्यात्मको अग्नि जगाउनु पर्छ," उनले भने।  हामी नेपालीहरु देव भूमि, योग भूमि, तपोभूमिमा जन्मेका हौँ।  हाम्रो मातृभूमिको मूल काम पुरै विश्वमा अध्यात्मको बिजारोपण गर्ने हो।  त्यो काम हामीले नगरे कसले गर्छ?”   आफ्नो शुभकामना मन्तव्यमा लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख श्रीमती रोशन खनालले  कोरोना महामारी शुरु हुन लागेको बेला १ फेब्रुअरी २०२० देखि नियमित रुपमा अनलाइन योग कक्षा संचालन गरी  शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्धनमा जीवन विज्ञान युकेले निर्वाह गरेको भूमिकाको प्रशंसा गरिन् ।  "मानिसहरुको व्यस्त जीवन र बढ्दै गएको तनावका बिचमा यस संस्थाको उपादेयता अरु बढेको छ," उनले भनिन्।    आफ्नो शुभकामना संदेशमा जीवन विज्ञान अमेरिकाका अध्यक्ष सुशील शर्माले गुरुद्वयको उपस्थितिमा सन् २०२२ मा अमेरिकाका तीन राज्यमा चक्र विज्ञान र सात राज्यमा कार्यक्रम

गोर्खा मिडियाका प्रबन्धनिर्देसक मीलन तमु पोखरामा सम्मानित

शीतलपाटीन्युज डटकम। पोखरा । गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुलाई नेपाल मगर सांस्कृतिक संघ कास्कीले सम्मान गरेको छ। मगर कलाकार भलाई कोष स्थापनार्थ शनिबार पोखरामा आयोजित दोस्रो मगर उत्सव २०८० को सन्दर्भमा प्रबन्ध निर्देशक तमुलाई सम्मान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेगमगर र अध्यक्ष सरिता सारु मगरले तमुलाई फेटा,माला, प्रमाणपत्रले सम्मान गरे। त्यस्तै, नेपाल मगर सांस्कृतिक संघ कास्कीले यस वर्ष राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रीता थापामगर, सामाजिक अभियन्ता जुनु पुन मगर, सामाजिक अभियन्ता अनिता रानामगरलाई सम्मान पनि गरेको छ । पूर्वगोर्खा सैनिक तमु दुई दशकभन्दा लामो समयदेखि बेलायतमा फोटो पत्रकारितामा सक्रिय छन्। चार वर्षअघि तमुले एकल स्वामित्वमा गोर्खा मिडिया डटकम अनलाइन सञ्चालनमा ल्याएका छन् । पत्रकारिता र समाजसेवामा सक्रिय गुरुङ नेपाल पत्रकार महासंघ बेलायत शाखा कार्यकारिणी सदस्य, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेका सल्लाहकार, गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका सल्लाहकार जस्ता विभिन्न संघसंघमा आबद्ध छन्।  

