Thursday March 20, 2025

प्रवास

ग्रेटर रसमोर नेपाली कम्युनिटीले नेपाली कक्षा संचालन गर्दै

शीतलपाटीन्युज डटकम। अल्डरसट,युके। परदेश रहे पनि आफ्ना भाषा, कला, संस्कृति र परम्पराको जगेर्ना गर्न नेपालीहरु पछि परेका छैनन भन्ने कुरा समाचारहरुमा पढ्न, देख्न पाइएको कुरा छर्लड्गै छ। यसै प्रसंड्गसंगै बेलायतमा नेपालीहरुको राजधानी मानिने रसमोर बरो काउन्सीलको अल्डरसट भन्ने ठाउमा नेपाली भाषा कक्षा संचालनमा आउदै रहेको समाचार शीतलपाटीन्युज डटकमलाई प्राप्त भयको छ। ग्रेटर रसमोर नेपाली कम्युनिटी युके च्यारीटी रजिस्ट्रेसन ११०६६३२ ले नेपाली भाषा कक्षा संचालन गर्न लागेको कुरा नेपाली कम्युनिटीका अध्यक्ष मान गुरुड्गले जानकारी दिनु भयको छ।सो नेपाली कक्षा Suit 4, Greyholme,Victorira Road,Aldershot, GU11 1SJ मा हरेक आईतबार १० बजे देखी ३ महिना सम्म हुने कार्यक्रम छ।  नेपाली भाषा पढाउने दुईजना शिक्षकको ब्यबस्था गरिएको सो नेपाली कक्षामा एउटा कक्षाको ८ पौण्ड फि राखीएको कार्यक्रममा महिनाको ३२ पाउण्ड फि लिईने र अध्ययनका लागी बिध्दाथीहरु भर्ना भै रहेको जानकारी पनि अध्यक्ष गुरुड्गले दिनु भयको छ। सो नेपाली भाषा कक्षामा भर्ना हुन र आवस्यक कुरा बुझ्न ग्रेटर रसमोर नेपाली कम्युनिटीका उपाध्यक्ष डा बिशाल गुरुड्ग 07512612279, उपाध्यक्ष जीत मन्याड्गबो 07786372784,सह कोषाध्यक्ष सुमन पुन 07852566720,सहायक मिडीया सेक्रेटरी गोमा राना 07877255869 सम्पर्क गर्न सक्नु हुनेछ।

बीसीसी युकेले तमू ल्होछार मनायो

पुर्ण गुरुड्ग, लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले विविध धार्मिक पूजापाठका साथ तमू (गुरुङ) हरुको महान पर्व ल्होछार मनाएको छ। गत आइतबार ३१ डिसेम्बर अर्थात् पौष १५ गतेका दिन  नेपालीहरुको बाक्लो बसोबास रहेको इंल्याण्डको अल्डरसटस्थित बीसीसी गुम्बामा दिप प्रज्ज्वलन, घ्यासी आयु र छोग पूजा गरी मनाइएको हो।  विश्वभर रहेका गुरुङहरुले प्रत्येक पौष १५ हुने ल्हो अर्थात् बर्ग परिवर्तनलाई बिशेष महत्वका साथ लिने गर्दछ। सोही अनुरुप यसबर्ष बिरालो बर्गलाई बिदाई गर्दै गिद्ध बर्गलाई स्वागत गर्ने क्रममा उक्त पूजाको आयोजना गरिएको हो।  नेपालबाट आमान्त्रित धर्मगुरु खेन्पो  मंगल ध्वज (किरण) तुलाचनको बिशेष उपस्थितिमा सम्पन्न सो पूजामा बीसीसी युकेका खेन्पो कर्म छुल्त्रिम,लामा हर्कजंग घले,लामा प्रदीप गुरुङ,लामा पुरन गुरुङ,सानु लामालगायत धर्मशालाबाट आएका ६ जना धर्मगुरुहरुले संयुक्त रुपमा संसारभर रहेका मानवजातीको सुख, शान्ति, दिर्घायू र समृद्धिको कामना गर्दै बौद्ध परम्परानुसार घ्यासी पूजा (ग्रह शान्ति), आयु, घनचक्र (छोग) पूजा गरेका थिए। सो अवसरमा दीप प्रज्ज्वलन,लुंदा रब्ने,रीप लगाउने, आयुको वाङ्ग दिइएको थियो।   बेलायतमा रहेका तमूहरुको बाक्लो उपस्थिति रहेको पूजामा तमुधीं युकेका अध्यक्ष हरि गुरुङलगायत कार्यसमिति तथा आमाहरुले बीसीसी युकेको गुम्बा परिसर भित्र नयाँ लुंदा फेरेका थिए।  बिहान १० बजेबाट औपचारिक रुपमा शुरुवात भएको पूजामा खेन्पो किरण तुलाचनले ल्होछारबारे जानकारी गराउँदै दीर्घायू र शसक्तिकरणबारे धार्मिक प्रवचन दिएका थिए। सो अवसरमा बीसीसी युकेका अध्यक्ष हर्क गुरुङलगायत कार्यसमितिले खेन्पो तुलाचनप्रति मण्डला अर्पण गरेका थिए। त्यस्तै,आमा प्रमुख उर्मिला गुरुङलगायत आमाहरुले धन्यवाद ज्ञापनसहित खेन्पो तुलचानप्रति मण्डला अर्पण गरे।  कार्यक्रममा बीसीसी युकेका अध्यक्ष हर्क गुरुङले बीसीसी युकेको बारेमा छोटो जानकारी गराउँदै विगत केही बर्ष देखि ल्होछार मनाउँदै आएको जानकारी गराउदै तमू ल्होछारको हार्दिक मंगलमय शुभकामनासहित सबै अतिथिहरुको हार्दिक स्वागत गरे। त्यस्तै, बीसीसी लण्डन ब्रान्चका सचिव पञ्च तामाङ्गले शुभकामना मन्तब्य व्यक्त गरेका थिए। साथै, तमुधीं यूकेका अध्यक्ष हरि गुरुङले मुप्री ल्होछारको पावन अवसरमा सबैको सुख, शान्ति, दीर्घायू, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना सहित शुभकामना दिए।  बिशेषगरी नयाँ पुस्ताको बाक्लो उपस्थिति रहेको सो पूजामा बीसीसी युकेका उपाध्यक्ष रोबिन गुरुङले अतिथि खेन्पो किरण तुलाचनको बारेमा छोटो परिचय दिएका थिए।  बौद्ध धर्ममा अत्यन्त महत्वपूर्ण मानिने

