Thursday January 16, 2025

विविध

राजनीति र ब्यापारः सम्बन्ध, सहकार्य तथा सम्भाबित असर

सुरज श्रेष्ठ,लण्डन। डेमक्रटिक मुलुक हुन्,कम्युनिस्ट व़ा राजतान्त्रिक बिश्व़भर नै राजनैतिक नेताहरु र ठूला ब्यापारी बर्गबीच नङ्ग र मासुको झै सम्बन्ध हुन्छ। यो सम्बन्ध हिजो पनि थियो,आज पनि छ र भोलिपनि रहिरहनेछ। सामान्यतः राजनैतिक नेताहरुमा पोजिसनल सामर्थ्य हुन्छ र राजनीति गर्न व़ा बिलासित जिवन बिताउन पैसाको आबश्यकता! ठूला ब्यापारीहरुसँग पैसाको सामर्थ्य हुन्छ र समाजमा आफ्नो ईन्फ्लुएन्स बढाउन तथा ब्यापार प्रबर्धन गर्न राजनैतिक पार्टी/नेत्रृत्व़सँग साठगाठ गर्ने उत्कठ चाहना। सकारात्मक रुपमा राजनैतिक नेताहरु र ठूला ब्यापारी बर्गबीचको सम्बन्ध हुनु कुनै पनि देशको लागि राम्रो हो। राजनैतिक नेताहरुले पब्लिक सेक्टर र पलिसी मेकिङगमा प्रतिनिधित्व़ गरेका हुन्छन् भने ब्यापारी बर्गले प्राईभेट सेक्टरको। कुनै पनि देशको सम्ब्रृद्दी र बिकासको लागि यी दुई सेक्टरबिचको सहकार्य अति जरुरी छ। खासगरी, देशमा रोजगारी सृजना गर्ने तथा ईकनमिक गतिबिधिलाई चलायमान गराउने प्राईभेट सेक्टरले नै हो। (कुनै पनि देशको अर्थतन्त्र भने साना र मझौला ब्यापारले धानिरहेको हुन्छ यद्यपि ठूला ब्यापारिक बर्गहरुतिर राज्य र जनध्यान गैरहेको हुन्छ) अनि देशमा सुसाशन ल्याउन, राज्य-संस्थाहरुलाई सबल र निस्पक्ष बनाउन, ईकनमिक तथा ईन्डस्ट्रिअल पलिसी निर्माण गर्न राजनैतिक नेता/पार्टीहरुले नै भूमिका खेल्ने हो। यसो भनिरहदा बेलायत र अमेरिका जस्तो बिकसित मुलुक हुन् व़ा नेपालजस्तो बिकासशील, यी दुई शक्तिहरु — पोजिसन र पैसा — बिचको सम्बन्ध त्यतिबेला घातक हुन्छ जतिबेला यो सम्बन्ध र सहकार्य निजि स्व़ार्थको लागि मात्र हुन्छ। अन्ततः त्यसले देशलाई नै घात गर्ने हो! देशमा भ्रस्टाचार र कुशासनको मुलजडो नै यहि सम्बन्ध र सहकार्य बनिदिन्छ। अमेरिकालाई नै हेरौं न; भर्खरैको अमेरिकी रास्ट्रपति निर्बाचनमा बिश्व़का सबैभन्दा धनी ब्यक्ति ईलन मोस्कले प्रेसिडन्ट-ईलेक्ट डोनल्ड ट्रम्पलाई यो चुनाब जित्न सहयोग पुर्याए! मस्कको यो सहयोग,मलाई लाग्छ, शकेबल पलिटिकल्ली मोटिभेटेड मात्र होईन। यस सन्दर्भमा, बेलायत अमेरिका तथा नेपाल जस्ता देशहरुका राजनैतिक नेता/पार्टी र ठूला ब्यापारी बर्गबीचको सम्बन्धन र सहकार्य अभ्यासमा केहि फरकपन भने छ। उदाहरणको लागि, बेलायतमा यससम्बन्धी भएको नियम र कानुन राजनैतिक नेता/पार्टी र ठूला ब्यापारीहरु दुबै पक्षले अबलम्बन गर्नैपर्छ। बेलायतका राजनैतिक नेताहरु र ठूला ब्यापारीहरुमा पनि नेपालमाझै मानवजन्यः नीजि लोभ र लालच भई नै हाल्छ, तर यि

बीसीसी युकेद्वारा लोपेन दावाको बिदाई

पुर्ण गुरुड्ग। लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले विगत ६ महिनादेखि गुम्बामा सेवा गर्दै आएका लोपेन दावालाई बिदाई गरेको छ। गत शुक्रबार बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङ,प्रमुख लामा खेन्पो सेनाङ्ग,आमा प्रमुख जगना गुरुङलगायत कार्यसमितिका पदाधिकारी,सदस्य,आमाहरु र सल्लाहकारहरुले खादा लगाई बिदाई गरिएको हो। काठमाण्डौं बौद्धस्थित शेछेन गुम्बामा आवद्ध लोपेन गत मे महिनादेखि बीसीसी युकेको अल्डरसटस्थित गुम्बामा  बौद्ध परम्परानुसार विभिन्न कर्मकाण्डहरु गर्ने,धार्मिक प्रवचन दिनुका साथै विभिन्न पूजापाठहरु गर्दै आएका थिए। भुटान घर भएका लोपेन दिल्ली हुदै भुटान फर्किन लागेका हुन्। बीसीसी युकेले गत २० अक्टोबरका दिन औपचारिक रुपमा बिदाई गरिएको भएता पनि उनी शुक्रबार स्वदेश फर्कन लागेका हुन्। सो अवसरमा गुम्बाका धर्म गुरुहरु लोपेन नोर्बु,लामा हर्कजंग घले,लामा प्रदीप गुरुङ,बीसीसी युकेका पूर्व अध्यक्ष नरेश गुरुङ,महासचिव मेजर हितमान गुरुङ,सचिव रिन्जी शेर्पा,संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ,सल्लाहकार जंग बहादुर गुरुङ,आमा उपाध्यक्ष शारदा गुरुङलगायतका आमाहरुले समेत खादा लगाई बिदाई गरेका थिए। त्यस्तै, उनलाई बीसीसी युकेका लामा हर्क जंग घले, पूर्व अध्यक्ष नरेश गुरुङ,आमा उपाध्यक्ष शारदा गुरुङ,आमा सदस्य मिना गुरुङले हिथ्रो एयरपोर्टसम्म संगसंगै गई बिदाई गरेका थिए।

