Thursday January 16, 2025

विविध

डिआइजी दानबहादुर कार्कीद्वारा लुम्बिनी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण

नागरीक सुरक्षा खवरबाट । काठमाण्डौ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक (डीआइजी) दानबहादुर कार्कीले कार्यालयमा हाजिर हुनु भई कार्यालयको पदभार ग्रहण गर्नु भएको छ।  नेपाल प्रहरी संगठनमा राम्रो छबि बनाउनु भएका वहाँले यस अघि नेपाल प्रहरी संगठनको महत्वपुर्ण स्थानमा रहेर उल्लेख्य कार्य गरि सक्नु भएको छ। बिशेष गरेर अपराध अनुसन्धान र अन्तराष्ट्रिय आतंकवाद नियन्त्रण सम्बन्धी राम्रो ज्ञान भएका वहाँले अपराध अनुसन्धानको क्षेत्रमा बिभिन्न चर्चित अपराधका घटनाहरुमा अनुसन्धानको नेतृत्व गर्नु भई सफलता हासिल गर्नु भएको छ। यसै गरी वहाँले बिभिन्न जिल्ला प्रहरी कार्यालयहरु तथा जिल्ला प्रहरी परिसर काठमाण्डौमा समेत सफल नेतृत्व निर्वाह गरिसक्नु भएको छ।

तमुधि युकेको अध्यक्षमा जुमकाजी गुरुड्ग,सबै पदाधिकारीहरु निर्बिरोध

शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतको प्रभावशाली जातीय संस्था तमुधिं यूकेको अध्यक्षमा जुमकाजी गुरुङ निर्विरोध निर्वाचित भएका छन्। संस्थाको मिचेटस्थित आफ्नै कम्युनिटी भवनमा सम्पन्न १३ औं अधिवेशनले जुमकाजी गुरुड्गको  अध्यक्षतामा सम्पूर्ण कार्यसमिति सर्वसम्मत चुनिएको हो। दुई वर्षका लागि १३ औं कार्यसमितिको अध्यक्ष निर्वाचित गुरुङ यसअघि ह्याम्पसायर ईकाइको अध्यक्ष, तमुधिं यूकेमा एक कार्यकाल कोषाध्यक्ष र दुई कार्यकाल उपाध्यक्ष एवं एक कार्यकाल वरिष्ठ उपाध्यक्ष थिए ।  उनी को हुन् तल पढ्नुहोस्- गन्डकी प्रदेशको पर्वत जिल्ला भुको तान्ग्ले गाउं पुर्ख्यौली घर भएका उनी स्व. सुनार गुरुङ र आमा स्व. मनसुवा गुरुङको कोखबाट विंस. २०१८ सालमा जन्मिएका थिए। सन् १९८४ मा कमला गुरुङसंग बैबाहिक जीवनमा बांधिए जुमकाजी। सन् १९८० मा ब्रिटिश गोर्खा सैनिकमा भर्ती भएका उनी सन् १९९७ मा अवकास पाएपछि समाजसेवामा लागेका थिए। तमुधिं यूकेको ह्याम्पसायर ईकाइमा साधारण सदस्य हुंदै एक कार्यकाल उपाध्यक्ष र दुई कार्यकाल अध्यक्ष गरेपछि उनी तमुधिं यूकेको कोषाध्यक्ष र दुई कार्यकाल उपाध्यक्ष एवं एक कार्यकाल वरिष्ठ उपाध्यक्ष हुंदै अहिले १३ औं कार्यसमितिको अध्यक्ष बन्न सफल भएका छन्। हाल उनी लोकबहादुर गुरुङ स्मृति प्रतिष्ठान नेपाल को संरक्षक, राम बजार समाज यूकेको भूपू अध्यक्ष, तमु फोरम यूकेको कोषाध्यक्ष, सहारा यूकेको सल्लाहकार, एनआरएनए यूकेको सल्लाहकार,तमु कलाकार सांस्कृतिक मञ्च यूकेको सल्लाहकार,रसमोर बरो नेपलिज कम्युनिटी यूके सल्लाहकार,तमु संसारको सल्लाहकार र गुरुङ साहित्य मञ्च नेपालको सदस्य छन्। हाल बेलायतको फार्नबरोमा छोरा बुहारी, छोरी-ज्वाईं, एक नाति र एक नातिनी तथा श्रीमती कमला गुरुङको साथ बस्दै आएका छन्। त्यसैगरि,उपाध्यक्षहरुमा परशु गुरुङ, कमल गुरुङ र दिलमाया गुरुङ,महासचिवमा डा.विशाल गुरुङ,सचिव बिमल गुरुङ,कोषाध्यक्षमा अरुण गुरुङ र सहकोषाध्यक्ष प्रेमराज गुरुङ चुनिएका छन्। खेलकुद प्रमुखमा क्याप्टेन दिपक घले,सांस्कृतिक सचिव श्रीमति पार्वती गुरुङ (गुड्डु), सञ्चार सचिव सविन्द्रकुमार गुरुङ (एसके),युवा विभाग राजेन्द्र गुरुङ,सम्पत्ति विभाग दीपक गुरुङ,कल्याणकारी विभाग कुमार घले र फोटोग्राफरमा मिलन तमु चुनिएका छन्। त्यसैगरि, सदस्यहरुमा भोजबहादुर गुरुङ,टंकमार्टिन गुरुङ,श्रीमति हेलिसा गुरुङ,देवकला गुरुङ, श्रीमति पार्वती गुरुङ (माइला), उमरजंग गुरुङ,मोतीप्रसाद गुरुङ, बुद्ध घले,प्रकाश गुरुङ,मदन गुरुङ,विकास (रक) गुरुङ,सोम घले र कुमार गुरुङ छानिएको तमुधिं यूकेले जनाएको छ। अधिवेशनले तमुधिं यूके आमा समूह पनि निर्वाचित गरेको छ। आमा समूहको अध्यक्षमा श्रीमति

तमुधी युकेको नया अध्यक्षमा जुमकाजी गुरुड्ग,साधारण सभा भब्य सम्पन्न

तमुधि युके प्रवक्ता, मीचेट लण्डन। गण्डकी पर्वत जिल्ला पुर्ख्यौली  घर भुकोःतान्ग्ले गाउ बाबा स्व.सुनार गुरुङ्ग र आमा स्व.मनसुवा गुरुङ्गको कोखबाट बि.सं. २०१८ मा  दुइ दिदी एक बहिनीको प्यारो तेश्रो  सन्तानको रुपमा जन्मनु भएका जुमकाजी  गुरुङको प्रारम्भिक  शिक्षा श्री सिद्द प्राथमिक स्कुल तान्ग्ले पर्वतमा पुरा गरि  बाबा आमाको साथ पोखरा राम बजार -१० मा बसोबास गर्नु भयो।  त्यस पश्च्यात जनप्रिय निम्न माध्यमिक  हुदै अमर सिंह हाइस्कुलबाट एस एल सी उतिर्ण गरि इ.सं.१९८० मा गोर्खा  सैनिक इन्जिनियरमा भर्ति भएर १९८४ मा कमला गुरुङसंग बैबाहिक जीवनमा बाधिन  १९९७ मा   गोर्खा सैनिकबाट अबकास पाए पछि  समाजसेवा  लागेको हो।  तमु धीको ह्याम्प्सर इकाइ बाट साधारण सदस्य हुदै  एक कार्यकाल उपध्यक्ष,ह्याम्पायसर इकाइको अध्यक्ष  पदमा  दुइ कार्यकाल  समाज सेवा गरि रहे। त्यस पश्च्यात तमु धी युकेको  कोषाध्यक्ष  र दुइ कार्यकाल उपाध्यक्ष र एक कार्यकाल वरिष्ठ उपाध्यक्ष हुदै तमु धी युकोको आदर्श तमुबाट सुशोभित,अत्यान्तै सरल र एक अनुभव व्यक्ति  आजको  भएको अधिबेसनबाट १३ औ कार्यसमितिको अध्यक्ष्य  बन्न सफल हुनुभएको छ।  हाल अध्यक्ष गुरुड्ग लोक बहादुर गुरुङ स्मृति प्रतिष्ठान नेपालको संरक्षक,राम बजार समाज युकेको पुर्व अध्यक्ष,तमु फोरम युकेको कोषाध्यक्ष,सहारा युकेको सल्लहाकार,एनआरएन युकेको सल्लाहाकार,तमु कलाकार सांस्कृति मच युकेको सल्लाहकार,रशमोर बोरो नेपाली कम्युनिटि युकेको सल्लाहकार,तमु संसारको सल्लाहाकार,गुरुङ साहित्य मंच नेपालको सदस्य समेतमा आबद्द छन। हाल बेलायतको  फार्नबोरोमा  छोर/बुहारि,छोरी/ज्वाइ,एक नाति,एक नातिनी र श्रीमती कमला गुरुङको  साथमा बस्दै आउनु भएको  छ। नया पदाधीकारीहरुको नामावली-

