शीतलपाटीन्युज डटकम। लन्डन। गुल्मी जिल्ला समाज यूकेले गर्दै आएको वार्षिक च्यारिटी कार्यक्रम डिसेम्बरमा हुने भएको छ। ३१औं विश्व अपांगता दिवसको अवसरमा डिसेम्बर १ तारिख आइतबार मिडल्याण्ड लेस्टर स्थित मार्केट हार्बरोस्थित हार्बरो टाउन कम्युनिटी सेन्टरमा गरिने भएको हो। नेपालमा अपांगता भएका व्यक्तिहरूलाई सहयोग गर्नका लागि यो कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम तयारीका सम्बन्धमा समाजका अध्यक्ष रुद्र थापा एबम कार्यक्रम संयोजक उपाध्यक्ष मुकुन्द खरेल तथा महासचिव महालाल घिमिरेले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको बताउनु भएको छ। यस पुनीत कार्यमा सहभागिता जनाउन सबैलाई गुल्मी जिल्ला समाज युकेले निमन्त्रणा गरेको छ। त्यस अवसरमा नेपालबाट आएका गुल्मेली कलाकार दीपक घर्ती मगर,रेजिना परियार र रुबिना अधिकारीले आफ्नो सांगीतिक प्रस्तुति दिने तथा प्रथम गुल्मेली नौमती बाजा र डिजेको प्रस्तुतिका रहने छ। स्थानीय कलाकारले पनि नृत्य देखाउने छन् भने फरक क्षमता भएका अतिथिहरु पनि कार्यक्रममा सहभागी हुनेछन्। कार्यक्रमको लागि खाना व्यवस्थापन संयोजनको जिम्मा च्यारिटी कार्यक्रमका सहसंयोजक एबम कार्यसमिति सदस्य सुरेश केसीले गर्ने भएका छन्। कार्यक्रम दिउसो १ बजेबाट सुरु गर्ने र साँझ ८ बजेसम्म सञ्चालन हुने र प्रवेश शुल्क £२५ तोकिएको छ। नेपालका अपांगता भएका व्यक्तिहरूलाई आर्थिक सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम सामाजिक सहयोगको अद्वितीय अवसर हुने छ। समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा काउछा बाट २००७ सालमा स्थापना भएको समाजले धेरै परोपकारी काम गर्दै आएको छ। (साभार- लण्डन नेपाल न्युज।)
GNNNEWS- लन्डन । गएको आठ दिनदेखि बेलायतमा हराइरहेका नेपाली विद्यार्थी सचिन भट्टराई सकुशल भेटिएका छन्। बिस्टलमा उनी संगै बस्ने साथी स्पन्दन वाग्लेले आइतबार बेलुका सचिन आफ्नो डेरामा फर्किएको जानकारी दिए। यस अघि उनले ब्रिस्टल प्रहरीमा गएर बयान दिएका थिए। उनी कसरी हराए र कसरी भेटिए भन्ने बारे प्रहरीले केही बताएको छैन। उच्च शिक्षाका लागि करिब दुई महिनाअघिमात्र बेलायत आएका सचिन भट्टराईको खोजीमा सहयोग गरिदिन उनको परिवारले आग्रह गरेको थियो। युनिभर्सिटी अफ वेष्ट इंग्ल्यान्डमा एमबीए अध्ययनरत मोरङ सुन्दरहरैचा–७ गोठगाउँ घर भएका २४ वर्षीय भट्टराई गत १६ नोभेम्वर शनिबार बेलुकीदेखि सम्पर्कविहीन थिए। सचिनले स्थानीय डोमिनोज पिज्जामा काम गर्दै आएका थिए। १६ नोभेम्बर राती डेरामा नफर्केपछि उनी संगै बस्ने साथी स्पन्दन वाग्लेले आइतबार उनको परिवार र सोमबार प्रहरीलाई खबर गरेका थिए। गत सेप्टेम्बर २१ मा मात्रै लन्डन आएका सचिन दुई महिना हुन नपाउँदै बेपत्ता हुँदा परिवार चिन्तित थियो।सचिनका पिता शशीकान्त भट्टराईले आफ्नो छोराको खोजी गर्न सहयोग गर्ने र चासो देखाउने ब्रिटिश प्रहरी, नेपाली दूतावास लगायत बेलायतस्थित नेपाली समुदायलाई हार्दिक धन्यवाद दिएका छन्। लन्डनस्थित नेपाली दूतावास, एनआरएनए युके लगायतले उनको खोजीका लागि ब्रिस्टल प्रहरीसंग समन्वय गर्नुका साथै नेपाली समुदायलाई आग्रह गरेका थिए।
जीएनएनन्युज डटकम। लन्डन । अध्ययनका लागि बेलायत आएका एक नेपाली विद्यार्थी, सचिन भट्टराई, को खोजबिनमा सहयोग गरि दिन उनको परिवारले आग्रह गरेको छ।युनिभर्सिटी अफ वेष्ट इंग्ल्यान्डमा एमबीए अध्ययनरत मोरङ सुन्दरहरैचा-७ गोठगाउँ घर भएका २४ वर्षीय सचिन भट्टराई गएको एक साता देखि सम्पर्कविहीन छन् । गत शनिबार नोभेम्बर १६ तारिख साँझ करिब सवा ८ बजेतिर काम सकेर निस्किएका उनी त्यसयता सम्पर्कमा नआएको उनको परिवारले जनाएको छ। सो राती डेरामा नफर्के पछि उनी संगै बस्ने साथी, स्पन्दन वाग्ले, ले आइतबार उनको परिवारलाई र सोमबार प्रहरीलाई खबर गरेका थिए। गत सेप्टेम्बर २१ मा मात्रै लन्डन आएका सचिन दुई महिना हुन नपाउँदै बेपत्ता हुँदा परिवार चिन्तित छ। उनको खोजीको पहलस्वरुप बेलायत प्रहरीमा पनि रिपोर्ट गरिसकिएको छ। यूके ब्रिस्टोलको मार्स्टन रोड बस्ने सचिनले स्थानीय डोमिनोज पिज्जामा काम गर्दै आएका थिए। उनलाई पित्तथैलीमा पत्थरीको समस्या रहेको तर अन्य कुनै स्वास्थ्य समस्याहरुबारे जानकारी नभएको उनीनिकट स्रोतले जनायो। सचिनको परिवारले उनको खोजीमा सहयोग गरिदिन बेलायतस्थित नेपाली समुदायलाई आग्रह गरेको छ। "उच्च शिक्षा हासिल गर्ने उद्देश्य लिएर दुइ महिना पहिले मात्रै बेलायत पुगेको छोरा बेपत्ता भएको समाचार सुन्दा हामी छाँगा बाट खसे जस्तो भएका छौं। हाम्रो छोराको वस्तु स्थिति पत्ता लगाई दिन हामी ब्रिटिश प्रहरी, लन्डन स्थित नेपाली दूतावास तथा बेलायत स्थित नेपाली समुदाय