पुर्ण गुरुड्ग, लण्डन। बौद्ध अर्घौं सदन, पोखराका पूर्व अध्यक्ष स्वर्गिय बीरबहादुर गुरुङप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । गत बुधबार २ अगष्टका दिन बेलायतमा बसोबास गर्ने सदनका आमाहरुले अल्डरसटस्थित बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) गुम्बामा १०८ वटा दीपप्रज्ज्वलन गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका हुन्। पोखरा रामघाटस्थित बौद्ध अर्घौं सदनको विकास, बौद्ध शिक्षा पठनपाठनका साथसाथै बौद्ध धर्म, संस्कार र संस्कृतिको संरक्षण तथा सम्वद्र्धनमा महत्वपूर्ण भूमिका निभाउदै आएका पूर्व अध्यक्ष गुरुङको २१ औं दिनको पुण्य तीथिमा बौद्ध पराम्परानुसार मलम पाठ, मर्मेपाठ, शूरपूजापाठका साथ दीपप्रज्ज्वलन गरिएको हो। बीसीसी यूकेका लामा गुरु लुङ्गरिग रिन्पोछे, खेन्पो फुर्तेम्बा, खेन्पो छुल्त्रीम कर्मले पूर्व प्रधानाध्यपाक समेत रहेका शिक्षाविद् स्वर्गिय गुरुङको दिवंगत आत्माको चीर शान्तिको कामनाका लागि गरिएको पूजापाठमा बीसीसी यूकेका आमाहरु तथा शुभचिन्तकहरुको समेत बिशेष उपस्थिति रहेको थियो ।
GNNNews- काठमाडौँ - गैरआवासीय नेपाली संघभित्र समन्वयकारी भूमिका निर्वाह गर्दै आएका महेश कुमार श्रेष्ठले ५ रणनीति र २५ योजनाकासाथ उम्मेद्वारी घोषणा गर्दैछन्।'२०२३–०२५' कार्यकालकोलागि अगस्टको अन्तिम हप्ता अध्यक्षमा उम्मेद्वारी घोषणा गर्न लागेका हुन्। एनआरएनएको ११ औं महाधिवेशन आगामी अक्टोबर महिनामा काठमाडौं हुँदैछ। उपाध्यक्ष र कोषाध्यक्षको जिम्मेवारी कुशलतापूर्वक पूरा गरेका श्रेष्ठलाई एनआरएनहरुले समन्वयात्मक भूमिका निर्वाह गर्न सक्ने नेतृत्वको रुपमा चिन्छन्। श्रेष्ठले गैर आवासीय नेपालीको हकहित, नेपालको समृद्धि र विकासमा गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई संस्थागत गर्ने, विश्वभर रहेका नेपालीका समस्याको समाधान र युवाहरुलाई एनआरनएमा जोड्ने रणनीतिक योजनाका साथ उम्मेद्वारी घोषणा गर्ने तयारी गरेका हुन्। उनले आफ्नो रणनीतिलाई कार्यान्वयन गर्न २५ वटा कार्ययोजना समेत बनाएका छन्। आगामी कार्यकाल भित्रै पूरा गर्न सक्नेगरी उनले योजना समेटेका छन्। एनआरएन समुदाय लगायत विभिन्न देशमा रहेका नेपालीहरु माझ श्रेष्ठ समन्वयात्मक भूमिका निर्वाह गर्ने अभियन्ताको रुपमा परिचित छन्। एनआरएनएमा नेतृत्वले सबैमा मिलाउन नसक्दा अभियानमै नकरात्मक असर देखिएको थियो। विश्वमा रहेका नेपालीलाई विभाजन भन्दा जोड्ने प्रयत्नकोलागि अध्यक्षमा उम्मेद्वारी प्रस्तुत गर्न लागेको उनले बताए। विश्वका विभिन्न ठाउँमा छरिका पुराना र नयाँ सबै एनआरएनहरुलाई जोडेर कार्यसमिति बनाउने अध्यक्षका प्रत्यासी श्रेष्ठ बताउँछन्। ‘एनआरएनएमा अहिले मेलमिलाप, एकता र सहमति गरेरै अघिबढ्ने परिस्थिति रहेको छ,’ श्रेष्ठले भने,‘गफ लगाउने कुरामा म विश्वास गर्दिन। मैले परिणाममुखी काम गरेर देखाउने छु।’ कायचु युर्निभर्सिटी टोकियोबाट पीएचडी गरिरहेका श्रेष्ठले एनआरएनएको पदाधिकारी भएर सफल नेतृत्व गरिसकेका छन्। २०१९–०२१ मा कोषध्यक्ष हुँदा एनआरएनएलाई संस्थागत विकास गर्नकोलागि उनले महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए। ग्लोबल युर्निभर्सिटी जापानबाट एमबीए गरेका उनी कोषध्यक्ष हुँदा एनआरएनएको फाइनान्सियल सिस्टम भद्रगोल रहेको थियो। २०० बढी बेरुजुका चाङ रहेका थिए। टेन्डर आब्हान गर्नुपर्ने काममा पनि सोझै खरिद गर्दा धेरै बेरुजु देखिएका थिए। एनआरएनए घाटामा रहेको थियो। श्रेष्ठले आफ्नो अध्ययन र व्यावसायिक अनुभवको आधारमा एउटा नियमावली बनाएरै फाइनान्सियल सिस्टम बसाले। आफ्नो व्यवसायमा सफल श्रेष्ठले एनआरएनएमा पनि वार्षिक बजेट ल्याई काम थाले। हरेक ३ महिनामा आन्तरिक अडिट र वार्षिक रुपमा बाह्य अडिटगर्ने सिस्टम बसाल्नमा उनले महत्वपूर्ण भूमिका खेलेका छन्। श्रेष्ठको नेपाल र जापानमा थुप्रै कम्पनीमा लगानी रहेको
