शीतलपाटीन्युज डटकम। लण्डन । बेलायतमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीहरुलाई दिइँदै आएको पोष्ट स्टडी वर्क (पीएसडब्ल्यू) भिसा नहटाउन सुझाव दिइएको छ । सरकारलाई स्वतन्त्र परामर्श दिँदै आएको द माइग्रेसन एडभाइजरी कमिटीले मंगलबार सरकारलाई सो सुझाव दिएको छ । कञ्जरभेटिभ पार्टीको वर्तमान सरकारले विद्यार्थीहरुलाई दिइँदै आएको सो सुविधाको दुरुपयोग भन्दै सो नीतिका बारेमा पुनरावलोकन गर्न कमिटीलाई मार्चमा निर्देशन दिएको थियो । कमिटीले आज बुझाएको सो प्रतिवेदनमा सो भिसाको दुरुपयोग भएको नपाइएको बताएको छ । भविष्यमा पनि सो भिसाको दुरुपयोग हुने जोखिम कम रहेको पनि कमिटीको निस्कर्ष छ । पूर्व अध्यागमन मन्त्री रोबर्ट जेन्रिकले सो भिसाको दुरुपयोग भएको प्रतिवेदन सार्वजनिक गरेको केही दिनमै कमिटीले आज प्रतिवेदन बुझाएको हो । कमिटीको अध्यक्ष प्राध्यापक ब्रयान बेलले सो प्रावधानलाई यथावत राख्न सरकारलाई सुझाव दिइएको बताएका छन् । उनले विदेशी विद्यार्थीहरुबाट असुल गरिने शुल्कबाट बेलायतका स्थानीय विद्यार्थीको शुल्क तथा अनुसन्धानमा भएको खर्च असुल गर्ने गरिएको पनि बताएका छन् । यदि सो प्रावधान हटाएमा अनुसन्धानमा असर पर्ने पनि उनको धारणा छ । बेलायत सरकारले सन् २०२१मा ल्याएको सो भिसा अन्तर्गत बेलायतमा स्नातक अध्ययन पूरा गरेपछि दुई वर्ष काम गर्न अनुमति पाइन्छ । पीचएडी गरेको खण्डमा भने तीन वर्षसम्म काम गर्न पाइन्छ । गत वर्ष सो भिसा १ लाख १४ हजार जनाले पाएका थिए भने २३ हजारले डिपेण्डेण्ट भिसा पाएका थिए । बेलायतले विदेशी विद्यार्थीहरुमाथि कडाइ गर्न थालेपछि बेलायती विश्वविद्यालयमा भर्ना हुन चाहने विदेश विद्यार्थीहरुको संख्या घट्न थालेको बेलायतमा यस्तो प्रतिवेदन आएको छ । प्रतिवेदनलाई विश्वविद्यालयहरुले स्वागत गरेपनि कडा अध्यागमन नीति लिएको सरकारले चुनावको मुखमा कार्यान्वयन गर्छ कि गर्र्दैन भने हेर्न बाँकी छ। (वीनेपालीबाट)
पुर्ण गुरुड्ग, लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले आनी छोइङ डोल्मालाई स्वागत तथा सम्मान गरेको छ । मानव सेवा आश्रम बेलायतको बिशेष निमन्त्रणमा बेलायत आएका आनी डोल्मालाई गत शनिबार ११ मे का दिन अल्डरसटस्थित बीसीसी युके गुम्बामा स्वागत तथा सम्मान गरिएको हो। उनलाई बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङ तथा कार्यसमिति, आमा प्रमुख जगना गुरुङ तथा आमाहरु, ट्रष्टी मेम्बर्स, सल्लाहकारलगायत भक्तजनहरुले पूmलको गुच्छाले स्वागत गरेको हो। उक्त कार्यक्रममामा आनी डोल्माले बीसीसी युकेले गरेको स्वागत तथा सम्मानका लागि धन्यवाद दिदै, ‘मानव सेवा नै धर्म हो, बुद्धको शिक्षा भनेको ज्ञान सिकाउने हो, सबैलाई समान व्यवहार गर्ने हो, दीन दुःखीहरुको सेवा गर्ने हो’, भने । साथै, उनले, मानव सेवा आश्रम नेपालले एकदमै राम्रो काम गरिरहेको बताउँदै आपूmले सकेको सहयोग गर्न आग्रह गरिन् । सो अवसरमा बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङले आनी डोल्मालाई स्वागत गर्दै बीसीसी युकेले गर्दै आएको विभिन्न सामाजिक, धार्मिक एवं परोपकारी कार्यबारे जानकारी दिए। साथै, उनले आउने २३ मे का दिन विविध कार्यक्रमका साथ बुद्ध जयन्ती मनाउन लागिएको बताए। त्यस्तै, महासचिव मेजर हितमान गुरुङले आनी छोइङ डोल्माको छोटो परिचय दिदै,आनी छोइङले निस्वार्थ भावनाले बुद्धको अनुयायीको रुपमा परोपकारी कामहरु गर्दै आइरहेको बताए। साथै,उनले आनी डोल्माले दया, माया र करुणाका साथ थुप्रै बालबालिकाहरुको शिक्षा, बृद्धवृद्धाहरुको हेरचाह लगायतको क्षेत्रमा समेत थुप्रै सहयोग गरिरहेको जानकारी दिए। करिब ५० जनाको सहभागिता रहेको कार्यक्रममा बीसीसी युकेका प्रमुख लामा खेन्पो कर्म छुल्त्रिम, खैबा कर्म सुनाम लामा,बीसीसी युकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा,पूर्व अध्यक्ष नरेश गुरुङ,पूर्व अध्यक्ष धर्म तामाङ्ग,सल्लाहकार जङ्ग बहादुर गुरुङ, तमु धिं युकेका पूर्व अध्यक्ष ज्ञाम गुरुङ,सहारा युकेका पूर्व अध्यक्ष मिन गुरुङलगायत बीसीसी युकेका ट्रष्टीज, सल्लाहकार,भक्तजन,शुभचिन्तक लगायत आमाहरुको बाक्लो उपस्थिति रहेको थियो। बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङको अध्यक्षता सम्पन्न कार्यक्रमलाई महासचिव मेजर हितमान गुरुङले संचालन गरेका थिए।