ट्रम्पलाई बधाई र ट्रम्पको अमेरीकी नितिको थप प्रभाव -आर के त्रिपाठी

शीतलपाटीन्युज डटकम। काठमाडौँ। अमेरिकी राष्ट्रपति पदको चुनावमा ७८ वर्षीय डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि विजयी भएका छन। कुल ५३८ सिटमा ट्रम्पले २७७ र कमला ह्यारिसले २२४ सिट प्राप्त ग गरेको अमेरिकी सञ्चारमाध्यम एपी न्यूजले जनाएको छ। जित्नका लागि कम्तीमा २७० सिटमा विजय हुनुपर्ने थियो । ट्रम्पको जितसँगै अमेरिकामा राजनीतिक दिशामा परिवर्तन आउन सक्ने सङ्केत देखिएको छ। उहाँको विजयले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि विभिन्न प्रतिक्रिया उत्पन्न गराएको छ। विशेषगरी अमेरिका–चीन सम्बन्ध, जलवायु परिवर्तन नीतिहरू र नाटो जस्ता मुद्दाहरूमा गहिरो प्रभाव पर्ने अनुमान गरिएको छ। ट्रम्प २०१६ को नोभेम्बरमा राष्ट्रपतिमा निर्वाचित भएर २०२० सम्म चार वर्ष ह्वाइटहाउमा रहनुभएको थियो।उहाँ २०२० मा वर्तमान राष्ट्रपति जो वाइडेनसँग पराजित भएपछि २०२१ जनवरीमा ह्वाइट हाउसबाट बिदा हुनुभएको थियो। बहुप्रतिक्षित सातवटा स्वींग स्टेट अरिजोना (११), जर्जिया (१६), मिचिगन (१५), नेभाडा (६), पेन्सिलभेनिया (१९), विस्कन्सिन (१०) र नर्थ क्यारोलिना (१६) को अधिकांश मत र इलेक्टोरल कलेज पनि उहाँकै पक्षमा परेपछि ट्रम्पले विजय हात पार्नुभएको हो। आजको परिणामले तल्लो सदन र माथिल्लो सदन दुवैमा रिपब्लिकन पार्टीको बहुमत हुने पक्का भएको छ।अमेरिकी माथिल्लो सदन सिनेटमा बहुमतका लागि आवश्यक ५१ मध्ये ५१ स्थानमा रिपब्लिकन पार्टीले विजय प्राप्त गरिसकेको छ।तल्लो सदन हाउसमा पछिल्लो परिणाम अनुसार आवश्यक २१८ मध्ये रिपब्लिकन पार्टीले दुई सय दुई र डेमोक्रेटिक पार्टीले १७५ प्रतिनिधि प्राप्त गरेको छ। ट्रम्पको दोस्रो कार्यकालले ‘अमेरिका प्रथम’ नीति अघि बढाउँदै अमेरिका र अन्य राष्ट्रहरूबिचको सम्बन्धलाई पुनः परिभाषित गर्ने सम्भावना छ। व्यावसायिक पृष्ठभूमिका ट्रम्पले पहिलो कार्यकालमा आर्थिक सुधारका कदमहरू उठाउनुका साथै आप्रवासन, कर नीति र व्यापार सम्बन्धमा कडा अडान लिएको इतिहास रहेको छ । उहाँका समर्थकहरूले यो जितलाई अमेरिकाको ‘स्वतन्त्र’ तथा ‘सशक्त’ नीति पुनःस्थापनाको विजय मानेका छन् भने आलोचकहरूले यसलाई अन्तर्राष्ट्रिय सम्बन्धमा अस्थिरता निम्त्याउने चेतावनी दिएका छन्। ट्रम्पको विजयले आर्थिक मोर्चामा समेत नयाँ तरङ्ग ल्याउने अपेक्षा गरिएको छ। विशेष गरी अमेरिकी बजारमा सकारात्मक सङ्केत देखिएको छ भने अमेरिका–चीन व्यापार युद्धलाई पुनः सुरु गरिने डर पनि छ। ट्रम्पको दोस्रो कार्यकालमा जलवायु परिवर्तन लगायतका अन्तर्राष्ट्रिय मुद्दामा अमेरिकाको सहभागितामा कमी आउन सक्ने र यसले

रेडिङ्ग नेपाली समाजका पुर्व अध्यक्ष कृष्ण व्यौपाने ‘लाइफटायम एचिभमेन्ट कम्युनिटि अवार्डबाट सम्मानित

शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतको रेडिङ्गमा बिगत दुई दशक देखि सामाजिक कार्यमा सक्रिय सामाजिक ब्यक्तित्व कृष्ण न्यौपाने ‘लाइफटायम एचिभमेन्ट कम्युनिटि अवार्ड’बाट सम्मानित हुनुभएको छ। ३१ अक्टोवर २०२४ का दिन रेडिङ्गवरो काउन्सिलमा मेयर  Glenn Dennis बाट कृष्ण न्यौपाने ‘लाइफटायम एचिभमेन्ट कम्युनिटि अवार्ड’बाट सम्मानित हुनु भएको होl समुदायका जल्दाबल्दा मुद्दाहरु र स्थानीय बिकाससंग प्रत्यक्ष सरोकारराख्ने क्षेत्रमा महत्वपुर्ण र दरिलो योगदान पुर्याएका व्यक्तिले यस्तो अवार्ड प्राप्त गर्ने गर्छन l उक्त कम्युनिटी अवार्ड कार्यक्रमको संचालन तथा समन्वय रेडिङ्ग स्थित ‘एकता र जातीय समानताका लागि गठबन्धन’ भन्ने संस्थाले गरेको थियो । यस कार्यक्रममा बिबिध विधामा २० व्यक्तित्वहरुलाई कम्युनिटी अवार्डबाट सम्मानित गरिएको थियो। कृष्ण न्यौपाने रेडिङ्ग क्षेत्रमा एक परिचित नाम हो,उहाले ग्रेटर रिडिङ नेपाली समाजको अध्यक्षको नेतृत्व समेत गरि सक्नु भएको र हाल उहाँ सल्लाहकार हुनुहुन्छ। उहाँ सङ स्थानीय समुदायसंग रहेर धेरै लामो समय सम्म सामुदायिक अनुसन्धान कार्य,तालिम संचलान,स्वास्थ्य, खानपान,वातावरणमा काम गरेको अनुभव छ। स्थानीय समुदायका आवाज, जल्दाबल्दा मुद्दा स्थानीय सरकार,राष्ट्रिय स्वास्थ्य सेवा, अनुसन्धानमा कार्यरत निकायहरु समक्ष उजागर गर्ने गर्नुहुन्छ l यसअघि स्थानीय च्यारिटेवल संस्थाहरुमा रहेर ‘हेड अफ ट्रष्टि’,कार्यक्रम निर्देशकको भूमिका निभाइसक्नु भएको छ। विश्व पर्यावरणिय परिवर्तनबाट मानव र वातावरणमा पर्दै गएको प्रत्यक्ष नकारात्मक असर सच्याउने अभियान र कार्यमा मात्र केन्द्रित नभएर स्थानीय स्तरमा देखापरेको वातवरणिय असरलाई कसरी सदुपयोग गर्न सकिन्छ त्यसतर्फ खोजीकार्य हुनु पर्ने उहाँ बताउनु हुन्छl नयाँ प्रजातीका बोटबिरुवाहरु जस्तै: फूल,जडिबुटि,तरकारी सम्बन्धि अनुसन्धान र बिस्तार कसरी गर्न सकिन्छ यसतर्फ केहि कामगर्ने मन भएको समेत उहाले बताउनु भयो । यसैबिच हाल उहाँ रेडिङ्ग युनिभर्सिटिमा (आंसिक रुपमा ) सामुदायिक अनुसन्धानकर्ताको भूमिकामा रहेर काम गर्दै आउनु भएको छ। यसअघि एकिकृत अनुसन्धान तथा बिकास केन्द्र, युके सिआईसि संस्थाको स्थापना र कार्यक्रम बिस्तारमा उहाँको अग्रणी भूमिका रहेको थियो र यो संस्थाले ईसं २०१३ देखि वर्कशायरको रेडिङ्गमा बिभिन्न कार्यक्रम बिस्तार तथा फोहरमैला व्यवस्थापनमा कामगर्दै आएको छ। उहाँको स्थानीय समुदायसंग काम गर्दाको अनुभव समेत समेटिएको ‘मानव शरीर, खानपान र व्यायाम’ नामक एक पुस्तक प्रकाशित गर्नु भएको छ। (उज्यालो समाचार डटकम)