शीतलपाटीन्युज डटकम। लण्डन। हंगकंग जन्मिएका निश्चल गुरुड्ग बेलायतमा चार्टर्ड टेक्स एकाउन्टीड्ग पास भयका छन्। बेलायतको प्रतिष्ठित Kaplan London बाट उनले यो Charter Tax Accounting को शिक्षा प्राप्त गरेको हो। पिताको घर पर्वत भुक देउराली भएपनि उनी हंगकंगमा जन्मेर लण्डनको रेडिड्ग बस्ने गरेका थिए।सन २००७ मा लण्डन पसेका निश्चलको प्राईमरी र सेकेन्डरी स्कुल रेडिड्गमा भयो।A लेवल हेनेली कलेज रेडिड्गबाट पास गरेका उनले ग्राजुयसन कभेन्ट्री युनिभर्सीटीबाट पास गरेका थिए। समाज गतिशिल छ। गतिशिल समाजमा आफ्ना छोराछोरीको शिक्षा र प्रगतिमा रमाउने आमाबाबाहरु धेरै छन्। यहा पनि यस्तै छोराको प्रगति र पढाइमा राम्रो रीजल्ट ल्याएकोमा पिता ललित गुरुड्ग र आमा कमला थापा गुरुड्ग रमाउनु भयको समाचार शीतलपाटीन्युजमा प्राप्त भयको छ। नेपाल भुपरिबेष्ठीत देश दुर्गम पहाडी जिल्ला पर्वत भुक देउराली पिताका दिन बितेको भएपनि समय र बेटर अपरचुनिटी प्राप्त भयका कारण यो शिक्षा हासिल गर्न सफल भएको निश्चलले बताएका छन। उनले अरु थप्दै भाई नितन गुरुड्ग,पिता ललित गुरुड्ग र माता कमलाको देन मेरा लागि बरदान नै थियो भनेका छन।पिता तर्फका बाजे लामा देविरास गुरुङ बजै राज कुमारी गुरुङ र आमा पट्टीको बाजे स्वर्गीय सुर्ज बहादुर थापा र देबिसरा थापाबाट बाल्यकालमा पाएको मायाले आज यो शिक्षा पाएकोमा खुसी ब्यक्त गरेका छन। रेडिड्ग बिजीनेस पार्कको एकाउन्टीड्ग अफिसमा अन द जब ट्रेनिड्ग र अध्ययन गरेका निश्चल चार्टर्ड टेक्स एकाउन्टिड्ग पास गरेका छन। निश्चललाई चार्टर्ड टेक्स एकाउन्टिड्ग पास गरेकोमा हार्दिक बधाई।
सुरेश कोईराला, अमेरीका। एनआरएनए आइसीसीको सचिवमा कृष्णजीबी पन्तले उम्मेदवारी दिने भएका छन्। यस अघि एनआरएनए अमेरिकाको वरिष्ठ उपाध्यक्षको सफल कार्यकाल सम्पन्न गरिसकेका पन्तले एनआरएनए आइसीसीको आगामी कार्यकालका लागि सचिव पदमा उम्मेदवारी दिने भएका हुन्। विशेष स्रोतका अनुसार उनले आफ्नो चुनावी गतिविधि तिव्र पारिरहेको बताइएको छ। लामो समय देखी मेरिल्याण्ड राज्यलाई कर्मथलो बनाएका पन्त सामाजिक रुपमा पनि उत्तिकै क्रियाशिल छन्। पन्थ एनआरएनएका विभिन्न अभियानमा समेत महत्वपूर्ण जिम्मेबारीमा रहदै आएका छन्। केही समय पहिले एनसीसी अमेरिकाले खरिद गरेको आफ्नै भवन खरिदका लागि रकम संकलन अभियानमा उनि संयोजक पनि रहेका थिए। उनलाई सुरुवाती समयबाट नै अर्को कार्यकालको अध्यक्षका रुपमा हेर्नेहरुको संख्या बाक्लै रहेको पाईन्छ। अमेरिकामा मात्र नभई नेपालका विभिन्न जिल्लामा व्यक्तीगत र संस्थागत सहयोग गर्दै आएका पन्थको मत मेरिल्याण्ड लागाएत अन्य राज्यमा पनि उनको प्रभाव बलियो छ । निवर्तमान उपाध्यक्ष हुँदै बरिष्ठ उपाध्यक्ष भएका उनका मतदातासंख्या पनि लगातारको २ पदिय कार्यकालको सफलताका कारण यस पटक बढ्ने देखिन्छ। उनि बरिष्ठ उपाध्यक्ष पदमा विजयी हुँदा वेष्ट क्षेत्रबाट नै सबैभन्दा बढि मत ल्याएर विजयी भएकाले पनि उनको सामाजिक लोकप्रियता बलियो देखिन्छ। एनआरएनए आइसीसीको सचिवमा पन्तको उम्मेदवारीलाई निकै अर्थपुर्ण रुपमा हेरिएको छ।
आर के त्रिपाठी लण्डनबाट। यो निर्णय विरुद्ध अदालतमा पुनरावेदन गर्न कानुनले मिल्छ भने पुनरावेदन दिनु पर्दछ।विगतका कमि कमजोरी सच्चाएर अब भविष्यमा पदिय भागवण्डा लिन झगडा नगर्ने गरि सपथ खाँदै एउटै एनआरएनए बनाउँदा गह्रौं भईन्छ।नत्र परिचय गर्दा पनि कुन नामको एनआरएनए हो भनि सोधनी गर्दा परिचय दिंदा नै हल्का भईन्छ। हल्का एनआरएनएले बाघ मार्न सक्दैन। हामीले संवृद्धि लिन र दिन दह्रो हतियार बनाई बन्दुक हान्नु छ ?किन टुक्रा टुक्र हुँदा रमाउनु भएको? उत्तर अझै प्रष्ट पारि दिनु पऱ्यो। जब अदालतले नेकपा फुटाई एमाले र माओवादी बनाई दियो,प्रचण्ड र के पि वलीको दिन दिनै गरेको एक आपसको दोषारोपण जस्तै एनआरएन पनि त्यस्तै गर्लान। साक्षि प्रमाण त अगाडीनै घाम जस्तै छर्लङ्ग नै छ नि। धेरै नामका एनआरएनए परराष्ट्रमा दर्ता गर्न सर्वोच्च अदालतको आदेशले परमादेश जारी गरे पनि सबै धेरै एनआरएनए नामाको संस्था हाँसि मजाको पात्र हुन्छन् भविष्यमा। त्यसैले कानुनले मिल्छ भने सबै मिलेर सर्वोच्च अदालतमा निर्णय सच्चाउन पुनरावेदन दिने कि ?नत्र नयाँ नामको एनआरएनए दर्ता होला। एनआरएनए भबन हामीले पनि सहयोग गरि बनाएको हो।काठमाण्डौको एनआरएन भबनको हाम्रो भाग जती कोठा छुट्टाई हाम्रो नयाँ नामको एनआरएनएलाई छुट्टाई पाउँ भन्दै साथिहरु सर्वोच्च अदालत जान्छन् होला। सबै एनआरएन साथिहरुले काठमाण्डौं बालुवाटारको एनआरएनए भबन बनाउन पैसा सहयोग गरेकै हो। सर्वोच्च अदालतले यदि भविष्यमा एनआरएनए भबन लाई कोठा,कोठा छुट्टाएर नयाँ दर्ता भएका सबै एनआरएनए नामका संस्थाले प्रयोग गर्न दिनु,दिलाउनु वा व्यवस्था गराउनु भन्ने आदेश दियो भने के हुन्छ अवस्था? कोठा प्रयोग गर्न दिन्न भन्ने कुरा अदालतको आदेश भयो भने इन्कार गर्न मिल्दैन। अब नयाँ नाममा दर्ता हुने एनआरएनएले बालुवाटारको एनआरएनए भबन पनि उपयोग गर्न पाउँ भनि भविष्यमा सर्वोच्च अदालतमा फिराद लिएर दर्ता गर्न जानेछन् जस्तो लागि रहेछ मलाई। भविष्यमा नयाँ दर्ता हुने एनआरएनए लाई काठमाण्डौको एनआरएनए भवनको कोठा छुट्टाई प्रयोग गर्न दिनु भनि सर्वोच्च अदालतले भन्यो भने दिने र नदिने विच कठालो समाता समात होला। यो मेरो दुरगामी सोच हो।शंका होइन। हुने पनि यस्तै नै हो। यस तर्फ पनि आजै देखि सोच्नु होला। सर्वोच्च अदालतको यो निर्णय लाई अहिले एनआरएनए आईसीसी चलाउनेहरुले
