Thursday March 20, 2025

नेपाल-समाचार

लण्डनमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलद्वारा वेद र बौद्ध दर्शनबारे प्रवचन हुदै

शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतमा श्रीमदभागवत ज्ञान महायज्ञ हुने भएको छ। आगामी ३१ अगस्ट र १ सेप्टेम्बर २०२४ मा हुने महायज्ञमा वेद र बौद्ध दर्शनबारे ख्यातिप्राप्त वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले प्रवचन दिने कार्यक्रम छ।  नेपालको गोरखा जिल्लामा स्वास्थ्य,शिक्षा,आपतकालीन सहयोगका साथै दु:खी, अशक्त र बेसहाराको सहयोगार्थ अक्षयकोष स्थापनाका लागि महायज्ञ हुन लागेको कुरा गोर्खाली समाज यकेका अध्यक्ष हेम कुमार गुरुड्ग र समाजका सल्लाहाकार गणेश गुरुड्गले शीतलपाटीन्युजका सम्पादक बाचस्पति रेग्मीलाई  बताउनु भएको छ। कार्यक्रमका लागि फ्लायर तयार गरेर प्रचार प्रसार समेत भै रहेको जानकारी समेत दिनु भयको छ। महायज्ञ अल्डरसटस्थित शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा ३१ अगस्त २०२४ बिहान ११ देखि बेलुका ७ बजेसम्म हुने र २ सेप्टेम्बर २०२४  बिहान १० देखि दिउँसो ३ बजेसम्म नटिंगमस्थित हिन्दू मन्दिरमा गरीने कुरा आयोजक ग्लोबल गोरखा एवम गोर्खाली समाज युकेले जनाएको छ।  महायज्ञको आयोजक गोरखाली समाज यूके र सहआयोजक ग्लोबल गोरखा समाज रहेको कुरा जनाईएको छ। पण्डित पोखरेल आध्यात्मिक जगत्‌का अभियन्ता तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त प्रवचक हुन् भने उनले बेलायतका लागि प्रबेश आज्ञा (भिषा) प्राप्त गरी सकेका छन। उक्त आध्यात्मिक तथा वैज्ञानिक प्रवचनमा सहभागी भएर पुण्यलाभ लिन यूकेवासी भक्तजनमा आयोजक समाजका अध्यक्षहरुले अनुरोध गर्नु भयको समाचार छ। प्रेष बिज्ञप्ती-

बेलायतमा श्रीमदभागवत ज्ञान महायज्ञ हुँदै,पण्डित दीनबन्धु पोखरेल वेद र बौद्ध दर्शनबारे प्रवचन दिन आउदै

शीतलपाटीन्युज डटकम। लन्डन । बेलायतमा श्रीमदभागवत ज्ञान महायज्ञ हुने भएको छ। आगामी ३१ अगस्ट र १ सेप्टेम्बर २०२४ मा हुने महायज्ञमा वेद र बौद्ध दर्शनबारे ख्यातिप्राप्त वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले प्रवचन दिने कार्यक्रम छ।  नेपालको गोरखा जिल्लामा स्वास्थ्य,शिक्षा,आपतकालीन सहयोगका साथै दु:खी, अशक्त र बेसहाराको सहयोगार्थ अक्षयकोष स्थापनाका लागि महायज्ञ हुन लागेको कुरा गोर्खाली समाज यकेका अध्यक्ष हेम कुमार गुरुड्ग र समाजका सल्लाहाकार गणेश गुरुड्गले शीतलपाटीन्युजका सम्पादक बाचस्पति रेग्मीलाई  बताउनु भएको छ। कार्यक्रमका लागि फ्लायर तयार गरेर प्रचार प्रसार समेत भै रहेको जानकारी समेत दिनु भयको छ। महायज्ञ अल्डरसटस्थित शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा ३१ अगस्त २०२४ बिहान ११ देखि बेलुका ७ बजेसम्म हुने र २ सेप्टेम्बर २०२४  बिहान १० देखि दिउँसो ३ बजेसम्म नटिंगमस्थित हिन्दू मन्दिरमा गरीने कुरा आयोजक ग्लोबल गोरखा एवम गोर्खाली समाज युकेले जनाएको छ।  महायज्ञको आयोजक गोरखाली समाज यूके र सहआयोजक ग्लोबल गोरखा समाज रहेको कुरा जनाईएको छ। पण्डित पोखरेल आध्यात्मिक जगत्‌का अभियन्ता तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त प्रवचक हुन् भने उनले बेलायतका लागि प्रबेश आज्ञा (भिषा) प्राप्त गरी सकेका छन। उक्त आध्यात्मिक तथा वैज्ञानिक प्रवचनमा सहभागी भएर पुण्यलाभ लिन यूकेवासी भक्तजनमा आयोजक समाजका अध्यक्षहरुले अनुरोध गर्नु भयको समाचार छ ।

स्वामी आनन्द अर्हतले बेलायतमा ध्यान शिविर सन्चालन गर्नुहुने

GNNNEWS- लन्डन। काठमाडौँस्थित ओशो तपोवनका ध्यान प्रशिक्षक स्वामी आनन्द अर्हतले यही अगष्ट महिनामा बेलायतका विभिन्न स्थानमा ध्यान शिविर सन्चालन गर्नुहुने भएको छ। उहाँले  अगष्ट १८ आइतबारका दिन दक्षिणपूर्वी लन्डनको फाल्कनउडस्थित ह्यारिस एकेडेमीमा एक दिवसीय ध्यान शिविर संचालन गर्नु हुने ओशो आनन्द बोधी ध्यान केन्द्रका संयोजक स्वामी ध्यान शंकरले बताउनु भयो। बुध्द फाउन्डेशन युके, डार्टफोर्ड नेप्लिज कम्युनिटी, तथा बेक्स्ली  नेप्लिज कम्युनिटीसंगको सहकार्यमा आयोजना गर्न लागिएको उक्त शिविरमा सहभागी भै लाभान्वित हुन उहाँले आग्रह गर्नु भयो।     स्वामी अर्हतले आउँदो अगष्ट २३  देखि २६  तारिखसम्म लन्डन अक्सब्रिज स्थित डेनहाम ग्रोभ होटलमा तीन दिने आवासीय ध्यान शिविर संचालन गर्नु हुने छ। अगष्ट महिनाको अन्तिम साता स्कटल्याण्डमा पनि एक दिने ध्यान शिविर आयोजना गर्न लागिएको छ। उक्त शिविरहरुमा सहभागी हुन इच्छुक मित्रहरुले स्वामी ध्यान शंकर (07886018119 ), माँ अजीता (07846602614) तथा स्वामी कृश (07846146572 ) लाई  सम्पर्क गरेर आफ्नो स्थान सुरक्षित गर्न आयोजकले  आग्रह गरेका छन्। संसारका बीसभन्दा बढी मुलुकहरुमा ध्यान शिविरहरु सन्चालन गरीसक्नुभएका स्वामी अर्हतले स्वस्थ र सन्तुलित जीवनकालागि ध्यान अपरिहार्य रहेको बताउनु भयो। "जब हामी व्यावसायिक जीवनमा लाग्छौं, जीवनको अनुभव सबैभन्दा महत्वपूर्ण कुरा हुन्छ। तर आज हामी बढी आत्तिएको अवस्था छ,स्ट्रेसको अवस्था छ। त्यस्तो तनावलाई कम गर्ने ध्यानका विधिहरु सिकेर तपाईं घरमै पनि गर्न सक्नु हुन्छ,"स्वामी अर्हतले भन्नुभयो। “हाम्रा भावना वा विचारहरुबाट हाम्रो जीवन संचालित हुन्छ,ती विचारलाई कसरी सन्तुलित गर्ने? मित्रताको भावबाट आध्यात्मिक चेतसहित कसरी जिउने लगायतका विषयहरु हामी शिविरमा सिक्नेछौं। "   "जेनरेशन ग्याप के हो ? हामीलाई बच्चाहरुसंग कुरा गर्न किन गाह्रो हुन्छ? त्यसको जग के हो र हामीले कसरी आफ्नै छोरा छोरीसंग संवाद गर्ने कला सिक्न सक्छौं ? हल्का शरीर, शान्त मन, विचारमा स्थिरता र जगतसंगको आध्यात्मिक सम्बन्धबारे पनि हामी शिविरमा छलफल तथा अभ्यास गर्नेछौं," स्वामी अर्हतले भन्नुभयो।   त्यस्तै ओशो आनन्दबोधी ध्यान केन्द्रका संयोजक स्वामी ध्यान शंकरले ध्यान शिविरमा सपरिवार सहभागी हुन सबै मित्रहरुलाई आग्रह गर्नु भयो। “आजको व्यस्त समाजमा संयमित जीवन शैली र ध्यानको महत्व जति वर्णन गरेपनि कम हुन्छ। कोभिड १९ महामारी, जलवायु परिवर्तन र

