शीतलपाटीन्युज डटकम। काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले चाडपर्वमा हुनसक्ने अवाञ्चित गतिविधि, कालोबजारी, यातायात क्षेत्रमा हुने ठगीलगायत आपराधिक गतिविधि हुन नदिन विशेष निगरानीका लागि तीनै जिल्लाका प्रहरी र मातहतका युनिटलाई सर्कुलर जारी गरेको छ। काठमाडौँ,ललितपुर र भक्तपुरको सुरक्षा व्यवस्था मजबुद बनाउन आवश्यक सुरक्षा योजना निर्माणमा जुटेको उपत्यका प्रहरीले तीनै जिल्ला र मातहतका युनिटलाई विशेष चनाखोका साथ प्रहरी सेवा प्रावाह गर्न सर्कुलर जारी गरेको कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिए। उनले सबै युटिनलाई सुरक्षा योजनाका साथै उपत्यकालाई शान्ति सुरक्षा र भयरहितरुपमा चाडपर्व मनाउने वातावरण निर्माणमा प्रहरीको मुख्य भूमिका रहने भएकाले विशेष निगरानी बढाउनसमेत निर्देशन पनि दिएका छन् । कार्यालयले उपत्यकाको मातहतका युनिटलाई जारी गरेको सर्कुलरमा चाडपर्वका बेला हुनसक्ने कालोबजारी, अवाञ्चित गतिविधि, चोरी, तस्करी नियन्त्रण, ठगी लुटपाट, अवैध गतिविधि, गाडीको तीव्र गति, यातायातको टिकटमा महँगो शुल्क लिने तथा ठग्नेजस्ता गतिविधि नियन्त्रणमा लाग्न भनेको छ । कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले कार्यालयबाट आवश्यक निर्देशन गइसकेको र प्रहरीले आआफ्नो क्षेत्रमा सुरक्षा व्यवस्थालाई चुस्त पारिसकेको बताए । उनका अनुसार उपत्यकाका लागि जनशक्ति थप गरी आवश्यक कार्य अघि बढाइसकिएको र केही जनशक्ति थप हुने क्रममा रहेका छन् । उपत्यकाको तीनै जिल्ला प्रहरी परिसरका प्रमुख, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयसहितका सुरक्षा युनिटका प्रमुख तथा प्रतिनिधिलाई बोलाएर छुट्टै सुरक्षा योजना तयार गरी लागू गर्न पनि उपत्यका प्रहरीले निर्देशन दिएको छ । उपत्यकामा साविक सुरक्षा फौजमाथि गणमा रहेका सुरक्षाकर्मीसमेत थप गरेर चाडपर्वका बेला सुरक्षा निगरानी बढाउन थालिएको छ ।
शीतलपाटीन्युज डटकम। लण्डन। बडादशैं २०८० को उपलक्ष्यमा IME London ले आफ्नो ग्राहकको लागि अविश्वसनीय अफर बजारमा ल्याएको कुरा IME लण्डनका नयन गौतमले हामीलाई बताउनु भयको छ। रेमिटेन्सको दुनियामा आफुलाई प्रखर रुपमा सहज,सुलभ र भरपर्दो सेवा प्रदायक सावित गर्दै नेपाली समुदायमा एकदमै चिरपरिचित IME London ब्रान्डले नेपाली समुदायको महानचाड वर्ष २०८० को विजयादशमीलाई मध्य नजर गर्दै विशेष योजना बजारमा ल्याएको छ। यस अन्तर्गत वडादशैं सम्ममा नया दर्ता भै नेपाल पैसा पठाउदा पौन्ड बराबर नेपाली रुपैंया थप गरिने जानकारी IME London गराएको छ,अर्थात् IME London मा नया दर्ता भै १००० GBP पठाउदा नेपालमा १००० नेपाली रुपैंया थप गर्दिने कमपनीले जनाएको छ। यो योजनामा सहभागी भएर भरपुर लाभ लिनको लागि आजै(+०७९८४७१३६७७/ ०२०८८६६०३०७ ) मा सम्पर्क गर्नु होला। IME London को समस्त परिवारको तर्फबाट युनाइटेड किङ्गडम् (युके) मा रहनु भएको समस्त नेपाली समुदायमा वडा दशैं २०८० को हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछ।
हिन्दुहरुको महान चाड विजयादशमीको साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा शीतलपाटीन्युज डटकम काठमाडौँ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको जनाएको छ । यस वर्षको बडादसैँ अर्थात् दुर्गा पक्षको सुरुआत भने असोज २८ गते आइतबार हुनेछ। जसलाई नवरात्रारम्भ भनिन्छ। त्यस दिन बिहान ११ः२९ बजे घटस्थापना गर्ने साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिनु भयको समाचार छ। घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत हुने पनि उहाले बताउनु भयको छ। कात्तिक ७ गते विजयादशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको छ। देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको उत्तम साइत दिइएको समितिले जनाएको छ। यस बर्षके साउन महिनामा अधिकमास परेका कारण यस वर्ष असोज अन्तिमदेखि नेपालीको महान् पर्व बडादसैँ सुरु हुँदैछ।कात्तिक पहिलो साता बडादसैँको मुख्य दिन अर्थात् विजयादशमी परेको छ। कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादसैँ पर्व समाप्त हुनेछ। निर्णय- काठमाडौँ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको दसै साइतको निर्णय:
शीतलपाटीन्युज डटकम। लण्डन।तमु समाज युकेले आफ्नो संस्था स्थापना भएको १६ वर्ष पुगेको उपलक्षमा वर्षगाँठ यहि सेप्टेम्बर ३० शनिवारको दिन लन्डनको विम्बली स्थित बारहमपार्कमा रहेको आफ्नै समाज घरमा धुमधामसँग मनाएको छ। तमु समाज युकेले विभिन्न परिस्थितिहरूलाई मध्यनजर गर्दै यसपटक बाहिरी अरू संघ संस्थाहरूको अतिथीहरुलाई निमन्त्रणा गरेर बढी तामझाम नगरी पारिवारिक माहोलमा आफ्नै समाज घरमा मनाउने निर्णय गरी यसरी मनाएको हो। सेप्टेम्बर ३० शनिवारको दिन बेलुकाको समय ६ बजे देखि शुरू भएर राति ११ बजे समापन हुने गरी उत्सव मनाएको थियो। औपचारिक कार्यक्रम शुभारम्भ हुनु पूर्व रारा क्याटरिङ द्वारा तयार पारिएको स्वादिष्ट खाजा भुजाको आनन्द लिएको थियो। त्यस पश्चात वाक्लो उपस्थितिलाई सम्बोधन गरेर महासचिव श्री धरमबल गुरुङले औपचारिक कार्यक्रम सञ्चालन गरेको थियो। औपचारिक कार्यक्रम सञ्चालनको क्रममा समाजको अध्यक्ष श्री शिव कुमार गुरुङको सभापतित्वमा वहाँको धर्मपत्नी श्रीमति मिना गुरुङ, समाजको आफ्नै सल्लाहकारहरु हाल लन्डन स्थित बार्नेट काउन्सिलको काउन्सिलर श्री कमल गुरुङ प्रमुख अतिथि, समाज कै आमा समुहको पूर्व अध्यक्ष समेत रहेकी वहाँको धर्मपत्नी श्रीमति माया गुरुङ, संस्थापक अध्यक्ष श्री चित्र बहादुर गुरुङ वहाँको धर्मपत्नी श्रीमति जयन्ती गुरुङ, पूर्व अध्यक्षहरु श्री अर्जुन कुमार गुरुङ,वहाँको धर्मपत्नि श्रीमती बिष्णुमति गुरुङ,निवर्तमान अध्यक्ष श्री शिवचन्द्र गुरुङ,वहाँको धर्म पत्ति श्रीमती मिरा गुरुङ,उपाध्यक्षहरु श्रीमति बिन्दु घले, भिम बहादुर गुरुङ, आमा समुहको अध्यक्ष श्रीमती उमा देवी गुरुङ, उपाध्यक्ष श्रीमति मथुरा गुरुङ, सल्लाहकार अधिवक्ता राजु थापा, सल्लाहकार काशीराम बोहोरा, सल्लाहकार तथा आमा समुहका पुर्व अध्यक्ष श्रीमति माया गुरुङ , सल्लाहकार तथा तमु धी युकेका पुर्व अध्यक्ष सुव सिङ गुरुङ BEM, सल्लाहकार तथा गोर्खा जिल्ला गुरुङ समाज युकेका संस्थापक अध्यक्ष ले.रि.थम प्रसाद गुरुङ , सल्लाहकार तथा तनहु समाज युकेका संरक्षक लेख गुरुङ र अन्य सल्लाहकार हरुलाई विधिवत रूपमा आसन ग्रहण गराईयो। त्यसपछि उपाध्यक्ष भिम बहादुर गुरुङ, प्रमुख अतिथि काउन्सिलर कमल गुरुङ र संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरी कार्यक्रम शुभारम्भ गरेका थिए। त्यस पश्चात नेपाल र संयुक्त अधिराज्य बेलायतको राष्ट्रिय धुन घन्काउँदै उपाध्यक्ष श्रीमति बिन्दु घलेले समाजको ऐतिहासिक पृष्ठभूमि देखि हाल सम्म