एनआरएनए उपाध्यक्ष डा.हेमराज शर्मासंग दुवईमा अन्तरक्रिया सम्पन्न

शीतलपाटीन्युज डटकम। लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्मा यूएईस्थित नेपाली समुदायका सदस्यहरूसंग दुवईमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सहभागी भएका छन्। संघको स्थापना दिवसको औपचारिक कार्यक्रम सम्पन्न गरी काठमाण्डौंबाट दुवई पुगेका डा. शर्माले गैरआवासीय नेपालीहरूको विविध समस्याहरूको समाधानमा संघले गर्ने भूमिकाबारे स्पष्ट पारे। मंगलवार यूएईको प्रमुख व्यावसायिक शहर दुवईमा आयोजित उक्त कार्यक्रममा एनआरएनए यूएईका अध्यक्ष विकास शाही तथा संघका सचिव मनोज श्रेष्ठले डा. शर्मालाई स्वागत गर्दै सम्मान प्रकट गरे। यो अवसरमा गैरआवासीय नेपालीहरूको मुद्धा र वर्तमान अवस्थामा संघको भूमिकाबारे महत्वपूर्ण छलफल गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै डा. हेम राज शर्माले एनआरएनएको स्थापनादेखि हालसम्म संघले गरेका विविध कार्यहरूको चर्चा गरे। उनले विदेशमा रहेका नेपालीहरूको आर्थिक, सामाजिक र सांस्कृतिक समस्याहरूको समाधानमा संघको सक्रियता अझै बढाउने प्रतिबद्धता जनाए। “एनआरएनए हाम्रो साझा संस्था हो, र यसले विदेशमा रहेका नेपालीहरूको हक, हित र अवसरलाई प्रवर्द्धन गर्न सधैं क्रियाशील छ,” डा. शर्माले भने। डा. शर्माले गैरआवासीय नेपालीहरूलाई आफ्नो योगदान र अनुभवको माध्यमबाट संघलाई सहयोग गर्न आह्वान गरे। उनले भविष्यमा यस्ता अन्तरक्रियाहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै, विदेशमा रहेका नेपालीहरूको एकता र योगदानले मातृभूमिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। उनले नेपाल र विदेशमा रहेका नेपाली समुदायलाई एक आपसमा जोड्न एनआरएनएले पुलको रूपमा कार्य गरेको उल्लेख गर्दै, यसलाई अझ सशक्त बनाउन सबैको सहभागिता र सहयोग आवश्यक रहेको बताए। कार्यक्रममा सहभागी भएका एनआरएनएका अन्य पदाधिकारी र सदस्यहरूले पनि आ–आफ्ना धारणा व्यक्त गरेका थिए। आइसीसी सदस्य पुस्कर सापकोटाले संघले दीर्घकालीन विकास योजनाहरू अघि सार्नुपर्ने आवश्यकता औंल्याए। एनआरएनए यूएईका अध्यक्ष विकास शाहीले गैरआवासीय नेपालीहरूको भलाइ र सशक्तिकरणका निम्ति एनआरएनए यूएईले अन्य शाखाहरू र मातृसंस्थासंग सहकार्य गरिरहने वाचा गरे। कार्यक्रममा एनआरएनए युएईका पूर्वअध्यक्ष ठाकुर प्रसाद ढुंगानाले स्वागत मन्तव्य दिदैं संघभित्र एकताको विकल्प नरहेको बताउँदै सके सम्म छिटो टुंग्गोमा पुराउनु पर्ने बताए । कार्यक्रममा बोल्ने बक्ताहरुले संस्थाभित्र सहमति, सह्कार्य, एकताको अवस्यकता रहेको औंल्याए। (नेपालब्रिटेन डटकमबाट)

काभ्रे सोसाइटी यूकेद्वारा बाढीपहिरोमा परेर मृत्यु भएका ७९ जनाको परिवारलाई सहयोग

शीतलपाटीन्युज डटकम। लन्डन–काभ्रे सोसाइटी यूकेले गत महिना आएको बाढीपहिरोबाट प्रभावित जिल्लावासीलाई सहयोग गरेको छ। बाढीपहिरोमा परी मृत्यु हुने जिल्लाका जम्मा ७९ जनाको परिवारलाई आर्थिक सहयोग गरिएको हो। बाढीपहिरोबाट गृहजिल्लामा ठूलो क्षति पुगेपछि अध्यक्ष नारायण फुयांल नेतृत्वको काभ्रे सोसाइटी यूके टीमले सहयोग अभियान सञ्चालन गरेको थियो। जसको संयोजन सल्लाहकार तस्विर लामाले गरेका थिए। काभ्रे सोसाइटी यूकेका कोषाध्यक्ष जीवन थापाले वाढीपहिरोमा परेर निधन भएका व्यक्तिका आफन्तलाई नगद रकम उपलब्ध गराएको बताए। प्रति व्यक्ति १२ हजार ७ सयका दरले निधन भएका ७९ जनाका आफन्तलाई रकम हस्तान्तरण गरिएको उनले बताए। उक्त कार्यका लागि उद्योग बाणिज्य संघ पनौतीका अध्यक्ष भोला थापा र महासचिव महेश पौडेलले समन्वय गरिरहेका छन्। सहयोग रकम पालिका,वडा तथा मृतक व्यक्तिका घरघर पुगेर समेत हस्तान्तरण गरिएको छ। सहयोग हस्तान्तरणको पहिलो दिन बेथानचोक र पनौती क्षेत्रका पीडितका आफन्तलाई उपलब्ध गराइएको छ भने बाँकी पीडितहरुलाई पालिका, वडा तथा पायक पर्ने विभिन्न स्थानबाट उपलब्ध गराइने कोषाध्यक्ष थापाले बताउनु भएको छ। पनौती उद्योग बाणिज्य संघका अध्यक्ष भोला थापाले काभ्रे सोसाइटी यूकेको सहयोगमा पनौती उद्योग बाणिज्य संघका तर्फबाट योगदान गर्न पाएकोमा खुशी व्यक्त गरका छन्। सहयोग हस्तान्तरणका क्रममा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष तारा राना तिमल्सिना,प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीसहित वडा अध्यक्षहरुको सहभागिता थियो। पनौती १० का वडा अध्यक्ष मोहन भण्डारी,१२ का अध्यक्ष जयराम केसी सहितको उपस्थितीमा पीडितहरुलाई राहत उपलब्ध गराइएको हो।

विद्युतीय कारोबार सम्बन्धी मुद्दामा जेनेस सलुशनलाई सफाई

GNNNEWS- काठमाडौँ। काठमाडौँ  जिल्ला अदालतले  बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि सम्बन्धी परामर्शदाता कम्पनी  जेनेस सलुशन विरुद्ध एक निजी कम्पनीले  दिएको जाहेरीको आधारमा दायर गरिएको अभियोगमा लगाइएको आरोपमा सफाई दिएको  छ।  न्यायाधीश  खिमानन्द भुसालको एकल इजलासले मंगलबार गरेको फैसला अनुसार  काठमाडौँस्थित  सुन्दर ग्रुप अफ कम्पनिजले जेनेस सलुशन विरुद्ध  दायर गरेको विद्युतीय  कारोबार सम्बन्धी मुद्दामा दावी नपुग्ने ठहर गरेको हो। अदालतको फैसलाको पूर्ण पाठ केही साता भित्र आउने अदालतका एक अधिकृतले बताए।  अदालतको उक्त फैसलाको जेनेस सलुशनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत  अञ्जनी फुयाँलले स्वागत गरे।  "यो फैसलाले हामी निर्दोष  रहेको प्रमाणित गरेको छ र  हामीलाई दुख दिने मनसायले मात्रै उक्त मुद्दा दायर गरिएको थियो  भन्ने हाम्रो भनाइको पुष्टि भएको छ," फुयाँलले भने। " जेनेस सलुशन नेपाल, बंगलादेश, फिनल्याण्ड, अमेरिका, स्पेन, नाइजेरिया लगायत संसारका दश ओटा मुलुकहरुमा आइटी क्षेत्रमा कार्यरत एक प्रतिष्ठित कम्पनी हो। आफ्ना ग्राहकहरुलाई  उच्चस्तरीय सेवा प्रदान गर्न र आफ्ना ग्राहकहरुको डेटा सुरक्षित राख्ने काममा यस कम्पनीले कहिल्यै कुनै पनि प्रकारको कमी कमजोरी रहन नदिने कुरा प्रति हामी प्रतिबद्ध छौं ।"   प्रविधि क्षेत्रमा महिला सहभागिता बढाउन जेनेस सलुशनले शिक्वल फाउन्डेशन तथा गर्ल्स-इन-टेक जस्ता कार्यक्रमहरुलाई बढावा दिंदै आएको छ। यसै गरी एडब्लुएस एकेडेमी, माइक्रोसफ्ट एकेडेमी तथा विश्वस्तरमै प्रविधि क्षेत्रका अन्य अग्रणी संस्थाहरुसंग सहकार्य गर्दै जेनेस सलुशनले नेपालका विभिन्न विश्वविद्यालयहरुका प्रविधि सम्बन्धी पाठ्यक्रम अद्यावधिक गर्न पनि सहयोग गरिरहेको छ।

गोर्खा मिडीया युकेले मनायो समाचार,सम्मान र आर्थिक पुरष्कार दिदै चौथो बार्षिक उत्सब