पोखरामा पोखरेली मञ्च युकेका अध्यक्ष करम गुरुड्गसगँ भूतपूर्व खेलाडि मञ्चको छलफल

शीतलपाटीन्युज डटकम। पोखरा।नेपाल भूतपूर्व खेलाडि मञ्चले पोखरेली मञ्च युकेका अध्यक्ष लगाएत सगँ छलफल र सम्मान गरेको छ ।गत सोमबार पोखरामा भएको छलफल तथा सम्मान कार्यक्रममा बोल्दै पोखरेली मञ्च युकेका अध्यक्ष करम गुरुङले सन् २०१६ बाट मञ्चले पोखरा म्याराथनलाई सहयोग गदै आइरहेको बताउनुभयो। उहाँले पोखरेली मंञ्च यू.केको नेतृत्वमा तमुधि यू.के,तमु समाज यू.के,बगर भाईखलक यूके र साहार यूकेबाट सहयोग संकलन गरेर पठाइने गरेको खुलाउनुभयो। गुरुङले आगामी फागुनमा आयोजना हुने १९ औँ श्रृखलाको पोखरा म्याराथनमा सहभागि हुन आउने जनाउनु भयो। कार्यक्रममा नेपाल भूतपूर्व खेलाडी मञ्चका संस्थापक अध्यक्ष खड्क बहादुर रानाभाटले स्वागत मन्तब्य राख्दै परिचय सहित बिगत देखि १८ औँ श्रृखला सम्मको विवरण प्रस्तुत गर्नुभएको थियो। उहाँले पोखरा रंगशालाको सुरक्षाका लागि ठुलो प्रोजेक्ट पर्खाल निर्माण गरिएको र सो समयमा पनि युकेवाट ठुलो रकम सहयोग स्वरुप आएको स्मरण गराउनु भयो। भूतपूर्व खेलाडि मञ्चका द्धितीय उपाध्यक्ष खेम बहादुर गुरुङले अहिले सम्म गरेको सहयोगको प्रसंसा सगैँ धन्यबाद ब्यक्त गर्नु भयको थियो। उहाँले आगामी दिनहरुमा पनि आर्थिक,भौतिक र नैतिक सहयोग लागि अनुरोध गर्नुभयो। कार्यक्रममा सह–कोषाध्यक्ष हरि बरुवाल,कार्यकारी सदश्यहरु दिनेशकुमार श्रेष्ठ,ओम बहादुर गुरुङ,बुद्ध गुभाजु,रमेश कुमार श्रेष्ठ,जुम बहादुर गुरुङ र डण्ड गुरुको सहभागिता रहेको थियो।  यस बर्ष १९ औँ श्रृखलाको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन ३ गते हुने भयको छ। भूतपूर्व खेलाडि मञ्चका द्धितीय उपाध्यक्ष खेम बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका कोषाध्यक्ष महेश पौडेलले गर्नुभएको थियो। (साभार-समयनेपाल)

बेलायतमा अर्घाखॉंची समाज-यूकेको बार्षिक भेला २०२४ सम्पन्न

शीतलपाटीन्युज डटकम। लण्डन ।यहि ११ अगस्त २०२४ का दिन बेलायतमा रहेका अर्घाखॉंचीबासीहरुको बार्षिक भेला तथा समर भेटघाट कार्यक्रम सम्पन्न भएको छ। आइतबार अल्ट्रासटको एम्पायर हलमा समाजको आफ्नो वार्षिक भेला सम्पन्न भएको हो। समाजका अध्यक्ष बालकृष्ण भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अतिथिहरू समाजका सल्लाहकार श्री जीब बेल्वासे,क्याप्टेन बीर बहादुर थापा,श्यामनाथ काश्यव घिमिरे,बिनोद घिमिरे, रामचन्द्र भुसाल,अशोक घिमिरे,धर्मराज थापा,बसन्त लम्साल,रेनुका भट्टराई लगायतले सम्बोधन गरेका थिए। अतिथिहरूले शुभकामना मन्तव्य दिंदै बेलायतमा बस्ने अर्घाखॉंचीबासीहरूले गरेको सामाजिक कार्य र  नेपालको मौलिक संस्कृति र परम्पराको पालना गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए। सो अवसरमा नेपालबाट भ्रमणमा आएका अभिभावकहरुको सम्मान लगायतका कार्यक्रम पनि सम्पन्न भएका थिए। कार्यक्रममा बिशेष व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो तथा अध्यक्ष बालकृष्ण भुसालले बार्षिक प्रतबेदन पेश गर्नु भएको थियो।समाजका उपाध्यक्ष शुसिल गौतमले कार्यक्रम संचालन गरेका थिए। सन् २०१७ सालमा स्थापित  भएको बेलायतकाअर्घाखॉंची बासीहरुको यो साझा संस्थाले अहिलेसम्म नेपालमा विभिन्न सामाजिक कार्यहरु सञ्चालन गर्दै नेपालमा लाखौ रूपैयाँ बराबरको मानवीय सहयोग गरिसकेको छ। यो भेलाले आगामी ३ बर्षको लागी गर्नुपर्ने कामको योजना पनि तयार पारेको छ।उक्त कार्यक्रममा अर्घाखॉंचीबाट आएका कलाकारहरुको पनि उपस्थिति तथा भब्य प्रस्तुति रहेको थियो ।

