पुर्ण गुरुड्ग, लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले बेलायतमा रहेका धर्म गुरुहरुको स्वागत गरेको छ। बौद्ध परम्परामा अत्यन्त महत्वपूर्ण मानिने बर्षवासको अवसरमा बेलायतका विभिन्न बौद्ध गुम्बाहरुमा सेवारत तथा हाल बेलायत भ्रमणमा रहेका रिन्पोछे,खेन्पो,लोपेन लगायत लामा गुरुहरुलाई शनिबार ३१ अगष्टका दिन अल्डरसटस्थित बीसीसी गुम्बामा स्वागत तथा सम्मान गरिएको हो। उनीहरुलाई बीसीसी यूकेका अध्यक्ष हर्क बहादुर गुरुङ तथा आमा प्रमुख जगना गुरुङ लगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, सल्लाहकारहरु,आमाहरु साथै भक्तजनहरुले खादा लगाई दिएका थिए। उक्त स्वागत कार्यक्रममा लामा लुङ्गरिक रिन्पोछेको अग्रतामा ग्रह शान्ति र आयू पूजा गरिएको थियो। त्यस्तै,खेन्पो बाग्रिन्द्र शिलाले बोधीसत्वको अभ्यास बिषयमा प्रवचन दिएका थिए। साथसाथै, खेन्पो सेनाङ्ग ग्याम्जोले संघ दान तथा बर्षवासको बिषयमा प्रवचन दिएका थिए। सो अवसरमा बीसीसी यूकेका अध्यक्ष हर्क बहादुर गुरुङले बीसीसी यूकेको स्थापना, यसले दिदै आएका विभिन्न सेवाहरुको बारेमा जानकारी गराउँदै गुरुहरुलाई स्वागत गरेका थिए। बेलायतका विभिन्न गुम्बाहरुमा आवद्ध भएका तथा हालै नेपालबाट आएका धर्महरुलाई स्वागत तथा सम्मान गर्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा निमा लुङ्गरिक रिन्पोछे,खेन्पो बाग्रिन्द्र शिला, खेन्पो सेनाङ्ग ग्याम्जो,खेन्पो सन्तोष गुरुङ,खेन्पो नरेश गुरुङ,खेन्पो दावा तेन्जिन,लामा रक्षे गुरुङ,लामा काजी गुरुङ,लामा देबिरास गुरुङ,लामा गमबहादुर गुरुङको सहभागिता रहेको थियो। बीसीसी यूकेका उपाध्यक्ष एवं कार्यक्रम संयोजक आङ्गदावा शेर्पाको संयोजकत्वमा सम्पन्न भएको उक्त कार्यक्रममा बीसीसी यूको संस्थापक अध्यक्ष,पूर्व अध्यक्षहरु, संस्थापक आमा प्रमुख,पूर्व आमा प्रमुखहरु,प्रमुख सल्लाहकार तथा सल्लाहकारहरु,कार्यसमिति, आमा समितिलगायत भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो। बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङको अध्यक्षता र महासचिव मेजर हितमान गुरुङले संचालनमा सम्पन्न कार्यक्रमको अन्त्यमा बीसीसी यूकेले गुरुहरुलाई संघ दान र भक्तजनहरुले दर्शन गरेका थिए।
शीतलपाटीन्युज डटकम। सफल व्यवसायी तथा अग्रज समाजसेवी कमल क्वोंने गुरुङज्यु नेपाल ब्रिटेन डटकमको १७औं बार्षिकउत्सब कार्यक्रममा मिडिया पर्सनालिटी अफ द इयर–२०२४ बाट पुरष्कृत हुनुभएकोमा गौरवान्तित हुँदै हार्दिक बघाई ज्ञापन गर्दछौं। साथै,तपाईको व्यापार व्यवसाय अनि सामाजिक जीवनको उत्तोरत्तर प्रगतीको कामना गर्दछौ। शुभेक्षक बाचस्पति रेग्मी प्रधान सम्पादक शीतलपाटीन्युज डटकम
प्रतिमा केसी, बेलायत। हामी नेपालीहरू चाडपर्वका धनी छौं। समयक्रममा संविधानले नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरेपनि अधिकांश हिन्दु धर्मसंग सम्बन्धित चाडहरु प्रमुख रूपमा मनाउने गरिन्छ, यद्यपि अन्य धर्मालम्बीहरूले पनि आ-आफ्नो चाड भव्य रूपमा मनाउछन। यस लेखमा नेपालका प्रमुख चाडहरू मध्य महिलाहरूको चाडको रूपमा मानिने एक चाड तीजको बारेमा आफूले देखेको विगतको तीज पर्व र वर्तमानको तीज बारे छोटो चर्चा गर्ने प्रयास गरिएको छ । धार्मिक ग्रन्थहरूमा उल्लेख भए अनुसार “माता पार्वतीले महादेव पति पाउँ” भनि गरेको तपस्या पूर्ण भएको दिनलाई विशेष दिन मानिन्छ। यसै दिनमा हिन्दु धर्मावलम्बी महिलाहरुले पनि उपवास बसेर शिवजीको पूजा गरी मनाउने पर्व तीज हो। शरद ऋतुको शुरुवात संगै निकै रोमान्चक रुपमा मनाइने यस सांस्कृतिक चाडमा नारीहरूले दुतियाको दिनमा दर खाएर तृतीयाको दिनमा ब्रत बस्ने,रमाइलो नाचगान गर्ने, खानपान गर्ने, माइतिमा जाने,दिदीबहिनीहरु तथा साथीहरुसंगको भेटघाटले आनन्दित हुने हुनाले महिलाहरुको लागि तीज विशेष पर्व हो। तीजपर्व विगतदेखि वर्तमानसम्म आइपुग्दा हिन्दु महिलाहरुको मात्र नभएर सम्पूर्ण नेपाली महिला दिदीबहिनीहरुको लागि विशेष बन्दै गएको छ। घरदेश होस या परदेश जताततै आफ्नो गक्ष र समय अनुसार तीज मनाइन्छ तर परिवेश र तौर तरिका भने परिवर्तित देखिन्छ। म,पश्चिम नेपालको एउटा गाउँले परिवेशमा जन्मेर