Monday February 10, 2025

विविध

नेपाली साहित्य विकास परिषद् युकेको निर्बाचन घोषणा

शीतलपाटीन्युज डटकम। लण्डन। सन् १९९५ मा स्थापना भएको बेलायत स्थित नेपालीहरूको जेठो  साहित्यक संस्था नेपाली साहित्य विकास परिषद् युकेले परिषद्को १४औँ कार्यसमितिको निर्बाचन घोषणा  गरेकोछ।   साहित्य परिषदका अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लको अध्यक्षतामा बसेको सचिवालय बैठकले आगामी २१ जुलाई २०२४ आइतबारका दिन १२.०० बजे दिउसो ABI College एक्टन टाउन हाइस्ट्रिटमा बस्ने परिषदको २९ औँ वार्षिक साधारण सभामा आगामी दुई वर्षका लागि परिषद्को १४औँ कार्यसमितिको निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको हो।  निर्वाचन सम्पन्नका लागि परिषद्का संस्थापक तथा निवर्तमान अध्यक्ष सुरेशजङ्ग शाहको अध्यक्षतामा ६ सदस्यीय अध्यक्ष मण्डल  गठन गरीएको छ। अध्यक्ष मण्डलमा परिषद्का प्रमुख सल्लाहकार डा.राघवप्रसाद धिताल,पूर्व अध्यक्षहरू हरिसिंह थापा र खगेन्द्र नेपाली,सल्लाहकारहरू विजय थापा र  कृष्ण भट्ट रहनु भएको छ। परिषद सचिवालयले एक विज्ञप्ति प्रकाशित गरी सम्पूर्ण सर्जक कवि साहित्यकार तथा साहित्य प्रेमी समाजसेवीहरूमा निर्वाचनमा उत्साहवर्धक सहभागिताका लागि खुल्ला उम्मेद्वारी मनोन्वयन आह्वान गरेको छ। निर्बाचनमा उम्मेद्वार हुन चाहने उम्मेद्वारले यही १९ जुलाई साँझ ५.३० बजे भित्र अध्यक्ष मण्डलका सदस्य कृष्ण भट्ट समक्ष आफूले उठ्न चाहेको पदमा उम्मेद्वारी नाम दर्ता गराउनु पर्नेछ भने परिषद्को सदस्यता नवीकरण वा नया सदस्यताका लागि परिषद्का वरिष्ठ कोषाध्यक्ष मनोज अन्जान वा अध्यक्ष कोमल प्रसाद मल्ल श्रेष्ठसँग अविलम्व सम्पर्क गर्न पनि विज्ञप्तिमा आह्वान गरेको छ। परिषदको नियमित निर्वाचन हरेक दुई वर्षमा हुने गरेको छ बिज्ञप्तिमा भनिएको छ। निर्वाचन सम्बन्धी अन्य कुनै कुरा बुझ्न परेमा संपर्कका लागि कृष्ण भट्ट 07946 305444 र कोमल श्रेष्ठ मल्ल 07863 138902 अध्यक्ष नेपाली साहित्य विकास परिषद् यूके रहनु भयको छ।

रेडिङमा सम्पन्न हेल्भेट आर्ट प्रर्दशनीमा कलाकार पी. सिंहका नेपाल झल्काउने मनमोहक कलाकृतिहरूको प्रदर्शन

शीतलपाटीन्युज डटकम।    लण्डन।‘नेपाल यात्रा’ कला प्रदर्शनीको आठौं संस्करण ३० जुन २०२४ मा बेलायतको रेडिङमा सम्पन्न भएको छ।   २९-३० जुनमा ‘द रोजिएट होटल’मा आयोजित प्रदर्शनीमा कलाकार पी. सिंहका विभिन्न मनमोहक ऐक्रेलिक पेन्टिङहरू प्रस्तुत गरिएको थियो।जसले नेपालको प्राकृतिक दृश्य, समृद्ध संस्कृति,सम्पदा लगायत वन्यजन्तुको कलात्मक रूपमा चित्रण गरेको थियो। यसअघि बेलायत,कतार र नेपालका विविध ठाउँमा कला प्रदर्शनी गरिसकेका कलाकार सिंह आफ्ना चित्रहरूमार्फत नेपाली संस्कृतिको प्रवद्र्धन गर्न प्रतिबद्ध छन्।   आफ्नो उत्साह व्यक्त गर्दै कलाकार सिंहले भने,“हेल्भेट आर्ट प्रर्दशनीमा मेरा कलाकृतिहरूमार्फत नेपाललाई प्रतिनिधित्व गर्न पाउँदा म निकै उत्साहित छु । दुई-दिने प्रदर्शनीमा सयौं कलाप्रेमी आगन्तुकहरूलाई नेपाली कला, संस्कृति र प्राकृतिक दृश्यहरू देखाउन पाउनु वास्तवमै रोमाञ्चक थियो।” उनले नेपाली कलाकृतिहरूप्रति आगन्तुकहरूको उत्साहजनक प्रतिक्रियालाई टिप्पणी गरे।   लन्डनको SMBC बैंकमा कार्यरत सफ्टवेयर इन्जिनियर सिंह आफ्नो खाली समयमा चित्रहरु कोर्छन्।“हेल्भेट आर्ट प्रर्दशनीले धेरै देशका कलाकारहरूको प्रदर्शनी गरिसकेको छ र हामी नेपालका कलाकृतिहरू प्रदर्शन गर्न पाउँदा निकै रोमाञ्चित भयौं,” हेल्भेट आर्ट प्रर्दशनीका संयोजक इना वार्सले भनिन्।   नेपालको सांस्कृतिक सम्पदा र पर्वतहरू झल्काएका कलाकृतिहरूको प्रर्दशनीमा आएका कलाप्रेमी आगन्तुकहरूले सराहना गरे । साथमा यी कलाकृतिहरूले सहकर्मी कलाकारहरूको ध्यान पनि उत्तिकै खिचे।”यहाँ सहभागी कलाकारको रूपमा म नेपाली कलाकृतिहरू देखेर निकै खुशी छु जसले मलाई मेरो युवाकालमा नेपालमा गरेको पदयात्राका सम्झनाहरू फर्काइदियो,”ब्रिटिष कलाकार जोनाथन क्रफोर्डले भने ।   थप जानकारीको लागि: संगीता स्वेच्छा संयोजक,नेपाल यात्रा कला प्रदर्शनी शृंखला। इमेल: [email protected] फोन: 07454840775

चलचित्रकर्मीहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले लन्डनमा यती इन्टरनेशनल नेपाली फिल्म अवार्ड गर्ने घोषणा

शीतलपाटीन्युज डटकम। लन्डन । युरोपकै पुरानो नेपाली संस्था यती नेपाली एसोसिएसन यूकेले लन्डनमा यती इन्टरनेशनल नेपाली फिल्म अवार्ड (इन्फा यूके २०२४) गर्ने भएको छ। विदेशमा नेपाली चलचित्रको श्रीवृद्वि तथा अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यसहित अवार्ड कार्यक्रम गरिने भएको हो । शुक्रबार राजधानी काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यतीको आयोजना र संगीक्षा फिल्मस इन्टरटेनमेन्ट प्रा. लि. को व्यवस्थापनमा अगष्ट ३१, २०२४ मा भव्य समारोहबीच लन्डनमा अवार्ड प्रदान गर्न लागिएको आयोजकले जानकारी दिए । २०२३ अप्रिल १४ देखि २०२४ जुन २१ सम्म प्रदर्शनमा आएका चलचित्रहरुलाई आधार मानेर उत्कृष्ट ३ छनोट गरिने आयोजक संस्थाले जानकारी दिएको छ । इन्फा अवार्ड २०२४ को जुरीमा सुनिल थापा संयोजक, गौरी मल्ल र उज्ज्वल घिमिरे सदस्य छन् । नेपाली चलचित्रकर्मीहरुलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ मर्यादित, निष्पक्ष अवार्ड कार्यक्रम गरिने संस्थाकी अध्यक्ष पिपला देवान पाण्डेले प्रतिवद्धता व्यक्त गरिन् । अवार्डका लागि यूके कमिटीमा अध्यक्ष देवानसहित यती पूर्व अध्यक्ष उमेशराज मोक्तान, महासचिव टंक भट्टराई, सचिव आशिषराज पन्त एवं पून्य रेग्मी र पाल्देन लामा छन् भने नेपाल कमिटीमा संगीक्षा फिल्मसको तर्फबाट सुनिल क्षेष्ठ अध्यक्ष, मनोज केसी महासचिव, मोहन श्रेष्ठ सचिव, प्रशान्त कुंवर कोषाध्यक्ष र मनिष कार्की संयोजकका रुपमा छन् । नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको प्रमुख आतिथ्यमा भएको उक्त पत्रकार सम्मेलनमा वरिष्ठ कलाकारहरु कृष्ण मल्ल, नरेश पौडेल, गायक यम बराल, मलिना जोशी लगायत चलचित्रकर्मीले सफलताको शुभकामना दिए । इभेन्ट संयोजक उमेशराज मोक्तानले नेपाली चलचित्रकर्मीलाई प्रोत्साहन र फिल्म प्रचार प्रसारका लागि अवार्ड कार्यक्रम गर्न लागिएको बताए । ‘बेलायतमा नेपाली चलचित्र बजार विस्तार भइरहेको छ । यहीं फिल्म निर्माण-प्रदर्शन समेत वृद्धि भइरहंदा लन्डनलाई प्राथमिकता दिइएको हो’, मोक्तानले भने ।

