Thursday January 16, 2025

विविध

अमेरीकाको बाल्टीमोरका समाजसेवी नेपाली जनक पौडेल

सुरेश कोईराला, अमेरीका। जनक पौडेल अमेरिकास्थित बाल्टिमोर नेपाली समाजको उदयमान नक्षत्रको रुपमा चिनिनुहुन्छ । नेपालको चितवनमा जिन्मिनु र हुर्किनु भएका उहाँ सन् २००५ मा डिभि परेर अमेरिका पुग्नु भएको हो। उहाँ अमेरिका बाल्मिोरका एक युवा, उदयमान सफल व्यवसायी र मेरिल्याण्डका युवाहरुको ढुकढुकी एवं सहयोगको प्रयायबाची शब्द जस्तै हुनुहुन्छ जनक पौडेल। बाल्टिमोर सिटि कजेल स्टेयर युनिभर्सिटिमा उहाँले अध्ययन गर्नु भएको छ। अमेरिका पुगेपछि २००७ सालमा बानाको साधारण सदस्यबाट समाजसेवाको यात्रा सुरु गर्नुभएका उहाँ पछि २०१७ मा बानाको उपाध्यक्ष हुनु भयो। २०१९ देखि बानाको सल्लाहकार हुनुहन्छ। बानालाई झोलाबाट घरसम्म पुर्याउने बलियो खम्बा हुनुहुन्छ जनक पौडेल। जसरी एक घर बन्नका लागि ४ खम्बाको बराबर भूमिका हुन्छ,त्यसै गरी बानाको बिकासका लागि पौडेलले पनि एउटा महत्वपूर्ण खम्बाको रुपमा काम गर्नु भएको छ। भवन खरिद गर्दा होस् अथवा कोभिडको बेलामा होस् नेपालीहरुको लागि रातदिन नभनिकन समाजसेवामा खटिनुभएको व्यक्तित्व हो जनक पौडेल। अमेरिकामा बस्ने नेपालीले घर किन्नु परेमा निःशुल्क परामर्श, इन्सुरेस र अमेरिकाकाको कानून अनुसारको सहयोग गरिरहनु भएको हुन्छ उहाँले हालसम्म निःशुल्कसहयोग गर्दै आउनु भएको हो। उहाँसँग सहयोग लिएका नेपालीहरु खुसी हुनुहुन्छ। त्यतिमात्र होइन कोरोनाबाट बच्नका लागि आवश्यक पर्ने मास्क, कोरोनाको बेला औषधि लगायत आवश्यक सहयोग गर्नुभएको छ। नेपालमा सहयोगको नाममा पैसा उठाएको पाइन्छ, तर उहाँले जति पनि सहयोग गर्नु हुन्छ सबै आफ्नै पैसाबाट गर्नु हुन्छ। सहयोगको लागि आर्थिक उठाउने काम गर्नु हुन्न।  एनआरएनए मेरिल्याण्ड च्याप्टरको २०१९ देखि ०२१ र ०२१ देखि ०२३ कोडिनेटर रहनु भएका उहाँ बानमा २०१७ देखि १९ सम्म भाइस प्रेसिडेन्ट हुनुहुन्थ्यो। २०१९ देखि २०२१ सम्म सल्लाहकार भएर काम गर्नु भएको छ। उहाँले नेपालीमाझ आफूलाई शसक्त सहयोगीको रुपमा मात्र चिनाउनु भएको छ। यतिमात्र उहाँको परिचय होइन्। एनआरएनएको भेला, निर्वाचन र संगठन विस्तारमा उहाँको सहयोगको अपेक्षा धेरैले गेरको पाइन्छ।  सहयोग समेत गर्नु भएका उहाँ नेपालबाट अमेरिका पुगेर बेरोजगार भएका युवाहरुका लागि भगावन झै सहयोग गर्नु हुन्छ। काम खोज्ने मात्र होइन्,आफ्नै गाडिमा ल्याउने र लिने काम पनि गर्नु हुन्छ। भूकम्पको बेला बान मार्फत राम्रो आर्थिक सहयोग गर्नु भएको छ। नेपालका लागि नेपाली

अन्नपुर्ण गाउपालिकामा रहेको परशु आधारभुत बिध्दालयको ६४औ स्थापना दिबस भब्य मनाईयो

शीतलपाटीन्युज डटकम। पोखरा।अन्नपूर्ण गाऊंपालीका १,कास्कीमा बि.सं २०१६ मा स्थापना भएको श्री परशु आधारभूत बिधालयले आफ्नो ६४ औं स्थापना दिवस मनाएको छ। सो अवसरमा बिधालयको समग्र शैक्षिक  बिकास र उन्नयनका लागि गठित श्री परशु शैक्षिक प्रतिष्ठानको समेत उद्घाटन गरिएको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका–१, भारतीडाँडामा अवस्थित उक्त बिधालयको ६४ औं स्थापना दिबसको ऊपलक्ष्यमा गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर केसी र प्रतिष्ठानका प्रमुख संरक्षक प्रेमराज अधिकारीले संयुक्तरूपमा उक्त प्रतिष्ठानको उद्घाटन गरेका हुन्। ऊक्त अबसरमा बिधालय ब्यवस्थापन समितिले प्रतिष्ठानका प्रमुख संरक्षक प्रेमराज अधिकारी र श्रीमती गोमा अधिकारीलाई सम्मान समेत गरेको छ।              संस्थाका प्रमुख संरक्षक अधिकारी २०१६ सालमा स्थापना भएको बिध्यालयका एक संस्थापक , बिध्यार्थी,शिक्षक हुंदै सोहि बिध्यालयको प्रधानाध्यापक समेत रहेर आफ्ना सन्ततीहरुलाई सोहि बिध्यालयमा पढाएर एक अभिबाबक र हाल एक शिक्षाप्रेमी शुभचिन्तकको भुमिकामा रहनु भएको छ। यसै गरी बिध्यालय प्रशासन तथा प्रतिष्ठानका प्रमुख संरक्षक तथा ज्येष्ठ नागरिक सरोकार समाजका आजीबन सदस्य प्रेमराज अधिकारीबाट बिं सं २०१६ साल देखी अहिलेसम्म ऊक्त बिध्यालयमा बिभिन्न भुमिकामा रहेर सेवा गर्ने पुर्ब प्रधानाध्यापक,शिक्षक,बिध्यालय ब्यबस्थापक समिती अध्यक्षहरु,शिक्षक अभिबाबक संघका अध्यक्षहरु लाई फुलको माला,दोसल्ला र सम्मान पत्रका साथ सम्मान प्रदान गरिएको थियो। श्री परशु आधारभुत बिध्यालयका संपुर्ण पुर्ब बिध्यार्थीहरुलाई आमन्त्रण गरिएको ऊक्त कार्यक्रममा श्री परशु शैक्षिक प्रतिष्ठानको आजीबन सदस्यता लिने संपुर्ण सदस्यहरुलाई सदस्यताको प्रमाण पत्रका साथ सम्मान पनि गरियो। पुस ९ गते सोमवार विद्यालयमा आयोजना गरिएको ६४औं स्थापना दिवश एवं श्री परशु शैक्षिक प्रतिष्ठान समुद्घाटन कार्यक्रममा विद्यालयमा अध्ययन र अध्यापन गराएर विभिन्न सिलसिलामा स्वदेश तथा विदेशमा पेशा व्यवसाय गर्दैआएका व्यक्तिबीचमा भेटघाटको अवसर पनि जुरेको थियो।कार्यक्रममा विद्यालयको शैक्षिक विकासका लागि शुरु गरिएको आर्थिक संकलन अभियानमा विद्यालयका पूर्वशिक्षक/विद्यार्थी स्थानीय अबिभावक सबैले उदार मनले सहयोग गरेका छन् । सो अवसरमा बिध्यालय आधार क्षेत्र भित्र रहेका ८० बर्ष उमेर पुगेका ४० जना स्थानीय अभिबाबक हरुलाई गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर केसी र ज्येष्ठ नागरिक सरोकार समाज कास्कीका आजीबन सदस्य समेत रहेका प्रतिष्ठानका प्रमुख संरक्षक श्री प्रेमराज अधिकारीले सम्मान गर्नु भएको थियो। सँगसँगै पूर्व बिधालय ब्यावस्थापन समिति अध्यक्ष, शिक्षक अबिभावक संघका अध्यक्ष, पूर्व प्रधानाध्यापक, पूर्व शिक्षक, चन्दादातालाई

