GNNNews- लण्डन। चितवन एण्ड ट्रष्ट यूकेको १० औँ अधिवेशनले पूर्व प्राध्यापक तथा व्यवशायी कृष्ण तिवारी आगामि २०२३ - २०२५ कार्यकालका लागि अध्यक्षमा सर्वसम्मतले निर्वाचित भएका छन् । दशौं अधिवेशनका सभापति तथा २०२१ - २०२३ का अध्यक्ष रितेशराज पाण्डेले पुरानो समिति विर्सजन भएको सूचना घोषणा लगत्तै ट्रष्टीहरूको संलग्नतामा सर्वसम्मत नेतृत्व चयन पहलका लागि अभ्यास गरिएको थियो। हाल क्याट युकेमा नौ जना ट्रष्टी रहेका छन भने निर्वाचित समिति ले छ जना ट्रष्टी नियुक्त गर्ने भएको हो। ३० जुलाई आइतबार तमुधि युकेको भवन दि तमु नेप्लिज कम्युनीटि सेन्टरमा सम्पन्न क्याट युकेको अधिवेशनमा प्रमुख अतिथिमा एनआरएनए यूकेका नवनिर्वाचित अध्यक्ष हितकाजी गुरुङ्ग रहेका थिए भने विशेष अतिथि तमुधि युकेका वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ्ग,यति एशोशिएनका पूर्व अध्यक्ष उमेश मोक्तान,क्याट यूकेका संस्थापक अध्यक्ष कपिल श्रेष्ठ ,एनआरएनए आइसिसी सदस्य सुनिलबाबु खड्का रहेका थिए। त्यसै गरि अतिथिमा एनआरएनए यूकेका कोषाध्यक्ष हेम गुरुङ्ग , नेपाल प्रेस युनियन युरोपकी उपाध्यक्ष सविना श्रेष्ठ लगाएत क्याट यूकेका पूर्व पदाधिकारीहरु र विभिन्न संघसंस्थाका प्रतिनीधिहरु को उपस्थिति रहेको थियो। क्याट यूकेले नवनिर्वाचित एनआरएनए यूकेका पदाधिकारी र आईसिसी सदस्यलाई सम्मान गरेको थियो। क्याट यूकेका अध्यक्ष रितेशराज पाण्डेको अध्यक्षता सम्पन कार्यक्रममा संस्थाकै महासचिव रमेश श्रेष्ठले २०२१ - २०२३ को प्रगति विवरण पेश गरेका थिए भने कोषाध्यक्ष डा.सुरज पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिकुल मौसमका वावजुद पनि विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति माझ क्याट यूकेको १० औं अधिवेशन तथा १८ औं बार्षिकत्सोव भव्य रुपमा सम्पन भएको थियो।
शीतलपाटीन्युज डटकम। काठमाडौं। बेलायती सेनामा लामो समय काम गरेर फर्केका नेपालीहरुले खेपेका विभिन्न विभेदहरुको विषयमा संसद्मा संगठितरुपमा आवाज उठाउन भन्दै संसद् बाहिर एक संसदीय समिति गठन गरिएको छ। ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति युकेले आइतबार बानेश्वरमा आयोजना गरेको छलफल कार्यक्रममा नेपाली काँग्रेसका सांसद रामहरि खतिवडा संयोजक र नेकपा एमालेका सांसद एलपि साँवा लिम्बू सहसंयोजक रहेको ‘सर्वदलीय संसदीय समिति’ गठन गरिएको छ । समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली, राप्रपाबाट धवलशम्शेर राणा र ध्रुवबहादुर प्रधान, नेकपा माओवादी केन्द्रकी दुर्गा राई, नेपाली काँग्रेसकी सीताकुमारी राना, जनता समाजवादी पार्टीकी सुशीला श्रेष्ठ र नेपाली काँग्रेसका सांसद खमबहादुर गर्बुजा रहेका छन्। सर्वदलीय संसदीय समितिको सल्लाहकारमा पूर्वराज्यमन्त्री दिलमान पाख्रिन, एनआरएन युकेको अध्यक्ष प्रेम गाहामगर र पूर्वसभासदद्वय दिब्यमणि राजभण्डारी छन्। समितिको सदस्य सचिवमा सुनमान तामाङ र सचिवालय सञ्चालन एलबि घिसिङलाई सलाहकारमा चयन गरेको छ। कार्यक्रममा संघर्ष समितिका सल्लाहकार एलबि घिसिङले नेपालमा नेपालीहरुको गोर्खा पल्टनमा प्रवेशको विगत देखि वर्तमनसम्मको अवस्थाका बारेमा एक जानकारी पत्र प्रस्तुत गरेका थिए। घिसिङका अनुसार गोर्खा ब्रिगेडको प्रारम्भ सन् १८१५ मे १३ मा भएको हो। १८१५ देखि १९४७ सम्म करिब ८ लाख र त्यस यताका वर्षहरुमा करिब २ लाख नेपाली युवाहरु गोर्खा पल्टनमा भर्ती भएको तथ्यांक प्रस्तुत गरेका थिए। (गोर्खामिडीयाबाट साभार)
शीतलपाटीन्युज डटकम। काठमाडौ। नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन अर्थ मन्त्रालयले सहमति दिएको छ। गृह मन्त्रालयले पठाएको सेवा अवधि हटाउने प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको हो । ३ दिनअघि अर्थ मन्त्रालयले सहमतिमा राय दिएर गृह मन्त्रालयमा पठाएको छ। अर्थले कानुन बनेको १ वर्षपछि लागु गर्ने गरी ३० वर्षे सेवा अवधि हटाउन ‘राय’ दिएको हो। रायमा भनिएको छ–‘उमेर हद,सेवा अवधि तथा ३० वर्षे सेवा अवधि हटाउने लगायतका प्रस्तावित विषय निजामती सेवा ऐन–२०४९ को दफा २५ को प्रावधान समेतका आधारमा एक वर्षपछिको मितिदेखि लागु हुने गरी व्यवस्था गर्नुपर्ने।’ अर्थ मन्त्रालयले दिएको राय अनुसार गृह मन्त्रालयको कानुन महाशाखाले छलफल गरिरहेको छ।