विनेसाम पश्चिम् शाखा बेलायतले जुलाइ ६ तारिख भानु जयन्ती मनाउने

गोमा राना।  लण्डन। २५ जुन २०२४ मंगलबारको सांझ विश्व नेपाली साहित्य महासंघ  बेलायत पश्चिम शाखाका अध्यक्ष लाल सुन्दर राईको अध्यक्षतामा  औपचारिक बैठक सम्पन्न भएको छ। बैठकमा आगामी हुने आदिकवि भानुभक्त जयन्ती कार्यक्रमको बारेमा बृहत छलफल भएको छ।  आदिकवि  भानुभक्त जयन्ती आजको सन्दर्भ थिममा रहेर कार्यक्रम ३ घण्टाको अवधीमा  सक्ने गरि बिहानको ११.३० सुरू गरेर २.३० भित्र समापन गर्ने सर्बसमितिबाट पारित भएको छ। प्रमुख अतिथि डा. गोबिन्दराज भट्टराई,विशेष अतिथि विनेसाम केन्द्रका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशी,महासचिव सुनिता कन्दङ्वा राई,केन्द्रका सदस्य विनेसाम दक्षिण शाखाका निवर्तमान अध्यक्ष विजय हितान  लगायत  विभिन्न साहित्यकारहरुको उपस्थिति रहने सचिब शान्ति लिम्बुले जानकारी दिएकी छिन्।     बिनेसाम केन्द्रको आजिबन सदस्य र संरक्षक बनिनको लागि जुन २९ भित्र नाम सङ्कलन गरि  केन्द्रमा नामावली बुझाउन समेत छलफल भएको थियो।  हालै प्रकाशित पुस्तक, शाखाकी सचिब शान्ति लिम्बुको कस्तुरी यात्रा संग्रहको समिक्षा डा.गोबिन्द राज भट्टराई र डा.सुमाया राईले गर्ने भएको छ।  लाल सुन्दर राइको अध्यक्षतामा सचिब  शान्ति लिम्बुले सन्चालन गरेको बैठकमा संरक्षक डा.सुमाया राई,सह सचिब हरि राइ, मेडिया सम्योजक,गोमा राना,सदस्य रघु भन्डारी,गंगा भन्डारी,लिला सेलिङ माबो, देवी आले लगायतका सद्स्यहरुको उपस्थिति रहेको थियो।

नेपाली समाज नटिङ्‌घम युकेको आयोजनामा १२ अगस्टमा नेपाली मेला हुदै

शीतलपाटीन्युज डटकम। लन्डन। नेपाली समाज नटिङ्‌घम युकेको आयोजनामा आगामी १२ अगस्ट २०२४ मा नेपाली मेला हुने भएको छ। नेपालका राष्ट्रिय खेलहरू र ख्यातीप्राप्त कलाकारहरुको साथमा मेला हुन लागेको नेपाली समाज नटिङ्‌घम युकेका उपाध्यक्ष तथा सुनगाभा कोईभेन्ट डाइरेक्टर लोकनाथ अधिकारीले जानकारी दिनु भयको छ।  मेलामा राष्ट्रिय कलाकारहरुको प्रस्तुतिका साथै विभिन्न सासं्कृति कार्यक्रम तथा झाँकी,नेपाली खानाका स्टलहरु,मैत्रीपूर्ण भलिबल,फुटबल प्रतियोगिता, घैंटो फुटाउने,डोरी तान्ने, रुमाल लुकाइ,कबड्डी, डन्डिबियो लगायत विभिन्न खेल,नेपाली गरगहना स्टल, पोसाकसम्बन्धी स्टल राखिने आयोजकले जनाएको छ। मेलवर्न रोड नटिङ्‌घममा हुने उक्त मेलामा मोर्गेज,एकाउन्टेन तथा कानुनी परामर्श सम्बन्धी सेवाहरु समेत दिइने भयको छ।सो मेला बिहान १० देखि शुरु भएर राति ९ बजेसम्म चल्ने ब्यवस्था गरिएको छ । यसैबीच नटिङ्‌घम नेपाली मेलामा सहभागी हुन गैर आवासीय नपाली संघ इंग्ल्यान्ड राज्य परिषद्ले अनुरोध गरेको समाचार छ। परिषद्का अध्यक्ष शम्भूप्रसाद अर्यालले एक सूचना जारी गर्दै युकेका समाजहरुले विभिन्न क्षेत्रबाट नेपाल र नेपालीलाई चिनाउने र एकआपसमा भेटघाट,दु:खसुख साटासाट गर्ने नेपाली मैलिकतामा आधारित नेपाली मेलामा सहभागी हुन युकेवासी नेपाली परिवारहरूलाई आग्रह गर्नु भयको छ। 'नटिङ्‌घम समाजको यो आउँदो महिनाको अगस्ट १२ तारिखमा मा आयोजना हुदै रहेको नटिङ्‌घम मेलामा समय मिलायर उपस्थित भइदिनुहुन सम्पूर्ण युकेवासी नेपाली परिवारहरूलाई हार्दिक अनुरोध गर्दछु,'अध्यक्ष अर्यालले सूचनामी उल्लेख गर्नु भयको छ।