शीतलपाटीन्युज डटकम। लन्डन। गोर्खा मिडिया यूकेले संचालनको छोटो समयमै लोकप्रियता हासिल गर्दै बिभीन्न लोकप्रिय कार्यक्रम प्रस्तुत गर्दै चौथो वार्षिकोत्सव मनाएको छ। आइतबार २० अक्टोबर २०२४ का दिन अल्डरसटस्थित द प्यालेस रेस्टुरेन्टमा एउटा विशेष समारोहको आयोजना गरी गोर्खा मिडियाको चौथो वार्षिकोत्सव मनाएको हो।     नेपाल पत्रकार महासंघ बेलायतकी अध्यक्ष विमला सेने प्रमुख अतिथि रहेको सो कार्यक्रम गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुको सभापतित्वमा भएको थियो।  हेल्थ एण्ड सेफ्टी ब्रिफिड्ग गर्दै गोरखा मिडियाका सह सम्पादक प्रकास गुरुड्गले संचालन गरेको सो कार्यक्रममा प्रमुख अतिथि बिमला सेने,प्रबन्ध निर्देशक मीलन तमु गुरुड्गले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए। गुरुङले सञ्चालन गरेको कार्यक्रममा गोरखा मिडियाका सल्लाहकार तथा तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र सल्लाहाकार एकेन्द्र गुरुड्गले स्वागत मन्तव्य राख्नु भएको थियो।   उक्त अवसरमा विभिन्न क्षेत्रबाट समाजलाई योगदान पुर्‍याउने ६ जना समाजसेवी तथा प्रेरक व्यक्तित्वहरूलाई खादा,दोसल्ला,मायाको चिनो, नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो।  कर्मभूमि बेलायतमा रहेका तमु धीं यूकेका अध्यक्ष तथा समाजसेवी हरि गुरुङ,तमु समाज यूकेका निवर्तमान अध्यक्ष तथा समाजसेवी शिवकुमार गुरुङ,युवा व्यवसायी धन तामाङ र मिस यूके नेपाल २०१७ की उपाधि विजेता सिर्जना गुरुङलाई सम्मान गरिएको थियो। यस्तै नेपालमा रहेका दुई जना वरिष्ठ कलाकारलाई पनि गोर्खा मिडियाले नगदसहित पुरस्कार दिने घोषणा गरेको छ। लोकगायिका लमजुङकी मायादेवी थापा गुरुङ र कास्कीका अभिनेता गमबहादुर गुरुङ जनही १५ हजार रुपैयाँ प्रदान गरिने भएको हो। उनीहरु नेपालमा रहेकाले निकट समयमै अर्को कार्यक्रम मार्फत सम्मान प्रदान गरिने गोर्खा मिडियाका डारेक्टर गुरुड्ग जनाउनु भएको थियो।   कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष विमला सेनेले पत्रकारहरूले संवेदनशील भएर समाचार सम्प्रेषण गर्न परिरहेको अवस्थामा गोर्खा मिडियाले छोटो समयमा नै बेलायतमा देखि संसारभरका नेपालीमाझ छुट्टै पहिचान  बनाउन सफल भएको बताउनु भयको थियो।  गोर्खा मिडियाले गरेको प्रगति बेलायतवासी नेपाली समुदायको पनि प्रगति भएको सम्मानित व्यक्तित्व तथा तमु धीं यूकेका अध्यक्ष हरि गुरुङले बताउनु भयको थियो। गोर्खा मिडियाले अझै ठूलो सफलताका साथ सयौँ वार्षिकोत्सव मनाओस भन्दै उहाले कामना गर्नु भएको थियो। सम्मानित व्यक्तित्व तमु समाज यूकेका निवर्तमान अध्यक्ष शिवकुमार गुरुङले गोर्खा

बीसीसी युकेद्धारा मेयर हर्क साम्पाङको स्वागत तथा सम्मान

पुर्ण गुरुड्ग, लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले बेलायत भ्रमणमा रहेका धरान उपमहानगरपालिका मेयर हर्क राज साम्पाङ राईलाई स्वागत तथा सम्मान गरेको छ । आइतबार २० अक्टोबरका दिन बीसीसी युकेको अल्डरसटस्थित गुम्बामा बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङ तथा आमा प्रमुख जगना गुरुङलगायतले खादा लगाई स्वागत तथा सम्मान गरिएको हो ।  दुई बर्ष अघि सम्मान स्थानीय निर्वाचनमा नेपाली काँग्रेस, नेकपा एमालेलगायत दलका उमेद्वारहरुलाई पछि पार्दै स्वतन्त्र उमेद्वार हर्क साम्पाङ अत्याधिक बहुमतले मेयर पदमा विजयी भएका थिए । आफ्नो पदभार सम्हालेदेखिनै जनताका समस्यालाई प्राथमिकतामा राखी नगर विकासमा खरो उत्रन सफल मेयर साम्पाङलाई बीसीसी युकेले स्वागत तथा सम्मान गरेको हो। कार्यक्रममा बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङले बीसीसी युकेको स्थापना, यसले भक्तजनहरुलाई दिदै आएको विभिन्न सेवाको जानकारी गराउँदै मेयर साम्पाङलाई न्यानो स्वागत गरे । सो अवसरमा अध्यक्ष गुरुङले मेयर साम्पाङले संचालन गर्दै आएका विभिन्न प्रोजेक्टका लागि एक लाख रुपैया सहयोग प्रदान गरे । उक्त स्वागत कार्यक्रममा मेयर साम्पाङले दीप प्रज्ज्वलन गर्दै पवित्र ठाउँमा गर्न पाएको महत्वपूर्ण भेटघाट र पाएको समय तथा सम्मानका लागि बीसीसी युकेलाई धन्यवाद दिदैं बुद्धको शिक्षालाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए।  बीसीसीले गत ३ दिनदेखि संचालन गर्दै फोवा अभ्यासका भक्तजनहरुको समेत उपस्थिति रहेको सो कार्यक्रममा शेछेन गुम्बाका दोर्जीन लुङ्गरिक रिन्पोछे, बीसीसी गुम्बाका प्रमुख लामा खेन्पो शेनाङ्ग तामाङ्ग,  लोपेन दावा,लोपेन नोर्बु,लामा हर्कजंग, लामा प्रदीपलगायत धर्म गुरुहरुको उपस्थिति रहेको थियो। त्यस्तै, बीसीसी युकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा,पूर्व अध्यक्ष लेप्टन नारायण प्रसाद गुरुङ एमबीई, पूर्व अध्यक्ष नरेश गुरुङ,पूर्व अध्यक्ष धर्म तामाङ्ग,बीसीसी युके लण्डन शाखा प्रमुख गोपाल तामाङ्ग, पूर्व आमा प्रमुख पुष्प गुरुङ,पूर्व आमा प्रमुख उर्मिला गुरुङलगायत आमाहरु, सल्लाहकार तथा पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।  बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई बीसीसी युकेका महासचिव मेजर हितमान गुरुङले संचालन गरेका थिए। स्मरण रहोस्,बीसीसी युकेले ३ हप्ता अघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेन,प्रवक्त ज्ञानेन्द्र शाहीलगायतलाई समेत स्वागत तथा सम्मान गरेका थिए।

ग्रेटर रसमोर नेपाली कम्युनिटी युकेको अल्डरसटमा कार्यालय उदघाटन

शीतलपाटीन्युज डटकम। लन्डन। नेपालीहरुको घनाबस्ती र नेपाली राजधानी मानिने भिक्टोरिया रोड अल्डरसटमा ग्रेटर रसमूर नेप्लिज कम्युनिटी यूकेको नयाँ कार्यालय भब्य उपस्थितीका साथ उद्घाटन भएको छ।  १९ अक्टोबर २०२४ मा एक समारोह बीच स्थानिय सांसद एलेक्स बेकर,रसमूर बोरो काउन्सिलका मेयर काउन्सिलर मारा कामुनारा र नेपाली कम्युनिटीका अध्यक्ष मान गुरुङले रिबन काटेर उद्घाटन गरीएको थियो।  ग्रेटर रसमोर नेपाली कम्युनिटीका अध्यक्ष मान गुरुङको सभापतित्वमा भएको सो उदघाटन कार्यक्रम शिव मन्दिरका पण्डित र बौध्द गुम्बा युकेका लामागुरुले स्वस्ति वाचन गरेका थिए।  सचिव सुनिल रानाले  सञ्चालन गरेको सो कार्यक्रममा स्वास्थ्य र सुरक्षाबारे जानकारी गराएको थियो।महासचिव सुशीला थापाले पावर प्वाइन्ट प्रेजेन्टेसन संस्थाबारे जानकारी गराएकी थिइन् भने स्वागत मन्तव्य उपाध्यक्ष विशाल गुरुङले राखेका थिए।  कार्यक्रममा स्थानिय सांसद एलेक्स बेकर,रसमूर बोरो काउन्सिलका मेयर काउन्सिलर मारा कामुनारा,काउन्सील लिडर काउन्सिलर ग्यारेथ विलियम्सले शुभकामना मन्तव्य राखेका थिए।कार्यक्रममा उपस्थित सबैलाई अध्यक्ष गुरुङले धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए। ग्रेटर रसमोर नेपाली कम्युनिटीले भिक्टोरिया रोडमा भाडाको भवनमा नयाँ कार्यालय सञ्चालनमा ल्याएको हो। रसमूर बरो काउन्सिलभित्र बसोबास गर्ने नेपालीहरूलाई संगठित गर्ने र सरल रुपमा सेवा पुर्याउने उद्देश्यले सन् २००३ मा जीआरएनसीको स्थापना भएको हो। स्थानिय सासंद,मेयर,काउन्सील लिडर,कन्ट्री काउन्सीलर एलेक्स क्राउफोर्ड, नेपाली काउन्सीलर धन बहादुर सार्की,डिपुटी लिडर सोफिया,उपस्थित कार्यक्रममा ग्रेटर रसमोर नेपाली कम्युनिटीका पुर्व अध्यक्षहरु, सल्लाहाकारहरु,उपाध्यक्षहरु,कार्यसमिती पदाधिकारीहरु,शुभचिन्तकहरु,स्थानिय समाजसेबीहरु,गोर्खा मिडीयाका डाइरेक्टर मीलन तमु गुरुड्ग,शीतलपाटीन्युजका सम्पादक बाचस्पति रेग्मी,नेपालसमाचारकी गोमा रानाको समेत उपस्थिती रहेको थियो।