२४औ आहा ! रारा पोखरा गोल्डकप सम्पन्न गर्न मुल आयोजक तथा उपसमिति गठन

पोखरा स्पोर्टस, पोखरा।सहारा क्लब पोखराले आसन्न मोफसलकै चर्चित फुटबल प्रतियोगिता ‘आहा ! रारा पोखरा गोल्ड कप’ सम्पन्न गर्न मुल आयोजक, सल्लाहकार समिति तथा विभिन्न उपसमिति गठन गरेको छ । सहारा क्लब पोखराका महासचिव रामजी प्रसाद अधिकारीका अनुसार क्लबको सम्पन्न बैठकले क्लबका अध्यक्ष केशवराज बरालको संयोजकत्वमा ५०१ सदस्यिय मुल आयोजक समिति, १०१ सदस्यि सल्लाहकार समिति संगै २१ सदस्यिय उपसमिति गठन गरेको हो । सहारा क्लब पोखराको आयोजनामा २४औं संस्करणको आहा! रारा पोखरा गोल्डकप यहि माघ २२ देखि फागुन ३ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने पक्का भएको छ । यसै गरी क्लबका बरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर गुरुङलाई प्रतियोगिता संयोजकको जिम्मेवारी दिइएको छ महासचिब रामजी अधिकारी मुल आयोजक समितिको महासचिबमा तथा क्लबका सल्लाहकार सुनिल गुरुङ अर्थ संकलन उपसमितिको संयोजकमा मनोनयन गरिएको छ । त्यसै गरी प्रचार–प्रसार उपसमितिको संयोजकमा दिपेन्द्र श्रेष्ठ, शान्ति सुरक्षामा टिका कार्की, अतिथी सत्कारमा गणेश बहादुर भट्टराई, सहभागि टिम सम्पर्कमा पूर्व अध्यक्ष विक्रम थकाली, स्वयंसेवक परिचालनमा मानार्थ सदस्य प्रकाश शेरचन, प्राविधिक तथा अनुशासन समितिमा मानार्थ सदस्य खेमबहादुर गुरुङ प्राविधिक तथा अनुशासन, मानार्थ सदस्य मुछेत्र गुरुङ आवाश व्यवस्थापन, मञ्च व्यवस्थापनको संयोजकमा क्लबका सल्लाहकार शम्भु कार्कीलाई जिम्मेवारी दिइएको छ । यस्तै प्राथमिक उपचार उपसमितिको संयोजकमा क्लबका सल्लाहकार डा रबीन्द्र श्रेष्ठ, लियाजनमा तेजबहादुर गुरुङ, यातायत व्यवस्थापनमा योगेन्द्र के.सी., संघ संस्था तथा शाखा समन्वयमा पूर्व अध्यक्ष बिरभद्र आचार्य, अनुगमनमा मानार्थ सदस्य महेश गुरुङ, विद्यालय समन्वयमा सल्लाहकार मदन के.सी., खेल मैदान व्यवस्थापनमा तोरणबाहदुर बानियाँ, सचिवालय, शिल्ड, मेडल, ट्रफी, प्रमाणपत्र व्यवस्थापनमा पूर्व अध्यक्ष केशबबहादुर थापा र आयोजक टिम तयारी समितिमा निवर्तमान अध्यक्ष हरिराम गुरुङलाई मनोनयन गरिएको छ। (साभार)

पत्रकार रानाभाट बार्सिलोनामा सम्मानित

GNNNEWS- बार्सिलोना। स्पेनको बार्सिलोनामा आयोजित एक विशेष समारोहमा विभिन्न देशका ३३ जना पत्रकार र सञ्चारकर्मी सम्मानित भएका छन्। क्याटालोनिया सरकारको नेतृत्व गरिरहेको सत्तारुढ दल सोसियलिस्ट पार्टी अफ क्याटालोनियाको नागरिकता र विविधता विभागले बिहीबार साँझ एक भव्य समारोह बीच पत्रकार, सञ्चारकर्मी, टेलिभिजनकर्मी र फोटो पत्रकारहरुलाई सम्मान गरेको हो। यस कार्यक्रममा पत्रकार बसन्त रानाभाट लाई विशेष सम्मान प्रदान गरिएको थियो। झन्डै डेढ दशकदेखि स्पेनमा बसोबास गर्दै आएका रानाभाटको पत्रकारिता क्षेत्रमा दुई दशक लामो अनुभव छ। उनी हाल अनलाइनखबर डटकमको युरोप क्षेत्रमा समाचार संयोजकको रुपमा कार्यरत छन्। रानाभाटलाई स्पेन सरकारका क्याटालोनिया प्रतिनिधि कार्लोस प्रिइटो गोमेजले सम्मानपत्र हस्तान्तरण गरेका थिए। सम्मान समारोहमा बोल्दै कार्लोस प्रिइटो गोमेजले स्पेनको बहुसांस्कृतिक समाजलाई मजबुत बनाउन सञ्चारकर्मीहरूले पुर्‍याएको योगदानको प्रशंसा गरे। उनले भने, “सञ्चारकर्मीहरूले केवल सूचना प्रवाहमा मात्र होइन, देशभित्रका विविध समुदायहरू बीच समझदारी र सहिष्णुताको विकासमा पनि महत्त्वपूर्ण भूमिका खेलेका छन्। उनीहरूको यो योगदान सराहनीय छ।” सम्मान ग्रहण गरेपछि पत्रकार बसन्त रानाभाटले कार्यक्रममा मन्तव्य राख्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्न पाउँदा आफू निकै गौरवान्वित  र खुशी भएको बताए। उनले भने, “यो सम्मान मेरो लागि मात्र नभएर नेपाल र नेपाली समुदायका लागि पनि हो। मलाई विश्वास छ, यसले हाम्रो संस्कृतिबीचको सम्बन्धलाई अझ बलियो बनाउनेछ।”   कार्यक्रममा क्याटालोनिया प्रदेशका सांसद एरनेस्तो कारिवनले संयोजनको भूमिका निर्वाह गरेका थिए। उनले बहुसांस्कृतिक समाज निर्माणमा सञ्चारकर्मीहरूको योगदानलाई महत्त्वपूर्ण भन्दै भने, “यो सम्मानले क्याटालोनियाको सामाजिक विविधता र सह-अस्तित्वको मूल्यलाई झल्काउँछ। यहाँ बसोबास गर्ने विभिन्न समुदायका सञ्चारकर्मीहरूले समावेशी समाज निर्माणमा पुर्‍याएको योगदान अमूल्य छ।” २० भन्दा बढी देशका प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रममा नेपाली समुदायको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। एनआरएनए स्पेनका पूर्व अध्यक्ष शालिकराम डुम्रे,पूर्व आईसीसी सदस्य दिनेश गिरी,महासचिव सुन्दर रानाभाट लगायतका व्यक्तित्वहरू समारोहमा सहभागी थिए।