त्यहाँको तीज महशुष गरेको र त्यहाँको तीजमा राम्ररी घुलेको छोरीचेली हुनाले त्यहाँ पहिले कसरी तीज मनाउने गरिन्थ्यो भन्ने चर्चा गर्दा पुरानो अर्गानिक तीज बुझ्न सहज होला। सम्भवत: तीजको मूल मर्म सिंगो नेपाल कै मैले देखे भोगे जस्तो हो भन्ने लाग्छ यद्यपि भौगोलिक हिसाबले मनाउने तरिकामा केहि विविधता हुनसक्छ। जब तीज आउँथ्यो वरपरका सबै आमाहरु र बिबाहित दिदीबहिनी माईत जान्थे । म पनि मेरो घरको हजुरआमासंग बुढो मावलीमा तीज मनाउन जान्थें। बुढो मावलको मेरो हजुरआमाका भाइ वहाँलाई लिन हाम्रो घरमा आउनुहुन्थ्यो। मानमनितोका व्यवहार र भलाकुसारीसंगै खानपान गरेपछि हजुरआमाले कपुर हालेर मधुसमा राखेका नयाँ कपडा निकाल्नु हुन्थ्यो। फुली,मुन्द्री,माडवरी त लगाएकै हुन्थ्यो,त्यसमाथि कण्ठमाला लगाउनुहुन्थ्यो। कोरीबाटी गरेर चिटिक्क परेपछि म पनि जामा लगाएर फुरुक फुरुक गर्दै हजुरआमाको अघि लाग्थें। हजुरआमाका भाइ हजुरबा अति प्रसन्न देखिनु हुन्थ्यो। हो,तीज आएपछि बा, दाजुभाइहरु
शीतलपाटीन्युज डटकम। काठमाडौँ। वैदेशिक रोजगारबाट स्वदेश फर्किएका महिला कामदारको संस्था पौरखी नेपालको २२औँ साधारणसभा तथा आठौँ अधिवेशन सम्पन्न भएको छ । बिहीबार काठमाडौँमा सम्पन्न साधारणसभाको श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले उद्घाटन गरेका थिए। सो अवसरमा बेलायत निवासी समाजसेवी पुनम गुरुङलाई पौरखी राजदूतको प्रमाणपत्र प्रदान गरिएको थियो। संस्थाको लक्ष्य र मिसनलाई अगाडि बढाउनमा उनको समर्पण र उदाहरणीय सेवाको कदर स्वरूप उनलाई राजदूत बनाइएको अध्यक्ष सत्राकुमारी गुरुङले जनाएकी छन् । पुनम एनआरएनए यूकेका पूर्वअध्यक्ष,तमु धीं आमा संस्थापक अध्यक्ष र बुद्धिस्ट गुम्बा रेडिङको संस्थापक सदस्य तथा सल्लाहकार समेत हुन्। यस्तै,लैंगिक अधिकार तथा नीति विशेषज्ञ चाँदनी जोशी तथा पौरखी नेपालको रणनीतिक सल्लाहकार मञ्जु गुरुङलाई पनि सम्मान गरिएको थियो। कार्यक्रमको प्रमुख अतिथि रहेका मन्त्री भण्डारीले घरेलु कामदारलाई व्यवस्तित बनाउन सरकार लागि परेको बताएका थिए । वैदेशिक रोजगारमा अधिकांश महिलाहरू घरेलु कामदारमा जाने गरेको भएता पनि उनीहरूलाई तालिम र सूचनाको अभाव रहेको उनको भनाइ थियो। कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली, मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेल,पौरखी नेपालका महासचिव सिन्धु अर्याल, सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष चिरञ्जीवी बराललगायतले बोलेका थिए। पौरखी नेपालले स्थापनादेखि नै विशेष गरी वैदेशिक रोजगारीमा महिलाहरूको पक्षमा वकालत गर्दै आएको छ। (साभार-गोर्खा मिडिया)
शीतलपाटीन्युज डटकम। नेपाल। सिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ। कार्यक्रमको सिलसिलामा पोखरा आएका नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गुरुङलाई शनिवार प्रतिष्ठानको तर्फबाट कार्यकाल सफलताको शुभकामना दिइएइको हो । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष क्या. लालजंग गुरुङले सञ्चारमन्त्रीलाई फेटा गुथाएर सफल मन्त्री बन्न शुभकामना दिए । त्यस्तै, प्रतिष्ठानका पदाधिकारीहरु क्या. चिनबहादुर गुरुङ, बिनु गुरुङ, राजेश गुरुङ, बुद्धिबहादुर गुरुङ, यामबहादुर गुरुङ लगायतले खादा लगाएर बधाई दिएका थिए । मन्त्री गुरुङले प्रतिष्ठानसँग सहकार्य गरेर काम गर्ने प्रतिवद्धता जनाए । प्रतिष्ठानले शुक्लागण्डकी नगरपालिका १२ ढोर जस्पुरमा निर्माण गरेको सिकारी सरदार वंशु (वंश) गुरुङको शालिक गण्डकी प्रदेशमा मुख्यमन्त्री हुँदा २०७६ कात्तिक ९ गते मन्त्री गुरुङले अनावरण गरेका थिए । (साभार-ABC News)