एवं संघ संस्थाहरुलाई हार्दिक आग्रह गर्द छौं," सचिनका पिता शशिकान्त भट्टराईले भने। लन्डनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत बिपिन दवाडीले पनि भट्टराईको वस्तुस्थिति पत्ता लगाउन दूतावासले सक्दो प्रयास गरिरहेको बताए। "बेलायतमा पढ्न आएको विद्यार्थी बेपत्ता हुनु हामी सबैको लागि अत्यन्तै दुखको कुरा हो। हामी ब्रिस्टल प्रहरीसंग सम्पर्कमा छौं र सचिन भट्टराईको बारेमा कुनै पनि जानकारी भए प्रहरी वा दूतावासलाई जानकारी गराई दिनु हुन आग्रह गर्दछौं। " ब्रिस्टल प्रहरीले खोजी कार्य जारी राखेको बताइएको छ। सचिनबारे कुनै जानकारी भए वा उनलाई भेटे बेलायती प्रहरी वा उनकै कोठामा बस्ने साथीको मोबाइल नम्बर 07570734432 मा खबर गर्न आग्रह गरिएको छ । नेपाल सम्पर्क: +977 9816317102 / +977 9842283286
शीतलपाटीन्युज डटकम। अल्डरसट,लण्डन।म्युजिक तथा ड्रामा एकेडेमी नेपालका भाईस चान्सलर शंभु राई लण्डनमा सम्मानित हुनु भएको छ। भीसी राईलाई पारिवारीक भेटमा बेलायत रहेका बखत साहारा युकेले एक कार्यक्रमको आयोजना गरी डिलन्ज बार एण्ड रेष्टुरेन्टमा सम्मान गरेको हो। साहारा युकेका अध्यक्ष कृष्ण गुरुड्गले फुल गुच्छा र फेटा लगाएर भीसी राईलाई सम्मान गर्नु भयको थियो। सो सम्मानका अवसरमा साहारा युकेका उपाध्यक्ष शारदा गुरुड्ग, निवर्तमान अध्यक्ष कुसाड्ग गुरुड्ग, पुर्व अध्यक्षहरु मीन गुरुड्ग र कुमार गुरुड्ग,साहारा युकेका सल्लाहाकारहरु,एनआरएन युकेका पुर्व अध्यक्ष सुर्य गुरुड्ग, बगर भाईखलकका अध्यक्ष डिलराज गुरुड्ग,तमुधि युकेका पुर्व अध्यक्ष रामचन्द्र गुरुड्ग र भीसी राईको परिवारहरुको भब्य उपस्थिती थियो। सामाजीक अभियन्ता एवम साहारा युकेका आजीवन सदस्य गोविन्द गुरुड्गले ब्यवस्थापन गरेको सो कार्यक्रममा साहारा युकेका उपाध्यक्ष शारादा गुरुड्गले स्वागत मन्तब्य राख्नु भएको थियो। भीसी राईले कार्यक्रममा संबोधन गर्दै सम्मान कार्यक्रमका आयोजक साहारा युकेलाई धन्यबाद दिदै बेलायत रहेका आफ्ना परिवारले यो सम्मान कार्यक्रमको सहजीकरण गरेकोमा धन्यबाद दिनु भएको थियो। नेपाली गायक,गीत लेखक,म्युजीसीयन र म्युजिक उत्पादकको नामले प्रख्यात भीसी राई धनकुटे हुनुहुन्छ। कार्यक्रममा आफ्नो बिगत इतिहास बताउदै सो कार्यक्रमलाई शंभु राई एकल साझको नाम दिदै कार्यक्रम गरीएको थियो। गायक भिसी राईले “चिट्ठी तिमीलाई लेखु भन्छु,यो मन भन्छ कहाँ जाऊ,चलेछ बतास सुस्तरी,आलु दम चाना आदी गीत गायर कार्यक्रमलाई मनोरन्जन समेत दिनु भएको र शीतलपाटीन्युजका प्रधान सम्पादक बाचस्पति रेग्मी उपस्थित रहेको सो कार्यक्रम भब्य भएको थियो।
शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतमा बसोबास गरेका नेपाली मूलका एक सफल व्यवसायी अध्यक्ष दिपेन्द्र गुरुङको संयोजनमा चौधौं एसियन करी अवार्ड समारोह सम्पन्न भएको छ।सो अवार्ड सेरिमनि कार्यक्रममा बेलायतकी व्यापार तथा व्यवसायमन्त्री सारा जोन्स सहभागी भएकी छन् । बेलायतमा एक लाखभन्दा बढीलाई रोजगारी दिने तथा बेलायतको अर्थतन्त्रमा आठ बिलियत पाउण्डभन्दा बढीको योगदान गरेको यस करी उद्योगको समारोह सम्पन्न भएके छ। सो करि अवार्ड समारोहमा एक हजार दुई सयको सहभागिता रहेको थियो। यस अवार्ड कार्यक्रममा सारा जोन्स प्रमुख अतिथि र दिपेन्द्र गुरुङ मानार्थ अथितिको रुपमा सहभागी थिए। शनिवार आयोजित यो कार्यक्रम लण्डनको केन्द्रस्थित मेफेयर जिल्लाको ग्रोसभेनर हाउसमा आयोजना गरिएको थियो। व्यवसायी गुरुङको तर्फबाट मिस लण्डन २०२४ मिले म्यागीले एसियन करी अवार्डका विजेताहरुलाई पुरस्कार वितरण गरेकी थिइन्। सो अवसरमा उनले आफ्नो मिस वर्ल्ड विथ पर्पज क्याम्पेन ‘गोफरविस्पर’को बारेमा सहभागीहरुलाई बताएकी थिइन्। बेलायती राजकुमार विलियम र बेलायतको नयाँ वायुसेवा कम्पनी हिमालय जेटद्धारा प्रवर्द्धित यो अभियान विद्यालयहरुमा सीपीआर तालिम अनिवार्य गर्न गरिएको हो। म्यागीले सम्बोधनका क्रममा मोन्टे कार्लो, मकाउ,लस भेगासबीचको सिधा लामो उडान सेवा दिन लागेको जानकारी दिँदै छोटो दूरीको उडानमा लण्डन,पेरिस,रोम, मिलान,सेन्ट,मार्टिज,जुरिचदेखि कान्ससम्म उच्च लक्जरी होटलहरुसँग सम्वन्ध जोड्दै उडान गर्न लागेको कुरा पनि बताइन्। उनले लण्डनबाट हिमाली देश नेपालमा हिमालय जेटले उडान गर्ने र युरोप एवम अष्ट्रेलियाका छनोट भएका शहरलाई वार्मअपका रुपमा लिने पनि बताइन्। नेपालमा पहिलो उडान गरेर हिमालय जेटमार्फत अन्तर्राष्ट्रिय उडानको तयारी गरेका व्यवासायी गुरुङले १८ ठूला जहाजहरु मार्फत सेवा सञ्चालनको तयारी गरेका छन्। (साभार- कर्पोरेटनेपाल डटकम।