सहारा युके ८औ कार्यसमितीको पहिलो बैठक सम्पन्न

शीतलपाटीन्युज डटकम। लन्डन।बेलायतमा रहेर फुटवल खेल,शिक्षा,स्वास्थ्य र च्यारीटी सहयोगमा अग्रणी भुमिका खेलेको सहारा युकेको नयाँ कार्यसमितिको पहिलो बैठक धौलागिरी रेस्टुरेन्ट,रेडिङमा सम्पन्न भएको छ । कृष्ण गुरुङको अध्यक्षतामा सन् २०२३–२०२५ का लागि निर्वाचित   नयाँ कार्यसमिति सर्वसम्मत्त निर्वाचित भएको थियो।यो निर्वाचित कार्यसमिति सहारा युकेको आठौं कार्यसमिति हो।  नवनिर्वाचित अध्यक्ष कृष्ण गुरुङको अध्यक्षतामा भएको आठौ कार्यसमितीको बैठकको सञ्चालन महासचिव क्या.पिताम्बर गुरुङले गर्नु भयको थियो। पुरानो ७ औ  कार्यसमितिलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै नयाँ कार्यसमितिको स्वागत गरियको थियो।  कार्यक्रममा कोषाध्यक्ष कुमार थापाले संस्थाको आयव्यय प्रस्तुत गरेको सो बैठकमा अक्षयकोषको बारेमा सहकोषाध्यक्ष जगन गुरुङले प्रकाश पारेका थिए।  सो बैठकमा कार्यसमितीमा नयाँ सदस्य एवं सल्लाहकार चुन्ने विषयमा पनि छलफल भयको थियो।सहारा क्लब युकेले २३ औं आहा रारा पोखरा गोल्डकप सन्दर्भमा छलफल गरेको र खेल संचालन र सहयोग गर्न पोखरा जाने तयारी समेत गरेको समाचार छ। सहारा क्लब पोखरा आयोजनामा आगामी माघ ९ देखि २० सम्म पोखरा रंगशालामा आहा रारा गोल्डकप फुटबल प्रतियोगिता हुँदैछ। आहा रारासहित १८ औं सफल अन्तराष्ट्रिय पोखरा म्याराथन र बगर भाइखलकलाई के-कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे पनि आठौ कार्यसमितीको बैठकमा छलफल भएको थियो।  तीन साताअघि सम्पन्न १५ औं साधारणसभा तथा सातौं अधिवेशनबाट उपाध्यक्षमा शारदा गुरुङ,महासचिवमा क्या पिताम्बर गुरुङ,सचिव मञ्जु गुरुङ राई, कोषाध्यक्ष कुमार थापा,सहकोषाध्यक्षमा जगन (ज्याक) गुरुङ, सीईओमा मेग गुरुङ,खेलकुद सचिवमा शमशेर गुरुङ,युवा खेलकुद संयोजकमा सन्दीप उपाध्याय कार्यसमितीमा चयन भएका थिए।   कार्यसमिति सदस्यहरुमा मनोज गुरुङ,मिलन तमु,सुधा गुरुङ,दल गुरुङ,देव गुरुङ,गम गुरुङ,दिपक (राजु) गुरुङ,सविन्द्रकुमार गुरुङ (एसके),अमृत गुरुङ र अजयजंग थापा चयन भएका छन्।   सो बैठकले क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज युकेकी चेलीबेटी प्रमुख चन्द्रदेवी गुरुङको निधनमा समबेदना प्रकट गरेको थियो। श्रोत-गोर्खा मिडीया।  

सुरेस राज पाठकको स्वर,कथा र डाइरेक्सनमा निर्मित म्यूजिक भिडियो “आउदैछु म” सार्वजनिक

शीतलपाटीन्युज डटकम। लन्डन। नेपाल चलचित्र कलाकार संघ बेलायत शाखाका उपाध्यक्ष एवम गायक सुरेस राज पाठकको स्वर,कथा र डाइरेक्सनमा निर्मित म्यूजिक भिडियो “आउदैछु म” सार्वजनिक भएको छ। म्यूजिक अडियो/ भिडियो सुरेस राज पाठकको प्रोडक्सनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। बेलायतको लण्डन शहर भित्र र समुन्द्र वरपर छायांकन गरिएको रोमाञ्चक  म्यूजिक भिडियोमा सुरेस राज पाठकले निर्देशन गरेका छन। म्यूजिक भिडियो- सुरेस राज पाठकको स्वर र बिपीन आचार्यको संगीत रहेको यस गीतमा दीपक राज पाठकको शब्द सृजना छ।प्रविन भट्टले सम्पादन गरेको, सुमन श्रेष्ठले छायाड्कन गरेको गीतको म्यूजिक भिडियोमा प्रसान्त खड्का,करिस्मा ढकाल र रमीला न्यौपानेले अभिनय गरी म्युजिक भिडीयो तयार पारीएको छ।    

बेलायतको बर्मिङ्घममा मनाईयो नेपाली टोपी तथा राष्ट्रिय पोशाक दिवस 

शीतलपाटीन्युज डटकम। लन्डन। अंग्रेजी नयाँ वर्षका दिन बेलायतको बर्मिङहमवासी नेपालीले नेपाली राष्ट्रिय पोशाक दिवस मनाएका छन्। शान्ति नेपाली समाज बेलायतको आयोजनामा वेष्ट ब्रमिचस्थित रोयल क्यासलमा सोमबार एक कार्यक्रमसहित नेपाली टोपी तथा राष्ट्रिय पोशाक दिवस मनाइएको हो। समाजका अध्यक्ष प्रविण खरालले ’हाम्रो टोपी हाम्रो शान,  नेपाली पोशाक हाम्रो पहिचान’ भन्ने नारासहित दिवस मनाइएको जानकारी दिए। केही वर्षअघिदेखि अंग्रेजी नयाँ वर्षलाई टोपी दिवसका रुपमा मनाउँदै आएको समाजले गत वर्षदेखि राष्ट्रिय पोशाक दिवसकै रुपमा मनाउन थालेको हो। अध्यक्ष खरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष अतिथिका रुपमा सहभागी चर्चित गायक प्रकाश सपूतले विदेशमा नेपाली राष्ट्रिय पोशाकप्रतिको ठूलो लगाव देख्दा खुशी लागेको बताए । सो अवसरमा समाजका पूर्व अध्यक्षहरु कोश्लेश्वर ढकाल  र लीला थापा,गल्कोट जिल्ला समाज यूकेका अध्यक्ष चन्द्र साहानी, समाजसेवी राजेशमणि लामिछानेलगायतले शुभकामना मन्तव्य राख्दै राष्ट्रिय पोशाकको महत्वबारे बोलेका थिए। सचिव विनोद थापाले कार्यक्रम सञ्चालन गरेका थिए भने अध्यक्ष खरालले राष्ट्रिय पोशाक दिवसको शुभकामना दिंदै सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रमका लगभग सबै सहभागीहरु ढाका टोपी, दौरा सुरुवालसहित राष्ट्रिय पोशाकमा सजिएका थिए। श्रोत- नेपालीलिॅक।

वीनेपाली डटकमको सहसम्पादकमा प्रमिला लाबुङ राई नियुक्त

शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतबाट प्रकाशन हुँदै आइरहेको नेपाली भाषाको अनलाइन वीनेपाली डटकमको सहसम्पादकमा प्रमिला लाबुङ राई नियुक्त हुनुभएको छ । वीनेपाली डटकम व्यवस्थापनले जनवरी १ तारिखदेखि लागू हुने गरी सो निर्णय गरेको हो। त्रिभुवन विश्वविद्यालयबाट स्नातक र बेलायतबाट डेन्टल नर्सिङमा न्याशनल डिप्लोमासम्म अध्ययन गर्नुभएकी राईसित बेलायतको नेपाली समुदायको कम्युनिटी रेडियो ‘रेडियो बीजीडब्ल्यूएस’मा कार्यक्रम प्रस्तोता,समाचार संकलन,सम्पादन र व्यवस्थापनको लामो अनुभव छ। उहाँले सन् २०१२ देखि २०१९ सम्म सो रेडियोमा ‘व्यक्ति व्यक्तित्व’ र ‘दैनिक समाचार मन्च’ कार्यक्रम सन्चालन गर्नु भएको थियो। यसका साथै सयौँ व्यक्तित्वहरुसित अन्तर्वार्ता र कैयौँ इभेन्टबाट लाइभ रिपोर्टिङ समेत गर्नुभएको छ। इलाम सुर्योदय नगरपालिका, शान्ति बजार समालबुङमा जन्मनुभएको राई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको पूर्व अध्यक्ष साथै नेपाल पत्रकार महासंघ युके शाखाको उपाध्यक्ष पनि हुनुहुन्छ। यसका साथै अरु थुप्रै सामाजिक संस्थाहरूमा पनि उहाँ आवद्ध हुनुहुन्छ।