शीतलपाटीन्युज डटकम। लन्डन। घान्द्रुक समाज युकेका अध्यक्ष नारायणसिंह गुरुङ तमु समाज युकेबाट सम्मानित हुनु भएको छ। तमु समाज यूकेको १६ औं वार्षिकोत्सवको अवसरमा गत सेप्टेम्बर ३० शनिबार लन्डनको विम्बलीस्थित बारहमपार्कमा आयोजित कार्यक्रममा अध्यक्ष नारायणसि्ह गुरुङ सम्मानित हुनु भएको हो। उहालाई कार्यक्रमका प्रमुख अतिथि काउन्सिलर कमल गुरुङ,तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ,तमु समाज युकेका उपाध्यक्ष भिमबहादुर गुरुङले फेटा र खादा लगाएर सम्मान गरेका थिए। सोही कार्यक्रममा वा.के.ता. समाज लमजुङ युकेका अध्यक्ष सुब घले र हालसालै निर्वाचित गैर आवासीय नेपाली संघ युकेको सदस्य तथा तमु समाज युकेका सल्लाहकार काशीराज बोहोरा पनि सम्मानित भएका थिए। सम्मानकै क्रममा यसवर्ष तमुधिं युकेद्वारा आयोजित नेपाली मेलामा तमु समाज यूकेले भाग लिँदा नृत्य र झाँकी विधामा अहोरात्र खटिएर समाजलाई योगदान दिने सदस्य र कलाकारहरुलाई उपाध्यक्ष,प्रमुख अतिथि र संस्थापक अध्यक्षले खादा लगाई सम्मान गरी कदरपत्र प्रदान गरेका थिए। कदरपत्र प्राप्त गर्ने सदस्य तथा कलाकारहरुमा सल्लाहकार ज्ञानबहादुर गुरुङ, सदस्यहरु सूर्यकुमारी गुरुङ, लिलकुमारी गुरुङ, कुबिन्धर गुरुङ, मनकुमारी गुरुङ, बिजु गुरुङ,गोपाल गुरुङ,निवर्तमान सांस्कृतिक सचिव सरु गुरुङ राना, तमु कलाकार सांस्कृतिक मञ्च यूकेका निवर्तमान अध्यक्ष कुमार गुरुङ,तमु कलाकार सांस्कृतिक मञ्च युकेका अध्यक्ष पदमबहादुर गुरुङ,कोसेली नेपाली सांस्कृतिक परिवार युकेका संस्थापक अध्यक्ष अमृत गुरुङ,जरिना गुरुङ,सुमी गुरुङ,दिया लिम्बु,सुजिता गुरुङ सुबिना घले र ओसिएन राना, ओसिस राना,साईमन थापा,सिद्धार्थ गुरुङ र गौरव गुरुङ थिए। झाँकीमा प्रदर्शन गरिने आकर्षक नेपाली घर तयार पार्ने सदस्य अमृत गुरुङ र ज्येष्ठ नागरिक गुमानसिङ गुरुङलाई पनि सम्मान गरिएको थियो। त्यस्तैगरी, यस वर्ष तमु समाज समाजलाई तन,मन,धन दिएर अहोरात्र खटिएर लाग्ने सदस्यहरुको योगदानको उच्च मूल्यांकन गर्दै पाँच जना सदस्यहरुलाई उत्कृष्ट समाजसेवा सम्मान २०२३ ले सम्मान गरिएको थियो। सम्मानित हुनेहरुमा सल्लाहकार अधिवक्ता राजु थापा, सूर्यकुमारी गुरुङ,मनकुमारी गुरुङ,लिलकुमारी गुरुङ र कुबिन्द्री गुरुङ थिए। सम्मानित हुनेहरूलाई उपाध्यक्ष बिन्दु घले,प्रमुख अतिथि र संस्थापक अध्यक्षले प्रमाणपत्र, खादा र पछ्यौरा ओढाएर सम्मान गरेका थिए। समाजका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ,गैर आवासीय नेपाली संघ युकेका प्रमुख सल्लाहकार पदमा मनोनित भएकोमा समाजको तर्फबाट उपाध्यक्ष भिमबहादुर गुरुङ र प्रमुख अतिथि काउन्सिलर कमल गुरुङले खादा,फेटा लगाई सम्मान गरेका थिए। यसैगरी
शीतलपाटीन्युज डटकम। लन्डन। ग्रेटर रसमोर नेपाली कम्युनिटी यूके र ब्लाक वाटर भ्याली रनर्सको संयुक्त आयोजनामा रसमूर वेलसेल्ली १० किलोमिटर र २ किलोमिटर च्यारिटी रन शान्तपुर्ण सम्पन्न भएको छ। १ अक्टोबर २०२३ मा आयोजित १० किमि दौडमा सन्देश राई प्रथम भएका छन् भने म्याथु किङ्ग द्वितीय र रिचार्ड विल्लीयम तृतीय भएका छन्। यो रसमोर वलसेल्ली दौडमा नेपाली मूलका राई नेपाली समुदायबाट पहिलो चोटी प्रथम भएका हुन्।गतबर्षको डौडमा राई द्वितीय भएका थिए। दौडमा प्रथम,द्वितीय र तृतीय हुने धावकहरुलाई पुरस्कार दिइएको थियो। प्रतियोगितामा सहभागी सय जनाले मेडल पाएका थिए। आठौं वर्षको यो दौडमा १० किमिमा ६२० जना र २ किमिमा १०० जनाभन्दा बढीले भाग लिएका थिए। ग्रेटर रसमोर नेपाली कम्युनिटीका अध्यक्ष मान गुरुङले १० किमी दौडमा नेपाली युवाहरुको र २ किमि दौडमा वृद्धवृद्धा बाआमाहरुको सहभागिता रहेको बताउदै कार्यक्रम सफल रहेको बताउनु भयको छ। जीआरएनसीले मार्सलको जिम्मा लिएको सो कार्यक्रममा साइन टास्ने काममा ब्लाक वाटर भ्यालीलाई सहयोग गरेको थियो। रसमोर वलसेल्ली दौडका संयोजक जिआरएनसीका उपाध्यक्ष्य उत्तरबहादुर गुरुङले मार्सलिड्ग ब्यवस्थापन गरेको सो कार्यक्रममा कार्यसमिति पदाधिकारीहरु, सल्लाहकारहरु, युवा बाबुनानीहरु र वृद्ध बाबाआमाहरुको उपस्थिती थियो। जिआरएनसीका पुर्व अध्यक्ष रोहित गुरुङ र कार्यसमिति सदस्य सुष्मा गुरुङले नि:शुल्क खाना प्रायोजन गरेको सो १० किमी दौडमा भाग लिनका लागि २० पाउन्ड र टिकटका लागि छुट्टै २ पाउण्ड राखिएको थियो। २ किमिमा दौड गर्ने सहभागीहरुलाई भने प्रतियोगिता प्रवेश नि:शुल्क थियो। कार्यक्रम आयोजक जीआरएनसीका अध्यक्ष गुरुङले सबैले सहयोग गरेर कार्यक्रम सफल भयको जनाउदै आभार प्रकट गर्नु भयको थियो भने आगामी कार्यक्रम अझ बृहत् बनाइने बताउनु भयो।
शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतमा सञ्चालित गोर्खा मिडिया डटकमको तेस्रो वार्षिकोत्सव आइतबार अल्डरसटमा विशेष समारोह बीच सम्पन्न भयको छ । सुसी मोटो रेस्टुरेन्ट अल्डरसटमा आयोजित औपचारिक समारोहको प्रमुख अतिथि रोयल बरो अफ ग्रीनवीचका उपमेयर काउन्सिलर जीत रानाभाट रहेका थिए।गोर्खा मिडीयाका डाइरेक्टर मीलन तमु गुरुड्गको अध्यक्षतामा भयको तेश्रो बार्षिक उत्सब समारोह गोर्खा मिडियाका सह डाइरेक्टर प्रकास गुरुड्गले संचालन गरेका थिए। पानसमा बत्ती बालेर उद्घाटन गर्दै प्रमुख अतिथी उपमेयर काउन्सिलर जीत रानाभाटले सत्य,तथ्य तथा पारदर्शीरुपमा गोर्खा मिडियाले समाचार तथा भिडियो सम्प्रेषण गर्दै आएको आफ्नो मन्तब्य दिएका थिए। समाजलाई अग्रगामी बनाउन मद्दत पुग्ने गरी ठूलो समुदाय गोर्खाको प्रतिनिधित्व गोर्खा मिडियाले गरेको भन्दै सफलताको शुभकामना दिएका थिए। बीजीडब्लुएसका अध्यक्ष मेजर टिकेन्द्र दल देवान, एनआरएन युकेका वरिष्ठ सल्लाहकार तथा गोर्खा मिडियाका सल्लाहकार, तमु समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, एनआरएन युकेका अध्यक्ष प्रेम गाहामगर,किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्यसमितिका अध्यक्ष मेजर योगेश राई,तमु प्ये ल्हु संघ युके अध्यक्ष रनबहादुर गुरुङ,तमुधिं युकेका अध्यक्ष हरि गुरुङ,सहारा युकेका अध्यक्ष लेरि कुसाङ गुरुङ, पीपल मर्गेजका डाइरेक्टर सुर्य गुरुड्ग,फोनिज युके अध्यक्ष गोमा रानामगरले समाचार सम्प्रेषण सत्य तथ्य र निष्पक्ष हुनु पर्ने र यो कुरा गोर्खा मिडीयाले ताजा समाचार प्रकासन गरेको धारणा राखेका थिए। साहित्यतर्फ माया गुरुङ र समाजसेवातर्फ युवा व्यवसायी राजन खकुराल सम्मानित गरीएको सो कार्यक्रममा गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुले सबै जनाको साथ सहयोगमा गोर्खा मिडिया अझै अगाडि बढ्दै जाने विश्वास व्यक्त गरेका थिए।पत्रकारिता र कलाकारितालाई प्रवर्द्धन गर्दै जाने गोर्खा मिडीयाको उदेश्य अनुसार आफूहरुले विभिन्न क्षेत्रका व्यक्तित्वलाई पनि सम्मान गर्दै जाने बताए। उहाले अनलाइन र भिडियो मार्फत सत्य,तथ्य,निष्पक्ष ताजा र पारदर्शी समाचार सामग्री सधैँ पस्किने वाचा गरेका थिए। तेस्रो वार्षिकोत्सव समारोह अवसरमा सम्पूर्ण पाठक,दर्शक,विज्ञापनदाता, मिडिया हाउसका टिम, शुभचिन्तक सम्पूर्णलाई हार्दिक धन्यवाद व्यक्त गर्दै विभिन्न संघसंस्थाको प्रतिनिधित्व गर्दै समारोहमा आउनु भएका विभिन्न व्यक्तिहरुलाई बिशेष धन्यबाद दिएका थिए। कार्यक्रममा धम्पुस परिवार यूकेका अध्यक्ष कुमार गुरुङ,सहारा यूकेका पूर्वअध्यक्ष मिनबहादुर गुरुङ,माइला-कान्छा अभियान बेलायतका पार्वती गुरुङ र माया गुरुङ,शिव कल्चरल सेन्टरका अध्यक्ष वाचस्पति रेग्मी,एभरेस्ट टाइम्सका प्रबन्ध निर्देशक तथा योग प्रशिक्षक नगेन्द्रराज नेम्वाङ, सार्दिखोला
पुर्ण गुरुड्ग, लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूके अल्डरसटमा श्रद्धेय हिज इमिनेन्स फाग्छोग् रिन्पोछेद्वारा बीसीसी यूकेमा धार्मिक प्रवचन दिएका छन्। गत सोमबार ११ सेप्टेम्बरका दिन हिज इमिनेन्स फाग्छोग् रिन्पाछेले खोरवा दोङटुक अवलोकेतेश्वरको साधना आगाम तथा चार चित्ता परिवर्तनबारे प्रवचन दिएका थिए ट। उनले अंग्रेजी र नेपाली भाषामा प्रवचन दिएका थिए। भारतको जोङ्सर शेद्राबाट परम्परागत शिक्षा प्राप्त गरेका श्रद्धेय रिन्पोछ धार्मिक प्रवचनका लागि संसारका विभिन्न स्थानमा पुग्ने क्रममा गत सोमबार बीसीसी यूकेको अल्डरसटस्थित गुम्बामा आएका हुन्। मानिसको जीवन शैली र अभ्यास शैलीबाट धर्म र नीजि जीवनमा सन्तुलन राखी आधुनिक संसारमा कसरी अभ्यास गर्न सकिन्छ भन्ने बारे बिशेष प्रवचन दिएका श्रद्धेय रिन्पोछेले अध्ययन र चिन्तनको जग बसाले पछि मात्र बुद्ध धर्मको गहन सिद्धान्त बुझ्न सकिने विश्वास व्यक्त गरे। बेलायतका विभिन्न स्थानबाट सहभागी भक्तजनहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा बीसीसी युकेको तर्फबाट अध्यक्ष हर्क बहादुर गुरुङ र बीसीसी युके आमाहरुको तर्फबाट आमा प्रमुख उर्मिला गुरुङलगायत पदाधिकारी एवं सदस्यहरुले श्रद्धेय रिन्पोछेप्रति मण्डला अर्पण गरेका थिए। सो अवसरमा बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङ श्रेद्धय रिन्पोछे गुरुको स्वागत गर्दै बीसीसी युकेले हाल सम्म गर्दै आएको विभिन्न धार्मिक,सामाजिक एवं परोपकारी कार्य बारे जानकारी गराए। त्यस्तै, उनले बीसीसी युकेलाई श्रद्धेय गुरुले यसअघि तारा डोल्मा देवीको मूर्ति प्रदान गरेको स्मारण गर्दै धन्यवाद दिए। साथै, उनले बीसीसी यूकेको आगामी परियोजनाहरु बारे जानकारी गराउँदै सो परियोजनालाई सहयोग गर्न सहभागी भक्तजनहरुमा आग्रह गरे। बीसीसी युकेका उपाध्यक्ष क्याप्टेन देब घलेको संयोजकत्वमा सम्पन्न कार्यक्रममा लामा निमा लुङ्गरिक रिन्पोछे,खेन्पो कर्म छुल्त्रिम,खेन्पो फुर्तेम्बा,खेन्पो छेवाङ्गलगायत धर्म गुरुहरुको बिशेष उपस्थिति रहेको थियो। त्यस्तै,बीसीसी यूकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्व अध्यक्षहरु लेप्टन नारायण प्रसाद गुरुङ बिएमई, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ, निवर्तमान आमा प्रमुख पुष्पा गुरुङलगायत कार्यसमितिका पदाधिकारी, आमाहरु,भक्तजनहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको अन्त्यमा बीसीसी युकेका उपाध्यक्ष एवं कार्यक्रम संयोजक क्याप्टेन देब घलेले कार्यक्रममा सहभागी भैदिएकोमा हिज इमिनेन्स क्याब्गन फाग्छोग् रिन्पोछे लगायत, कार्यसमिति, आमाहरु,पूर्व अध्यक्षहरु, सल्लाहकारहरु,भक्तजनहरु लगायत सबै सहभागीलाई धन्यवाद दिए। बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न