अजय राई अन्तर्राष्ट्रिय ट्रेड युनियनमा निर्वाचित

GNNNEWS- मोरक्को । इन्टरनेशनल ट्रान्सपोर्ट वर्कर्स फेडरेशन ४६ औं विश्व कंग्रेसको इलेक्टोरल बैठकले अजय कुमार राईलाई विश्व कार्य समिति सदस्य पदमा पुनः निर्वाचित गरेको छ।  अक्टोबर १३ बाट शुरु भएको  फेडरेशनको बैठकले राईलाई आगामी पाँच वर्ष अर्थात सन २०२९ सम्मका लागि निर्वाचित गरेको हो। विश्व स्तरमा यातायाततर्फको ट्रेड  युनियन क्षेत्रमा क्रियाशील १२८ वर्ष पुरानो उक्त संस्थाले नेपाल ट्रेड  युनियन कांग्रेसका महासचिव राईलाई पुनः निर्वाचित गरेको हो।  फेडेरेशनको सन् २०१८ मा सिंगापुरमा सम्पन्न विश्व कांग्रेसमा  पहिलो पटक नेपालबाट राई नै विश्व कार्य समिति सदस्यमा निर्वाचित भएका थिए।  लण्डनमा मुख्यालय रहेको फेडरेशनको १४९ देशमा सन्जाल छ। करीब दुई करोड सदस्य रहेको फेडरेशनमा नागरिक उडडयन,पानी जहाज,रेल्वे,सडक,बन्दरगाह,पर्यटन,शहरी यातायात गरि नौ क्षेत्रका श्रमिकहरु समावेश छन्।   विश्वभरका ७५० भन्दा बढी श्रमिक संगठनहरु यस फेडरेशनसंग आबद्ध रहेका छन्। फेडरेशनले यातायात क्षेत्रका श्रमिकहरुको लागि विश्वस्तरमा अन्तरराष्ट्रिय श्रमिक संगठन (आईएलओ), आईकाओ जस्ता संस्थाहरुसंग सहकार्य गर्दै  अन्तरराष्ट्रिय कानुन बनाउने,श्रमिक हक अधिकारका लागि गतिविधिहरु सन्चालन गर्दै यातायात श्रमिक संगठनहरुलाई सशक्त बनाउने काम गर्दै आएको छ।   करिब ३२ वर्षदेखि नेपालको श्रमिक आन्दोलनमा क्रियाशील राई नेपाल यातायात मजदुर संघका प्रमुख सल्लाहकार समेत हुन् । अनौपचारिक क्षेत्रको श्रमिक युनियन नेपाल यातायात मजदुर संघको तीन कार्यकाल अर्थात १५ वर्ष अध्यक्ष रही राईले सो युनियनको नेतृत्व गरिसकेका  छन् ।  अनौपचारिक क्षेत्रबाट आफ्नो ट्रेड युनियन राजनीति शुरु गरेका राईले पटक पटक विश्वस्तरमा पाइला राख्नु नेपाली श्रमिक आन्दोलनको उपलब्धिको  रुपमा लिनुपर्ने नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले जनाए।   विश्वभरबाट करिब दुई हजार श्रमिक नेताहरु समावेश रहेको अक्टोबर १३ बाट शुरु भएको प्रत्येक पाँच वर्षमा हुने ४६औं विश्व कंग्रेसको समापन भने अक्टोबर १९ मा हुनेछ। त्यस्तै आगामी पाँच वर्षका लागि ब्रिटिस मूलका स्टिफन कटन तेस्रो अवधिका लागि महासचिवमा सर्वसम्मत निर्वाचित भएका छन्  भने निर्वाचित विश्व कार्य समिति सदस्यहरुले अक्टोबर १९ मा अध्यक्षको चयन गर्नेछन्।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट केन्द्रीय प्रहरी परिचालन कक्षको उद्‍घाटन

शीतलपाटीन्युज डटकम। काठमाण्डौ। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रम बिच केन्द्रीय प्रहरी परिचालन कक्षको उद्‍घाटन गर्नुभएको छ।  नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी परिचालन कक्षलाई समय सापेक्ष थप सुधार गरी कार्य सम्पादनमा सहजता ल्याउन विभिन्न डेस्कको स्थापना सँगै नयाँ संरचनामा संचालन गर्ने गरी ६९औं प्रहरी दिवसको अवसरमा प्रहरी महानिरीक्षक कुँवरले उक्त परिचालन कक्षको उद्‍घाटन गर्नुभएको हो ।  कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशी, सूचना प्रविधि निर्देशनालयका प्रहरी नायव महानिरीक्षक अरूण कुमार भण्डारी, प्रबन्ध निर्देशनालयका प्रहरी नायव महानिरीक्षक केदार ढकाल लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । (Nepal Police)

धरानका मेयर हर्क साड्गपाड्गको बेलायत कार्यक्रम बारे केही कुरा

भूमिराज राई, लण्डन । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको आसन्न युके भ्रमणको चर्चा उत्साहित नेपाली र आयोजकहरूबीच व्यापक रूपमा फैलिएको छ। धरानलाई श्रमदानको माध्यमद्वारा विकास र सुधार गर्न कटिबद्ध मेयर साम्पाङले, चिन्डे डाँडामा सुम्निमा र पारुहाङको मूर्ति स्थापना गर्दै, धरानलाई धार्मिक पर्यटनको केन्द्र बनाउन ठूला कदम चालेका छन्। धरानका नागरिकहरूले उनलाई उपमहानगरपालिकाको मेयरमा जिताएदेखि,उनले खानेपानीको अभाव टार्नका लागि असम्भवजस्तो देखिने कोकाहा खोलाको पानी धरानमा ल्याएर जनताको समस्या समाधान गरे। यस कामले उनलाई देश-विदेशमा इमानदार र कर्तव्यनिष्ठ जनसेवकका रूपमा स्थापित गराएको छ। खानेपानी,पार्क निर्माण र वृक्षारोपणका अभियानमा नेपालीहरूको देश-विदेशबाट सहयोग र सहभागिता निरन्तर रहँदै आएको छ। आफ्नो जीवनमा भ्रष्टाचार नगर्ने अठोट लिएका मेयर साम्पाङले यसपटक युके भ्रमणको तयारी गरेका छन्, जहाँ उनले सुम्निमा र पारुहाङ मूर्ति निर्माणका लागि आर्थिक सहयोग संकलन गर्नेछन्। धरान समाज युके यस अभियानको मुख्य आयोजक हो, जसको सहकार्यमा युकेभर विभिन्न कार्यक्रमहरू आयोजना गरिनेछन्। अन्य संघसंस्थाहरूले पनि आर्थिक सहयोगका लागि आफ्नो प्रतिबद्धता देखाइसकेका छन्। युकेका विभिन्न स्थानहरूमा रहेका नेपाली समुदायले मेयर साम्पाङलाई आफ्नो कार्यक्रममा आमन्त्रण गर्ने तयारी गरेका छन्। मेयर कुनै पनि राजनीतिक पार्टीमा आबद्ध नभएकाले उनीप्रति सबैको समर्थन उत्साहजनक देखिन्छ। सामाजिक सञ्जालमा पनि सक्रिय अभियान चलिरहेको छ, जहाँ आयोजकहरूले प्रचारप्रसार गर्दै सहयोग जुटाइरहेका छन्। सामाजिक सञ्जाल र अन्य माध्यमबाट युकेमा हुने कार्यक्रमहरूको व्यापक प्रचार भइरहेको छ र मेयर साम्पाङको आगमनलाई लिएर हिथ्रो विमानस्थलमा नेपाली समुदायको बाक्लो उपस्थिति रहने अनुमान गरिएको छ। युके भ्रमण १७ अक्टोबरमा सुरु हुनेछ। मेयर साम्पाङ्ग युके भ्रमणका क्रममा आर्थिक संकलनमा मात्र केन्द्रित नभएर युकेका विभिन्न नगरपालिकाका समकक्षी मेयरहरूसँग भेटघाट, बिकाश निर्माणको जानकारी लिने, विभिन्न पार्टीका साम्सदहरु देखि संसद भ्रमण, युकेका पर्यटकीय स्थानहरु पुग्ने लगायत अन्य गतिविधिहरूमा सहभागी हुनेछन्। मुख्य कार्यक्रमहरूमा १९ अक्टोबरमा फोल्कस्टोनको ग्रान्ड बर्स्टिन होटलमा रात्रिभोज,२२ अक्टोबरमा अल्डर्सट,२५ अक्टोबरमा ह्यारो फुटबल क्लबमा र २७ अक्टोबरमा स्विण्डनमा ३१ अक्टोबरमा चाथाममा कार्यक्रम आयोजना गरिएका छन्। अन्य कार्यक्रमहरू आशफोर्ड, ग्रेज,लन्डन र अन्य शहरहरूमा हुनेछन्। कति कार्यक्रमहरु एकै दिन दुई देखि ३ ठाउँ सम्म रहेका छन। सुम्निमा पारुहाङ मूर्ति निर्माण अभियानका लागि आर्थिक संकलन