अमेरीकाको बाल्टीमोरका समाजसेवी नेपाली जनक पौडेल

सुरेश कोईराला, अमेरीका। जनक पौडेल अमेरिकास्थित बाल्टिमोर नेपाली समाजको उदयमान नक्षत्रको रुपमा चिनिनुहुन्छ । नेपालको चितवनमा जिन्मिनु र हुर्किनु भएका उहाँ सन् २००५ मा डिभि परेर अमेरिका पुग्नु भएको हो। उहाँ अमेरिका बाल्मिोरका एक युवा, उदयमान सफल व्यवसायी र मेरिल्याण्डका युवाहरुको ढुकढुकी एवं सहयोगको प्रयायबाची शब्द जस्तै हुनुहुन्छ जनक पौडेल। बाल्टिमोर सिटि कजेल स्टेयर युनिभर्सिटिमा उहाँले अध्ययन गर्नु भएको छ। अमेरिका पुगेपछि २००७ सालमा बानाको साधारण सदस्यबाट समाजसेवाको यात्रा सुरु गर्नुभएका उहाँ पछि २०१७ मा बानाको उपाध्यक्ष हुनु भयो। २०१९ देखि बानाको सल्लाहकार हुनुहन्छ। बानालाई झोलाबाट घरसम्म पुर्याउने बलियो खम्बा हुनुहुन्छ जनक पौडेल। जसरी एक घर बन्नका लागि ४ खम्बाको बराबर भूमिका हुन्छ,त्यसै गरी बानाको बिकासका लागि पौडेलले पनि एउटा महत्वपूर्ण खम्बाको रुपमा काम गर्नु भएको छ। भवन खरिद गर्दा होस् अथवा कोभिडको बेलामा होस् नेपालीहरुको लागि रातदिन नभनिकन समाजसेवामा खटिनुभएको व्यक्तित्व हो जनक पौडेल। अमेरिकामा बस्ने नेपालीले घर किन्नु परेमा निःशुल्क परामर्श, इन्सुरेस र अमेरिकाकाको कानून अनुसारको सहयोग गरिरहनु भएको हुन्छ उहाँले हालसम्म निःशुल्कसहयोग गर्दै आउनु भएको हो। उहाँसँग सहयोग लिएका नेपालीहरु खुसी हुनुहुन्छ। त्यतिमात्र होइन कोरोनाबाट बच्नका लागि आवश्यक पर्ने मास्क, कोरोनाको बेला औषधि लगायत आवश्यक सहयोग गर्नुभएको छ। नेपालमा सहयोगको नाममा पैसा उठाएको पाइन्छ, तर उहाँले जति पनि सहयोग गर्नु हुन्छ सबै आफ्नै पैसाबाट गर्नु हुन्छ। सहयोगको लागि आर्थिक उठाउने काम गर्नु हुन्न।  एनआरएनए मेरिल्याण्ड च्याप्टरको २०१९ देखि ०२१ र ०२१ देखि ०२३ कोडिनेटर रहनु भएका उहाँ बानमा २०१७ देखि १९ सम्म भाइस प्रेसिडेन्ट हुनुहुन्थ्यो। २०१९ देखि २०२१ सम्म सल्लाहकार भएर काम गर्नु भएको छ। उहाँले नेपालीमाझ आफूलाई शसक्त सहयोगीको रुपमा मात्र चिनाउनु भएको छ। यतिमात्र उहाँको परिचय होइन्। एनआरएनएको भेला, निर्वाचन र संगठन विस्तारमा उहाँको सहयोगको अपेक्षा धेरैले गेरको पाइन्छ।  सहयोग समेत गर्नु भएका उहाँ नेपालबाट अमेरिका पुगेर बेरोजगार भएका युवाहरुका लागि भगावन झै सहयोग गर्नु हुन्छ। काम खोज्ने मात्र होइन्,आफ्नै गाडिमा ल्याउने र लिने काम पनि गर्नु हुन्छ। भूकम्पको बेला बान मार्फत राम्रो आर्थिक सहयोग गर्नु भएको छ। नेपालका लागि नेपाली

जाजरकोट र रुकुम भुकम्प पिडीतलाई बुध्द फाउण्डेसन युकेको तीन लाख सहयोग

शीतलपाटीन्युज डटकम। लन्डन। बुद्ध फाउन्डेसन यूकेले रुकुम र जाजरकोटमा आयको भुकम्पबाट छतीमा परेका भूकम्पपीडितका लागि झन्डै तीन लाख आर्थिक सहयोग जुटाएको समाचार छ। फाउन्डेसनद्वारा बेलायतमा संकलित १७७५.९९ पाउण्ड रकम हेल्प नेपाल नेटवर्कको माध्यमबाट भूकम्प प्रभावितहरुलाई वितरण गरिने भएको छ। शनिबार लन्डन प्लमस्टिडस्थित गोर्खा क्लबमा एक कार्यक्रमको आयोजना गरी फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठले हेल्प नेपाल नेटवर्क यूके अध्यक्ष सचिन श्रेष्ठलाई चेक हस्तान्तरण गरेका थिय।   सो हस्तान्तरणका अवसरमा प्रमुख अतिथि रहेका ग्रीनवीच बरो काउन्सीलका उपमेयर जीत रानाभाटले नेपालको विकट क्षेत्रमा विपत परेको बेला बुद्ध फाउन्डेसन र हेल्प नेपाल नेटवर्कको सहकार्यमा सहयोग हुन लागेको सहयोगको खुशी व्यक्त गरे। उनले दुवै संस्थाको परोपकारी पहलको प्रशंसा गर्दै यसबाट पीडितहरुलाई राहत मिल्ने अपेक्षा राखेको बताए। सो अवसरमा हेल्प नेपाल नेटवर्क यूकेका अध्यक्ष सचिन श्रेष्ठले संकलित रकम वितरणका लागि हेल्प नेपाललाई जिम्मा दिएकोमा फाउन्डेसनलाई धन्यवाद दिएका थिए। भूकम्प पिडीतलाई राहत र सहयोगका थुप्रै अभियान सञ्चालन गरेको जानकारी दिंदै हेल्प नेपालले फाउन्डेसनको सहयोग सहि ठाउँमा सदुपयोग हुने गरी चांडै वितरण गर्ने प्रतिवद्धता श्रेष्ठले बताए। सो अवसरमा हेल्प नेपाल नेटवर्क यूकेका ट्रस्टी प्रसिद्ध प्रधानले फाउन्डेसनबाट प्राप्त सहयोगलाई कुनै पनि खर्च नकटाएर पूरै रकम पीडितसम्म पुर्‍याइने जानकारी दिए। फाउन्डेसन अध्यक्ष श्रेष्ठले भूकम्पपीडितहरुको लागि सक्दो सहयोग जुटाउने फाउन्डेसनको अभियानमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरे। सहयोग वितरणको जिम्मा लिने हेल्प नेपाललाई धन्यवाद दिंदै उनले समयमै भूकम्प प्रभावितहरुसम्म सहयोग पुग्ने विश्वास व्यक्त गरे। सहयोग अभियानमा महत्वपूर्ण भूमिका खेल्ने सचिव सुरेन रुपाखेती र माइकल पंगेनीलाई उनले विशेष धन्यवाद दिदै फाउन्डेसनका सल्लाहकार एवम् बेक्सली नेपाली सोसाइटी अध्यक्ष डा हरिश ज्ञवाली,नेपाल पत्रकार महासंघ यूके अध्यक्ष ध्रुवराज अर्याल,आरजीएनएस अध्यक्ष पूण्य रेग्मी,पासा पुच: साउथ इष्ट अध्यक्ष माधवलाल श्रेष्ठ,इनास यूके निवर्तमान अध्यक्ष विनोद चिपालु लगायतले कार्यक्रममा शुभकामना मन्तव्य राख्दै भूकम्पपीडितका लागि सहयोग जुटाउने फाउन्डेसनको पहलको प्रशंसा गरेका थिए।   अध्यक्ष दिपक श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो आर्थिक सहयोग कार्यक्रम फाउन्डेसनका उपाध्यक्ष अर्जुन कटुवालले सञ्चालन गरेका थिए। कार्यक्रममा धनराज मल्ल, मीन पुनसहित फाउन्डेसनका पदाधिकारी एवम् सदस्यहरुको उपस्थिति थियो।

डिएसपी लम्साल किन निलम्बित हुने?