एनआरएनए यूकेको सहयोगमा लन्डनमा एनआरएन नागरिकता वहस हुने

शीतलपाटीन्युज डटकम। लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेको सक्रियतामा गैरआवासीय नेपाली नागरिकतासम्बन्धि एक वहस सञ्चालन हुने भएको छ। सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स यूकेको आयोजना र एनआरएनए यूकेको सहयोगमा यही अगष्ट १७ तारिख आइतबार लन्डनमा गैरआवासीय नेपाली नागरिकता वहस गरिने भएको हो। वुल्लीचस्थित लाइब्रेरी बिल्डिंगको सातौं तलामा मध्यान्ह १२ देखि साँझ ६ बजेसम्म तय कार्यक्रममा नेपाल तथा बेलायतका विषय विज्ञहरुले प्रिजेन्टेसन गर्नेछन्। एनआरएनए यूके महासचिव गोविन्द खरेलका अनुसार कार्यक्रममा सहभागी हुन सर्वोच्च अदालतका न्यायधिस एवम् अधिवक्तासहितका विज्ञ बेलायत आउँदैछन। त्यस्तै, सोसाइटी अफ नेप्लिज प्रोफेसनल्समा अबद्ध विषयविज्ञहरुले पनि कार्यक्रममा प्रिजेन्टेसन गर्नेछन्।सो अवसरमा एनआरएनए यूकेका अध्यक्ष हित काजी गुरुङले पनि नागरिकतासम्बन्धि एनआरएनए अभियान र सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स् यूकेसंग हुन सक्ने सहकार्यबारे मन्तव्य राख्नेछन्। कार्यक्रम नेपालको संविधानमा भएको गैरआवासीय नेपाली नागरिकतासम्बन्धि व्यवस्थाबाट प्राप्त उपलब्धिहरु,आउन सक्ने समस्याहरु तथा सम्भावित समाधानका उपायसम्बन्धि रिसर्च तथा नतिजा  प्रकाशनमा केन्द्रित रहनेछ। एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङले गैरआवासीय नेपालीहरुको सबैभन्दा ठूलो चासो र चिन्ता रहेकाले नागरिकताको विषयलाई प्राथमिकतासाथ अघि बढाउन लागिएको बताए। नागरिकता बारे बेलायतवासी आम नेपालीलाई सुसूचित गर्ने र नेपालको राजनीतिक नेतृत्वलाई झक्झकाउने कार्यलाई एनआरएनए यूकेले तीव्र रुपमा अगाडि बढाउने अध्यक्ष गुरुङले बताए। कार्यक्रममा उपस्थित भएर नागरिकता वहसमा सहभागी हुन आयोजक सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स यूके र एनआरएनए यूकेले इच्छुक बेलायतवासी नेपालीहरुलाई आव्हान गरेका छन्।  कार्यक्रममा उपस्थित हुन नसक्नेहरुले इमेलमार्फत् आफ्ना जिज्ञासा वा धारणा पठाउन सक्ने र तीनलाई कार्यक्रममा यथोचित स्थान दिइने एनआरएनए यूकेले जनाएको छ।

एनआरएनए अध्यक्ष डा.बद्री केसी बेलायत आउने

शीतलपाटीन्युज डटकम। लन्डन। गैरआवासीय नेपाली संघका अध्यक्ष डा.बद्री केसी बेलायत आउने भएका छन्। डा.केसी बेलायतबाट सञ्चालित नेपालब्रिटेन डट कमको आगामी सेप्टेम्वर १ तारिख आइतबार आयोजना हुने १७ औं वार्षिकोत्सव समारोहमा भाग लिन लण्डन आउन लागेका हुन्।  गैरआवासीय नेपाली संघका सहकोषाध्यक्ष कृष्ण तिमल्सीनाका अनुसार डा. केसी २४ अगष्ट शनिवार लण्डनस्थित हित्रो विमानस्थलमा उत्रिने तयारी गरेका छन्।  उनी अगष्ट २५ तारिख आइतवार तमुधीं यूकेको आयोजनामा हुने नेपाली मेलामा सहभागी हुने भएका छन्। यस्तै,अगष्ट २६ तारिख सोमवार गैरआवासीय नेपाली संघ यूकेले उनको सम्मानमा एक कार्यक्रमको आयोजना गर्ने संघका अध्यक्ष हितकाजी गुरुङले जानकारी दिए। सो कार्यक्रममा अल्डरशट स्थित एम्पाएर हलमा आयोजना गर्ने तयारी भएको छ।  सन् २००७ को जुन महिनादेखि अनलाइन सेवा सञ्चालनमा आएको समाचार पोर्टलले १७ औं वार्षिकोत्सव मनाउने तयारी गरेको हो।  नेपालब्रिटेन डटकमका संस्थापक अध्यक्ष चिरन्जीबी ढकालका अनुसार स्ट्यान्स्स्थित स्ट्यावेल कम्यूनिटीमा आयोजना हुने सो समारोहमा बेलायतमा सक्रिय १० सामाजिक व्यक्तित्वहरुलाई सम्मान गर्ने तयारी गरिएको छ। अनलाइनले हरेक वर्षमा बेलायतमा रहेर विभिन्न सामाजिक क्षेत्रमा सक्रिय चर्चित व्यक्तिहरुको सूची सार्वजनिक गर्दै आएको छ । गत वर्षहरुमा जस्तै नेपाली समुदायसँग वार्षिकोत्सव मनाउने तयारी गरिएको ढकालले बताए। सो अवसरमा कार्यक्रममा एमाले पूर्व सांसद तथा केन्द्रीय सदस्य डा.सूर्य पाठक,गण्डकी प्रदेश सांसद डिल्ली राम सुवेदी,नेपाली दूतावास लन्डन, स्थानीय सबै सामाजिक संघसंस्था,पत्रकारहरु, बुद्धिजीवी लगायतको उपस्थितिमा नेपालबाट आएका कलाकारहरुले विभिन्न सांस्कृतिक कार्यक्रमको प्रस्तुति दिने भएका छन्। नेपालब्रिटेन डट कमका सम्पादक चिरन शर्माले गत वर्षहरुमा जस्तै यो वर्ष पनि बेलायतमा चर्चित दश नेपालीलाई सम्मान गरिने जानकारी दिए। उनले बेलायतस्थित नेपाली समुदायको सिफारिसमा चर्चित १० जनाको नाम चयनको प्रकृया अघि बढेको बताए। यस वर्ष बेलायतमा सक्रिय एक सामाजिक संस्थालाई समेत सम्मान गर्ने तयारी गरिएको उनले जानकारी दिए। कार्यक्रममा नेपालका प्रमुख राजनीतिक दल नेपाली कांग्रेस,नेकपा एमाले,माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय नेताहरुको समेत उपस्थिति रहने अपेक्षा गरिएको छ।