बिम्बकवि रमेश श्रेष्ठ भगवती–होम कला वाङ्मय पुरष्कारबाट सम्मानित

शीतलपाटीन्युज डटकम। पोखरा। त्रिवेणी साहित्य प्रतिष्ठानद्वारा यसवर्ष पहिलो पटक भगवती–होम कला वाङ्मय पुरस्कारले नेपाली चित्रकला र कविताका प्रसिद्घ सर्जक प्राज्ञ,विम्बकवि रमेश श्रेष्ठलाई यही २०८१ असार १५ गते सम्मान गर्ने भएको छ। थुप्रै चोटी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कला कार्यशाला तथा प्रदर्शनीमा सहभागी भइसकेका श्रेष्ठको नेपालमा दुई पटक एकल कला प्रदर्शनी भव्यताका साथ सम्पन्न भएको छ। जन्मथलो पोखरामै नेपाली कला र कवितालाई आफ्नो छुट्टै मौलिक शैलीमा अनुष्ठान गर्दै आएका श्रेष्ठ नेपाली कविताको मूल्य र मान्यताको लागि मुलुक मै टिकटमा एकल कविता वाचन कार्यक्रम शुरु गर्ने प्रथम प्रयोक्ता हुन्। त्रिविवि स्नातक तह प्रथम वर्षको ऐच्छिक नेपाली कोर्समा २०६५ देखि कविता समावेश भएका श्रेष्ठको नपोतिएका रंगहरू (गीत संग्रह २०५२), चराहरूको पहाड (कविता संग्रह २०५५),आमा नदीहरू (कविता संग्रह २०५७),बुद्ध बिम्ब अक्षर बिम्ब (कविता संग्रह २०५८),इन द नेम अफ बुद्ध –अंग्रेजी भाषाको कविता संग्रह २०५८),घाँस उखेलिरहेकी केटी (कविता काव्य २०६०),रोदी रोएको देशमा (काव्य २०६२), कविता र साँझ (नेपाली कविताको पहिलो श्रव्य दृश्य ०६४), अक्षरको खेत (२०६५ कविता संग्रह ),चोक र तमसुक (२०६७ खण्डकाव्य ), कविताको उज्यालो (२०७० कविता संग्रह ),रङहरूको गीत ( कविता र चित्रकला संग्रह २०७३),अग्निनृत्य (२०७४ काव्य ),मलामी पहाड र सारंगी (२०८० काव्य) प्रकाशित छन् भने आँसुमा खसेको पृथ्वी (कविता संग्रह), कोलाज उत्सव (काव्य) सुनगाभाको ओठ (गीत संग्रह) प्रकाशोन्मुख छन्। राष्ट्रिय प्रतिभा पुरस्कार,मोती पुरस्कार,ससिद्घि राष्ट्रिय कलाश्री पुरस्कार,व्यथित काव्य पुरस्कार,शिरोमणि पुरस्कार आदि थुप्रै पुरस्कार तथा मान सम्मानले सम्मानित श्रेष्ठ नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व प्राज्ञसभा सदस्य तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद सदस्य तथा चित्रकला विभाग प्रमुख हुन्। श्रेष्ठले नेपाली कला र काव्यको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनु भएको योगदानको कदर गर्दै सम्मानित गर्न लागिएको हो भन्दै उक्त अवसरमा मुकेश मल्ल,प्रभा भट्टराई,डा.गीता त्रिपाठी,मनोज भण्डारी,गोपी सापकोटा र बरुणबाबु घिमिरेलाई विभिन्न पुरस्कारले सम्मानित गरिने त्रिवेणी साहित्य प्रतिष्ठानका उपाध्यक्ष तथा गैडाकोट प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव भीमप्रसाद शर्माले बताएका छन्।

बेलायतमा,बीआरपी,आइएलआर,आइएलई खारेज हुँदै, नया सिस्टमको सुचना आउदै

शीतलपाटीन्युज डटकम।| बेलायत सरकारले यो वर्षको अन्त्यदेखि विद्युतीय अध्यागमन प्रणाली (ईभिसा)लागू गर्ने भएको छ । जसका कारण मानिसहरुले आफ्नो अध्यागमन स्थितिका बारेमाजानकारी दिन पासपोर्ट बोकिरहनु पर्ने छैन। अध्यागमन सम्बन्धी सबै तथ्यांकहरु अनलाइनमा राखिने छ। फलत अहिले बोक्नु परिरहेको बायोमेट्रिक रेसिडेन्स पर्मिट (बीआरपी),बायोमेट्रिक रेसिडेन्स कार्डस (बीआरसी) र पासपोर्टमा छाप लगाइएको इन्डिफिनेट लिभ टु इन्टर (आइएलई),इन्डिफिनेट लिभ टु रिमेन (आइएलआर) लगायत खारेज हुँदैछन् । यस बारेमा बेलायतमा बसोबास गरिरहेका नेपालीहरुलाई पनि धेरै अन्यौल र जिज्ञासा रहने छ। त्यसैको समाधानका लागि हामीले बेलायतको सरकारी वेभसाइटमा रहेको जानकारीलाई नेपालीमा अनुवाद गरिएको छ । ईभिसा के हो ? ईभिसा तपाईको अध्यागमनसम्बन्धी स्थिति, तपाईको बेलायतमा प्रवेश गर्ने र बसोबास गर्ने अधिकारका बारेमा अनलाइनमा जानकारी राख्ने तरिका हो। यसका लागि तपाईले युके भिजाज एण्ड इमिग्रेसन (युकेभिआई) मा अकाउण्ट बनाउनुपर्नेछ। तपाईको कागजमा रहेको भिजालाई अनलाइनमा परिणत गर्दा तपाईको अध्यागमन स्थिति वा बेलायतमा प्रवेश गर्ने वा बसोबास गर्ने अधिकारमा केही परिवर्तन हुने छैन। भविष्यमा बेलायत आउँदा तपाईले पासपोर्टबाहेक अरु कागजात बोकिरहनुपर्ने छैन। यो साल सन् २०२४ को अन्त्यसम्म मात्र तपाईले यात्रा गर्दा त्यस्ता कागज बोक्नु पर्नेछ। ईभिसाले तपाईको कागजातहरु हराउन, चोरिन,च्यातिनबाट सुरक्षित बनाउने छ। तपाईको आवेदन स्वीकृत भएपछि कागजात पाउनका लागि पर्खिरहनुपर्ने छैन। यसबाट बेलायतका नाकामा,तपाईको घरबेटी वा रोजगारदातालाई तपाईको अध्यागमन सम्बन्धी स्थितिका बारेमा जानकारी दिन सजिलो र छरितो बनाउने छ। युकेभिआईमा किन अकाउण्ट बनाउने ? युकेभिआईले कागजात बोक्नुपर्ने प्रणालीलाई अनलाइन प्रणालीद्वारा विस्थापित गर्न लागेकाले यस्तो अकाउण्ट बनाउनु परेको हो। तपाईको भिसाको बारेमा जानकारी पाउन र तपाईको अध्यागमन स्थिति जस्तै:काम गर्न पाउने,भाडामा बस्न पाउने अधिकार आदिका बारेमा जानकारी दिन यस्तो अकाउण्ट बनाउनु परेको हो। तर यस्तो अकाउण्ट बनाउँदा कुनै शुल्क तिर्नु पर्दैन। यस्तो अकाउण्ट बनाएपछि पासपोर्ट वा अध्यागमन सम्बन्धी परिचयपत्रको विस्तृत विवरणहरु फेरिँदा अपडेट गरिरहनुपर्छ। जस्तो नयाँ पासपोर्ट बनाएमा सोको जानकारी अपडेट गर्नुपर्छ। घरभाडामा बस्नुपर्दा घरधनीलाई वा जागिर खाँदा रोजगारदातालाई अध्यागमनका बारेमा जानकारी दिनुपर्यो भने तपाईले एउटा कोड बनाएर दिन सक्नुहुनेछ। यस्तो कोड केही समयका लागि मात्र हुनेछ र तपाईले जुनबेला चाहनुभयो त्यहीबेला त्यस्तो