शीतलपाटीन्युज डटकम। स्कटलैण्ड। यही २९ अगस्त २०२४ को दिन गैरआवासीय नेपाली संघ स्कटल्याण्डले संघका अध्यक्ष डा.बद्री केसीलाई स्वागत गर्दै गैरआवासीय नेपाली नागरिकताको निरन्तरता, गैरआवासीय नेपाली संघको विधान संशोधन,निर्वाचन प्रणाली,संस्था दर्ता तथा सदस्यताको शुद्धीकरण र संस्थागत संरचनामा परिवर्तन जस्ता तमाम बिषयमा बहस कार्यक्रम सम्पन्न गर्यो। गैरआवासीय नेपाली संघ स्कटल्याण्डले संघका अध्यक्ष डा.बद्री केसीलाई ज्ञापनपत्र बुझाएको थियो भने यस ज्ञापनपत्रमा समाबेश गरिएका बिषयमा स्कटल्याण्ड निबासी ब्यक्तित्वहरू बिदुर खत्री,तारानाथ भण्डारी,मोती खरेल,मोहन कार्की लगायत धेरैले यस बिषयमा आफ्नो राय सुझाब राख्नु भएको थियो। स्कट्ल्याण्ड मा रहेका सम्पुर्ण सङ्ह सस्थाका प्रतिनिधि सहित स्थानिय वाशीहरुको उल्लेख्य उपस्थिति रहेको यस कार्यक्रमको सन्चालन एनआरएन स्कट्ल्याण्ड राज्य परिषदका सचीव राम प्रसाद कन्डेलले सन्चालन गरेका थिए भने अध्यक्ष दीवाकर पाण्डेको अध्यक्षता भयको थियो।
शीतलपाटीन्युज डटकम। स्कटलैण्ड। यही २९ अगस्त २०२४ को दिन गैरआवासीय नेपाली संघ स्कटल्याण्डले संघका अध्यक्ष डा.बद्री केसीलाई स्वागत गर्दै गैरआवासीय नेपाली नागरिकताको निरन्तरता,गैरआवासीय नेपाली संघको विधान संशोधन,निर्वाचन प्रणाली,संस्था दर्ता तथा सदस्यताको शुद्धीकरण र संस्थागत संरचनामा परिवर्तन जस्ता तमाम बिषयमा बहस कार्यक्रम सम्पन्न गर्यो। गैरआवासीय नेपाली संघ स्कटल्याण्डले संघका अध्यक्ष डा.बद्री केसीलाई ज्ञापनपत्र बुझाएको थियो भने यस ज्ञापनपत्रमा समाबेश गरिएका बिषयमा स्कटल्याण्ड निबासी ब्यक्तित्वहरू बिदुर खत्री,तारानाथ भण्डारी,मोती खरेल,मोहन कार्की लगायत धेरैले यस बिषयमा आफ्नो राय सुझाब राख्नु भएको थियो। स्कट्ल्याण्ड मा रहेका सम्पुर्ण सङ्ह सस्थाका प्रतिनिधि सहित स्थानिय वाशीहरुको उल्लेख्य उपस्थिति रहेको यस कार्यक्रमको सन्चालन एनआरएन स्कट्ल्याण्ड राज्य परिषदका सचीव राम प्रसाद कन्डेलले सन्चालन गरेका थिए भने अध्यक्ष दीवाकर पाण्डेको अध्यक्षता भयको थियो।
पुर्ण गुरुड्ग, लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले बेलायतमा रहेका धर्म गुरुहरुको स्वागत गर्ने भएको छ । बौद्ध परम्परामा अत्यन्त महत्वपूर्ण मानिने बर्षवासको अवसरमा बेलायतका विभिन्न बौद्ध गुम्बाहरुमा सेवारत तथा हाल बेलायत भ्रमणमा रहेका रिन्पोछे,खेन्पो,लोपेन लगायत लामा गुरुहरुलाई शनिबार ३१ अगष्टका दिन अल्डरसटस्थित गुम्बामा स्वागत गर्न लागिएको हो। उक्त स्वागत कार्यक्रममा लामा लुङ्गरिक रिन्पोछेको अग्रतामा ग्रह शान्ति,आयू पूजा,खेन्पो बाग्रिन्द्र शिलाले बोधीसत्वको अभ्यास बिषयमा प्रवचन,खेन्पो सेनाङ्ग ग्याम्जोले संघ दान तथा बर्षवासको बिषयमा प्रवचन दिइने भएको छ। उक्त स्वागत कार्यक्रममा लामा लुङ्गरिक रिन्पोछे,खेन्पो बाग्रिन्द्र शिला,खेन्पो सेनाङ्ग ग्याम्जो,खेन्पो सन्तोष गुरुङ,खेन्पो दावा तेन्जिन,लामा रक्षे गुरुङ, Khenpo Naresh Gurung,लामा काजी गुरुङ,लामा देबिरास गुरुङ,लामा गमबहादुर गुरुङको उपस्थिति रहने भएको छ। विभिन्न पूजा,प्रवचन,संघ दानका साथ सम्पन्न हुन लागेको उक्त कार्यक्रममा सहभागी हुन बेलायतमा रहेका नेपालीहरुलाई उपस्थितिका लागि बीसीसी यूकेका उपाध्यक्ष एवं कार्यक्रम संयोजक आङ्गदावा शेर्पाले अनुरोध गरेको छ।
शीतलपाटीन्युज डटकम। लण्डन।नेपालको समसामयीक राजनिती एवम जनजीवनका बिषयमा जनचेतमा फैलाउन आवस्यक देखिएको भन्दै बेलायतमा प्रबासी नेपाली एकता समाज बेलायतले अन्तरक्रिया गर्ने भयको छ। प्रबासी नेपाली एकता समाज बेलायतका महासचिव रमेश शाही ठकुरीले शीतलपाटीन्युज डटकमलाई सो कुराको जानकारी दिनु भएको छ। प्रबासी नेपाली एकता समाज बेलायतका अध्यक्ष रोसन सापकोटाका अनुसार सो अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र नेपालका अध्यक्ष, पुर्व उपप्रधानमन्त्री एवम जलश्रोत मन्त्री राजेन्द्र प्रसाद लिड्गदेन आउने र कार्यक्रममा प्रमुख अतिथी रहनु हुने बताउनु भयको छ। सो कार्यक्रममा अर्का अतिथी पार्टी प्रबक्ता,पार्टीका प्रमुख सचेतक एवम माननीय सांसद ज्ञानेन्द्र बहादुर शाही एवम प्रवास बिभाग प्रमुख एवम केन्द्रि सदस्य आनन्द अधिकारी पनि आउनु हुने जनाइएको छ। बेलायतबासी नेपाली अभियन्ताहरुलाई समेत निमन्त्रणा गरीएको अन्तरक्रिया कार्यक्रममा गैर आवासीय नेपालीका बारेमा, गोर्खा समस्याका बारेमा र नेपाली नागरीकता निरन्तरताका बारेमा छलफल हुने छ। २२ सेप्टेम्बरको ११ बजे आईतबार बिहानबाट Empire Hall Aldershot GU11 1DJ मा हुने भयको छ।