फोनिज युकेको अध्यक्ष गोमा राना नेपाली समाचारको अतिथि सम्पादकमा नियुक्त

शीतलपाटीन्युज डटकम। लण्डन। फोनिज युकेको अध्यक्ष गोमा राना नेपाली समाचारको अतिथि सम्पादकमा नियुक्त हुनुभएको समाचार छ। नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ युकेकी अध्यक्ष राना लामो समय देखि पत्रकारिताको क्षेत्रमा क्रियाशिल हुनुहुन्छ।  रेडियो पत्रकारितामा सन् १९९१ देखि बिएफबिएस गोर्खा रेडियो मार्फत क्रियाशिल राना युकेको फान्ब्रोमा संचालित रेडियो विजिडब्लुएसमा पनि लामो समय काम गर्नु भयको थियो। युकेको स्थानीय समाचार संकलन, सम्पादन तथा अडियो भिजियुल डेस्क हेर्ने गरी श्रीमति रानालाई जिम्मेवारी दिइएको हो। सन् २००९ बाट शुरु भएको नेपालीसमाचार डटकम,सन् २०११ मा नेपाल प्रेस काउन्सिल र जिल्ला प्रसासनमा नेपालीसमाचार नामक साप्ताहिक प्रिन्ट पत्रिकाको रुपमा दर्ता भई स्थायी प्रमाणपत्र लिएको मिडिया हो। हाल अनलाईन मिडियामा प्राथमिकताको साथ रहेको यो नेपालीसमाचार डटकम केही महिना अघि मात्र नेपालीसमाचारको अंग्रेजी भर्सन टुडेप्रेस डटकम शुरु गरि नयाँ पुस्तालाई र गैर नेपाली भाषीहरुलाई जोडन शुरु गरेको छ।

पशुपतिमा बालाचर्तुदशी मेलाको तयारी पूरा

शीतलपाटीन्युज नेपाल काठमाडौं।पशुपति क्षेत्र विकास कोषले बालाचर्तुदशी पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।पशुपतिनाथ मन्दिर परिसरमा आइतबार रातिदेखि सुरु हुने बालाचतुर्दशी पर्वका लागि सम्पूर्ण तयारी पूरा गरेको कोषले जनाएको हो। कोषले बालाचर्तुदशीको अवसरमा दीप प्रज्ज्वलन देखि ‘कोर’ क्षेत्रमा शतबीज छर्ने व्यवस्था मिलाइएको जनाएको छ। आफ्ना दिवङ्गत भएका पितृहरूको सम्झनामा मृतकका आफन्तजनबाट रातभर दीप प्रज्ज्वलन गरी भोलिपल्ट शतबीज छर्ने भएकाले उनीहरूको सुरक्षादेखि सहज ढङ्गले कार्य सम्पन्न गर्ने सम्मको व्यवस्था कोषले मिलाएको छ। यसैगरी मृगस्थलीभित्र मृग राखेको स्थानमा पनि शतबीज छर्ने परम्परा भएको मृगस्थली प्रवेश गर्ने द्वारमा पनि विशेष सुरक्षाकर्मीको टोली परिचालन गरिने कोषले जनएको छ। कोषले पर्व,मेला र विशेष अवसरमा चोरीका घटना पनि हुनसक्ने सभावनालाई मध्यनजर गरी बहुमूल्य गरगहना लगाएर नआउन पनि भक्तजनलाई आग्रह गरेको छ। यसैगरी छालाको जुत्ता पनि नलगाइदिन अनुरोध गरिएको छ। (साभार: अनलाईन नेपाल)  

ट्राफिक जाचमा सुरक्षा र सुधारको खाचो, अति गर्नु तर अतिचार नगर्नु

बसन्तराज कॅुवर, काठमाण्डौ। मलाइ थाहा छैन यो कहॉ र कहिलेको घटना हो? तर यस भिडीवो फुटेजमा सबै नागरीक (महीलाहरु समेत मिली) एक ट्राफीक प्रहरी माथि भौतीक रुपमै हातपात गर्दै गरेको देखिन्छ र यस्मा संबेदनसिल कुरा के देखिएको छ भने “कोहि नागरीकहरु  प्रहरीलाइ बचाउन तिर लागेका छैनन् बरु सबका सब पिट्नै र लखेट्नै वा लखेट्ने र आक्रमण गर्नेहरुलाइ नै उकास्नै तिर लागेका देखान्छन्। यो घटना साधारण छैन र उच्च अफिसरहरुले अध्यन मनन गर्नु पर्ने खालको पनि छ। जब अति हुन्छ,तब मात्र प्रहरी माथि भौतीक आक्रमण हुन्छ। प्रहरी माथि आक्रमण मुख्य रुपमा  ५ कारणले हुन्छन् । पहिलो :- नीतीगत रुपमै आक्रमण गर्ने, यस अन्तरगतका आक्रमणहरु आक्रमणकर्ताहरुले नितीहत रुपमै गर्दछन् जस्तो सत्ता वा सरकार पल्ट्याउनु छ,लुटपाट गर्नु छ,सडकलाइ अराजक बनाउनु छ,असान्ती मच्याउनु छ। प्राए यस्ता कुरा योजनाबद्ध नै हुन्छन्।  दोश्रो :- अति भए पछी, अर्थात जब प्रहरीहरुले अति दुख दिन थाल्दछन र आम नागरीक हरु लाइ अनाबस्यक कारबाहि, धंकी,पिडा,चेकजॉच सोसण गर्न थाल्दछन् , त्यस पछी क्रमस जनताको नफरत बड्दै जान्छ र कुनै एक समएमा त्यो बिष्फोट हुन्छ। यस्ता घटना योजनाबद्ध त हुदैनन् तर जब यस कारणले प्रहरी माथि आक्रमण हुन्छ तब सबका सब नागरीक हरु त्यस बेला प्रहररी माथि खनिन्छन् किनकी सब लाइ प्रहरीको कारबाही हरु पहिल्यै देखि मन परी रहेको हुदैन। जब मौका आउछ तब सब खनिन्छन्।यस्तोमा प्रहरीलाइ बचाउन आउने नागरीक पनि हुदैनन्।  तेश्रो :- तत्काल उठेको रीस थाम्न नसकी, कोहि माथि अनाबस्यक र चित्त नबुझ्दो प्रहरी कारबाही भएको भए पनि तत्कालको आक्रोस थाम्न नसक्ने ब्यक्ती हरु बाट प्रहरी माथि आक्रमण हुन सक्छ तर यस्तो अबस्थामा नागरीक हरुले प्रहरीको बचाउ गर्ने छन्। प्रहरीको सुरक्षामा साथ दिने  छन् । चौथौ:- बचाउको लागी, कोहिलाइ प्रहरीले पक्राउ गर्यो वा कोहि आफुले गल्ती गरेको छ र संजाए पाउछु भन्ने निश्चीत छ भने उस्ले त्यस समएमा प्रहरीको कब्जाबाट उम्कन प्रहरी माथि आक्रमण गर्न सक्छ तर यस्तो घटना योजनाबद्ध हुंदैन।यस्तो घटनामा पनि प्रहरीलाइ नागरीकहरुले बचाउ गर्दछन्।  अपराधिक इलाका -  कुनै खास स्थानमा अपराधीहरुको बसोबास छ वा त्यॉहाको जिबननै अपराध