साउदी अरबमा हज यात्रामा १,००० भन्दा बढी तीर्थयात्रीको मृत्यु

शीतलपाटीन्युज डटकम। लण्डन। साउदी अरबमा यस वर्षको हज यात्रामा १,००० भन्दा बढी तीर्थयात्रीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। साउदी अरेबियामा यस वर्षको हज तीर्थयात्रामा १,००० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ किनभने मरुभूमि राज्यका इस्लामिक क्षेत्रको पवित्र स्थलहरूमा अत्यधिक उच्च तापक्रमको सामना गर्नु परेको अधिकारीहरूले आइतबार भने। काहिरोका दुई अधिकारीका अनुसार मृत्यु हुनेमा आधाभन्दा बढी इजिप्टका मानिस थिए। इजिप्टले अनधिकृत तीर्थयात्रीहरूलाई साउदी अरब जान मद्दत गर्ने १६ वटा यात्रा निकाय ट्राभल एजेन्सीहरूको इजाजतपत्र खारेज गरेको अधिकारीहरूले बताएका छन्। साउदी अरेबियाले तीर्थयात्राको क्रममा मृत्युको बारेमा टिप्पणी गरेको छैन किनभने प्रत्येक सक्षम मुस्लिमको जीवनमा एक पटक आवश्यक हुन्छ। इजिप्टको सरकारले यस वर्षको हजको दौडान पुरानो रोगहरूको कारण ३१ जना तीर्थयात्रीहरूको मृत्यु भएको घोषणा गरेको छ। यद्यपि, एक मन्त्रिमन्डलका अधिकारीका अनुसार तीर्थयात्राको क्रममा कम्तिमा ६३० जना अन्य इजिप्टियनहरू मरेको बताए । संख्याको पुष्टि गर्दै इजिप्टका एक कूटनीतिज्ञले मृतक मध्ये अधिकांशलाई साउदी अरबमा गाडिएको पुष्टी गरे। अधिकारीहरूले नाम न छाप्ने सर्तमा उनीहरूलाई पत्रकारहरूलाई विवरण दिने अधिकार नभएको बताए। साउदी अधिकारीहरूले अनाधिकृत तीर्थयात्रीहरूमाथि कारबाही गरे र हजारौं मानिसहरूलाई निष्कासन गरे। तर धेरै जसो इजिप्शियनहरू, मक्का र वरपरका पवित्र स्थलहरूमा पुग्न सफल भएका थिए। सरकारले आफ्नो विज्ञप्तिमा १६ वटा यात्रा निकाय ट्राभल एजेन्सीले तीर्थयात्रीलाई पर्याप्त सेवा दिन असफल भएको बताएको छ। प्रतिष्ठान कम्पनीका अधिकारीहरूलाई अनुसन्धानका लागि सरकारी वकिलमा पठाइएको पनि सरकारले जनाएको छ। एसोसिएटेड प्रेसको तथ्याङ्क अनुसार मृत्यु हुनेमा इन्डोनेसियाका १६५,भारतका ९८ र जोर्डन,ट्युनिसिया, मोरक्को,अल्जेरिया र मलेसियाका दर्जनौं तीर्थयात्रीहरू पनि थिए। साथै दुई जना अमेरिकी तीर्थयात्रीको पनि मृत्यु भएको बताइएको छ। एसोसिएटेड प्रेस पत्रकारहरूले हजको समयमा विशेष गरी दोस्रो र तेस्रो दिनमा तीर्थयात्रीहरू चर्को गर्मीबाट बेहोस भएको देखे। कतिपयले वान्ता गरे र ढले।तर यस वर्षको संख्या असाधारण रूपमा उच्च भएको एबिसी न्यूजले समाचार लेखेको छ । सन् २०१५ को हजको क्रममा मिनामा भएको भागदौडमा २,४०० तीर्थयात्रीको मृत्यु भएको थियो।सोही वर्षको सुरुमा मक्काको बृहत मस्जिदमा एउटा छुट्टै क्रेन गह्रौ माल उचाल्ने यन्त्र अर्थात् उत्तोलक खस्दा १११ जनाको मृत्यु भएको थियो।

मन्त्रिपरिषदद्धारा बेलायतका लागि डा बिजन पन्त लगायत ८ देशका लागि राजदूत सिफारिस

शीतलपाटीन्युज डटकम। लण्डन । मन्त्रिपरिषद् बैठकले रिक्त रहेका राजदूत पदमा ८ जनालाई सिफारिस गरेको छ। भारतका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी सिफारिस भएका छन्।  एमाले,माओवादी र जसपाको बन्नेहरूको नाम सिफारिस भएको हो। भारतमा लोकदर्शन रेग्मी,अमेरिकाका लागि पूर्वसचिव चन्द्र घिमिरे,दक्षिण कोरियाका लागि मानव अधिकारवादी सुशील प्याकुरेल सिफारिस भएका छन् । डेनमार्कका लागि सुम्निमा तुलाधर,मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिना, बेलायतका लागि डा.बिजन पन्त, साउदी अरेबियाका लागि अबुसुफ्यान खान मुसलमान र स्पेनका लागि पुष्पराज राजकर्णिकार सिफारिस भएका छन् । रास्वापाको कोटाको पछि सिफारिस हुनेछन्। भारतका लागि सिफारिस भएका रेग्मी बेलायतका लागि यसअघि राजदूत भएका थिए। केपी ओलीको सरकार परिवर्तन भएपछि फिर्ता हुने सूचीमा उनी परेका थिए। अमेरिकाका लागि सिफारिस भएका पूर्वसचिव घिमिरे विगतमा कोलकातास्थित महावाणिज्यदूत पनि बनेका थिए। तुलाधार महिला तथा बालअधिकारको क्षेत्रमा लामो समय देखि काम गरेकी हुन्। बेलायतका लागि सिफारिस भएका पन्त विकास मामिला जानकार हुन्। राजकर्णिकार राष्ट्रिय योजनाका पूर्वसदस्य हुन्।

नेपाल ब्रिटेन डटकमले बेलायतका १० जना चर्चित व्यक्तित्वको सम्मानका लागि नाम शिफारिष माग्दै

शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतबाट संचालित नेपालब्रिटेन डट कमले बेलायतमा सक्रिय १० व्यक्तित्वहरुलाई सम्मान गर्ने भएको छ।अनलाइनका संस्थापक अध्यक्ष चिरन्जीवी ढकालका अनुसार अनलाइन पोर्टलको आफ्नो १७ औं वार्षिकोत्सवको अवसर पारेर सो सम्मान कार्यक्रमको आयोजना गर्न लागेको हो। सन् २००७ को जुन महिनादेखि अनलाइन सेवा संचालन गरेको समाचार पोर्टलले १७औं वार्षिकोत्सव मनाउने तयारी गरेको छ।गत वर्षहरुमा जस्तै यस बर्ष पनि बेलायती नेपाली समुदायसँग वार्षिकोत्सव मनाउने तयारी गर्दै रहेको ढकालले बताए। ढकालले कार्यक्रमको विस्तृत विवरण छिट्टै प्रकाशन गर्ने बताए। सो अवसरमा नेपाली दूतावास लन्डन,स्थानीय सबै सामाजिक संघसंस्था,पत्रकार,बुद्धिजीवी लगायतको उपस्थितिमा नेपालबाट आएका कलाकारहरुले विभिन्न सांस्कृतिक कार्यक्रमको प्रस्तुती दिने भएका छन्। नेपालब्रिटेन डट कमका सम्पादक चिरन शर्माले गत वर्षहरुमा जस्तै यो वर्ष पनि बेलायतमा चर्चित दश नेपालीलाई सम्मान गरिने जानकारी दिएका छन। उनले बेलायतस्थित नेपाली समुदायको सिफारिशमा चर्चित १० जनाको नाम चयन हुने बताए। यस वर्ष बेलायतमा सक्रिय एक सामाजिक संस्थालाई समेत सम्मान गर्ने तयारी गरिएको छ। कार्यक्रममा नेपालका प्रमुख राजनीतिक दल नेपाली कांग्रेस,नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय नेताहरुको समेत उपस्थिति रहने अपेक्षा गरिएको छ। बेलायतमा चर्चित १० व्यक्तित्व छान्नुहोस्- १७ औं वार्षिकोत्सव समारोहमा सम्मान हुने व्यक्तित्वहरुको नाम सिफारिस गर्न अनलाइनले सार्वजनिक आह्वान गरेको छ। सामाजिक,शैक्षिक,खेलकुद, कला-संस्कृति,व्यवसाय, परोपकार लगायतका क्षेत्रमा सक्रिय रहेर नेपाली समुदायका लागि योगदान दिएका व्यक्तित्वहरुले आफैं वा अरू कसैले त्यस्ता व्यक्तित्वहरुको नाम सिफारिस गर्न सक्नेछन्। छोटो परिचय, सामाजिक गतिविधि र व्यक्तिगत प्रोफाइल विवरण सहित जुन २८ तारिखभित्र निम्न इमेल ठेगानामा नाम सिफारिस गर्न अनुरोध गरिएको छ। इमेल: [email protected]