पुर्ण गुरुड्ग, लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले बौद्ध धर्म गुरु खेन्पो निमा सिङ्गे मगरलाई स्वागत तथा सम्मान गरेको छ। काठमाण्डौंस्थित सेचेन गुम्बाका बौद्ध शिक्षालयका प्रिन्सीपल समेत रहेका खेन्पो मगरलाई गत आइतबार १२ मे का दिन अल्डरसटस्थित बीसीसी युके गुम्बामा स्वागत गरिएको हो। उनलाई बीसीसी युके अध्यक्ष हर्क गुरुङ तथा आमा प्रमुख जगना गुरुङलगायत भक्तजनहरुले पूmलको गुच्छाले स्वागत गरे । कार्यक्रममा खेन्पो मगरले बीसीसी युकेले गरेको स्वागत तथा सम्मानका लागि धन्यवाद दिदै,आफ्ना विद्यार्थी,भक्तजन र शुचिन्तकहरुलाई फेरी भेट्न पाउँदा खुशी लागेको बताए । सो अवसरमा बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङले खेन्पो निमा सिङ्गे गुरुलाई गुम्बामा पुनः स्वागत गर्न पाएकोमा खुशी व्यक्त गर्दै बीसीसीले आयोजना गर्दै आएका विभिन्न कार्यक्रमहरुको बारेमा जानकारी गराए। करिब ९० जनाको सहभागिता रहेको उक्त स्वागत तथा सम्मान कार्यक्रम पश्चात बीसीसी युकेका प्रमुख लामा खेन्पो कर्म छुल्त्रिम,खेन्पो निमा सिङ्गे मगर,लोपेन नोर्बु, खैबा कर्म सुनाम लामाले तारा डोल्मा देबीको पूजापाठ गरेका थिए। त्यस्तै, दिउँसोको खाना पश्चात खेन्पो निमा सिङ्गे मगरको अगुवाई र पूर्व अध्यक्ष लेप्टन नारायण प्रसाद गुरुङ, बीएमईको संयोजकत्वमा बौद्ध धर्ममा अत्यन्त महत्व मानिने च्योद् साधना समेत गरिएको थियो। कार्यक्रममा पूर्व अध्यक्ष लेप्टन नारायण प्रसाद गुरुङ, बीएमई, पूर्व अध्यक्ष नरेश गुरुङ,पूर्व अध्यक्ष धर्म तामाङ्ग,संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ, निवर्तमान आमा प्रमुख उर्मिला गुरुङ,सल्लाहकार जङ्ग बहादुर गुरुङ,तमु धिं युकेका पूर्व अध्यक्ष ज्ञाम गुरुङ,सहारा युकेका पूर्व अध्यक्ष मिन गुरुङलगायत भक्तजन,शुभचिन्तकलगायत आमाहरुको बाक्लो उपस्थिति रहेको थियो। बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङको अध्यक्षता सम्पन्न कार्यक्रमलाई महासचिव मेजर हितमान गुरुङले संचालन गरेका थिए।
शीतलपाटीन्युज डटकम। लन्डन। भूतपूर्व ब्रिटीष गोर्खाका क्याप्टेन भीम सारुमगर बेलायतको काउन्सिलर पदमा लेबोर पार्टीबाट निर्वाचितभएका छन्। विहीबार सम्पन्न यहाँको स्थानीय निर्वाचनमा वार्विकशायरको ननिटन एन्ड बेडवर्थ बरोको सेन्ट मेरिज्वडाको काउन्सिलरमा उनी विजयी भएका हुन् । वडाको दुई काउन्सिलरका लागि भएको निर्वाचनमा लेबर पार्टीबाट उम्मेद्वार सारु सर्वाधिक ८ सय ९ मतप्राप्त गर्दै विजयी बनेका छन। पाल्पा चिदीपानी घर भएका पूर्व गोर्खा क्यापटेन सारु बेलायतको नेपाली समुदायमा पनि सक्रिय रहंदैआएका सामाजिक अभियन्ता हुन्। पूर्व गोर्खाहरुको संस्था ब्रिटिश गोर्खा भेट्रान एशोसिएसन यूकेमा अध्यक्ष रहेका क्याप्टेन सारु किंग एडवार्ड कलेज VI को पुर्व गभर्नर,एनआरएन युकेको सल्लाहाकार, पाल्पा जिल्ला समाज युकेको सल्लाहाकार हुनुहुन्छ। स्थानिय ननीटाउनका बासीन्दा सारु रेल वे इन्जीनियर र सारु इम्ब्रोयडरीका संचालक पनि हुनुहुन्छ।
शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतको मध्यभागमा बसेबास गर्ने करिब साठी हजार नेपालीहरुको संयुक्त चेरिटयवल संस्था साझा नेपाली समाज बेलायतले भुकम्प प्रभाबित जिल्ला जाजरकोटमा भत्केका कुनै एक संरचना पुननिर्माण गर्ने उद्धेष्यले यहि मई २७ तारिख सोमवारको दिन च्यारिटि डिनर सॅाझको आयोजना गर्न लागेकोछ। साझा नेपाली समाजको संयुक्त कार्यसमितिको बैठकले भुकम्प प्रभावित जिल्ला जाजरकोटमा सहयोग गर्ने उद्धेष्यले च्यारिटि सॅाझको आयोजना गर्ने र संकलित रकमबाट भत्केका कुनै एक हेल्थ पोस्ट वा स्कुल बनाईदिने निर्णय गरेको थियो। साझा नेपाली समाजका महासचिव शशांक शर्माका अनुसार च्यारिटि सॅाझको ब्यबस्थापन गर्ने जिम्मा बैठकले कार्यसमितिका सचिव शुरेष केसीलाई प्रदान गरेको र केसीले यसभन्दा पहिला पनी कार्यक्रमको संयोजन भब्यताको साथ सम्पन्न गरेका थिए।यो च्यारिटिले पनी उद्धेष्य प्राप्त गर्नेमा कुनै शंका नरहेको र समाजको नाम निकट भबिष्यमा जाजरकोटको कुनै एक बिध्धालय वा हेल्थपोस्टको प्राङगणमा हुने जानकारी गराए। च्यारिटि सॅाझ मार्केट हारव्रो मा रहेको समाजका सचिव एवं कार्यक्रम संयोजक शुरेष केसीको अबतार रेष्टुरेन्टमा गरिने र करिव पॅाचसय समाजका लब्धप्रतिस्ठीत र मनकारी ब्यक्तिहरुलाई निम्ता गरिने र कमसेकम नेपासी दशलाख उठॅाउने समाजको योजना रहेको महासचिव शर्माले बताए।