एनआरएनएको एकता महाधिवेशनमा अवरोध नगर्न सर्वोच्चको पत्र

जीएनएन न्युज- काठमाडौँ। सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गराउने क्रममा कुनै पनि किसिमको अवरोध नगर्न भन्दै संघको बालुवाटार स्थित सचिवालयलाई पत्राचार गरेको छ ।   सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयले कात्तिक २७ गते सचिवालयलाई पत्राचार गर्दै गत चैत २१ गतेको परमादेशअनुसार ६ महिनाभित्र पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा एकताको महाधिवेशन गराउनका लागि सहजीकरण गर्न निर्देशन दिएको हो। फैसला कार्यान्वयन निर्देशनालयको उक्त पत्र शुक्रबार संघको सचिवालयका तर्फबाट अनिल ढुंगानाले बुझिसकेका छन्। निर्देशनालयको उक्त पत्रअनुसार गत मंसिर ४ गते एकताका लागि घले नेतृत्वको उच्चस्तरीय समितिको बैठक बस्दा कार्यालय बन्द गर्न पर्नुको कारण पनि माग गरिएको छ। यसबारेमा ७ दिनभित्र लिखित जानकारी गराइ अन्य आवश्यक कामकारबाही गर्न कुनै पनि प्रकारको अवरोध नगर्न पत्रमा भनिएको छ।   ‘सर्वोच्च अदालतबाट मिति २०८०/१२/२१ मा भएको आदेशको कार्यान्वयनार्थ परराष्ट्र मन्त्रालयबाट समेत भएको निर्देशन र समन्वय अनुसार उच्चस्तरीय समितिका पदाधिकारीहरुलाई पहिलो बैठक बसेको ६ महिनाभित्र निर्वाचन सहितको महाधिवेशन गर्ने गराउने प्रयोजनार्थ सम्मानित सर्वोच्च अदालतको आदेशानुसार कार्यान्वयन गर्ने प्रयोजनको लागि सहजीकरण गर्नुपर्नेमा गैरआवासीय नेपाली संघको कार्यालय नै बन्द गरी सर्वोच्च अदालतको आदेशले तोकिए बमोजिमका क्रमका संयोजकहरूको उपस्थिति रहे भएको समयमा के कति आधार कारणले कार्यालय बन्द गरेको हो ? सोको जानकारी ७ (सात) दिनभित्र यस निर्देशनालयलाई दिई आवश्यक काम कारबाही गर्न कुनै पनि प्रकारको अवरोध सृजना नगर्न निर्देशानुसार अनुरोध गरिन्छ’, पत्रमा भनिएको छ।   सर्वोच्चको फैसलाअनुसार सचिवालयबाट सहयोग नभएको भन्दै यसअघि उच्चस्तरीय समितिका सदस्यद्वय रविना थापा र जानकी गुरुङले निर्देशनालयमा सहयोगका लागि निवेदन दिएका थिए। उक्त निवेदनअनुसार संघको कार्यालय बन्द भएपछि उच्चस्तरीय समितिको पहिलो बैठक कार्यालयमा बस्न नसकी बालुवाटारकै एक रेस्टुरेन्टमा बसेको थियो। उक्त बैठकले ६ महिनाभित्र एकताको महाधिवेशन गर्ने निर्णय गरेको थियो। सोही बैठकले एकताका लागि उच्चस्तरीय समितिको कार्यक्षेत्र (टीओआर) तयार गर्ने, मे २०२५ भित्र एकताको महाधिवेशन गर्ने,सचिवालय स्थापना गर्नेजस्ता निर्णय गरेको थियो। यस्तै एकता महाधिवेशन सहजीकरणका लागि प्रतिनिधि पठाउन परराष्ट्र र कानुन मन्त्रालयलाई पत्र लेख्ने निर्णय पनि बैठकले गरेको थियो। जसअनुसार मन्त्रालयबाट प्रतिनिधिको नाम आइसकेको र अब उच्चस्तरीय समितिको बैठक सोमबार सचिवालयमा नै

BITCOIN र MMIT मा नेपालीहरु आकर्षित, SUMMIT समुदायको युकेमा बैठक सम्पन्न

शीतलपाटीन्युज डटकम। अल्डरसट,लण्डन।क्रिप्टोकरेन्सी एवम डिजीटल करेन्सीको प्रयोगकर्ता नेपाली समुदाय SUMMIT युके समुहको दोस्रो बैठक सम्पन्न भएको छ।   गत शनिबार ७ डिसेम्बर २०२४ मा लण्डनको अल्डरसटस्थित थकाली कुजन रेस्टुरेन्टमा “समिट” नेपाली समुदाय युकेको दोस्रो बैठक सम्पन्न भएको हो। उक्त बैठकमा जुममार्फत संस्थापक प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल यादवले ले.कर्ण गुरुङलाई कोर अचिभरको पद तथा मर्सेडिज कार उपहार प्रदान गरे। जसको मूल्य बेलायती पाउण्ड झन्डै ७० हजार बराबर हुन जान्छ। समिटका अर्का कोर अफिसर मिलन गुरुङलाई पनि कोर अचिभरको पद तथा मर्सेडिस कार उपहार प्रदान गरेका थिए।मर्सेडिस कार उपहार SUMMIT Company स्थापना, संचालन र प्रचारप्रसारमा उल्लेख्य काम गरे बापत प्राप्त गर्नु भएको हो। सो कार्यक्रममा कोर अभिचर ले.कर्ण गुरुड्गले सीईओ यादवलाई जुममार्फत बैठकमा स्वागत गर्दै मिलन गुरुङलाई बधाई दिएका थिए।    मिलन गुरुङको आमा ८४ वर्षीय ज्येष्ठ नागरिक बिनिमाया गुरुङले मैनबत्ति बालेर बैठक उदघाटन गरेएको थियो भने बैठकमा सबै भन्दा कान्छी उमेरकी रहिमा गुरुङको पनि उपस्थिति  थियो। बैठकको मुख्य उद्देश्य समुदायका सदस्यहरुलाई एकैठाउँमा भेला गर्नु,नयाँ पद पाउने अचिभरहरुलाई प्रमाणपत्र वितरण गर्नु, लगानीमा रहेको MMIT Coin बारे जानकारी दिने रहेको आयोजकले जनाएको छ ।  SUMMIT नेपाली समुह युकेको बैठकमा रोनी श्रेष्ठ, बेल बुराथोकी र दिलरास गुरुङलाई पर्सनल टेस्टोमनी प्रदान गरिएको थियो भने समिट रनर,समिट फास्टर, समिट आर्मी,समिट अफिसर, म्याङ्गो अफिसर,वारियर अफिसर,अचिभर र कोर अचिभरजस्ता नयाँ दर्जा तथा पद पाउने अचिभरहरुलाई खादा लगाएर प्रमाणपत्र,चिया पिउने मग तथा टोकन अफ लभ वितरण गरिएको थियो।   उक्त दिन ले.कर्णको श्रीमती प्रेरणा गुरुङको जन्मदिन परेकोले उनलाई सरप्राइज दिँदै केक काटिएको थियो। बैठकमा लेफ्टीनैन्ट कर्णले क्रिप्टोकरेन्सीको MMIT टोकनको बारेमा बिस्तृत जानकारी दिदै गर्दा "यो मन त नेपाली हो" भन्ने नेपाली गीत बजाएर कार्यक्रम सुरुआत गरीएको थियो। कार्यक्रम समीट समुहका महासचिव अशोक राईले संचालन गरेका थिए। बैठकमा २३ जना विभिन्न तहका अचिभरहरुको उपस्थित रहेको थियो। बैठकमा सहभगीहरुले समिट समुदायका लागि अति नै फलदायी र अविष्मरणीय रहेको बताएका थिए। लगानीको प्रोसेश र लगानी बृध्दी अनुसार टोकनको मुनाफा दिने यो Coin को एक्चेन्ज पनि रहेको कार्यक्रममा बुझाईएको थियो। नोट जल्ने,चोरी हुने,राख्ने