कोरियामा सोनसिक अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन सम्पन्न

GNNNEWS- सोल,कोरिया -नेपाली विद्यार्थी समाज,दक्षिण कोरिया (सोनसिक) ले आफ्नो बीसौँ स्थापना दिवसको अवसरमा "सोनसिक अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन-२०२४" सम्पन्न गरेको छ। ​ 'सहकार्यात्मक नेतृत्व: दिगो विकासका लागि अन्तर विषयगत नवप्रवर्धन र वैज्ञानिक उत्कृष्टताको उत्प्रेरक" भन्ने विषयलाई  मुख्य आधार मानेर आयोजना गरिएको अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन गत जुन १५ र १६ तारिखमा दक्षिण कोरियाको छनानमा अवस्थित नामसउल विश्वविद्यालयमा सम्पन्न भएको हो। नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय सुमना श्रेष्ठको प्रमुख आतिथ्य  (भर्चुअल), नामसउल विश्वविद्यालयका प्रेसिडेन्ट प्रा. डा.स्युङ योङ युन्,कोरियास्थित नेपाली दूतावासका उपनियोग  प्रमुख पुष्पराज भट्टराई, एनआइआइइडी टिम नेता किम ना युन, विभिन्न क्षेत्रका विज्ञ,वैज्ञानिक तथा शिक्षा र अनुसंधान क्षेत्रका विशिष्ट व्यक्तित्व लगायत दुई सय भन्दा बढी राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका अनुसन्धानकर्ता,विशेषज्ञ र विद्यार्थीहरुको उपस्थितिमा सम्पन्न भयो। उदघाटन सत्रलाई  सम्बोधन गर्दै शिक्षा मन्त्री श्रेष्ठले कोरिया लगायत विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली वैज्ञानिक तथा शिक्षाविदहरुलाई एक हुन यस सम्मेलनले ठूलो भूमिका खेलेको र यस्ता प्रकारका सम्मेलनहरु नेपाल मै गर्नको लागि प्रस्तावना लिएर आउन अनुरोध गर्दै आफ्नो सहयोग सदैव रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। विश्वभर फैलिएका नेपाली वैज्ञानिक तथा शिक्षाविद्हरुलाई राष्ट्रप्रति थप जिम्मेवार बन्दै शिक्षाको आधुनिकीकरणमा वैदेशिक शैक्षिक संस्था तथा नीतिगत तहबाट समन्वयन र सहकार्य गरी नेपाललाई सहयोग गर्न पनि उहाँले अपील गर्नुभयो। शिक्षा र अनुसन्धानले मात्रै समाजलाई सभ्य बनाउन र मानव जीवनको औचित्यलाई अझै परिष्कृत गर्न सक्ने भन्दै यस्तो कार्यक्रम मार्फत सबैलाई जोड्न प्रयास गरेकोमा आयोजकलाई विशेष धन्यवाद दिनु  भयो।   उद्घाटन सत्रलाई प्रेसिडेन्ट प्रा. डा.स्युङ योङ युन्,उपनियोग  प्रमुख पुष्पराज भट्टराई, वैज्ञानिक समितिका अध्यक्ष देवी बहादुर बस्नेतले विशेष सम्बोधन गर्नुभएको थियो।  उद्घाटन सत्रमा कोरियाका लागि नेपाली राजदुत महामहिम ज्योति प्याकुरेल भन्डारी आउन तय भए पनि अकस्मात स्वास्थ्य समस्याका कारण आउन नसके पछि उहाको सन्देश सोनसिकका अध्यक्ष मेघनाथ पौडेलले पढेर  सुनाउनु भएको थियो। कार्यक्रममा आयोजक समितिका संयोजक किरण सुवालले स्वागत तथा समाजका अध्यक्ष मेघनाथ पौडेलले धन्यवाद मन्तव्य राख्नु भएको थियो। कार्यक्रमको सहजीकरण संस्थाका सचिव नारायण सराफ,सोनसिक मिडिया उप समिति संयोजक डा.कमला केसी र नामसउल विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी कान्ति खतिवडाले संयुक्त

नेपाल आदिवासी जनजाति महासंघ बेलायतको अध्यक्षमा मेजर योगेश राई

शीतलपाटीन्युज डटकम। लण्डन।नेपाल आदीबासी जनजाती महासंघ युकेको  ५औ महाधिबेसन हालै भब्य सम्पन्न भएको समाचार छ।  महासंघका अध्यक्ष कर्मा पहाडी शेर्पाको अध्यक्षता सम्पन्न महाधिबेसनमा नेपाली दूतावास लन्डनकीउपनियोग प्रमुख रोशन खनालको प्रमुख अतिथी रहनु भयको र आइतबार तमु धीं भवन मिचेटमा सम्पन्न भएको थियो। अधिवेशन प्रमुख अतिथि उपनियोग प्रमुख रोशन खनाल,अध्यक्ष कर्मा पहाडी शेर्पाले दिपप्रज्वलन गरेर उद्घाटन गर्नु भयको थियो। महासंघको पाँचौं महाधिवेशनले मेजर राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। अध्यक्षमा मेजरयोगेश कोयी राई चयन भयको सो महासंघको अन्य पदाधिकारीहरुमा उपाध्यक्ष विमला राई, महासचिवफामबहादुर दुरा,सचिव इन्द्रजंग दुरा चयन भएका छन् ।सदस्यहरुमा हाललाई जीत मेन्याङ्बो, विजयलिङ्थेप चयन भएको निर्वाचन समितिका प्रमुख आयुक्त एकेन्द्र गुरुङले जानकारी दिनु भयको थियो।उहाका अनुसार बाँकी पदाधिकारी र सदस्य पछि थप्ने गरी सहमतिका आधारमा नयाँ नेतृत्व चयन गरिएकोहो । अधिवेशन उद्घाटन सत्र, बन्दसत्र र घोषणासभा गरी तीन चरणमा सञ्चालन गरिएको सो कार्यक्रममा नेपालराष्ट्रिय गीत र आदिवासी जनजागतिको राष्ट्रिय गान बजाइएको थियो। अहिलेसम्मका आदिवासी जनजातिआन्दोलनमा क्रममा प्राण आहुति दिनेहरुको सम्झनामा दुई मिनेट मौनधारणा गरिएको थियो।  महासंघकी उपाध्यक्ष लीला सेलिङ माबोले स्वागत मन्तव्य राखेको कार्यक्रम महासचिव विमला सेनेलेसञ्चालन गर्नु भयको थियो। त्यसपश्चात “नेफिन युकेको डेढ दशक” स्मारिका विमोचन गरिएको थियो ।स्मारिकामा नेफिन स्थापनाको १५ वर्षमा भएका गतिविधि साथै आबद्ध जातीय संस्थाको परिचय समेटिएकोछ।   महाधिवेशनमा गोर्खा आन्दोलनका अभियन्ता ज्ञानराज राई,नेफिन युकेका संस्थापक अध्यक्ष थर्कराना,पूर्वअध्यक्ष जंग सुनुवार,तमु धीं युके अध्यक्ष हरि गुरूङ,फोनिज युकेका अध्यक्ष बम थापा सूर्यवंशीमगर,निवर्तमान अध्यक्ष गोमा राना,नेपाल आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष नेत्रकला युमालिम्बु,किरात राई यायोक्खा नेपाल धनकुटाका अध्यक्ष उद्धव राईलगायत महासंघ आबद्ध जातीय संघसंस्थाका प्रमुख, प्रतिनिधि,बेलायतमा सक्रिय विभिन्न राजनीतिक दलका नेताहरु,नेफिन युकेकासल्लाहकार तथा प्रमुख निर्वाचन आयुक्त एकेन्द्र गुरुङ लगायतको उपस्थिति रहेको थियो। उद्घाटनसत्र सकिए लगत्तै बन्दसत्र भएको थियो । त्यसक्रममा विभिन्न प्रतिवेदनमाथि छलफल गरी प्रतिबेदन पारित गरिएको थियो। त्यसपछि प्रमुख निर्वाचन आयुक्त एकेन्द्र गुरुङले सबैलाई धन्यवाद दिएर नयाँकार्यसमिति घोषणा गरीएको र नवनिर्वाचित कार्यमितिलाई आइतबार नै प्रमाणपत्र दिने र पद तथागोपनियताको शपथग्रहण गराइएको थियो। नवनिर्वाचित अध्यक्ष मेजर योगेश राईले आफूलाई छनोट गरेकोमा धन्यवाद दिँदै इमानदारिताका साथजिम्मेवारी निभाएर संघलाई अगाडि बढाउने प्रतिबद्धता जनाए । निवर्तमान अध्यक्ष कर्मा पहाडी शेर्पालेआफ्नो कार्यकालमा सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिए भने नयाँ कार्यसमितिलाई आफ्नो तर्फबाटसहयोग रहने वचनबद्धता गर्दै बधाई ज्ञापन गरेका थिए। नयाँ कार्यसमिति सहमतिको आधारमा छनोट गरी निर्वाचन सफल पारेकोमा प्रमुख आयुक्त एकेन्द्रगुरुङ,सदस्यहरुलाई महासंघको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो। निर्वाचन समिति सदस्यमानिवर्तमान अध्यक्षहरू ले.श्रीप्रसाद लिम्बू, जंग सुनुवार,सल्लाहकारहरू विश्वासदीप तिगेला र एभरेष्ट टाइम्सका सम्पादकदुत पुन थिए। श्रोत-गोर्खा मिडीया।