जीआरयनसी (GRNC)ले ताइची र नेचर वाल्क गर्ने

शीतलपाटीन्युज डटकम। लण्डन। ग्रेटर रसमोर नेपाली कम्युनिटी (जीआरयनसी ) प्रत्येक शनिबार र मंगलबार बिहान ८ बजे डेखी १० बजेसम्म मुपार्क,फार्नबोरोमा  आइतबार र बुधबार प्रिन्सेस गार्डेन अल्डर्शटमा बिहान ८ बजे डेखी १० बजेसम्म ताईची  र आइतबार १८ अगस्ट २०२४ मा बिहान ७:३० देखि ११:३० सम्म नेचर वाल्क ( जंगलमा हिड्ने ) कार्यक्रम छ।  ताईची प्रशिक्षक मन गुरुङ भन्नु हुन्न्छ "ताईचीले  तन,मन र शरीरलाई तन्दुरुस्त र बलियो बनाउन मद्दत गर्दछ।” मन गुरुङ १२ वर्ष देखि  युनिओन अफ ग्रेट ब्रिटेनको ताईची प्रशिक्षक सदस्य हो। त्यसै गरि जंगलमा हिडनाले हामी पन्चतत्वसंग मिलन हुने,ध्यान गर्ने,जंगलले नुहाउने,हाम्रो नचाहिने इमोशन लाई छोड्ने प्रशिक्षन अन्तरास्ट्रिय ट्रेनर इन्द्र गुरुङ,राजी श्रेष्ठ र मन गरुङ्ग द्वारा गरिने छ।  उक्त कार्यक्रमको लागि नेसनल लोटरी फण्डको सहयोग रहने भयको कुरा अध्यक्ष गुरुड्गले बताउनु भयको छ।

अमेरीकाको बाल्टीमोर नाच्दै

सुरेश कोईराला, अमेरीका।अब नाच्छ बाल्टिमोर भन्ने मूल नाराका साथ हिन्दूहरूको महानपर्व हरितालिका तीज एवम विभिन्न चाडपर्वलाई माध्यम बनाई आयोजिक बिविध सांस्कृतिक कार्यक्रम यही अगस्ट १८ आईतबार  नेपालका चर्चित कलाकारहरूको साथ बेजोड प्रस्तुति हुने भएको छ। एन आर एन ए मेरिल्यान्ड च्याप्टरद्वारा आयोजित उक्त कार्यक्रममा चर्चित गायिका शान्ति श्री परियार,रचना रिमाल,गायिका एबम् मोडेल ज्योती मगर र मोडेल करिष्मा ढकालले कार्यक्रममा आफ्नो प्रस्तुति दिने कुरा सल्लाहाकार जनक पौडल बताउनु भयको छ। बाल्टीमोड  स्थित Family Kitchen,4132 E Joppa RD,Nottingham, MD 21236 मा हुने कार्यकम मूलतः विशेष रहने कुरा सचिव गोविन्द सापकोटाले बताउनु भयको छ। अध्यक्ष कुल गुरुङ अध्यक्ष भए पश्चात अमेरिकामा रहनु भएका नेपालीहरु एबम् विभिन्न संघ संस्थाहरुलाई एकतावद्द रुपमा जोड्ने काम गर्नु भएको छ। साथै गतवर्ष तिहारमा भैलो कार्यक्रम,नयाँ वर्षको कार्यक्रम,एनआरएनए एनसीसीको बार्षिक साधारण सभा लगायत अन्य विभिन्न कार्यक्रमहरू आयोजना भएको थियो। नेपाली परम्परा,कला संस्कृतिक जर्गना गर्ने उदेश्य विभिन्न चाड पर्वलाई माध्यम बनाई नेपालीहरुलाई मनोरञ्जन दिने उदेश्यले उक्त कार्यक्रम गर्न लागेको कुरा अध्यक्ष कूल प्रसाद गुरुङ्गले बताउनु भयो। NRNA च्यान्टरहरुमा हरेक नेपाली पर्व लगायात विभिन्न कार्यक्रम गर्ने कुरामा एनआरएनए मेरिल्याण्ड च्याटर अगाडी भएको कुरा NRNA NCC अमेरीकाका सदस्य विष्णु वरालले बताउनु भयको छ।

स्कटलैण्डमा समाजसेवी कार्कीको रेष्टुरेन्ट “बेष्ट रेष्टुरेन्ट अवार्ड” ले सम्मानित

प्रकास अर्याल, स्कटल्याण्ड। समाजसेवी तथा एनआरएनए अभियन्ता मोहन कार्कीद्वारा स्कटल्याण्डको फलक्रिकमा सञ्चालित मेक्सिकन टेक्समेक्सबार एण्ड ग्रिलले  बेस्ट रेस्टुरेन्ट अवार्ड प्राप्त गरेको छ। स्कटल्याण्ड बिजनेस अवार्ड अन्तर्गत  स्टरलिंग र फलक्रिक क्षेत्रको रेस्टुरेन्टहरु मध्य बेस्ट रेस्टुरेन्ट अवार्ड  प्रदान गरिएको थियो। २०२४ मा दोस्रो पटक उक्त रेस्टुरेन्टले  बेस्ट रेस्टुरेन्ट अवार्ड पाएको छ।  यहि मार्च २०२४ मा  ओसीएनिक अवार्डसद्वारा आयोजना गरिएको द स्कटिस रेस्टुरेन्ट अवार्ड २०२४ मा मेक्सिकन टेक्समेक्स बार एण्ड ग्रिललाई बेस्ट मेक्सिकन  रेस्टुरेन्ट अवार्ड प्रदान गरिएको थियो। एनआरएनए स्कटल्याण्डका संस्थापक अध्यक्ष तथा एनआरएनए युकेको दुई कार्यकाल उपाध्यक्ष समेत रहनु भएका कार्कीले नेपालमा भूकम्प जाँदा धेरै सहयोग गर्नु भएको थियो। साथै कोभिडको महामारीमा नेपाल र स्कटल्याण्डमा सहयोगको अभियान संचालन गर्नु भएको थियो। हाल एनआरएनएमा कुनै पदमा नरहनु भएपछि र आफ्नो ब्यबसायमा खटिनु भएपछि अवार्डहरु प्राप्त गर्न थालेको छ।  सन्  २०१७ मा स्थापना गरिएको उक्त मेक्सिकन रेस्टुरेन्टमा सबै परिकारहरु ताजा मेड टु अडर बनाइने र कुनै फ्रोजन सामग्री प्रयोग नगरिने सञ्चालक समाजसेवी कार्कीले बताउनु भयो।गुणस्तरीय सेवा र ग्राहकको सन्तुष्टिको कारणले  नै उक्त  अवार्ड  प्राप्त गरेको कार्कीले बताउनु भयो। एनआरएनए स्कटल्याण्डका संस्थापक अध्यक्ष तथा एनआरएनए युकेका निवर्तमान उपाध्यक्ष समेत रहनु भएका कार्कीले फोर्थ भ्याली कम्युनिटीमा आफ्नो रेस्टुरेन्ट लोकप्रिय रहेको बताउनुभयो। कार्कीको यस बाहेक फलक्रिकमा सुसी रेस्टुरेन्ट तथा प्रोपर्टी बिजनेस पनि रहेको छ। कार्कीको यो चौथौ रेस्टुरेन्ट हो भने निकट भविष्यमा पब बिजनेसमा लगानी गर्दै हुनुहुन्छ।   स्कटल्याण्डको पहिलो नेपाली पब सञ्चालन गर्ने समेत तयारीमा समेत उहाँ रहनुभएको छ।फास्टफुड बिजनेसमा २२ वर्षदेखि कार्यरत कार्कीले यस अघि मध्यपूर्वमा तथा अमेरिकाको मियामीमा  उत्कृष्ट म्यानेजरको रुपमा समेत अवार्ड प्राप्त गर्नु भएको थियो।