घनस्याम भण्डारी, स्कटलैण्ड। लन्डन। नेपालका भेट्रान बक्सर पुरण राईले संयुक्त अधिराज्य (यूके) को स्कटल्याण्डमा आयोजित एक प्रोफेशनल बक्सिङ प्रतियोगिता जितेका छन्। २० वटा राष्ट्रिय स्वर्ण पदक विजेता राईले स्कटल्याण्डमा शनिबार भएको रम्बल इन द जंगल प्रतियोगितामा रायन कार्टरलाई तेस्रो चरणमा टेक्निकल नकआउट (टिकेओ) को आधारमा पराजित गरेका हुन्। २०० अमेचर म्याच खेलिसकेका भेट्रान बक्सर राईले उपाधि जित्नुलाई महत्वपूर्ण उपलब्धि मानेका छन्। 'यसले नयां पुस्तालाई अन्तर्राष्ट्रिय प्लेटफर्ममा पनि नेपाली फाइटरले खेल्न सक्छन् भन्ने सन्देश गएको छ',उनले भने।उनी यूनिभर्सल बक्सिङ एलायन्स (यूबीए स्कटल्याण्ड) च्याम्पियन पनि बनेका छन्। १३ औं साफमा उनले तेश्रो पदक जितेका थिए। नेपालका अर्का खेलाडी जुनियर नेशनल च्याम्पियन आकाश डांगी भने यूबीए,यूबीओ वल्र्ड टाइटल म्याचमा एन्डी बेलसंग पराजित भएका छन्। अर्का खेलाडी म्याक्स बस्नेतको खेल भने रद्द भएको छ। उनका प्रतिष्पर्धी बबी कार्टर घाइते भएकाले म्याच रद्द भएको म्याक्सले बताए।खेल रद्द भएकामा म्याक्स दुःखी छन्।'चार महिनादेखि तयारी गरेको थिएं खेल्न पाइएन',उनले कान्तिपुरसंग भने,'नेपालमा हाइ अल्टिच्यूड हुने भएकाले हामीलाई प्रशिक्षण अप्ठेरो हुन्छ।तर यहां भने खेल्न र प्रशिक्षण पनि सजिलो थियो।म पूर्ण तयारीमा थिएं।' प्रोफेशनल एउटा कन्टेन्डर च्याम्पियनले अर्को कन्टेन्डरसंग प्राय नखेल्ने गरेको म्याक्सले जनाए । राज्यले खेलाडीका लागि केही गर्दैन।हामी आफ्नै प्रयासमा खेल्दैछौं,उनले सुनाए। उनी १४ पटक राष्ट्रिय स्वर्ण पदक विजेता हुन् । म्याक्स मुम्बई च्याम्पियन,अल इण्डिया इन्टर क्लव च्याम्पियन, जापान च्याम्पियन, स्पेन जिबीएफ वल्र्ड कप क्वालिफायर २०२२ समेत हुन्l
गोमा राना, लण्डन। आज आइतबार जुलाई ३० तारीख २०२३ विश्व नेपाली साहित्य महासंघ पश्चिमा शाखाको त्रैमासिक बैठक तथा साहित्यिक कार्यक्रम अल्डर्शोटको सुशी मोटो रेस्टुरेन्ट बारमा सम्पन्न भयो। कोरोनाको विषम परिस्थितिको समय देखि जूमबाट नियमित बैठक हुँदै गर्दा गत बर्ष देखि बर्षमा एक पटक प्रत्येक्ष भेटघाट गरि बैठक बस्ने र आफ्नो भावना,रचना प्रस्तुत गर्ने गरिएको छ। साहित्य तथा सङ्गीत समाजलाइ छर्लङ्ग देखाउने ऐना हो र जीवनका सुख दुख पोखाउने माध्यम हो। यी भाषा तथा लयद्वारा अभिब्यक्त गर्ने कला पनि हो। आज बैठकमा उपस्थित सबैले आआफ्नो मनको भावना काल्पनिक र यथार्थपुर्ण रुपले प्रस्तुत गरेका थिए। कार्यक्रमा आज विश्व नेपाली साहित्य महासंघ पश्चिमा शाखाका काबा अध्यक्ष गोमा राना र प्रमुख अतिथि पिताम्बर रानाबाट दिप प्रज्वलन गर्दै कार्यक्रम शुभारम्भ भएको थियो। राष्ट्रिय गान पछि सस्थाका अध्यक्ष लाल सुन्दर राइको जेष्ठ सुपुत्र प्रविन जोयल, सदस्य गङ्गा भन्डारीको माता र साहित्यकार दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल प्रती धैर्य धारण गर्ने शक्ति मिलोस भनी एक मिनेट मौन धारण गरिएको थियो। सिमाना र आमा गीतको रचनाकार लिला सेलिङ माबो र शान्ति लिम्बुलाइ बधाई तथा शुभकमना दिइएको थियो। लाल सुन्दर राइको "सन्सारै रित्तो" शीर्षक कविताले सबैलाई भावुक बनाएको थियो भने गङ्गा भन्डारीको "मन सङ्गको सम्बाद" बसन्ततीलका र उपजाति छन्दको कविताले मन्त्रमुघ्ध पारेकी थिइन् । गोमा रानाको म एउटी चरी,नानू रानाको गजल,शान्ति लिम्बुको मान्छे धमिरा,लिला सेलिङ माबोको गीत सिमाना,जित छन्त्यालको उदास जिन्दगी शीर्षक कविताले सबैलाई वाहवाह गराएको थियो। सङ्ख्यात्मक रुपमा थोरैको उपस्थिति रहे पनि मनोरञ्जनात्मक र गुणात्मक महत्व रहेको सबैले जानकारी गराएका थिए। गोमा रानाको अध्यक्षतामा सह सचिब जित छन्त्यालले कार्यक्रम सन्चालन गरेका थिए भने सचिब शान्ति लिम्बुले स्वागत मन्तव्य राखेका थिए। प्रमुख अतिथि पिताम्बर रानाले उपस्थित सबैको गीत,कविता,गजल मुक्तक अत्यन्तै रोचक सकारात्मक उदाहरणिय रहेको र आउन असमर्थ विनेसामका सदस्यहरुले पक्कै यस्तो कार्यक्रम छुटेकै हो। आगामी आयोजना गरिने कार्यक्रममा सस्थाका सदस्यहरुले महत्त्वपूर्ण ठानेर धेरैको उपस्थितिमा अझ बृहत् होस भनि उतरोत्तर प्रगतिको शुभकामना ब्यक्त गरेका थिए। कार्यक्रमको अन्त्यमा सभा अध्यक्षले उपस्थित सबै तथा चाहेर पनि उपस्थित