शीतलपाटीन्युज डटकम। लन्डन। किरात राई यायोक्खा बेलायत संघीय परिषद् सचिवालयले यलम्बर स्मृति दिवस-२०२३ मनाएको छ। २९ जुलाईमा किरात राई हाउस ग्याम्बल्स लेन वकिङस्थित आफ्नै भूमिमा विविध कार्यक्रमसहित यलम्बर स्मृति दिवस मनाइएको हो। किरात राई यायोक्खा बेलायतका अध्यक्ष चन्द्रबहादुर राईको अध्यक्षता सम्पन्न औपचारिक कार्यक्रममा, प्रमुख अतिथिको रुपमा अग्रज पूर्खा रत्न राई रहेका थिए। कार्यक्रमका अतिथिहरुमा गैर आवासीय नेपाली संघ बेलायतका आईसीसी सदस्य तथा पूर्व काउन्सलर प्रवेश केसी,किरात राई यायोक्खा नेपालको पूर्वउपमहासचिव सुवासचन्द्र राई,किरात साम्पाङ राई जुम्लेखा यूकेका अध्यक्ष शिवराम राई, किरात मेवाहाङ याखोम्मा यूकेको अध्यक्ष ध्यानबहादुर राई,किराया बेलायत स्थानीय समन्वय परिषद् ग्रेटर रस्मोरका अध्यक्ष ध्रुवसरी राई,किरात राई तायामा खियामा महिला समिति अध्यक्ष रोजी राई,गोर्खा सेक्युरिटी सर्भिसेजका निर्देशक विष्णुबहादुर तामाङ,किराया बेलायतको नाक्छुङ कितावशेर राईलगायत थिए। सो अवसरमा किरात राई यायोक्खा बेलायतले, कृत्रिम खुट्टाको सहाराले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल हरि बुढामगरलाई सम्मान गरेको थियो भने 'फुलेन्देको आमा' उपनामले परिचित हास्य कलाकार उमेश राईलाई पनि सम्मान गरिएको थियो। यसैगरी समुदायमा पुर्याएको योगदानको कदर गर्दै थामबहादुर राईलाई फेटा र सम्मानपत्र प्रदान गरिएको थियो। किरात राई यायोक्खा बेलायतले,प्राचीन नेपालको प्रथम किराती राजा यलम्बरको स्मृतिमा वर्षेनी र निरन्तर 'यलम्बर स्मृति दिवस' मनाउँदै आइरहेको यलम्बर स्मृति दिवस २०२३ को संयोजक तथा उपाध्यक्ष, रि.मे. दिलकुमार राईले बताउनु भयो। यलम्बर स्मृति दिवसको पर्यायकै रुपमा रहेको धनुषबाण प्रतियोगिताको संयोजन उपाध्यक्ष रि.क्या.सुमनचन्द्र राईले गरेका थिए।प्रतियोगिताको साविक विजेता देवीकुमार राई नै यस वर्षको धनुषबाण प्रतियोगिताको विजयी अर्थात् “यलम्बर अफ द ईयर” घोषित भए। कार्यक्रममा विशेष आकर्षण 'फुलेन्देको आमा'को विशेष हास्यव्यंग्य प्रस्तुति रह्यो भने गायक सुवास राईले विभिन्न नेपाली गीत गाएर मनोरञ्जन गराएका थिए।कार्यक्रम सन्चालन संस्थाका महासचिव चन्द्रवती राई र उपमहासचिव विनोद राईले गरेका थिए।यलम्बर स्मृति दिवस कार्यक्रमको खानपानको सम्पूर्ण व्यवस्थापन, किराया बेलायतको स्थानीय समन्वय परिषद् ग्रेटर रस्मोरले गरेको थियो।
शीतलपाटीन्युज डटकम। बर्मीड्घम,लण्डन। नेपालको बाग्लुड्ग जिल्ला गलकोट घर भै बेलायत आई बसोबास गरेका गलकोटबासीहरुले सातौ बार्षिक समारोह भब्य रुपमा सम्पन्न गरेको समाचार प्राप्त भयको छ। गलकोट समाज युकेका अध्यक्ष भोजराज कडेलले एउटा बिज्ञप्ति प्रकाशन गर्दै मुख्य अतिथी नेपाली राजदुताबास लण्डनको डिपुटी चिफ अफ मिसन रोसन खनाल,बिशीष्ठ अतिथी एनआरएन युके अध्यक्ष हितकाजी गुरुड्ग र बिभिन्न सामाजीक संस्थाबाट पाल्नु भएका अतिथीहरुलाई कार्यक्रममा उपस्थिती भएर गलकोट समाज युकेको बार्षिक मनोरन्जन सफल बनाई दिनु भयकोमा धन्यबाद टक्राउनु भयको छ। महासचिव विष्णु चालिसेले सञ्चालन गरेको र गलकोट समाज युकेका अध्यक्ष भोजराज कडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मुख्य अतिथी नेपाली राजदुताबास लण्डनको डिपुटी चिफ अफ मिसन रोसन खनाल,बिशीष्ठ अतिथी एनआरएन युके अध्यक्ष हितकाजी गुरुड्गले पानसमा बत्ति बालेर उद्घाटन गर्नु भएको बिज्ञप्तिमा बताइएको छ। ३१ जुलाई २०२३ मा वेष्ट ब्रोमीच बर्मिघंममा आयोजना भयको सो कार्यक्रममा स्बादिष्ट खाना,सास्कृतिक मनोरन्जनात्मक कार्यक्रम सहित भब्य सम्पन्न भयको थियो। दिलु गैरेले संचालन गरेको सासंकृतिक कार्यक्रममा गायक जीवन शर्मा,गायीका देवी घर्ती,इश्वर सिह,राजेश बर्देवा,डिजे हेम बिष्ट र स्थानिय कलाकार भाईबहिनी कलाकारहरुको बेजोड प्रस्तुति थियो। कार्यक्रममा आर्थिक सहयोग र बिज्ञापन दिइ सहयोग गर्ने सबैलाई धन्यबाद दिइएको सो कार्यक्रममा गलकोटबासीहरुको उपस्थिती खचाखच थियो। एनआरएन अन्तराष्ट्रिय सदस्य दिलरास गुरुड्ग,तमुधि युके उपाध्यक्ष कमल गुरुड्ग,निवर्तमान अध्यक्ष राजु कडेल,एनआरएनए यूके निवर्तमान उपाध्यक्ष नारायण कंडेल, संस्थापक अध्यक्ष रेशम बुढाथोकी,नेपालबाट आएका पूर्व शिक्षक टिकाराम सापकोटा लगायत नारायण फुयाल,महेश अधिकारी,डासुराम पाण्डे, शीव कडेल उपस्थित रहेको सो कार्यक्रममा उपाध्यक्ष डिलाराम गौतमले शुभकामना र धन्यबाद दिनु भयको सो कार्यक्रम भब्य सम्पन्न भयको थियो।
शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरेली मंच युकेले वर्षेनी आयोजना गर्दै आएको‘हाइक फर नेपालको पाँचौं संस्करण पनि भब्य सम्पन्न भएको छ। पोखरेली मञ्च यूकेको आयोजनामा वेल्सको ब्रेकनमा शुक्रबार २८ जुलाई २०२३ बाट शुरु भएको पाँचौं ‘हाइक फर नेपाल २०२३’ आइतबार३० जुलाई २०२३ मा समापन भयको थियो।तीन दिन लामो कार्यक्रममा भाग लिन बेलायतका विभिन्न क्षेत्रबाट वेल्स आएकाहरु सहभागीहरु क्याम्पिङ साइटको आउटडोर क्याम्पमा बसेका थिए। जहाँ नेपाली खानाको स्टलदेखि सेल्फ कुकिङ,लाइभ संगीत, डिजे शो र बालबालिकाका खेललगायतका गतिविधि सञ्चालन गरिएका थिए। हाइकिङ शुरु हुनुपूर्व २९ जुलाईको बिहान स्थानीय ब्रेकनको क्याम्प साइटमा एउटा स्वागत समारोहको आयोजना गरिएको थियो। सो स्वागत समारोहमा ब्रेकन बरो काउन्सीलका डेपुटी मेयर जोन पावेल, ब्रेकन-धम्पुस ट्विन्ड एशोसिएसन अध्यक्ष डेभिड मेरडिथ,वी विल राइज फाउन्डेसनका अध्यक्ष ग्रान्ड मास्टर तुलसी कुमार गुरुङ लगायतले शुभकामना दिएका थिए।पेखरेली मंच युकेको महासचिव जसु गुरुड्गले संचालन गरेको सो कार्यक्रममा स्थानीय बेलायती अतिथिहरुका साथै नेपाली भिलेज यूकेका म्यानेजिङ डाईरेक्टर मेजर खुशीमान गुरुङ एमभिओ,मञ्चका पूर्व अध्यक्ष मानप्रसाद गुरुङ, नेपालबाट आएका वेल बिइङ प्रशिक्षक मास्टर इन्द्र गुरुङ,नेपाल पत्रकार महासंघ यूके अध्यक्ष ध्रुवराज अर्याल,ब्लगर सपना रोका मगर,पीपल मरगेजका व्यवसायी सूर्य गुरुङ,रेडिङ नेपाली समाजका अध्यक्ष भिमसेन खड्का लगायतलाई आयोजकले स्वागत गरेका थिए। कार्यक्रमको मुख्य दिन शनिबार ब्रेकन क्याम्पिड्ग साइटबाट “Pen y Fen Hill” पेनी फेन हिलले चिनिने ८८६ मीटर, २९०७ फिटमा रहेको पहाडको सामूहिक हाइकिङ गरिएको थियो। बालकदेखि वृद्धसम्मका सहभागीले नेपाल,बेलायत र वेल्सका राष्ट्रिय झन्डाहरु फहराउँदै झन्डै तीन घण्टा लामो मनोरन्जनात्मक हाइकिङ भयको थियो। पोखरेली मञ्च यूकेका अध्यक्ष करम गुरुङले ‘हाइक फर नेपाल’ सिंगो नेपालको पर्यटन तथा मौलिक कला,संस्कृति प्रवर्द्धन र प्रचारप्रसारमा केन्द्रित रहेको बताउदै सबै नेपाली एक ठाउँमा उभिएर सफल पार्न आव्हान गरेका थिए। हाइकिङका सहभागीलाई ‘वेल बिइङ प्रशिक्षक’ मास्टर इन्द्र गुरुङले सकारात्मक चिन्तन र शारीरिक तन्दुरुस्ती प्रोत्साहन गर्ने अभ्यास पनि गराएका थिए। Pen y Fen हाइक फर नेपाल इन वयल्स कार्यक्रम सफलतापुर्वक सकिए पछि सहभागीहरुलाई अन्तिम दिन ३० जुलाई आइतबार वेल्समा निर्माण हुँदै गरेको नेपाली भिलेज यूकेको अवलोकन भ्रमण गरिएको थियो।
GNNNews- लण्डन। चितवन एण्ड ट्रष्ट यूकेको १० औँ अधिवेशनले पूर्व प्राध्यापक तथा व्यवशायी कृष्ण तिवारी आगामि २०२३ - २०२५ कार्यकालका लागि अध्यक्षमा सर्वसम्मतले निर्वाचित भएका छन् । दशौं अधिवेशनका सभापति तथा २०२१ - २०२३ का अध्यक्ष रितेशराज पाण्डेले पुरानो समिति विर्सजन भएको सूचना घोषणा लगत्तै ट्रष्टीहरूको संलग्नतामा सर्वसम्मत नेतृत्व चयन पहलका लागि अभ्यास गरिएको थियो। हाल क्याट युकेमा नौ जना ट्रष्टी रहेका छन भने निर्वाचित समिति ले छ जना ट्रष्टी नियुक्त गर्ने भएको हो। ३० जुलाई आइतबार तमुधि युकेको भवन दि तमु नेप्लिज कम्युनीटि सेन्टरमा सम्पन्न क्याट युकेको अधिवेशनमा प्रमुख अतिथिमा एनआरएनए यूकेका नवनिर्वाचित अध्यक्ष हितकाजी गुरुङ्ग रहेका थिए भने विशेष अतिथि तमुधि युकेका वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ्ग,यति एशोशिएनका पूर्व अध्यक्ष उमेश मोक्तान,क्याट यूकेका संस्थापक अध्यक्ष कपिल श्रेष्ठ ,एनआरएनए आइसिसी सदस्य सुनिलबाबु खड्का रहेका थिए। त्यसै गरि अतिथिमा एनआरएनए यूकेका कोषाध्यक्ष हेम गुरुङ्ग , नेपाल प्रेस युनियन युरोपकी उपाध्यक्ष सविना श्रेष्ठ लगाएत क्याट यूकेका पूर्व पदाधिकारीहरु र विभिन्न संघसंस्थाका प्रतिनीधिहरु को उपस्थिति रहेको थियो। क्याट यूकेले नवनिर्वाचित एनआरएनए यूकेका पदाधिकारी र आईसिसी सदस्यलाई सम्मान गरेको थियो। क्याट यूकेका अध्यक्ष रितेशराज पाण्डेको अध्यक्षता सम्पन कार्यक्रममा संस्थाकै महासचिव रमेश श्रेष्ठले २०२१ - २०२३ को प्रगति विवरण पेश गरेका थिए भने कोषाध्यक्ष डा.सुरज पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिकुल मौसमका वावजुद पनि विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति माझ क्याट यूकेको १० औं अधिवेशन तथा १८ औं बार्षिकत्सोव भव्य रुपमा सम्पन भएको थियो।