बिबीसी युकेको च्यारीटी डिनर नाईट भब्य

पुर्ण गुरुड्ग, लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेको च्यारिटी डिनर नाईट सफलतापूर्वक सम्पन्न भएको छ। गत शनिबार २५ नोभेम्बरका दिन बीसीसी यूकेको विभिन्न परियोजनाहरुको सहयोगार्थ अल्डरसटस्थित एम्पायर हलमा च्यारिटी कार्यक्रम आयोजना गरिएको हो।  स्थानीय रस्मोर बरो काउन्सिलका काउन्सिलर मेयर एवं कार्यक्रमका प्रमुख अतिथि क्लाइभ ग्राटन, बीसीसी अध्यक्ष हर्क बहादुर गुरुङ, आमा प्रमुख उर्मिला गुरुङ, लण्डन ब्रान्च अध्यक्ष गोपाल तामाङ्ग लगायत धर्मगुरुले संयुक्त रुपमा दीप प्रज्ज्वलन पश्चात कार्यक्रम शुरु भएको थियो। सो अवसरमा बीसीसी यूकेको धर्मगुरु र आमाहरुले शुभमंगल पाठ गरेका थिए।  कार्यक्रममा बीसीसी यूकेका असिस्टेन्ट प्रोजेक्ट कोर्डिनेटर बिष्णु तामाङ्गले बीसीसी यूकेको विभिन्न परियोजनाहरुबारे प्रिजेन्टेशन दिएका थिए। त्यस्तै,भारतको मैंसुरबाट आएका खेन्पो दावा गुरुले दक्षिण भारतमा निर्माण हुन लागेको गोल्डेन बुद्ध प्रोजक्टबारे जानकारी दिएका थिए।  बेलायतमा क्रियाशिल विभिन्न नेपाली संघसंस्था,उद्यमी,व्यापारी, शुभचिन्तकलगायत भक्तजनहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा स्थानीय मेयर क्लाइभ ग्राटनले बीसीसी यूकेले गर्दै आएको विभिन्न धार्मिक एवं परोपकारी कार्यको प्रसंशा गरे।  बेलायतका विभिन्न स्थानबाट आएका सहभागीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा बीसीसी यूकेको विभिन्न भूमिकामा रहेर गुम्बालाई अतुलनीय सहयोग गर्दै आएका संस्थापक अध्यक्ष एवं बोर्ड अफ ट्रष्टी मेम्बर लेप्टन काजी शेर्पा, बोर्ड अफ ट्रष्टी मेम्बर मेजर खिम गौचन,बोर्ड अफ मेम्बर मेजर कुल बहादुर थापा,बोर्ड अफ मेम्बर डा.कपिल रिजाल,संस्थापक आमा प्रमुख एवं बोर्ड अफ ट्रष्टी मेम्बर ज्ञानुमाया गुरुङ,निवर्तमान अध्यक्ष एवं बोर्ड अफ ट्रष्टी मेम्बर धर्म तामाङ्गलाई सम्मान गरिएको थियो। त्यस्तै,यसबर्ष बीसीसी यूकेको ट्रष्टी मेम्बर बनेका विभिन्न व्यक्तिहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो। साथै, बीसीसी यूकेको हरेक अभियानमा हातोमालो गर्दै आएका पूर्ण गुरुङ, कलम गुरुङ,कृष्ण गुरुङ, जंग बहादुर गुरुङ,राम (घ्युर्मि) गुरुङ, लाल कुमारी गुरुङ, दुर्गा लक्ष्मी गुरुङ,नन्दु गुरुङ,कुशकुमारी गुरुङ, दिलु गुरुङ र टेक बहादुर गुरुङलाई भोलन्टरी अवार्डबाट सम्मान गरिएको थियो। संगसंगै उक्त डिनर नाईटमा नृत्य तथा गीत प्रस्तुत् गर्ने कलाकारहरुलाई समेत खादासहित प्रमाण पत्र वितरण गरियो।  विभिन्न धार्मिक एवं साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न कार्यक्रममा  ब्रिषा गुरुङ,परिस्का गुरुङ,बिनु गुरुङ,हेलिसा गुरुङ, पर्विता तामाङ्गले विभिन्न गीतमा नृत्य प्रस्तुत् गरेका थिए। त्यस्तै, लामा दिपेन गुरुङ,गायक तिलक गुरुङ,गायिका बन्दना पाण्डेले विभिन्न गीत प्रस्तुत् गरेका थिए भने

नेपाली ब्रिटीस काउन्सीलरहरुद्वारा ब्रिटीस गोर्खा समस्या समाधानका लागि बेलायतका प्रधानमन्त्री सुनकलाई ज्ञापनपत्र

शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतका विभिन्न बरोस्थित नेपालीमूलका   ब्रिटीष काउन्सिलरहरुले बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई भेटी ब्रिटीष गोरखाहरुको मागमा एकबध्दता जनाउदै  10 Downning Street पुगेर ज्ञापनपत्र बुझाएका छन्। नेपाली ब्रिटीष काउन्सीलरहरुले भूपू गोर्खाहरुले उठाउँदै आएको समान पेन्सनको माग पूरा गरिदिन आह्वान गर्दै प्रधाननमन्त्रीलाई नेपाल भ्रमणको पनि निम्तो दिएका छन्। सत्तारुढ कञ्जरभेटिभ पार्टीका काउन्सिलरहरुले बिहीबार प्रधानमन्त्री कार्यालयमा पुगेर सल्लाहकार अमित जोगीलाई भेटी उनीमार्फत् प्रधानमन्त्री सुनकलाई ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री सुन्नकका सल्लाहकारले काउन्सिलरहरुले उठाएका  विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएका थिए। उनले गोर्खाहरुको समान पेन्सन मुद्धा यथासक्य र प्रधानमन्त्रीको नेपाल भ्रमण अर्को वर्षसम्म गराउने आश्वासन दिएको भेटमा सहभागी काउन्सीलर जीव बेल्वासेले बताएका छन। नेपाल र बेलायतबीचको मैत्री सम्बन्ध दुई शताब्दीभन्दा लामो भइसक्दा पनि बेलायतका बहालवाला प्रधानमन्त्रीबाट अझसम्म नेपाल भ्रमण हुन नसकेको हालका प्रधानमन्त्री सुनकलाई निमन्त्रणा गर्दै नेपाल भ्रमणको निम्तो दिएको हो।  काउन्सीलरहरुको प्रधानमन्त्री  कार्यालय भ्रमणको संयोजन रश्मोर बरो काउन्सिलर नेम थापा र लन्डन बरो अफ बार्नेट काउन्सिलर लक्ष्य गुरुङले संयुक्त रुपमा गर्नु भयको थियो। सो अवसरमा कञ्जरभेटिभ पार्टीबाट निर्वाचित काउन्सिलरहरु लक्ष्यबहादुर गुरुङ,जीव बेल्वासे, गोवर्धन सिलवाल तथा काउन्सिलर उम्मेदवारहरु सुमन पुन,पुनम गुरुङ र ज्ञान गुरुङ सहभागी थिए। त्यस्तै,बेलायतको भेटेरान मिनिस्टर भइ सकेका रश्मोर क्षेत्रका सांसद लियो डोचेर्टी र बेलायतस्थित वरिष्ठ समाजसेवी तथा व्यवसायी रविन्द्रजंग लामिछाने पनि सहभागीता सो अवसरमा रहेको थियो। नेपाली ब्रिटीष काउन्सीलरहरुले बेलायतस्थित नेपाली राजदूतावासमा पनि प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रको कपी बुझाएको बताउनु भयको छ।