शीतलपाटीन्युज डटकम। लण्डन। प्रबासी नेपाली एकता समाज (राप्रपा) युकेको अध्यक्ष रोसन सापकोटाको अध्यक्षतामा आज कार्यसमितीको बैठक बस्यो। एम्पायर हल अल्डरसटमा बसेको सो बैठकमा प्रवासी नेपाली एकता समाज (राप्रपा) को अन्तराष्ट्रिय अध्यक्ष प्रेम श्रेष्ठको पनि उपस्थिती थियो। उपस्थित महानुभावहरुको परिचयबाट शुरु गरिएको सो कार्यक्रममा प्रवासी नेपाली एकता समाज युकेका अध्यक्ष सापकोटाले बेलायतमा पार्टीको अवस्था र अव हुने महाधिबेसनका बारेमा स्पष्ट पार्नु भयको थियो।कार्यक्रममा आफ्नो मन्तब्य राख्दै अन्तराष्ट्रिय अध्यक्ष श्रेष्ठले पार्टीले लिएका नितीहरु अत्यन्तै राम्रा भएकोले संगठन बिस्तारमा लाग्नु पर्ने राय ब्यक्त गर्नु भयको थियो। लण्डनमा छिटै अधिबेसन गर्न सल्लाहा दिदै प्रमुख अतिथी र समय बारेमा बताउनु भयको थियो। प्रेम बहादुर शाही ठकुरीले (रमेश) संचालन गरेको सो बैठकमा अन्तराष्ट्रिय अध्यक्ष प्रेम श्रेष्ठ,राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय सदस्य लोक राज तिवारी,नेपाली जनसम्पर्क समिती युकेका उपाध्यक्ष प्रवेस केशी,प्रवासी नेपाली एकता समाज अन्तराष्ट्रिय प्रवक्ता एवम एनआरएन युके उपाध्यक्ष अनील मल्ल,सदस्य नारायण गिरीका साथै शैलेस महर्जन,मधु घिमीरे,गीता गिरी,सुरज श्रेष्ठ,माया श्रेष्ठ,कुमार गुरुड्ग र शीतलपाटीन्युजका सम्पादक बाचस्पति रेग्मीको समेत उपस्थित थियो। प्रवासी नेपाली एकता समाज (राप्रपा) युकेको अधिबेशन अगस्त भित्र सम्पन्न गर्ने निर्णय गर्दै बैठक सम्पन्न भयको थियो।
GNNews- लन्डन– योग,ध्यान र साधनाद्वारा जीवनमा सकारात्मक परिवर्तन ल्याउन काम गरिरहेको संस्था जीवन विज्ञानद्वारा आयोजित सात दिन लामो 'चक्र विज्ञान साधना शिविर' शनिबार सम्पन्न भएको छ। दक्षिण पूर्वी लन्डनस्थित प्लमस्टीडमा आयोजित शिविरको संचालन जीवन विज्ञानका संस्थापकद्वय तथा जीवन विकास विशेषज्ञ गुरु एलपी भानु शर्मा तथा गुरु रमेश नेपालले गरेका थिए। समापन समारोहमा सहभागीहरुलाई सम्बोधन गर्दै गुरु रमेश नेपालले आफुलाई मन नपर्ने व्यवहार अरु कसैप्रति पनि नगर्न प्रशिक्षार्थीहरुलाई सुझाव दिए। "यो एउटा सूत्रले मात्रै पनि तपाईंको जीवनमा रुपान्तरण ल्याउन सक्छ।तपाईं सुखी, शान्त र स्वस्थ हुनु भयो भने तपाईंको घर, परिवार र समाजमै सकारात्मक असर पर्छ। " उनले हाम्रो शरीरमा रहेका प्रमुख सात चक्रहरुको जागरणबाट स्वस्थ शरीर, सक्रिय मन, सकारात्मक भाव र आध्यात्मिक प्रगतिको मार्ग खुल्ने पनि बताए। जीवन विज्ञानका संस्थापक गुरु एलपी भानु शर्माले नेपालले आगामी दश वर्षमा विश्व गुरु बन्ने दीर्घकालीन सोच राख्नु पर्ने बताए। "मानिसको मनले जहिले पनि थाहा नपाएको कुरा जान्न खोज्छ। त्यही विराटलाई जान्ने प्रयासको रुपमा यो शिविर आयोजना गरिएको हो। तपाईंहरु आजदेखि विराट ज्ञानको संवाहक र प्रतिनिधि हुनु भयो। घर, परिवार र समाजमा यो संदेश फैलाउनु होला," उनले भने। समापन कार्यक्रमका युरोप र बेलायतबाट सहभागी प्रशिक्षार्थीहरुले आफ्ना अनुभव सुनाएका थिए। बेल्जियमको लुभेन शहरबाट सात दिने शिविरमा भाग लिन आएका सांग्रिला समाजका अध्यक्ष नारायण अधिकारीले संसारभरि मानसिक र शारीरिक स्वास्थ्य समस्या बढ्दै गएको बेला यो प्रशिक्षण निकै फाइदाजनक भएको बताउनु भयो। "मैले सिकेको पाठ मेरो परिवार र समाजका लागि मात्रै हैन, पुरै विश्वका लागि अनुकरणीय हुने ठानेको छु," उनले भने। ललित बस्नेत, धनराज चौबंग लिम्बु, युना राइ, बेल्जियमबाटै आएका व्यवसायी राजेन्द्र कार्की लगायतले आफ्नो अनुभव शेयर गरेका थिए। युरोप र बेलायतबाट झन्डै एक सय जना प्रशिक्षार्थीहरुले सात दिने शिविरमा भाग लिएको जीवन विज्ञान यूकेकी ट्रष्टी तथा प्रशिक्षक सरिता शर्माले बताइन्। जीवन विज्ञान यूकेका ट्रष्टी प्रेम खड्काले संस्थाका गतिविधिहरुबारे जानकारी गराए भने जीवन विज्ञान यूकेका ट्रष्टी तथा रोयल बरो अफ ग्रीनविचका उप मेयर जीत रानाभाटले सबैलाई धन्यवाद दिए। आफ्नो बेलायत बसाइका क्रममा गुरुद्वय एलपी भानु
शीतलपाटीन्युज डटकम। लण्डन।एनआरएन युक्को ११औ कार्यसमितीको निर्वाचनमा हालै गरिएको प्रतक्ष चुनाबबाट बिजयी अध्यक्ष हितकाजी गुरुड्लाई बुध्दिष्ट गुम्बा रेडिड्ग युकेमा भब्य स्वागत गरेको समाचार प्राप्त भयको छ। अध्यक्ष गुरुड्गलाई स्वागत गरेको अवसरमा फस्ट लेडी सीता गुरूड,बिजयी आईसीसी सदस्य रि ले चन्द्र बहादुर गुरूड,बिजयी आईसीसी सदस्य दिलरास गुरूड र उहाकी धर्म पत्नीका साथै एनआरएन युकेका सहकोषाध्यक्ष हेम कुमार गुरूडको उपस्थिती रहेको र बुद्धिस्ट गुम्बा रेडिड युकेको नया गुम्बामा भब्य स्वागत गरिएको थियो। एनआरएन अध्यक्ष गुरुड्गको टीमलाई बुद्धिस्ट गुम्बा रेडिड युकेका अध्यक्ष ई.खेम ब गुरूडले खादा लगाई फुल गुच्छाले स्वागत गर्नु भयको थियो। सो स्वागतका अवसरमा गुम्बाका उपाध्यक्षहरु श्रीमती राधा गुरूड,नर बहादुर गुरुड्ग,कृष्ण गुरुड्ग महासचिब कमल गुरुड्ग,कोषाध्यक्ष मेजर बुद्धि गुरूड,आमा समुह अध्यक्ष रजनी गुरुड्ग तथा प्रपर्टी मेनेजमेन्ट एवम गुम्बाका ट्रष्टी चन्द्रमान गुरुड्गको पनि उपस्थिती थियो। बुध्दिष्ट गुम्बा रेडिड्ग युकेका मुल गुरू श्री लामा गुरूड र लामा गुरू किसान गुरूडको समेतको उपस्थितीमा सो स्वागत समारोह भब्य भयको थियो।