शीतलपाटीन्युज डटकम। काठमाडौं। नेपाल प्रहरीको नयाँ ऐनको मस्यौदामा लोक सेवा आयोगले सहमति दिएको छ। यससँगै बिधेयक संसदमा लैजान सरकारलाई बाटो खुलेको छ ।गत बिहीबार रायसहितको मस्यौदा आयोगले गृहमा पठाएको हो। गृहले यही साता बिधेयकको मस्यौदालाई मन्त्रिपरिषद् पठाउने तयारी गरेको छ । यसअघि अर्थ र कानुन मन्त्रालयले मस्यौदामा सहमति दिइसकेको छ। गृहमन्त्री रमेश लेखकले ऐनलाई प्राथमिकतामा राखेर संसदको हिउँदे अधिवेशनबाट पारित गराउने बताउँदै आएका छन्। नयाँ ऐनमा ३० वर्षे सेवाहद हटाउनेदेखि भर्ना, बढुवा तथा अवकाशसम्बन्धि प्रावधानहरु व्यापक हेरफेर गर्न लागिएको छ। हिउँदे अधिवेशनमै बिधेयक पास भएमा हालका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको पदावधि पनि थप हुने छ। कुँवरको जागिर अब चार महिना मात्र बाँकी छ।ऐनको मस्यौदामा पहिलो वर्ष ३० वर्षमा ६ महिना र दोस्रो वर्ष एक वर्ष थप गर्ने उल्लेख छ। त्यस्तै, बिधेयकमा तल्लो तहका प्रहरीको चासो रहेको १६ वर्षमा पेन्सनको व्यवस्था पनि समाबेश छ। (जनप्रहारबाट साभार।
शीतलपाटीन्युज डटकम। काठमाडौं। डिजिटल सवारी चालक अनुमती पत्रको नियमनको लागि ट्राफिक प्रहरीलाई ४ सय ८ थान स्मार्ट फोन हस्तान्तरण गरिएको छ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयको आयोजनामा होटल गुडविल कनिबहाल ललितपुरमा शुक्रबार आयोजित कार्यक्रम बीच बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई उक्त स्मार्ट फोन हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले हस्तान्तरण गरिएका स्मार्ट फोनबाट प्रभावकारी यातायात व्यवस्थापनमा सहयोग पुग्ने बताउनुभयो । नागरिकको गुनासोलाई सम्बोधन गरी आगामी दिनमा ट्राफिक प्रहरीको काम कारवाहीलाई थप प्रभावकारी बनाउँदै लैजान आवश्यक समन्वय गर्दै जाने उहाँले बताउनुभयो । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री प्रेम भक्त महर्जनले समापन मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा बागमती प्रदेश सभा सदस्य मधु सुदन पौडेल, बागमती प्रदेश सभा सदस्य एवम् पूर्व मन्त्री रामेश्वर श्रेष्ठ र यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेल समेतले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौलाले स्वागत मन्तव्य तथा मन्त्रालयका भावी योजना बारे जानकारी दिनुभएको थियो। सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सीमित स्रोत साधनको अधिकतम सदुपयोग गर्दै प्रभावकारी ट्राफिक व्यवस्थापन गर्दै आइरहेको नेपाल प्रहरीलाई आज हस्तान्तरण भएका स्रोत साधनहरू अत्यन्तै उपयोगी सिद्ध हुने विश्वास लिएको बताउनुभयो । प्रहरीको एकल प्रयासले मात्र ट्राफिक व्यवस्थापन सम्भव नहुने भएकोले सरोकारवाला निकायको सहयोग र समन्वयले ट्राफिक व्यवस्थापनलाई समयानुकूल आधुनिक र प्रविधिमैत्री बनाउँदै पारदर्शी, परिष्कृत र परिमार्जित सेवा प्रवाह गर्न सहजीकरण हुने उहाँले उल्लेख गर्नुभयो । समग्रमा ट्राफिक प्रहरी कर्मचारीहरूको समेत क्षमता विकास तथा सेवा प्रवाहको प्रभावकारितामा वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिएको उहाँले बताउनुभयो । कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य एवम् पूर्व मन्त्रीहरू, बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका पदाधिकारीहरू, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो। श्रोत-नेपाल प्रहरी फेसबुकवाल।
आर के त्रिपाठी लेख्छन्- यो बर्षको Transparency International र Amnesty International ले जारी गरेको Report को एक एक बाक्य नियाल्दा म धेरै चिन्तित छु। Transparency International र Amnesty International ले जारी गरेको Report हेर्दा मानविय संसाधन विकाश र मानब अधिकार रक्षा शिर्षकमा नेपाल विश्वको १० खराब मानब अधिकार हनन गर्ने र कानुनी राज्य पालन नगर्नेमा परेको देखियो।यसमा आजै देखि ध्यान जान जरूरी देख्छु।हामी सबै नेपाली मिलेर नेपाललाई विश्वले हेर्ने नजरमा राम्रो बनाउनु परेको छ। म बेलायतमा विगत २२ बर्ष देखि बसोवास गरि लामो समय मानब अधिकार,मानब संसाधन विकाश र राज्य कानुनको अगाडी सबै नागरिकलाई बरावरी न्याय भन्ने सिद्धान्त बुझेकोले होला,नागरिकको प्रत्येक Issue कोट्याएर हेर्न,अध्ययन गर्न र खराब Issue लाई राम्रो बनाउन हरेक दिन बिबिध विषयमा ध्यानाकर्षण गराउने गरेको छु।म बेलायतमा विगत २२ बर्ष देखि Senior Civil Engineer पदमा कार्यरत रहे पनि मेरो चाख,सोच,अध्ययन,रुची,अन्य विविध विषयमा पनि छन्।म संसारमा जहाँ रहे पनि सचेत नागरिक वा मानिस हूं।मलाई मानब अधिकार,लोकतन्त्र रक्षा गर्नु छ।नेपालको शान, मान,इज्जत,गौरब अन्तराष्ट्रिय आँखामा पनि उकास्नु छ।