ल्होछार पर्व भब्य मनाउने बताउदै तमु धीं लन्डन इकाईको १७औँ साधारणसभा भब्य सम्पन्न

शीतलपाटीन्युज डटकम। लन्डन। तमु धीं यूकेको सिल्भर जुब्ली एवं ल्होछार कार्यक्रम सफल बनाउने उध्देश्य सहित तमु धीं लन्डन इकाईको १७औँ साधारणसभा सम्पन्न भएको छ। तमु धीं लन्डन इकाईको ८ डिसेम्बर २०२४ मा गोल्डेन सिप रेस्टुरेन्टमा साधारण सभा भएको हो।  तमुधि लण्डन इकाईका अध्यक्ष भरत गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा तमु धीं यूकेका अध्यक्ष हरि गुरुङ प्रमुख अतिथी रहनु भएको थियो। महासचिव रक गुरुङले  सञ्चालन गरेको सो साधारण सभामा स्वास्थ्य तथा सुरक्षा सम्बन्धी जानकारी गराएको थियो। सो साधारण सभामा उपस्थित सबैलाई लन्डन इकाईका वरिष्ठ उपाध्यक्ष ईश्वर गुरुङले स्वागत गर्दै स्वागत मन्तव्य राख्नु भएको थियो। ईकाईका अध्यक्ष भरत गुरुड्ग,प्रमुख अतिथि तमुधि युके अध्यक्ष हरी गुरुड्ग,बार्नेट बरो अफ लन्डनका पुर्व उपमेर एवम काउन्सिलर लक्ष्य बहादुर गुरुङ,आमा अध्यक्ष देवकला गुरुङ,पूर्वअध्यक्ष एवं ट्रस्टी डेबिड गुरुङले संयुक्त रूपमा दिप प्रज्वलन गर्दै कार्यक्रम उद्घाटन गर्नु भएको थियो। साधारण सभाको उदघाटन अतिथि तथा वक्ताहरूले शुभकामना मन्तव्य राख्नु भएको थियो। सभामा ट्रस्टी रि. क्या.प्रेम बहादुर गुरुङ,ट्रस्टी डेबिड गुरुङ,धनकाजी गुरुङ,हुम कुमारी गरुङ,निवर्तमान अध्यक्ष विष्णु गुरुङ,प्रमुख सल्लाहकार लक्ष्य बहादुर गुरुङ,सल्लाहकारद्वय सोंपाल समाज यूकेका संस्थापक अध्यक्ष विजय गुरुङ र वर्तमान अध्यक्ष जगदीश गुरुङले शुभकामना मन्तव्य र आआफ्नो धारणा राख्नु भएको थियो। सो साधारणसभामा महासचिव रक गुरुड्गको वार्षिक प्रतिवेदन,कोषाध्यक्ष प्रेमराज गुरुङको आर्थिक प्रतिवेदन, आमा समूहको वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पेश गरीएकोमा सभाहलमा उपस्थित सबैको गुञ्जायमान ताली र समर्थनको साथ अनुमोदन गरियको थियो। सो अवसरमा प्रमुख अतिथि एवं तमु धीं यूकेका अध्यक्ष हरि गुरुङले तमु धीं लन्डन इकाईको वेबसाइट पनि शुभारम्भ गर्नु भएको थियो। सभाहलमा उपस्थित अग्रज तथा मान्यजनले महत्पूर्ण सान्दर्भिक सल्लाह सुझाव दिनु भएको थियो। प्रमुख अतिथि एवं तमु धीं यूकेका अध्यक्षले तमु धीं लन्डन इकाईको संगठन एकबद्धता र हरेक कार्यक्रम सफल भएको र भावी दिनमा अझै धेरै उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भएको थियो। ‘तमु धीं यूकेको अभिन्न अगंका रूपमा लन्डन इकाई कोसेढुगं साबित भै मेरो कार्यकालमा अझै धेरै सहयोग गर्नु भएकोमा आभार प्रकट गर्दै,लन्डन इकाईको लागि सहयोग गर्न तमुधीं यूके हर हमेशा तत्पर छु,’ उहाले प्रतिबध्दता जनाउनु भयो।

ब्यवस्थित कार्यक्रमका लागि प्रकाश कंडेलले सुरु गरे सनराइज् इभेन्टस् एन्ड फोटोग्राफी

शीतलपाटीन्युज डटकम। लन्डन। नेपाल देखि बेलायत आएर बसोबास गरेका नेपालीहरुलाई सजिलै मनोरन्जनात्मक कार्य उपलब्ध गराउने उदेश्यले कार्यक्रम राखिएको समाचार प्राप्त भएको छ। बेलायतमा एक दशकभन्दा बढी समयदेखि विभिन्न नेपाली इभेन्ट आयोजना गर्दै आएको सनराइज् इभेन्ट्सले अब फोटोग्राफी सेवा समेत दिन थालेको कुरा कार्यक्रमका डाइरेक्टर प्रकास कडेलले बताउनु भएको छ। बेलायतको नेपाली समुदायमा चिरपरिचित प्रकाश कंडेल सञ्चालक रहेको सनराइजबाट अब इभेन्टका साथसाथै फोटोग्राफी सेवा पनि दिन थालिएको हो । सनराइज् इभेन्टस् एन्ड फोटोग्राफीका सञ्चालक कंडेलले बेलायतभर जुनसुकै अवसरका लागि पनि फोटो तथा भिडियोग्राफी सेवा उपलब्ध गराइने बताएका छन। विवाह,व्रतवन्ध,पास्नी, एनिभर्सरी,जन्मदिन जस्ता पारिवारीक उत्सवदेखि विभिन्न संस्थाका कार्यक्रम र व्यवसाय प्रवर्द्धनका लागि समेत सेवा दिइने कडेल बताउँछन् । आफ्नो समूहमा दक्षता र अनुभव भएका फोटोग्राफर,भिडियोग्राफर र एडिटर रहेको कंडेलले जानकारी दिएका छन। दक्ष र अनुभवी टीम लिएर हाम्रो सेवा सुरु गरेका छौं। प्रतिस्पर्धात्मक दरमा गुणस्तरीय फोटो तथा भिडियो उपलब्ध गराउँछौं’, उनी भन्छन्,’हामीलाई सेवाको अवसर दिनेहरुलाई प्रभावित तुल्याउने स्तरको काम हामी ग्यारेन्टी गर्छौं।’ यसअघि कंडेलले विगत एक दशकभन्दा बढी समयदेखि सनराइज इभेन्टसमार्फत् बेलायतमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएका थिए। मुख्यतः साउथ इष्ट लन्डनमा केन्द्रित रहेका उनले कयौं नेपाली चलचित्र प्रदर्शनी र नेपाली राष्ट्रिय कलाकारका सांगीतिक कार्यक्रमहरु गरिसकेका छन्। प्रकाश सपूतजस्ता चर्चित कलाकारका साथ उनले मिडल्यान्डसम्म पुगेर समेत सफलतापूर्वक कार्यक्रम आयोजना गरेका छन्। कंडेल बेलायतमा आयोजना हुने विभिन्न कार्यक्रमहरुको प्रत्यक्ष प्रसारकका रुपमा समेत सक्रिय रहंदै आएका छन्। (श्रोत-नेपाली लिंक)