शीतलपाटीन्युज डटकम। लन्डन। नेपालको पर्बत जिल्ला भंगारा,दादा, ठानामौला र लामे घर भै बेलायत बसोबास गरेका चार भञ्ज्याङ तमु समाज युके भनेर चिनिने नेपालीहरुको बार्षिक ग्रिष्मकालीन भेटघाट आगामी शनिबार अल्डरसटमी हुँने भयको छ । ५ अगस्टमा हुने सो कार्यक्रममा नेपालका राष्ट्रिय कलाकार,सर्जक तथा लोकप्रिय लोकदोहोरी गायक शिव हमाल तथा लोकप्रिय लोकदोहोरी गायिका मनमाया बाइवाले पनि प्रस्तुति दिने समाचार शीतलपाटीन्युजलाई प्राप्त भयको छ। आयोजक चार भन्ज्याड्गले समाजका सम्पूर्ण परिवार,चेलीबेटी,दिदीबहिनी,ज्वाइँ,दाजुभाइबीचमा वार्षिक भेटघाट सफल र रमाईलो बनाउन सबैलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरेको छ। कार्यक्रम अल्डरसटको कनोट स्कुलमा दिउँसो १ बजेदेखि सुरु हुने संस्थाका अध्यक्ष वेनकुमार गुरुङले बताउनु भयको छ। Address- The Cannught School GU12 4AS
शीतलपाटीन्युज डटकम। लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको हित काजी गुरुङ नेतृत्वको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक २० अगस्तमा बस्ने भएको छ। गतसाता निर्वाचित ११ औं कार्यसमितिका अध्यक्ष गुरुङको अध्यक्षतामा बिहीबार बसेको भर्चुअल बैठकले पहिलो बैठकको मिति तय गरेको हो। भर्चुअल बैठकमा भने कमिटीका पदाधिकारीहरु बीच परिचयात्मक कार्यक्रम चलेको थियो।यस्तै बैठकले आगामी २० अगस्ट आइतबार अल्डरसटको एम्पायर हलमा धन्यवाद सभा गर्ने निर्णय गरेको छ। उक्त अवसरमा एनआरएनए यूकेका पूर्वअध्यक्ष, सल्लाहकार,निवर्तमान समितिका पदाधिकारी, समुदायका अगुवा लगायतलाई निम्त्याएर नवनिर्वाचित कार्यसमितिको तर्फबाट धन्यवाद ज्ञापन गर्ने तथा उनीहरुबाट शुभकामना लिने कार्यक्रम छ। उक्त बैठकमा निवर्तमान कार्यसमिति र नयाँ कार्यसमितिबीच बुझबुझारथको कार्यक्रम राखिने महासचिव गोविन्द शर्मा खरेलले जानकारी दिए। बैठकले कार्यसमितिका सबै पदाधिकारीलाई संस्थाका बैठक तथा कार्यक्रमहरुमा अनिवार्य उपस्थितिको लागि आव्हान गर्ने र उपस्थित हुन असमर्थ हुनेले महासचिवलाई जानकारी गराउनुपर्ने निर्णय पनि गरेको छ। भर्चुअल बैठकमा नवनिर्वाचित कार्यसमितिका अधिकांश पदाधिकारीसँगै आइसीसी सदस्य निर्वाचित ले. चन्द्र गुरुङ र दिलरस गुरुङ,इंग्ल्याण्ड राज्य परिषद अध्यक्ष शम्भु अर्याल,नर्दन आयरल्यान्ड अध्यक्ष बलबहादुर थापालगायत सहभागी थिए।
शीतलपाटीन्युज डटकम। लन्डन। तमु समाज युकेको सामुदायिक भवनमा ज्येष्ठ नागरिकका लागि हरेक बुधबार नि:शुल्क कक्षा सञ्चालन गरिएको छ।समय सदुपयोगका लागि अंग्रेजी लेखपढ र मनोरन्जन गरी तमु सामाज युकेको ज्येष्ठ नागरिक आमा दिदीबहिनीहरुका लागि कक्षा सञ्चालन गरेको अध्यक्ष शिवकुमार गुरुङले जानकारी दिनु भयको छ। उहाले उत्तर पश्चिम लन्डनका ज्येष्ठ नागरिकहरुको हितका लागि आयोजना गरिएको कार्यक्रममा ब्रेन्ट काउन्सिल,हेरो काउन्सिल र ईलिङ काउन्सिलमा बसोबास गर्ने ज्येष्ठ नागरिकहरु उपस्थित हुने गरेको बताउनु भयो। हाल शिक्षिकाको कार्यभार ज्येष्ठ नागरिक अमृता गुरुङ थापाले सम्हालेकी छन्। उहाले अंग्रेजी भाषा सिकाउँनु भयको छ। कार्यक्रम गत २९ मार्चबाट बिहन १० देखि दिनको १ बजेसम्म हुँदै आएको छ।पहिलो १ घण्टा ज्येष्ठ नागरिकहरु भेला हुने,चियापान गफगाफ गरिने गर्दछ। दोस्रो १ घण्टा लेखपढ गर्छन्। कुनै समय सिकाउने शिक्षिका उपस्थित हुन सकेन भने व्यायाम अथवा योगा गरिने गर्दछ। तेस्रो घण्टा स्वत:स्फूर्त खुसीको नाचगान सहित मनोरन्जन गरी कार्यक्रम समापन गर्छन्। कोरोना महामारी अघि पनि सञ्चालन गरिएको थियो । तमु समाज युकेको सामुदायिक भवनमा बुधबार नै १० देखि दिनको १ बजेसम्म हाम्रो ज्येष्ठ नागरिहरुको लागि जलपान कार्यक्रम हुने गरेको छ। उक्त कार्यक्रममा नेपाली मुलका ज्येष्ठ नागरिकहरु आउन सक्ने अध्यक्ष गुरुङले बताउनु भयको छ । 'घरमै बसिरहनुभन्दा हप्ताको एक दिन भने पनि भेटवार्ता गर्ने ठाउँ मिलाइ दिएका छौं। आफ्नो समय र तमु समाज युकेले उपलब्ध गरिदिएको ठाउँको सदुपयोग गरी रमाइलो गर्नुहोला र केही ज्ञान पनि आर्जन गर्नुहोला। यसमा तपाईंहरुले कुनै पैसा तिर्नु पर्दैन,'अध्यक्ष गुरुङको आग्रह छ। अध्यक्ष गुरुङका अनुसार तमु समाज युकेले नै चियाकफी,बिस्कुट र कपी कलमसमेत व्यवस्था गरिदिएको छ। 