शीतलपाटीन्युज डटकम। लण्डन। एनआरएन युकेले हालै सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। एनआरएन युके अध्यक्ष हीतकाजी गुरुड्गको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रम एम्पायर हल अल्डरसटमा भयको र संघका महासचिव गोबिन्द खरेलले संचालन गर्नु भएको थियो। कार्यक्रममा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत रोशन खनाल, एनआरएनए आइसीसी अध्यक्ष डा.बद्री केसीज्यू ,उपाध्यक्षहरु डा.हेमराज शर्माज्यु, रोजिना प्रधान राईज्यू र रामशरण सिम्खडाज्यू,एनआरएनए महिला सचिव टिका गुरुङज्यू,युरोप उपसंयोजक रोबोट लिम्बुज्यु,एनआरएनए आइसीसी प्रवक्ता फडिन्द्र पन्तज्यु,एनआरएनए हङकङ अध्यक्ष गोकर्ण ढकालज्यू,तमुधिं यूके अध्यक्ष हरि गुरुङज्यू,राज्य समन्य परिषद स्कटल्याण्डको उपाध्यक्ष कमला श्रेष्ठज्यू लगायत विविन्न संघ संस्थाको प्रतिनिधिहरुको भब्य उपस्थिती थियो। उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघ बेलायतको कोअप सदस्यहरु मनोनित गरीएको थियो। उक्त कोअप सदस्यको गरिमामय पदमा नियुक्त हुनुहुने मनोनित सदस्यहरु विमल गुरुङ,नारायण फुयाल,राजेन गुरुङज्यू, डा.विशाल गुरुङ,राजेशमणी लामिछाने,जीवन कुमार श्रेष्ठर पहिलो चोटी स्कटल्याण्डबाट मनोनित शशी कार्की स्कटल्याण्ड रहनु भयको छ। कार्यक्रममा बोल्दै गैर आवासीय नेपाली संघका केन्द्रिय अध्यक्ष डा.बद्री केसीले नेपालको संविधानले आर्थिक,सामाजिक तथा सांस्कृतिक अधिकार सहितको गैर आवासीय नेपाली नागरिकता प्रदान गरेपनि आफूहरुको लक्ष्य पूर्ण अधिकार सहितको नागरिकताको माग रहेको बताउनु भएको थियो।
शीतलपाटीन्युज डटकम। लन्डन । लन्डनमा आइतबार १५ औं नेपाली मेला भव्य रुपमा सम्पन्न भएको छ। नेपाली राजदुताबास लण्डन र तमुधिं यूकेले विगत जस्तै केम्पटन पार्क रेस कोर्समा नेपालीमेलाको आयोजना गरेको हो। महासचिव डा.विशाल गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा मेला संयोजक तथा उपाध्यक्ष परशु गुरुङले स्वागत मन्तव्य दिनु भयको थियो।अध्यक्ष हरि गुरुङको अध्यक्षतामा सम्पन्न भयको सो कार्यक्रम अध्यक्ष गुरुड्ग,संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ र कार्यक्रम संयोजक तथा उपाध्यक्ष परशु गुरुङले दीप प्रज्वलन गरेर मेला आरम्भ गरीएको थियो।करिब ८ हजार सहभागी भएको सो मेलामा बेलायतका ४० नेपाली संघसंस्थाका मौलिक झांकी र नृत्यले लन्डन नेपालमय बनेको थियो। यस पटक पनि नेपाली मेलाको मुख्य आकर्षण सांस्कृतिक झाँकी नै रह्यो। मेलामा पूर्व मेचीदेखि पश्चिम महाकाली र हिमालदेखि तराईसम्मका विभिन्न जातजाती,भूगोल,धर्म प्रतिनिधित्व गर्दै विभिन्न संघसंस्थाले झांकी प्रस्तुत गरेका थिए। मेलामा सिली साकेला,लाखेनाच,ट्होंटे, सालैजो जस्ता १८ वटा विभिन्न नाच देखाइएको थियो।गायन,नृत्य,राफल ड्र,विभिन्न च्यारिटी,मिठोखाना र जनचेतनामूलक गरि ६५ वटा स्टलमा पनि मेलामा सहभागी थिए। मेलामा राजन गुरुङ,शिवदास गुरुङ,नेसन पुन,आरुषी मगर लगायतका कलाकारहरुले आ–आफ्नो बेजोड प्रस्तुति दिएका थिए। मेलामा झांकी र नृत्य दुवैमा उत्कृष्ट प्रदर्शन गरि पासा पुच गुथि यूकेले एम्बासडर कप तथा एनआरएनए कप जितेको छ भने फष्ट रनर अप किरात याक्थुङ चुम्लुङ यूके भयको छ। त्यसैगरि सेकेन्ड रनर अप र सान्त्वना पुरस्कार क्रमशःकिरात राई यायोख्या यूके र शेर्पा एसोसिएसन यूकेले जितेको छ। प्रेसिडेन्ट च्वाइस अवार्ड किरात राई यायोख्या यूकेले प्राप्त गरेको छ भने उत्कृष्ट झांकी र नृत्य प्रस्तुत गर्ने पासा पुच सुकेले लन्डन दूतावासले प्रायोजन गर्ने ११०० पाउण्डको एम्बासडर कप प्राप्त गरेको छ। रनरअपले ७०० र सेकेन्ड रनरअपले ५०० पाउण्ड,सर्टिफिकेट एवं मेडल पाउन सफल भएको थियो। एम्बासडर कप विजेतालाई एनआरएनए कपसहित ३०० पाउण्ड पनि प्रदान गरिएको थियो। झांकीमा उत्कृष्ट प्रदर्शन गरि पासा पुच गुथि यूके प्रथम बन्यो भने फष्ट रनर अप किरात याक्थुङ चुम्लुङ यूके र सेकेन्ड रनर अप किरात राई यायोख्या यूके भएको थियो। नृत्यमा उत्कृष्ट प्रदर्शन गरि किरात याक्थुङ चुम्लुङ यूके प्रथम बन्यो भने पासा पुच गुथि यूके फष्ट रनर अप र किरात राई यायोख्या