शीतलपाटीन्युज डटकम। पोखरा । पोखरा–११, फूलबारीस्थित शिवशक्ति क्याम्पस (साविक शिक्षा महाविद्यालय) को ३१ औं स्थापना दिवस एवं १५ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। गण्डकी प्रदेशका पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य विन्दुकुमार थापाले समारोहको उद्घाटन गर्दै शिवशक्तिलाई नमुना क्याम्पस बनाउन लागिपर्नुपर्ने बताए। विद्यार्थी भर्ना दर बढाउन अभियान नै सञ्चालन गर्नुपर्ने उनको जोड थियो। उनले क्याम्पसको जग्गा प्राप्ति प्रक्रिया यथाशीघ्र बढाउनुपर्ने औंल्याउँदै उनले पढ्दै, सिक्दै,कमाउँदै कार्यक्रम लागु गर्न सुझाव दिए। पोखरा ११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यले क्याम्पस वडाको गहनाका रुपमा रहेको बताए। विज्ञहरुसँग अन्तक्र्रिया गरी अबको गन्तव्य तय गर्नुपर्नेमा जोड दिए। वडाले शिक्षालाई प्राथमिकतामा राखेको छ भन्दै उनले नैतिक तथा प्राविधिक शिक्षामा जोड समेत दिए। क्याम्पस सञ्चालक समितिका अध्यक्ष टुवराज बास्तोलाले आफ्नो वार्षिक कार्ययोजना प्रस्तुत गर्दै क्याम्पसको लागी जग्गा प्राप्ती र क्याम्पसमा सम्पुर्ण कक्षाहरू विधुतिय संचार माध्यमको र सामग्रीको प्रयोग प्रचुर मात्रामा गरी स्मार्ट वोर्ड सहितका स्मार्ट कक्षाहरू र क्याम्पसको व्यवस्थापकीय पाटो सवल बनाउन सञ्चालक समिति प्रयाररत रहेको बताए । त्यस अवसरमा सञ्चालक समिति अध्यक्ष बास्तोलाले आमाबुवा स्व.ओमनाथ तथा पवित्रादेवी बास्तोलाको स्मृतिमा १ लाख १ हजारको अक्षयकोष स्थापना गरे। कार्यक्रमबीच शैक्षिक एवं अतिरिक्त क्रियाकलापतर्फका पुरस्कार वितरण गर्नुका साथै विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुति र कविता वाचन गरेका थिए। क्याम्पस प्रमुख चन्द्रकान्त रेग्मीले क्याम्पसको दीर्घकालीन व्यवस्थापनका लागि सबैको पहल आवश्यक छ भन्दै हालको समयमा सामुदायिक क्याम्पसहरु सञ्चालन गर्न चुनौतीपूर्ण रहेको औंल्याए। त्यस अवसरमा क्याम्पस सञ्चालक समिति पूर्व अध्यक्ष दामोदर बास्तोला,सल्लाहकार प्रेमबहादुर कुँवर,शिवशक्ति माविका प्रधानाध्यापक शम्भुराज बास्तोला,कन्या क्याम्पस प्रमुख सुरेश मानन्धर,मणिपाल शिक्षण अस्पतालका कार्यकारी निर्देशक अनिल ओडेविल,निवर्तमान क्याम्पस प्रमुख दीपक बास्तोला लगायतले पनि धारणा राखे । समारोहबीच पूर्व अध्यक्षद्वय दामोदर बास्तोला र योगराज बास्तोला,पूर्व कार्यवाहक अध्यक्ष मायादेवी तझ्या,पूर्व क्याम्पस प्रमुख दीपक बास्तोला,सहायक क्याम्पस प्रमुख रमेश थापा,पूर्व लेखा प्रमुख ज्ञानहरि आचार्य लगायत प्राध्यापक युक्ता थापा,मुक्तिनाथ अधिकारी, गणेश शर्मा,तोलाकान्त न्यौपाने,शान्ति सिग्देल तथा लीलावती पनेरुलाई सम्मान गरियो । सहायक क्याम्पस प्रमुख रमेश थापाद्वारा संचालीत उक्त कार्यक्रम क्याम्पस सञ्चालक समितिका अध्यक्ष टुवराज बास्तोलाको सभापतित्व सम्पन्न भएको थियो। (पोखरा पोष्टबाट)
शीतलपाटीन्युज डटकम। लण्डन। साझा नेपाली समाज युकेको नव निर्वाचित कार्यसमितिले सामाजिक एकता र भाईचारा बलियो बनाउने उद्धेष्यले आयोजना गरिएको मिट एन्ड ग्रिट कार्यक्रममा हिजो २८ अगस्टमा नटिंघममा सम्पन्न भएकोछ। साझा नेपाली समाजको स्थापनाकालदेखि अहिले सम्म बिभिन्न पदमा बसेर काम गरेका सामाजिक व्यक्तित्वहरूबाट काम गर्ने क्रममा भए गरेका अनुभवहरु साटासाट गर्न गरिएको कार्यक्रममा मिडल्याण्ड स्थित विभिन्न नेपाली समाजका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। समाजका नव निर्वाचित अध्यक्ष दीपक सापकोटाको सभापतित्वमा भएको मिट एन्ड ग्रिटमा कार्यक्रमका संयोजक समाजका उपाअध्यक्ष शिब खरालले सबैलाई स्वागत गर्दै साझा नेपाली समाजमा विगतमा काम गरेका सबै समाजिक व्यक्तित्वहरूको परिचय गराएका थिए। समाजका संस्थापक अध्यक्ष शंकार भण्डारी प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा बिशिष्ट अतिथि डा.नारायण दत्त कंडेल र शेर बहादुर सुनारले मिडलैन्डवासी नेपालीहरुको एकता पहिलैदेखि बलियो रहेको र यो एकतालाई नयाँ कार्यसमितिले अझै मजवुत बनाएर लैजाने छ भनि शुभकामना दिएका थिए। संस्थापक अध्यक्ष शंकर भण्डारीले नया कार्यसमितिले सबैलाई सम्मानित गरी भाईचारा बढाउने काम गरेको यसलाई निरन्तरता राख्दै आगामी कार्यक्रम ल्याउने विश्वास आफूले गरेको बताए। समाजका नव निर्वाचित महासचिव शशांक शर्मा र सचिव शुरेष केसीको संयुक्त संचालनमा गरिएको कार्यक्रममा पुर्व अध्यक्षहरु गंगा गौतम,राजु कंडेल,रण बहादुर क्षेत्री,महेश अधिकारी र कृष्ण प्रसाद शर्माले नया कार्यसमितिलाई शुभकामना दिदै बिधि बिधान र प्रजातान्त्रिक अभ्यासको आत्मसाथले नै समाजलाई एकतारा बाध्ने बताउदै यो कार्यसमितिले यी कुराहरुलाई बलियो बनाएर लैजानेछ भन्ने आफ्नो बिस्वास रहेको बताए। यसै गरी नया कार्यसमितिलाई शुभ कामना र सल्लाह दिनेहरूमा सल्लाहाकारहरू केशव भण्डारी,नारायण फुयाल,नारायण आचार्य,पुन्डरी अर्याल,मुकुन्द खरेल,भिम शर्मा,कृष्ण ढकाल,बिष्णु चालिसे,राजेश लामिछाने,बिस्व घिमिरे,शरद शाही लगायत थिए। कार्यक्रममा मिडल्याण्डको साझा संस्था साझा नेपाली समाज युकेको नेतृत्व प्रदान गरी समाजलाई उल्लेख्य योगदान पुर्याएकोमा समाजका पुर्व अध्यक्षहरुलाई प्रसंम्सा पत्र प्रदान गरी सम्मान गरिएको थियो। समाजका महासचिव शशांक शर्माका अनुसार मिट एन्ड ग्रिट कार्यक्रमको लागि समाजका अध्यक्ष दिपक सापकोटाले निशुल्क हल उपलब्ध गराएका थिए भने प्रसंम्सा पत्र र खाँदाको लागि उपाअध्यक्ष एवं कार्यक्रम संयोजक शिब खरालले सहयोग गरेका थिए। कार्यक्रमको लागि आर्थिक संकलनको व्यवस्थापन समाजका नव निर्वाचित कोषाअध्यक्ष उपेन पौडेल र सह कोषाध्यक्ष उपेन्द्र सापकोटालाई प्रदान
