शीतलपाटीन्युज डटकम। लन्डन। नेपालको पर्बत जिल्ला भंगारा,दादा, ठानामौला र लामे घर भै बेलायत बसोबास गरेका चार भञ्ज्याङ तमु समाज युके भनेर चिनिने नेपालीहरुको बार्षिक ग्रिष्मकालीन भेटघाट आगामी शनिबार अल्डरसटमी हुँने भयको छ । ५ अगस्टमा हुने सो कार्यक्रममा नेपालका राष्ट्रिय कलाकार,सर्जक तथा लोकप्रिय लोकदोहोरी गायक शिव हमाल तथा लोकप्रिय लोकदोहोरी गायिका मनमाया बाइवाले पनि प्रस्तुति दिने समाचार शीतलपाटीन्युजलाई प्राप्त भयको छ। आयोजक चार भन्ज्याड्गले समाजका सम्पूर्ण परिवार,चेलीबेटी,दिदीबहिनी,ज्वाइँ,दाजुभाइबीचमा वार्षिक भेटघाट सफल र रमाईलो बनाउन सबैलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरेको छ। कार्यक्रम अल्डरसटको कनोट स्कुलमा दिउँसो १ बजेदेखि सुरु हुने संस्थाका अध्यक्ष वेनकुमार गुरुङले बताउनु भयको छ। Address- The Cannught School GU12 4AS
शीतलपाटीन्युज डटकम। लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको हित काजी गुरुङ नेतृत्वको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक २० अगस्तमा बस्ने भएको छ। गतसाता निर्वाचित ११ औं कार्यसमितिका अध्यक्ष गुरुङको अध्यक्षतामा बिहीबार बसेको भर्चुअल बैठकले पहिलो बैठकको मिति तय गरेको हो। भर्चुअल बैठकमा भने कमिटीका पदाधिकारीहरु बीच परिचयात्मक कार्यक्रम चलेको थियो।यस्तै बैठकले आगामी २० अगस्ट आइतबार अल्डरसटको एम्पायर हलमा धन्यवाद सभा गर्ने निर्णय गरेको छ। उक्त अवसरमा एनआरएनए यूकेका पूर्वअध्यक्ष, सल्लाहकार,निवर्तमान समितिका पदाधिकारी, समुदायका अगुवा लगायतलाई निम्त्याएर नवनिर्वाचित कार्यसमितिको तर्फबाट धन्यवाद ज्ञापन गर्ने तथा उनीहरुबाट शुभकामना लिने कार्यक्रम छ। उक्त बैठकमा निवर्तमान कार्यसमिति र नयाँ कार्यसमितिबीच बुझबुझारथको कार्यक्रम राखिने महासचिव गोविन्द शर्मा खरेलले जानकारी दिए। बैठकले कार्यसमितिका सबै पदाधिकारीलाई संस्थाका बैठक तथा कार्यक्रमहरुमा अनिवार्य उपस्थितिको लागि आव्हान गर्ने र उपस्थित हुन असमर्थ हुनेले महासचिवलाई जानकारी गराउनुपर्ने निर्णय पनि गरेको छ। भर्चुअल बैठकमा नवनिर्वाचित कार्यसमितिका अधिकांश पदाधिकारीसँगै आइसीसी सदस्य निर्वाचित ले. चन्द्र गुरुङ र दिलरस गुरुङ,इंग्ल्याण्ड राज्य परिषद अध्यक्ष शम्भु अर्याल,नर्दन आयरल्यान्ड अध्यक्ष बलबहादुर थापालगायत सहभागी थिए।
शीतलपाटीन्युज डटकम। लन्डन। तमु समाज युकेको सामुदायिक भवनमा ज्येष्ठ नागरिकका लागि हरेक बुधबार नि:शुल्क कक्षा सञ्चालन गरिएको छ।समय सदुपयोगका लागि अंग्रेजी लेखपढ र मनोरन्जन गरी तमु सामाज युकेको ज्येष्ठ नागरिक आमा दिदीबहिनीहरुका लागि कक्षा सञ्चालन गरेको अध्यक्ष शिवकुमार गुरुङले जानकारी दिनु भयको छ। उहाले उत्तर पश्चिम लन्डनका ज्येष्ठ नागरिकहरुको हितका लागि आयोजना गरिएको कार्यक्रममा ब्रेन्ट काउन्सिल,हेरो काउन्सिल र ईलिङ काउन्सिलमा बसोबास गर्ने ज्येष्ठ नागरिकहरु उपस्थित हुने गरेको बताउनु भयो। हाल शिक्षिकाको कार्यभार ज्येष्ठ नागरिक अमृता गुरुङ थापाले सम्हालेकी छन्। उहाले अंग्रेजी भाषा सिकाउँनु भयको छ। कार्यक्रम गत २९ मार्चबाट बिहन १० देखि दिनको १ बजेसम्म हुँदै आएको छ।