यो मेरो जीवन बाँच्नुको लक्ष छ। जन्मनु,दाल भात खानु,रोजगारी व्यवशाय गर्नु, धन कमाउनु,धन र पदको प्रभाव जमाउनु, देखाउनु र म संग धन र पद छ,त्यसैले मलाई सबैले पूजा गर भन्ने सोच राख्दिन।त्यो मेरो विषय पनि होइन।मेरो लागी धन,पद र Resourse देखाएर प्रभाव पार्न चाहने मानिस मुर्ख हुन्।कायर हुन।संसार नबुझेका,ज्ञान, विवेक नभएका अज्ञानी हुन्। म निती,विचार,सिद्धान्त,रिपोर्ट नियाल्ने,पढ्ने, ध्यानाकर्षण गराई कहिं न कहिं नेपाल वा संसारमा रहनु हुने मानिसको हक अधिकार र मानब अधिकार रक्षामा बोलिरहन चाहन्छु/ मेरो यो कार्यलाई धेरैले राम्रो मान्दैनन्।मलाई थाहा छ कि मैले यि हरेक विषयमा ध्यानाकर्षण लेखि रहँदा नेपालका धेरै नेता कार्यकर्ताले मलाई मन पराएका छैनन् तर स्वतन्त्र विबेक भएको मानिस हुनाले यि सबै विषय उठान गर्न ध्यानाकर्षण गर्न छोडेको छैन।छोड्दिन पनि। आज एक बिहानै लण्डनको Office मा Rail चढेर काम गर्न जाने बेला Amnesty International and Transparency International को विशेष बक्तव्य हेरें।यसमा नेपालको नाम पनि समावेश भएको पाएँ।गहिरिएर नियालें।बक्तव्य पढें।यसमा के भनिएको रहेछ भने विश्वको
sitalpatinews.com London, UK – Chef Binod Baral, a culinary luminary with over 25 years of experience in the curry industry, has been awarded the prestigious Lifetime Achievement Award at the 2024 Asian Curry Awards. Known for his pioneering approach to curry cuisine, Chef Baral’s journey has left an indelible mark on the global food scene, particularly in promoting curry as a celebrated and sophisticated cuisine. Chef Binod Baral, affectionately called the "Momo King" due to his signature dumplings, has an impressive list of accomplishments that made him a standout candidate for the award. He is not only a Gold Medalist in 2024 and Ambassador for the Taste of Global Gastronomy but also a passionate advocate for the art of curry cuisine and traditional Nepali dishes. His work spans creating menus for 81 airlines worldwide, including British Airways, Emirates, Etihad, Turkish Airlines, and Qatar Airways, where his flavorful, innovative curry dishes transformed in-flight dining. Chef Baral’s influence reaches far beyond airline catering. As the Head of Department (Asian Cuisine) at Do & Co International, he played a critical role in introducing refined Asian flavors into global hospitality. His work also extended to high-profile events like FIFA 2022 Qatar, Formula 1, Champions League Finals, and the Euro Cup, solidifying his reputation among the elite circles of gastronomy. A Commitment to Passing the Torch After receiving the award, Chef Baral addressed the audience with heartfelt words, dedicating his achievement to curry chefs worldwide. “This honor is for all curry chefs around the world. I am just a representative of their incredible work, dedication, and skill. Curry is not just a dish but a bridge of cultures, a journey through history, and a celebration of heritage,” he said. Chef Baral also expressed his commitment to fostering the next generation of culinary professionals. “Let us encourage, teach, train, and mentor young
शीतलपाटीन्युज डटकम। काठमाण्डौ।पूर्वसभाामुख दमननाथ ढुंगानाको निधन भएको छ। फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो २ बजे ढुंगानाको निधन भएको पारिवारीक स्रोतले जनाएको छ । ढुंगाना एक महिनादेखि बिरामी भएर उपचाररत थिए। उनले २०४८ को आमनिर्वाचन काठमाडौं क्षेत्र नम्बर २ बाट जितेका थिए। त्यसपछि उनी सभामुख भएका थिए। उनी वरिष्ठ अधिवक्तासमेत हुन्। (साभार हेल्थबाणी)
शीतलपाटीन्युज डटकम। काठमाण्डौ। उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा उपच्यका ट्राफिक कार्यालयको निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको समाचार छ । ट्राफिक कार्यालयको निरीक्षण गर्नु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा मातहत ट्राफिक प्रहरी परिसर, बृत र प्रभाग प्रमुखहरुलाई तालुक कार्यालयबाट भएको निति निर्देशन अक्षरस पालना गर्नु पर्ने निर्देशन दिनु भयो।ट्राफिक प्रहरीले गर्नुपर्ने काम कर्तव्य तथा समसामयिक बिषयबस्तु र आचरण व्यवहारको बारेमा पनि उहाले प्रष्ट पार्नु भएको थियो। सेवाग्राहीसंग गर्नु पर्ने बोली बचन व्यवहारमा उच्च व्यवसायिकता प्रदर्शन गरि नागरिक मैत्री सेवा प्रदान गर्नुका साथै सरोकारवाला निकायसंग समन्वय गरि उत्कृष्ट ट्राफिक व्यवस्थापन गर्न निर्देशन दिनु भएको थियो। (सुरक्षा सरोकार।)