शीतलपाटीन्युज डटकम। काठमाण्डौ। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी नियमावली छिट्टै निर्माण सम्पन्न गरी सहजै नागरिकता प्रदान गर्न सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ। सिंहदरबारस्थित गृहमन्त्रालयमा गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँग गृहमन्त्री श्रेष्ठले हाल बनिरहेको भइरहेको गैरआवासीय नेपाली नागरिकताको नियमावलीमा समावेश गरिने प्रावधान गैरआवासीय नेपालीमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो। उहाँले भन्नुभयो “गैरआवासीय नेपाली नागरिकता लिन कुनै झन्झट नहोस् भन्नेमा सरकार सजग र प्रतिबद्ध छ।” उक्त भेटमा संघका कार्यकारी अध्यक्ष डा केसीले गैरआवासीय नेपाली नागरिकता सम्बन्धी नियमावली यथाशक्य छिटो निर्माण गरी नागरिकता प्राप्तीका लागि मार्गप्रशस्त गरिदिन हुन अनुरोध गर्नुभयो। सो अवसरमा डा केसीले नियमावलीमा राखिने प्रावधान अप्ठ्यारा भए नागरिकता लिँदा झण्झटिलो हुने भएकोले निर्माण चरणदेखि नै सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो। नागरिकता जिल्ला प्रशासन कार्यालयबाटै दिइने व्यवस्था मिलाउन र नागरिकताको ढाँचा अन्य नेपालीले पाउने नागरिकताको बनाई नागरिकताको तल लेखिने किसिममा मात्र गैरआवासीय लेख्दा उपयुक्त हुने सुझाव डा केसीले प्रस्तुत गर्नुभयो। यस्तै, गैरआवासीय नेपाली नागरिकता दिंदा निवेदकको वा निजको बुवा,आमा,बाजे बज्यै मध्ये कसैको नेपाली नागरिकताको प्रमाण पेश गर्ने, ऐनमै व्यवस्था भएको र सो नागरिकता बनाउँदा स्थानिय तहकै सिफारिसमा सबै प्रकृया पुरा गर्ने भएकोले पुनः गाउँपालिका,नगरपालिका वा नेपाली दुतावासको सिफारिस ल्याउनुपर्ने प्रावधान परिवर्तन गर्नुपर्ने प्रतिनिधिमण्डलको सुझाव थियो । यस्तै अनलाइन तथा नेपाली दुतावास वा महावाणिज्य दुतावासबाटै नागरिकता प्राप्तीका लागि निवेदन दिन मिल्ने व्यवस्था गर्नुपर्ने लगायतका विभिन्न सुझावहरु संघको तर्फबाट गृहमन्त्रीसमक्ष प्रस्तुत गरिएको छ।जवाफमा गृहमन्त्री श्रेष्ठले सरकारले विदेशमा रहेका नेपालीलाई अप्ठ्यारोमा पार्ने प्रावधान नराख्ने तर केही प्राविधिक समस्या देखा परे त्यसमा सहजीकरण गर्ने बताउनुभयो। सरकारले विदेशमा बस्ने नेपालीका लागि गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था अनुरुप ऐन जारी गरेपनि त्यसको कार्यान्वयनका लागि आवश्यक नियमावली निर्माणकै चरणमा रहेकोले त्यसमा संघले आफ्ना सुझावहरु पेश गरेको हो। भेटमा कार्यकारी अध्यक्ष केसीसहित, उपाध्यक्ष डीबी क्षेत्री, आइसीसी युवा संयोजक अब्दुल बासिद, यूरोप क्षेत्रीय संयोजक सन्तोष भट्टराई, एनसीसी थाइल्याण्डका भविन्द्र बस्नेत,पूर्व सल्लाकार टी बि कार्की,एनसीसी थाइल्याण्डका पूर्व युवा संयोजक दिपेश श्रेष्ठ,प्रमुख कार्यकारी अधिकृत राजेन्द्र राउत,सरोज दाहाल कुनाल मिश्रा
शीतलपाटीन्युज डटकम। लण्डन। नेपालमा बढ्दै गइरहेको राजनैतिक, आर्थिक,सामाजिक अन्तर विरोधहरुको अन्त्य गर्नको लागि समाजवादी व्यवस्था स्थापनको लागि बनेको समाजवादी मोर्चा नेपालको निर्माण र यसको नेतृत्वमा हुने समाजवाद केन्द्रित आन्दोलनलाई हामी युरोपस्थित निम्न संगठनहरुको समर्थन र ऐक्यवद्धता रहेको जानाकारी गराउन चाहन्छौ। विश्वमा नयां राजनैतिक अवस्था सृजना भएको छ। अमेरिकी साम्राज्यवादी एकल नेतृत्वमा परिवर्तन आएको छ।अहिले युक्रेन युद्धसम्म आइपुग्दा अमेरिका प्रविधीमा रुससंग र अर्थमा चिनसंग पछि पर्न पुगेको छ। यी दुइ प्रवृत्तिसंग विश्व ध्रुविकृत भइरहेको छ। त्यही अनुरुप उनीहरुले नेपाललाई प्रयोग गर्न लागि परिरहेका छन्।विश्वका प्रभावशाली अर्थतन्त्र भएका चिन र भारत वीचको अन्तर विरोधमा पसेर एशियामा आफ्नो प्रभाव कायम राख्ने अमेरिकी योजनालाई हामीले समयमै पहिचान गरेर रोक्न पर्दछ। नेपालको हित हुने अमेरिकी आर्थिक योजनाहरुलाई हामीले स्वागत गर्नुपर्छ तर उसको राजनैतिक सामरिक महत्व सहितको योजनाहरुलाई प्रवेश गर्न दिनु हुंदैन। त्यस्तै गरेर भारतको नेपालमाथिको विविध खाले हस्तक्षेप रोक्न पर्दछ। लिपुलेक लिम्पियाधुरा कालापानी लगायत सिमावर्ती क्षेत्रमा भारतले मिचेको नेपाली भुभाग फिर्ता लिनु पर्दछ। नेपालको व्यापार व्यावसायमा भारतीय स्वामित्व ६० प्रतिशत भन्दा बढि भइसकेको अनुमान छ। नेपालको आफ्नो उत्पादन पनि नहुने र अर्को देशको उत्पादन पनि अरुले नै आएर बेच्ने अवस्था द्रुत रुपले बढिरहेको छ। देशमा आत्मनिर्भर उत्पादन प्रणाली विकास गरेर यो दलाल पुंजीवादी अवस्था लाई यथाशिघ्र बदल्नु पर्दछ। दलाल पुंजीवादको चरित्र अनुसार नै देशमा व्यापक संस्थागत भ्रष्टाचार,मिटरव्याजी लुटपाट,लघुवित्तको उत्पिडन,चर्को बैंक व्याज दर,स्वास्थ्य शिक्षामा भइरहेको लुटपाट,कालोवजारी,मुल्यवृद्धि जस्ता विकृतिहरुले जनताको जनजिीवन अत्यन्तै कठिन अवस्थामा छ। देशमा दलाल पुंजीवादका कारणले आत्मनिर्भर उत्पादन प्रणाली छैन। सामान्य जिविकोपार्जनको लागि लाखौंलाख युवा युवतीहरु विदेशिन बाध्य भएका छन्। आधारभुत आवस्यकता पुरा गर्नको लागि पनि भारी मात्रामा नगद पूँजिको आवस्यकता पर्ने गलत वातावरण सृजना गराइएको छ। आवस्यकता पुरा गर्नको लागि अनुत्पादक र विकृत संस्कृति द्रुत गतिमा बढिरहेको छ। दलाल पुँजिवादले जातीय स्वतन्त्रताको आन्दोलनलाई जातीवादतिर लैजाने खतरालाई रोक्दै उनीहरुको स्वायत्तता सहित राजनैतिक, आर्थिक, भाषिक, शैक्षिक तथा सांस्कृतिक अधिकारको सुनिश्चितता समाजवादी गणतन्त्रमा मात्र सम्भव छ। समाजमा विद्यमान छुवाछुत,महिला माथिको हिंसा र विभेद लगायत सम्पुर्ण विकृतिहरुको अन्त्य गर्दै, आत्मनिर्भर उत्पादन प्रणालीको विकास,जन
शीतलपाटीन्युज डटकम। काठमाण्डौ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले आफ्नो सरूवालाई सामान्य रूपमा लिएको बताउनु भयको छ। परिसरबाट सरूवा भएपछि आफ्नो कार्यकालमा भएका प्रगतिबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा उहाले आफ्नो कार्यकालमा आफूले गरेका कामबाट आफू सन्तुष्ट रहेको बताउँदै सरूवालाई सामान्य रूपमा लिएको बताउनु भयको हो। उनले भने,‘आवश्यकता अनुसार सरूवा हुन्छ। सरूवा अर्को ठाउमा काम गर्नका लागि हो। दर्जा र जिम्मेबारी अनुसार आफुले तोकिएको काम गर्ने हो। मलाई तोकिएको काम मैले यहाँ गरेँ,’ उहाले, “अब आउनेले पनि गर्नुहुन्छ। कानूनले तोके बमोजिमको काम गर्ने हो। अर्को ठाउँ गए पनि मेरो काम निरन्तर हुन्छ। सामान्य छ यो कुरा। हाम्रो संगठनले दिएको भूमिका निर्वाह गर्ने हो। त्यसमा म खुसी छु” भन्नु भयो। उहाले २०७९ माघदेखि २०८० साउन महिनासम्मको कार्यकालमा प्रहरी हिरासत कक्षमा पुस्तकालयको व्यवस्था गरेको विषयलाई उल्लेख्य कामको रूपमा लिएको बताउनु भयो।