मगर एसोसीयसन युके U.H.S.B शाखाले माघे संक्रन्ती मनाउदै

शीतलपाटीन्युज डटकम। अल्डरसट,लण्डन। कला संस्कृतीको जगेर्ना गर्दै बेलायत बसोबास गरेका मगर समुदायले माघे संक्रान्ती पर्व मनाउने भएको समाचार प्राप्त भएको छ। पौष महिनामा जुन दिन सूर्य मकर राशिमा प्रवेश गर्छ सो दिन यो माघे संक्रान्ती पर्व मनाउने चलन छ। मगर समुदायको प्रमुख पर्व माघे संक्रान्ती मनाउन हिजो ०८ डिसेम्बर २०२४ मा बसेको समितीको बैठकले मगर एसोसीयसन युके U.H.S.B शाखाले गुल्मी समाज युकेका पुर्व अध्यक्ष बीर बलाललाई संयोजक तोकेको कुरा मगर एसोसीयसन युके U.H.S.B शाखाका अध्यक्ष ऋषिराम रानाले शीतलपाटीन्युज डटकमलाई जानकारी दिनु भएको छ। ११ जनवरी २०२५ को ११:०० बजे देखि २२:०० सम्म हुने उक्त कार्यक्रम समुयलकोडी स्पोर्टस कलेल GU14 8SN मा हुने छ। ११ बजे देखि १३ बजेसम्म परम्पराबाट चल्दै आएको पितृहरुलाई संझदै पितृपुजा,१३ बजे देखी २२ बजेसम्म मनोरन्जनात्मक सास्कृतिक कार्यक्रम, चिठ्ठा राफल ड्र, स्वादिष्ट नेपाली खानाका साथ मनाईने भएको छ। बयस्कलाई £२० पौण्ड तथा सिनियर सीटीजन र बच्चा ६ बर्ष देखि १२ बर्ष सम्मलाई £१२ पौण्डको ब्यवस्था गरीएको सो कार्यक्रममा इच्छुक सबैलाई निमन्त्रणा गरीएको छ।  नेपालबाट राष्ट्रिय कलाकार देवि आले र प्रसाद खप्तरी मगर आउने सो माघे संक्रान्ती पर्वमा स्थानिय कलाकार समेतको बेजोड प्रस्तुती रहने कार्यक्रम संयोजक बीर बलालको भनाई छ। अन्य जानकारी आवस्यक परेमा पोष्ट गरीएको फ्याएर मार्फत जानकारी लिन सम्पर्क गर्न सक्नु हुने छ।

सिरिया,बंगलादेश र श्रीलंकाको नेताको देश छोडी भगाईबाट नेपालले के सिक्ने?-आर के त्रिपाठी

आर के त्रिपाठी लेख्छन् - सिरियाका राष्ट्रपति असद आज बंगलादेशका राष्ट्रपति शेख हसिना,श्रीलंकाका राजापक्षे जस्तै Plane चढेर भागे। सिरियाका राष्ट्रपति असदको २४ बर्षे र असादको परिवारको ५१ बर्षे कुशाषनको नराम्ररि अन्त्य भयो।Damascus बिद्रोहीहरुको कब्जा भयो। 10 बर्ष सम्म चलेको यो काटमार लाई सिरियन राष्ट्रपति असदले समयमै परिस्थिति नियाली जनतालाई भरोशा दिने कार्यक्रम ल्याएनन्। हो,विद्रोहीहरु इस्लामिक अतिवादी थिए। विद्रोहीको आन्दोलन समर्थन गर्न लाएक थिएन।सिरियन राष्ट्रपति असदले विद्रोही इश्लामिक आन्दोलन दवाउन इरान र Russia वाट पुटिनको हतियार सहयोग मागे।अमेरिका जसरि पनि पुटीन र इरानको रणनिती निस्तेज गर्न चाहन्थ्यो/अमेरिका विद्रोहीहरुको पक्षमा पनि थिएन तर सिरियन राष्ट्रपति असद हटाउन चाहन्थ्यो किनकी सिरिया,इरान र रूसबाट इजरायलमा Threat थियो।त्यसैले सिरियन राष्ट्रपति असद हटाउन विद्रोहीहरुलाई एक हद  सहयोग गऱ्यो। 10 बर्ष काटमार चल्यो।बम गोला बारुद चल्यो। लाखौं मानिस मारिय।लाखौं सिरियन विस्थापित भए।सिरियाको राष्ट्रपतिले समयमै गहिरो सोच गरि समयमै सोचेर पद र सत्ताको लोभ नगरी मध्यस्थता मार्फत युद्ध अन्य गर्न र परिस्थिति बुझेर क्रमबद्ध रूपमा उनकै पार्टी भित्रवाट Power Transation गरेको भए यो काटमार हुने थिएन वा सर्वदलिय सहमतीको सरकार बनाउन वार्ता मार्फत आहवान गरि सहकार्य गर्न समयमै अघि बढेको भए राम्रै हुने थियो। लाखौं मानिस मारिने थिएन।विस्थापित हुने थिएन तर Russia इरान र अमेरिकाको कोपभाजनमा सिरिया पऱ्यो। आज सिरियाको राष्ट्रपती Plane चढेर सिरियाको राजधानी Damascus बाट श्रीमती र बच्चाहरु लिएर Russia तर्फ भागे। राजनैतिक शरण लिए।इस्लामिक विद्रोहीहरुले Damascus मा कब्जा जमाए।झण्डा फरफहराय। असद परिवारले ५१ बर्ष सिरियामा शाषन गऱ्यो।अन्तत जनताले थुके।५१ बर्ष शाषन गर्दा पनि असाद परिवारलाई सत्ताको लोभ र चरम महत्वकांक्षाले छोडेन।अन्तत देश छोडेर भाग्नु पऱ्यो। असादलाई वरिपररीवाट उकास्ने,चाकरि गर्ने हरुलाई त आफूले राम्रो सल्लाह दिएको र जनताले असादको पक्षमा जय जयकार गरेको लागेको थियो होला तर वास्तविकता त्यो थिएन। सिरियन राष्ट्रपति असाद लामो समय सम्म शाषनमा रहे पनि असफल भईरहेका थिए।अलोकप्रियता चुलिएको थियो। असाद एक हद दुबै आँखा नदेख्ने घृतराष्ट्र जस्तै थिए।दुर्योधन जस्तै अहंकारी थिए। अन्तत गन्हाईए।असाद धपाईए।रोई रोई भागेर Russia पुगी शरण पाए।सिरियन राष्ट्रपति असादको परिवारले ५१ बर्ष शाषन गरे ।शक्तिमा राज

तमु धी युकेको हालै भएको निर्वाचनबाट अध्यक्षमा जुमकाजी गुरुड्ग निर्बिरोध निर्वाचित