शीतलपाटीन्युज डटकम। कार्डिफ,वेल्स यूके। नेपाली समाज वेल्स,यूकेले नेपाली पाठशाला समुदघाटन सहित संचालनमा ल्याएको छ। १६ नोभेम्बर २०२४, शनिवारका दिन वेल्सको राजधानी कार्डिफमा भब्य समारोहका साथ नेपाली पाठशाला शुरुवात गरिएको छ। विभिन्न परिबेशले आफ्नो मातृभूमि छोडी बिदेशिनु परे पनि आफ्नो कला, संस्कृति र भाषालाई जगेर्ना गर्दै पुस्तौ पुस्ता सम्म नेपाली संस्कृति पुस्तान्तरण गर्ने अभिप्रायका साथ संचालनमा ल्याईएको नेपाली पाठशालामा साना बाबु नानीलाई नेपाली बोल्न, लेख्न, नांच, गान एवं रहन सहन सम्बन्धि ज्ञ्यानहरु सिकाउने प्रमुख लक्ष्य रहेको छ। संस्थाकी सचिब श्रीमती शोभा राणा पोखरेलले उपस्थित सबैलाई सहभागिताको लागि धन्यवाद दिदै शुरु गर्नुभएको समुदघाटन कार्यक्रममा संस्थाकी अध्यक्ष श्रीमती लक्ष्मी केसीले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको समुदघाटन गर्नु भएको थियो। नेपाली पाठशाला कार्यक्रमका संयोजक सह-सचिब डा बिकाश रानाभाटले नेपाली पाठशाला किन भन्ने बारे जानकारी गराउंदै यसको महत्व बारे प्रकाश पार्नु भएको थियो। नेपाली पाठशाला कार्यक्रम संयोजन समितिका प्रतिनिधि डा.थानेस्वोर पाण्डेले सरस्वति पुजाका साथ सबैलाई स्वागत एवं उतरोत्तर प्रगतिको कामना गर्नुभयो। त्यस्तै गरि कार्यक्रम संयोजन समितिका अर्का प्रतिनिधि श्री राम दत्त मिश्रले साना बाबु नानीहरुको परिचय सहित कक्षा शुभारम्भ गर्नुभयो। पाठशाला संचालनका लागि पाठ्य सामग्रीहरु तयारी तथा ब्यबस्थापनमा संस्थाका पुर्ब सचिब डा अमर धोज मल्ल र उपाध्यक्ष श्री पदम पुन, कोषाध्यक्ष श्री सन्जिब मैनालीका साथ पाठशाला संयोजन समितिले बिशेष भूमिका रहेको छ। कार्यक्रममा उपाध्यक्ष पुनले कक्षामा सामेल बालबालिकाहरुलाई पाठ्य सामग्रीहरु निशुल्क हस्तान्तरण गर्नुभयो। संस्थाकी अध्यक्ष श्रीमती लक्ष्मी केसीले नेपाली पाठशाला समुदघाटन सम्म आईपुग्दा धेरै तयारी गर्नु परेको र यस तयारीमा सहयोग पुर्याउनु हुने सम्पूर्ण सहयोगीहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दै नेपाली पाठशाला सफलताका साथ सु सम्पन्न गर्न अझै धेरै खुट्किलाहरु पार गर्नुपर्ने भएकोले सम्पूर्ण सदस्य तथा शुभ चिन्तकहरुलाई आ-आफ्नो क्षमता अनुसार सर सहयोग गरिदिनु हुन् हार्दिक अनुरोध गर्नुभयो। समुदघाटन कार्यक्रममा संस्थाका सल्लाहकार तथा पुर्ब अध्यक्षहरु,कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, संस्थाका सदस्य तथा शुभ चिन्तकहरु सहित बिभिन्न उमेरका बालबालिका र उहाँहरुको अभिभावकहरुको भब्य सहभागिता रहेको कार्यक्रममा केक काटेर खुशियालीको साटासाटका साथ समुदघाटन कार्यक्रम समापन गरिएको थियो। कक्षाहरु प्रत्यक शनिवार बिहान ११ बजे देखि
आर के त्रिपाठी लेख्छन् - प्रचण्डले The Hindu मा ओलीले चिन भ्रमणमा China कार्ड खेल्न सक्छन् भन्नु कुटनैतिक मर्यादा विपरित र खेदजनक छl कहिले India Card त कहिले China Card भन्नुले नेपाल र नेपाली जनता अझै पनि सार्वभौम र स्वतन्त्र नभएको भनि ठान्नु हो। आफूले विदेशी हस्तक्षेप स्विकार गर्नु हो।आन्तरिक असन्तुष्टिलाई देखाएर छिमेकी सँगको सम्बन्ध बिगार्न हुँदैनlचीन र भारत दुवै मुलुकसँग हाम्रो सम्बन्ध राम्रो हुनुपर्छ।केही समस्या उत्पन्न भएका होलान तर संबन्ध सुधार गर्ने प्रयत्न गर्नु पर्दछ।तर त्यसैलाई लिएर मित्रता,सहयोग र सद्भाव खलबल्याउनु हुँदैन। देशको विदेश निती स्थिर र सन्तुलित हुनु पर्दछ।हामीले सत्ता स्वार्थ लाई हेरेर कहिले यसको नजिक र कहिले उसको नजिक हुने गरि व्यवहार र संधी,संझौता गर्नु हुँदैन।भारत,चिन अमेरिका र यूरोप युनियन भ्रमण अगाडी देशभित्र बृहत छलफल,तयारी गरि M0U गर्ने विषयमा भ्रमण पूर्व तयारी गर्नु पर्दछ। पूर्व-प्रधानमन्त्री प्रचण्डले The Hindu पत्रिकामा दिएको आन्तरवार्ता नियाल्दा ओलीले चिन भ्रमणमा China कार्ड खेल्न सक्छन् भन्नु कुटनैतिक मर्यादा विपरित र खेदजनक छ।आन्तरिक विवाद आफ्नो ठाउँमा छ तर छिमेकसँगको सम्बन्धलाई असर गर्ने गरी अभिव्यक्ति दिनु हुँदैन।प्रधानमन्त्रीको औपचारिक भ्रमण जुनै देशबाट सुरु गरे पनि हुन्छ तर अन्य छिमेकी देश चिड्याउने गरि सन्धी,संझौता गर्नु हुँदैन। China ले BRI मा पुःन संसोधित MOU गर्न चाहेको बुझेको छु।यसमा नेपालले तयारी विना आम राजनैतिक,संसदिय समझधारी नगरी BRI मा Agreement गर्नु हुँदैन।दुवै छिमेकी मुलुक समान महत्त्वको भएकाले मित्रवत् सम्बन्ध विस्तार गर्नु पर्दछ।