कैदीहरू आफ्नो शुद्धीकरणका लागि पुस्तकको प्रयोग गर्न सक्ने भन्दै प्रहरी वृत्त बालाजु,बौद्ध,लैनचौर,सिंहदरबार कालिमाटीको हिरासत कक्षमा पुस्तकालयको व्यवस्था गरिएको पनि बताउनु भयको छ।यस्तै उक्त कार्यकालमा जिल्ला प्रहरी परिसर, काठमाडौ तथा मातहत समेतको सेवा लिन आएका सोह्र हजार पाँच सय पैंसठ्ठी सेवाग्राहीहरूलाई सेवा प्रदान गरेको र परिसर तथा मातहत कार्यालयहरूमा ८३ वटा सीसीटीभी जडान गरेको समेत बताउनु भयो। वृत कालिमाटीमा १८, बानेश्वरमा १६, जनसेवामा १३, दरबारमार्गमा १४, बालाजुमा ६, स्वयम्भूमा ५, प्रभाग कपनमा ४ र साँखुमा ७ वटा जडान गरिएको हो। आफ्नो कार्य अवधिमा बैंकिङ कसुरमा ४ हजार ७ सय २३ निवेदन दर्ता भएकामा ७ सय २१ जना ,अभद्र व्यवहारमा १ हजार ९ सय १७,चोरीसम्बन्धी कसुरमा ४ सय २४ मुद्दा दर्ता भएकोमा ६ सय ४३ जना पक्राउ परेको जनाइएको छ। त्यस्तै ठगीमा २४३ मुद्दा दर्ता र १ सय ८१ जना पक्राउ परेको, लागुऔषधमा मुद्दा २ सय २२ दर्ता र ३ सय ८७ पक्राउ, आत्महत्यासम्बन्धी कसुरमा २ सय ४८ मुद्दा दर्ता भएको छ भने अनुसन्धान हुदै छ। यस्तै महिला तथा बालबालिकासम्बन्धी कसुरमा २ सय २४ दर्ता,२१७ पक्राउ,सवारी ज्यान तथा अंगभंगसम्बन्धी कसुरमा ११५ दर्ता,११८ जना पक्राउ,कर्तव्य ज्यानमा
शीतलपाटीन्युज डटकम। लन्डन। गैरआवासीय नेपाली संघ युकेको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना प्राप्त भएको छ। गत २० अगस्त आइतबार अल्डरसटस्थित एम्पायर हलमा आयोजित कार्यक्रममा एनआरएनए युकेका नवनिर्वाचित अध्यक्ष हितकाजी गुरुङ नेतृत्वको टिमलाई विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले खादा र फेटा लगाएर बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेका छन्। एनआरएनए युकेका महासचिव गोविन्द खरेलले संचालन गरेको सो सभाको अध्यक्षता एनआरएन युकेका अध्यक्ष हितकाजी गुरुड्गले गर्नु भयको थियो। बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य प्रमुख अतिथी रहेको सो कार्यक्रममा बिभिन्न सॅघसंस्थाकी अगुवाहरु समेत गरि ३०० जना नेपालीको उपस्थिती थियो। प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले गैरआवासीय नेपाली संघ नेपाललाई विश्वमा चिनाउने र संसारभरि फैलिएका नेपालीहरुसँग रहेको सीप,साधन र श्रोत नेपालको हितमा प्रयोग गर्ने कडीको रुपमा रहेको बताउनु । उहाले जुन मुलुकमा नेपाली दूतावास छैनन्,त्यहाँ पनि संघले नेपाली समुदायलाई सहयोग गरिरहेको बताउनु भयको थियो । गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुल आचार्यले अक्टोबरभित्र गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा आइसक्ने बताउनु भयको छ। उहाले उक्त नागरिकतालाई सरल र सुविधायुक्त बनाउनेतर्फ आफुहरुले पहल गरिरहेको पनि बताउनु भयको छ। उहाले सामाजिक सुरक्षा तथा प्रवासमा रहेका नेपालीहरुको मताधिकारको लागि नेपाल सरकारले महत्वपूर्ण निर्णयहरु गरेको बताउंदै संघले नेपाल सरकारसँग सहकार्य जारी राख्ने बताए। सो अवसरमा अध्यक्ष गुरुङले आउँदो २ वर्षका लागि नयाँ कार्य समितिको कार्ययोजना पढेर सुनाएका थिए। समारोहमा गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्षहरु डा.हेमराज शर्मा,महेश श्रेष्ठ,नारायण आचार्य,युवा उपाध्यक्ष राज रेग्मी, महासचिव डा केशव पौडेल, उपमहासचिव रामशरण सिम्खडा, उपमहासचिव गङ्गाधर गौतम, युरोप उपसंयोजकद्वय दयानिधि शर्मा तथा कृष्ण तिमल्सीना,युरोप युवा उपसंयोजक रोवर्ट लिम्बु,पूर्व सल्लाहकार विश्वआदर्श पण्डित, जनसम्पर्क समिति युकेका अध्यक्ष युवराज गुरुङ लगायतले शुभकामना दिएका थिए। विदेशबाट आएका एनआरएनएका पदाधिकारीहरु तथा निर्वाचन समितिका सदस्यहरुलाई सम्मानपत्र पनि प्रदान गरिएको थियो। कार्यक्रममा एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष बुद्धि सुवेदी,एनआरएनए क्यानडाका पूर्व अध्यक्ष दिपक गौतम,पूर्व आइसीसी सदस्य अनुजा प्रधान,प्रवासी नेपाली मंच युकेका अध्यक्ष तुङ्ग भद्र भुसाल नेपाल पत्रकार महासंघ युकेका पूर्व अध्यक्ष चिरन शर्मा लगायतले शुभकामना दिएको कार्यक्रममा जनवादी गायक जीवन शर्माले लोकप्रिय गीतहरु सुनाए भने अन्य कलाकारहरुले विभिन्न
शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतको क्याम्बर्लीमा नेपाली व्यवसायीहरुको लगानीमा ‘एभरेष्ट वर्ल्ड फुड्स र एभरेष्ट स्पेसालिटी क्याफे’ शुभारम्भ भएको छ। लामो समय देखि अल्डरसटमा सञ्चालित एभरेष्ट क्यास एण्ड क्यारी होलसेल सञ्चालक समूह कै लगानीमा नयाँ सुपरमार्केट तथा क्याफे सञ्चालनमा आएको हो । स्थानीय सर्रेहिथ बरोका मेयर काउन्सिलर प्याट टेडरले रिबन काटेर सुपरमार्केट तथा क्याफेकोख उद्घाटन गरेका थिए। क्याम्बर्लीको प्रिन्सेस वे हाई स्ट्रिटमा रहेको एभरेष्ट वर्ल्ड फुड्समा सातै महादेशका नेपाली, भारतीय, चाइनिज,कोरियन,थाइ सहित सम्पूर्ण एशियाली, युरोपियन र अंग्रेजी खानासम्म उपलब्ध गराइने ब्यवस्था छ। सुपरमार्केटमा फ्रेस भेजिटेबल,फलफूलहरु,चिकन र विभिन्न मासुहरु समेत एभरेष्टमा सुपरस्टोरमा पाइने छ। सुपरमार्केट भित्र एभरेष्ट स्पेसालिटी कफी नाममा ४० सीट छमता भयको एक क्याफे पनि सञ्चालन गरिएको छ। जहाँ चिया,कफीसंगै आइस टी,बबल टी, स्मुदिज,स्यान्डविच,हट फुड, सालाद,केक र आइसक्रिम सम्मका विविध खाना तथा पेयपदार्थ उपलब्ध छन् । ६ पटकसम्म यूके लाटे आर्ट च्याम्पियन तथा वर्ल्ड फाइनालिस्ट बनेका काभ्रे नेपालका धन तामाङले क्याफे सेटअप गर्नका साथै स्टाफलाई प्रशिक्षण समेत गराएको समाचार छ । सुपरमार्केट तथा क्याफेमा जम्मा २० जना स्टाफ कार्यरत छन्। एभरेष्ट समूहले बेलायतस्थित सय भन्दा बढी क्यास एण्ड क्यारीमा होलसेल सप्लाइ गदै आएको पनि संचालक आस बहादुरगुरुङले जानकारी दिनु भयको छ । यो ब्यापारीक समुहमा आशबहादुर (एबी) गुरुङ, नारायण केसी, लक्ष्मण तामाङ र सूर्य गुरुङ निर्देशक रहेको सुपरमार्केट सञ्चालनमा अरु शेयरधनी पनि संलग्न रहेको बुझीएको छ। अल्डरसटमा एभरेष्ट क्यास एण्ड क्यारी होलसेल र बुद्ध स्टोर्स, ह्यारोमा एभरेष्ट स्टोर्स लगायत सञ्चालन गरेर सफल रहेको यो समूहले क्याम्बर्लीमा पहिलो सुपरमार्केट तथा क्याफे शुभारम्भ गरेको हो। https://www.facebook.com/kc.narayan.127/videos/2212911592237877/ क्यामबर्ली नेपाली समाजका युकेका अध्यछ यम बहादुर गुरुङ, बिभिन्न नेपाली समाजका प्रमुखहरु, पत्रकीरहरु उपस्थित सो सुपरमार्केट शुभारम्भ समारोहमा समाजमा संयुक्त रुपमा सुपरमार्केट र क्याफे सञ्चालनको नौलो अवधारणाले ग्राहकको मन जित्नेमा सञ्चालकहरु आशावादी देखिनु भयको छ। संचालकहरुले ग्राहकको आवश्यकता र चाहना अनुसार आफ्नो सेवा थप बिस्तार र परिमार्जन गर्दै जाने योजना रहेको पनि बताउनु भएको छ। सामान किनेर कलेक्सन गर्न पार्किङ समेत भयको सुपरमार्केट क्यामबर्ली टाउन सेन्टरमा खुलेको छ।