एनआरएनए अभियन्ता गौरी जोशीलाई बेलायतमा स्वागत र अन्तरक्रिया

शीतलपाटीन्युज डटकम। लण्डन- अमेरिका बसेका गैरआवासीय नेपाली संघको (एनआरएनए) अभियन्ता एवम् अन्तरराष्ट्रिय समन्वय परिषदको दुई कार्यकाल महासचिव सफलता पुर्वक सम्पन्न गरेका गौरी जोशीसंग अन्तरक्रिया गर्दै यूकेमा स्वागत तथा सम्मान गरिएको छ। एनआरएनए यूके अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा भयको स्वागत र अन्तरक्रिया कार्यक्रम एनआरएनए यूके आइसीसी सदस्य दिलराज गुरुङले संचालन गरेको थिए। कार्यक्रममा बोल्दै जोशीले गैरआवासीय नेपाली संघलाई विगतमा जस्तै एकजुट भएर अघि बढेको देख्न चाहेको बताउदै ‘अदालतको निर्णय र फैसलाको पूर्ण पाठ नआइ सकेका बताउदै संघ अहिले अन्योल र निस्क्रिय छ, फैसलाको पूर्ण पाठ अध्ययन गरेर संघलाई सबै मिलेर जीवन्तता दिनुपर्छ। नेपाल र विदेशमा बस्ने नेपालीहरुलाई जोड्ने महत्वपूर्ण संस्थाको रुपमा रहेको एनआरएनएलाई अघि बढाउन नयाँ नेतृत्व,नयाँ सोच र नयाँ पुस्तालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने,विगतमा गल्ती सबैबाट भएको छ,गल्ती सबैले स्वीकार्नुपर्छ गल्ती,तर गल्ती बारम्बार दोहोरिनुहुन्न’ जोशीले धारणा थिए। एनआरएनएले देशका लागि धेरै काम गरेको र अझै गर्नुपर्ने बताउंदै उनले कोभिडका बेला  ग्लोबल फण्डका लागि बेलायतको भूमिकाको स्मरण गर्दै आफ्नो नेतृत्वमा ब्लड बस बैंकको संचालन गरेर ५ वटा प्रदेशमा राहत पुर्‍याएको उल्लेख गर्दै यस्ता कार्य गरेर गैर आवासीय नेपाली संघ र नेपालबीचको सम्बन्धलाई मजबुत बनाउन पर्ने राय ब्यक्त गरेका थिए। एनआरएनए यूके अध्यक्ष हितकाजी गुरुङ,एनआरएनए यूकेका पूर्व अध्यक्ष एवम् समाजसेवी सूर्य गुरुड्ग, एनआरएन युके पुर्व प्रमुख सॅरक्षक शेर सुनार,शिव कल्चरल एण्ड कम्यूनिटी सेन्टरका अध्यक्ष विक्रम भट्टराई,नेपाल पत्रकार महासंघ यूकेका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार परियार समेतले संबोधन गर्दै संघका पूरानो कुरा बिर्सिएर संस्थालाई अघि बढाउन आग्रह गरेका थिए। उक्त कार्यक्रममा एनआरएनए अभियन्ता योगेन क्षेत्री,गोरखा जिल्ल्ला समाज युकेका अध्यक्ष हेम कुमार गुरुङ, नेपाल नर्सिड्ग एसोसीयसनकी पुर्व अध्यक्ष प्रसुना कंडेल,तमुधि युकेका उपाध्यक्ष कमल कोने गुरुङ,पुर्व डिएसपी बाचस्पति रेग्मी,नेपाल पत्रकार महासंघ युकेका महासचीव नरेन्द्र बस्नेत, समाजसेवी बीरेन खड्का लगायतको उपस्थिति थियो ।  गत साता परिवारसहित यहाँ आएका जोशी लिभरपुल, स्कटल्यान्ड लगायत विभिन्न स्थानको भ्रमण र केही अनौपचारिक भेटघाटमा शनिबार अमेरिका प्रस्थान गरेको समाचार छ।

ट्राफिक प्रहरीलाई थप प्रविधिमैत्री बनाउनुपर्ने : उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने

नेपाल प्रहरी,काठमाण्डौ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले ट्राफिक व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन र नागरिकले महसुस गर्न सक्ने गरी सेवा प्रवाह गर्न ट्राफिक प्रहरीलाई थप प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने बताउनुभएको छ ।   काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको शुक्रबार निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री लामिछानेले उक्त कुरा बताउनुभएको हो । सो क्रममा उहाँले उक्त कार्यालयमा रहेको सहायता कक्ष, गुनासो शाखा, ब्यारेक, कन्ट्रोल रूम लगायत विभिन्न शाखाहरूको निरीक्षण गर्दै सो सम्बन्धी काम र अवस्थाकाबारे जानकारी समेत लिनुभयो ।   निरीक्षण पश्‍चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले विभिन्न समस्या र अभावका वावजूद ट्राफिक प्रहरीले उत्कृष्ट कार्यसम्पादन गर्दै आएको र ती समस्याहरू समाधान गर्न गृहमन्त्रालय कटिवद्ध रहेको बताउनुभयो। युनिफर्म लगाएको प्रत्येक प्रहरी कर्मचारीहरूले आफ्नो कामप्रति जवाफदेही हुनुपर्ने चर्चा गर्दै गृहमन्त्री लामिछानेले भन्नुभयो,"युनिफर्म लगाएको प्रहरीलाई देखेर नागरिकलाई लागोस् कि यो मेरो मान्छे हो। यसको लागि प्रत्येक प्रहरी कर्मचारीले नागरिकसँग गर्ने व्यवहारमा परिवर्तन ल्याउन आवश्यक छ।"   ट्राफिक प्रहरीले प्रचलित कानून कार्यान्वयनमा कडा रूपमा प्रस्तुत हुनुपर्ने उल्लेख गर्दै  गृहमन्त्री लामिछानेले भन्नुभयो,‘ट्राफिक नियम मिच्नेलाई छुट दिन हुँदैन। एउटाले नियम मिच्दा अर्काको ज्यान जान सक्छ, त्यसैले चेकिङलाई अझ प्रभावकारी बनाई लापसे,मापसे र लेन अनुशासनमा कसैलाई छुट नदिनुहोस्। फरक क्षमता भएका व्यक्तिहरू, वृद्धवृद्धा एवम् बालबालिकालाई विशेष ध्यान दिएर ट्राफिक प्रहरीले उत्कृष्ट रूपमा कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। प्रतिकूल अवस्थाका वावजूद सडकमा खटिँदा ट्राफिक प्रहरीले भोग्नुपरेका शारीरिक र मानसिक समस्या सम्बोधनको लागि गृहमन्त्रालय सदैव क्रियाशील रहेको उहाँले बताउनुभयो।   कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले ट्राफिकले भोग्नुपरेको समास्या निराकरणको लागि मन्त्रालय सदैव कटिवद्ध रहेको बताउँदै ट्राफिक प्रहरीले सडकमा खटिँदा घाम पानी नभनि विभिन्न समस्या झेल्दै कार्य गर्दै आइरहेकोमा प्रविधिको प्रयोग गरी ट्राफिक व्यवस्थापनमा थप सहजता ल्याउन सकिने बताउनुभयो। ट्राफिक प्रहरीको क्षमता अभिवृद्धि र प्रविधिको प्रयोगले दुर्घटना न्यूनिकरण र मानवीय क्षति कम गर्न सहयोग पुग्ने हुँदा ट्राफिक प्रहरीलाई प्राविधिक रूपमा सुसम्पन्न गर्नुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो। ट्राफिक व्यवस्थापनमा सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय गरी प्रभावकारी सेवा प्रवाह गर्न उहाँले निर्देशन दिनुभयो। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा

बेलायती राजाको जन्मोत्सवमा पूर्व गोरखा सैनिक हरि बुढामगर MBE द्वारा सम्मानित हुदै