शीतलपाटीन्युज डटकम। काठमाडौं। बेलायती सेनामा लामो समय काम गरेर फर्केका नेपालीहरुले खेपेका विभिन्न विभेदहरुको विषयमा संसद्मा संगठितरुपमा आवाज उठाउन भन्दै संसद् बाहिर एक संसदीय समिति गठन गरिएको छ। ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति युकेले आइतबार बानेश्वरमा आयोजना गरेको छलफल कार्यक्रममा नेपाली काँग्रेसका सांसद रामहरि खतिवडा संयोजक र नेकपा एमालेका सांसद एलपि साँवा लिम्बू सहसंयोजक रहेको ‘सर्वदलीय संसदीय समिति’ गठन गरिएको छ । समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली, राप्रपाबाट धवलशम्शेर राणा र ध्रुवबहादुर प्रधान, नेकपा माओवादी केन्द्रकी दुर्गा राई, नेपाली काँग्रेसकी सीताकुमारी राना, जनता समाजवादी पार्टीकी सुशीला श्रेष्ठ र नेपाली काँग्रेसका सांसद खमबहादुर गर्बुजा रहेका छन्। सर्वदलीय संसदीय समितिको सल्लाहकारमा पूर्वराज्यमन्त्री दिलमान पाख्रिन, एनआरएन युकेको अध्यक्ष प्रेम गाहामगर र पूर्वसभासदद्वय दिब्यमणि राजभण्डारी छन्। समितिको सदस्य सचिवमा सुनमान तामाङ र सचिवालय सञ्चालन एलबि घिसिङलाई सलाहकारमा चयन गरेको छ। कार्यक्रममा संघर्ष समितिका सल्लाहकार एलबि घिसिङले नेपालमा नेपालीहरुको गोर्खा पल्टनमा प्रवेशको विगत देखि वर्तमनसम्मको अवस्थाका बारेमा एक जानकारी पत्र प्रस्तुत गरेका थिए। घिसिङका अनुसार गोर्खा ब्रिगेडको प्रारम्भ सन् १८१५ मे १३ मा भएको हो। १८१५ देखि १९४७ सम्म करिब ८ लाख र त्यस यताका वर्षहरुमा करिब २ लाख नेपाली युवाहरु गोर्खा पल्टनमा भर्ती भएको तथ्यांक प्रस्तुत गरेका थिए। (गोर्खामिडीयाबाट साभार)
शीतलपाटीन्युज डटकम। काठमाडौ। नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन अर्थ मन्त्रालयले सहमति दिएको छ। गृह मन्त्रालयले पठाएको सेवा अवधि हटाउने प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको हो । ३ दिनअघि अर्थ मन्त्रालयले सहमतिमा राय दिएर गृह मन्त्रालयमा पठाएको छ। अर्थले कानुन बनेको १ वर्षपछि लागु गर्ने गरी ३० वर्षे सेवा अवधि हटाउन ‘राय’ दिएको हो। रायमा भनिएको छ–‘उमेर हद,सेवा अवधि तथा ३० वर्षे सेवा अवधि हटाउने लगायतका प्रस्तावित विषय निजामती सेवा ऐन–२०४९ को दफा २५ को प्रावधान समेतका आधारमा एक वर्षपछिको मितिदेखि लागु हुने गरी व्यवस्था गर्नुपर्ने।’ अर्थ मन्त्रालयले दिएको राय अनुसार गृह मन्त्रालयको कानुन महाशाखाले छलफल गरिरहेको छ।
घनस्याम भण्डारी, स्कटलैण्ड। लन्डन। नेपालका भेट्रान बक्सर पुरण राईले संयुक्त अधिराज्य (यूके) को स्कटल्याण्डमा आयोजित एक प्रोफेशनल बक्सिङ प्रतियोगिता जितेका छन्। २० वटा राष्ट्रिय स्वर्ण पदक विजेता राईले स्कटल्याण्डमा शनिबार भएको रम्बल इन द जंगल प्रतियोगितामा रायन कार्टरलाई तेस्रो चरणमा टेक्निकल नकआउट (टिकेओ) को आधारमा पराजित गरेका हुन्। २०० अमेचर म्याच खेलिसकेका भेट्रान बक्सर राईले उपाधि जित्नुलाई महत्वपूर्ण उपलब्धि मानेका छन्। 'यसले नयां पुस्तालाई अन्तर्राष्ट्रिय प्लेटफर्ममा पनि नेपाली फाइटरले खेल्न सक्छन् भन्ने सन्देश गएको छ',उनले भने।उनी यूनिभर्सल बक्सिङ एलायन्स (यूबीए स्कटल्याण्ड) च्याम्पियन पनि बनेका छन्। १३ औं साफमा उनले तेश्रो पदक जितेका थिए। नेपालका अर्का खेलाडी जुनियर नेशनल च्याम्पियन आकाश डांगी भने यूबीए,यूबीओ वल्र्ड टाइटल म्याचमा एन्डी बेलसंग पराजित भएका छन्। अर्का खेलाडी म्याक्स बस्नेतको खेल भने रद्द भएको छ। उनका प्रतिष्पर्धी बबी कार्टर घाइते भएकाले म्याच रद्द भएको म्याक्सले बताए।खेल रद्द भएकामा म्याक्स दुःखी छन्।'चार महिनादेखि तयारी गरेको थिएं खेल्न पाइएन',उनले कान्तिपुरसंग भने,'नेपालमा हाइ अल्टिच्यूड हुने भएकाले हामीलाई प्रशिक्षण अप्ठेरो हुन्छ।तर यहां भने खेल्न र प्रशिक्षण पनि सजिलो थियो।म पूर्ण तयारीमा थिएं।' प्रोफेशनल एउटा कन्टेन्डर च्याम्पियनले अर्को कन्टेन्डरसंग प्राय नखेल्ने गरेको म्याक्सले जनाए । राज्यले खेलाडीका लागि केही गर्दैन।हामी आफ्नै प्रयासमा खेल्दैछौं,उनले सुनाए। उनी १४ पटक राष्ट्रिय स्वर्ण पदक विजेता हुन् । म्याक्स मुम्बई च्याम्पियन,अल इण्डिया इन्टर क्लव च्याम्पियन, जापान च्याम्पियन, स्पेन जिबीएफ वल्र्ड कप क्वालिफायर २०२२ समेत हुन्l