GNNNEWS: लन्डन - लन्डनको वित्तीय क्षेत्रमा काम गर्ने एक युवाले सुदूर पश्चिम नेपालस्थित आफ्नो गाउँमा शिक्षा र स्वास्थ्यमा सघाउन तिब्बतको ल्हासादेखि सगरमाथा बेस क्याम्प सम्म साइकल यात्रा गरिरहेका छन्। दार्चुला जिल्लाको विकट देथलामा जन्मिएका दिनेश पालले आफ्नो गाउँमा हरेक बालबालिकाले गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा पाउन भन्ने सुनिस्चित गर्नुका साथै र दीगो कृषि प्रणालीको विकास गर्न १००० किलोमिटर लामो उक्त साहसिक यात्रा सुरु गरेको बताए। "यात्राको क्रममा ४,५०० देखि ५,२०० मिटरसम्म साइकल यात्रा गर्ने काम शारीरिकरुपमा चुनौतिपूर्ण भए पनि आफ्ना गाउँलेहरुको माया र साथी तथा शुभेच्छुहरुको सद्भावका कारण यात्रा जारी राख्न मलाई उत्प्रेरणा मिलेको छ," सामाजिक संजाल, लिंकडइन, मा आफ्नो यात्राको विवरण अद्यावधिक गर्दै उनले भने। हेल्प नेपाल नेटवर्क तथा लायन्स क्लब अफ काठमाडौँ क्लियोपेट्रासंगको सहकार्यमा आयोजित यात्राबाट उनले पांच हजार पौण्ड (झन्डै साढे आठलाख रुपियाँ )जुटाउने लक्ष लिएका छन्। हेल्प नेपाल नेटवर्क युकेका अध्यक्ष सचिन श्रेष्ठले भने, " हेल्प नेपाल नेटवर्कले आफ्नो स्थापना काल देखि नै शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गर्दै आएका छौं। दिनेशजीले सुरु गर्नु भएको यो मानवीय कार्यमा जोडिन पाउँदा हामी निकै हर्षित छौं। यो लिंकमा गएर सक्दो सहयोग गर्न पनि बेलायत स्थित सबै नेपाली संघसंस्था तथा जनसमुदायलाई हेल्प नेपाल नेटवर्क युकेले आग्रह गरेको छ। https://www.justgiving.com/page/dinesh-pal-1722162160000?newPage=true
गोकर्ण ढकाल, अध्यक्ष ग्लोबल गोरखा समाज। लण्डन। गोरखाका र गोरखाली दिनदुःखी, असाहाय,अशक्त र बेसहाराहरुको स्वास्थ्य, शिक्षा,आपतकालीन सहयोग र उद्धारको लागी अक्षयकोष स्थापना गर्न शुरु गरिएको अक्षयकोष अभिबृद्धि गर्ने अभियानका लागी गोरखाली समाज युकेको आयोजना तथा ग्लोबल गोरखा समाजको सह-आयोजनामा आयोजित “श्रीमद्भागवत ज्ञान महायज्ञा यूके २०२४” वेद र बौद्ध दर्शन सम्बन्धी प्रवचन कार्यक्रम गोरखालीहरुको बाहुल्य रहेका शहरहरुमा वाचनप्रवीन पण्डित श्री दीनबन्धू पोखरेलज्यूको साथमा बेलायतका विभिन्न शहरहरुमा आयोजित कार्यक्रम सफल पार्न र कार्यक्रममा सरिक हुन आज बेलायत आईपुगेको छु। तपाईहरु सबै सामाजीकभाव बोक्ने गोरखाली तथा ग़ैर-गोरखालीहरुलाई आफ्नो शहर नजीक पायक पर्ने ठाउमा वेद र बौद्ध दर्शनका वाचन श्रवन गर्न हार्दिक निमन्त्रणा गर्दछु। “तपाई हामीले हाम्रो लागी त केही गरेकै छौ। हामी त अब्बल र सबल नै छौ र हाम्रो लागी हामी आफै प्रसस्त छौ तर गरीब,दिनदुःखी,असहाय र बेसहाराको लागी केही अभियानको शुरुवात अब हामीले नगरे कस्ले गर्ने र? अहिले नगरे कहिले गर्ने ?” हामी सामाजीक भावले केही गरौ भन्ने अभियान लिएर बेलायत पस्चात बिश्वका बिभिन्न देशहरुमा यसै प्रकृतीका कार्यक्रम वा गोरखाली कलाकारहरुको समुपस्थितीमा संगितीक कार्यक्रम सहित यो नोभल उदेश्य पुरा गर्न आउदै छौ। सबै देशका गोरखा/गोरखाली समाज,गोरखालीमनहरु र ग़ैर-गोरखालीहरुलाई यस पुण्य कार्यमा हातमा हात र साथमा साथको अब्ह्वान गर्दछौ। साथै यस शुभ कार्य स्थापनाको दिन (गतबर्ष काठमाण्डौको एल्लोपगोडा होटल) मा आयोजित कार्यक्रममा सहयोग गर्नुहुने सम्पुर्ण गोरखाली मनहरु र ग़ैर-आवासीय नेपाली संघका साथीहरुलाई आफ्नो कमिटमेन्ट सहित गोरखालाई सहयोग गर्नु भएकोमा फेरी पनि हार्दिक धन्यवाद दिन चाहान्छु। धन्यवाद। 🙏 “जय गोरखा जय गोरखाली”
शीतलपाटीन्युज डटकम। लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसी लण्डन आइ पुगेका छन्। डा.केसी नेपालब्रिटेन डट कमको १७ औं वार्षिकोत्सव लगायतका कार्यक्रममा भाग लिन शनिबार दिउँसो लण्डन स्थित हिथ्रो विमानस्थलमा उत्रिएका हुन्। डा. केसीको स्वागतका लागि गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष हितकाजी गुरुङ,संघका केन्द्रीय उपाध्यक्षहरु डा.हेम राज शर्मा,रामशरण सिमखडा,रोजिना प्रधान राई,युरोप उपसंयोजक रोबर्ट लिम्बु लगायतको जम्बो टोली विमानस्थल पुगेको थियो। डा. केसीले गैरआवासीय नेपाली संघको स्थापनामा बेलायतको महत्वपूर्ण भूमिका रहेको बताउँदै एक साता बेलायतमा रहँदा धेरै भन्दा धेरै गैरआवासीय नेपालीहरुलाई भेटघाट गर्ने बताएका छन्। डा.