शीतलपाटीन्युज डटकम। लन्डन । तमु धी युकेले हालै गठन गरेको निर्वाचन समितीको कार्यक्रम अनुसार तमु धीं यूकेका बरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ अध्यक्ष पदमा निर्विरोध चयन हुनु भएको छ।    १३ औं अधिवेशन अन्तर्गत शनिबार भएको मनोनयन दर्तामा अध्यक्षमा गुरुङ लगायत सम्पुर्ण उम्मेदवारीहरु निर्बिरोध परेकाले निर्विरोध घोषणा भएको निर्वाचन मण्डलका संयोजक एकेन्द्र गुरुङले जानकारी दिनु भएको हो। संयोजक गुरुड्गका अनुसार अध्यक्ष जुमकाजी गुरुड्ग नेतृत्वको नयाँ कार्यसमितिको २९ जना नै निर्विरोध हुनु भएको छ । अध्यक्षमा चयन भएका जुमकाजी यसअघि वरिष्ठ उपाध्यक्ष रही तमु धी युकेमा उत्कृष्ट कार्य सम्पादन गर्नु भएको थियो।   उपाध्यहरुमा पर्शु गुरुड्ग,कमल गुरुड्,दिलमाया गुरुड्ग,  महासचिवमा डा बिशाल गुरुड्ग,सहसचिवमा बिमल गुरुड्ग निर्बिरोध हुनु भएको समाचार छ। अध्यक्ष लगायत सबै पदाधिकारीहरु तथा सदस्यहरु १४ डिसेम्बर २०२४ तारिखमा हुने २५औँ वार्षिक साधारणसभा तथा १३औँ अधिवेशनमा औपचारिक घोषणा गरिने र पदस्थापन गरीने निर्वाचन संयोजक गुरुड्गले बताउनु भएको छ।

तमु प्ये ल्हु संघ युकेले रेडिङमा किन्यो आफ्नै भवन

शीतलपाटीन्युज डटकम। लन्डन। तमु प्ये ल्हु संघ युकेले बेलायतको रेडिङमा आफ्नै सामुदायिक भवन खरिद गरेको समाचार छ। सामुदायिक भवन तथा क्होँईबों निर्माण योजना अन्तर्गत तमु प्ये ल्हु संघले शुक्रबार घर किनेको हो। नयाँ घरको चाबी शुक्रबार बुझेको संघका अध्यक्ष क्या. (रि) डेमबहादुर योज तमुले जानकारी दिनु भएको छ। लामो समयको पर्खाइलाई अन्त्य गर्दै संस्थाको भवनको चाबी लिन सफल भएकोमा अध्यक्ष क्या (रि) डेमबहादुरले खुसी व्यक्त गर्नु भएको छ। ‘यसबाट मलाई सुकून मिलेको महसुस भएको छ भने सम्पूर्ण सदस्यलगायत शुभचिन्तकको प्रतीक्षाको घडी पनि सकिएको छ। शुभचिन्तकहरुले दिनुभएको साथ सहयोग, सद्भाव र सहानुभूतिले यो काम सम्पन्न भएको हो। यहाँहरूको सहयोग र दानबिना यो कार्य सम्पन्न हुने थिएन,’ उहाको भनाई छ। चाबी बुझ्ने कार्यक्रममा अध्यक्षसहित संस्थापक अध्यक्ष अशोक ल्हेंगे, पूर्वअध्यक्ष जगत प्हच्यु,सचिव भेग च्हाक्ली,कोषाध्यक्ष याम प्हच्यु,तृतिय उपाध्यक्ष डमर टु क्ल्हेप्री,सुवाससिंह लेम्,आमा समूह अध्यक्ष बबिता पहच्यु गुरुड्ग र पिताम्बर ल्होँ तमु लगायतको उपस्थिति रहेको थियो। खरिद गरीएको भवन,जग्गा र प्रसासनिक खर्च समेत गरी अनुमानित मुल्य ९ लाख पाउण्ड रहने सचिव भेग च्हाक्ली गुरुड्गले बताउनु भएको छ। कार्यक्रममा उपस्थित भएर हौसला र सहानुभूति प्रकट गर्ने सबैलाई अध्यक्ष  क्या. (रि) डेम बहादुरले धन्यवाद दिनु भएको छ। यसबारे थप कुराकारी शनिबारको बैठकमा हुने उनले जनाईएको छ। परम्परा अनुसार घर पैँचोको लागि पूजा गर्न खेगी (पैंडी) लाई दिन हेराउन लगाएको समेत अध्यक्ष क्या रि डेमबहादुरले बताउनु भएको छ।  पहिले स्थानीयस्तरमा विद्यालय सञ्चालन रहेको भवन तमु प्हे ल्हु संघले किनेको हो। भवन दुई तले रहेको छ। जहाँ ३ सय भन्दा बढी क्षमताको ठूलो हल र मिनी साइजको हलसहित खेल मैदान,बगैंचा र बाहिर तथा भित्र कारपार्क लगायत सुविधा रहेको तमु प्ये ल्हु संघले जनाएको छ। (श्रोत-गोर्खा मिडीया)

Nepal Foods bags the Best Nepalese Brand of the Year Award

GNNNEWS- London -  Nepal Foods, a UK-based company,  has been awarded the prestigious title of the Best Nepalese Brand of the Year 2024 at the 9th Asian Food and Restaurant Awards International.  The award ceremony took place on Monday (December 2)  at the Royal Ascot, where culinary excellence and cultural diversity were celebrated by industry experts and food enthusiasts alike.  The Asian Food and Restaurant Awards International is renowned for recognising outstanding contributions to the culinary industry in the United Kingdom. This year’s event showcased the best of the best, making Nepal Foods' recognition a significant achievement in the competitive atmosphere of the food industry.  Mr. Bikash Nepal, Director of Nepal Foods, expressed his excitement and gratitude upon receiving the award. “We are absolutely thrilled to be recognised as the Best Nepalese Brand of the Year 2024. This award is not just a testament to our dedication to promoting Nepalese food but also to the hard work and passion of our entire team. We are deeply honoured to represent Nepali culture and food on such a prestigious platform.”  The award highlights Nepal Foods’ commitment to authenticity, quality, and innovation in bringing Nepalese flavours to a global audience. With a mission to share the rich culinary heritage of Nepal, the company has consistently focused on sourcing the finest products that reflect the true spirit of Nepal.  The event was attended by notable figures from the culinary world, food critics, and industry leaders, making it an invaluable networking opportunity for Nepal Foods within south Asian Community.  The recognition not only boosts the brand's visibility but also reinforces its position as a leader in promoting Nepalese food products internationally. As Nepal Foods continues to thrive and expand, the team remains dedicated to delivering exceptional innovative quality of products that celebrates the heart and soul of Nepalese culinary traditions.  Nepali Foods products

सोलार फार्म तनहॅुलाई ९० मेगावाट विद्युत उत्पादन गर्न अनुमति

शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतमा बसोबास गरेका नेपाली लगानीकर्ताहरुको परिकल्पना, अवधारणा तथा प्रबर्धनमा स्थापित सोलार फार्म प्रालि तनहु दुलेगौडालाई सौर्य उर्जाबाट ९० मेगावाट विद्युत उत्पादन गर्न नेपाल बिद्दुत प्राधिकरणले अनुमति प्रदान गरेको समाचार छ । नेपाल विद्युत प्राधिकरणले सोलार फार्म लिमिटेडलाई रुपन्देहीमा ४० मेगावाट र कपिलवस्तुमा ५० मेगावाट विद्युत उत्पादन गर्न २६ कात्तिक २०८१ मा अनुमति प्रदान गरेको हो । सोलार फार्म लिमिटेड तनहुका अध्यक्ष मोहन गुरुङले नेपाल विद्युत प्राधिकरणबाट ९० मेगावाट सौर्य उर्जा उत्पादनका लागि आफूहरुलाई आशयपत्र पनि प्राप्त भइसकेको जानकारी गराउनु भएको छ। नेपालभर ८०० मेगावाट सौर्य उर्जा उत्पादनका लागि प्राधिकरणले बोलपत्र आह्वान गरेको थियो। यसरी प्राप्त भएका आवेदनहरुमध्येबाट छनौट गरी प्राधिकरणले विभिन्न सौर्य उर्जा उत्पादकहरुलाई अनुमति प्रदान गरेको हो। सोलार फार्म लिमिटेडले यसअघि नै तनहुँको बेलचौतारामा पाँच मेगावाटको सौर्य उर्जा उत्पादन गरिसकेको छ।यसका लागि सोलार कम्पनीले छिट्टै नै सर्वसाधारणलाई शेयर पनि बिक्री गर्ने भएको छ। प्राधिकरणबाट थप सौर्य उर्जा उत्पादनका लागि अनुमति प्राप्त भएकोमा सोलार फार्म लिमिटेडका लगानीकर्ताहरु उत्साहित भएको अध्यक्ष गुरुङले बताउनुभयो। उहाँले नेपालमा घामबाट बिजुली उत्पादन गर्न सकिन्छ भन्ने अवधारणा र परिकल्पना आफूहरुले शुरु गरेको र अहिले अझ ठूलो परिमाणमा सौर्य उर्जा उत्पादनका लागि जिम्मेवारी पाउँदा गर्व लागेको अध्यक्ष गुरुड्गले बताउनु भयको छ।सोलार फार्म तनहुले ५ मेघावाट बिजुलीको सफल उत्पादन गरेपछि यो थप उत्पादनको मौका पाएको हो। विद्युत प्राधिकरणले सोलार फार्म लिमिटेडलाई सन् २०२६ को डिसेम्बरभित्रमा ९० मेगावाट सौर्य उर्जा उत्पादन गर्ने समय निर्धारण गरेको छ।