शीतलपाटीन्युज डटकम। लण्डन। बेलायती राजा चार्ल्स तृतीयको शुभजन्मोत्सवका अवसरमा बेलायतमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका महानुभावहरूलाई प्रदान गरिएको पदवी पूर्व गोरखा सैनिक हरि बुढामगरले पनि पाउने भएको समाचार छ। शुक्रबार बेलुका सार्वजनिक गरिएको सो पदक पाउनेहरूको सूचीमा बुढामगरले MBE पाउने भएको हो। अपाङ्गताका बारेमा जनचेतना फैलाएकोमा मेम्बर अफ अर्डर अफ ब्रिटिश एम्पायर (MBE) पदवी प्रदान गरिने घोषणा गरिएको हो। बुढामगरले गत वर्ष २०२३ मई १९ मा सगरमाथाको सफल आरोहण गरेका थिए।बुढामगरले घुँडाभन्दामाथि गोडा गुमाएका व्यक्तिहरु मध्ये सबैभन्दा पहिले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकोमा गिनिस बुक अफ वर्ल्ड रेकर्ड पनि कायम गरेका छन् । रोल्पा मिरुलमा जन्मेका बुढामगरले बेलायती सैनिकमा कार्यरत हुँदा कामको सिलसिलामा सन् २०१० मा अफगानिस्तानको हेल्मण्डमा खटिएको बेला दुश्मनको एम्बुसमा परेर दुवै गोडा घुँडाभन्दा मुनि सबै गुमाएका थिए। सो दुर्घटनाको उपचारपछि उनले बेलायत लगायत विभिन्न स्थानहरूमा अपाङ्ग भएपछि केही गर्न सकिन्न भन्ने परम्परागत मानसिकता हटाउन र अपाङ्गहरूले पनि केही गर्न सकिन्छ भन्ने प्रेरणा दिदै प्रवचन दिने,साहसिक खेलमा सहभागी हुने,सामाजिक तथा व्यावसायिक कार्यमा सक्रिय रहेर समाजमा उच्च मनोबल दिएका थिए। सगरमाथा सफलता पुर्वक चढेका उनी अहिले सबै महादेशका अग्ला हिमाल चढ्ने अभियानमा लागेको समाचार छ।

"फेबरेट सेफ"प्रतियोगितामा नेपालका अर्जुन थापा उत्कृष्ट १० मा

शीतलपाटीन्युज डटकम। काठमाडौँ । उत्कृष्ट व्यञ्जन तथा परिकारका सृजना प्रस्तुत गर्ने सम्बन्धी अमेरिकी प्रतिस्पर्धा ‘फेबरेट सेफ’ (मनपर्ने सेफ) मा नेपालका अर्जुनबहादुर थापा उत्कृष्ट १० भित्र परेका छन्। तनहुँ मूलघर भई हाल बेलायतमा बस्दै आइ रहेका थापा यो प्रतियोगितामा अब उत्कृष्ट ५ जना सेफका लागि प्रतिस्पर्धामा छन्।झण्डै सय जना मध्येबाट १० उत्कृष्टमा छनौट भइसकेको छु अबको बाँकी निर्णय खानाका पारखीहरुको भोटमा निर्भर रहने छ,राजधानी काठमाडौंमा प्रतियोगितामा सहभागी रहेका सेफ थापाले बताएका छन। फेबरेट सेफ विश्वभरका पाककला सृजना गर्ने सेफ तथा भान्सेहरुको लोकप्रिय एक अनलाइन प्रतियोगिता हो। प्रतियोगिताले पाककला सिक्दै गरेका तथा यसैमा लामो समय बिताएका सेफहरुबीच खानपान जीवनशैलीबारे रचनात्मक प्रदर्शन गर्ने अवसर दिएको हुन्छ। विश्वभरका ८९ देशका सेफमध्येबाट प्रतिस्पर्धा गर्दै आइरहेका थापा नेपाली खाना पस्कँदै प्रतिस्पर्धामा उत्रिका छन्। यो प्रतियोगितामा विजेतालाई २५ हजार डलरका साथ ‘टेस्ट अफ दि होम’ म्यागेजिनको कभर स्टोरीमा फोटो समेटिन्छ । यसबाहेक चर्चित अमेरिकी सेफ कार्ला हलका साथ विशेष खानाका परिकार पकाउने अवसर दिइन्छ। बेलायत र स्विट्जरल्यान्डमा गरी १७ वर्ष विदेशमा एशियाली खान्कीहरुमा समय बिताइ सकेका थापाले सन् २०१० मा प्रतिष्ठित ब्रिटिस करी अवार्ड पनि जितेका थिए।

लामिछाने,सहकारी र रा स्व़ पा भबिस्य मेरो हेराईमा : सुरज श्रेष्ठ

सुरज श्रेष्ठ, राजनीति हो,यो ब्रुटल हुन्छ र प्रतिस्पर्धीलाई सखाप नै पार्नेगरी यो खेल खेलिन्छ! राजनीति सत्ता र शक्ति प्राप्तीकै लागि गरिने खेल पनि हो! तर,डेमक्रटिक सिस्टममा यो खेलको पनि केहि नियम,भ्याल्यु र सीमाहरु हुन्छन् जुन यस्का खेलाडीहरुले अबलम्बन गर्न जरुरी छ। सहकारी छानबिन समिति बनिसकेछ अहिले तर लामिछाने हुन् व़ा अरु संसदमा बहुमत हुदैमा र सत्ता शक्तिमा बस्दैमा एक राजनीतिक पदमा बसेको ब्यक्तिले कुनै जनसरोकारको बिषयमा प्रश्न उठेपछि आफूमाथि छानबिन हुनै हुदैन भन्नु आफूलाई कानुन माथि भएको आभास दिलाउने एक अउथरिटरिअन अभ्यास मात्र हो र संसद अबरोध गर्ने अभ्यास पनि राम्रो डेमक्रटिक अभ्यास होईन। नेपालको राजनीतिका अधिकांश पुराना खेलाडीहरु झै देखिदैछन् लामिछाने पनि। उनले सहकारी ईस्यूमा जुन अडान लिईरहेको र आफूमाथि छानबिन नगराउन सत्ताशक्तिको बलमा जे जस्ता झोलझाल तर्कहरु दिईरहेको देखें, यसले उनकै ब्यक्तिगत र राजनीतिक उचाईलाई गिराएको छ भन्ने लाग्छ मलाई! उदाहरणको लागि, अघिल्लो निर्वाचनमा बेलायतमा बस्ने धेरै नेपालीहरुले लामिछाने र उनको पार्टीलाई भरपुर सहयोग गरेको पाएको थिएँ मैले! धेरैले नेपालमा बस्ने आफ्नो परिव़ार, आफन्त र साथीभाईलाई उनको पार्टीमा मतदान गर्न आब्हान गरेका थिए! तर लामिछानेको यस्ता गतिबिधिबाट उनी र उनको पार्टीलाई समर्थन गर्ने धेरै बेलायतबासी नेपालीहरु उनी र उनको पार्टीबाट बिच्किएको पाएको छुँ अहिले! सम्भबतःधेरै बेलायतबासी नेपालीहरुले अर्को निर्व़चनमा उनी र उनको रा स्व़ पा पार्टीलाई त्यसरी सहयोग गर्ने छैनन्!  नेपाल भित्रै पनि, सामाजिक सन्जालहरुमा देखिएका उनका केहि समर्थकहरु बाहेक, नेपालमा डेमक्रसी, कानुनी राज्य र सिस्टम बसेको देख्न चाहने सचेत नेपालीहरुले लामिछानेको यस्ता हर्कतहरु मन नपराएको पाएको छु मैले! भरखरै भएको ईलामको चुनावी परिणामले पनि यो कुरा ईन्गित गरिरहेछ! मान्छेको जात हो, पदको लोभ सबैलाई हुन्छ तर दीर्घकालिन भलाईको लागि राजनीतिमा अल्पकालिन स्याक्रिफाईस गर्न पनि तयार हुनुपर्छ राजनीतिक पार्टीका नेताहरुले! राजनीतिमा कहिलेकाहि दुई कदम अघि बढ्न एक कदम पछि हट्नु पनि बुद्दिमता हुन्छ!  लामिछाने र रा स्व़ पालाई जनताले सरकारमा जाने म्यान्डेट दिएकै होईन! अघिल्लो चोटी सरकारमा गएर उनीहरुले गल्ती गरे! फेरि सरकारमा गएर दोस्रो गल्ति गरे! त्यसमाथि, लामिछानेको सांसद पद गुम्दा रा स्व़ पा पुरै पार्टी नै सरकारबाट