शीतलपाटीन्युज डटकम। काठमाण्डौ। मैले हिजो पनि लेखि सकेको छु की कुनै पनि नेपालीको अकालमा ज्यान जानु हुदैन। बालकुमारीमा घरबार धान्नका लागी कोरीया जान  चाहेका युबाहरु प्रति कुनै अन्याय भएको थियो भने त्यो सरकारको गल्ती हो। त्यस्को संजाय सरकारले पाउनु पर्दछ। डिएसपी लंम्सालले किन पाउने? मंन्त्रीको पिएसओले किन पाउने?  तर जब कोहि आफ्ना माग मनाउनका लागी कानुन हातमा लिएर अराजक हुन्छन् र उनिहरुले बाटो जाम गरी लाखौं नागरीकहरुलाइ दुख दिदै प्रहरी माथि नै ढुंगा मुडा हान्छन्,प्रहरी थाना चौकी माथि आक्रमण गर्दछन्,सडकका डिभाइडर ध्वन्स पार्दछन् र मंन्त्रीको गाडी जलाउछन् र अझ देसका मंन्त्रीलाइ नै आक्रमण गर्न तम्सन्छन् भने त्यती बेला त्यो देसको पुलीसले गर्नु पर्ने काम के हो त? मेरो बिचारमा त्यो सिचुएसनमा प्रहरीले गर्नु पर्ने काम त्यहि हो जुन लंम्सालले गरे। फेरी लंसाल निलंम्बन किन हुने ? उनि त पुरस्क्रित हुनु पर्ने होइन र ?  पुलीसलाइ सरकार र जनताले नै लाठि पिस्तौल र हतीयार यसै कारण दिएका हुन्छन् किनकी अराजक ह्रींस्रक र अपराधीक कार्यहरु केबल बोलीले नियन्त्रण हुन सक्तैन। यस्का लागी गोलीको पनि प्रयोग गर्नु पर्ने हुन्छ। लंम्सालले जनता र सरकारले दिएकै अधिकार प्रयोग गरेर शान्ती शुरक्षा कायम गर्न गोली चलाए। यस्मा उनी निलंबन हुनु पर्ने कारण के छ त?  गोली फुल होइन। न यो मुस्कान सहित प्रदान गरीने सेबा  हो। गोली तब चल्छ जब यो कुरा तय हुन्छ की यस्को प्रयोग नगरे त्यस स्थानमा थप क्षती हुनेछ। देसका मंन्त्रीलाइ नै गाडि भित्रै जलाउने योजना छ। त्यो काम सुरु भै सकेको छ। मंन्त्री भाग्नु पर्ने अबस्था आइ सकेको छ र अब केहि नगरे ति मंन्त्रीको ज्यान समेत जान सक्छ भने त्यो अबस्थामा गोली नचलाए कुन अबस्थाम चलाउने त? यदी लंम्सालले गोली नचलाएका भए आम मान्छेले भन्न सक्थे “तिम्लाइ हतीयार किनेरै दिएको मतलब के त?” उनी कायरताको आरोपमा जागीरबाट हटाइन पनि सक्ने थिए। फेरी गोली चलाएर लंम्सालले के गल्ती गरे त ?  लंम्सालले न कायरता देखाए न उन्ले गलत अबस्थामा गोली चलाए,फेरी उनि निलंम्बन हुने  किन? निलंम्बन

किरात राई यायोक्खा बेलायतले मनायो उधौली

शीतलपाटीन्युज डटकम। लण्डन। किरात राई यायोक्खा बेलायतले उधौली-२०२३ लाई महान चाडको रुपमा मनाएको छ। किरात राई हाउस ग्याम्बल्स लेन वकिङमा, हिंजो २६ डिसेम्बर २०२३ को दिन आयोजना गरिएको उधौली उत्सवमा प्रकृति पूजक किरात राईहरुले किरात राई परम्पराअनुसार भूमिको पूजा गर्दै सिली सहित उत्सव मनाएका थिए।किरात राई जातिले यो चाडलाई पृथ्वीमा कृषि युगको शुरुवात भएदेखि नै मान्दै आएको विश्वास गरिन्छ। किरात राई जातिले यो चाडलाई ऋतु परिवर्तनसँगै वर्षमा दुईपटक धुमधामका साथ मनाउदै आएको पाईन्छ । वैशाख शुक्ल पूर्णिमा अर्थात वसन्त ऋतुमा उभौली र मंसिर शुक्ल पूर्णिमा अर्थात शरद ऋतुमा उधौली उत्सवको रुपमा मनाउने चलन रहेको उधौली-२०२३ को सम्योजक तथा किराया बेलायतको उपाध्यक्ष मे रि दिलकुमार राईले बताउनु भयो । सरल अर्थमा, किरात राईहरुले हरेक वर्ष अन्नबाली लगाउने बेलामा उभौली र अन्नबाली पाक्ने बेलामा खुशियाली मनाउँदै उधौली उत्सव मनाएको पाईन्छ।     बहुभाषिक बहुथरी किरात राई जातिले उभौली र उधौलीलाई आआफ्नो भाषा अर्थात थरी अनुसार, वाम्बुले भाषिकले खाउमो, कुलुङ भाषिकले तोस, थुलुङ भाषिकले तोसी, दुमी भाषिकले तोसु, खालिङ भाषिकले वास, चाम्लिङ भाषिकले साकेला, बान्तवा भाषिकले साकेवा/साकेन्वा, पुमा भाषिकले साकेन्वा, साम्पाङ भाषिकले साकेवा, बाहिङ/बायुङ भाषिकले हङ/सेग्रो, मेवाहाङ भाषिकले हाङ आदि फरक फरक नामले पुकारेको पाईन्छ। किरात राई यायोक्खा बेलायतले, बेलायतको प्रतिकूल मौसमको कारण, प्रत्येक साल उभौली उत्सव मात्र ब्यापक तामझाम र भब्यताका साथ मनाउदै आएकोमा, हिंजो मनाईको उभौली-२०२३ नै ऐतिहासिक रूपले सबै विधी पुर्याउदै सिली सहित बेलायतमा मनाईको पहिलो उधौली उत्सव रहेको र आउने सालहरुमा यसलाई ब्यापकता सहित निरन्तरता दिदै लगिने किरात राई यायोक्खा बेलायतको संस्थापक तथा वर्तमान अध्यक्ष चन्द्र बहादुर राईले बताउनु भयो। किराया बेलायतको अध्यक्ष चन्द्र बहादुर राईको अध्यक्षतामा उधौली-२०२३ उत्सव समारोह सम्पन्न भएको थियो। भने समरोहको प्रमुख अतिथिमा पूर्खा तथा किरात राई चाम्लिङ खाम्बातिम नेपालको संस्थापक अध्यक्ष जगत राई रहनु भएको थियो। विशेष अतिथिहरुमा मंगोल नेस्नल अर्गनाइजेसन क्रान्तिकारीको अध्यक्ष शक्ति चाम्लिङ राई र गैरआवासीय नेपाली संघ युकेको महासचिव प्रमिला लाबुङ राई रहनु भएको थियो। यसैगरी अतिथिहरुमा, किराया बेलायत स्थानिय समन्वय परिषद अर्थात प्रा का स ग्रेटर