'अंग्रेजी भाषा सिकाउँदा हाम्रो ज्येष्ठ नागरिक आमा, दिदीहरुले भोगेका यी ससाना समस्याहरुबाट छुटकारा दिलाउने छ। जस्तै बसमा यात्र गर्दा बस नं नचिनेर परेका समस्याहरु र अस्पतालमा जाँदा आफ्नो जन्ममिति र घरको ठेगाना भन्न नजानेर परेका समस्या र स्कुलमा आफ्नो नाति नातिनिहरुलाई लिन जाँदाका समस्यहरुलाई सहजीकरण गर्ने कार्य शिक्षिका अमृत गुरुङ थापाले गर्नुभएको छ,'अध्यक्ष गुरुङले बताउनु भयो। चियापान कार्यक्रमका लागि बिस्कुटको प्रायोजन समाजका आजीवन सदस्यद्वय गंगाबहादुर गुरुङ (नोर्थहोल्ट) र बुद्धिबहादुर गुरुङ (ओम्बल्ली) बाट
बाचस्पति रेग्मी, शीतलपाटीन्युज डटकम। लण्डन।लामो समय देखी बेलायतमा बसोबास गरि नेपाली नाटक र चलचित्र क्षेत्रको प्रबर्धन र प्रसारप्रचारमा उल्लेखनिय भुमिका निर्बाह गर्नु भयका चलचित्र कैदीको पत्रका निर्देशक सनम कुमार बैराग सम्मानित हुनु हुने भयको छ। निर्देशक बैरागलाई इश्वर मानन्धरको कथामा आधारीत “कैदीको पत्र” चलचित्रमा गर्नु भयको कुशल निर्देशनका लागि पुरष्कृत गरिएको हो। अन्तराष्ट्रिय नेपाली साहित्य समाज युकेद्वारा ५ अगस्त २०२३ मा हुने“२१०औ भानुजयन्ती तथा ९२औ इश्वर मानन्धर जयन्ती” कार्यक्रममा यस बर्षको सुप्रमा-ईप्रमा पुरष्कार-२०२३ प्रदान गरिने कार्यक्रम छ। सो पुरष्कार ५ अगस्त २०२३ का दिन काठमाण्डौ कुशन नर्थफिल्ड एभिन्यु लण्डनमा पुरष्कार संस्थापक प्रतिनिधीका साथै प्रमुख अतिथी साहित्यकार तथा नेपाल प्रहरीका एसएसपी गुप्त बहादुर श्रेष्ठका बाहुलीबाट प्रदान हुने भन्दै अन्तराष्ट्रिय नेपाली साहित्य समाज युकेका अध्यक्ष राज श्रेष्ठले निमन्त्रणा गर्दै बताउनु भयको छ। चलचित्र निर्देशक बैरागले नेपाली साहित्य विकाश परिषद यूकेबाट साहित्य सम्मान रजत अभिनन्दन पत्र तथा पदक,नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट भानुभक्त आचार्य द्विशताब्दी बार्षिक समारोहमा सम्मान तथा पदकका साथै धेरै ड्रामाहरु र चलचित्रबाट पनि सम्मानपत्र प्राप्त गर्नु भयको छ।
शीतलपाटीन्युज डटकम। लन्डन । एनआरएनए यूकेको कार्यवाहक अध्यक्षको जिम्मा उपाध्यक्ष अनिल मल्लले पाएका छन्। अध्यक्ष प्रेम गाहामगर गत २६ जुलाईदेखि तीन साताका लागि नेपाल भ्रमणमा रहेकाले मल्ललाई उक्त जिम्मेवारी दिने निर्णय २५ जुलाईको कार्यसमिति बैठकले गरेको थियो। वर्तमान कार्यसमितिका उपाध्यक्ष मल्ल च्यारिटी विभागको संयोजक समेत छन्। उनी अध्यक्ष गाहामगरको विश्वासपात्र मानिन्छन् । अघिल्लो कार्यसमितिमा धेरैले साथ छाडे पनि मल्लले आफ्नो धर्म र इमान्दारी कहिल्यै छाडेनन्। कार्यसमितिका हरेक गतिविधि र यसपटक संघको २० हजार ७०७ सदस्य बनाउन पनि मल्लको प्रमुख भूमिका थियो। युवा व्यवसायी मल्लले यसअघि एनआरएनए यूकेको युवा संयोजकमा सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका थिए। तीन साता नेपाल रहंदा अध्यक्ष प्रेम गाहामगरले नेपाल सरकार परराष्ट्र मन्त्रालयमा २० हजार ७०७ सदस्यता सहित आफ्नो कार्यसमिति आधिकारिक भएको दावी पेश गर्ने र वंशजको नेपाली नागरिकता निरन्तरता अभियानलाई जोडका साथ उठाउने भएका छन्। उनले प्रधानमन्त्री,परराष्ट्रमन्त्री,कानूनमन्त्रीलगायत उच्च पदस्थ पदाधिकारी र राजनीतिक शीर्षस्थ नेतृत्वलाई भेट गरेर ज्ञापन पत्र समेत बुझाउने तयारी छ।
बसन्त कुवंर, राष्ट्रीय अध्यक्ष नेपाल पुर्ब प्रहरी संगठन। आज प्रहरी प्रधान कार्यालएमा प्रहरी महानीरीक्षकज्यु र उहॉको टीमसंग नेपाल पुर्ब प्रहरी संगठनका अध्यछ बसन्तराज कॅवर तथा पदाधीकारीज्युहरु बीच आपसी सरोकारका बिषयमा औपचारीक रुपमा गहन छलफल गर्यौं। छलफल ज्यादै सकारात्मक र उपलब्धीपुर्ण रह्यो। नोपाल पुर्ब प्रहरी संगठनको सरोकार मुलत ९४% तल्ला तथा गरीब पुर्ब प्रहरीहरुको कल्याणमा केन्द्रीत थियो र प्रहरी प्रधान कार्यालएको पनि यस पक्षमा सकारात्मक सहयोग तथा साथको प्रतिबद्धता देखियो। त्यस अबसरमा प्रहरी कल्याण महाशाखा र प्रहरी अस्पतालले गरेका गतीबिधी पनि जानकारी पाइयो। प्रहरी महानिरीक्षकज्युको दृष्टिकोण हाम्रा सरोकार प्रति ज्यादै सकारात्मक रह्यो र महानिरीक्षकज्युको संबोधन र बिदाइ पछी हामीले दोश्रो सिटीडं प्रसासन प्रमुख एआइजीपी दीपक थापाज्यु र प्रहरी अस्पतालका निर्देशक एआइजीपी डाक्टर आशी सिंह ज्सु संग बस्यौं। दीपक सर संग हामिले यस बर्ष गरीने एक्सनप्लानमा होमवर्क गर्यौं। डाक्टर आशा सिंहज्युबाट पनी पुर्ब प्रहरीका हितका कुरा हरु आए।