स्याङ्जा जिल्ला समाज युकेको दोस्रो कार्यकालको पहिलो बैठक सम्पन्न

गोमा राना, लण्डन। गत २८ जनवरी २०२४ मा स्याङ्जा जिल्ला समाजको पहिलो बैठक भरत गुरुङ्को अध्यक्षतामा अल्डर्शटको एम्पाएर हलमा सम्पन्न भयो। बैठकमा भावी योजनाको साथ विभिन्न महत्त्वपूर्ण निर्णयहरु भयो। बैठकको पहिलो चरणमा दिप प्रज्वलन समुद्घाटन भएको थियो। सस्थाका उपाध्यक्ष भक्त दर्जीले स्वागत मन्तव्य राखेका थिए भने उपाध्यक्ष (पुर्व कोषाध्यक्ष) श्रीमती रुपा गुरुङबाट आर्थिक प्रतिवेदन प्रस्तुत साथै निवर्तमान अध्यक्ष र कार्यसमितिले नव निर्वाचित अध्यक्ष र कार्यसमितिलाई सस्थाको जिम्मेवार हस्तान्तरण गरिएको थियो। उक्त बैठकमा सस्थापक ( निवर्तमान ) अध्यक्ष सारदा गुरुङ्ले सस्था कसरी र किन स्थापना भयो भन्ने बारेमा प्रष्ट पारेका थिए। बिगतमा कतिपय ब्यक्तिहरुले सस्था स्थापना गर्नुपर्छ भने पनि आधिकारिक रुपमा संरचना भएको थिएन। कोभिड १९ को महामारीमा आफ्नो जिल्लामा केही सहयोग गर्नु पाए हुने भनी सोंच र कुरा राख्दै जाने क्रममा संरक्षक मेजर कुमार गुरुङ संरक्षक दिपक ( डेभिड ) गुरुङ लगायतका अन्य शुभचिन्तक ब्यक्तिहरु संग जुम बैठक बसे पछि १ लाख पुर्याउने लक्ष्य राखेकोमा ६ लाख सम्म उठाउनु सफल भयो। यो उत्साह जनक कामले स्याङ्जा जिल्ला समाजको स्थापना हुनपुग्यो र आफै सस्थाको अध्यक्ष गर्न पनि स्वीकृती भएका थिए। स्याङ्जा जिल्ला बासीलाई अक्सिजन र सिलिन्डर पुर्याउने क्रममा मेजर रि कुमार गुरुङ्ले ब्यबस्थापन गरेका थिए। सन् २०२० मा मात्र स्थापना भएको कान्छो सस्था छोटो समयमै धेरै काम गरि सकेको छ र सबैको सहयोग प्रति धन्यबाद र आभार प्रकट गरेका थिए।काम गर्दै जांदा उतारचढाव हुन्छ तर सस्थाको हितको लागि अहोरात्र खटिंदा पनि केही तितो अनुभव सुनाउदै भावुक बनेका थिए। गत ३ डिसेम्बरमा निर्वाचित अध्यक्ष भरत गुरुङले आफ्नो कार्यकालमा बिगतमा सम्पन्न हुन बाकी भएका कामहरु पूरा गर्दै सस्थालाइ एकजुट भइ यो कार्यसमितिले अझ बढी मजबुद,ससक्त, सबल र दिगो बनाउने प्रण गरेका छन। उक्त बैठकले स्याङ्जाबाट युके आएर बिभिन्न ठाँउमा रहनु भएका सबैलाई यो संस्थामा आबद्द हुन आग्रह गरेको छ । 

बेलायतमा मृत भेटिएका सन्दीपको परिवारसँग सम्पर्क

शीतलपाटीन्युज डटकम। लण्डन। लन्डनमा मृत भेटिएका २५ वर्षीय सन्दीप तामाङको नेपालमा उनको वुवा बेन कुमार तामाङ र बेलायतमा उनी बस्ने घरका  बेटी सिंहजी सँग सम्पर्क भएको कुरा एनआरएन प्रवक्ता लक्ष्मी तमाड्गले जानकारी दिनु भयको छ। पारिवारिक स्रोतका अनुसार तामाङ केही समयअघि ‘स्किल्ड’ भिसामा बेलायत आएका थिए। तामाङको शव बुझ्ने र नेपाल लैजाने वा बेलायतमै अन्त्येष्टि गर्ने जस्ता विषयमा नेपाली दूतावास लण्डनको दायित्व भएको हुदा अहिले यो जिम्मेवारी  दुतावासले लिएको छ। नेपाली दूतावास लण्डनले यो काम गरेन भने एनआरएनए युकेले गर्छ भनेर हामीले उनको बुवा बेन कुमार तामाङलाई बचन दिएका छौं। तपाईंहरुको चासो र सहयोगप्रति आभार ब्यक्त गर्दछौ भनिएको छ।  