गोमा राना, लण्डन। आज आइतबार जुलाई ३० तारीख २०२३ विश्व नेपाली साहित्य महासंघ पश्चिमा शाखाको त्रैमासिक बैठक तथा साहित्यिक कार्यक्रम अल्डर्शोटको सुशी मोटो रेस्टुरेन्ट बारमा सम्पन्न भयो। कोरोनाको विषम परिस्थितिको समय देखि जूमबाट नियमित बैठक हुँदै गर्दा गत बर्ष देखि बर्षमा एक पटक प्रत्येक्ष भेटघाट गरि बैठक बस्ने र आफ्नो भावना,रचना प्रस्तुत गर्ने गरिएको छ। साहित्य तथा सङ्गीत समाजलाइ छर्लङ्ग देखाउने ऐना हो र जीवनका सुख दुख पोखाउने माध्यम हो। यी भाषा तथा लयद्वारा अभिब्यक्त गर्ने कला पनि हो। आज बैठकमा उपस्थित सबैले आआफ्नो मनको भावना काल्पनिक र यथार्थपुर्ण रुपले प्रस्तुत गरेका थिए। कार्यक्रमा आज विश्व नेपाली साहित्य महासंघ पश्चिमा शाखाका काबा अध्यक्ष गोमा राना र प्रमुख अतिथि पिताम्बर रानाबाट दिप प्रज्वलन गर्दै कार्यक्रम शुभारम्भ भएको थियो। राष्ट्रिय गान पछि सस्थाका अध्यक्ष लाल सुन्दर राइको जेष्ठ सुपुत्र प्रविन जोयल, सदस्य गङ्गा भन्डारीको माता र साहित्यकार दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल प्रती धैर्य धारण गर्ने शक्ति मिलोस भनी एक मिनेट मौन धारण गरिएको थियो। सिमाना र आमा गीतको रचनाकार लिला सेलिङ माबो र शान्ति लिम्बुलाइ बधाई तथा शुभकमना दिइएको थियो। लाल सुन्दर राइको "सन्सारै रित्तो" शीर्षक कविताले सबैलाई भावुक बनाएको थियो भने गङ्गा भन्डारीको "मन सङ्गको सम्बाद" बसन्ततीलका र उपजाति छन्दको कविताले मन्त्रमुघ्ध पारेकी थिइन् । गोमा रानाको म एउटी चरी,नानू रानाको गजल,शान्ति लिम्बुको मान्छे धमिरा,लिला सेलिङ माबोको गीत सिमाना,जित छन्त्यालको उदास जिन्दगी शीर्षक कविताले सबैलाई वाहवाह गराएको थियो। सङ्ख्यात्मक रुपमा थोरैको उपस्थिति रहे पनि मनोरञ्जनात्मक र गुणात्मक महत्व रहेको सबैले जानकारी गराएका थिए। गोमा रानाको अध्यक्षतामा सह सचिब जित छन्त्यालले कार्यक्रम सन्चालन गरेका थिए भने सचिब शान्ति लिम्बुले स्वागत मन्तव्य राखेका थिए। प्रमुख अतिथि पिताम्बर रानाले उपस्थित सबैको गीत,कविता,गजल मुक्तक अत्यन्तै रोचक सकारात्मक उदाहरणिय रहेको र आउन असमर्थ विनेसामका सदस्यहरुले पक्कै यस्तो कार्यक्रम छुटेकै हो। आगामी आयोजना गरिने कार्यक्रममा सस्थाका सदस्यहरुले महत्त्वपूर्ण ठानेर धेरैको उपस्थितिमा अझ बृहत् होस भनि उतरोत्तर प्रगतिको शुभकामना ब्यक्त गरेका थिए। कार्यक्रमको अन्त्यमा सभा अध्यक्षले उपस्थित सबै तथा चाहेर पनि उपस्थित
शीतलपाटीन्युज डटकम। लण्डन। प्रबासी नेपाली एकता समाज (राप्रपा) युकेको अध्यक्ष रोसन सापकोटाको अध्यक्षतामा आज कार्यसमितीको बैठक बस्यो। एम्पायर हल अल्डरसटमा बसेको सो बैठकमा प्रवासी नेपाली एकता समाज (राप्रपा) को अन्तराष्ट्रिय अध्यक्ष प्रेम श्रेष्ठको पनि उपस्थिती थियो। उपस्थित महानुभावहरुको परिचयबाट शुरु गरिएको सो कार्यक्रममा प्रवासी नेपाली एकता समाज युकेका अध्यक्ष सापकोटाले बेलायतमा पार्टीको अवस्था र अव हुने महाधिबेसनका बारेमा स्पष्ट पार्नु भयको थियो।कार्यक्रममा आफ्नो मन्तब्य राख्दै अन्तराष्ट्रिय अध्यक्ष श्रेष्ठले पार्टीले लिएका नितीहरु अत्यन्तै राम्रा भएकोले संगठन बिस्तारमा लाग्नु पर्ने राय ब्यक्त गर्नु भयको थियो। लण्डनमा छिटै अधिबेसन गर्न सल्लाहा दिदै प्रमुख अतिथी र समय बारेमा बताउनु भयको थियो। प्रेम बहादुर शाही ठकुरीले (रमेश) संचालन गरेको सो बैठकमा अन्तराष्ट्रिय अध्यक्ष प्रेम श्रेष्ठ,राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय सदस्य लोक राज तिवारी,नेपाली जनसम्पर्क समिती युकेका उपाध्यक्ष प्रवेस केशी,प्रवासी नेपाली एकता समाज अन्तराष्ट्रिय प्रवक्ता एवम एनआरएन युके उपाध्यक्ष अनील मल्ल,सदस्य नारायण गिरीका साथै शैलेस महर्जन,मधु घिमीरे,गीता गिरी,सुरज श्रेष्ठ,माया श्रेष्ठ,कुमार गुरुड्ग र शीतलपाटीन्युजका सम्पादक बाचस्पति रेग्मीको समेत उपस्थित थियो। प्रवासी नेपाली एकता समाज (राप्रपा) युकेको अधिबेशन अगस्त भित्र सम्पन्न गर्ने निर्णय गर्दै बैठक सम्पन्न भयको थियो।
GNNews- लन्डन– योग,ध्यान र साधनाद्वारा जीवनमा सकारात्मक परिवर्तन ल्याउन काम गरिरहेको संस्था जीवन विज्ञानद्वारा आयोजित सात दिन लामो 'चक्र विज्ञान साधना शिविर' शनिबार सम्पन्न भएको छ। दक्षिण पूर्वी लन्डनस्थित प्लमस्टीडमा आयोजित शिविरको संचालन जीवन विज्ञानका संस्थापकद्वय तथा जीवन विकास विशेषज्ञ गुरु एलपी भानु शर्मा तथा गुरु रमेश नेपालले गरेका थिए। समापन समारोहमा सहभागीहरुलाई सम्बोधन गर्दै गुरु रमेश नेपालले आफुलाई मन नपर्ने व्यवहार अरु कसैप्रति पनि नगर्न प्रशिक्षार्थीहरुलाई सुझाव दिए। "यो एउटा सूत्रले मात्रै पनि तपाईंको जीवनमा रुपान्तरण ल्याउन सक्छ।