कानुन ब्यवसायी एवम लेखक गोविन्द बेलबासेलाई पत्निशोक

शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतमा रहेर कानुन र लेखन क्षेत्र्मा सक्रिय गोविन्द बेल्वासेलाई पत्नीशोक परेको छ। बेलायतको पिटरबरोमा सपरिवार बस्दै आएका बेल्वासेको ५४ वर्षीया पत्नी सिता बेल्वासेको विहीबार निधन भएको हो।   विगत केही महिनादेखि अस्वस्थ रहेको उनको आफ्नो निवासमा निधन भएको पारिवारीक स्रोतबाट जानकारी प्राप्त भएको छ। केही महिना अस्पताल बसेर उपचार समेत गराएकी उनलाई करिब एक महिनाअघि डिस्चार्ज गरी घर ल्याइएको थियो।   वि.सं. २०२६ श्रावण ११ गते गुल्मीको छत्रकोट गाउंपालिका साविक श्रृंगा रुप्सेमा जन्मिएकी उनी उनलाई भौतिक रुपमा गुमाउनु पर्दा बेल्वासे परिवार विक्षिप्त भएको समाचार छ। स्वर्गीय बेल्वासेले श्रीमान, दुई छोरी र एक छोरा बेलायतमै छन्। सिता बेलबासे सन् २००६ देखि बेलायतमा बसेकि थिइन् । पति बेल्वासे डायस्पोरामा चर्चित लेखक तथा कानून व्यवसायी हुन्। हाल फ्लाइ केटिएम ट्राभल कम्पनीका प्रवन्ध निर्देशक बेल्बासेले रातो पासपोर्ट,राष्ट्रवाद: भ्रम कि यथार्थ,एम्मा जस्ता पुस्तक लेखिसकेका छन्।दोहोरो नागरिकता प्रावधानबारे शुरुदेखि नै वहस गर्दै आएका उनले सोही पक्षमा नेपालमा मुद्धासमेत लडेका थिए। यस दुखदघडीमा शोक सन्तप्त परिवार प्रति हार्दिक श्रद्धाञ्जली एवम् परिवारमा शीतलपाटीन्युज डटकम गहिरो समवेदना ब्यक्त गर्दछ।

हार्दिक मंगलमय शुभकामना : अप्सरा गुरुड्ग

हार्दिक मंगलमय शुभकामना- नेपालका आदिबासी जनजाती समुदायको महान चाडहरु तमु (गुरुड्ग) को ल्होसार/ल्होछार,मगरको माघे संक्रान्ति, लिम्बुहरुको चासोक तड्गनाम(उधौली),राईको साकेला उधौली,छन्त्यालको छार म्हेड्ग,दुराको मैप्रु नाकुमा,ईसाईको क्रिसमस र नयाबर्ष २०२४ को पावन अवसरमा देश,बिदेशमा छरिएर बस्नु भएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबबिनीहरुमा सुख,शान्ति र संम्बृध्दिको लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहान्छु।

अरनिको अन्तर्राष्ट्रिय पुरस्कार - २०७९' विजय हितानको उपन्यास “लाहुरेको रेलिमा”' लाई प्रदान

GNNNEWS- काठमाडौँ - वि.सं २०७९ को अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि  बेलायतनिवासी साहित्यकार विजय हितानद्वारा लिखित उपन्यास ‘लाहुरे दाइको रेलिमाई’ छनोट भएको छ।गैरआवासीय नेपाली सङ्घको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार व्यवस्थापनसमितिले उक्त निर्णय गरेको हो।   वि.सं २०७९ मा प्रकाशित विविध विधाका नेपाली वाङ्मयका कृतिहरूमध्येबेलायतमा बसोबास गर्ने साहित्यकार हितानद्वारा लिखित उपन्यास ‘लाहुरेदाइको रेलिमाई लाई प्रदान गर्ने निर्णय भएको हो। गैरआवासीय नेपाली सङ्घले एक बिशेष समारोहबीच हितानलाई २ लाख रुपैंयानगद र सम्मानपत्रसहित उक्त पुरस्कार प्रदान गर्ने गैरआवासीय नेपाली सङ्घ अरनिको अन्तर्राष्ट्रिय पुरस्कार ब्यवस्थापन समितिका अध्यक्ष हिक्मत थापाले जनाए। आइतबार सम्पन्न पुरस्कार व्यवस्थापन समितिको बैठकले  ‘लाहुरेको रेलिमाई’लाई वर्ष २०७९ को अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि छनौट समितिको सिफारिस अनुमोदन गरेको थियो। गीत सङ्गीतमार्फत् नेपाली जातिको जागरणमा जीवन पर्यन्त लागेका मास्टर मित्रसेन थापाको जीवन कथामा आधारित आख्यान ‘लाहुरेको रेलिमाई’ लेगायक थापाको दृष्टिविन्दूबाट प्रथम विश्वयुद्धको विदारक चित्रण प्रस्तुत  गरेको छ। त्यससँगै उनको सङ्घर्षपूर्ण जीवन र उनी बाँचेको समाजका अनेक पाटाहरूलाई पनि उपन्यासले प्रभावशाली र प्रामाणिक रूपमा उद्घाटित गरेको छ। समितिले गैरआवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका नेपाली भाषाकाकृतिमध्ये सर्वश्रेष्ठ एक कृतिलाई प्रत्येक वर्ष २ लाख नगदराशी रसम्मानपत्रसहित ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्ने गर्छ । पहिलोपटक २०७७ सालमा उक्त पुरस्कार हरि अधिकारीको ‘संकलित गद्यरचना' लाई प्रदान गरिएको थियो भने २०७८ मा चेतनाथ आचार्यको उपन्यास‘रुइबा’ लाई पुरस्कृत गरिएको थियो ।

हार्दिक मंगलमय शुभकामना : कमल गुरुड्ग

हार्दिक मंगलमय शुभकामना- नेपालका आदिबासी जनजाती समुदायको महान चाडहरु तमु (गुरुड्ग) को ल्होसार/ल्होछार,मगरको माघे संक्रान्ति, लिम्बुहरुको चासोक तड्गनाम(उधौली),राईको साकेला उधौली,छन्त्यालको छार म्हेड्ग,दुराको मैप्रु नाकुमा,ईसाईको क्रिसमस र नयाबर्ष २०२४ को पावन अवसरमा देश,बिदेशमा छरिएर बस्नु भएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबबिनीहरुमा सुख,शान्ति र संम्बृध्दिको लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहान्छौ।