शीतलपाटीन्युज डटकम। पोखरा। गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) दुर्गा सिंहलाई प्रदान गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत रहेकी डीआईजी सिंहलाई शुक्रबार गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी प्रदान गरिएको हो । गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजी विकासराज खनाल वैशाख ७ मा ५६ वर्षे उमेर हदका कारण अवकाशमा गएका थिए। खनालको अवकासपछि प्रदेशमा डीआईजी रिक्त थियो। उक्त पदमा सिंहलाई पठाइएको हो।
शीतलपाटीन्युज डटकम। अमेरीका। मेरिल्याण्डको हिन्दु बुद्ध मन्दिरमा संचालन भईरहेको महापुराणको पाचौं दिनमा एक समूहले १ लाख ३३ हजार ७ सय ३७ डलर दान गरेको छ। मेरिल्याण्डमा सक्रिय यूवा सामाजिक व्यक्तित्वहरु जितेन गुरुगं र रविन शर्माको नेतृत्वमा पर्बत जिल्लाका केही यूवा व्यवसायी र सामाजिक व्यक्तित्वहरुको एक समूहले उक्त रकम संकलन गरेर दान गरेका हुन् । यो रकम एकमुष्ठ रुपमा संकलन गरिएको हालसम्म कै बढि रकम हो। पर्बत समाज अमेरिकाका अध्यक्ष तथा अन्तराष्ट्रिय पर्बत समाजका उपाध्यक्ष समेत रहेका रविन शर्मा अनि यूवा सामाजिक व्यक्तित्व तथा बाल्टिमोरको सामाजिक संस्था बानाका सल्लाहकार जितेन गुरुगंको बिशेष पहलमा यति धेरै रकम संकलन गर्न सफल भएको बताईएको छ। महायज्ञको चौथो दिनसम्ममा २ लाख पचास हजार डलर संकलन भईसकेको थियो। पांचौ दिनमा पर्बतका यूवा व्यवसायीहरुको उत्साहपूर्ण सहभागिताले यो रकम चार लाख डलर पुगेको छ। १५ लाख डलरको लक्ष्यसहित शुरु गरिएको महायज्ञमा एउटै समूहले झण्डै डेढ लाख डलर दान गरेका कारण आोजकहरुमा उत्साह थपिएको मन्दिरका सचिव तरुण पौडेलले बताउनु भयो। पर्बत समाजले हरेक दिन मन्दिर परिसरको सरसफाईको व्यबस्थापनको जिम्मा पनि लिईरहेको छ भने अध्यक्ष रविन शर्मा र यूवा समाजसेवी जितेन गुरुगंले शुरुदेखि नै प्रचार प्रसार र स्वयंसेवाको काम पनि गरिरहेका छन्। आफूहरुले अरु यूवाहरुलाई मन्दिरमा दान गर्नका लागि अभिप्रेरित गरिरहेको र यो रकम अझै थपिने जानकारी जितेन गुरुगंले दिए। उनले भने “हिन्दु बुद्ध मन्दिर निर्माणको यो महान कार्यमा यहांका हामी सबै नेपालीहरु सक्रिय र एकजुट भएर लागेका छौं।” यो समूहमा जितेन गुरुगं, रविन शर्मा, बलराम पौडेल, एल जी,विमल मल्ल,नारायण अधिकारी, किरण बराल,श्रीकृष्ण रेग्मी,आईसा रेग्मी,निरन गुरुगं, ईश्वर गिरी, रोशन लामिछाने,विनोद शर्मा, शिवलाल पुरी, ईश्वर श्रेष्ठ, ईन्दुराज रेग्मी, मनहरि पौडेल,शिव गौतम, रेग्मी परिवार,लेख बहादुर रेग्मी, गंगाबहादुर क्षेत्री,भरत रेग्मी,सूर्य केसी,हिरा रेग्मी, दिलिप केसी, ज्ञान क्षेत्री, जुरेश खत्री, जुना खत्री छन्। श्रोत- नेप्लिज डाएस्पोराबाट
पूर्ण गुरुङ, लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेद्वारा लामा पुरनको बिदाइ गरेको छ। मंगलबार २ अप्रिलका दिन बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङ र आमा प्रमुख जगना गुरुङले खादा लगाई बिदाइ गरेको हो। पोखरास्थित बौद्ध अर्घौं सदनमा कार्यरत लामा गुरुङ बीसीसी युकेका निमन्त्रणमा गत अक्टोबरमा न्यूग्नी ब्रतका लागि बेलायत आएका हुन्। लामा गुरुङले बिसीसी युकेले अक्टोबरमा आयोजना गरेको न्यूग्नी ब्रत पुजा, गत नोभेम्बर देखि जनवरीसम्म वाचन गरिएको कंग्यूर तथा तेंग्यूर पाठ साथसाथै बौद्ध परम्परामा आधारित विभिन्न पुजापाठ तथा कर्मकाण्डमा आवद्ध भएका थिए। उक्त बिदाइमा बीसीसी युकेका प्रमुख लामा खेन्पो कर्म छुल्त्रिम, खैबा कर्म,अध्यक्ष हर्क बहादुर गुरुङ,पूर्व अध्यक्ष नरेश गुरुङ, महासचिव मेजर हितमान गुरुङ, आमा प्रमुख जगना गुरुङ,आमा उपाध्यक्ष शारदा गुरुङ, आमा सहसचिव पवित्र गुरुङलगायत आमाहरुको बाक्लो उपस्थिति रहेको थियो। सो अवसरमा लामा गुरुङले बीसीसी अध्यक्ष हर्क बहादुर गुरुङलगायत सिंगो कार्यसमिति,आमाहरु,भक्तजनहरु र शुभचिन्तकहरुमा आपूmले पाएको माया, साथ र सहयोगका लागि धन्यवाद ज्ञापन गरे। त्यस्तै,लामा गुरुङलाई बीसीसी युकेका प्रमुख लामा खेन्पो कर्म छुल्त्रिम,पूर्व अध्यक्ष नरेश गुरुङ,आमा उपाध्यक्ष शारदा गुरुङ,आमा सहसचिव पवित्र गुरुङलगायत भक्तजन एवं भक्तजनहरुले हिथ्रो विमानस्थलसम्म पु¥याउन गएका थिए।