तपाईं सुखी, शान्त र स्वस्थ हुनु भयो भने तपाईंको घर, परिवार र समाजमै सकारात्मक असर पर्छ। " उनले हाम्रो शरीरमा रहेका प्रमुख सात चक्रहरुको जागरणबाट स्वस्थ शरीर, सक्रिय मन, सकारात्मक भाव र आध्यात्मिक प्रगतिको मार्ग खुल्ने पनि बताए। जीवन विज्ञानका संस्थापक गुरु एलपी भानु शर्माले नेपालले आगामी दश वर्षमा विश्व गुरु बन्ने दीर्घकालीन सोच राख्नु पर्ने बताए। "मानिसको मनले जहिले पनि थाहा नपाएको कुरा जान्न खोज्छ। त्यही विराटलाई जान्ने प्रयासको रुपमा यो शिविर आयोजना गरिएको हो। तपाईंहरु आजदेखि विराट ज्ञानको संवाहक र प्रतिनिधि हुनु भयो। घर, परिवार र समाजमा यो संदेश फैलाउनु होला," उनले भने। समापन कार्यक्रमका युरोप र बेलायतबाट सहभागी प्रशिक्षार्थीहरुले आफ्ना अनुभव सुनाएका थिए। बेल्जियमको लुभेन शहरबाट सात दिने शिविरमा भाग लिन आएका सांग्रिला समाजका अध्यक्ष नारायण अधिकारीले संसारभरि मानसिक र शारीरिक स्वास्थ्य समस्या बढ्दै गएको बेला यो प्रशिक्षण निकै फाइदाजनक भएको बताउनु भयो। "मैले सिकेको पाठ मेरो परिवार र समाजका लागि मात्रै हैन, पुरै विश्वका लागि अनुकरणीय हुने ठानेको छु," उनले भने। ललित बस्नेत, धनराज चौबंग लिम्बु, युना राइ, बेल्जियमबाटै आएका व्यवसायी राजेन्द्र कार्की लगायतले आफ्नो अनुभव शेयर गरेका थिए। युरोप र बेलायतबाट झन्डै एक सय जना प्रशिक्षार्थीहरुले सात दिने शिविरमा भाग लिएको जीवन विज्ञान यूकेकी ट्रष्टी तथा प्रशिक्षक सरिता शर्माले बताइन्। जीवन विज्ञान यूकेका ट्रष्टी प्रेम खड्काले संस्थाका गतिविधिहरुबारे जानकारी गराए भने जीवन विज्ञान यूकेका ट्रष्टी तथा रोयल बरो अफ ग्रीनविचका उप मेयर जीत रानाभाटले सबैलाई धन्यवाद दिए। आफ्नो बेलायत बसाइका क्रममा गुरुद्वय एलपी भानु
शीतलपाटीन्युज डटकम। लण्डन।एनआरएन युक्को ११औ कार्यसमितीको निर्वाचनमा हालै गरिएको प्रतक्ष चुनाबबाट बिजयी अध्यक्ष हितकाजी गुरुड्लाई बुध्दिष्ट गुम्बा रेडिड्ग युकेमा भब्य स्वागत गरेको समाचार प्राप्त भयको छ। अध्यक्ष गुरुड्गलाई स्वागत गरेको अवसरमा फस्ट लेडी सीता गुरूड,बिजयी आईसीसी सदस्य रि ले चन्द्र बहादुर गुरूड,बिजयी आईसीसी सदस्य दिलरास गुरूड र उहाकी धर्म पत्नीका साथै एनआरएन युकेका सहकोषाध्यक्ष हेम कुमार गुरूडको उपस्थिती रहेको र बुद्धिस्ट गुम्बा रेडिड युकेको नया गुम्बामा भब्य स्वागत गरिएको थियो। एनआरएन अध्यक्ष गुरुड्गको टीमलाई बुद्धिस्ट गुम्बा रेडिड युकेका अध्यक्ष ई.खेम ब गुरूडले खादा लगाई फुल गुच्छाले स्वागत गर्नु भयको थियो। सो स्वागतका अवसरमा गुम्बाका उपाध्यक्षहरु श्रीमती राधा गुरूड,नर बहादुर गुरुड्ग,कृष्ण गुरुड्ग महासचिब कमल गुरुड्ग,कोषाध्यक्ष मेजर बुद्धि गुरूड,आमा समुह अध्यक्ष रजनी गुरुड्ग तथा प्रपर्टी मेनेजमेन्ट एवम गुम्बाका ट्रष्टी चन्द्रमान गुरुड्गको पनि उपस्थिती थियो। बुध्दिष्ट गुम्बा रेडिड्ग युकेका मुल गुरू श्री लामा गुरूड र लामा गुरू किसान गुरूडको समेतको उपस्थितीमा सो स्वागत समारोह भब्य भयको थियो।
शीतलपाटीन्युज डटकम। लन्डन। नेपालको पर्बत जिल्ला भंगारा,दादा, ठानामौला र लामे घर भै बेलायत बसोबास गरेका चार भञ्ज्याङ तमु समाज युके भनेर चिनिने नेपालीहरुको बार्षिक ग्रिष्मकालीन भेटघाट आगामी शनिबार अल्डरसटमी हुँने भयको छ । ५ अगस्टमा हुने सो कार्यक्रममा नेपालका राष्ट्रिय कलाकार,सर्जक तथा लोकप्रिय लोकदोहोरी गायक शिव हमाल तथा लोकप्रिय लोकदोहोरी गायिका मनमाया बाइवाले पनि प्रस्तुति दिने समाचार शीतलपाटीन्युजलाई प्राप्त भयको छ। आयोजक चार भन्ज्याड्गले समाजका सम्पूर्ण परिवार,चेलीबेटी,दिदीबहिनी,ज्वाइँ,दाजुभाइबीचमा वार्षिक भेटघाट सफल र रमाईलो बनाउन सबैलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरेको छ। कार्यक्रम अल्डरसटको कनोट स्कुलमा दिउँसो १ बजेदेखि सुरु हुने संस्थाका अध्यक्ष वेनकुमार गुरुङले बताउनु भयको छ। Address- The Cannught School GU12 4AS
शीतलपाटीन्युज डटकम। लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको हित काजी गुरुङ नेतृत्वको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक २० अगस्तमा बस्ने भएको छ। गतसाता निर्वाचित ११ औं कार्यसमितिका अध्यक्ष गुरुङको अध्यक्षतामा बिहीबार बसेको भर्चुअल बैठकले पहिलो बैठकको मिति तय गरेको हो। भर्चुअल बैठकमा भने कमिटीका पदाधिकारीहरु बीच परिचयात्मक कार्यक्रम चलेको थियो।यस्तै बैठकले आगामी २० अगस्ट आइतबार अल्डरसटको एम्पायर हलमा धन्यवाद सभा गर्ने निर्णय गरेको छ। उक्त अवसरमा एनआरएनए यूकेका पूर्वअध्यक्ष, सल्लाहकार,निवर्तमान समितिका पदाधिकारी, समुदायका अगुवा लगायतलाई निम्त्याएर नवनिर्वाचित कार्यसमितिको तर्फबाट धन्यवाद ज्ञापन गर्ने तथा उनीहरुबाट शुभकामना लिने कार्यक्रम छ। उक्त बैठकमा निवर्तमान कार्यसमिति र नयाँ कार्यसमितिबीच बुझबुझारथको कार्यक्रम राखिने महासचिव गोविन्द शर्मा खरेलले जानकारी दिए। बैठकले कार्यसमितिका सबै पदाधिकारीलाई संस्थाका बैठक तथा कार्यक्रमहरुमा अनिवार्य उपस्थितिको लागि आव्हान गर्ने र उपस्थित हुन असमर्थ हुनेले महासचिवलाई जानकारी गराउनुपर्ने निर्णय पनि गरेको छ। भर्चुअल बैठकमा नवनिर्वाचित कार्यसमितिका अधिकांश पदाधिकारीसँगै आइसीसी सदस्य निर्वाचित ले. चन्द्र गुरुङ र दिलरस गुरुङ,इंग्ल्याण्ड राज्य परिषद अध्यक्ष शम्भु अर्याल,नर्दन आयरल्यान्ड अध्यक्ष बलबहादुर थापालगायत सहभागी थिए।