मेरो मनको हिरो- बसन्तराज कुवंर

बसन्तराज कुवंर, मेरो “ मनको हिरो “सुपरमैन जस्तै छ।जब हर तर्फ निरासा छॉउछ,तब उ,सुपरमैन झै भएर कता कता बाट म कहॉ आइपुग्छ र त्यो निरासाको बादलबाट मलाइ एकै पलमा बाहिर निकाली ,पुर्याइदिन्छ अर्को पाटोमा, जहा आशा र आत्माबिश्वासको खानि छ।  जब म देस र बिश्वकै लथालिंग हालत देखेर निरास हुन्छु। आफुलाइ सासन गर्ने सासक हरुका अनुहार र कमजोड क्षमता संझेर चिन्तीत हुन्छु र अझ मलाइ लाग्छ यो देसमा अगाडीको समए अरु कष्टपुर्ण हुने छ ,तब कता कता बाट सुपरम्यान भएर मेरो मनको हिरो म कॉहॉ आइपुग्छ र संझाउछ “चिन्ता नगर  यो देसको उद्धार गर्न सक्ने एक ब्यक्ती अझै छ, त्यो  तीमी नै हौ।” म हॉस्छु र भन्छु “म त्यसै चिन्तीत छु म संग अहिले ठट्टा नगर” उ अझै आत्मा बिश्वास साथ भन्छ “म सही भन्दै छु समाधान अरु कोहि संग छैन , समाधान केबल तिमी संग छ।” त्यस पछी उस्ले मलाइ समाधानको थुप्रै उपाए पनि सिकाउछ ।म उस्ले सिकाएका ति योजना र कार्यक्रम  सुनेर उत्साहित पनि हुन्छु र लाग्छ अब मेरो देसका दाजु भाइले सुख संम्ब्रीद्धी पाउने छन्।तर एकै छिनमा निरास हुन्छु किनकी म राज्य संचालन गर्ने ठॉउमै छैन त म कसरी ती योजना हरु लागु गर्न सक्छु ?? मेरा जस्तै मनका हिरो हरु  यॉहा हरेकका मन भित्र होलान् तर ती जती प्रसस्त संख्यामा भए पनि  देस परीबर्तन हुन सक्तैन किनकी देस परीबर्तन गर्न त देस हॉक्ने स्थानमा पुग्न जरुरी हुन्छ र देस हॉक्ने स्थानमा पुग्न अहिलेको संबिधान अनुसार चुनाब जित्नु पर्दछ । चुनाब जित्न चुनाबमा उठ्नु पर्दछ र चुनाबमा उठ्न पार्टीले टिकट दिनु पर्दछ ।पार्टी बाट टिकट नपाउने हो भने कि आफै पार्टी खोल्नु पर्दछ की स्वतन्त्र रुपमा चुनाबमा उठ्नु पर्दछ ।तर म यो झंझट मोल्न र श्रम श्रोत खर्च गरी चुनाब लड्न तयार छैन। फेरी मलाइ जनताले पत्याउने पनि छैनन् किनकी तीन्ले मलाइ आफु भन्दा कमजोड र अरु पार्टीका मान्छे भन्दा धेरै कमजोड ठानेका छन्। अब चुनाबमै नजाने हो भने राज्य

लण्डन आइपुगेका मह जोडीको भब्य स्वागत

GNNBEWS - लन्डन। वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) लन्डन आइपुगेका छन् ।‘मह जोडी यूके टुर’ का लागि कलाकारद्वय बिहीबार साँझ हिथ्रो  उत्रिएका हुन्। महका साथ मदनकृष्णका छोरा यमन श्रेष्ठ, छोरी सराना र आचार्यकी जीवनसंगिनी रमिला पनि छन्।  मह जोडी तथा टोलीका अन्य सदस्यलाई  आयोजक द गोर्खा सेन्टरका संस्थापक तथा सिइओ भीम तामाङ लगायत स्वयमसेवक युवा र विभिन्न संघ संस्थाका प्रतिनिधिले विमानस्थलमा स्वागत गरेका थिए। लण्डन आइपुगेपछि कलाकार मदनकृष्ण श्रेष्ठले ठट्यौलो शैलीमा भने, "बचेखुचेको शक्ति प्रदर्शन गर्ने हो। रमाइलो हुन्छ। अल्डरशट र ह्यारोमा अवश्य  आउनु होला। "  यसै गरी हरिवंश आचार्यले भने, "यहाँहरुसंग भेट्नलाई हामी बेलायत आइपुग्या छौं। भेटम्ला, रमाइलो गरम्ला।  राजनीतिक परिस्थिति ३०-४० वर्षदेखि  चेन्ज भएको छैन।  सुध्र भन्ने हो, सुध्र्या छैन भन्ने हो, उध्रेको छ भन्ने हो।  विसंगतिको बारेमा नै हाम्रो प्रस्तुति हुन्छ।" उनले विमान स्थलमा आफुहरुलाई भव्य स्वागत गर्ने सबै संघसंस्थालाई धन्यवाद दिंदै आउँदो शनिबार तथा आइतबार भेट हुने विश्वास व्यक्त गरे।   " गीत संगीत पनि हुन्छ।  तपाईंहरुलाई रमाइलो गर्ने कोशिश गर्छौं," आचार्यले भने।  कार्यक्रमका आयोजक लन्डनस्थित द गोर्खा सेन्टरका सीइओ  भिम तामांगले  तयारी भव्य भैरहेको बताए । “लजिस्टिक्सको काम करिब करिब पुरा गरि सकेका छौं।  यो कार्यक्रम भव्य गराउन कहीं पनि नचुक्ने गरी हामी  तयारी गरि रहेका छौं," उनले भने।  मह जोडी टुर अन्तर्गत पहिलो कार्यक्रम यही शनिबार (२३ डिसेम्बर) अपरान्ह ४ बजेदेखि हयारोस्थित ह्यारो लिजर सेन्टर र दोश्रो कार्यक्रम आइतबार, २४ डिसेम्बर अपरान्ह ४ बजेदेखि अल्डरसटस्थित एम्पायर हलमा हुँदैछ । ह्यारोमा चर्चित गायक प्रकाश सपुत, यमन श्रेष्ठ, शर्मिला बर्देवा लगायत कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले जनाएका छन् । अल्डरसटमा स्थानीय कलाकार र गत सिजनका ‘भ्वाइस अफ नेपाल विजेता करण राईले पनि प्रस्तुति दिनेछन् । कसरी किन्ने टिकट? आयोजकका अनुसार यो लिंकमा गएर टिकट किन्न सकिन्छ: ह्यारो : https://www.tickettailor.com/events/thegurkhacentre/989012?fbclid=IwAR0EM85ckr95ilR4ErPrqnF0o3fENYiOkOxiV67c_2c0zGZDrOxuyNUphUE  अल्डरशट : https://www.tickettailor.com/events/thegurkhacentre/1067312?fbclid=IwAR0R96AQqtkADvDJy9nTmYdpC63SJkUEaQAb2x2Pr879iTSIPlHGbgAXVgo    द गोर्खा सेन्टरले एडभान्समा टिकट लिए जम्मा २५ पाउण्ड एवं विद्यार्थी र ६० वर्षमाथिका दर्शकका लागि २० पाउण्ड शुल्क राखेको  छ । टिकट सम्बन्धी कुनै पनि जिज्ञासा भए  मधु गुरुङ  (07585806914) र  प्रतिमा जोशी (07793055224)  लाई सम्पर्क गर्न पनि