पुस्तकभित्र दूत पुन 'चिम्खोले काइँला'

सुरेशजङ्ग शाह                                                                                      संस्थापक तथा निवर्तमान अध्यक्ष  नेपाली साहित्य विकास परिषद् यूके                                                                        स्थापित १९९५ (२०५१विसं), लण्डन                          'म कोसोभोको युद्धमा शान्ति सुरक्षामा जानेदिनमा बिहान सबेरै उठेँ । छोरीहरू सुतेका थिए। जमुना मसँगै उठेकी थिइन्। युद्धमा जानका लागि उर्दी लगाएँ। सुतेकाछोरीहरूलाई म्वाइँ खाएँ । छोरीहरूलाई छोएर भनेँ, छोरीहरू हो ! यदि युद्धमा मेरो मृत्यु भएछ भने तिमीहरूसँग अर्को जुनीमा अर्थातस्वर्गमा भेट होला । जमुनाको पनि हात समातेर  भने, यदि मेरोमृत्यु भएछ भने छोरीहरूको लालनपालन राम्रोसँग गर्नु। राम्रोशिक्षादीक्षा  दिनु। तिम्रो शरीरको ख्याल गर्नु। मेरो इन्सोरेन्सगरेकोछु। इन्सोरेन्सबाट पैसा आउँछ। काठमाडौँमा घर छ। मेरोपेन्सन आउँछ। राम्रोसँग घर चलाउनु। छोरीहरूको राम्रोसँग कर्मचलाइदिनु। यदि तिमीलाई अर्को विवाह गर्ने इच्छा भयो भने पनिअर्को विवाह गरेर सुखका साथ  जिन्दगी विताउनु।' युद्धका बेला बारुद र बमगोलासँग खेल्ने सैनिकजीवनको पारिवारिक विदाइको त्यो क्षण कस्तो कारुणिक होलाहामीले अनुमान मात्र गर्नसक्छौँ तर स्वयम् सैनिकको त्यो क्षणकोमन र मुटुको अनुभूति यी माथि उद्दृत गरिएका पङ्क्तिहरूमाअभिव्यक्त गरेका छन् लेखक पूर्व गोर्खा सैनिक  दूत गर्बुजा पुनअर्थात साहित्यकार चिम्खोले काइँलाले आफ्नो जिवनी'लोसोगोठदेखि बकिङ्घम प्यालेससम्म' पुस्तकमा। चार सयसत्ताइस पेजको पुस्तकमा ८९ शीर्षकमा आफ्नो जीवनी उतारेका जिवनीकार चिम्खोले काइँला अर्थात दूत गर्बुजा पुनले  आफ्नोलेखकीय शिल्प बढो रोचकरूपले उत्सर्ग उत्सुक्ता  रकलाइमेक्सको फ्युजन गरेर पाठक वर्गको मनमा यसपछि अव केहुन्छ (?) भन्ने एउटा कौतुहल्ता उब्जाउन सफल रहेका छन्। जुनशिल्प जिवनी लेखनको उत्कृष्ट कला हो। नायकको केन्द्रविन्दुमा खलनायक र अन्य पात्रहरू चलायमान बनाएका छन् ।घटना परिघटनाहरू  एक पछि अर्को रोचकरूले प्रस्तुत गरेका छन्।  पढ्दापढ्दै कतै वेदनाले  गह भरिने त कतै ओँठमा फिसिक्कहाँसो फुस्कने  लेखन कौसलतामा घटनाक्रमहरूलाई संप्रेशण गर्न लेखक सफल

जाजरकोटका भुकम्प पिडितलाई बेलायतबाट राहत प्रदान

शीतलपाटीन्युज डटकम। लण्डन।जाजरकोटका भुकम्प पिडितको सहयोगार्थ बेजिङ्गस्टोक नेप्लीज कम्यूनिटी (बिएनसी)  लेडिज फन्डबाट रु एक लाख सहयोग प्रदान गरेको छ। साथै बिएनसीका सल्लाहकार,डिग्नीफाईड मेन्स्ट्रुएशन यूके च्याप्टर संयोजक संयोजक एवम समाजसेवी सुधा गुरुङ्गको सकृयतामा बेलायतबासी साथीहरुबाट ब्यक्तिगत सहयोग संकलन गरि रु २ लाख ६० हजार १५० गरि कुल ३ लाख ६० हजार १५० सहयोग प्रदान गरिएको छ। सो राहत राधा पौडेल फाउन्डेशन मार्फत जाजरकोटका भुकम्प पिडितहरु समक्ष पुराईएको जानकारी गुरुङ्गले दिएकी छन। भुकम्प गएको लगत्तै राधा पौडेल फाउन्डेशनका स्वयमसेवीहरु जाजरकोटमा राहत सामाग्रीहरु  टेन्ट,कम्बल,ड्राई फूड,सुत्केरी र नाबालक शिशु सामाग्री,महिनावारी भएका महिलाहरुका लागि अत्यावश्यक सामाग्रीहरु लिएर पुगेका थिए। साथै त्यस पश्चात फिल्डमै रही आगामी २ महिनासम्म फाउन्डेशनका स्वयसेवीले पिडितहरुलाई सहयोग गर्ने कुरा राधा पौडेल फाउन्डेशनका संस्थापक,मर्यादित महिनावारी अभियंता एवम मदन पुरस्कार बिजयी लेखक डा राधा पौडेल (पिएचडी) ले जनाएकी छन।  राधा पौडेल फाउन्डेशनले मर्यादित महिनावारी सबैको जिम्मेवारी अभियानमा निरन्तर काम गर्दै आईरहेको छ। राधा पौडेल फाउन्डेशन र दक्षिण गोलार्द्धीय मर्यादित महिनावारी संजालले आगामी डिसेम्बर ८ मा पाचौं अन्तराष्ट्रीय मर्यादित महिनावारी दिवस भब्यताका साथ मनाउने तैयारी गरीरहेको छ। सो दिवसको यस बर्षको नारा "बाल बिबाह र यौन हिंसा निराकरण गर्न मर्यादित महिनावारीको भुमिका" रहेको छ।डा पौडेल मर्यादित महिनावारीमा पिएचडी गर्ने बिश्वकै पहिलो महिला र पहिलो रिसर्चर हुन।