छिमेकी मध्ये एक संग नजिकको सम्बन्ध राख्दा आफूलाई राम्रो मान्छन् वा आफूलाई विश्वास गर्छन् वा आफ्नो सरकार जोगाई दिनेछन् भन्ने गलत भ्रमबाट नेताहरू मुक्त हुनुपर्दछ।नेपालको हितमा प्रयोग गर्न सक्नुपर्छ। भारतसँग ऐतिहासिक,सांस्कृतिक,भावनात्मक सम्बन्ध बढी गाढा छ।चीनबाट आर्थिक सम्भावना बढी छन्।दुबै मुलुकसंग पञ्चशिलको आधारमा सन्तुलित व्यवहार गर्न सक्नु पर्दछ।पूर्व प्रधानमन्त्री प्रचण्डले आन्तरिक रूपमा असहमति जे सुकै भए पनि त्यसरी बाहिर गएर कूटनीतिक मर्यादाविपरीत अभिव्यक्ति दिनु शोभनीय भएन। आन्तरिक प्रतिस्पर्धाको राजनीतिलाई विदेश सँगको सम्बन्धमा गाँसेर कुरा गर्नु हुँदैन।यस्ता अभिव्यक्तिले कूटनैतिक सम्बन्धमा फरक पार्छ।हाम्रा दुवै छिमेकी र अन्य मित्रराष्ट्रहरूले पनि हामीलाई हेर्ने दृष्टिकोणमा विश्वासको संकट पैदा गर्छ। सरकारले दुवै
शीतलपाटीन्युज डटकम। लण्डन। साझा नेपाली समाज युकेको च्यारिटीमा अॅाठ हजार पाउण्ड संकलन,पुरै बेलायतवासी अभियन्ता मेरा छिमेकी भएको अनुभव गरेको कुरा कार्यक्रम संयोजक रण बहादुर केसीले बताएका छन्। साझा नेपाली समाज युकेले खेलकुद तथा आकस्मिक सहयोग कल्याणकारी कोषका लागि मिडल्याण्डमा एक च्यारिटी सॉंझको आयोजना गरी करिव अॅाठ हज़ार पाउण्ड संकलन गरेको छ। मिडल्याण्डको लेस्टरमा यही नोभेम्वर ११ तारिखमा आयोजित उक्त भव्य कार्यक्रममा मिडल्याण्ड क्षेत्रका स्थानीय समाजिक संघसंस्थाका प्रतिनिधि एवं समाजिक अभियन्ताहरूको बाक्लो उपस्थिति रहेको थियो। साझा नेपाली समाजका अध्यक्ष दीपक सापकोटाको सभापतित्व एवं महासचिव शशांक शर्माले संचालन गरेको उक्त कार्यक्रममा सिर्जन्शील लेस्टर समाजका अध्यक्ष पुण्डरी अर्याले उपस्थित सबैलाई स्वागत गरेका थिए। साझा नेपाली समाज युकेको यस खेलकुद तथा आकस्मिक सहयोग कल्याणकारी कोष च्यारिटी कार्यक्रमका संयोजक साझा नेपाली समाजका पूर्व अध्यक्ष एवं वर्तमान ट्रस्टी रण बहादुर खाति क्षेत्रीले सबै सहयोगदाताहरूलाई हार्दिक धन्यवाद दिएका थिए। धन्यबाद मन्तब्यमा क्षेत्रीले बेलायत भरिबाट कार्यक्रमको लागी आर्थिक एवं नैतिक सहयोग प्राप्त गरेकोले बेलायत भरिका नेपाली अभियन्ताहरु आफ्नै दःख सुःखका छिमेकी जस्तो भएको भावपुर्ण र मनछुने धन्यबाद ज्ञापन गरे। कार्यक्रम संयोजक खातिले च्यारिटीलाई सफल बनाउन सहयोग गर्ने बेलायतका विभिन्न समाजिक अभियन्ताहरू र मिडल्याण्डबासी सम्पूर्ण नेपाली संघसंस्था एवं साझा नेपाली समाजलाई माया गर्ने समाजिक अभियन्ताहरूलाई हार्दिक आभार व्यक्त गरे। नेपाली राष्ट्रीय कलाकार गायककार रविन लामिछाने र रेजिना परियार एवं नृत्य कलाकार रूविना अधिकारीले कार्यक्रमलाई मनोरंजन प्रदान गरेका थिए । कार्यक्रममा सहयोगदाता एवं कलाकारहरूलाई सम्मान गरिएको थियो। साझा नेपाली समाज युकेको यस विशुद्ध खेलकुद तथा आकस्मिक सहयोग कल्याणकारी कोष च्यारिटीलाई आर्थिक सहयोग गर्ने सबै परोपकारी दाताहरूलाई प्रतिवध्दाता अनुसार सहयोग खातामा संकलन भएपछि साझा नेपाली समाजको तर्फबाट सम्मान स्वरूप कदरपत्र घर पठाईने जानकारी महासचिव शशांक शर्माले गराएका छन्।
आर के त्रिपाठी लेख्छन्- ट्रम्पले आज अलान मस्कलाई राष्ट्रिय र अन्तराष्ट्रिय खर्च कटौति गर्ने विभागको प्रमुख पदमा नियुक्त गरे।यो विभाग अमेरिकी सरकारको सबैभन्दा महत्व राख्ने विभागमा पर्छ। हो,अलान मस्क अमेरिकी चुनाबको बेला ट्रम्पको प्रमुख क्यामपेनर थिए। चुनाब खर्च ५०० मिलियन डलर दिए।अरु व्यापारी जम्मा गरे।विलियन डलर भन्दा बढि Trump लाई चुनाब खर्च जुटाई दिए।Trump को चुनाबि Campaign को लागी १० वटा जहाज ५ महिनाको लागी चार्टर गरिदिए।विश्व राजनिती हेर्दा जसले चुनाब जिताउन सहयोग गरे,जसले लामो समय देखि अमेरिकी राष्ट्रपतिमा पुःन Trump को विकल्प छैन भने, उनै अलान मस्कले प्रमुख पदमा नियुक्ति पाउनु स्वभाविक छ।जायजै छ।संसारभर यस्तै हुन्छ। तर शंका के गर्न सकिन्छ? भने अलन मस्कले संयुक्त राष्ट्र संघ,युक्रेन,इजरायल,NATO र अन्य विश्व विकाशको लागी दिईरहेको खर्च Deep Analysis नै काटी दिए भने यहाँनिर समस्या उत्पन्न हुन्छ।यसले विश्व राजनिती लाई ठूलै प्रभाब पार्नेछ। अब अलिकति अलान मस्क को कुरा गरौं। केहि महिना अगाडी बेलायतमा Far Rightist को आप्रवासि खेद,आप्रवासी लाई बस्न नदेउ भन्ने रंगभेदी आन्दोलन Far Rightist हरुले चलाए।केहि मानिस मरे।बेलायतको रोड र भवन जले।आप्रवाशीको पसल,सटर जलाईयो।त्यो बेला अलान मस्कले के भने भने बेलायतमा Far Rightist ले गरेको आप्रवाशी खेद भन्ने आन्दोलन ठिक छ।मेरो समर्थन छ भने।बेलायतको Road अझै जल्नु पर्दछ भने। अमेरिकमा पनि भविष्यमा त्यहि हुनेछ भने/ अलान मस्कको यो Statement को सर्वत्र विरोध भयो।भलै बेलायत सरकारले SMART ROLE लिएकोले Far Rightist हरुको आप्रवाशी खेद आन्दोलन तुहियो वा निस्तेज भयो।