उहाहरु सबैमा हार्दीक धन्यबाद तथा आभार। आजको मिटीडं मलाइ पहिले पहिले बसे भन्दा राम्रो लाग्यो। यस मिटीडंमा उहॉ हरुको गतीबीधी बुझ्ने मात्र नभै त्यो भन्दा बडी समय हाम्रा सरोकारहरु सुन्ने र निष्कर्शमा पुग्नेमा दिइएको पाइयो। हामि नेपाल पुर्ब प्रहरी संगठन,प्रहरी प्रधान कार्यालयसंग सहकार्य गरी पुर्ब प्रहरीहरुको कल्याणमा लागी रहने छौ र महानिरीक्षकज्युको नेत्रीत्वको कदर गर्दै उहाको टीमको उच्च र ऐतीहासीक कार्य सफलताको पनि कामना गर्दछौ। महानिरीक्षकज्युले हाम्रो संगठनलाइ औपचारीक आमन्त्रण गरी अमुल्य समय प्रदानका गरी न्यानो आतीत्थ्य प्रदान गर्नु भएकोमा उहा प्रति नेपाल पुर्ब प्रहरी संगठन हार्दिक आभार ब्यक्त गर्दछ।
सुरेश कोइराला, मेरिल्याण्ड,अमेरिका। एनआरएन अमेरिका मेरिल्याण्ड च्याप्टर अध्यक्षमा कुलप्रसाद गुरुङ निर्वाचित भएका छन्। निर्वाचन समितिले गएराती सार्वजनिक गरेको मतपरिणाम अनुसार गुरुङ कूल ९३४ मतसहित आगामी दुई वर्षका लागि अध्यक्ष निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी अध्यक्षका अर्का प्रत्यासी प्रेम सुवेदीले ४९९ मत प्राप्त गरेका छन् । मेरिल्याण्डमा कूल १ हजार ६ सय ९६ मतदाता थिए। जसमध्ये ३० जनाले अध्यक्षमा कसैलाई मतदान गरेनन्। यसैगरी च्याप्टर उपाध्यक्षमा किरण पण्डित, सचिवमा गोविन्द सापकोटा र कोषाध्यक्षमा जनक पुन मगर निर्वाचित भएका छन्। च्याप्टर सदस्यहरुमा बावुराम भट्टराई, विजय अधिकारी, मनलाल जैसी, मोनिका लामिछाने, नारायण अधिकारी, ओमकाजी गुरुङ र रोशनी सापकोटा निर्वाचित भएका छन्। कोषाध्यक्ष बाहेक अन्य सबै पदमा गुरुङ पक्षधर उम्मेदवार विजयी भएका हुन्। च्याप्टर कार्य समितिको महिला उपाध्यक्षमा सिर्जना न्यौपाने, महिला सचिवमा कुसुम खड्का,महिला संयोजकमा गीता सुबेदी र युवा संयोजकमा दामोदर पौडेल निर्विरोध निर्वाचित भैसकेका छन्।
शीतलपाटीन्युज डटकम। लण्डन। डार्टफोर्ड नेपाली समाज युकेको अध्यक्षमा डा.विना पाण्डे घिमिरे सर्वसम्मत निर्वाचित हुनु भएको छ। आइतवार डार्टफोर्डस्थित फ्लिटडाउन फुटवल क्लबको मैदानमा भयको अधिवेशनले डा.घिमिरेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो। अध्यक्ष डा बीना पाण्डे घिमीरे समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष तारा सिम्खडा भट्ट र तीर्थ पौडयाल,महासचिवमा अनुक्रम रिजाल,सचिवमा शशी गुरुङ,कोषाध्यक्षमा प्रभात पौडेल , सदस्यहरुमा तिलक भट्टराई,अन्जु थापा बस्नेत,शेष आचार्य,हरिकला कंडेल,पूजा पाण्डे र उत्तम गौतम छन। बाकी ३ सदस्य निर्वाचित कमिटिले पछि मनोनयन गर्नेछ। नवनिर्वाचित अध्यक्ष डा.विना पाण्डे घिमिरेले पब्लिक हेल्थमा पिएचडी गर्नु भयको छ। उहा ब्रुनेल युनिभर्सिटी लन्डनमा अध्यापन गर्नुहुन्छ। संस्थाका संस्थापकअध्यक्ष डा.चण्डिका भट्ट संयोजक,पूर्व अध्यक्षहरु राजेश पाठक, दीपक थापा र गजेन्द्र कटुवाल तथा डा.बिष्णु शर्मा सदस्य रहेको ५ जनाको निर्वाचन कमिटीले निर्वाचनका सबै काम सम्पन्न गरि निर्वाचित कमिटीलाई सस्थाको सपथ खुवा इएको थियो। निवर्तमान अध्यक्ष लेखनाथ खरेलले साधारण सभामा संस्थाको प्रगति विवरण प्रस्तुत गर्दै कोरोना कालखण्डबाट बाहिर निस्केर संस्थाले व्यापक सहभागिता र उत्साहपुर्ण वातावरणमा नियमिति कार्य सफलतापूर्वक सम्पन्न गरेको जनाउनु भयको थियो। अध्यछ खरेलले कार्यक्रममा संबोधन गर्दै डिएनसी संस्थाको आजीवन सदस्यता ८२ बाट बढेर १४० पूगेको जानकारी गराउनु भयको थियो। संस्थालाई थप सक्रिय बनाउन निवर्तमान अध्यक्ष खरेलले नवनिर्वाचित कार्यसमितिलाई सुझाव तथा शुभकामना दिनु भयको थियो। संस्थाका आजीवन सदस्य रामकृष्ण श्रेष्ठको हालै भएको निधनमा दुख ब्यक्त गर्दै उहाको निधनमा परिवारप्रति समवेदना व्यक्त गरिएको थियो। संस्थाकी कोषाध्यक्ष पारिजात पाठकले प्रस्तुत गर्नु भयको आर्थिक प्रतिवेदनलाई अधिवेशनले सर्वसम्मत रुपमा पास गरेको थियो। डिएनसीले आफ्नो अधिवेशनमा प्रत्यक वर्ष गरिने संस्थाको वार्षिक खेलकूद कार्यक्रम पनि आयोजना गरेको थियो। खेलकूद संयोजक रुद्र कोइरालालाई हरि पन्थ,विना पाण्डे घिमिरे,दिपा कोइराला, अमृता भट्टराई,दिपक पाण्डे,बेद प्रकाश भट्टराई लगायतले सहयोग गरेका थिए। छोराछोरीहरुमा बृस्टी, महिमा,शितल, निकिता,नियति,रिजु,रिया आदिले डिएनसी भोलिन्टियर भएर खेलकुद संचालनमा सघाएका थिए। खेलमा विजयी सबैलाई मेडल,प्रमाणपत्र आदि प्रदान गरिएको थियो। यसैगरी, संस्थाका निवर्तमान अध्यक्षले खरेलले संस्थाका निवर्तमान सचिव हरि हड्खले र आसा फेरालीले संस्थामा गरेको योगदानको प्रसंशा गरेका थिए । भने संस्थाका पुर्व उपाध्यक्ष भरत लामिछानेले आफ्नै निजी खर्चमा नयाँ साउन्ड सिस्टम खरिद गरि हस्तान्तरण गरेका