मंजु भण्डारी। पोखरा। यही चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म पोखरामा आयोजना हुने १९ औं फेवा नव बर्ष महोत्सवमा पर्यटक र स्थानीय आगन्तुक गरी तीन लाखले सहभागिता जनाउने अनुमान गरिएको छ। पर्यटन,संस्कृति र खानालाई विशेष जोड दिएर होटल संघ पोखरा नेपालले स्थानीय ड्यामसाइड चोकदेखि खहरे चोकसम्म सडकमा नै आयोजना गर्ने महोत्सवलाई भव्य बनाउन तयारीलाई तिव्रता प्रदान गरिएको संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले पत्रकार सम्मेलनमा जानकारी दिए। नेपाली मौलिक संस्कृतिको संरक्षण गर्ने र कोभिड १९ बाट नराम्रो गरी प्रभावित भएको पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउने उद्धेश्यले आयोजना हुने महोत्सवमा सांस्कृतिक झाँकी,पंचै बाजा, दोहोरी, नाचगानका कार्यक्रम,कन्सर्ट र पर्यटक दौड समावेश हुने संयोजक सुवेदीले उल्लेख गरे । पोखरा पर्यटकीय राजधानी घोषणा भएको खुसियाली र नयाँ वर्षलाई उल्लासपूर्ण बनाउन संघ अन्तर्गतका होटलहरुले पाहुनालाई २० प्रतिशत सम्म छुट प्रदान गर्ने पनि उनले स्पष्ट पारे । अन्य व्यवसायीले समेत आफ्ना सेवा सुविधामा भारि छुट प्रदान गर्ने सुवेदीले बताए । पोखरा र वरपरका एक हजार दुई सय होटलमा ४० हजार विस्तारा रहेको, होटल संघ अन्तर्गत मात्र चार सय ४७ होटल रहेको, लेकसाइड र ड्यामसाइड एरियामा सात सय होटल रहेको र पोखराको पर्यटन क्षेत्रमा १५ हजार जनाले रोजगारी पाएको पनि अध्यक्ष सुवेदीले तथ्यांक सुनाए । अहिले पोखराको होटलहरुमा ५० देखि ६० प्रतिशत हाराहारीको अकुपेन्सी रहेको पनि उनले जानकारी दिए । होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले संघले पछिल्लो पटक निश्चित चौरमा नभई सडकमा नै महोत्सव आयोजना गर्न थालेपछि सहभागिता जनाउने पर्यटक र आगन्तुकको भीड क्रमशः बढ्दै गएको बताए । नेपाली नयाँ बर्षका अवसरमा पोखरा घुम्न आउने पर्यटक संख्या पछिल्ला बर्षहरुमा बढ्दै गएको र अहिले भारतीय पर्यटक संख्या समेत बढेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए। सरकार माओवादी द्वन्द्वको समयमा होटल संघले यो महोत्सवको सुरुवात गरेर नमुना कार्य गरेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका निमित्त प्रमुख नवीन पोखरेलले बताए । संघका निवर्तमान अध्यक्ष विकल तुलाचनले धन्यवाद ज्ञापन गरेको पत्रकार सम्मेलनको संचालन संघका महासचिव राजेन्द्र ढकालले गरेका थिए । नेपाल पर्यटन बोर्ड
शीतलपाटीन्युज डटकम। लन्डन। ग्रेटर रस्मुर नेपाली कम्युनिटी युकेले विभिन्न कार्यक्रम गरी नेपाली नयाँ वर्ष २०८१ मनाउने भन्दै प्रेषमीटको आयोजना गर्यो। ३१ मार्च २०२४ आइतबार थकाली रेष्टुरेन्ट अल्डरसटमा आयोजित पत्रकार सम्मेलनमा ग्रेटर रसमोर नेपाली कम्युनिटी युकेका अध्यक्ष मान गुरुङले अध्यक्षता गर्दै यस वर्ष पनि धूमधामका साथ १२ अप्रिल २०२४ का दिन नयाँ वर्ष २०८१ मनाउन लागिएको बताए। अध्यक्ष गुरुड्गले आफ्नो अध्यक्षतामा तेस्रो पटक नयाँ वर्षको कार्यक्रम हुन लागेको बताउदै रसमोर इलाकामा बस्ने नेपालीहरुलाई समेटेर नेपाली नया बर्ष मनाउन लागेको उनले बताएका थिए। कार्यक्रम भब्य बनाउन नेपालबाट आउने गायिका उषा गुरुङलगायत कलाकारले बेजोड प्रस्तुति दिने बताए। बालकलाकारको बालगीत समेत प्रस्तुत गरेर बालबालिकाहरुलाई हौसला दिने उद्धेश्यले नयाबर्ष कार्यक्रममा पहिलो पटक बालगीत प्रस्तुत गर्न लागिएको समेत अध्यक्ष गुरुङले बताए। स्थानीय डीएमटी ब्यान्डकोसमेत प्रस्तुति रहने सो कार्यक्रममा ब्यान्डले नेपालको मौलिक धुन र लोक संगीतले उपस्थित दर्शकहरुलाई मनोरञ्जन गराउने बताए। नृत्य,गीत र संगीत प्रस्तुत गर्न कलाकारहरूले तयारी गरिरहेको अध्यक्ष गुरुङले जानकारी दिए। कोषाध्यक्ष श्याम श्रेष्ठले स्थानीय व्यवसायी र समुदायलाई कार्यक्रममा उपस्थित भएर स्मरणीय बनाउन आग्रह गरे। ‘उहाँहरूबाट हामी सहयोगको पनि अपेक्षा गर्दछौँ, उनले भने। नयाँ वर्षलाई मनोरन्जनात्मक,समय सान्दर्भिक र सांस्कृतिक गौरवको दिनको रूपमा लिनुपर्ने भन्दै उनले आफ्नो मन्तब्य राखेका थिए।‘समुदायलाई एकैठाउँमा ल्याउने,सांस्कृतिक आदानप्रदानलाई बढावा दिने र नेपाली बीच सद्भाव बढाउने लक्ष्यसहित कार्यक्रम गर्न लागेका हौँ,’ उनले भने। जीआरएनसीले सन् २००३ देखि लगातार नेपाली नयाँ बर्ष मनाउँदै आएको र यसबर्ष पनि अप्रिल १२ मा अल्डरसटस्थित एम्पायर हलमा कार्यक्रम हुनेछ। पत्रकार सम्मेलनमा अध्यक्ष मान गुरुङ,कोषाध्यक्ष श्याम श्रेष्ठ, सांस्कृतिक सचिव तथा डीएमटी ब्यान्डका दिनेश गुरुङ लगायत गोर्खा मिडीयाका डाइरेक्ट मीलन तमु गुरुड्ग,एभरेष्ट नेटका डाईरेक्टर एस के गुरुड्ग, एभरेष्ट टाईम्सका फोटो ग्राफर तेज बहादुर गुरुड्ग,शीतलपाटीन्युजका सम्पादक बाचस्पति रेग्मी समेत पत्रकारहरूको उपस्थित थियो।आवस्यक जिज्ञासाको उत्तर दिदै सो प्रेसमीट अध्यक्ष गुरुड्गले समापन गरेका थिए। For Ticket online- https://www.eventbrite.co.uk/e/nepali-new-year-celebration-2081-2024-tickets-874009093727?aff=ebdshpsearchautocomplete&keep_tld=1