बेल्जियममा दुई गैरआवासीय नेपाली स्थानिय निर्वाचनमा निर्वाचित

शीतलपाटीन्युज डटकम। लण्डन। आइतबार बेल्जियममा भएको स्थानीय निर्वाचनमा दुई जना गैरआवासीय नेपालीहरू निर्वाचित भएका छन्। विभिन्न नगरपालिका, जिल्ला, र क्षेत्रहरूमा फरक-फरक पार्टीबाट नेपाली मूलका ११ जना उम्मेदवारहरू मध्ये लुभेन क्षेत्रमा समाजवादी भोअइत पार्टीबाट सूर्य ढकाल र ब्रुजमा सिडिएनभे पार्टीबाट प्रज्ञा तिमल्सिना विजयी भएका हुन्। २५ वर्षीया युवा उम्मेदवार तिमल्सिना कास्की जिल्लाबाट बेल्जियम पुगेकी हुन्। स्थानीय पत्रकार केजीन राईका अनुसार, बेल्जियमको इतिहासमै पहिलो पटक नेपाली समुदायका प्रतिनिधिहरू निर्वाचनमार्फत स्थानीय सरकारमा प्रवेश गरेका हुन्। गैरआवासीय नेपाली संघ बेल्जियमका पूर्वअध्यक्ष गंगाधर गौतमले स्थानीय निर्वाचनमा नेपाली उम्मेदवार विजयी भएपछि नेपाली समुदायले थप फड्को मारेको र यो एक सुखद क्षण भएको बताएका छन्। उनले नेपाली मूलका उम्मेदवारको विजयले नेपाली समुदाय उत्साहित भएको पनि बताए। नेपाली उम्मेदवार भएका अधिकांश क्षेत्रमा, नेपाली उम्मेदवारहरूबीच नै प्रतिस्पर्धा हुँदा नेपाली मतदाताहरूलाई कसलाई मत दिने भन्नेमा अलमल भएको थियो। साभार-नेपालब्रिटेन डटकम।

किन रोए आर के त्रिपाठी जोसेफ ब्राउनको कुराले ?

आर के त्रिपाठी लेख्छन् -  लण्डन।नेपाल बारे शुक्ष्म जानाकारी राख्ने आज एक जना Joseph Brown नामका बेलायती राजनितिज्ञसंग नेपालको बारेमा लामो कुराकानी भयो।आज मैले भेट गरि संवाद गरेको Joseph Brown नामको बेलायती विश्वको हरेक कुनाको भ्रष्टाचार बारे जानाकारी लिने,अनुसन्धान गर्ने र विश्व बजारमा कुरा उठाउने गर्दो रहेछन्। Joseph Brown आफैले नेपालको शासकिय र राजनैतिक जवाफदेहिता,पारदर्शिता,नेपालमा कानुनी राज्यले काम नगरेको अवस्था,भ्रष्टाचार अनुसन्धान हुनै नदिने गलत अभ्यास र नेपालको मानव अधिकार बारे लामो कुरा गरे। म र Joseph Brown को दुई घण्टा लामो कुराकानीमा छक्क किन परें भने मलाई भन्दा Joseph Brown लाई नेपालको भ्रष्टाचार र घोटाला बारे शुक्ष्म स्मरण रहेछ। बेलायतीहरु नेपालको शासकिय सुधार प्रति नियालि रहेका रहेछन्।बेलायती नागरिक Joseph Brown को शब्दमा भन्नु पर्दा नेपालमा एकै प्रकृतिको अपराधमा कोहिलाई  जेल र कोही मान्छे घुमिरहेको छन्।एकै फाइल छ,एकै केस छ,कोही मान्छे जेलमा छन्,कोही मान्छे घुमिराखेका छन्।यो कसरी भइराखेको छ नेपालमा? यस्तो व्यवहारले हामी विदेशीलाई आश्चर्यमा पारेका छौ। नेपाललाई हामीले राम्रै रूपमा हेर्ने गर्दथ्यौं तर विगत १० बर्ष देखि नेपाल प्रति हामी विदेशीको हेराईमा गिरावट आएको छ। म पनि आश्चर्य चकित छु। यदि नेपालमा कानुनी राज्य स्थापना भएको हो भने यस्तो नहुनु पर्ने हो तर भईरहेछ। यस्तो कार्यले नेपालको अनुसन्धान,कानुनी राज्य स्थापना,दायित्व बोध र जवाफदेहिता लाई शुन्यमा परिणत गर्न सहयोग गर्छ। देश Failure State मा परिणत हुने यस्तै कार्यले गर्दा हो।संसद्ले स्वामित्व लिएर,सबै दलको प्रतिनिधित्वमा छानविन गरेर बनेको प्रतिवेदन कार्यान्वयन हुनुपर्छ। यदि कोही मान्छे निर्दोष छ भने त्यसलाई कसैका विरुद्ध हतियारको रुपमा प्रयोग गर्नुहुँदैन।राज्यका एकै प्रकृतीका अनुसन्धानमा कसैलाई समातेर जेल राख्ने र बलियाहरुलाई उन्मुक्ति दिने काम गर्न हुँदैन,Joseph Brown ले भन्दै थिए/ नेपालको हरेक भ्रष्टचार जन्य अपराधमा त कस्तो देखियो भने एउटा काण्डको बारेमा ३ महिना चर्चा हुने,उफ्रने,चर्को आवाज बोल्ने,ठूलै भ्रष्टाचार भयो भन्ने,अनि त्यो भ्रष्टाचार हो वा होइन भनेर अनुसन्धान गर्न नपाउँदै अर्को काण्ड आउने र सबैको ध्यान नयाँ कुरा तिर मोडिने र पुरानो विर्सने वा छोपिने देखियो।  भुटानी शरणार्थी,वाईड बडी,ओम्नी,ललिता निवास,३३ किलो र १०० किलो सुन काण्ड,COVID Vaccine Purchase,विद्युत्त महशुल छुट,ठूला

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरद्वारा टिका तथा प्रसाद प्रदान