समाजसेवी कार्कीको रेस्टुरेन्टलाई स्कटल्याण्डको बेस्ट रेस्टुरेन्ट अवार्ड

प्रकास अर्याल, स्कटल्याण्ड। समाजसेवी तथा एनआरएनए अभियन्ता मोहन कार्कीद्वारा स्कटल्याण्डको फलक्रिकमा सञ्चालित मेक्सिकन टेक्समेक्सबार एण्ड ग्रिलले  बेस्ट रेस्टुरेन्ट अवार्ड प्राप्त गरेको छ। स्कटल्याण्ड बिजनेस अवार्ड अन्तर्गत  स्टरलिंग र फलक्रिक क्षेत्रको रेस्टुरेन्टहरु मध्य बेस्ट रेस्टुरेन्ट अवार्ड  प्रदान गरिएको थियो।२०२४ मा दोस्रो पटक उक्त रेस्टुरेन्टले  बेस्ट रेस्टुरेन्ट अवार्ड पाएको छ।  यहि मार्च २०२४ मा  ओसीएनिक अवार्डसद्वारा आयोजना गरिएको द स्कटिस रेस्टुरेन्ट अवार्ड २०२४ मा मेक्सिकन टेक्समेक्स बार एण्ड ग्रिललाई बेस्ट मेक्सिकन  रेस्टुरेन्ट अवार्ड प्रदान गरिएको थियो। एनआरएनए स्कटल्याण्डका संस्थापक अध्यक्ष तथा एनआरएनए युकेको दुई कार्यकाल उपाध्यक्ष समेत रहनु भएका कार्कीले नेपालमा भूकम्प जाँदा धेरै सहयोग गर्नु भएको थियो। साथै कोभिडको महामारीमा नेपाल र स्कटल्याण्डमा सहयोगको अभियान संचालन गर्नु भएको थियो। हाल एनआरएनएमा कुनै पदमा नरहनु भएपछि र आफ्नो ब्यबसायमा खटिनु भएपछि अवार्डहरु प्राप्त गर्न थालेको छ।  सन्  २०१७ मा स्थापना गरिएको उक्त मेक्सिकन रेस्टुरेन्टमा सबै परिकारहरु ताजा मेड टु अडर बनाइने र कुनै फ्रोजन सामग्री प्रयोग नगरिने सञ्चालक समाजसेवी कार्कीले बताउनु भयो।गुणस्तरीय सेवा र ग्राहकको सन्तुष्टिको कारणले  नै उक्त  अवार्ड  प्राप्त गरेको कार्कीले बताउनु भयो। एनआरएनए स्कटल्याण्डका संस्थापक अध्यक्ष तथा एनआरएनए युकेका निवर्तमान उपाध्यक्ष समेत रहनु भएका कार्कीले फोर्थ भ्याली कम्युनिटीमा आफ्नो रेस्टुरेन्ट लोकप्रिय रहेको बताउनुभयो। कार्कीको यस बाहेक फलक्रिकमा सुसी रेस्टुरेन्ट तथा प्रोपर्टी बिजनेस पनि रहेको छ। कार्कीको यो चौथौ रेस्टुरेन्ट हो भने निकट भविष्यमा पब बिजनेसमा लगानी गर्दै हुनुहुन्छ।   स्कटल्याण्डको पहिलो नेपाली पब सञ्चालन गर्ने समेत तयारीमा समेत उहाँ रहनुभएको छ।फास्टफुड बिजनेसमा २२ वर्षदेखि कार्यरत कार्कीले यस अघि मध्यपूर्वमा तथा अमेरिकाको मियामीमा  उत्कृष्ट म्यानेजरको रुपमा समेत अवार्ड प्राप्त गर्नु भएको थियो।

बिहुकोट हेल्प नेटवर्क यूकेको नयाँ कार्यसमिति अध्यक्षमा शिव कंडेल निर्बिरोध

शीतलपाटीन्युज डटकम। लन्डन- बेलायतका विभिन्न क्षेत्रमा बस्ने बाग्लुङ बिहुकोटेहरुको सामाजीक संस्थामा नयाँ नेतृत्व चयन भएको छ। सोमबार बेलायतको ग्रान्थममा सम्पन्न बिहुकोट हेल्प नेटवर्क यूकेको पाँचौं महाधिवेशन तथा दशौं वार्षिक भेलाले शिव कंडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ। १३ सदस्यीय नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष लिलाराम निउरे, उपाध्यक्ष केशव कंडेल र रामप्रसाद कंडेल चयन भएका छन भने महासचिवमी राजु कंडेल छन्। साथै सचिवमा मुक्ति कंडेल,कोषाध्यक्षमा यमलाल कंडेल तथा सदस्यहरुमा गंगाधर कंडेल,धनकुमारी निउरे,सागर कंडेल,राजेन्द्र कंडेल,सुशिल कंडेल र सिता कंडेल चुनिएका छन्। अधिबेसनमा सम्बोधन गर्दै प्रमुख अतिथि अमर उच्च माविका निवर्तमान प्रधानाध्यापक हरिप्रसाद कंडेलले बेलायतमा बसोबास गर्ने बिहुकोटेहरुको योगदानको उच्च मुल्यांकन गर्नु भयको थियो। उहाले सधैभर एकजुट भएर समाज सेवामा लाग्न बेलायतवासी बिहुकोटेहरुलाई आग्रह पनि गर्नु भयको थियो।सभालाई सम्बोधन गर्दै नेटवर्कका संस्थापक अध्यक्ष, सल्लाहकार तथा निर्वाचन समितिका संयोजक दयानिधि सापकोटाले नवनिर्वाचित कार्यसमितिले विश्वव्यापी रुपमा फैलिएको बिहुकोटेहरुलाई एकजुट बनाउन भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु भयको । कार्यक्रममा बिहुकोट समाज जापानका पूर्व अध्यक्ष अशोक शर्मा गोपाल,ग्रान्थम नेपाली समाजका कमल भण्डारी, शान्ति नेपाली समाजका प्रवक्ता डिएन खराल,पूर्व सल्लाहकार फुल प्रसाद कंडेलले शुभकामना मन्तव्य राख्नु भयको थियो। सो अधिबेसनका अवसरमा समुदायलाई विशेष योगदान पुर्याउने संस्थापक अध्यक्ष दयानिधि सापकोटा,पूर्व अध्यक्ष प्रेम कंडेल,प्रमुख अतिथि प्राचार्य हरिप्रसाद कंडेल,एकाउन्टेट प्रकाश भट्टराई,बिहुकोट समाज जापानका पूर्व अध्यक्ष अशोक शर्मा लगायतलाई बिहुकोटे समाजले सम्मान गरेको थियो। नेटवर्कका अध्यक्ष गंगाप्रसाद कंडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिव कंडेलले स्वागत गरेका थिए भने महासचिव कुलपति न्यौपानेले बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष रमेश कंडेलले आर्थिक प्रतिवेदन पेश गरेका थिए। कार्यक्रममा शान्ति नेपाली समाजका पन्चेबाजा र कलाकार सुशिला गौतमको बेजोड सांगीतिक प्रस्तुतिबाट मनोरञ्जन गरिएको कार्यक्रम संयोजक छबिलाल कंडेलले जानकारी गराएका थिए। बेलायतको च्यारिटी कमीसनमा दर्ता भएर २०१४ मा स्थापित बिहुकोट हेल्प नेटवर्क यूके सामाजिक कार्यमा सक्रिय रहंदै आएको छ।

बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल

शीतलपाटीन्युज डटकम। लन्डन। गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले हालैका दिनमा बेलायतमा जातीय हिंसाका घट्ना बढिरहेको उल्लेख गर्दै नेपाली समुदायलाई सचेत रहन अपिल गरेको छ। अध्यक्ष प्रेम गाहामगरले मंगलबार एक आपतकालिन सेफ्टी एड्भाइजरी जारी गर्दै बढ्दो तनावको यस समयमा नेपाली समुदायको सुरक्षा र कल्याण सुनिश्चित गर्नु आफ्नो दायित्व रहेकाले केही समस्या परे सम्पर्क गर्न पनि सुझाएका छन्। लन्डनस्थित नेपाली दूतावासले बेलायतका नेपाली संघसंस्थाहरुलाई आ-आफ्नो तर्फबाट सुरक्षा सतर्कता अपनाउन अपिल गरिदिन आग्रह गरेको थियो। एनआरएनए यूकेले आफ्नो एड्भाइजरीमा उच्च–जोखिम क्षेत्रहरूमा नजान,हिंसा फैलिएका स्थानहरूमा यात्रा नगर्न,विश्वसनीय समाचार स्रोतहरू र स्थानीय अधिकारीहरूबाट आधिकारिक अद्यावधिक सूचना मार्फत सूचित रहन सुझाएको छ। त्यसैगरि,संघले जोखिम न्यूनीकरणका लागि कुनै पनि प्रदर्शन वा दंगामा भाग नलिन पनि सल्लाह दिएको छ। कुनै पनि हिंसा वा भेद्भावका घट्ना भए प्रहरी वा स्थानीय नेपाली संगठनलाई सूचित गर्न पनि एनआरएनए यूकेको आग्रह छ। संघले बेलायतमा रहेका सबै नेपाली संस्थालाई आफ्ना सदस्यहरूलाई सहयोग प्रदान गर्न पनि आग्रह गरेको छ। केही समस्या परे स्थानीय अधिकारीहरू र नेपाली दूतावासलाई सम्पर्क गरि सहयोग लिन उसको सुझाव छ। अहिलेको चुनौतीपूर्ण समयमा सुरक्षा र एकतालाई प्राथमिकता दिने उल्लेख गर्दै केही समस्या भए आफ्नो संस्थामा सम्पर्क गर्न पनि अध्यक्ष गाहामगरले अनुरोध गरेका छन्।

बेलायतका नेपालीलाई सुरक्षा सतर्कता अपनाउन एनआरएनए यूकेको अपील

शीतलपाटीन्युज डटकम। लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले बेलायतवासी नेपालीलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन अपील गरेको छ। पछिल्ला केही दिनयता बेलायतमा प्रदर्शन र हुलदंगा भइरहेका सन्दर्भमा एनआरएनए यूकेले मंगलबार एक वक्तव्य जारी गर्दै सुरक्षित रहन सबैमा अपील गरेको हो। अध्यक्ष हितकाजी गुरुङ र महासचिव गोविन्द खरेलले जारी गरेको सेफ्टी एड्भाइजरीमा प्रदर्शन तथा हुलदंगाका लागि बढी जोखिम रहेका क्षेत्रमा नजान सल्लाह दिइएको छ। त्यस्तै,बेलायतवासी नेपालीलाई कुनै पनि प्रदर्शनहरुमा सहभागी नहुन आग्रह गरिएकोछ। एनआरएनए यूकेले आफ्नो सुरक्षाका लागि सतर्क रहन तथा त्यस्ता कुनै पनि घटना हुन पुगेमा तत्काल स्थानीय सुरक्षा निकायलाई सम्पर्क राख्न आग्रह गरेको छ।बेलायतमा क्रियाशिल अन्य नेपाली संघसंस्थालाई पनि आफ्नो समुदाय तथा सदस्यहरुलाई सुसूचित गर्न तथा सुरक्षित राख्न आवश्यक सहयोग गर्न एनआरएनए यूकेले आव्हान गरेको छ। कुनै पनि सहयोग आवश्यक परेमा लन्डनस्थित नेपाली दूतावासलाई सम्पर्क गर्न आग्रह गरिएको छ। त्यस्तै, एनआरएनए यूकेलाई पनि इमेल [email protected] वा अध्यक्षलाई 07411576298 र महासचिवलाई  07462140962  मा टेलिफोन गरी सम्पर्क गर्न सकिने जनाइएको छ। यसअघि मंगलबार नै लन्डनस्थित नेपाली दूतावासले पनि एक सूचना जारी गर्दै बेलायतका सबै नेपालीलाई प्रदर्शन तथा हुलदंगाबाट सक्दो टाढा रहन आव्हान गरेको थियो। यसअघि तीन जना बालिकाको ज्यान जाने गरी चाकु आक्रमण भएपछि बेलायत पछिल्लो सातादेखि अशान्त बनेको छ। कयौं शहरहरुमा जातीय सद्भाव घड्काउने गरी प्रदर्शनहरु भइरहेका छन् भने प्रदर्शनकै वहानामा चोरी र लुटपाटका घटना पनि भएका छन्। अपिल-

बेलायतका विभिन्न शहरमा प्रदर्शन र हुलदंगा भएकोले त्यस्ता स्थानमा नजान नेपालीलाई राजदूतावासको आग्रह

शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतका विभिन्न शहरमा केही दिनदेखि प्रदर्शन तथा हुलदंगा चलिरहेको छ। यस्तो हुलदंगा भएको स्थानको भ्रमण नगर्न तथा प्रदर्शनमा सहभागी नहुन बेलायतमा रहेका एवं बेलायत भ्रमण गर्न लागेका नेपाली नागरिकलाई लन्डनस्थित नेपाली दूतावासले अनुरोध गरेको छ।  बेलायतको वर्तमान परिस्थितिलाई नेपाली राजदूतावासले नजिकबाट नियाली रहेको समेत जनाएको छ। यस्तो अवस्थामा सम्पूर्ण नेपाली नागरिकहरूलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन एवं स्थानीय सञ्चारमाध्यम तथा सुरक्षा निकायले जारी गरेको सूचनाहरू ध्यानपूर्वक पालना गर्न अनुरोध गरिन्छ,राजदूतावासले मंगलबार विज्ञप्ति जारी गर्दै भनेको छ। साथै,बेलायतस्थित नेपाली संघ संगठनलाई आफ्नो संस्था/समुदाय मार्फत नेपाली नागरिकहरूलाई सुरक्षा सतर्कता अपनाउने सम्बन्धमा जानकारी गराउन एवं समन्वय गर्न समेत राजदूतावासले अनुरोध गरेको छ ।  आपत्कालीन अवस्थामा राजदूतावासमा सम्पर्क गर्न पनि विज्ञप्तिमार्फत अनुरोध गरिएको छ। राजदूतावासलाई देहायबमोजिम सम्पर्क गर्न सकिनेछ।  Embassy of Nepal 12A Kensington Palace Gardens, London, W8 4QU Email: [email protected], [email protected] Phone: +44 (0) 20 7229 1594, +447404939274 प्रेष बिज्ञप्ति-

एआईजीपी किरण बज्राचार्य उपत्यका प्रहरी कार्यालय सरुवा

शीतलपाटीन्युज डटकम। २२ साउन, काठमाडौं । नेपाल प्रहरीका ४ जना प्रहरी अतिरिक्त महानिरीक्षकको सरुवा भएको समाचार छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा दीपक थापा,उपत्यका प्रहरी कार्यालयमा किरण बज्राचार्य, प्रदेश समन्वय विभागमा श्यामलाल ज्ञवाली र कार्य विभागमा रामदत्त जोशीलाई सरुवा गरेको कुरा जानकारी प्राप्त भयको छ। यसअघि ज्ञवाली सीआईबी प्रमुख थिए भने थापा उपत्यका प्रहरी कार्यालयमा थिए। बज्राचार्य प्रहरी प्रधान कार्यालयमा थिइन् भने जोशी हालै बढुवा भएका हुन् ।

घान्द्रुक समाज यूकेले आफ्नो १६ औ वार्षिक भेटघाट कार्यक्रम यसरी मनाए।

शीतलपाटीन्युज डटकम। लण्डन।घान्द्रुक समाज युकेले यहि ३ अगष्ट २०२४ शनिबारको दिन फार्नबोरो स्थित साम्युल कोडी स्कूलको हलमा आफ्नो १६ औ वार्षिक समर भेटघाट कार्यक्रम  धुमधामका साथ मनाएको छ।  ३ चरणमा कार्यक्रमको पहिलो चरणको औपचारिक कार्यक्रम घान्द्रुक समाजको अध्यक्ष श्री देब बहादुर गुरुङको अध्यक्षतामा आमन्त्रित विभिन्न संघ संस्थाबाट सहभागी हुन आउनु हुने अतिथिगण र भद्रभलादमीहरुलाई आसन ग्रहण गराएको थियो। सो पश्चात नेपालको र संयुक्त राज्य बेलायतको राष्ट्रिय धून बजाए पछि यो वर्षमा दिवङ्गत हुनु भएका गाउँलेहरुको मृतात्माहरुको चीर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गराएर शुभारम्भ गरेका थिए। शुभारम्भ गर्नु अघि घान्द्रुकको आस्थाको केन्द्र शक्तिपीठ श्री मेश्रम बराहलाई पुजारी पच्यू त्रेय देव बहादुर गुरुङ आफै, कृष्ण गुरुङ र बुद्धि ल्हो गुरुङले पूजा पाठ गराए। पूजा पश्चात सबैले प्रसाद ग्रहण गरेपछि कार्यक्रम शुरू गरेका थिए।  आमन्त्रित अतिथिहरुमा तमुहरुको छाता संगठन तमु धी युकेको अध्यक्ष हरि गुरुङ दम्पती,तमु प्ये ल्हु संघ युकेको प्रतिनिधि महासचिव श्री वेगलाल गुरुङ दम्पती,तमु समाज युकेको अध्यक्ष श्रीमति बिन्दु घले दम्पती,गोर्खा मिडिया प्रबन्ध निर्देशक तथा प्रधान सम्पादक श्री मिलन तमु र शितल पाटी ई पत्रिकाको प्रबन्ध निर्देशक तथा प्रधान सम्पादक श्री वाचस्पति रेग्मी आदि थिए। विधिवत रूपमा अतिथिहरुलाई आसन ग्रहण गराए पछि र पूजाआजा गराए पश्चात उपाध्यक्ष श्री कृष्ण गुरुङले स्वागत मन्तब्य राख्नको साथै हेल्थ एण्ड सेफ्टी बारे जानकारी गराएका थिए। त्यसपश्चात आमन्त्रित अतिथिहरुमा यो वर्ष तमु प्ये ल्हु संघ युके र तमु समाज युकेको नव निर्वाचित पदाधिकारी अतिथिहरु वेगलाल गुरुङ दम्पती र तमु समाज युकेका नव निर्वाचित अध्यक्ष श्रीमति बिन्दु घले दम्पतिलाई खादा, भाँग्रा तथा पछ्यौराले बधाई दिनको साथै स्वागत तथा सम्मान गर्यो भने बाँकी अतिथिहरुलाई खादाले सम्मान गरेको थियो।  पहिलो औपचारिक कार्यक्रमको दौरानमा यो वर्ष समाजको सदस्यहरूको नानी बाबुहरु जसले विभिन्न विधाहरूमा विभिन्न विश्व विद्यालयहरुबाट ब्याचलर, मास्टर्स डिग्री र विशेष डिग्री हासिल गरेका ७ जना नानीहरूलाई पनि सम्मान गरेका थिए। जसमा हितकाजी गुरुङ सुपुत्री सुश्री सामिन गुरुङ, कुल बहादुर गुरुङ सुपुत्री श्रीमति ममता गुरुङ, याम गुरुङ सुपुत्र रिचल गुरुङ, राज बहादुर

बंगलादेशकी प्रधानमन्त्री हसिनाले राजीनामा दिएर देश छाडेको खवर

शीतलपाटीन्युज डटकम। लण्डन।बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी छिन्। हसिना चढेको हेलिकोप्टोर भारतीय शहर अगरतलातर्फ उडेको बिबिसी बंगाललाई उदृत गर्दै बिबिसीले जनाएको छ। सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोधमा विद्यार्थी समूहले सुरू गरेको आन्दोलन थप हिंसात्मक बनेपछि हसिनाले देश छाडेकी हुन्।