बाचस्पति रेग्मी, “झुक्छन बृक्षहरु फुल फलले भारी हुदामा अती” झुक्छन सज्जन पाई मान मनमा सेखी नराखी रती” लण्डन। ७,८ बर्ष अगाडीको कुरा हो,फेसबुक हेदै थिए, अचानक मैले “मम एण्ड रोटी”शिर्षकको नेपाली रेष्टुरेन्टको समाचार पढ्ने मौका पाए। म त्यो रेष्टुरेन्ट नपुगे पनि,रेष्टुरेन्ट संचालक बिनोद बराललाई नचिने पनि त्यो समाचारबाट प्रभावित भै नेपालको खाना प्रचार गरेर नेपालको पर्यटन प्रचार हुने बिश्वास लिदै समाचार लेखेको थिए। आज तिनै बराल नेपाली खाना र ममको बिश्वब्यापी प्रचारमा लागेर नेपालको नाम अगाडी ल्याएका छन।Let's promote our natural products to make Nepal Global Tourism Brand भन्दै लागेका बराल Mouth Watering Food,ट्वाक्क जिब्रो र More than a Chef को नामले प्रख्यात छन। पोखरामा जन्मेका बराल Eat Local think Global भनेर नेपालको प्रचार गरेका छन भने ७०औ एभरेष्ट म्याराथन २०२३ का “Goodwill Ambassador“ ले सम्मानित ब्यक्ति हुन। नेपालको पर्यटन बिकासमा बरालले दिएको निस्वार्थ सेवालाई शीतलपाटीन्युजले प्रोत्साहन दिदै उनको सीपको प्रचार गर्दै आएकोमा आज बिनोद बराल कै फेसबुकमा यो तल उल्लेखीत स्टाटस देख्न पाउदा शीतलपाटीन्युज परिवार बिनोद बराललाई बधाई छ भन्न चाहान्छ। बरालको यो परिचय पाउन शीतलपाटीन्युजको पनि महत्वपुर्ण रोल रहेको महसुस गरेको छ। बरालले लेखेको स्टाटस - I'm excited and thrilled that I've been featured in the Secondary Education Examination (SEE, formerly known as SLC), Compulsory English question paper of Lumbini Pradesh. लुम्बिनी प्रदेशको SEE को अनिवार्य अङ्ग्रेजीको प्रश्न पत्रमा मेरो बारेमा उल्लेख रहेछ। म दङ्ग परे र मलाई यहाँसम्म ल्याइपुर्याउने सबैलाई मनमनै साधुवाद दिए। तपाईँ सबैको जय होस्। प्रश्नपत्र-
शीतलपाटीन्युज डटकम। लन्डन । नेपालीहरुको बाक्लो बस्ती रहेर नेपालीहरुको राजधानी मानिने फान्बोरो अल्डरसट इलाकाका सांसद एवम गत अगष्ट २०२१ मा भूतपूर्व गोर्खाहरुको भोक हड्ताल अन्त्य गराएका युरोप हेर्ने मन्त्री लियो डोकर्टीले आर्मड् फोर्सेस मन्त्री नियुक्त भयका छन। बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई आफ्नो मन्त्रीपरिषद हेरफेर गर्न वाध्य पार्दै दुई मन्त्रीले मंगलबार राजिनामा दिएपछि एउटा पदमा अल्डरसट क्षेत्रका सांसद तथा पूर्व सैनिक लियोले आर्मड् फोर्सेस मन्त्री बन्ने अवसर पाएका हुन्। अर्का मन्त्री ल्यूक हल शिक्षा मन्त्री बनेका छन्। लियो झण्डै अढाइ वर्षअघि गोर्खाहरुको आमरण अनसन तोड्ने मन्त्री पनि हुन् जुनबेला उनी भेट्रान मिनिष्टर थिए। त्यो बेला बेलायतले गोर्खा मुद्दा सम्बोधनका लागि वार्ता गर्ने प्रतिवद्धता गरेपछि भोक हड्ताल अन्त्य भएको थियो। मन्त्री लियोले जुस ख्वाएर ज्ञानराज राई, धन गुरुङ र पुष्पा घले राणाले १३ दिने अनसन तोडेका थिए । सोही बेला मन्त्री लियोले बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीलाई एक समझदारीपत्र हस्तान्तरण गरेका थिए जसमा वार्ताद्वारा भूतपूर्व गोर्खाहरुको समस्या समाधान गर्ने प्रतिवद्धता थियो। त्रिपक्षीय वार्ताको एक दिन अघिमात्र लियो बेलायती रक्षा मन्त्रालय (एमओडी) अन्तर्गत आर्मड् फोर्सेस मन्त्री बनेका छन्।
शीतलपाटीन्युज डटकम। पोखरा। पोखराको सहारा क्लबले आउँदो नयाँ शैक्षिक सत्र २०८१ देखि संचालन गर्ने गरी सहारा फुटबल एकेडेमीमा थप १७ जना बालकलाई व्यवस्थापन गर्ने भएको छ । पोखरा १७ दोबिल्लामा रहेको सूर्यबहादुर केसी मेमोरियल सहारा आवसीय फुटबल एकेडेमीमा चौथो ब्याचको लागि बाँकी १७ प्रशिक्षार्थी बालकहरुलाई नयाँ भर्ना गर्ने निर्णय अनुसार १७ जना बालकहरुको खोजी गरिएको क्लबले जनाएको छ । एकेडेमीमा भर्ना हुने प्रशिक्षार्थी बालकहरूको न्यूनतम योग्यता तथा मापदण्ड समेत क्लबले सार्वजनिक गरेको हो । कठिन परिस्थिति तथा विपन्न वर्गको भएकाहरु मध्ये बुवा वा आमा गुमाएको वा दुबै गुमाएको, बुबाआमा अपांगता भएको, प्रशिक्षार्थी बालक २०८० चैत मसान्तमा १० वर्ष पूरा भएर १२ वर्ष ननाघेको, जन्म मिति २०७० बैशाखदेखि चैत्र सम्म जन्म भएको तथा कक्षा ५ वा ६ उत्तीर्ण गरेको हुनुपर्ने क्लबका महासचिव रामजी प्रसाद अधिकारीले बताए। शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त भएको, नजिकको नातेदार वा बालक आश्रित संघ संस्थाको आवेदन,बालकको बुवाआमाको वा नजिकको नातेदारकी नेपाली नागरिकता प्रमाणपत्रको फोटोकपी वा आश्रित संघसंस्थाको दर्ता प्रमाणपत्रको फोटोकपी, स्थानीय निकायको सिफारिसको सक्कल,जन्मदर्ताको प्रमाणपत्र (हस्पिटलको जन्म दर्ता समेत),सम्बन्धित बालकको चलअचल सम्पत्ति भए सोको निस्साको फोटोकपी, बालकको हालसालै खिचेको फोटो २ थान सहित आवेदन फाराम यही चैत मसान्त भित्र बुझाउनु पर्ने क्लबले जनाएको छ । सहारा एकेडेमीमा हाल ७ जिल्लाका १३ जना बालकहरु छन् । photo- Sudershan Ranjit (गण्डक न्युजबाट)