नेपाली राजदुताबास लण्डनको भुपु ब्रिटीस गोर्खा बार्ता बारे प्रेष बिज्ञप्ति

शीतलपाटीन्युज डटकम। लण्डन। भूपू गोर्खाहरुको माग सम्बोधनका विषयमा गठित द्विपक्षीय समितिको तेश्रो वैठक आज बेलायतको रक्षा मन्त्रालयमा सम्पन्न भयो।उक्त बैठकको नेतृत्व बेलायत सरकारका तर्फबाट रक्षा राज्य मन्त्री एन्ड्रिउ मुरिसन तथा नेपाल सरकारका तर्फबाट संयुक्त अधिराज्यका लागि नेपाली राजदूत महामहिम ज्ञानचन्द्र आचार्य एवं भूपू गोर्खाहरुका तर्फबाट मेजर(अ.प्रा.) जुदबहादुर गुरुङ्गले गर्नुभएको थियो। वैठकमा यसअघि भएका द्विपक्षीय समितिका वैठक तथा प्राविधिक तहमा भएको छलफलका आधारमा पेन्शन एवं कल्याणकारी सुविधाहरुका बारेमा भएको प्रगतिको समीक्षा भयो।बेलायती रक्षा मन्त्रालयले भूपू गोर्खाहरुले उठाएका धेरैजसो विषयहरुमा आफ्नो जपाफ प्रस्तुत गरिसकेपछि उक्त विषयमा नेपालको तर्फबाट महामहिम राजदूत एवं श्री जुदबहादुर गुरुङ्गले ती विषयहरुमा तर्कहरुसहित प्रतिउत्तर दिनुभएको थियो। नेपाल र संयुक्त अधिराज्यबीच रहीआएको ऐतिहासिक सम्बन्धलाई दृष्टिगत गर्दै यसको आधारस्तम्भको रुपमा रहेका भूपू गोर्खाका मागहरुका विषयमा दीर्घकालीन समाधानका लागिराजदूत आचार्यले अनुरोध गर्नुभयो। बैठकमा परराष्ट्र मन्त्रालयका यूरोप अमेरिका महाशाखा प्रमुख श्री गणेश प्रसाद ढकालले नेपाल सरकारको तर्फबाट माननीय परराष्ट्र मन्त्री नारायणप्रकाश साउदको सन्देश सहित भूपू गोर्खाका मागहरु शीघ्र सम्बोधन गर्ने विषयमा जोड दिनुभयो।आजको वैठकमा नसमेटिएका एवं थप अध्ययन गर्नुपर्ने विषयहरुमा पुनः अर्को बैठकमा छलफल गर्ने सहमति भएको छ। उक्त बैठकमा नेपाली राजदूतावासका उप-नियोग प्रमुख रोशन खनाल,सैनिक सहचारी सहायक रथी रत्न बहादुर गोदार तथा भूतपूर्व गोर्खाहरुको तर्फबाट धर्मबहादुर तामाङ,कृष्णबहादुर राई तथा बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालय र अन्तर्गतका अधिकारीहरुको सहभागिता रहेको २२ नोभेम्बर २०२३ मा नेपाली राजदुताबास लण्डनबाट प्रकाशित प्रेष बिज्ञप्तीमा जनाईएको छ।

कास्कीको पर्यटकीय गाउँ घान्द्रुक र सिक्लेस पुग्ने पर्यटकलाई बस्ने ठाउ अपुग

शीतलपाटीन्युज डटकम। पोखरा।दशैं,तिहार सकिए लगत्तै कास्कीको पर्यटकीय गाउँ घान्द्रुक र सिक्लेस पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको समाचार छ। जसका कारण स्थानीयलाई गाउँ पुगेका पर्यटक व्यवस्थापन गर्न भ्याइनभ्याइ छ । पछिल्ला समय पोखरा घुम्न आएका पर्यटक लेकसाइडमा मात्र सीमित हुन चाहँदैनन्। वरपरका गाउँबस्ती र थुम्का उनीहरुको रोजाइमा पर्ने गरेको छ । सोही कारण कास्कीका पर्यटकीय गाउँहरुमा ठूलो सङ्ख्यामा पर्यटक पुग्ने गरेका छन् । कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं १० र ११ मा पर्ने घान्द्रुकमा शुक्रबार दुई हजारभन्दा बढी पर्यटक पुगेको घान्द्रुक पर्यटक व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिनु भयको छ। उहाका अनुसार शनिबार पनि दुई हजारकै हाराहारीमा पर्यटक पुगेका थिए। ‘पछिल्लो हप्ता घान्द्रुकमा पर्यटक पूर्णरुपमा भरिएर हाउसफुल नै भएको थियो’, अध्यक्ष गुरुङले भन्नु भयके छ, ‘धेरै हुँदा हामीलाई व्यवस्थापन गर्न हम्मेहम्मे पर्छ। पाहुनालाई हामीले फर्काएका छैनौँ।’ घुमघामको सिजनमा यहाँ आउँदा यहाँको बासस्थान,मौसमी अवस्था लगायत आवश्यक विषयमा जानकारी लिएर मात्र आउन उहाले सबैलाई आग्रह गर्नु भयको छ। घुम्न आएका पाहुनालाई बास छैन भनेर फर्काउन पनि भएन्। हामीले मिलाएर त राखेकै छौँ’,अध्यक्ष गुरुङको भनाई हो यो।, ‘पाहुनाको सुविधाका लागि उहाँहरु आफैँले सिजनको समयमा हामीसँग समन्वय गरेर आउनुभयो भने राम्रो हुन्थ्यो।’ उहाका अनुसार घान्द्रुकमा पर्यटक राख्नका लागि ५५ होटल र २२ होमस्टे छन्। पाहुना बढी भएको अवस्थामा गाउँका घरमा व्यवस्थापन गर्न सकिने अध्यक्ष गुरुङको भनाइ थियो। होटल,होमस्टे र घरमा गरी घान्द्रुकमा एक दिनमा दुई हजार दुईसम्म पाहुन राख्ने क्षमता रहेको उहाले जानकारी दिनु भयको छ। कास्कीकै मादी गाउँपालिका–१ मा पर्ने पर्यटकीय गाउँ सिक्लेसमा पनि पर्यटकको चाप बढेको छ। दशैं, तिहार सकिए सँगै सिक्लेसमा दैनिक पाँचदेखि छ सयको हाराहारीमा पर्यटक पुग्ने गरेका मादी–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिनु भयको छ। सिक्लेस हुँदै क्हपुचें हिमताल र कोरी डाँडा जाने पर्यटकका कारण पनि यहाँ पर्यटकको चाप बढेको उहाको अनुभव रहेको छ।  (फेसबुकबाट साभार)