मेक्सवर्थ फाउन्डेशनद्वारा संचालित कार्यक्रमबाट  स्थानीय समुदाय  लाभान्वित 

GNNNEWS- लन्डन - लंडन ह्यारोस्थित संस्था मेक्सवर्थ फाउन्डेशनले सन् २०२३ मा पनि आफ्ना कल्याणकारी कामहरु जारी राखेको छ। उक्त संस्थाले बी१ जी१ संग समन्वय गरी एसिया, युरोप तथा अफ्रिकामा संचालन गरेका ७५ ओटा आयोजनाबाट हजारौं मानिसहरु लाभान्वित भएका छन्।  लंडनस्थित मेक्सवर्थ एकाउनटेन्टसका प्रबन्ध निर्देशक तथा मेक्सवर्थ फाउन्डेशनका संस्थापक संजय शाहले इकोलोजाइसंग समन्वय गरी विभिन्न एसियाली तथा अफ्रिकी मुलुकहरुमा १६,२४१ वटा बिरुवा रोपिएको र त्यसबाट अहिलेसम्म १३७.९५ टन कार्बन कटौती भएको बताए । उनले आफ्नो संस्थाले अरु हजारौं बिरुवाहरु रोप्ने दीर्घकालिन योजना बनाएको पनि जनाए।    हालै रुसी अतिक्रमण झेली रहेको युरोपेली मुलुक  युक्रेनको  पश्चिमी प्रान्त चर्निफ्त्सी पुगेर फर्केका शाहले त्यहाँ स्थानीय स्वयम्सेवकहरुको सहयोगमा वृद्धवृद्धा, बालबालिका तथा स्थानीय व्यक्तिहरुलाई खाने कुरा लगायतका अत्यावश्यक सामग्रीहरू प्रदान गरिएको बताए।  "मानवताको कुनै सीमा हुँदैन ।  युद्धग्रस्त युक्रेनमा द्वन्द्वप्रभावित समुदायलाई  हामीले नियमित रुपमा सहयोग प्रदान गर्ने योजना बनाएका छौं," उनले भने।  “अन्तरराष्ट्रिय कल्याणकारी संस्था बी१जी१ संगको सहकार्यमा हामीले प्रदान गरेको सहायताले विश्वव्यापी रुपमा हजारौं  व्यक्तिहरु लाभान्वित भएका छन्।  हामीले प्रत्येक वर्ष  नेपालका एक मेधावी छात्र वा छात्रालाई एसीसीए अध्ययन गर्न छात्रवृत्ति प्रदान गर्ने गरेका छौं। त्यस्तै बेलायतस्थित संस्था नेपाल रनलाई पनि हामीले सघाउँदै आएका छौं,” शाहले भने। मेक्सवर्थ फाउन्डेशनले नेपालमा अपाङ्ग सरोकार केन्द्र मार्फत व्हीलचेयर वितरण गरेको थियो भने मानव सेवा  आश्रम तथा पदम भुवनेश्वरी नमुना वृद्ध सेवाश्रममा  रहनु भएका बाबाआमाहरुलाई भोजन प्रदान गरेको थियो।  त्यस्तै सी आशा विशेष विद्यालय तथा पुनर्स्थापना केन्द्रमा रहेका बालबालिकाहरुलाई पनि सहयोग गरेको थियो।   “सन् २०२४ मा हामीले लन्डनमा झन्डै ३०० सहभागीहरुको उपस्थितिमा एउटा च्यारिटी बल कार्यक्रम गर्ने योजना बनाएका छौं।  उक्त कार्यक्रमबाट संकलित सम्पूर्ण रकम  मेक्सवर्थ फाउन्डेशनलाई प्रदान गरिनेछ।  त्यस्तै आउँदो वर्ष मेक्सवर्थ फाउन्डेशनलाई युकेको च्यारिटी कमिशनमा दर्ता गर्ने योजना रहेको छ।  साथै अफ्रिकाको कुनै एउटा मुलुकमा कल्याणकारी कार्यक्रम संचालन गर्ने पनि हाम्रो योजना छ," शाहले भने।  मेक्सवर्थ एकाउनटेन्टसले आफ्नो वार्षिक आम्दानीको ३ प्रतिशत मेक्सवर्थ फाउन्डेशनलाई प्रदान गर्ने पनि जनाएको छ।  यो लिंकमा गएर फाउन्डेशनबारे थप जानकारी लिन वा सहयोग गर्न सकिने छ : https://makesworthfoundation.com/

लण्डन आइपुगे मह जोडी, हिथ्रो एअरपोर्टमा भब्य स्वागत

GNNBEWS - लन्डन। वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) लन्डन आइपुगेका छन् । ‘मह जोडी यूके टुर’ का लागि कलाकारद्वय बिहीबार साँझ हिथ्रो  उत्रिएका हुन्। महका साथ मदनकृष्णका छोरा यमन श्रेष्ठ, छोरी सराना र आचार्यकी जीवनसंगिनी रमिला पनि छन्।  मह जोडी तथा टोलीका अन्य सदस्यलाई  आयोजक द गोर्खा सेन्टरका संस्थापक तथा सिइओ भीम तामाङ लगायत स्वयमसेवक युवा र विभिन्न संघ संस्थाका प्रतिनिधिले विमानस्थलमा स्वागत गरेका थिए।   लण्डन आइपुगेपछि कलाकार मदनकृष्ण श्रेष्ठले ठट्यौलो शैलीमा भने, "बचेखुचेको शक्ति प्रदर्शन गर्ने हो। रमाइलो हुन्छ। अल्डरशट र ह्यारोमा अवश्य  आउनु होला। "  यसै गरी हरिवंश आचार्यले भने, "यहाँहरुसंग भेट्नलाई हामी बेलायत आइपुग्या छौं। भेटम्ला, रमाइलो गरम्ला।  राजनीतिक परिस्थिति ३०-४० वर्षदेखि  चेन्ज भएको छैन।  सुध्र भन्ने हो, सुध्र्या छैन भन्ने हो, उध्रेको छ भन्ने हो।  विसंगतिको बारेमा नै हाम्रो प्रस्तुति हुन्छ।" उनले विमान स्थलमा आफुहरुलाई भव्य स्वागत गर्ने सबै संघसंस्थालाई धन्यवाद दिंदै आउँदो शनिबार तथा आइतबार भेट हुने विश्वास व्यक्त गरे।   " गीत संगीत पनि हुन्छ।  तपाईंहरुलाई रमाइलो गर्ने कोशिश गर्छौं," आचार्यले भने।  कार्यक्रमका आयोजक लन्डनस्थित द गोर्खा सेन्टरका सीइओ  भिम तामांगले  तयारी भव्य भैरहेको बताए । “लजिस्टिक्सको काम करिब करिब पुरा गरि सकेका छौं।  यो कार्यक्रम भव्य गराउन कहीं पनि नचुक्ने गरी हामी  तयारी गरि रहेका छौं," उनले भने।  मह जोडी टुर अन्तर्गत पहिलो कार्यक्रम यही शनिबार (२३ डिसेम्बर) अपरान्ह ४ बजेदेखि हयारोस्थित ह्यारो लिजर सेन्टर र दोश्रो कार्यक्रम आइतबार, २४ डिसेम्बर अपरान्ह ४ बजेदेखि अल्डरसटस्थित एम्पायर हलमा हुँदैछ । ह्यारोमा चर्चित गायक प्रकाश सपुत, यमन श्रेष्ठ, शर्मिला बर्देवा लगायत कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले जनाएका छन् । अल्डरसटमा स्थानीय कलाकार र गत सिजनका ‘भ्वाइस अफ नेपाल विजेता करण राईले पनि प्रस्तुति दिनेछन् । कसरी किन्ने टिकट? आयोजकका अनुसार यो लिंकमा गएर टिकट किन्न सकिन्छ: ह्यारो : https://www.tickettailor.com/events/thegurkhacentre/989012?fbclid=IwAR0EM85ckr95ilR4ErPrqnF0o3fENYiOkOxiV67c_2c0zGZDrOxuyNUphUE  अल्डरशट : https://www.tickettailor.com/events/thegurkhacentre/1067312?fbclid=IwAR0R96AQqtkADvDJy9nTmYdpC63SJkUEaQAb2x2Pr879iTSIPlHGbgAXVgo    द गोर्खा सेन्टरले एडभान्समा टिकट लिए जम्मा २५ पाउण्ड एवं विद्यार्थी र ६० वर्षमाथिका दर्शकका लागि २० पाउण्ड शुल्क राखेको  छ । टिकट सम्बन्धी कुनै पनि जिज्ञासा भए  मधु गुरुङ  (07585806914) र  प्रतिमा जोशी (07793055224)  लाई सम्पर्क गर्न पनि