शीतलपाटीन्युज डटकम। लण्डन। रोयल मिलिटेरी एकाडेमी,स्यान्डहर्स्ट क्याम्बर्ली बेलायतको ईतिहासमा गोर्खाहरु विगत दुईसय आठवर्षदेखि सेनाको अन्य रैंकमा भर्ती भएर सेवाकालमा अफिसर तहमा पुगेर सेवा निवृत्त हुने गर्दै आएका छन। पछिल्लो समयमा गोर्खाली मुलका व्यक्तिहरु डाईरेक्ट ब्रिटिश आर्मीका विभिन्न विभागमा डाईक्ट क्याप्टेन तहसम्म कमिशन प्राप्त गरेर अफिसर तहमा सेवा गर्दै आईरहेका छन् । सबैभन्दा पहिले गोर्खा समुदायबाट मेजर तहमा कमिशन प्राप्त गर्ने व्यक्तिको श्रेय डा. सुदर्शन गुरुंगलाई प्राप्त भएको छ। बुवा सुमलकुमार गुरुंङ र आमा सारादेवी गुरुंङको कोखबाट पर्वत जिल्ला मोदी गाउपालिका वडा नम्बर ८,चित्रेमा सन् १९८७ सालमा जन्मेका सुदर्शन गुरुंङले सन् २०१० सालमा नेपाल मेडिकल कलेजबाट एमबिबिएस पास गरेर सन् २०१२ मा बेलायत आएर चिकित्सा सेवामा सेवा गर्न थालेका थिए। चिकित्सा सेवामा संलग्नता रहे पश्चात एमआरसीपी (एमडी तह) त्यसपछि एफआरसिपि (ह्यामोटलाजीको कन्सल्ट्यान्ट विशेषज्ञ) तहको अध्ययन पूरा गरेर चिकित्स क्षेत्रमा कार्यदक्षता हासील गर्दै आएका थिए। बेलायतको चिकित्सा क्षेत्रमा नेपाली समुदायबाट सबैभन्दा कम उमेरमा केन्ट स्थित मिडवे अस्पताल,जिलिंगहाममा क्यान्सर विभाग प्रमुख हुने श्रेय पनि डा.सुदर्शनलाई जान्छ। कलिलै उमेरदेखि आफ्नो अध्ययन र सेवामा दत्तचित्त भई अघि बढिरहेका मेजर डा.सुदर्शन गुरुंङले चिकित्स क्षेत्रमा धेरै कल्याणकारी कामहरु गरिसकेका छन। नेपालको महाभूकम्पको बेला डा. कपिल रिजाल सहित डाक्टरहरुको समुहमा अघिल्लो पंंक्तिमा उभेका डा.गुरुंगले बेलायतमा स्वास्थ्य शिविरहरुको कार्यक्रमहरुमा सक्रिय भूमिका निभाउँदै आएका छन। आफ्नै प्रयासमा केहि आर्थिक रकम संकलन गरेर नेपालको मुसहर बस्तिमा स्वास्थ्य शिविरको आयोजना गरेर गरिब निमुखाहरुको लागि निःशुल्क सेवा र दवाईपानी उपलब्ध गराएका थिए।
शीतलपाटीन्युज डटकम। लन्डन। नेपाली राजदूतावास लण्डनको घुम्ती टोलीले स्विनडन लण्डनमा पुगेर राहदानी नवीकरण लगायतका सेवा प्रदान गरेको समाचार प्राप्त भयको छ। आफ्नै ठाउँमा राहदानी नवीकरण गर्ने प्रबन्ध गरेकोमा त्यस इलाकाका सांसद रोबर्ट बकल्यान्डले नेपाली राजदुताबास लण्डन र नेपाली समाज विल्टसायरका अध्यक्ष ज्ञान गुरुङ लगायत पदाधिकारीलाई धन्यवाद दिदै असल कार्यको प्रशंसा गरेको कुरा अध्यक्ष गुरुङले बताए। सुइन्डनस्थित द काउ ब्यांक्वेटिङ हलमा शनिबार राहदानी नवीकरण कार्य भयको थियो। ज्येष्ठ नागरिकलाई सहज होस् भन्ने उद्देश्यले नेपाली समाज विल्टसायरको अनुरोधमा कार्यक्रम आयोजना गरिएको नेपाली राजदूतावासका द्वितीय सचिव रामबाबु नेपालले बताउनु भयको छ। टोलीमा राजदूतावासका द्वितीय सचिव नेपालसँगै कार्यालय सचिव धनबहादुर बोहरा, विक्रम श्रेष्ठ, सहकार्यालय सचिव गोविन्द सुन्दास र चालक राजकुमार गिरी.समेतको टीमले सेवा दिन दिन पुगेको थियो। सो घुम्ती टोलीबाट स्विनडनमा बसोबास गर्ने ठुलो समुहको सेवाग्राही नेपालीहरुले राहदानी नवीकरण गरेको नेपाली समाज विल्टसायरका अध्यक्ष ज्ञान गुरुङले बताउनु भयो। उहाका अनुसार ९६ वर्षिया वृद्धाले समेत राहदानी नवीकरण गरेर सेवा लिएकी थिइन्। राहदानी नवीकरणका लागि दूतावास जान दिनै लाग्ने,झन्झटिलो र खर्चिलो समेत हुने,हेल्परको आवस्यकता जरुरी पर्ने गरेको थियो। यस्तै,सेवा लिएका नेपाली समुदायले पनि समाज र राजदूतावासका कर्मचारीप्रति धन्यवाद व्यक्त गरेका थिए। गोर्खाहरूको बाक्लो बस्ती रहेको स्विइन्डनमा यसअघि पनि दूतावासले यस्ता सरकारी सेवा सुविधा दिँदै आएको थियो। यहाँ भर्खरै मात्र सुरु गरेको द काउ ब्यांक्वेटिङ हल सुइन्डन टाउन सेन्टरमा छ । करिब ७०० मानिस अटाउने क्षमता भएको हलमा ज्येष्ठ नागरिक पनि सजिलै पुग्न सक्ने भएकाले कार्यक्रम आयोजना गरेको अध्यक्ष गुरुङले थप्नु भयो नेपाली समाज विल्टसायरका विभिन्न पदाधिकारी र राजदूतावासका कर्मचारीहरुले गरेको यो सुबिधायुक्त सेवाका लागि स्थानिय नेपालीहरुले प्रसंसा गरेका थिए भने खाजाको प्रबन्ध द काउका सञ्चालकले निःशुल्क रूपमा गरेको सञ्चालक ह्यानसन गौचनले बताए।