को हुन त भुकम्प पिडीतलाई आर्थिक सहयोग गर्ने महिला प्रहरी अधिकृत

शीतलपाटीन्युज डटकम। २२ कार्तिक,काठमाडौं। नेपाल प्रहरीका अफिसर गोमा पराजुली (कन्चन) ले आफ्नो एक महिनाको पारिश्रमिक जाजरकोटका भूकम्प पीडितको राहतका लागि सहयोग गरेको समाचार छ। गत  शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट पिडितका लागि गोमा पराजुली(कन्चन)ले एक महिनाको पारिश्रमिक राहत स्वरुप प्रदान गरेकी छन। भुकम्पबाट प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका पीडितहरूको राहत र उद्धारका लागि सरकारले स्थापना गरेको राहत कोषमा आफ्नो एक महिनाको पारिश्रमिक जम्मा गरेको कुरा समाचार आएको जानकारी प्राप्त भयको छ। ‘यो समयमा भूकम्प पीडितलाई सबैको साथ र सहयोगको आवश्यकता छ भन्नु भयको छापाहरुमा आएको छ, आफूले जे जति सकिन्छ त्यो सहयोग गर्न जरुरी छ। प्राकृतिक विपत्तिको क्षणमा सिंगो राष्ट्र नै एक भएर जुटौं,जहाँबाट जे सहयोग गर्न सकिन्छ त्यो सहयोग गरौं।’ घाइतेहरूको उद्धार र पीडितहरूका लागि राहत तथा पुनःस्थापनामा आआफ्नो तर्फबाट सबैलाई सहयोग गर्न समेत उहाले अपिल गर्नु भयको बुझिएको छ।  निडर र हक्की स्वभावकी देखिने कन्चन राष्ट्रसेवक स्वाभिमानी प्रहरी अफिसर भयको कुरा उहाको कामबाट बुझ्न सकिन्छ। यसअघि पनि दुःखी र पीडितहरुको घाउमा मलम लगाउँदै आएकी कन्चन नेपाल प्रहरीमा काम गर्ने देशको रक्षा गर्ने योद्धा हुन्। नेपाल प्रहरीका संगठनमा रहेर काम गर्दै आएपनि उनले समाज सेवा छोडेकी छैनन्। उनी निरन्तर समाज सेवामा तल्लिन छिन्।उनले अहिलेसम्म काठमाडौका सडकपेटीमा रहेका अनाथ तथा पशुपति मन्दिरको छेउछाउमा उपचार नपाएर भौतारि रहेका बिरामी तथा दिन दुःखीलाई समेत उपचार गर्दै एक मानवको धर्म निर्वाह गर्ने गरेको पनि समाचार छ। यस्तै सडकका जनावर तथा विशेष गरी बाँदरहरूलाई खाना खुवाउने,बाँदरका लागि प्रत्येक महिना फलफूलहरू ल्याएर खुवाउने गर्छिन् भन्ने समाचार छ कंचनको।  पशुपति मन्दिरमा रहेका बाँदरलाई मात्रै खाना र फलफूल खुवाउन लागेको एक दशक भइसकेको र पशुपति मन्दिरमा उनी जहिले पनि फलफूल लिएर बाँदर तथा गाईहरू लाई खुवाउन आउने गरेको पशुपति धार्मिक विकास कोषका अधिकारीले बताएका छन।  उनी प्रत्येक हप्ताको शनिबार पसलहरूबाट सस्तोमा फलफूल र खाना किनेर आफ्नै स्कुटिमा हालेर कपन भागेश्वरी मन्दिर,गुहेश्वरी वरपरका ठाउँहरूमा गौमाता,काग र बाँदरहरू लाई फलफूल दिने गरेको स्थानीय व्यापारीहरूले बताएका छन्।  यति मात्रै होइन जागिरबाट पाएको तलव विभिन्न आश्रम तथा

अभिनेत्री मनिषा कोइरालालाई बेलायती संसदमा सम्मान

GNNNews- लन्डन - बलिउडकी चर्चित अभिनेत्री मनीषा कोइरालालाई बेलायती संसद्मा आयोजित एक कार्यक्रममा सम्मान गरिएको छ। बलिउड र दक्षिण भारतका सिनेमा उद्योगमा बितेका तीन दशकमा गरेको उल्लेख्य योगदानका लागि अभिनेत्री कोइरालालाई शुक्रबार साँझ सम्मान गरिएको हो। सम्मानका क्रममा सामाजिक क्षेत्रमा कोइरालाको  सक्रियताको प्रशंसा गरिएको थियो। बेलायती संसदको तल्लो सदन,हाउस अफ कमन्सका सदस्य इमरान हुसैनले कोइरालालाई निमन्त्रणा गरेका थिए। बेलायती संसदमा आयोजित उक्त कार्यक्रममा एसियन स्ट्यान्डर्ड पत्रिकाकी प्रधान सम्पादक फातिमा पटेलसमेत आयोजक रहेको उक्त विशेष संसदीय रिसेप्सनमा कोइरालालाई सम्मान गरिएको हो। (तस्बिर सौजन्य: हनी रौनियार सुद)

६ जना पत्रकारलाई एनआरएनए फेलोसीप प्रदान

शीतलपाटीन्युज डटकम। काठमाडौं। गैर आवासीय नेपाली संघले ६ जना पत्रकारलाई फेलोसीप प्रदान गरेको छ। संघ २० वर्ष पुगेको अवसरमा एनआरएनएको समीक्षा गर्न ६ विषयमा फेलोसीप प्रदान गरिएको हो।काठमाडौंमा पत्रकार सम्मेलनबीच गैर आवासीय संघको कोषबाट अनुसन्धानात्मक रिपोर्ट तयार 
गर्ने ति पत्रकारलाई फेलोसीप प्रदान गरिएको छ।  फेलोसीपबाट प्राप्त रिपोर्ट गैरआवासीय नेपाली संघको विशेष प्रकाशनमा छापिएका छन्।फेलोसीप पाउनेमा रातोपाटी डटकमका राजकुमार सिग्देल छन्। उनले विगतदेखि वर्तमानसम्म परोपकारी काममा गैरआवासीय नेपाली संघको भूमिका विषयमा रिपोर्ट तयार गरेका छन्। विगत २० वर्षको अवधिमा गैरआवासीय नेपालीले आर्थिक प्रवर्धनका क्षेत्रमा गरेको योगदान तथा प्रविधि हस्तान्तरणको विषयमा नेपालखबर डटकममा आवद्ध पत्रकार वसन्त अर्यालले उजागर गरेका छन्। कान्तिपुर टेलिभिजनकी पत्रकार अञ्जना लामिछानेले गैरआवासीय नेपालीहरूका लागि ल्याइएका हालसम्म भएका नीतिगत तथा कानूनी व्यवस्था र उपलब्धिहरु जस्तै,एनआरएनए ऐन, एनआरएनए नागरिकता,मताधिकार एनआरएन इन्भेष्टमेन्ट आदि विषय समेटेकी छन्। ग्यालेक्सी फोर टेलिभिजनमा आवद्ध अंगराज न्यौपानेले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि संघ र नेपाल सरकारको समन्वयमा भएका नीतिगत सुधारहरु,संघको भूमिका तथा अब गर्नुपर्ने पहलको विषयमा रिपोर्ट लेखेका छन्। नेपाली भाषा र साहित्य प्रवर्धनका लागि विदेशमा रहेका नेपाली समुदायको योगदान विषयमा लन्डन रहेका कान्तिपुर दैनिकका बेलायत संवाददाता नवीन पोखरेलले रिपोर्ट तयार गरेका छन्। त्यस्तै, गैरआवासीय नेपाली अभियानमा महिला र युवाहरुको सहभागिता तथा योगदान विषय अन्नपूर्ण पोष्टकी तारा चापागाईंले समेटेकी छन्।

कात्तिक ७ देखि यी फोनमा ह्वाट्सएप नचल्ने 

शीतलपाटीन्युज डटकम। काठमाडौं। आगामी कात्तिक ७ (अक्टोबर २४) देखि केही पुराना एन्ड्रोइड तथा आईफोन माेडेलमा ह्वाट्सएप नचल्ने भएको छ। ह्वाट्सएपले आफ्नो ‘हेल्प सेन्टर’मा यसबारे लेख्दै जानकारी दिएको हो। आफूले पछिल्लो अपरेटिङ सिस्टम प्रयोग गर्ने प्रयोगकर्ताका लागि नयाँ फिचर विकास गर्नुपर्ने बताउँदै ह्वाट्सएपले एन्ड्रोइड ओएस ४.१ र आईओएस ११ भन्दा पुराना फोनहरूमा ह्वाट्सएप बन्द गर्ने जनाएको छ। त्यस्तै नवीनतम् प्रविधिमा थप सुरक्षाका मापदण्डहरू हुने र तिनको फाइदा लिनु पर्ने भएकाले पनि आफूले पुरानो अपरेटिङ सिस्टममा एप बन्द गर्न लागेको ह्वाट्सएपकाे भनाइ छ। यद्यपि सपोर्ट बन्द गर्नुअघि कम्पनीले ती फोन प्रयोगकर्तालाई यसबारे सूचित गर्नेछ। त्यसपछि भने ह्वाट्सएपका डेभलपरले ती डिभाइसमा प्राविधिक सहयोग तथा अपडेट पठाउन छाड्नेछन्। त्यसो हुँदा डिभाइसको अपरेटिङ सिस्टमले नयाँ अपडेट, नयाँ फिचर तथा समाधान गरिएका बगहरूको अपडेट पाउने छैनन्। यदि तपाईंसँग पनि तल उल्लेखित फोनहरू छ भने तिनमा आगामी कात्तिक ७ देखि ह्वाट्सएप चल्ने छैनन्: Samsung Galaxy S2 Nexus 7 iPhone 5 iPhone 5c Archos 53 Platinum Grand S Flex ZTE Grand X Quad V987 ZTE HTC Desire 500 Huawei Ascend D Huawei Ascend D1 HTC One Sony Xperia Z LG Optimus G Pro Samsung Galaxy Nexus HTC Sensation Motorola Droid Razr Sony Xperia S2 Motorola Xoom Samsung Galaxy Tab 10.1 Asus Eee Pad Transformer Acer Iconia Tab A5003 Samsung Galaxy S HTC Desire HD LG Optimus 2X Sony Ericsson Xperia Arc3 पछिल्लो अध्यावधिक: असोज २७, २०८० २२:४२ (techpana बाट)