जय गीत जय सङ्गीत, हरि उप्रेती, अमेरीका। नेपाली साहित्य जगतमा धेरै विधाहरू छन जस मध्य गीत सङ्गीत एक सशक्त विधा मानिन्छ। विश्व समुदायलाई नेपाली साहित्यको परिचय दिलाउन एक सफल विधा नै गीत सङ्गीत हो भन्दा अत्युक्ति नहोला।आज विश्वभर रहेका गीत सङ्गीत प्रेमीहरू तिनै गीत सङ्गीतका सृजनामा रमाउने र आनन्द लिने गर्दछन्। यसो भन्दै गर्दा सम्पूर्ण श्रोता,दर्शक एवं सर्जकहरूले सृजना कसरी सृजित हुन्छन्,संरचना कस्तो हुनुपर्दछ र सृजनामा कस्ता शुत्रहरू प्रयोग गरिन्छन् भन्ने कुरालाई ध्यान दिन आवश्यक पर्दछ। विशेषत: यहाँ गीत सङ्गीतको कुरा भएकाले यहाँ हरूलाई एकैछिन विषयवस्तु तर्फ मोड्न चाहन्छु। गीत भन्न साथ अधिकांशले बुझ्ने परिभाषा भनेको भावात्मक अभिव्यक्ति नै हो तर गीतको अर्थ र परिभाषा यतिले मात्र पर्याप्त भने छैन। गीत समाजको ऐना हो,गीत जीवन दर्शनको अभिव्यक्ति हो,गीत सामाजिक रूपान्तरणको एक यथार्थ सन्देश हो। यस्तो गहन विधालाई हल्का रुपमा ग्रहण गरेर सृजनालाई प्रस्तुत गर्नु कतिको न्याय हुन्छ भन्ने प्रश्नमा एउटा सृजनाकारले गम्भीर भएर सो सृजना पस्कनु अगी सोच्नु पर्दछ। गीतको पनि अरू साहित्यिक विधामा जस्तै आफ्नै संरचना हुन्छन् र तिनै संरचनालाई अवलम्बन गरी सरल शब्दहरूलाई प्रयोजनमा ल्याएर जीवन अनि सामाजिक रूपान्तरणका मार्गदर्शन बन्ने सृजनालाई पस्कनु सानोतिनो कला भने पटक्कै होइन। यसरी अर्थपूर्ण रूपमा लेखेका गीतहरूलाई अब न्यायोचित रूपमा लय दिने काम सङ्गीतकारको हुन्छ। अब भने यहाहरुलाई थोरै सङ्गीत तर्फ डोर्याउन चाहन्छु। सङ्गीतलाई सामान्य भाषामा भन्नुपर्दा लय भन्ने बुझिन्छ तर लयले मात्र सङ्गीतको परिभाषालाई पूर्णता प्रदान गर्न सक्दैन। सङ्गीत आफैमा वेदको ध्वनी हो भने सङ्गीत सुर,आलाप,ताल,राग अनि धुन हो जसमा सम्पूर्ण मानवको अन्तरनाद घन्किन्छ। हुन त म सङ्गीतको विज्ञ भने होइन तर जे बुझेको छु त्यो कुरा भन्न चैं प्रष्ट रुचाउछु। सङ्गीत सतहमा जति सरल देखिन्छ त्यसको गहिराइ त्यति नै अथाह छ। एउटा विज्ञ सङ्गीतकारले गीतमा सङ्गीत भर्नु अगी गीतको मूल भाव र त्यस सृजनाले प्रवाह गर्ने सन्देश थाहा पाउनु अति आवश्यक हुन्छ।गीतका शब्दहरूलाई केलाएर भाव विचलित नहुने सङ्गीत भरिएका कुनै पनि सृजनाहरु जीवन्त रहन्छन्। आज र अहिले नै केही हुन नसक्ला तर भोलि समयले अवश्य
शीतलपाटीन्युज डटकम। सामुदायीक एकता र समाजसेवामा स्वदेशी मनहरुको आबाज : बेलायती डायोस्परामा एउटा अब्बल नाम रेडिंग नेपाली समाज लण्डन। वेलायत स्थीत रेडिंग नेपाली समाज (Greater Reading Nepalese community Association) परदेशी भुमीमा गठन भएको एउटा च्यारीटी संस्था हो। जस्मा समाजका बिभिन्न तह र तप्काका बिबिध जातजाती धर्म र सम्प्रदायको प्रतिनिधित्व भएको छ। सन् २००१ मा गठन भएको यो संस्था बेलायतबासी नेपालीहरुको बिचमा मात्र नभएर स्वदेशी भुमीमा पनि लोकप्रिय छ। महाभुकम्पले देश जर्जर भएको बेला होस् या कोरोनाले नेपालीहरु आक्रान्त भएको बेला रेडिंग नेपाली समाजले हरदम नेपालमा सहयोग गरि रहेको छ। धादिङको अचाने माबी पुननिर्माणको लागी रु २७ लाख २३ हजार पठाउँदा होस् या कोरोनाले देश आक्रान्त हुँदा अक्सीजन सिलिण्डर नपाएर जनता मर्नु पर्दा परेको अवस्थामा अक्सीजन सिलिण्डरको ब्यवस्था गर्न राष्ट्रीय आबिस्कार केन्द्र मार्फत रु ६ लाख १८ हजार पठाउँदा रेडिंग नेपाली समाजले समाजमा आवद्द सबै मनकारी महानुभावहरु बाट चन्दा उठाएको छ। हरेक पटक देश बिपत्तिले अत्तालिएको बेला समाजले परदेशी भुमीमा रहेर पनि स्वदेशीहरुको घाउमा मलमपट्टी लगाउन चन्दा उठाउने र पठाउने गरेको छ। चन्दा उठाउन समाजले सबैभन्दा पहिले शुरुवात आफैबाट गर्नुपर्छ भन्ने मान्यताका साथ कार्यसमितीका सबै सदस्यहरु देखी अध्यछ्यसम्मले आआफ्नो गक्ष अनुसार प्रतिबद्धता व्यक्त गर्दै आम सर्वसाधारण समक्ष सहयोगको याचना गर्ने गरेको छ। रेडिंग नेपाली समाजले नेपालको दुर्गम क्षेत्रमा मातृशिषु केन्द्र देखी अस्पताल निर्माणमा सहयोग गर्नुका साथै परदेशी भुमीमा आपत बिपत पर्दा पनि बेला बेलामा सहयोग गर्ने गरेको छ। यसै गरी बेलायतमा उच्च शिक्षा हाँसील गर्न आएको ५ महिना नपुग्दै उपचारको क्रममा यसै बर्ष मे १० मा दिवंगत भएकी बिध्यार्थी सदिक्षा तामाङ्गको परिवारलाई सहयोग गर्न पनि रेडिंग नेपाली समाजले स्वयं कार्य समितीबाट शुरू गरी समाजका बिभिन्न मनकारी महानुभावहरूबाट रु तीन लाख एकानब्बे हजार चार सय छत्तिस पठाउन सफल भएको छ। यसै गरी संस्थाकै पहलमा दिवंगत सदिक्षा तामाङ्ग अध्ययन गर्दै गरेको युनिभर्सिटीबाट रु १६ लाख फिर्ता गराउन पनि सोहि युनिभर्सिटीका प्राध्यापक डा कृष्ण रेग्मीको सहयोगमा सफल भएको छ। समाजले संकलन गरेको सम्पूर्ण रकम तथा युनिभर्सीटीले फिर्ता गरेको रकम सिधै