शीतलपाटीन्युज डटकम। लन्डन। तमु समाज युकेको सामुदायिक भवनमा ज्येष्ठ नागरिकका लागि हरेक बुधबार नि:शुल्क कक्षा सञ्चालन गरिएको छ।समय सदुपयोगका लागि अंग्रेजी लेखपढ र मनोरन्जन गरी तमु सामाज युकेको ज्येष्ठ नागरिक आमा दिदीबहिनीहरुका लागि कक्षा सञ्चालन गरेको अध्यक्ष शिवकुमार गुरुङले जानकारी दिनु भयको छ। उहाले उत्तर पश्चिम लन्डनका ज्येष्ठ नागरिकहरुको हितका लागि आयोजना गरिएको कार्यक्रममा ब्रेन्ट काउन्सिल,हेरो काउन्सिल र ईलिङ काउन्सिलमा बसोबास गर्ने ज्येष्ठ नागरिकहरु उपस्थित हुने गरेको बताउनु भयो। हाल शिक्षिकाको कार्यभार ज्येष्ठ नागरिक अमृता गुरुङ थापाले सम्हालेकी छन्। उहाले अंग्रेजी भाषा सिकाउँनु भयको छ। कार्यक्रम गत २९ मार्चबाट बिहन १० देखि दिनको १ बजेसम्म हुँदै आएको छ।पहिलो १ घण्टा ज्येष्ठ नागरिकहरु भेला हुने,चियापान गफगाफ गरिने गर्दछ। दोस्रो १ घण्टा लेखपढ गर्छन्। कुनै समय सिकाउने शिक्षिका उपस्थित हुन सकेन भने व्यायाम अथवा योगा गरिने गर्दछ। तेस्रो घण्टा स्वत:स्फूर्त खुसीको नाचगान सहित मनोरन्जन गरी कार्यक्रम समापन गर्छन्। कोरोना महामारी अघि पनि सञ्चालन गरिएको थियो । तमु समाज युकेको सामुदायिक भवनमा बुधबार नै १० देखि दिनको १ बजेसम्म हाम्रो ज्येष्ठ नागरिहरुको लागि जलपान कार्यक्रम हुने गरेको छ। उक्त कार्यक्रममा नेपाली मुलका ज्येष्ठ नागरिकहरु आउन सक्ने अध्यक्ष गुरुङले बताउनु भयको छ । 'घरमै बसिरहनुभन्दा हप्ताको एक दिन भने पनि भेटवार्ता गर्ने ठाउँ मिलाइ दिएका छौं। आफ्नो समय र तमु समाज युकेले उपलब्ध गरिदिएको ठाउँको सदुपयोग गरी रमाइलो गर्नुहोला र केही ज्ञान पनि आर्जन गर्नुहोला। यसमा तपाईंहरुले कुनै पैसा तिर्नु पर्दैन,'अध्यक्ष गुरुङको आग्रह छ। अध्यक्ष गुरुङका अनुसार तमु समाज युकेले नै चियाकफी,बिस्कुट र कपी कलमसमेत व्यवस्था गरिदिएको छ। 'अंग्रेजी भाषा सिकाउँदा हाम्रो ज्येष्ठ नागरिक आमा, दिदीहरुले भोगेका यी ससाना समस्याहरुबाट छुटकारा दिलाउने छ। जस्तै बसमा यात्र गर्दा बस नं नचिनेर परेका समस्याहरु र अस्पतालमा जाँदा आफ्नो जन्ममिति र घरको ठेगाना भन्न नजानेर परेका समस्या र स्कुलमा आफ्नो नाति नातिनिहरुलाई लिन जाँदाका समस्यहरुलाई सहजीकरण गर्ने कार्य शिक्षिका अमृत गुरुङ थापाले गर्नुभएको छ,'अध्यक्ष गुरुङले बताउनु भयो। चियापान कार्यक्रमका लागि बिस्कुटको प्रायोजन समाजका आजीवन सदस्यद्वय गंगाबहादुर गुरुङ (नोर्थहोल्ट) र बुद्धिबहादुर गुरुङ (ओम्बल्ली) बाट
बाचस्पति रेग्मी, शीतलपाटीन्युज डटकम। लण्डन।लामो समय देखी बेलायतमा बसोबास गरि नेपाली नाटक र चलचित्र क्षेत्रको प्रबर्धन र प्रसारप्रचारमा उल्लेखनिय भुमिका निर्बाह गर्नु भयका चलचित्र कैदीको पत्रका निर्देशक सनम कुमार बैराग सम्मानित हुनु हुने भयको छ। निर्देशक बैरागलाई इश्वर मानन्धरको कथामा आधारीत “कैदीको पत्र” चलचित्रमा गर्नु भयको कुशल निर्देशनका लागि पुरष्कृत गरिएको हो। अन्तराष्ट्रिय नेपाली साहित्य समाज युकेद्वारा ५ अगस्त २०२३ मा हुने“२१०औ भानुजयन्ती तथा ९२औ इश्वर मानन्धर जयन्ती” कार्यक्रममा यस बर्षको सुप्रमा-ईप्रमा पुरष्कार-२०२३ प्रदान गरिने कार्यक्रम छ। सो पुरष्कार ५ अगस्त २०२३ का दिन काठमाण्डौ कुशन नर्थफिल्ड एभिन्यु लण्डनमा पुरष्कार संस्थापक प्रतिनिधीका साथै प्रमुख अतिथी साहित्यकार तथा नेपाल प्रहरीका एसएसपी गुप्त बहादुर श्रेष्ठका बाहुलीबाट प्रदान हुने भन्दै अन्तराष्ट्रिय नेपाली साहित्य समाज युकेका अध्यक्ष राज श्रेष्ठले निमन्त्रणा गर्दै बताउनु भयको छ। चलचित्र निर्देशक बैरागले नेपाली साहित्य विकाश परिषद यूकेबाट साहित्य सम्मान रजत अभिनन्दन पत्र तथा पदक,नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट भानुभक्त आचार्य द्विशताब्दी बार्षिक समारोहमा सम्मान तथा पदकका साथै धेरै ड्रामाहरु र चलचित्रबाट पनि सम्मानपत्र प्राप्त गर्नु भयको छ।