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुंवरको नेतृत्वमा नेपाल प्रहरीका चार बरिष्ठ प्रहरीहरु बेलायत आगमन

शीतलपाटीन्युज डटकम।  हिथ्रो,लण्डन। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुंवरको नेतृत्वमा नेपाल प्रहरीका चार बरिष्ठ प्रहरी अधिकृतहरु बेलायत आई पुगेको समाचार छ। उहाहरु बेलायत सरकारको निमन्त्रणामा असोज २२ देखि असोज २६ गतेसम्म आयोजना हुने "Integrated Programme For Strengthening Security And Justice (Phase 2)  बिषयक कार्यक्रममा सहभागी हुन लण्डन आउनु भयको हो। उक्त टोलीमा प्रहरी महानिरीक्षक बसंन्त बहादुर कुंवर,प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार केशी,प्रहरी बरिष्ठ उपरिक्षकद्वय दान बहादुर कार्की र शेखर खनाल सम्मीलित रहेको कुरा नेपाल प्रहरी प्रधान कार्यालय,प्रहरी महानिरीक्षकको सचिवालय केन्द्रिय प्रहरी समाचार कछको दैनिक समाचार बुलेटिनमा जनाइएको छ। UNOPS संग शुरुवात गरीएको योजना अन्तर्गत नेपाल प्रहरी र बेलायत प्रहरीका उच्च अधिकारीहरुसंग सुरक्षा,अनुसन्धान,न्यायका बिषयमा भेटघाट तथा अनुभव आदान प्रदान गर्ने उदेश्यले आयोजित उक्त कार्यक्रममा अपराधका चुनौतिहरु बारे अनुभव आदान प्रदान गर्नुका साथै त्यस्ता चुनौतीको सामना गर्न उपयुक्त कानुन,सीप,श्रोतसाधनको माध्यमद्वारा प्रयास गर्ने,सामुदायिक पुलिसिॅङ,यौनिक एवम लैगिक हिसाका साथै बालबालिका बिरुध्द हुने अपराधको खतरालाई संबोधन गर्ने बिषयमा छलफल हुने कार्यक्रम रहेको छ। महिला तथा बालबालिकाहरुको लागि बिशेष ध्यान केन्द्रित गर्दै लैङ्गिक हिंसा नियन्त्रण तथा रोकथाम गर्न नेपाल प्रहरीको छमता बिकास र सुदृढ गर्ने यो कार्यक्रमको लक्ष राखिएको छ। कार्यक्रममा नेपालका प्रहरी महानिरीक्षक कुंवर र नेपाल प्रहरीका बरिष्ठ अधिकृतहरु,मेट्रोपोलिटन पुलिस न्यु स्कटलैण्ड यार्डका डिपुटी एसीसटैन्ट कमिस्नर वार्ड,FCDO Office का स्टफेन ओटर,UNOPS कन्सल्टेन्ट सिसीलिया डन्सटर, नेसनल क्राईम एजेन्सी (NCA),कलेज अफ पुलिसीङ,क्यामब्रिजसायर पुलिस थ्रेट एससमेन्ट टीम,क्यामब्रिजसायर पुलिस VAWG टीमसंग भेटघाट र छलफल हुने कार्यक्रम रहेको छ। भेटघाटका अवसरमा आपसी समन्वय,हित तथा सहयोग आदानप्रदान गर्ने बिषयमा छलफल समेत हुनेछ। साथै ग्रीनविच पुलिस बरो कमान्ड पुलिस स्टेसनको समेत अबलोकन र अध्ययन भ्रमण गरिने कार्यक्रम रहेको छ। प्रहरी महानिरीक्षक कुंवरको अनुपस्थितीमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले दैनिक प्रसासनिक कामकाजको जिम्मेबारी समाल्नु हुने र टीमलाई प्रहरी अतिरीक्त महानिरीक्षक र नायव महानिरीक्षकहरुले अन्तराष्ट्रिय विमानस्थल गौचरणमा शुभकामना सहित बिदाई गर्नु भयको थियो। हिथ्रो एअरपोर्ट टर्मीनल ४ मा सामाजीक अभियन्ता एवम चार्टर एकाउन्टेन्ट पदम आचार्य र पुर्व डिएसपी बाचस्पति रेग्मी स्वागत गरेका थिए।

नेपाल पुर्ब प्रहरी संगठनमा महासम्मेलन सम्पन्न, बसन्तराज कुवर पुन अध्यक्ष निर्बाचित

शीतलपाटीन्युज डटकम। काठमाण्डौ। नेपाल पुर्ब प्रहरी संगठनले आश्विन १९ गते शुक्रबार आफ्नो नियमित साधारणसभा र  महासम्मेलन संपन्न गरेको समाचार छ।हरेक ३ बर्षमा संपन्न गर्नु पर्ने महासम्मेलन संगठनले संधै समय भित्रै गर्दै आएको छ। महासम्मेलनको  समुद्घाटन पुर्ब मंन्त्री,पुर्व प्रहरी महानिरीक्षक तथा प्रतिनिधी सभाका सॉसद ध्रुब बहादुर प्रधानले गर्नु भयको थियो ।जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट बरीष्ठ प्रसासकीय अधिकृत सम्मेलनमा उपस्थीत हुनु हुन्थ्यो।   नेपाल पुर्ब प्रहरी संगठनको स्थापना २०४७ सालमा भएको हो। यस संगठन बिशुद्ध रुपमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा दर्ता गरीएको  सामाजिक संस्था हो।गैह्र सरकारी संस्थाहरुमा यो नेपालकै एक बिषाल संगठन हो। जस्को ७७ जिल्ला,७ प्रदेस र १५० स्थानिय निकायमा आफ्ना शाखाहरु छन्। संगठनको औपचारीक शाखा हुन संगठनको केन्द्रिस कार्यालय धापासीबाट इजाजत पत्र प्राप्त गर्नु पर्दछ र यी इजाजत पत्र प्राप्त गर्न कानुनी प्रसासनिक र भौतीक ब्यबस्था हरु गर्नु पर्दछ।नेपाल पुर्ब प्रहरी संगठनमा करीब २२ हजार पुर्ब प्रहरीहरु  सक्रीयता पुर्बक संगठनको काममा संलग्न छन् भने करीब ८ हजार निर्बाचीत र मनोनित भै संगठनको रक्षा,दैनिक कार्य र सेवामा खटिएका छन्।  पुर्व प्रहरी संगठनमा जोडिन सर्ब प्रथम साधारण वा आजीबन सदस्य हुनु पर्दछ। यदी पदाधिकारी हुने हो वा निर्बाचनमा जाने हो भने १५०० शुल्क  तिरी आजिबन सदस्य हुनु पर्दछ। निर्बाचनमा जान चाहानेहरुले ७५३ स्थानिय निकायमा (स्थानिय सरकार) खुलेको कुनै एक पुर्ब प्रहरीको इकाइमा निर्बाचन लड्नु पर्दछ। स्थानिय इकाइमा जितेका पदाधीकारीहरुले नै जिल्ला कमिटी,जिल्लामा जितेका पदाधीकारीहरुले प्रदेस र प्रदेसका अध्यक्ष उपाध्यक्ष,केन्द्रीय कार्यसमितीका सदस्य र सबै जिल्ला अध्यक्षहरुले केन्द्रीय अध्यक्ष र कार्यसमिती चुन्ने चलन छ। चुनाबमा नगई यदी निर्बाचित कार्यसमितीले मनोनित गरे आजिबन सदस्यहरु मनोनित सदस्य भै केन्द्र देखि जिल्लासम्म  कार्यसमितीमा जान सक्ने प्रचलन छ।पदाधीकारी हुन निरन्तर संगठनसंग काम गरी रहेको चॉही हुनै पर्दछ। पुर्ब प्रहरीहरुको करीब ६० हजार संख्यामा ९६% इन्सपेक्टर भन्दा तलका दर्जा भएकाले हरेक तहको निर्बाचनमा यही दर्जाहरुको निर्णायक भुमिका हुन्छ।माथिल्लो तहमा पदाधीकारी हुन निर्बाचनमा जानु पर्ने हुदा उच्च तहका पुर्ब प्रहरीहरु हरेक तहको कार्यसमितीमा न्युन देखिन्छन् कारण चुनाबमा फेस गर्न त्यो तहको सहभागिता कम देखिन्छ। नेपाल पुर्ब