आठ जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

शीतलपाटीन्युज डटकम। काठमाण्डौ। नेपाल सरकार गृहमन्त्रीस्तरको २०८१ मंसिर १७ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका ८ जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ।  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव महानिरीक्षकहरूमा ध्रुबराज राउत, भोला बहादुर रावल, गणेश चन्द, सिद्धि बिक्रम शाह, सुशिल सिंह राठौर, उमा प्रसाद चतुरबेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर बिक रहनुभएको छ। दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । नेपाल प्रहरी संगठनमा आवद्ध रही आफ्नो जिम्मेवारी र भूमिका निर्वाहमा प्रदर्शित कर्तव्यनिष्ठता,कार्यकुशलता,पेशागत दक्षता एवम् इमानदारीताको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै आगामी दिनमा समेत उत्कृष्ट ढंगबाट कार्यसम्पादन हुने विश्वास उहाँले व्यक्त गर्नुभयो।  पदोन्नतिसँगै जवाफदेहिता, जिम्मेवारी र निर्वाह गर्नुपर्ने भूमिकाको दायरा अझ फराकिलो भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, “राज्य र संगठनले तपाईहरूबाट यसको प्रतिफलमा देश र नागरिक सेवामा रचनात्मक भूमिका र कार्यसम्पादनमा उच्च व्यावसायिकता एवम् निष्ठाको अपेक्षा गरेको छ, यसमा खरो रूपमा उत्रिनु हुने छ भनि विश्वास लिएको छु ।” संगठनलाई समायानुकूल सुदृढीकरण र गतिशीलता प्रदान गर्नका लागि नेतृत्व तहका प्रहरी अधिकृतहरू सदैव चिन्तनशील रहँदै विभिन्न श्रृजनशील प्रयासबाट संगठनको समयसापेक्ष विकास र श्रीवृद्धिमा लाग्नुपर्ने चर्चा गर्दै व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर गरिएको सत्प्रयासले मात्र सांगठनिक सुदृढीकरण र संगठनको प्राथमिकता, निर्धारित लक्ष्य र उद्देश्य हासिल हुने हुँदा त्यसका लागि सम्पूर्ण नीतिगत तहमा रहेका प्रहरी अधिकृतहरू कटिवद्ध रहन उहाँले निर्देशन समेत दिनुभयो। समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक ध्रबराज राउतले प्राप्त जिम्मेवारीलाई व्यावसायिक निष्ठाकासाथ राष्ट्र र नागरिकको सेवामा समर्पित भएर कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो। (साभार-नेपाल प्रहरी)

नेपालमा स्थानीय तह उपनिर्वाचनमा विजेताको नामावली

शीतलपाटीन्युज डटकम। काठमाडौँ। स्थानीय तह उपनिर्वाचनअन्तर्गत मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार सोमबार मध्याह्नसम्म १६ तहमा कांग्रेस, एमाले ७ र माओवादी केन्द्र ८, जसपा २, नेकपा एस १, रास्वपा १, नेमकिपा १ र स्वतन्त्र उम्मेदवार १ स्थानमा विजयी भएका छन् ।      नेपाली कांग्रेसले जितेका वडा **१. मकवानपुर हेटौँडा उपमहानगरपालिका–१२ मा अर्जुनप्रसाद तिवारी  **२. कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा प्रकाश चन्द  **३. बर्दिया ठाकुरबाबा नगरपालिका–४ मा अमिन थारु  ** ४. सुनसरी गढी गाउँपालिका–६ तेतर साहु  **५. रौतहट राजपुर नगरपालिका–६ समसे आलम **६. रोल्पा रुन्टीगढी गाउँपालिका–४ भूपमणि पुन मगर  **७. रौतहट ईशनाथ नगरपालिका–७ शेख अब्दुल खलिक **८. रुकुमपश्चिम सानीभेरी गाउँपालिका–५ मोतीराम खत्री  **९. काठमाडौं कीर्तिपुर नगरपालिका–१ इच्छाकुमार महर्जन  **१०. डोटी पूर्वीचौकी गाउँपालिका–६ मोहन थापा  **११. तेह्रथुम लालीगुराँस नगरपालिका – ८ नगेन्द्र लिम्बु  **१२. दार्चुला दुहुँ गाउँपालिका-५ धनसिंह कुँवर  **१३. जाजरकोट कुशे गाउँपालिका-७ खम्बबहादुर सिंह  **१४. गुल्मी मुसिकोट नगरपालिका-१ आनन्द श्रेष्ठ **१५. बर्दिया ठाकुरबाबा नगरपालिका-४ अमिन थारू  **१६ बझाङ सुर्मा गाउँपालिका - ४ धिरेन्द्र पुजारा   नेकपा एमालेले जितेका पालिका र वडा **१. दैलेख महाबु गाउँपालिका अध्यक्ष– जंगबहादुर शाही **२. बाजुरा स्वामीकार्तिक खापर उपाध्यक्ष– सुलोचनाकुमारी भण्डारी **३. कपिलवस्तु शुद्धोधन गाउँपालिका–१ मा मोहमद ताहिर मुसलमान  **४. महोत्तरी रामगोपालपुर नगरपालिका–२ मा सकिवुल खाँ  **५. दैलेख दुल्लु नगरपालिकामा–१३ मा लालबहादुर शाही  ** ६. ओखलढुंगा मोलुङ गाउँपालिका–५ मा गंगाबहादुर तामाङ  ** ७. ताप्लेजुङ सिरीजंगा गाउँपालिका–३ कुमारी सावादेन   नेकपा माओवादी केन्द्रले जितेका वडा **१. नुवाकोट ककनी गाउँपालिका–२ मा कृष्ण घिमिरे **२. उदयपुर त्रियुगा नगरपालिका–१२ मा नवीनकुमार बान्तवा राई ** ३. धनुषाधाम नगरपालिका–१ मा सुनिल कापर केवट **४. गोरखा गोरखा नगरपालिका–५ मा विष्णुबहादुर मगर **५. रुकुम पुर्व पुथाउत्तरगंगा–२ मा जगत घर्ती **६. जाजरकोट नलगाड नगरपालिका उपप्रमुख – देवका लामिछाने **७. मोरङको ग्रामथाम गाउँपालिका अध्यक्ष – नमोनारायण माझी **८ डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–५, नरबहादुर झाक्री   जनता समाजवादी पार्टीले जितेका वडा  **१. सप्तरी डाक्नेश्वरी नगरपालिका–१ धिरेन्द्रकुमार साह **२. सप्तरी डाक्नेश्वरी नगरपालिका–४ मा देवेन्द्रप्रसाद यादव   राष्ट्रिय स्वतन्त्र पार्टीले जितेको वडा **१. काठमाडौं महानगरपालिका–१६ मा रोजिना श्रेष्ठ   नेकपा एकीकृत समाजवादी  **१. रौतहट गढीमाई नगरपालिका–८ मा बजरंगीप्रसाद यादव    नेमकिपाले जितेको वडा **१. कालीकोट तिलगुफा नगरपालिका– ४ को मा खड्कराज शाही   स्वतन्त्र  **१. झापा कन्काई नगरपालिका–६, लक्ष्मीप्रसाद ओली (साभार गोर्खा मिडीया)