शीतलपाटीन्युज डटकम। लण्डन। बिश्वमा सामान्य बोलचाल र सरकारी भाषा पनि अंग्रेजी बोल्ने देश भित्र धेरै जातजातीका संस्थाहरु रहेका छन। त्यस मध्य सयपत्री परीयार समाज युके पनि एउटा संस्था हो। समय बगी रहने हो र सधै भरी बगी रहने समयले केही यादहरु पनि छोडेर गएका हुदो रहेछ। ती छोडेर गएका समयका अबिस्मरणिय क्षण यहा संझन चाहान्छु भन्दै शीतलपाटीन्युजलाई सयपत्री परीयार समाज युकेका अभियन्ता उत्तर बर्देवाले आफन्नो शंझना पठाउनु भयको छ। बर्देवाले भन्नु भयको छ, "२२ जुलाई २०२३ को शनीवारका दिन “सुसी बार एवम रेष्टुरेन्ट” (Sushi Bar & Restaurent) अल्डरसटमा सयपत्री परीयार समाज बेलायतको भेटघाट भब्य र सभ्य रुपमा सम्पन्न भयो। समाजका अध्यक्ष दिलिप महराको अध्यक्षतामा भयको सो भेटघाट कार्यक्रमको संचालन समाजका महासचिब रबिन परीयारले संचालन गर्नु भयको थियो। १५० जना समाजका सदस्यहरुको उपस्थिती रहेको सो कार्यक्रममा महासचिबले रोचक प्रस्तुती दिदै कार्यक्रमलाई रोचक बनाउनु भयको थियो।” समाजका उपाध्यक्ष कुमार घलेद्वारा उपस्थित पाहुना र समाजका सदस्यहरुलाई कार्यक्रममा स्वागत मन्तब्य राख्दै स्वागत गर्नु भयको थियो भने अध्यक्ष महराले नेपाल सहयोग गरेका समाजका सहयोगी मनका धनी सदस्यहरुलाई प्रशंसापत्र प्रदान गरेर सम्मान गर्नु भयको थियो।कोषाध्यक्ष र सहयोगीद्वारा मेम्बरसीप बनाउन र पुराना मेम्बरहरुको पुन दर्ता गर्ने काम भयको थियो। संस्थाका सल्लाहाकार एवम काउन्सीलर नविन सिवाले संस्थाका अध्यक्ष दिलीप महरालाई खादा लगाइ सम्मान गर्नु भयको थियो भने कार्यसमितीका तेज बहादुर सुन्दास,श्रीमती सपना लगायत अन्य सदस्यहरुलाई अघ्यक्ष महराले खादा लगाइ सम्मान गर्नु भयको थियो। देबेन्द्र महराद्वारा तम्बोला समेत खेलाईएको सो भेटघाट कार्यक्रममा स्वादिष्ट खानाका साथै भरपुर मनोरन्जन दिलाइएको थियो।बेलुका अबेलासम्म मातृभुमिका गहना कलाकारहरु राजेस बर्देवा र पुर्णकला जिसीको गीतले सबै जना खुसी भै नाची रहेको पाइएको थियो। दर्र्शकहरु नाचेको मुल्याड्कन गरेको भए पहिलोमा सुनील र दोश्रोमा श्रीमती सुनिताको डान्स अति नै उत्कृष्ठ रहि सयपत्री परीयार समाज युकेको भेटघाट सम्पन्न भयको थियो।
पुर्ण गुरुड्ग, लण्डन। बुद्धिष्ट कम्यूनिटी सेन्टर (बीसीसी) यूकेले गत १ बर्ष देखि बीसीसी गुम्बामा रहदै आएका टुल्कु जिग्मे सामतेनको विदाई गरेको छ। गत शुक्रबार २१ जुलाईका दिन अल्डरसटस्थित बीसीसी गुम्बामा बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङ,आमा प्रमुख उर्मिला गुरुङलगायत बीसीसी यूकेका पदाधिकारी एवं सदस्य, आमाहरु र भक्तजनले खदा लगाई उनलाई विदाई गरिएको हो। उक्त विदाई कार्यक्रममा टुल्कु सामतेनले बीसीसी यूकेले बौद्ध धर्म,संस्कार र संस्कृतिको संरक्षण तथा सम्वद्र्धनमा खेल्दै आएको भूमिकाको प्रसंशा गर्दैं आफूलाई बेलायतका भक्तजनहरुको सेवा गर्न अवसर दिएकोमा बीसीसी यूके परिवारप्रति धन्यवाद ज्ञापन गरे।सो अवसरमा बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङले टुल्कु गुरुले बीसीसी यूकेलाई दिएको महत्वपूर्ण समय, भक्तजनहरुलाई दिएको शिक्षा, पूजापाठ तथा प्रवचनका लागि हृदयवाटनै धन्यवाद दिए। काठमाण्डौंको बौद्धस्थित सेचेन गुम्बामा कार्यरत टुल्कु रिन्पोछे यसअघि कोभिड–१९ जस्तो महामारीमा समेत ६ महिना बीसीसी गुम्बामा सेवा गरी नेपाल फर्केका थिए । पुनः दोस्रोपटक गत अगष्ट २०२२ मा बेलायत आई करीब ११ महिनाको बसाई पश्चात गत आइतबार नेपाल फर्केका छन् । लामा लुङ्रिग रिन्पोछे र खेन्पो फुतेम्बाको समेत बिशेष उपस्थिति रहेको उक्त औपचारिक विदाई कार्यक्रममा बिसीसी युकेका पूर्व अध्यक्ष ले. नारायणप्रसाद गुरुङ बिईएम,प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ,आमा अध्यक्ष उर्मिला गुरुङ, आमा सचिव शारदा गुरुङ,बीसीसी यूके लण्डन शाखा अध्यक्ष गोपाल तामाङ्गलगायत बीसीसी यूकेका कार्यसमितिका पदाधिकारी एवं सदस्य, आमा समूहका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो। त्यस्तै, टुल्कु गुरुलाई बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङलगायत बीसीसी यूकेका पदाधिकारी,शुभचिन्तक,भक्तजन,गुरुका आफन्जनहरुले गत आइतबार हिथ्रो एयरपोर्टमा पुगी विदाई गरेका थिए।बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त विदाई कार्यक्रमलाई महासचिव मेजर हितमान गुरुङले संचालन गरेका थिए।