बेलायतबाट प्रसारण भएको गोरखा च्यानल पुन शुरु - बिमला सेने

शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतबाट प्रसारण भएको गोरखा च्यानल पुन: शुरु भएको छ।गोरखा च्यानल प्रालिका तर्फबाट युट्यूबको गोरखा च्यानल पेजबाट सो च्यानलको प्रसारण शुरु गरिएको प्रबन्ध निर्देशक विमला सेनेले जानकारी दिनुभयो। सो च्यानलबाट अहिले पाक्षिक रुपमा 'स्पेशल टक' र 'माई भ्वाइस' (मेरो आवाज) गरी दुई वटा पाक्षिक कार्यक्रम प्रसारण गरिने छ।'स्पेशल टक'को पहिलो अंकमा सोलिसिटर उत्तरमान तिगेलासित बेलायतको नयाँ आप्रवासन नीति र त्यसले नेपालीहरुलाई पार्ने प्रभावका बारेमा वार्ता गरिएको थियो। महिला अतिथिसित कुराकानी गरिने 'माई भ्वाइस'को पहिलो अंक छिट्टै प्रसारण गरिने बताएको छ।यता गोरखा च्यानल डट कम नामक वेभसाइट पनि शुरु गरिएको छ।  पहिलेको वेभसाइटलाई परिमार्जन गरी समाचारमूलक वेभसाइट बनाउने कोसिस गरिएको पनि सेनेले जानकारी दिइन्। गोरखा च्यानल बेलायतबाट केही वर्षअघिसम्म विभिन्न कार्यक्रमका साथ सञ्चालनमा थियो तर केही समययता भने प्रसारण अवरुद्ध भएको थियो।

पंण्डित शिव चन्द्र निरौला MBE द्वारा बिभुषित

शीतलपाटीन्युज डटकम। लण्डन। मेरा परंम मित्र,व्रिगेड अफ गोर्खाजका चर्चित,प्रशिद्ध,विद्वान्,प्रखर स्पष्टवक्ता,आफ्नो जीवनकालमा ४२ वर्ष व्रिगेडका विभिन्न रेजिमेंटहरूमा काम गरी वर्तमानमा QOGLR का पण्डितजी शिवचन्द्र निरौला वेलायतको सम्मानित विभूषण MBE (Member of the British Empire) द्वारा सम्मानित हुनु भयको छ।  वेलायतका महाराजाकी वहिनी राज कुमारी Anne, Princess Royal को वाहुलीवाट प्राप्त गर्नु भएकोमा पंण्डित प्रेम प्रसाद गैरेले हार्दिक हार्दिक वधाई दिन चाहन्छु भन्नु भयको छ। पंण्डित शिव चन्द्र निरौलासंग ४२ वर्ष देखि व्रिगेड अफ गोर्खाजमा संगै काम गर्दै आएको छु र वहाँलाई नजिकवाट नियाल्ने चिन्ने र वुझ्ने मौका पाएको छु।उहाँ अत्यन्तै मृदुभाषी, तार्किक,ज्ञान विज्ञानको क्षेत्रमा पहुँच राख्ने,सैद्धांतिक ज्ञानको माध्यमवाट छलफलमा भाग लिन सक्ने अद्भुत क्षमताको धनी हुनुन्छ। विर्गेड अफ गोर्खामा उहाँ मात्र होईन वहाँको ५ पुस्ताले निरन्तर सेवा दिएको छ। उहाँ ५औं पुस्ताको हुनुहुन्छ।विर्गेड अफ गोर्खाको अपेक्षित सैन्य मनोवललाई समय सापेक्ष शिक्षा प्रदान गर्ने क्षमतामा उहाँ निपुण हुनुहुन्छ भन्ने हामी सवैले  व्रिगेडले वुझेका छौं।यसको अतिरिक्त भूपू सैनिक र नेपाली समाजमा पनि उहाँको सरसल्लाह सुझावको सवैले सम्मान गरेको हामीले पाएका छौं।यदि कमाण्डरहरूले आफ्नो अर्गनाईजेशनमा काम गरेका ब्यक्तिहरूको कामको मूल्यांकन गर्न सकेमा जानेमा काम गर्ने ब्यक्तिको हक़ र हीत सुरक्षित हुन्छ भन्ने कुरा QOGLR का कमाण्डर भै सिद्ध पनि गर्नु भएको छ। मेरा मित्र पं शिव चन्द्र निरौलाज्यूले ,MBE प्राप्त गर्नु भएकोमा वहिनी छोरा छोरी संपूर्ण परिवारमा वधाई ज्ञापन गर्दछु पं प्रेम प्रसाद गैरैले जनाउनु भयको छ।