शीतलपाटीन्युज डटकम। काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को महासचिवमा गौरीराज जोशीलाई दोहोर्याउन चौतर्फी दबाब सुरु भएको छ। गैरआवासीय अभियन्ताहरूले ‘फेरि महासचिवमा देख्न चाहेको’ भन्दै उनलाई दोहोर्याउने अभियान नै थालिसकेका छन्। संसारभरका गैरआवासीय नेपालीहरूले महासचिवमा जोशीको निरन्तरता चाहेपछि उनी दोहोरिने निर्णयमा पुगेका छन्। त्यसो त उनी आउँदो कार्यकालका लागि उपाध्यक्षको जिम्मेवारी चाहन्थे। तर, संस्था चलायमान बनाउन र महासचिवजस्तो महत्वपूर्ण भूमिका निर्वाह गर्नकै लागि जोशीलाई खोजिएको छ। सन् २००५ देखि गैरआवासीय नेपालीको अभियानमा जोडिएका जोशी आफू पद ओगट्न नभई काम गरेर देखाउन चाहेको बताउँछन्। पछिल्लो समय कामभन्दा पनि प्रपोकाण्डा गर्ने प्रवृत्तिले एनआरएनएको गरिमा घट्नेतर्फ इंकित गर्दै आफू नतिजामा विश्वास गर्ने महासचिव जोशीले बताए। उनले आफ्नो व्यक्तिगत स्वार्थभन्दा पनि गैरआवासीय नेपालीको मुद्दामा केन्द्रीत रहन संघका इच्छुक उम्मेदवारहरूलाई अपीलसमेत गरेका छन्। ‘कुरा मात्र होइन काम गरेर प्रमाणित गर्नुपर्छ,’ जोशीले भने, ‘संस्थालाई सबैको साझा र दीगो बनाउनु अहिलेको आवस्यकता हो।’ एनआरएनएको नेतृत्वमा आउने हरकोही व्यक्तिले नेपाल र नेपालीलाई केन्द्रबिन्दू राखेर सकारात्मक काम गर्नुपर्नेमा उनको जोड छ। जोशी बौद्धिक तथा युवामाझ लोकप्रिय मानिन्छन्। अमेरिकामा आइटी क्षेत्रमा सफल व्यवसायी मानिने उनी लामो समयदेखि एनआरएनएको अभियानमा सक्रिय र सफल छन्। एनआरएनएलाई प्रविधिमैत्री बनाउन एमआइएस सिस्टम, फेस भेरिफिकेसन सिस्टमका योजनाकार हुन्–जोेशी। संस्थाका हरेक गतिविधिलाई पार्दर्शी बनाउने अभियानमा लागेका जोशी नौला तथा रचनात्मक काम गर्न रुची राख्छन्। संघको आगामी निर्वाचन अनलाइन प्रणालीमा पनि हुँदैछ। चितवनमा जन्मिएका जोशी सन् १९९७ मा अध्ययनका लागि अमेरिका गएका थिए। उनले अमेरिकामै आइटीको अध्ययन पूरा गरे। र, पछिल्लो समय उनी आइटीबाहेक रियल स्टेटको काराेबारमा पनि संलग्न छन्। उनको नेपालमा इन्सुरेन्स, बैंकिङ क्षेत्र, प्रविधि, हाइड्रोलगायत विभिन्न क्षेत्रमा समेत लगानी छ। जोशीले भारतमा पनि आइटी व्यवसाय विस्तार गरेका छन्। सन् २००५ देखि एनआरएनए अभियानमा जोडिएका जोशीले नेपाली समाज टेक्ससको अध्यक्ष भएर काम गरिसकेका छन्। उनी एनआरएनए एनसीसी अमेरिकाको आजीवन सदस्य हुन्। यस्तै, ‘मेम्बरसीप कोअर्डिनेटर’ भएर काम गरिसकेका जोशी २०१५ देखि एनआरएनएमा झन् सक्रिय छन्। उनीसँग एनआरएनएको अमेरिकी क्षेत्रीय संयोजक भएर काम गरेको अनुभव छ। जोशी २०१९–२०२१ कार्यकालमा सचिव पदमा अत्याधिक मतसहित विजयी भएका थिए। आउने चुनावमा महासचिव पदका
शीतलपाटीन्युज डटकम। काठमाडौँ । संवैधानिक परिषद्ले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधान न्यायाधीशमा सिफारिस गरेको छ । बैठकले शनिवार(पर्सी)बाट रिक्त हुन लागेको प्रधानन्यायाधीश पदका लागि श्रेष्ठको नाम सिफारिस गरेको हो।वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन १९ गते अनिवार्य अवकाशमा जाँदैछन् । डोटी जिल्लाको सिलगढीमा सन् २०१६ असोज २० गते जन्मिएका श्रेष्ठ २०३८ चैत्र २७ गते शाखा अधिकृत(अस्थायी)बाट सेवा प्रवेश गरेका हुन् ।
शीतलपाटीन्युज डटकम। विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले ०८०-०४-१३गते शनिबार आदिकवि भानुभक्त आचार्यको २१० औं जन्मजयन्ती समारोह भानुको योगदानको चर्चा,श्रष्टा अभिनन्दन, सम्मान ,पुरस्कार समर्पण,पुस्तक बिमोचन गर्नुको साथै प्रतियोगितात्मक कवि गोष्ठी गर्दै भब्यरुपमा सम्पन्न गरेको छ। कामनपा वार्ड नं. २९ स्थित घट्टेकुलो विकास समाजको हलमा १५० भन्दा बढीको संख्यामा साहित्यकार अनि साहित्य अनुरागीहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम अपरान्ह १२.३० बजे देखि निरन्तर ५ घन्टा सम्म चलेको थियो। Rotary club of kathmandu र Rotaract Club of Kathandu को सहकार्य रहेको उक्त कार्यक्रमले समारोह बहु आयामिक अनि थप सुन्दर भएको थियो। नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति बिष्णुबिभु घिमिरे प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईले गर्नु भएको थियो। संस्थाले २१० औं भानु जयन्तीको अवसर पारेर निम्न सर्जक/ श्रष्टा/ समाजसेवीहरुलाई विश्व नेपाली भानु शिखर अभिनन्दन पत्र-२०८० प्रदान गरेको छ। अभिनन्दित व्यक्तित्वहरु आफ्नो क्षेत्रमा अब्बल कर्मयोगी हुनुहुन्छ। १)वरिष्ठ समाजसेवी एवम साहित्यकार मनमाया सिटौला २)वरिष्ठ समाजसेवी एवम साहित्यकार स्नेह पोखरेल ३)वरिष्ठ समाजसेवी एवम स्वास्थ्यसेवी टंकबहादुर श्रेष्ठ ४)वरिष्ठ लेखक एवम समाजसेवी सुरेन्द्र ढकाल यसै गरि निम्न श्रष्टा/सर्जक/ समाजसेवीहरुलाई संस्थाले विश्व नेपाली भानु शिखर सम्मान-२०८० प्रदान गरेको छ। उहाँहरु विविध विधामा उम्दा पहिचान बनाईसकेका अविरल साधक हुनुहुन्छ। १)बरिष्ठ समाजसेवी/शिक्षासेवी ई. ईश्वरकान्त सिटौला २)वरिष्ठ कवि/साहित्यकार बालिका गिरी ३)वरिष्ठ समाजसेवी/ धार्मिक अभियन्ता शिवराम राजवंशी ४)रोटरी क्लब अफ काठमाडौंका प्रेसिडेन्ट किशोर उप्रेती ५)रोटरी क्लब अफ काठमाडौंका पास्ट प्रेसिडेन्ट तिर्थराज दाहाल ६)वरिष्ठ पत्रकार/ मुक्तककार निशा केसी ७)वरिष्ठ शिक्षासेवी/कलाकार कृष्णकुमार बोहरा त्यस्तै वरिष्ठ समाजसेवी स्वार्गीय लक्ष्मीप्रसाद प्रसाईका परिवारबाट आफ्ना बुबा आमाको नाममा स्थापित लक्ष्मीप्रसाद सावित्रा विश्व नेपाली भानु शिखर सम्मान/ पुरस्कार-२०८० द्वारा वरिष्ठ कवि/गीतकार/कलाकार रमेश पौडेललाई प्रदान गरेको छ। यस पुरस्कारको राशी रु २५००० रहेको छ। त्यस्तै स्वर्गीय लक्ष्मीप्रसाद प्रसाईंकै परिवारबाट स्वर्गीय भरतकुमार प्रसाई( लक्ष्मी प्रसाद प्रसाईको साहिंलो छोरा)को नाममा स्थापित भरतकुमार प्रसाईं भानु नव प्रतिभा पुरस्कार-२०८० बाट Rotaractor र Interactor सम्मिलित प्रतिष्पर्धी कविहरु मध्ये निम्न ४ जनालाई पुरस्कृत गरेको छ,उक्त पुरस्कारको राशी जम्मा रु१५००० रहेको छ।विजयीहरुको नाम यस प्रकार छ। १)Rtr स्वस्तिका ज्ञवाली-प्रथम २)Rtr अनुप रेग्मी- द्वितीय ३)Rtr सुशील हट्वाल- तृतिय ४)Rtr सन्तोष तुलाधर- सान्त्वना, साथै अन्य सहभागी कविहरुलाई पनि