केसीले बेलायत भ्रमणको क्रममा चारवटै राज्यमा रहेका गैरआवासीय नेपालीहरुसँग अन्तरक्रिया गर्नेछन्। डा. केसीले भोलि (आइतबार) तमुधीं यूकेको आयोजना हुने १५ औं नेपाली मेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।यस्तै, २६ अगष्ट (सोमबार) गैरआवासीय नेपाली संघ यूकेले अल्डरशटमा आयोजना गर्ने सार्वजनिक सुनुवाईमा उनी सहभागी हुनेछन्। यस्तै,उनी स्कटल्याण्ड,मिडल्याण्ड्स लगायतका स्थानमा आयोजित कार्यक्रममा पनि सहभागी हुने बताइएको छ। त्यस्तै, डा.केसीले नेपालब्रिटेन डटकमको सेप्टेम्बर १ तारिख लण्डनमा आयोजना हुने १७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपालब्रिटेन डट कमका अध्यक्ष चिरन्जीवी ढकालले जनाएका छन्।डा.केसी आगामी सेप्टेम्बर २ तारिख मस्को फर्किने कार्यक्रम छ।
शीतलपीटीन्युज डटकम। नेपालमा फेरी अर्को ऊथलपुथल - देशको अस्थिर राजनिती, छ छ महिने सरकार,बढ्दो बेरोजगारी,युवाहरुको बिदेश पलायन तथा देशलाई नै आक्रान्त पार्ने गरी बढेको भ्रस्टाचारलाई रोक्नको लागी देशका बिभिन्न ब्यक्ती र समुहका छुट्टा छुट्टै आन्दोलन भैरहेको परिप्रेक्षमा यी सबैको सर्बमान्य नेतृत्वको लागी नेपाल आमाको ऊदय भएको छ। नेपाली आमाहरुको समुहले देशका भ्रस्टाचारीहरुलाई एकै ठाऊंमा जम्मा पारी पापकुण्डमा डुबाऊंदै डोरीले बांधेर सदर चिड्याखाना जाऊलाखेलमा नजरबन्द गरिदिए पछी देशको शासन सत्ता नेपाल आमाले संहाल्नु भएको छ। नेपाल आमाले तत्कालै केन्द्र सरकार देखी सातै प्रदेश सरकार खारेज गरी सात सदस्यीय अन्तरिम सरकारको घोषणा गर्दै नेपालको संबिधान पनी निलम्बन गरिदिनुभएको छ। यसै गरी ऊहांले आगामी २०८४ सालमा चुनाब गराई शासनसत्ता पुन जनतामै हस्तान्तरण गर्ने र सो चुनाबमा हाल सम्म प्रधान मन्त्री र ऊप प्रधान मन्त्री भैसकेका कसैले पनी ऊम्मेदबारी दिन नपाऊने पनी घोषणा गर्नु भएको छ ।यसै गरी सो चुनाबमा अहिलेको जस्तो जम्बो संसद नभएर दुबै सदन गरी जम्मा १०१ जनाको मात्र संसद रहने पनी घोषणा गर्नु भयो जस्मा प्रतिनिधी सभामा हरेक जील्लाबाट एक एक जना गरी जम्मा ७७ जना र बांकी २४ जना स्वतन्त्र बिज्ञहरुको राष्ट्रिय सभा रहने छ। नेपाल आमाले देशका सातै प्रदेश सदाको लागी खारेज गरी स्थानीय निकायहरुलाई थप अधिकार र बजेट पनी प्रदान गरिने र अहिले सम्म भ्रस्टाचार गरेका सबै नेताहरु माथी छानबिन गरी भ्रस्टहरुको सर्बस्व हरण गरी श्रम संजाएको पनी घोषणा गर्नुभयो । ऊहांका अनुसार जनतालाई अनाहकमा दुख दिने काम सरकारले अब देखी रोक्ने छ र राष्ट्रीय परिचय पत्र बनाऊनु पर्ने जस्ता सनकमा गरिएका निर्णय खारेज गरिएका छन् । अब देखी देशमा सरकारी कार्यालयहरु हप्तै भरी र ३६५ दिननै खुल्ने तथा अती ब्यस्त कर्यालयहरु बिहान ७ देखी बेलुका ९ बजेसम्मै खुल्ने पनी ऊहांले घोषणा गर्नुभयो। नेपाल आमाका अनुसार नेपालमा हाल कायम केन्द्रदेखी प्रदेश संरचना र तीनका सांसद र सरकारले खाई पाई आएको तलब भत्ता सुबिधा र भ्रस्टाचारको रकम एकैदिनमा १० अरब भएको हुंदा यीनीहरुलाई हटाऊंदा मात्र पनी एक दिनको रकमले एऊटा स्थानिय निकाएको मुहार फेर्न
शीतलपाटीन्युज डटकम। नेपालमा फेरी अर्को ऊथलपुथल देशको अस्थिर राजनिती,छ छ महिने सरकार,बढ्दो बेरोजगारी,युवाहरुको बिदेश पलायन तथा देशलाई नै आक्रान्त पार्ने गरी बढेको भ्रस्टाचारलाई रोक्नको लागी देशका बिभिन्न ब्यक्ती र समुहका छुट्टा छुट्टै आन्दोलन भैरहेको परिप्रेक्षमा यी सबैको सर्बमान्य नेतृत्वको लागी नेपाल आमाको ऊदय भएको छ। नेपाली आमाहरुको समुहले देशका भ्रस्टाचारीहरुलाई एकै ठाऊंमा जम्मा पारी पापकुण्डमा डुबाऊंदै डोरीले बांधेर सदर चिड्याखाना जाऊलाखेलमा नजरबन्द गरिदिए पछी देशको शासन सत्ता नेपाल आमाले संहाल्नु भएको छ । नेपाल आमाले तत्कालै केन्द्र सरकार देखी सातै प्रदेश सरकार खारेज गरी सात सदस्यीय अन्तरिम सरकारको घोषणा गर्दै नेपालको संबिधान पनी निलम्बन गरिदिनुभएको छ। यसै गरी ऊहांले आगामी २०८४ सालमा चुनाब गराई शासनसत्ता पुन जनतामै हस्तान्तरण गर्ने र सो चुनाबमा हाल सम्म प्रधान मन्त्री र ऊप प्रधान मन्त्री भैसकेका कसैले पनी ऊम्मेदबारी दिन नपाऊने पनी घोषणा गर्नु भएको छ।