शिव मन्दिर अल्डरसट युकेमा स्वस्थानीकथा बाचन हुने,कथा श्रवणका लागि आब्हान

शीतलपाटीन्युज डटकम। लण्डन। शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर अलडरसटले स्वस्थानीकथा बाचन गरेर भरपुर मनोरन्जन दिने कुरा जनाएको छ। शिव मन्दिर अल्डरसटका अध्यक्ष बिक्रम भट्टराईले शीतलपाटीन्युजका सम्पादक एवम शिव मन्दिरका निवर्तमान अध्यक्ष बाचस्पति रेग्मीसंग कुरा गर्दै २५ जनवरी पौष शुक्ल पुर्णिमा देखी माघ शुक्ल पुर्णिमासम्म एक महिना कथाबाचन,शिवको पुजा आराधना गर्ने बताउनु भयको छ। श्री स्वस्थानी व्रत नेपाली महिलाहरूले गर्ने कठीन व्रतको पर्व हो।भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्री स्वस्थानी व्रतकथा गरिने हुदा बेलायतमा बसोबास गरेका नेपाली महिला दिदीबहिनीहरुलाई यो कथा र पुजाको ब्यवस्था गरिएको पनि अध्यक्ष भट्टराईले बताउनु भयो। २५ जनवरी २०२४ पौष शुक्ल पुर्णिमाको बेलुका १७:०० देखी १८:०० बजेसम्म दैनिक हुने कथा बाचन माघ शुक्ल पुर्णिमा एक महिनासम्म कथा बाचन हुनेछ। यसै स्वस्थानी ब्रतकथाको समयमा एक महिनासम्म काठमाण्डौ उपत्यकाको उत्तर पूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्दछ।‘माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ,यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गर्छन्। स्वस्थानी ब्रत भनेको के हो? श्री स्वस्थानी व्रत नेपाली महिलाहरूले गर्ने कठीन व्रतको पर्व हो। यो पर्व पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म एक महिना चल्दछ। यो व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ। सत्य युगमा भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्री स्वस्थानी व्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ। विशेष गरी महिलाहरू मात्र व्रतालु हुने यो व्रत बस्नाले ब्रतकथामा बर्णन गरिए जस्तै सुख,शान्ति,समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ। व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरूमा पनि चर्चा भएका कारण परम्परागत रूपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको भनाइ छ।

लण्डनमा “ए स्टार” बन्यो टप टेन बिजेता,किशोर राना “टप प्रोटेक्सन एडभाइजर”अवार्डले सम्मानित