नेपाल प्रहरी। काठमाडौं। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले वडा दसैं २०८१ को अवसरमा आइतबार सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई टिका लगाइ दिनु भएको छ।  नेपाल प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थित महानुभावहरूलाई प्रहरी महानिरीक्षक कुँवरले टिका तथा जमरा लगाई दिनुका साथै सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना समेत गर्नुभयो। उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले टिका  ग्रहणका लागि उपस्थित महानुभावहरूलाई जमरा र प्रसाद प्रदान गर्नुभएको थियो।  सो अवसरमा ईच्छुक प्रहरी कर्मचारीहरूलाई टिका लगाउनको लागि दिउँसो १ बजेदेखि ३ बजेसम्मको समय तोकिएको थियो। टिका तथा प्रसाद ग्रहणका लागि प्रहरी अतिरीक्त महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरू,नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू,पूर्व प्रहरी कर्मचारीहरू,प्रहरी अधिकृत तथा जवानहरू एवम् प्रहरीका परिवारहरू समेतको उपस्थिती रहेको थियो।  टिका ग्रहण कार्यक्रममा विजया दशमीको शुभकामना समेत आदान प्रदान गरिएको थियो।

धरानका मेयर हर्क साड्गपाड्ग धरान समाज युकेको निमन्त्रणामा बेलायत आउदै

शीतलपाटीन्युज डटकम। लण्डन। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङग बेलायत आउने भएका छन् । बेलायतमा आगामी अक्टुबर २० तारिख आईतवार धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङगको स्वागत तथा भेटघाट् (Meet and Greet) र च्यारिटी डिनर नाइट हुने भएको छ। बेलायतको अल्डरशट स्थित एम्पायर हलमा यो कार्यक्रम हुने भएको र कार्यक्रममा व्यापक उपस्थीतिका लागि ठुलो तयारी भईरहेको कार्यक्रमका मिडिया कोअर्डिनेटर आकाश सुनुवारले  शीतलपाटी न्युजका सम्पादक बाचस्पति रेग्मीलाई जानकारी दिएका छन। कार्यक्रमको आयोजक धरान समाज युके रहेको छ। धरान उपमहानगरपालिकाका चर्चित मेयर हर्क साम्पाङग धरान–२० चिन्डेडाँडामा रहेको सुम्निमा पारुहाङगको प्रतिमा सहित सुन्दर पार्क निर्माणको लागि सहयोग जुटाउने उद्देश्यले लन्डन आउने भएको हो। कार्यक्रमको पहिलो सत्र बिहान ११ देखि २ बजेसम्म हुनेछ,युकेबासि सबै नेपालीले मेयरलाई व्यक्तिगत रुपमा भेटेर स्वागत अभिबादन गर्न, फोटो खिच्न सक्नेछन भने साँझ ६ बजे देखि १० बजेसम्म गाला डिनरको आयोजना हुने आयोजकको तयारी छ। कार्यक्रममा सहयोगी दाताहरुलाई हर्क साम्पाङ स्वयमले हस्ताक्षर गरिएको प्रमाणपत्र प्रदान गरि सहयोगकर्ताहरूलाई सम्मानित गरिने कार्यक्रमका सयोजक प्रमुख भगवान चामलिङ्गले बताएका छन। गाला डिनरको क्रममा मेयर साम्पाङले आफ्नो श्रम अभियान र प्रतिमा निर्वाण परियोजनाको पुरा योजनालाई प्रस्तुत गर्ने इभेन्ट म्यानेजर रामधन राईले बताउनु भएको छ। राईका अनुसार त्यस साँझ मेयरको र अतिथिहरुको सम्मानमा भब्य सांस्कृतिक कार्यक्रम पनि हुने जानकारी प्राप्त भएको छ। युकेका विभिन्न बरोबाट निर्बाचित अहिले सम्मका नेपालि मूलका स्थानिय मेयर र काउन्सिलरहरुको जमघट यस डिनर नाइटको अर्को आकर्षण हुनेछ। नेपालि मुलका ब्यापार ब्यबसायीहरु,समाजसेवीहरु, राजनितिज्ञहरु,कलाकारहरु, र गोर्खा रेजिमेण्टका उच्च पदस्थ अधिकारीहरुलाई आमन्त्रित गरिएको कुरा जनाईएको छ। मेयर हर्क साम्पाङको कार्यक्रममा बेलायती स्थानीय प्रतिनिधिहरु,समाज सेवी, ब्यापारी,राजनीतिज्ञ र सर्बसाधारण सबै एउटै कार्यक्रममा जम्मा गर्ने प्रयास भने इतिहासमा पहिलो पटक गर्न लागिएको बताईएको छ। आयोजकले कार्यक्रमलाई सफल र भब्य बनाउन व्यापक सहभागिताको लागि युके बासि सम्पुर्ण नेपालिहरु प्रति बिनम्र अपिल पनि गरेको छ। २० अक्टोबर एम्पाएर हलमा हुने कार्यक्रमको आयोजक सुम्निमा पारुहाड्ग प्रतिमा निर्माण सहयोग समिती युके र १९,२५ र २७ अक्टोबरमा हुने कार्यक्रम धरान समाज युकेले गर्ने भएको छ। यो गरिमामय कार्यक्रममा उपस्थित भै सहयोग पुर्याउन आयोजकहरुले

धरानका मेयर हर्क साम्पाङ्ग बेलायत भ्रमणमा आउँदै

शीतलपाटीन्युज डटकम। लण्डन। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङग बेलायत आउने भएका छन् । बेलायतमा आगामी अक्टुबर २० तारिख आईतवार धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङगको स्वागत तथा भेटघाट् (Meet and Greet) र च्यारिटी डिनर नाइट हुने भएको छ। बेलायतको अल्डरशट स्थित एम्पायर हलमा यो कार्यक्रम हुने भएको र कार्यक्रममा व्यापक उपस्थीतिका लागि ठुलो तयारी भईरहेको कार्यक्रमका मिडिया कोअर्डिनेटर आकाश सुनुवारले  शीतलपाटी न्युजका सम्पादक बाचस्पति रेग्मीलाई जानकारी दिएका छन। कार्यक्रमको आयोजक सुम्निमा पारुहाङग प्रतिमा निर्माण अभियान समिति युके र धरान समाज युके रहेका छन्।  धरान उपमहानगरपालिकाका चर्चित मेयर हर्क साम्पाङग धरान–२० चिन्डेडाँडामा रहेको सुम्निमा पारुहाङगको प्रतिमा सहित सुन्दर पार्क निर्माणको लागि सहयोग जुटाउने उद्देश्यले लन्डन आउने भएको हो। कार्यक्रमको पहिलो सत्र बिहान ११ देखि २ बजेसम्म हुनेछ ,युकेबासि सबै नेपालीले मेयरलाई व्यक्तिगत रुपमा भेटेर स्वागत अभिबादन गर्न, फोटो खिच्न सक्नेछन भने साँझ ६ बजे देखि १० बजेसम्म गाला डिनरको आयोजना हुने आयोजकको तयारी छ। कार्यक्रममा सहयोगी दाताहरुलाई हर्क साम्पाङ स्वयमले हस्ताक्षर गरिएको प्रमाणपत्र प्रदान गरि सहयोगकर्ताहरूलाई सम्मानित गरिने कार्यक्रमका सयोजक प्रमुख भगवान चामलिङ्गले बताएका छन। गाला डिनरको क्रममा मेयर साम्पाङले आफ्नो श्रम अभियान र प्रतिमा निर्वाण परियोजनाको पुरा योजनालाई प्रस्तुत गर्ने इभेन्ट म्यानेजर रामधन राईले बताउनु भएको छ। राईका अनुसार त्यस साँझ मेयरको र अतिथिहरुको सम्मानमा भब्य सांस्कृतिक कार्यक्रम पनि हुने जानकारी प्राप्त भएको छ। युकेका विभिन्न बरोबाट निर्बाचित अहिले सम्मका नेपालि मूलका स्थानिय मेयर र काउन्सिलरहरुको जमघट यस डिनर नाइटको अर्को आकर्षण हुनेछ। नेपालि मुलका ब्यापार ब्यबसायीहरु,समाजसेवीहरु, राजनितिज्ञहरु,कलाकारहरु, र गोर्खा रेजिमेण्टका उच्च पदस्थ अधिकारीहरुलाई आमन्त्रित गरिएको कुरा जनाईएको छ। मेयर हर्क साम्पाङको कार्यक्रममा बेलायती स्थानीय प्रतिनिधिहरु,समाज सेवी, ब्यापारी,राजनीतिज्ञ र सर्बसाधारण सबै एउटै कार्यक्रममा जम्मा गर्ने प्रयास भने इतिहासमा पहिलो पटक गर्न लागिएको बताईएको छ। आयोजकले कार्यक्रमलाई सफल र भब्य बनाउन व्यापक सहभागिताको लागि युके बासि सम्पुर्ण नेपालिहरु प्रति बिनम्र अपिल पनि गरेको छ। कार्यक्रमका बारे थप जानकारीका लागि सम्पर्क गर्नु परेमा- मिडिया/इभेण्टकॊअर्डिनेशन :-  न्यु होराईजन क्रियशन टिकट 🎫 : पहिलो चरण – £१५ (Meet & Greet) दोस्रो चरण – £७० (३