नेपाल प्रहरीमा पनि स्टाफ कलेज सुरु हुँदै

शीतलपाटीन्युज डटकम। काठमाडौ । वर्षौँको प्रयासपछि अन्ततः नेपाल प्रहरीमा स्टाफ कलेज सुरु हुने भएको छ । प्रहरी महानिरीक्षक नेतृत्वको नीति समन्वय समिति (पिसिसी) बैठकले यससम्बन्धी प्रस्ताव गत साता स्वीकृत गरी असारदेखि नै यसलाई कार्यान्वयनमा लैजाने तयारी गरेको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमेशराज जोशी नेतृत्वको समितिले बनाएको प्रतिवेदन गत शुक्रबार प्रहरीको नीति समन्वय समितिमा प्रस्तुत भएको थियो । समितिले प्रस्ताव स्वीकृत गरेपछि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले कार्यान्वयनको तयारी अघि बढाइसकेको छ । समितिले समन्वय समितिको बैठकमा आएका सुझावलाई समेत समेटेर केही दिनभित्रै प्रतिवेदन बुझाउँदैछ । प्रतिवेदनमा असारभित्रै पुलिस साइन्स संकाय स्थापना गर्ने उल्लेख छ । मास्टर इन पुलिस साइन्स (एमपिएस) कोर्सका रूपमा स्टाफ कलेज लागू हुन लागेको हो । पिसिसी बैठकमा यससम्बन्धि प्रस्ताव पेस भइसकेको र केही दिनभित्रै अन्तिम प्रतिवेदन बुझाइने एआईजी जोशीले बताए । ‘प्रतिवेदनमा केही सामान्य काम बाँकी छन्, छिट्टै यसलाई कार्यान्वयनमा लैजाने हाम्रो उद्देश्य छ,’ एआईजी जोशीले भने । प्रहरी महानिरीक्षक वसन्त कुँवरले जेठभित्रै प्रतिवेदनको अन्तिम टुंगो लगाउन निर्देशन दिएकाले शुक्रबार नै प्रतिवेदन पेस भई असारदेखि कार्यान्वयनमा जाने सम्भावना छ । प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक रहेका एआईजी सुदीप गिरी एमपिएस कार्यान्वयनलाई पहिलो प्राथमिकतामा राखेर तयारी भइरहेको बताउँछन् । ‘एमपिएस नेपाल प्रहरीको ड्रिप प्रोजेक्ट हो,’ उनी भन्छन्, ‘पाठ्यक्रमसमेत स्वीकृत भइसकेको छ, केही तयारी बाँकी छ, प्रहरी प्रधान कार्यालयबाट प्रतिवेदन आएलगत्तै यसको कार्यान्वयन अघि बढ्नेछ ।’ डिआइजी संकायको प्रमुखका रूपमा तोकेर कार्यान्वयनमा लैजाने र आगामी भदौदेखि नै प्रवेश परीक्षाको तयारी गर्ने प्रतिष्ठानको लक्ष्य छ । (स्कुपखवर)

घरेलु हिंसा पीडितको सहयोगका लागि च्यारिटी डिनर (Gala Dinner Night)

GNNNEWS लन्डन।घरेलु हिंसाबाट पीडित परिवारको सहयोगको लागि द गोर्खा सेन्टरले च्यारिटी डिनर आयोजना गर्न लागेको छ। साउथ ह्यारो स्थित नेवा छें रेस्टुरेन्टमा शुक्रबार बेलुका (१४ जुनमा) आयोजना गर्न लागिएको च्यारिटी डिनरबाट बचेको रकम घरेलु हिंसाबाट पीडित परिवारलाई प्रदान गरिने छ। "हाल बेलायतमा बसी रहेका नेपाली समुदायमा  घरेलु हिंसाका घटनाहरु बढी रहेका छन् तर ब्रिटिश कानूनबारे जानकारीको अभाव,भाषा लगायत विभिन्न कारणले पीडित पक्ष प्रहरीकहाँ जान सकी रहेका छैनन्। पीडितहरुलाई कानूनी सहायताका साथै आर्थिक सहयोग पनि गर्न  सकियोस भन्ने उद्देश्यले हामीले च्यारिटी डिनर राखेका हौँ। डिनरमा सहभागी भएर पीडितको घाउमा मल्हम लगाइ दिन हामी अनुरोध गर्दछौँ,"द गोर्खा सेन्टरका संस्थापक तथा सीइओ भीम तामांगले भनेका छन।   डिनरमा  चर्चित शेफ तथा गुडविल एम्ब्यासडर बिनोद बरालले परम्परागत नेवारी तथा नेपाली पाक कलामा आधारित विशेष भोजन तयार गर्नेछन्। उनले हालै ग्रीसको राजधानी एथेन्समा “Taste Ambassador of Global Gastronomy 2024” मा भाग लिएर गोल्ड मेडल पाएका थिए।   गोर्खा भेट्रान्स तथा उहाँहरुका परिवारलाई विभिन्न सेवा प्रदान गर्दै आएको द गोर्खा सेन्टरले हालै उच्च शिक्षा अध्ययनका लागि बेलायत आएका नेपाली विद्यार्थीहरुको सहयोगका लागि पनि कार्यक्रमको आयोजना गरेर सेवा गरेको थियो।

गोरखाली समाज युकेको वार्षिक भेटघाट कार्यक्रम तय, बिबीक्वु समेत भब्य हुने

शीतलपाटीन्युज डटकम। लण्डन।गोरखाली समाज युकेको अध्यक्ष हेम गुरुड्गको अध्यक्षतामा गोरखाली समाज युकेको वार्षिक भेटघाट कार्यक्रम तय भयको र बिबीक्वु तथा भब्य सास्कृतिक कार्यक्रमका साथ भब्य हुने छ।सो कुरा समाजका अध्यक्ष हेम गुरुड्गले आफ्नो फेसबुकवालमा “गोरखाली समाज  युकेका आदरणीय संस्थापक अध्यक्ष तथा पुर्ब अध्यक्षज्युहरु,ट्रस्टिजज्युहरू, सल्लाहकारज्युहरु,कार्यसमितिका पदाधिकारीज्युहरू तथा सम्पूर्ण बुवाआमा,दाजुभाइ तथा दिदीबहिनीहरूमा नमस्कार” भन्दै निमन्त्रणा गर्नु भएको छ। उहाले निम्न मिति,समय र स्थानमा नेपालीहरुको मनमूटूमा बस्न सफल नेपाली राष्ट्रीय लोकदोहोरी कलाकारहरू गायक रबीन लामीछाने,गायिका रेजिना परियार,नायिका तथा डान्सर लक्ष्मी गुरुङको बिशेष प्रस्तुतिका साथ बिबिक्यु २०२४ तथा वार्षिक भेटघाट कार्यक्रम हुन गइरहेको यहाँहरु सबैलाई जानकारी गराउदै कृपया यस ऐतिहासिक कार्यक्रममा उपस्थित भईदिनु हुन संस्थाको सम्पुर्ण पदाधिकारीज्युहरु लगायत् सम्पूर्ण नेपालीहरुमा हार्दिक अनुरोध गर्दछु भन्नु भएको छ। कार्यक्रम- मिति : - २० जुलाई २०२४, शनिवार  समय : -12:00 - 20:00 स्थान : - Samuel Cody School, Farnborogh, GU14 8SN  Entry fee :- Adult  : £25 Under : 6-12 years: £10 Under : 5 Free  साथै कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्नका लागी यहाँहरुको उपस्थिति सँगसँगै संस्थालाई आर्थिक लगायत बिभिन्न सहयोग गरी कार्यक्रम सफल पार्न अध्यक्ष हेम कुमार गुरुड्ग र महासचीव गौतम गुरुड्गलाई सहयोग गरीदिनु हुन पनि कार्यसमिती परिवारलाई विशेष अनुरोध गरीएको छ।

यसपाली को world Cup कसले जित्ला?