शीतलपाटीन्युज डटकम। लन्डन । ए स्टार फाइनान्सियल सोल्युसन्सका किशोर रानाले टप प्रोटेक्सन एडभाइजरको अवार्ड पाप्त गरेको समाचार छ। बेलायतको एक प्रतिष्ठित फाइनान्सियल संस्था न्यू लिफ डिस्ट्रिब्यूसनले आफू मातहतका करिब ३०० मोर्गेज तथा प्रोटेक्सन एडभाइजरहरु मध्येबाट रानालाई सन् २०२३ का लागि सो अवार्डले सम्मान गरेको हो । विहीबार आयोजित एक समारोहमा रानाले सो अवार्ड ग्रहण गरेका छन्। सुवेदार मेजर तिलकसिंह राना र कृष्णकुमारी रानाका तीन भाइ छोरा मध्ये जेठा छोरा राना आलमदेवी स्याङ्जामा जन्मिएका हुन्। नेपालबाट बीबीएस गरेका उनले बेलायतको कार्डिफ युनिभर्सिटीबाट एक्ज्यूकेटिभ म्यानेजमेन्टमा पोष्ट ग्राजुयट गरेका छन्। अवार्ड पाएपछि रानाले अझै जिम्मेवारी थपिएको र आगामी वर्षहरूमा अझ राम्रो गर्दै जाने उत्साह मिलेको प्रतिक्रिया दिएका छन। यसैगरी, राना कार्यरत ए स्टार फाइनान्सियल सोल्यूसन्सले ‘टप टेन’ स्थान हासिल गर्न सफल भएको छ । विगत छ वर्षदेखि ए स्टारले न्यू लिफ डिस्ट्रिब्यूसनमा आवद्ध व्यापारिक प्रतिष्ठानहरुमध्ये टप टेनको स्थान कायम गर्दै आएको छ। बेलायतको पहिलो नेपाली इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर (आइएफए) मीन दर्लामी प्रिन्सिपल रहेको ए स्टार फाइनान्सियल सर्भिसेजले लण्डनको हेज हार्लिङटनमा रहेको आफ्नै स्वामीत्वको प्रधान कार्यालयका साथै आसफोर्ड केन्टबाट सेवा प्रदान गर्दै आएको छ। सन् २०१२ मा व्यवसाय शुरु गरेको ए स्टार फाइनान्सियल सोलुसन्स यूकेले पेन्सन,लगानी,मोर्गेज (रेसिडेन्सियल र कमर्सियल दुबै),इन्सुरेन्स,बिजनेश प्रोटेक्सन,वील एण्ड स्टेट प्लानिङ, इन्कम प्रोटेक्सन एण्ड फेमिली इन्कम बेनिफिट्स आदि क्षेत्रमा सेवा दिइरहेको छ।

जाजरकोट र रुकुम क्षेत्रमा गयको भुकम्प पिडीतलाई लण्डनबाट आर्थिक सहयोग

शीतलपाटीन्युज डटकम। काठमाण्डौ।साउथ रिजनल तमुधि लण्डन र दुलेगौडा तनहु सोलार फार्मको तर्फबाट जाजरकोट र रुकुममा गएको भुकम्पमा परि क्षतिमा परेका रुकुम जिल्ला आठबिसकोट नगरपालिकाका जनतालाई आर्थिक सहयोग र  २०० थान ट्यइलेट सम्बन्धी लामानहरु सहयोग गरेको समाचार प्राप्त भयको छ। ५ माघ २०८० मा काठमाण्डौ दुले गौडा तनहु सोलार फार्मको अफिस लैनचौरमा त्रिबेणी गाउपालिका रुकुम पश्चिमका कार्यपालिका सदस्य जनक कुमार बिश्वकर्मा र नेपाली माओबादी केन्द्र कर्णाली प्रदेस कमिटी सदस्य श्री कुमार कडायतलाई समाजसेबी दिल प्रसाद पोखरेल तथा साउथ रिजनल तमुधी लण्डनका बर्तमान प्रमुख सल्लाहाकार तथा सोलार फार्म प्रालिका अध्यक्ष मोहन गुरुड्गले सोलार फार्मबाट एक लाख (१००००.००) र साउथ ईष्ट तमुधि लण्डनकातर्फबाट एकलाख सताउन्न हजार उनासी रुपैया चौबिस पैसा (१५७०७९.२४) तथा २०० प्रति ट्याईलेट सम्बन्धीत २०० थान प्यानहरु प्रतिनिधीलाई हस्तान्तरण गर्यो। सो सहायता हस्तान्तरणका समयमा सोलार फर्मका तर्फबाट सोलारका संचालक बिध्धा बारीदी सिग्देल,संचालक शब्द ज्ञवाली र प्रशासन अधिकृत भरत न्यौपानेको पनि उपस्थिती थियो।

असल प्रहरी नेतृत्वमा रहेर काम गर्न पाउँदा उत्साह बढेको चितवनका प्रहरी कर्मचारी सुनाउदै