२/२ गोर्खा राईफल्स क्लर्क्स प्लाटूनका बाबुजीहरुको बार्षिक भेला सम्पन्न - सुधा गुरुङ्ग, लण्डन।२/२ गोर्खा राईफल्स क्लर्क्स प्लटूनका बाबुजीहरुको बार्षिक भेला पाकीस्तानी कम्यूनिटी सेन्टर रेडिङ्गमा २२ जुलाई २०२३ शनिबारका दिन सम्पन्न भएको छ! झन्डै ४५ जना सहभागी भएको सो भेला अत्यन्त रमाईलो हर्षोल्लासपूर्ण रहेको थियो! गत बर्षको बार्षिक भेला बेजिङ्गस्टोकमा लाल प्रसाद गुरुङ्ग BEM र सुधा गुरुङ्गले आयोजना गरेका थिए भने यस पटक रेडिङ्गमा ढक बहादुर र सुशीला गुरुङ्गले गरेका थिए। होम मेड सेलरोटी,बिबिक्यू सहितको स्वादिष्ट खानपान,दिदी बहिनीहरुको अचार प्रतियोगिता, सबैका प्रीय पात्र सन्त मामाको प्रख्यात स्वादिष्ट मेसिङ्ग,नाचगान,राफल ड्र साथै बिबिध खेलहरु खेलेर मनोरंजन गरीएको थियो। बिगतका बर्षहरुमा झै सरोज बस्नेतले मनोरंजनको जिम्मा लिएका थिए! उनको लाईभ प्रस्तुती साथमा चित्र आले, डम्मरसिंग सुन्वार, पूर्ण पुन, डेविड मुखियाका साथै लाल प्रसाद गुरुङ्गले गोपाल योंजनको सदाबहार राष्ट्रीय गीत " बनेको छ पहराले यो छाती मेरो ...गाएर सबैलाई मन्त्रमुग्ध पारेका थिए। त्यस्तै २/२ को प्रतिभाको डबलीमा कविहरुको पनि कमि थिएन,गोमा राना,लक्ष्मीप्रसाद शर्माले मिठा मिठा कविता वाचन गरे पश्चात भीम रानाले पनि पहिलो पल्ट अंग्रेजीमा कविता वाचन गरि सबैलाई चकित पारेका थिए। कार्यक्रममा ढक बहादुर गुरुङ्गले शाही सम्बोधनको क्यारी क्याचर हुबहुं गरी सबैलाई थप दंग पार्न सफल भएका थिए। कार्यक्रमको मध्यान्तरमा बाबूजीहरुलाई श्रीमतीहरुले स्पेशल सरप्राईज दिने कार्यक्रम थियो, जुन कुरा उनीहरु माझ पूर्णत: गोप्य राखिएको थियो। पूर्व योजना अनुसार मुख्य आयोजक सुशिला गुरुङ्गको उर्दी बमोजिम बाबुजीहरुको आंखामा पट्टि बाधेर कुर्सीमा बिराजमान गराई श्रीमतीहरुले अगाडि पट्टि २/२ जी आर क्लर्क्स प्लटून अनि पछाडीपट्टि २/२ गोर्खा राईफल्स लेखीएको लाली रंग (रातो) को टिशर्ट पहिराएर आँखा खोल्न लगाउदा सबै बाबूजीहरु आश्चर्य चकित एवम हर्षबिभोर भएर भावुक भएका थिए। नहोउन पनि किन? आफ्नो जीवनको आधा उमेर, आफ्नो जीवनको उर्वर समय जुन पल्टन र पल्टने साथीहरुसंग बिताए उनीहरुसंग अत्यन्त अंतरंग सम्बन्ध हुनु स्वभाबिकै हो।पल्टनेहरुलाई आफ्नो पल्टन, आफू संगै भर्ती भएका नम्बरीहरु र आफ्नो प्लटून प्रती विशेष मोह हुन्छ। त्यसमा पनि २/२ जी आरका बाबूजीहरुको बोन्डीङ्ग बृगेड अफ गोर्खाजमै उदाहरणीय र अनुकरणीय रहेको पाईन्छ। यस पालीको थप आकर्षण
शीतलपाटीन्युज डटकम। लण्डन। बुद्धिष्ट कम्यूनिटी सेन्टर (बीसीसी) यूकेले “बुद्ध वज वर्न इन नेपाल” का अभियन्ता एवं लोकप्रिय गायक धिरज राईलाई स्वागत तथा सम्मान गरेको छ। गत शुक्रबार २१ जुलाईका दिन अल्डरसटस्थित बीसीसी गुम्बामा बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङ, आमा प्रमुख उर्मिला गुरुङलगायत बीसीसी यूकेका पदाधिकारी एवं सदस्य, आमाहरु र भक्तजनले खदा लगाई उनको स्वागत गरिएको थियो। उक्त स्वागत कार्यक्रममा गायक राईले, बुद्ध नेपालमा जन्मेका हुन्,तर कतिपय देशको पाठ्यपुस्तकमा बुद्ध भारतमा जन्मिएको कुरा फेला परेपछि आपूmले बुद्ध भारतमा होइनमा नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिनका लागि थुप्रै देशमा आपूm पुगेको बताए। साथै, उनले आफ्नो अभियान पश्चात १२ वटा देशको पाठ्यपुस्तकमा संशोधन गर्न सफल भएको बताउँदै आफ्नो अभियानमा साथदिने सबैप्रति धन्यवाद दिए। छोटो समयका लागि बेलायत आएका गायक राईले बीसीसी यूकेले गरेको विभिन्न कार्यहरुको प्रसंशा गर्दै आफूलाई स्वागत तथा सम्मान गरेकोमा धन्यवाद दिएका थिए। उक्त कार्यक्रममा बिसीसी युकेका पूर्व अध्यक्ष ले. नारायणप्रसाद गुरुङ बिईएम,प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ,आमा अध्यक्ष उर्मिला गुरुङ, आमा सचिव शारदा गुरुङ,बीसीसी यूके लण्डन शाखा अध्यक्ष गोपाल तामाङ्ग लगायत बीसीसी यूकेका कार्यसमितिका पदाधिकारी एवं सदस्य, आमा समूहका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो। बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त स्वागत कार्यक्रमलाई महासचिव मेजर हितमान गुरुङले संचालन गरेका थिए।