यो कार्य गरेकोमा बेलायतको प्रधानमन्त्री Kier Starmer लाई धन्यवाद दिन चाहन्छु । मलाई लाग्दछ,अलान मस्कको यो गतिविधी हेर्दा Trump को कार्यकाल सकिय पछि अलान मस्क Republican पार्टीबाट अमेरिकमा राष्ट्रपति उठ्नेछन्।Trump को यो नियुक्ति त्यसैको तयारी हो जस्तो लाग्छ। अब अलान मस्कले संयुक्त राष्ट्र संघ,NATO, लाई कि मैले भनेको मान् ,नत्र खर्च कटौति गरि दिनेछु भनि धन्क्याउने छन्।शक्ति आर्जन गर्दै लानेछन्।यो कार्यले उता अमेरिकाको Europe Union राज्य संग विस्तारै संबन्ध विग्रदै जानेछ।यस्तो अवस्थामा Russia को EU राज्यमा Encrochment,Advancement बढ्नेछ।यस अवस्थामा Russia Ukrane युद्ध Russia - Europe Union युद्धमा विस्तारै परिणत हुन
GNNNEWS- टोकियो। लन्डनस्थित कम्पनी नेपाल फुड्सले आफ्ना उत्पादनहरु अब जापानमा समेत उपलब्ध गराउन शुरु गरेको छ। नेपाली उत्पादनहरु वाइवाइ चाउचाउ,नेपाली बियर, जुस,निम्की,अचार,कफी,चिया,दालमोठ लगायत दर्जनौं नेपाली सामान जापानको बजारमा उपलब्ध हुन थालेको हो। सोमबार जापानको राजधानी टोकियोमा आयोजित एक समारोहबीच जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले ति उत्पादनहरु सार्वजनिक गरे। मन्तव्यका क्रममा राजदूत सुवेदीले आफू बेलायतमै राजदूत हुंदा नेपाल फुड्सका उत्पादनहरु विशिष्ट पाहुनाहरुलाई उपहार दिने गरेको स्मरण गर्दै अब जापानमा समेत नेपाली मौलिक उत्पादनले बजार पाओस् भन्ने शुभकामना दिए। राजदूत डा. सुवेदीले नेपाली उत्पादन जापानको बजारमा निर्यात गर्न सके नेपाल र नेपालीका लागि आर्थिक टेवा पुग्ने समेत बताए। पूर्ण ट्रेडिङ कम्पनी जापानले नेपाल फुड्सका खाद्य तथा नेपाली बियरलाई जापानमा वितरण गर्नेछ। नेपाल फुडसका सिइओ विकास नेपालले जापानको बजार ब्यवस्थापन र आपूर्तिमा विशेष ध्यान दिंदै जापानी बजारमा नेपाली मौलिक उत्पादन उपलब्ध गराइने जनाए। पूर्ण ट्रेडिङ कम्पनीका सिइओ टिका श्रेष्ठले आफ्नो कम्पनीले जापानको कामतामा लामो समय अगाडिबाट नेपाली उत्पादन विक्री वितरण गर्दै आएको जनाउंदै अब नेपाली बियर र नेपाल फुड्सका उत्पादन थपिएको उल्लेख गरे। कार्यक्रममा एनआरएनए आइसीसी उपाध्यक्ष रोविन शेरचन, एनआरएनए जापानका अध्यक्ष नवीन निउरे, नेपाली व्यवसायी संघ जापानका अध्यक्ष बिजेश थकाली,नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष हवल चन्द्र लामा,नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष शान्त पहरी लगायत जापानमा रहेका नेपाली व्यवसायी एवं अभियन्ताहरुको उपस्थिति थियो।
नेपाल प्रहरी, काठमाण्डौ। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवाबाट हालै सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय राम दत्त जोशी र किरण राणा तथा प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलालाई मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच बिदाइ गर्नुभएको छ। बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले संगठनले सुम्पिएका हरेक जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी सेवानिवृत्त हुनु भएका वरिष्ठ प्रहरी अधिकृतहरूको व्यवसायिकता,संगठन प्रतिको निष्ठा,बहुआयामिक प्रतिभा,लगनशीलता,नैतिकता र इमानदारिताको उच्च प्रशंसा गर्नुभयो। संगठनले सुम्पिएका हरेक पदीय दायित्व सफलतापूर्वक निर्वाह गरी हासिल गरेको अनुभव तथा विज्ञता संगठनको हितका लागि सदैव आवश्यक हुने भएकोले आगामी दिनमा समेत सेवानिवृत्त अधिकृतहरूको उपलब्धीमूलक सत्प्रयासको अपेक्षा रहेको उहाँले उल्लेख गर्नुभयो। सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय राम दत्त जोशी र किरण राणा तथा प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलालाई मायाको चिनो प्रदान गर्नुभयो। कार्यक्रममा सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय राम दत्त जोशी र किरण राणा तथा प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले आफ्नो सेवा अवधिमा गरेका विभिन्न कार्यहरू स्मरण गर्दै अनुभव सहितको आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । सेवा अवधिभर संगठनले सुम्पिएको जिम्मेवारीमा केन्द्रीत भई काम गरेको उल्लेख गर्दै आगामी दिनमा समेत संगठनलाई रचनात्मक सहयोग गर्न आफूहरू तयार रहेको बताउनुभयो। विसं २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएका प्रहरी अतिरिक्त महानिरीक्षक राम दत्त जोशी कात्तिक १७ गते तथा प्रहरी अतिरिक्त महानिरीक्षक किरण राणा कात्तिक १५ गते र विसं २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएका प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला कात्तिक १० गते सेवानिवृत्त हुनु भएको हो। कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।