सुरेश कोइराला, चितवन। भनिन्छ कर्म गर फलको आस नगर। फलको आश गरेर गरेका कर्महरु सफल नहुन सक्छन्,फल नमिल्दा आफैमा निरासा उत्पन्न हुनसक्छ र निरासाले गलत काम गराउन सक्छ। महाभारतमा श्रीकृष्णले अर्जुनलाई आफ्नो कतव्र्य सम्झाउनु भएको थियो।आफ्नो कर्तव्य पालना गर्दा महाभारत युद्धमा पाण्डवको जीत भएको छ। आफ्नो कर्तव्य अनुसारको काम गर्दै गएपछि अवश्य सफल हुन्छ भन्ने अर्का उदाहरण हुनुहुन्छ जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुख प्रहरी उपरिक्षक रामेश्वर कार्की।  रामेश्वर कार्कीले चितवन प्रहरीको कमाण्ड सम्हालेदेखि धेरै परिवर्तनहरु देख्न पाइएको छ। सबै भन्दा पहिला आफू बस्ने कार्यालयको व्यवस्थापनमा उल्लेखनीय काम गर्नुभएको छ। प्रहरी कार्यालय परिसरभित्र दुर्गा मन्दिरको व्यवस्थापन एक महत्वपूर्ण कार्य हो। जिर्ण अवस्थामा रहेको जिप्रकाको पर्खाल भत्काएर निर्माण गरिएको छ।  आफूले काम गरिहेको कार्यालयलाई मन्दिर र कामलाई पूजा ठान्नेहरुले नै परिवर्तनको विगुल फुक्ने गरेको पाइन्छ। यस्तै व्यक्तिहरु प्राय सफल पनि भएको पाइन्छ। बालबालिका र महिलालाई विषेश प्राथमिकतामा राखेर प्रहरी उपरिक्षक कार्कीले जिप्रका चितवनको कार्यालय परिसरमा स्तनपान कक्ष र बालमैत्री कक्ष निर्माणको काम सकाउनु भएको छ। जसका कारण स्तनपान गराउन गएका महिलाहरु सहजरुपमा आफ्नो नानीबाबुलाई स्तनपान गराउन पाउँछन् भने बालबालिकाहरु रमाइरहेको पाइन्छ। कार्यालयभित्र गरिएका सुधाका अन्य कामहरुमा मेलमिलाप पार्कमा मोज्या टायल लगाइएको, बढी आवतजावत हुने स्थान पीच गरिएको, रेलिङ लगाएर कार्यालय परिसरलाई व्यवस्थित गर्ने काम अपराध अनुसन्धानका लागि अलगै भवन निर्माण आदी थुप्रै राम्रा कामको सूचीमा पर्छन्। हुन त एक जनाले गरेको कामबाट धेरै परिवर्तन नहोला तर सुरुवात एक जनाले गरेर मलेसिया, सिंगापुर लगायतका मुलुकहरु बनेका उदाहरण छन्। कार्यालय परिसर भित्र नै वर्षामा पानी जम्ने समस्या थियो त्यसको लागि ढल बनाइनु,अनुसन्धानको क्रममा नियन्त्रणमा लिएका सवारी साधन राख्नको लागि तारजालीको म्पाउन्ड लगाउनु, प्रवेशद्वारमा गेट निर्माण गर्नु र स्मार्ट कन्ट्र«ोलरुम र सिसीटिभीको लागि भवन निर्माण गर्नु पनि प्रहरी उपरिक्षक कार्कीले गर्नु भएका उदाहरणीय काम हुन्।  जिल्लाको नेतृत्व सम्हालेर गएको १ वर्षमा कार्यालय बाहिर पनि थुप्रै राम्रा काम भएका छन्। जसमा बहुमूल्य गरगहनासहित ३ जनालाई नियन्त्रण गर्नु, १५ ग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थसहित २ जनालाई नियन्त्रणमा लिनु, कर्तव्य गरी हत्या गर्ने

नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल

शीतलपाटीन्युज डटकम। काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाललाई तोकिएको छ। नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि प्रहरी नायब महानिरीक्षक ढकाललाई आज केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ । प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भिम प्रसाद ढकाललाई ९८५१२९२१११ र इमेल ठेगानामा [email protected]  सम्पर्क गर्न सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।  (रासस)  

यसपाली को world Cup कसले जित्ला?