शीतलपाटीन्युज डटकम। लन्डन। नेपाली राजदूतावास लण्डनको घुम्ती टोलीले स्विनडन लण्डनमा पुगेर राहदानी नवीकरण लगायतका सेवा प्रदान गरेको समाचार प्राप्त भयको छ। आफ्नै ठाउँमा राहदानी नवीकरण गर्ने प्रबन्ध गरेकोमा त्यस इलाकाका सांसद रोबर्ट बकल्यान्डले नेपाली राजदुताबास लण्डन र नेपाली समाज विल्टसायरका अध्यक्ष ज्ञान गुरुङ लगायत पदाधिकारीलाई धन्यवाद दिदै असल कार्यको प्रशंसा गरेको कुरा अध्यक्ष गुरुङले बताए। सुइन्डनस्थित द काउ ब्यांक्वेटिङ हलमा शनिबार राहदानी नवीकरण कार्य भयको थियो। ज्येष्ठ नागरिकलाई सहज होस् भन्ने उद्देश्यले नेपाली समाज विल्टसायरको अनुरोधमा कार्यक्रम आयोजना गरिएको नेपाली राजदूतावासका द्वितीय सचिव रामबाबु नेपालले बताउनु भयको छ। टोलीमा राजदूतावासका द्वितीय सचिव नेपालसँगै कार्यालय सचिव धनबहादुर बोहरा, विक्रम श्रेष्ठ, सहकार्यालय सचिव गोविन्द सुन्दास र चालक राजकुमार गिरी.समेतको टीमले सेवा दिन दिन पुगेको थियो। सो घुम्ती टोलीबाट स्विनडनमा बसोबास गर्ने ठुलो समुहको सेवाग्राही नेपालीहरुले राहदानी नवीकरण गरेको नेपाली समाज विल्टसायरका अध्यक्ष ज्ञान गुरुङले बताउनु भयो। उहाका अनुसार ९६ वर्षिया वृद्धाले समेत राहदानी नवीकरण गरेर सेवा लिएकी थिइन्। राहदानी नवीकरणका लागि दूतावास जान दिनै लाग्ने,झन्झटिलो र खर्चिलो समेत हुने,हेल्परको आवस्यकता जरुरी पर्ने गरेको थियो। यस्तै,सेवा लिएका नेपाली समुदायले पनि समाज र राजदूतावासका कर्मचारीप्रति धन्यवाद व्यक्त गरेका थिए। गोर्खाहरूको बाक्लो बस्ती रहेको स्विइन्डनमा यसअघि पनि दूतावासले यस्ता सरकारी सेवा सुविधा दिँदै आएको थियो। यहाँ भर्खरै मात्र सुरु गरेको द काउ ब्यांक्वेटिङ हल सुइन्डन टाउन सेन्टरमा छ । करिब ७०० मानिस अटाउने क्षमता भएको हलमा ज्येष्ठ नागरिक पनि सजिलै पुग्न सक्ने भएकाले कार्यक्रम आयोजना गरेको अध्यक्ष गुरुङले थप्नु भयो। नेपाली समाज विल्टसायरका विभिन्न पदाधिकारी र राजदूतावासका कर्मचारीहरुले गरेको यो सुबिधायुक्त सेवाका लागि स्थानिय नेपालीहरुले प्रसंसा गरेका थिए भने खाजाको प्रबन्ध द काउका सञ्चालकले निःशुल्क रूपमा गरेको सञ्चालक ह्यानसन गौचनले बताए।
GNNNEWS- लन्डन - लण्डनस्थित बर्न्टओक नेपाली समाजले स्थापनाको २० औं वार्षिकोत्सव भव्य रुपमा मनाउन लागेको छ। समाजका अध्यक्ष खमिरजंग गुरुङको अध्यक्षतामा गत आइतबार बसेको बैठकले आगामी १५ जुन,२०२४ (शनिबार) एजवेयरस्थित सेन्ट अल्फाज चर्च हलमा २० औं वार्षिकोत्सव मनाउने निर्णय गरेको हो। समारोहमा विशिष्ट अतिथिहरुलाई पनि आमन्त्रण गरिने जनाइएको छ। बैठकमा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट कृष्ण कार्कीले बैठकले संस्थालाई कम्पनी हाउसमा दर्ता गर्ने सम्बन्धमा भै रहेको प्रगति बारे जानकारी गराएका थिए। त्यस्तै लन्डन बरो अफ बार्नेटका काउन्सिलर कमल गुरुङले समाजको लागि आफ्नै भवन प्राप्त गर्ने तर्फ भैरहेको प्रयासबारे जानकारी गराएका थिए। बैठकको संचालन सहायक महासचिव प्रेम कडेलले गरेका थिए भने बैठकको अन्त्यमा अध्यक्ष खमिरजंग गुरुङले बैठकको लागि आतिथ्य प्रदान गर्ने उपाध्यक्ष मुरारी थापा लगायत सहभागी सबैलाई धन्यवाद दिएका थिए। सन् २००४ मा स्थापना गरिएको समाजले दशैं, तिहार, तीज जस्ता कार्यक्रम मनाउनुका साथै युवा, महिला, बालबालिका लगायत आफ्ना सदस्यहरुका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ।
शीतलपाटीन्युज डटकम। काठमाडौँ। अन्तर्राष्ट्रिय नेपलीज सेफस सोसाइटी यूकेले (International Nepalese Chefs Society UK) यस वर्षको रैथाने खानाको खोजी, अध्ययन र नेपाली खानाको प्रवद्र्धन गर्न हौसला स्वरुप स्थपाना गरेको “आइएनसीएस ग्लोबल रैथाने फुड अवार्ड २०२३” (INCS GlOBAL’S RAITHANE FOOD AWARD 2023) युवा सेफ प्रेमलाल घिसिङलाई प्रदान गरेको छ। कूल ५० हजार रुपैया राशिको सो पुरस्कार रैथाने खाना,लोक परिकार अनुसन्धान संकलकसहित १०१ दिनको खोजी यात्राका अभियान र खोजीकर्ता सेफ घिसिङलाई सो संस्थाका मेण्टर सूर्यकिरण श्रेष्ठले सोमबार प्रदान गर्नुभएको हो। लामो समयदेखि क्यान्सर रोगबाट पीडित सेफ घिसिङ मेडिकेयर अस्पतालमा उपचाररत हुनुहुन्छ। संस्थाका अध्यक्ष अर्जुनबहादुर थापाले सेफ घिसिङको उपचारको लागि विभिन्न सेफहरुबाट संकलित २ लाख रुपैया यस अघि प्रदान गरिएको जानकारी दिँदै थप उपचारको लागि सक्दो सहयोग गर्न सबैलाई अपिल समेत गर्नुभएको छ। एक विशुद्ध पेशागत संस्थाका रुपमा बेलायतको कम्पनी हाउसमा सन् २०२० मा अन्तर्राष्ट्रिय नेपलीज सेफ सोसाइटी युके गठन भएको थियो। यसले आफ्नो स्थापनाकालदेखिनै नेपालभित्र र बाहिर रहेका नेपाली सेफहरूको व्यावसायिक क्षमता एवम् स्तर उँचो पार्दै नेपाली खानाको प्रवद्र्धन गर्ने कार्यमा सदैव क्रियाशील रहेको छ। संस्थाको स्थापनासँगै यसको गतिविधि र क्रियाकलापलाई निरन्तरता दिन तनहुँ बन्दिपुर गाउँपालिका बेलभञ्ज्याङका अर्जुनबहादुर थापा (हाल स्वीजरल्याण्ड) यस संस्थाका अध्यक्ष र नेपालको हस्पिटालीटी शैक्षिक क्षेत्रमा प्रतिष्ठित सूर्यकिरण श्रेष्ठ मेण्टर रहनुभएको छ।