यसै गरी सो चुनाबमा अहिलेको जस्तो जम्बो संसद नभएर दुबै सदन गरी जम्मा १०१ जनाको मात्र संसद रहने पनी घोषणा गर्नु भयो जस्मा प्रतिनिधी सभामा हरेक जील्लाबाट एक एक जना गरी जम्मा ७७ जना र बांकी २४ जना स्वतन्त्र बिज्ञहरुको राष्ट्रिय सभा रहने छ। नेपाल आमाले देशका सातै प्रदेश सदाको लागी खारेज गरी स्थानीय निकायहरुलाई थप अधिकार र बजेट पनी प्रदान गरिने र अहिले सम्म भ्रस्टाचार गरेका सबै नेताहरु माथी छानबिन गरी भ्रस्टहरुको सर्बस्व हरण गरी श्रम संजाएको पनी घोषणा गर्नुभयो। ऊहांका अनुसार जनतालाई अनाहकमा दुख दिने काम सरकारले अब देखी रोक्ने छ र राष्ट्रीय परिचय पत्र बनाऊनु पर्ने जस्ता सनकमा गरिएका निर्णय खारेज गरिएका छन्। अब देखी देशमा सरकारी कार्यालयहरु हप्तै भरी र ३६५ दिननै खुल्ने तथा अती ब्यस्त कर्यालयहरु बिहान ७ देखी बेलुका ९ बजेसम्मै खुल्ने पनी ऊहांले घोषणा गर्नुभयो। नेपाल आमाका अनुसार नेपालमा हाल कायम केन्द्रदेखी प्रदेश संरचना र तीनका सांसद र सरकारले खाई पाई आएको तलब भत्ता सुबिधा र भ्रस्टाचारको रकम एकैदिनमा १० अरब भएको हुंदा यीनीहरुलाई हटाऊंदा मात्र पनी एक दिनको रकमले एऊटा स्थानिय निकाएको मुहार फेर्न सकिने
शीतलपाटीन्युज डटकम। लण्डन। बेलचौतारा,तनहु सोलार फार्म लिमीटेडका अध्यक्ष मोहन गुरुङ्गले सोलार फार्मबाट यथेष्ट नाफा भएको आफ्नो अनुभव सुनाउनु भयको छ। ५ मेघावाट क्षमातामा संचालन गरीएको सोलार फार्म लिमीटेड सफल भएको कारण अब ११० मेघावाटको लागि बिभीन्न साइटहरुबाट सोलार परियोजना लगानी गर्न आफु तत्पर रहेको कुरा शीतलपाटीन्युजका प्रधान सम्पादक बाचस्पति रेग्मीसंगको एक कुराकानीमा बताउनु भयो। सोलार फार्म लिमिटेडका अध्यक्ष मोहन गुरुङ्गसंग शीतलपाटीन्युजका प्रधान सम्पादक बाचस्पति रेग्मीले लिएको एउटा अन्तरवार्ताको अंश- शीतलपाटीन्युज सम्पादक- नमस्कार मोहन गुरुङ्गज्यु,बेलायतमा के गर्दै हुनुहुन्छ? बेलायतमा ब्यापार ब्यवसाय कस्तो छ। मोहन गुरुङ्ग - बेलायतमा गोल्ड ब्यापार तथा वर्कफोर्स लेवर मार्केटमा जनशक्ति पुर्ति गर्दै आएको छु। शीतलपाटीन्युज सम्पादक-गुरुङ्ग ज्यु तपाईको त बेलचौतारामा सोलार फार्म लिमीटेड पनि छ नि? के छ यस्को अवस्था? मोहन गुरुङ्ग - हाम्रो ५ मेघावाटको सोलार फार्म लिमीटेडको उत्पादन राम्रो चलेको छ।सार्बजनिक कंपनीमा परिणत भई आईपिओमा जाने अन्तिम तयारीमा रहेको र सफल रुपमा संचालन भएकोले संतुष्ट छु। यो प्रोजेक्ट राम्रो चलेकोले नेपाल बिद्युत प्राधिकरणसंग ११० मेघावाटको अरु बिभिन्न सोलार प्रोजेक्ट बिकास गर्नको लागि टेन्डर गरेको छु। नेपाल बिद्युत प्राधिकरणले ८०० मेघावाटको सोलार पावर क्षमताको प्रोजेक्टको बिकास गर्न र पीपीए गर्न आह्वान गरेको छ। शीतलपाटीन्युज डटकम सम्पादक- ११० मेघावाट प्रोजेक्ट ठुलो भएन र? किन्न वा लगानी गरेर संचालन गर्न सकिन्छ र? मोहन गुरुङ्ग - अहिले नेपालमा सोलार फार्ममा लगानी भरपर्दो र नाफामा छ। अहिले प्राधिकरणले ८०० मेघावाटको टेन्टर खुलाएकोमा सोलार फार्म लिमिटेडले ल्वाड्ग घलेल कास्कीमा १० मेघावाट,मोतीपुर १ कपिलबस्तु ३० मेघावाट,मोतीपुर २ कपिलबस्तुमा २० मेघावाट,मनैया रुपन्देहीमा ४० मेघावाट,मनीपोखरा बर्दियामा १० मेघावाट गरी ११० मेघावाट प्रोजेक्टका लागि प्राधिकरणसंग टेन्डर गरी, पर्याप्त धरौटी जम्मा गरी माग राखेको छ। २०८१ श्रावण ३० मा राखेको टेन्डर यो सोलार प्रोजेक्टमा ७ अरव लगानी गरीने भएको छ। कंपनीका प्रमुख लगानीकर्ताहरु एकदमै उत्सुक भयकोले परियोजना सफल हुने र जोखिम नभयको प्रस्ट छ। दुलेगौडा सोलार फार्म लिमिटेडका अध्यक्ष मोहन गुरुड्गसंग शीतलपाटीन्युजका प्रधान सम्पादक बाचस्पति रेग्मीले लिएको एउटा अन्तरवार्ताको अंश- शीतलपाटीन्युज सम्पादक- नमस्कार मोहन गुरुड्गज्यु,बेलायतमा के गर्दै हुनुहुन्छ? बेलायतमा ब्यापार ब्यवसाय कस्तो छ। मोहन गुरुड्ग- बेलायतमा वर्कफोर्स लेवर