चाडपर्वमा हुनसक्ने आपराधिक गतिविधि रोक्न एआईजी थापाद्वारा मातहत युनिटलाई निर्देशन

शीतलपाटीन्युज डटकम। काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले चाडपर्वमा हुनसक्ने अवाञ्चित गतिविधि, कालोबजारी, यातायात क्षेत्रमा हुने ठगीलगायत आपराधिक गतिविधि हुन नदिन विशेष निगरानीका लागि तीनै जिल्लाका प्रहरी र मातहतका युनिटलाई सर्कुलर जारी गरेको छ। काठमाडौँ,ललितपुर र भक्तपुरको सुरक्षा व्यवस्था मजबुद बनाउन आवश्यक सुरक्षा योजना निर्माणमा जुटेको उपत्यका प्रहरीले तीनै जिल्ला र मातहतका युनिटलाई विशेष चनाखोका साथ प्रहरी सेवा प्रावाह गर्न सर्कुलर जारी गरेको कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिए। उनले सबै युटिनलाई सुरक्षा योजनाका साथै उपत्यकालाई शान्ति सुरक्षा र भयरहितरुपमा चाडपर्व मनाउने वातावरण निर्माणमा प्रहरीको मुख्य भूमिका रहने भएकाले विशेष निगरानी बढाउनसमेत निर्देशन पनि दिएका छन् । कार्यालयले उपत्यकाको मातहतका युनिटलाई जारी गरेको सर्कुलरमा चाडपर्वका बेला हुनसक्ने कालोबजारी, अवाञ्चित गतिविधि, चोरी, तस्करी नियन्त्रण, ठगी लुटपाट, अवैध गतिविधि, गाडीको तीव्र गति, यातायातको टिकटमा महँगो शुल्क लिने तथा ठग्नेजस्ता गतिविधि नियन्त्रणमा लाग्न भनेको छ । कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले कार्यालयबाट आवश्यक निर्देशन गइसकेको र प्रहरीले आआफ्नो क्षेत्रमा सुरक्षा व्यवस्थालाई चुस्त पारिसकेको बताए । उनका अनुसार उपत्यकाका लागि जनशक्ति थप गरी आवश्यक कार्य अघि बढाइसकिएको र केही जनशक्ति थप हुने क्रममा रहेका छन् । उपत्यकाको तीनै जिल्ला प्रहरी परिसरका प्रमुख, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयसहितका सुरक्षा युनिटका प्रमुख तथा प्रतिनिधिलाई बोलाएर छुट्टै सुरक्षा योजना तयार गरी लागू गर्न पनि उपत्यका प्रहरीले निर्देशन दिएको छ । उपत्यकामा साविक सुरक्षा फौजमाथि गणमा रहेका सुरक्षाकर्मीसमेत थप गरेर चाडपर्वका बेला सुरक्षा निगरानी बढाउन थालिएको छ ।

IME लण्डनको सुनौलो बडादशै अफर बजारमा आयो

शीतलपाटीन्युज डटकम। लण्डन। बडादशैं २०८० को उपलक्ष्यमा IME London ले आफ्नो ग्राहकको लागि अविश्वसनीय अफर बजारमा ल्याएको कुरा IME लण्डनका नयन गौतमले हामीलाई बताउनु भयको छ। रेमिटेन्सको दुनियामा आफुलाई प्रखर रुपमा सहज,सुलभ र भरपर्दो सेवा प्रदायक सावित गर्दै नेपाली समुदायमा एकदमै चिरपरिचित IME London ब्रान्डले नेपाली समुदायको महानचाड वर्ष २०८० को विजयादशमीलाई मध्य नजर गर्दै विशेष योजना बजारमा ल्याएको छ। यस अन्तर्गत वडादशैं सम्ममा नया दर्ता भै नेपाल पैसा पठाउदा  पौन्ड बराबर नेपाली रुपैंया  थप गरिने जानकारी IME London गराएको छ,अर्थात् IME London मा नया दर्ता भै १००० GBP पठाउदा नेपालमा १००० नेपाली रुपैंया थप गर्दिने कमपनीले जनाएको छ। यो योजनामा सहभागी भएर भरपुर लाभ लिनको लागि आजै(+०७९८४७१३६७७/ ०२०८८६६०३०७ ) मा सम्पर्क गर्नु होला। IME London को समस्त परिवारको तर्फबाट युनाइटेड किङ्गडम् (युके) मा रहनु भएको समस्त नेपाली समुदायमा वडा दशैं २०८० को हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछ।

हिन्दुहरुको महान चाड विजयादशमीको साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा

हिन्दुहरुको महान चाड विजयादशमीको साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा शीतलपाटीन्युज डटकम  काठमाडौँ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको जनाएको छ । यस वर्षको बडादसैँ अर्थात् दुर्गा पक्षको सुरुआत भने असोज २८ गते आइतबार हुनेछ। जसलाई नवरात्रारम्भ भनिन्छ। त्यस दिन बिहान ११ः२९ बजे घटस्थापना गर्ने साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिनु भयको समाचार छ। घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत हुने पनि उहाले बताउनु भयको छ। कात्तिक ७ गते विजयादशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको छ। देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको उत्तम साइत दिइएको समितिले जनाएको छ। यस बर्षके साउन महिनामा अधिकमास परेका कारण यस वर्ष असोज अन्तिमदेखि नेपालीको महान् पर्व बडादसैँ सुरु हुँदैछ।कात्तिक पहिलो साता बडादसैँको मुख्य दिन अर्थात् विजयादशमी परेको छ। कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादसैँ पर्व समाप्त हुनेछ। निर्णय- काठमाडौँ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको दसै साइतको निर्णय:  

यसपाली को world Cup कसले जित्ला?