धादिड्ग अन्तराष्ट्रिय समाजको अध्यक्षमा दोश्रो पटक युकेबाट राजन खकुराल

शीतलपाटीन्युज डटकम। लण्डन। अन्तराष्ट्रिय धादिङ समाजको अध्यक्षमा पुनःराजन खकुराल युकेबाटचयन हुनु भएको छ । मंगलबार सदरमुकाम धादिङबेसी स्थित क्रिक रिसोर्टमा भएको समाजको तेस्रो महाधिवेशनले अध्यक्षमा पुनःखकुराललाई चयन गरेको हो। पुर्नगठित समाजमा वरिष्ठ उपाध्यक्षमा दिनेश तामाङ (नेपाल),उपाध्यक्षमा सविन थपलिया (अस्ट्रेलिया),खुल्ला उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ (जापान),बद्री खतिवडा(अमेरीका) चयन हुनु भएको छ । यस्तै महासचिवमा बाबुकाजी भण्डारी(जापान),सचिवमा राजेन्द्र थपलिया (द.कोरिया), सचिवमा कल्याण विक्रम कार्की (अष्ट्रेलिया), कोषाध्यक्षमा रामकुमार थापा (नेपाल),सह कोषाध्यक्षमा सोमनाथ कडेंल (कतार) चयन हुनुभएको छ। यसैगरी सदस्यहरुमा दिपक तिमिल्सिना (युके),पारस भण्डारी(अस्ट्रेलिया),विनोद उप्रेती(अस्ट्रेलिया),कमल दुवाडी(अमेरीका),छन्द प्रसाद सिलवाल (भारत) चयन हुनुभएको छ। समाजका अनुसार १ जना महिला उपाध्यक्ष,महिला सविच, प्रवक्ता र ४ जना सदस्य मनोनियत गरिने छ।  महाधिवेशनको नेपाल सरकारका कृषी तथा पशुपंन्छी विकास मन्त्री रामनाथ अधिकारीले उद्घाटन गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री अधिकारीले विश्वभर छरिएर रहेको धादिङ्गेलीहरुलाई अन्तराष्ट्रिय धादिङ समाजले जोड्नु पर्ने र प्रवासमा रहेका धादिङ्गेलीहरुले जिल्लामा परेका समस्या पहिचान गरी सहयोग गर्नुपर्ने बताउनुभयो। महाधिवेशनमा विश्वका १४ देशमा रहेका धादिङ्गेलीहरु मध्येबाट एक सय २५ जना भन्दा बढि प्रतिनीधी सहभागी थिए। महाधिवेशनको लागि १४ देशबाट सहभागी भएको र ४ देशबाट प्रतिनिधि नआएको अध्यक्ष खकुरालले बताउनुभयो। भौतीक उपस्थिति जनाउन नसकेका प्रतिनीधिहरु भर्चुअल माध्यमबाट जोडिएको उहाँको भनाई छ। अन्तराष्ट्रिय धादिङ समाजको १८ देशमा राष्ट्रिय समन्वय परिषदको शाखा विस्तार भएको छ।२०७४ साल असोज १६ धादिङबेसीमा भुवन गुरुङ संयोजकत्वमा सम्पन्न पहिलो भेलाले अन्तराष्ट्रिय धादिङ समाज तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो जस अनुरुप ०७४ असोज ३१ (अक्टोबर १७) मा धादिङबेसीमा सम्पन्न भेलाले नानुकाजी अर्याल अध्यक्ष रहेको तदर्थ समिति बनेको थियो। त्यसपछि अन्तर्राष्ट्रिय धादिङ समाजको विश्व भेला तथा प्रथम अधिवेशन २०७६ असोज २७ गते काठमाडौमा सम्पन्न भएको थियो। उक्त अधिबेशनबाट अध्यक्षमा पुनः नानुकाजी श्रेष्ठ चयन हुनुभएको थियो भने तेस्रो कार्यकालको लागि २०७८ असोज २४ गते भएको दोस्रो अधिवेशनमा अध्यक्षमा राजन खकुराल चयन भएको हुनुभएको थियो।

अन्तराष्ट्रिय धादिड्ग समाजको अध्यक्षमा पुन राजन खकुराल

शीतलपाटीन्युज डटकम। लण्डन। अन्तराष्ट्रिय धादिङ समाजको अध्यक्षमा पुनःराजन खकुराल युकेबाटचयन हुनु भएको छ । मंगलबार सदरमुकाम धादिङबेसी स्थित क्रिक रिसोर्टमा भएको समाजको तेस्रो महाधिवेशनले अध्यक्षमा पुनःखकुराललाई चयन गरेको हो। पुर्नगठित समाजमा वरिष्ठ उपाध्यक्षमा दिनेश तामाङ (नेपाल),उपाध्यक्षमा सविन थपलिया (अस्ट्रेलिया),खुल्ला उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ (जापान),बद्री खतिवडा(अमेरीका) चयन हुनु भएको छ । यस्तै महासचिवमा बाबुकाजी भण्डारी(जापान),सचिवमा राजेन्द्र थपलिया (द.कोरिया), सचिवमा कल्याण विक्रम कार्की (अष्ट्रेलिया), कोषाध्यक्षमा रामकुमार थापा (नेपाल),सह कोषाध्यक्षमा सोमनाथ कडेंल (कतार) चयन हुनुभएको छ। यसैगरी सदस्यहरुमा दिपक तिमिल्सिना (युके),पारस भण्डारी(अस्ट्रेलिया),विनोद उप्रेती(अस्ट्रेलिया),कमल दुवाडी(अमेरीका),छन्द प्रसाद सिलवाल (भारत) चयन हुनुभएको छ। समाजका अनुसार १ जना महिला उपाध्यक्ष,महिला सविच, प्रवक्ता र ४ जना सदस्य मनोनियत गरिने छ।  महाधिवेशनको नेपाल सरकारका कृषी तथा पशुपंन्छी विकास मन्त्री रामनाथ अधिकारीले उद्घाटन गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री अधिकारीले विश्वभर छरिएर रहेको धादिङ्गेलीहरुलाई अन्तराष्ट्रिय धादिङ समाजले जोड्नु पर्ने र प्रवासमा रहेका धादिङ्गेलीहरुले जिल्लामा परेका समस्या पहिचान गरी सहयोग गर्नुपर्ने बताउनुभयो। महाधिवेशनमा विश्वका १४ देशमा रहेका धादिङ्गेलीहरु मध्येबाट एक सय २५ जना भन्दा बढि प्रतिनीधी सहभागी थिए। महाधिवेशनको लागि १४ देशबाट सहभागी भएको र ४ देशबाट प्रतिनिधि नआएको अध्यक्ष खकुरालले बताउनुभयो। भौतीक उपस्थिति जनाउन नसकेका प्रतिनीधिहरु भर्चुअल माध्यमबाट जोडिएको उहाँको भनाई छ। अन्तराष्ट्रिय धादिङ समाजको १८ देशमा राष्ट्रिय समन्वय परिषदको शाखा विस्तार भएको छ।२०७४ साल असोज १६ धादिङबेसीमा भुवन गुरुङ संयोजकत्वमा सम्पन्न पहिलो भेलाले अन्तराष्ट्रिय धादिङ समाज तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो जस अनुरुप ०७४ असोज ३१ (अक्टोबर १७) मा धादिङबेसीमा सम्पन्न भेलाले नानुकाजी अर्याल अध्यक्ष रहेको तदर्थ समिति बनेको थियो। त्यसपछि अन्तर्राष्ट्रिय धादिङ समाजको विश्व भेला तथा प्रथम अधिवेशन २०७६ असोज २७ गते काठमाडौमा सम्पन्न भएको थियो। उक्त अधिबेशनबाट अध्यक्षमा पुनः नानुकाजी श्रेष्ठ चयन हुनुभएको थियो भने तेस्रो कार्यकालको लागि २०७८ असोज २४ गते भएको दोस्रो अधिवेशनमा अध्यक्षमा राजन खकुराल चयन भएको हुनुभएको थियो।

यसपाली को world Cup कसले जित्ला?