शीतलपाटीन्युज डटकम। स्कटल्याण्ड। समाजसेवी तथा एनआरएनए अभियन्ता मोहन कार्कीद्वारा स्कटल्याण्डको फलक्रिकमा सञ्चालित मेक्सिकन टेक्समेक्सबार एण्ड ग्रिलले स्कटल्याण्डको बेस्ट रेस्टुरेन्ट अवार्ड प्राप्त गरेको छ। स्कटल्याण्डको प्रतिष्ठित ओसीएनिक अवार्डसद्वारा आयोजना गरिएको द स्कटिस रेस्टुरेन्ट अवार्ड २०२४ मा मेक्सिकन टेक्समेक्स बार एण्ड ग्रिललाई सोमबार बेस्ट रेस्टुरेन्ट अवार्ड प्रदान गरिएको थियो। “मोहन कार्कीद्वारा स्कटल्याण्डको फलक्रिकमा सञ्चालित मेक्सिकन टेक्समेक्सबार एण्ड ग्रिलले स्कटल्याण्डको बेस्ट रेस्टुरेन्ट अवार्ड प्राप्त” सन् २०१७ मा स्थापना गरिएको उक्त मेक्सिकन रेस्टुरेन्टमा सबै परिकारहरु ताजा मेड टु अडर बनाइने र कुनै फ्रोजन सामग्री प्रयोग नगरि गुणस्तरीय सेवा प्रदान गरिएको र ग्राहकको सन्तुष्टिको कारणले नै उक्त अवार्ड प्राप्त गरेको सञ्चालक समाजसेवी कार्कीले बताउनु भयो। साथै यो अवार्ड प्राप्त गर्नमा ब्यवसायमा संलग्न सहकर्मी साथीहरुको मेहनत हो, कार्कीको भनाई छ। एनआरएनए स्कटल्याण्डका संस्थापक अध्यक्ष तथा एनआरएनए युकेका निवर्तमान उपाध्यक्ष समेत रहनु भएका कार्कीले फोर्थ भ्याली कम्युनिटीमा आफ्नो रेस्टुरेन्ट लोकप्रिय रहेको बताउनुभयो। कार्कीको यस बाहेक फलक्रिकमा सुसी रेस्टुरेन्ट तथा प्रोपर्टी बिजनेस पनि रहेको छ। कार्कीको यो चौथौ रेस्टुरेन्ट हो भने निकट भविष्यमा पब बिजनेसमा लगानी गर्दै रहेको बताउनु भयको छ। स्कटल्याण्डको पहिलो नेपाली पब सञ्चालन गर्ने समेत तयारीमा समेत उहाँ रहनु भएको छ। फास्टफुड बिजनेसमा २२ वर्षदेखि कार्यरत कार्कीले यस अघि मध्यपूर्वमा तथा अमेरिकाको मियामीमा उत्कृष्ट म्यानेजरको रुपमा समेत अवार्ड प्राप्त गर्नु भएको थियो।
शीतलपाटीन्युज डटकम। लन्डन। नेपाली राजदूतावास लण्डनको घुम्ती टोलीले स्विनडन लण्डनमा पुगेर राहदानी नवीकरण लगायतका सेवा प्रदान गरेको समाचार प्राप्त भयको छ। आफ्नै ठाउँमा राहदानी नवीकरण गर्ने प्रबन्ध गरेकोमा त्यस इलाकाका सांसद रोबर्ट बकल्यान्डले नेपाली राजदुताबास लण्डन र नेपाली समाज विल्टसायरका अध्यक्ष लगायत पदाधिकारीलाई धन्यवाद दिदै असल कार्यको प्रशंसा गरेको कुरा अध्यक्ष गुरुङले बताए । सुइन्डनस्थित द काउ ब्यांक्वेटिङ हलमा शनिबार राहदानी नवीकरण भयको थियो। ज्येष्ठ नागरिकलाई सहज होस् भन्ने उद्देश्यले नेपाली समाज विल्टसायरको अनुरोधमा कार्यक्रम आयोजना गरिएको नेपाली राजदूतावासका द्वितीय सचिव रामबाबु नेपालले बताउनु भयको छ। टोलीमा राजदूतावासका द्वितीय सचिव नेपालसँगै कार्यालय सचिव धनबहादुर बोहरा, विक्रम श्रेष्ठ, सहकार्यालय सचिव गोविन्द सुन्दास र चालक राजकुमार गिरी.समेतको टीमले सेवा दिन दिन पुगेको थियो। सो घुम्ती टोलीबाट स्विनडनमा बसोबास गर्ने करिब २०० भन्दा बढी सेवाग्राही नेपालीहरुले राहदानी नवीकरण गरेको नेपाली समाज विल्टसायरका अध्यक्ष ज्ञान गुरुङले बताउनु भयो। उहाका अनुसार ९६ वर्षिया वृद्धाले समेत राहदानी नवीकरण गरेर सेवा लिएकी थिइन्। राहदानी नवीकरणका लागि दूतावास जान दिनै लाग्ने,झन्झटिलो र खर्चिलो समेत हुने,हेल्परको आवस्यकता जरुरी पर्ने गरेको थियो। यस्तै,सेवा लिएका नेपाली समुदायले पनि समाज र राजदूतावासका कर्मचारीप्रति धन्यवाद व्यक्त गरेका थिए। गोर्खाहरूको बाक्लो बस्ती रहेको स्विइन्डनमा यसअघि पनि दूतावासले यस्ता सरकारी सेवा सुविधा दिँदै आएको थियो। यहाँ भर्खरै मात्र सुरु गरेको द काउ ब्यांक्वेटिङ हल सुइन्डन टाउन सेन्टरमा छ । करिब ७०० मानिस अटाउने क्षमता भएको हलमा ज्येष्ठ नागरिक पनि सजिलै पुग्न सक्ने भएकाले कार्यक्रम आयोजना गरेको अध्यक्ष गुरुङले थप्नु भयो। नेपाली समाज विल्टसायरका विभिन्न पदाधिकारी र राजदूतावासका कर्मचारीहरुले गरेको यो सुबिधायुक्त सेवाका लागि स्थानिय नेपालीहरुले प्रसंसा गरेका थिए भने खाजाको प्रबन्ध द काउका सञ्चालकले निःशुल्क रूपमा गरेको सञ्चालक ह्यानसन गौचनले बताए।