शीतलपाटीन्युज डटकम। लन्डन। धार्मिक प्रवचक तथा कथावाचक पण्डित दिनबन्धु पोखरेल बेलायत आइपुगेका छन्। बेलायतका विभिन्न क्षेत्रमा आयोजना हुने विशेष धार्मिक प्रवचन कार्यक्रमका लागि उहा शुक्रबार दिउँसो लन्डन आइ पुगेका हो। लन्डनको हिथ्रो विमानस्थलमा उत्रिंदा पण्डित पोखरेललाई गोर्खाली समाज यूकेका अध्यक्ष हेम गुरुङ,सल्लाहकार गणेश गुरुङ,सचिव राजेन्द्र गुरुङ,गीता ढकाल,गायक रविन लामिछाने र शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरका पुर्व अध्यक्ष एवम संरक्षक बाचस्पति रेग्मी समेतले स्वागत गरेका थिए। गोर्खाली समाज युके र ग्लोबल गोर्खा समाज अन्तराष्ट्रियको पहलमा उनी बेलायत आएका हुन्। गोर्खाली समाज यूकेका अध्यक्ष हेम गुरुङका अनुसार बेलायतमा रहंदा पण्डित पोखरेलले विभिन्न क्षेत्रस्थित नेपालीहरुमाझ धार्मिक प्रवचन दिनेछन् ।सो अनुसार २८ अगष्टमा स्कटल्यान्डस्थित पशुपतिनाथ मन्दिरमा,३१ अगष्ट र १ सेप्टेम्बर अल्डरसटस्थित शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा तथा २ सेप्टेम्बरमा नटिङहमको हिन्दू मन्दिरमा उहाले प्रवचन दिने कार्यक्रम तय भएको छ। बेलायतमा पण्डित पोखरेलको प्रवचन वेद र बौद्ध दर्शनमा केन्द्रित रहने बताइएको छ। बेलायतमा चार दिनका प्रवचनहरु पूरा गरी ३ सेप्टेबर मै पण्डित पोखरेल नेपाल फर्किने योजना छ।
शीतलपाटीन्युज डटकम। लण्डन। DAB -ETHIC MINORITIES COMMITTEE सदस्य,तमु समाज हङकङका सस्थापक अध्यक्ष,जन सेवा समितिका हङकङका पुर्ब अध्यक्ष,एनआरएनए हङकङका बरिस्ठ सल्लाहकार,बरिस्ठ समाजसेवी,कोमल गुरुङ( स्याङ्जालि कान्छा)हङकङदेखि बेलायत आइपुग्नु भएको छ। समाजलाई नयाँ रुपान्तरणको लागि हरेक पाटो बाट सहयोग गर्नु हुने,कोमल गुरुङ आफ्नो छोरीको उच्च शिक्षाको लागि बेलायत आउनु भएको हो,छोरी रोस्मी गुरुङ American international high school हङकङबाट आफ्नो अध्यायन सकेर wimbledon university of art london मा अध्यायन गर्न आउनु भएको हो।उहाँ कोमल गुरुङ र भगवती गुरुङकि छोरी हुनुहुन्छ, उहाका २ छोरा र एक छोरी हुनुहुन्छ। हिजो बेलायतको हिथ्रो बिमान्स्थलमा अवतरण पश्चात् उहालाइ स्वागत गर्न एनआरएनए युकेका बर्तमान अध्यक्ष प्रेम गाहा मगर,एनआरएनए युकेका मुख्य संरक्षक डेबिड गुरुङ,स्याङ्जा समाज युकेका सस्थापक अध्यक्ष बर्तमान राङभाङ समाज युकेका अध्यक्ष साहारा युके उपाध्यक्ष,एनआरएनए आइसीसि सदस्य सारदा गुरुङ,एनआरएनए आइसिसिका बरिस्ठ उपाध्यक्ष थर्क सेन,स्याङ्जा समाज युकेका अध्यक्ष भरत गुरुङ,उपाध्यक्ष रुपा गुरुङ,उहाका दाइ अमृत गुरुङ, सुनिल,सृजना गुरुङ,महेन्द्र गुरुङ,नेपालबाट आउनु भएका राष्ट्रिय कलाकार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान गण्डकी प्रदेश अध्यक्ष राजन कार्की लगायतले उहाँलाई भब्य स्वागत गर्नु भएको थियो। उहाको छोटो समयको बेलायत बसाइमा भेटघाट तथा केही सामाजिक उपलब्धि मुलक कार्यक्रममा रहने कुरा जानाकारी गराउनु भएको छ।
शीतलपाटीन्युज डटकम। लण्डन। बुटबल घर भै बेलायतको अल्डरसट बस्नु भएकी मनिषा शाहीले आफ्नो जन्मदिनको सेलिब्रेसन अल्डरसटस्थित शिव मन्दिरमा एक भब्य कार्यक्रम गर्दै डोनेसन समेत गरेर जन्मदिन मनाउनु भएको छ। जन्मोत्सब मनाउन आफ्नो श्रीमान सर्बेश घले र आमा श्रीमती चन्द्र शाहीका साथ आउनु भएकी मनिषा शाही घलेले शिवको पुजा गरी आरति गरेर मनाउनु भयको हो। जन्मदिन मनाउदै गर्दा मनिषाले शिव मन्दिरलाई १००८ पौण्ड पनि डोनेसन गर्नु भएको छ। शिव मन्दिर अल्डरसटले थप भवन किन्न लागेको र यो मौकामा डोनेसन गर्न पाउदा मनिषाले खुसी ब्यक्त गर्नु भएको थियो।उहाले मेरो जन्मदिन मनाउने उद्देश्य पुरा भयको छ भन्दै खुसी ब्यक्त गर्नु भयको थियो। साथै शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरका अध्यक्ष बिक्रम भट्टराईले डोनर मनिषा शाही घलेलाई जन्मदिनको शुकामना दिदै डोनेसनका लागि धन्यबाद ब्यक्त गर्नु भयको थियो।अध्यक्ष भट्टराईले जन्मदिन मनाउन चाहाने बेलायत बसोबास गरेका नेपालीहरुलाई मन्दिरले आवस्यक मनोरन्जन दिने र ब्यवस्थापन गर्ने बताउदै १२० अट्ने क्षमता रहेको बताउनु भयो। जन्मदिन मनाउन मनिषा शाही घले उपस्थित सो कार्यक्रममा उहाको श्रीमान सर्वेश घले,आमा चन्द्र शाही,शिव कल्चरलका पण्डित मधुसुदन सत्याल, अध्यक्ष बिक्रम भट्टराई,महासचिव सुस्मा गुरुड्ग,कोषाध्यक्ष निरज तिवारी र प्रमुख संरक्षक बाचस्पति रेग्मी समेतको उपस्थिती रही मनाइएको थियो।