तमू ल्होछारका लागि लण्डन आईपुगे खेन्पो तुलाचन

पुर्ण गुरुड्ग। लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेको बिशेष निमन्त्रणामा पोखराका बौद्ध धर्मगुरु खेन्पो किरण तुलाचन लण्डन आईपुगेका छन्। बीसीसी यूकेले आउँदो ३१ डिसेम्बर अर्थात् पौष १५ गते तमू (गुरुङ) हरुको महान पर्व मुप्री ल्हो (गरुड बर्ग) को अवसरमा आयोजना गर्न लागेको धार्मिक पूजापाठका लागि मंगलबार १९ डिसेम्बरका दिन लण्डन आईपुगेका हुन्।  उनलाई बीसीसी यूकेका खेन्पो गुरु कर्म छुल्त्रिम,उपाध्यक्ष एवं तमू ल्होछार संयोजक क्याप्टेन देब घले, पूर्व संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ,पूर्व आमा प्रमुख पुष्पा गुरुङ, वर्तमान आमा सचिव शारदा गुरुङ,आमा सहसचिव पबित्र गुरुङ,सल्लाहकार कमल गुरुङ, सल्लाहकार पूर्ण गुरुङ लगायत आफन्तजन,इष्टमित्र र शुभचिन्तकहरुले हिथ्रो एयरपोर्टमा खादा लगाई स्वागत गरेका थिए।  खेन्पो तुलाचनले बीसीसी यूकेले आयोजना गरेको तमू ल्होछारमा धार्मिक प्रवचन,दिप प्रज्ज्वलन, घ्यासी, आयु, छोग,घनचक्र पूजाका साथसाथै आयूको अभिषेक प्रदान गर्ने कार्यक्रम रहेको संयोजक क्याप्टेन देब घलेले जानकारी गराए। साथै,ल्होछार कार्यक्रममा खेन्पो छेवाङ्ग, बीसीसी यूके खेन्पो कर्म छुल्त्रिम, लामा हर्कजंग घले,लामा प्रदीप, लामा पुरनलगायत धर्मगुरुहरुले पूजापाठ भएको छ। उक्त कार्यक्रममा सहभागी हुनका लागि बेलायतवासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा बीसीसी यूकेले हार्दिक अनुरोध गरेको छ।  स्मरण रहोस् बीसीसी यूकेले प्रत्येक बर्ष तमू ल्होछारलाई बिशेष महत्व दिई बृहत पूजाको आयोजना गर्दै आएको छ। 

मह जोडी बिहीबार लन्डन आउंदै,जोडीको शो हेर्न दर्शक उत्साहित

GNN NEWS- लन्डन। वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) आउंदो बिहीबार (२१ डिसेम्बर) सांझ ५:३५ मा लन्डन उत्रने भएका छन्। ‘मह जोडी यूके टुर’ का लागि कलाकारद्वय उक्त दिन हिथ्रो टर्मिनल ४ मा आइपुग्ने आयोजक द गोर्खा सेन्टरले जनाएको छ।सेन्टरका संस्थापक तथा सिइओ भीम तामाङले मह जोडीको भव्य स्वागत गर्ने तयारी भएको जनाउंदै त्यस दिन बेलायतवासी नेपाली दर्शक,पत्रकारहरु र आयोजक समितिका पदाधिकारीलाई सहभागी भइदिन अपिल गरेका छन्। 'मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको बेलायत आगमन हामी समस्तनेपालीका लागि गर्वको कुरा पनि हो', तामाङले भने, 'त्यस दिन तपाईं हामीएयरपोर्टमा पुग्न सक्यौं भने भेट्रान कलाकारहरुको हौसला बढ्ने छ।'बेलायतस्थित च्यारिटी संस्था द गोर्खा सेन्टरले मह टुरको व्यापक तयारी गरेकोछ। मह जोडीको पहिलो कार्यक्रम आउंदो शनिबार (२३ डिसेम्बर) दिउसो हयारोस्थित ह्यारो लिजर सेन्टर र दोश्रो कार्यक्रम २४ डिसेम्बर अपरान्ह ४ बजेदेखि अल्डरसट स्थित एम्पायर हलमा हुने भएको छ।ह्यारोमा चर्चित गायक प्रकाश सपुत, यमन श्रेष्ठ, शर्मिला बर्देवा लगायत कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले जनाएका छन्। अल्डरसटमा स्थानीय कलाकार र गत सिजनका ‘भ्वाइस अफ नेपाल’ विजेता करण राईलेपनि प्रस्तुति दिनेछन्।  मह प्रस्तुति अवलोकन गर्न नेपाली राजदूत ज्ञानचन्द्र आचार्य,स्थानीय मेयरहरु, काउन्सिलरहरु,नेपाली संघसंस्थाका प्रमुख आदि सहभागी हुने बताइएको  छ।  दर्शकहरुमा उत्साह-  मह जोडीको कार्यक्रम हेर्न दर्शकहरु निकै उत्साहित रहेको आयोजकले जनाएकाछन्। प्रहसन हेर्न लन्डनबाहिरका शहर पिटरबरो, रेडिङ,टिडवर्थ,अक्सफोर्डसायर, ग्लोष्टरसायर,आयल्सबरी,वार्टफोर्ड लगायतबाट दर्शक आउन लागेको भीमतामाङले बताए। 'दर्शकहरुले शोका लागि एकदम उत्साह देखाइरहनुभएको छ। म कार्यक्रम व्यवस्थापनमा लाग्नु परेकाले सबै फोन रेस्पोन्स गर्न सम्भव नहुन सक्छ।त्यसकारण तपाईंहरुले अनलाइन टिकट सुनिश्चित गरि कार्यक्रम नछुटाउन मेरोसुझाव छ',उनले भने।  यो लिंकमा गएर टिकट किन्न सकिन्छ:  ह्यारो : https://www.tickettailor.com/events/thegurkhacentre/989012?fbclid=IwAR0EM85ckr95ilR4ErPrqnF0o3fENYiOkOxiV67c_2c0zGZDrOxuyNUphUE अल्डरशट : https://www.tickettailor.com/events/thegurkhacentre/1067312?fbclid=IwAR0R96AQqtkADvDJy9nTmYdpC63SJkUEaQAb2x2Pr879iTSIPlHGbgAXVgo  सेन्टरले एडभान्समा टिकट लिए जम्मा २५ पाउण्ड एवं विद्यार्थी र ६० वर्ष माथिका दर्शकका लागि २० पाउण्ड शुल्क राखेको  छ। टिकट सम्बन्धी कुनै पनि जिज्ञासा भए मधु गुरुङ (07585806914) र प्रतिमा जोशी (07793055224) लाई सम्पर्क गर्न पनि सेन्टरले आग्रह गरेको छ। यो कार्यक्रमबाट बचत भएको सम्पूर्ण रकम गोर्खा भेट्रानहरुलाई मदत गर्न खर्च गरिने द गोर्खा सेन्टरले जनाएको छ।

यसपाली को world Cup कसले जित्ला?