शीतलपाटीन्युज डटकम। लण्डन। गत ८ नोभेम्बर २०२४ शुक्रबार सांझ चर्चित नेपाली मोडल तथा डान्सर अस्मिता रानाको बिदाइ कार्यक्रम ठमेल दोहोरी साँझ, अल्डरसट युकेको हलमा भएको थियो । रानाको बिदाइ तथा भेटघाट कार्यक्रममा सय जना बढीको बाक्लो उपस्थिति रहेको थियो। अस्मिता करिब पाँच महिना अगाडि सांस्कृतिक कार्यक्रमको सिलसिलामा युके अाई पुगेकी थिइन् । युके बसाई अवधिभर नेपालीहरु बिच उनले करिब ६ दर्जन बढी कार्यक्रमहरूमा आफ्नो प्रस्तुति दिई फर्किन लागेकी हुन् । भेटघाट तथा बिदाइ कार्यक्रममा राङभाङ समाज युकेको अध्यक्ष शारदा गुरुङले नेपाली भाषा संस्कृतिको महत्वबारे बोल्दै अस्मिताको कलाको प्रशंसा सहित धन्यवाद ज्ञापन गरेका थिए। त्यस्तै स्याङ्जा समाजको संरक्षक डेभिड गुरुङले पनि कार्यक्रममा बोल्दै शुभकामना सहित धन्यवाद ज्ञापन गरेका थिए। साथै कोल्मा बाहकोट समाज यूकेका अध्यक्ष चन्द्र बहादुर गुरूड्गका साथै साहारा यूकेका अध्यक्ष कृष्ण गुरूड्गले पनि शुभकामना दिनु भएको सो कार्यक्रममा स्याङ्जा समाजका संरक्षकहरु डेभिड गुरुङ्ग र रिटायर्ड मेजर कुमार गुरुड्गले कार्यक्रममा बोल्दै शुभकामना सहित धन्यवाद ज्ञापन गर्नु भएको थियो। कार्यक्रम व्यवस्थापन कोल्मा बहाकोट समाज युकेले गरेको थियो भने कार्यक्रम सञ्चालन सोही समाजको महासचिव मदन राना र मधुसूदन थापाले गरेको थिए। कार्यक्रममा गायिका भबी थापा र गायक मधुसूदन थापा र सन्तोष पुन आफ्नो गीत मार्फत मनोरञ्जन प्रस्तुत गरेका थिए भने अस्मिता रानाले पनि आफ्नो सुन्दर नृत्य प्रस्तुत गरि मनोरञ्जन दिएकी थिइन् । साँझ ७ बजेदेखि सुरु भई झन्डै पाँच घण्टासम्म चलेको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायत् एक सय बढी व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको अन्त्यमा अस्मिता राना भावुक हुंदै सम्पूर्ण युकेवासीले दिएको साथ, सहयोग, मांया र हौसलाको लागि साथै कार्यक्रम सफल पारिदिनु हुने सबैलाई धन्यबाद ज्ञापन गरेकी थिईन्। गैर आवासीय नेपालीहरूले कला संस्कृतिको विकास तथा विश्वव्यापीकरणमा पुर्याएको योगदानको चर्चा गर्दै आफुले सक्ने कला क्षत्रमा सहयोग गर्ने प्रतिबद्दता जनाएकी छिन्।
शीतलपाटीन्युज डटकम। काठमाडौं। गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे) पक्राउ परेका छन्। काठमाडौंको सानोभर्याङबाट मनाङेलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मंगलबार पक्राउ गरेको हो। ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाका अनुसार निजलाई आजै काठमाण्डौँ जिल्ला अदालतमा उपस्थित गराइनेछ। केही दिनअघि ज्यान मार्ने उद्योगको कसुरमा निजलाई सर्वोच्च अदालतले पाँच वर्ष जेल सजाय सुनाएको थियो।
शीतलपाटीन्युज डटकम। काठमाण्डौ। २५७औँ सिन्धुलीगढी विजयोत्सव समारोहमा सिन्धुलीगढी युद्धका एक नायक सिकारी सरदार वंशु (वंश) गुरुङको सम्मानमा प्रकाशित स्मारिका वंशु गुरुङ विमोचन भएको छ। वंशुको पुख्र्यौली थलो शुक्लागण्डकी नगरपालिका १२ ढोर जस्पुर तनहुँमा स्थापित सिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानले प्रकाशन गरेको स्मारिका कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेल र प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माले संयुक्त रूपमा विमोचन गरेका हुन्। कमलामाई नगरपालिकाले सिन्धुली गढी विजयोत्सवको अवसरमा कात्तिक २४ गते सिन्धुलीगढीमा आयोजित समारोहमा सो स्मारिका विमोचन गरिएको थियो। स्मारिका बिमोचन गर्दै नगर प्रमुख पोखरेलले सिन्धुलीगढीमा गोर्खाली सेनाले कम्पनी सरकारको सेनालाई पराजित नगरेको भए हामीले नेपाली भनेर गर्व गर्न पाउने अवस्था बन्थ्यो वा बन्दैनथ्यो केही भन्न नसकिने भन्दै सिन्धुलीगढीका सेना नायकहरूलाई राज्यले उचित सम्मान दिनुपर्ने बताए। उनले सिकारी सरदार वंशु गुरुङ स्मृति प्रतिष्ठानका अध्यक्ष क्या.लालजङ गुरुङसहित सदस्यहरु करिब एक दशकबाट सिन्धुलीगढी विजयोत्सव कार्यक्रममा सहभागिता जनाउँदै आएकोसमेत स्मरण गरे। सिकारी सरदार वंशु गुरुङ स्मृति प्रतिष्ठानका अध्यक्ष लालजङ गुरुङले प्रतिष्ठानलाई आयोजक कमलामाई नगरपालिकाबाट वर्सेनि कार्यक्रममा औपचारिक निम्तो आउने गरेकोमा गर्व व्यक्त गर्दै तनहुँको ढोर जस्पुरमा सिकारी सरदार वंशु गुरुङको शालिक स्थापना गरिएको जानकारी दिए। उनले प्रतिष्ठान दोस्रो स्मारिका प्रकाशन गर्न सफल भएको भन्दै अब आफूहरूको माग सिकारी सरदार वंशु गुरुङसहित सिन्धुलीगढी युद्धका सेना नायकहरूलाई राष्ट्रिय विभूति घोषणा रहेको बताए। साभार- गुरुड्ग न्युज।