पहिलो एनआरएनए कप ऐतिहासीक रुपमा सम्पन्न, बीवाइएनसीलाई उपाधि

शीतलपाटीन्युज डटकम। लन्डन। पहिलो एनआरएनए कप बेजिङस्टोक युथ नेपलिज कम्युनिटी (बीवाइएनसी) ले जितेको छ।एनआरएनए यूकेले शनिबार लन्डन ब्रोवेल्स लेन फेल्थाममा गरेको पहिलो एनआरएनए कप फुटबल प्रतियोगितामा बीवाइएनसीले उपाधिसंगै दुई हजार पाउण्ड नगद र मेडल्स् प्राप्त गर्‍यो। रनरअप भएको प्लमस्टिड गनर्सले एकहजार पाउण्ड नगद र मेडल्स् प्राप्त गरेको छ। उता, भेट्रान वीनर बन्यो ड्याडीज एफसी। उसले एक हजार पाउण्ड नगद र मेडल्स् प्राप्त गर्‍यो भने भेट्रान रनर अप भएको इन्टेक ०४ ले ५ सय पाउण्ड नगद र मेडल्स् पायो। नन भेट्रानतर्फ ७ गोल गरि हाइऐस्ट स्कोरर केल्भिन भए भने वेष्ट प्लेयर विशाल तामाङ। त्यसैगरि भेट्रानतर्फ हाइऐस्ट स्कोरर कविर गुरुङ र वेष्ट प्लेयर खुम गुरुङ भए। प्रमुख अतिथी अल्डरसट क्षेत्रकी सांसद एलेक्स बेकर,एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर,एनआरएनए यूके संस्थापक अध्यक्ष महन्त श्रेष्ठ,प्लेटिनम प्रायोजक सी ५३ का निर्देशक अजय ठकुरी,प्रमुख संरक्षक डेभिड गुरुङ,प्रमुख सल्लाहकार डा. भीम पुन,एनआरएनए आइसीसी सदस्यहरु कुमार थापा,रिचर्ड गुरुङ लगायतले विजेता टिम र खेलाडीलाई पुरस्कार प्रदान गरे।प्रतियोगितामा नन भेट्रान २४ र भेट्रान १६ गरि कुल ४० टिमले प्रतिष्पर्धा गरेका थिए। बेलायतका नेपाली युवाको प्रतिभा उजागर गर्दै ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने उद्देश्यसहित ‘९ ए साइड’ एनआरएनए कप फुटबल प्रतियोगिता गरिएको हो। प्रमुख अतिथी सांसद बेकरले आफू सांसद निर्वाचित भएपछि नेपालीको पहिलो विशाल कार्यक्रममा सहभागी हुन पाएकामा कृतज्ञता व्यक्त गर्दै खेलले सबै समुदायलाई एकतावद्ध गराउन महत्वपूर्ण भूमिका खेलेको बताइन्।उनले आफ्नो निर्वाचन क्षेत्रमा नेपालीहरुको बढ्दो उपस्थितिले थप समृद्ध बनेको उल्लेख गर्दै भूतपूर्व गोर्खाहरुका जायज माग सम्बोधनका लागि आफू गम्भीर भएर लाग्ने प्रण पनि गरिन्। अध्यक्ष प्रेम गाहामगरले पहिलो एनआरएनए कप पूर्ण सफल भएको जनाउंदै उत्साहजनक सहभागिताका लागि आमदर्शक,आर्थिक सहयोग गर्ने प्रायोजक,दाता एवं खेलाडीहरुप्रति आभार व्यक्त गरे।संस्थाका संस्थापक अध्यक्ष महन्त श्रेष्ठले कार्यक्रमको महत्व र नेतृत्वलाई विश्वास गरेर गरिमामय उपस्थिति जनाइदिएकामा आभार व्यक्त गरे।उनले आगामी दिनमा अझ परिष्कृत र भव्य बनाउने प्रतिवद्धता पनि व्यक्त गरेका छन्।प्रमुख संरक्षक गुरुङले प्रतियोगिता ऐतिहासिक बन्न समस्त नेपाली समुदायको साथ रहेको बताउंदै त्यसप्रति आभार व्यक्त गरे। उनले आगामी वर्षहरुमा यसलाई अझ परिष्कृत गरिने पनि बताए। पहिलो नेपाली महोत्सव

नेपाल आदिवासी जनजाती महासंघ युकेले पत्रकार महासंघ युकेको नया निर्बाचित समितीलाई बधाई दिदै सम्मान गर्ने

शीतलपाटीन्युज डटकम। लन्डन। नेपाल आदिवासी जनजाति महासंघ युकेले नेपाल पत्रकार महासंघ यूकेको नवनिर्वाचित कार्यसमितिलाई कार्यकाल सफलताको सुभकामनाका साथ बधाई तथा सम्मान गर्ने भएको छ। आगामी अगष्ट ४ आइतवारका दिन तिसौं विश्व आदिवासी दिवसको उपलक्ष पारेर नयां कार्यसमितिलाई सम्मान गर्न लागिएको महासंघका अध्यक्ष रि.मे योगेश कोयु राईले जानकारी दिनुभएको हो । गत जुलाई १४ मा भएको नेपाल पत्रकार महासंघको छैठौ अधिवेशनले विमला सेनेको नेतृत्वमा १५ सदस्य रहेको कार्य समिति चयन गरेको छ।  यो वर्ष भने महासंघले नजिकको सप्ताहान्त पारेर “देश तथा विदेश जहा रहेपनि हाम्रो पहिचान,प्रतिनिधित्व र समावेशीताको आवाज उठाउ,हाम्रो भाषा,धर्म,संस्कृति र अधिकारको लागि विश्वव्यापी जागरण अभियान गरौं” भन्ने नाराका साथ अल्डरसटको द प्यालेसमा दिउसो १२ वजे देखि भव्य रुपमा मनाउने भएकोछ। आयोजकका रुपमा नेपाल आदिवासी जनजाति महिला महासंघ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ,नेपाल आदिवासी जनजाति युवा महासंघर र आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ समेत रहेका छन्। हरेक वर्ष विश्वभर अगष्ट ९ मा विश्व अदिवासी दिवस मनाईन्छ। यस वर्ष संयुक्त राष्ट्र संघले  “Protecting the Rights of Indigenous Peoples in Voluntary Isolation and Initial Contact” मूल अन्तर्राष्ट्रिय नारा तय गरेको छ। जातिय संस्थाहरुको छाता संगठनको रुपमा रहेको नेपाल आदिवासी जनजाति महासंघमा वेलायतमा रहेका १४ वटा जातिय संस्थाहरु अवाद्ध रहेका छन ।

यसपाली को world Cup कसले जित्ला?