बेलायतका नेपाली सोलिसिटरहरु कार्यक्षमता र गुणस्तर वृद्धिमा सक्रिय

शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतका नेपाली सोलिसिटरहरुले आफ्नो कार्यक्षमता र गुणस्तर वृद्धि एवं व्यवसायिक दायरा थप फराकिलो बनाउने सम्बन्धमा छलफल गरेका छन्। ब्रिटेन नेपाल लयर्स एसोसिएसन आवद्ध सोलिसिटर एवं कानून व्यवसायीहरुले शुक्रबार लन्डनमा आयोजित बैठकमा आफ्नो संघर्षका कथा पनि सुनाए। ब्रिटेन नेपाल लयर्स एसोसिएसनका अध्यक्ष एवं सोलिसिटर दीपक भट्टराईले अहिले नेपाली सोलिसिटरहरु विशेषगरि अध्यागमन क्षेत्रमा मात्र केन्द्रित भएका पाइएको उल्लेख गर्दै अब प्रोपर्टी ल,लिटिगेसन,फेमिली, इम्प्लोयमेन्ट ल जस्ता क्षेत्रमा पनि काम गर्न सुझाए । ‘बेलायतमा नेपाली समुदाय बढेसंगै कानूनी समस्याका आयामहरु पनि फरक हुंदैछन्। अब हामीहरुले फरक क्षेत्रमा समेत काम गर्न जरुरी छ’, सोलिसिटर भट्टराईले भने। एसोसिएसनले कानून व्यवसायीको करिअर विकास र कार्यक्षमता कसरी बढाउने भन्नेमा पनि सुझाव प्रदान गरिरहेको भट्टराईले जनाए। उनले बेलायतमा सोलिसिटर बन्ने रुटबारे प्रकाश पार्दै सोलिसिटर्स क्वालिफाइङ एक्जामिनेसन (एसक्यूइ) बारे अवगत गराएका थिए। ब्यारिष्टर एवं एसोसिएसनका पूर्व अध्यक्ष देवेन्द्र श्रेष्ठले भूतपूर्व गोर्खा वयस्कहरुका लागि आएको नयां नियमबारे अपडेट गराएका थिए। ब्यारिष्टर श्रेष्ठले ‘अपिल राइट्स’ फेरि फिर्ता भएको जानकारी दिंदै मुद्दा कसरी लड्ने भन्नेबारे अवगत गराए। एसोसिएसनका उपाध्यक्ष एवं सोलिसिटर उत्तरमान तिगेलाले नेपाल, हङकङ हुंदै यूके आएर सोलिसिटर बन्न र फर्म आफैंले सञ्चालन गर्दाको संघर्ष र तितामिठा अनुभव सुनाए। एसोसिएसनका सह-कोषाध्यक्ष सोलिसिटर रोजन भण्डारी र पर्सनल इन्जुरी क्षेत्रमा काम गरिरहेका युवा सोलिसिटर एसोसिएसनका सदस्य सोलिसिटर विपिन रेग्मीले पनि आ-आफ्नो संघर्ष र अनुभव सेयर गरे। बैठकमा सोलिसिटरहरु लुना राई र अमर गुरुङ, ओआइएससी रजिष्टर्ड अध्यागमन सल्लाहकार विष्णु बुढाथोकी, क्याम्ब्रीजबाट एलएलएम गरेकी र हाल इन्टरनेशनल आरबीट्रेसन, लगानी सम्बन्धी विवाद (इन्भेष्टमेन्ट डिस्प्यूट) तथा अन्तर्राष्ट्रिय मानवअधिकार क्षेत्रमा काम गरिरहेकी हसिना लामिछाने लगायतले पनि आफ्नो संघर्ष सुनाए। बैठकमा कानून व्यवसायमा काम गरिरहेका कोहिनुर श्रेष्ठ, अनुप ढकाल,तनुश्री थापा लगायत सहभागी थिए। (श्रोत-नेपाली लिड्कं)

PM to lead 87-member delegation to China

sitalpatinews.com, Kathmandu,Prime Minister KP Sharma Oli is set to embark on an official visit to China on December 2, accompanied by an 87-member delegation. The team includes 39 government officials and 48 representatives from the private sector. The delegation list was finalised during a cabinet meeting held Thursday evening, according to a ministerial source. Among the government officials accompanying the Prime Minister are his wife Radhika Shakya, Foreign Minister Arzu Rana Deuba, Chief Advisor Bishnu Prasad Rimal, and Economic Advisor Yubaraj Khatiwada. Opposition lawmakers Arjun Narasingh KC and Shyam Kumar Ghimire from the Nepali Congress, UML MPs Lilanath Shrestha and Bijula Rayamajhi, and Rekha Sharma from the Maoist Center are also part of the team. Additionally, MPs Birendra Prasad Mahato, Deepak Karki, Sarbendra Nath Shukla, and Ranjita Shrestha are included. Key officials such as Chief Secretary Eka Narayan Aryal, Finance Secretary Ram Prasad Ghimire, Acting Foreign Secretary Amrit Bahadur Rai, and CEO of the Investment Board Sushil Gyawali will also join the delegation. Padma Sundar Joshi, Vice-Chair of the Madan Bhandari Science and Technology University, is part of the team. Other notable members include the Prime Minister’s personal physician Prof. Dr. Divya Singh Shah, Principal Secretary Rajesh Bajracharya, and several officials from the Ministry of Foreign Affairs, including Krishna Prasad Dhakal, head of the Northeast Asia Division, and Chief of Protocol Bishnu Prasad Gautam. Personal aides to the Prime Minister and Foreign Minister, along with other secretarial staff and protocol officers, will also accompany the delegation. Foreign Minister Arzu Rana Deuba has already travelled to China to finalise preparations for the visit. She is expected to return to Nepal on Saturday before accompanying the Prime Minister to China again. Prime Minister Oli will engage in high-level meetings in Beijing on December 3 as part of his official visit. (Onlinekhabaer)

प्रधानमन्त्रीको भ्रमण तयारी गर्न परराष्ट्रमन्त्री डा राणा चीन प्रस्थान

शीतलपाटीन्युज डटकम। काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा बिहीबार चीन प्रस्थान गरेकी छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि उनी आज मध्याह्न त्यसतर्फ प्रस्थान गरेका हुन्।  डा राणा नेपालको परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक चीन भ्रमणमा गएकी हुन्।उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कायम मुकायम सचिव अमृतबहादुर राई र मन्त्रालयका अधिकारीहरूले बिदाइ गरेका थिए।   भ्रमणका क्रममा मन्त्री डा राणाले चिनियाँ विदेशमन्त्री यीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। सो भेटवार्ता शुक्रबार चीनको सिचुआन प्रान्तस्थित छेन्दु सहरमा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।   चीनको औपचारिक भ्रमणका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणको तयारीस्वरूप उनी आज चीन गएका हुन्। प्रधानमन्त्री ओली अर्को साता चीन भ्रमणमा जाँदै छन्। परराष्ट्रमन्त्री डा राणा यही मङ्सिर १५ गते स्वदेश फर्कने छिन्।

यसपाली को world Cup कसले जित्ला?