पहिलो १ घण्टा ज्येष्ठ नागरिकहरु भेला हुने,चियापान गफगाफ गरिने गर्दछ। दोस्रो १ घण्टा लेखपढ गर्छन्। कुनै समय सिकाउने शिक्षिका उपस्थित हुन सकेन भने व्यायाम अथवा योगा गरिने गर्दछ। तेस्रो घण्टा स्वत:स्फूर्त खुसीको नाचगान सहित मनोरन्जन गरी कार्यक्रम समापन गर्छन्। कोरोना महामारी अघि पनि सञ्चालन गरिएको थियो । तमु समाज युकेको सामुदायिक भवनमा बुधबार नै १० देखि दिनको १ बजेसम्म हाम्रो ज्येष्ठ नागरिहरुको लागि जलपान कार्यक्रम हुने गरेको छ। उक्त कार्यक्रममा नेपाली मुलका ज्येष्ठ नागरिकहरु आउन सक्ने अध्यक्ष गुरुङले बताउनु भयको छ । 'घरमै बसिरहनुभन्दा हप्ताको एक दिन भने पनि भेटवार्ता गर्ने ठाउँ मिलाइ दिएका छौं। आफ्नो समय र तमु समाज युकेले उपलब्ध गरिदिएको ठाउँको सदुपयोग गरी रमाइलो गर्नुहोला र केही ज्ञान पनि आर्जन गर्नुहोला। यसमा तपाईंहरुले कुनै पैसा तिर्नु पर्दैन,'अध्यक्ष गुरुङको आग्रह छ। अध्यक्ष गुरुङका अनुसार तमु समाज युकेले नै चियाकफी,बिस्कुट र कपी कलमसमेत व्यवस्था गरिदिएको छ। 'अंग्रेजी भाषा सिकाउँदा हाम्रो ज्येष्ठ नागरिक आमा, दिदीहरुले भोगेका यी ससाना समस्याहरुबाट छुटकारा दिलाउने छ। जस्तै बसमा यात्र गर्दा बस नं नचिनेर परेका समस्याहरु र अस्पतालमा जाँदा आफ्नो जन्ममिति र घरको ठेगाना भन्न नजानेर परेका समस्या र स्कुलमा आफ्नो नाति नातिनिहरुलाई लिन जाँदाका समस्यहरुलाई सहजीकरण गर्ने कार्य शिक्षिका अमृत गुरुङ थापाले गर्नुभएको छ,'अध्यक्ष गुरुङले बताउनु भयो। चियापान कार्यक्रमका लागि बिस्कुटको प्रायोजन समाजका आजीवन सदस्यद्वय गंगाबहादुर गुरुङ (नोर्थहोल्ट) र बुद्धिबहादुर गुरुङ (ओम्बल्ली) बाट
बाचस्पति रेग्मी, शीतलपाटीन्युज डटकम। लण्डन।लामो समय देखी बेलायतमा बसोबास गरि नेपाली नाटक र चलचित्र क्षेत्रको प्रबर्धन र प्रसारप्रचारमा उल्लेखनिय भुमिका निर्बाह गर्नु भयका चलचित्र कैदीको पत्रका निर्देशक सनम कुमार बैराग सम्मानित हुनु हुने भयको छ। निर्देशक बैरागलाई इश्वर मानन्धरको कथामा आधारीत “कैदीको पत्र” चलचित्रमा गर्नु भयको कुशल निर्देशनका लागि पुरष्कृत गरिएको हो। अन्तराष्ट्रिय नेपाली साहित्य समाज युकेद्वारा ५ अगस्त २०२३ मा हुने“२१०औ भानुजयन्ती तथा ९२औ इश्वर मानन्धर जयन्ती” कार्यक्रममा यस बर्षको सुप्रमा-ईप्रमा पुरष्कार-२०२३ प्रदान गरिने कार्यक्रम छ। सो पुरष्कार ५ अगस्त २०२३ का दिन काठमाण्डौ कुशन नर्थफिल्ड एभिन्यु लण्डनमा पुरष्कार संस्थापक प्रतिनिधीका साथै प्रमुख अतिथी साहित्यकार तथा नेपाल प्रहरीका एसएसपी गुप्त बहादुर श्रेष्ठका बाहुलीबाट प्रदान हुने भन्दै अन्तराष्ट्रिय नेपाली साहित्य समाज युकेका अध्यक्ष राज श्रेष्ठले निमन्त्रणा गर्दै बताउनु भयको छ। चलचित्र निर्देशक बैरागले नेपाली साहित्य विकाश परिषद यूकेबाट साहित्य सम्मान रजत अभिनन्दन पत्र तथा पदक,नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट भानुभक्त आचार्य द्विशताब्दी बार्षिक समारोहमा सम्मान तथा पदकका साथै धेरै ड्रामाहरु र चलचित्रबाट पनि सम्मानपत्र प्राप्त गर्नु भयको छ।
शीतलपाटीन्युज डटकम। लन्डन । एनआरएनए यूकेको कार्यवाहक अध्यक्षको जिम्मा उपाध्यक्ष अनिल मल्लले पाएका छन्। अध्यक्ष प्रेम गाहामगर गत २६ जुलाईदेखि तीन साताका लागि नेपाल भ्रमणमा रहेकाले मल्ललाई उक्त जिम्मेवारी दिने निर्णय २५ जुलाईको कार्यसमिति बैठकले गरेको थियो। वर्तमान कार्यसमितिका उपाध्यक्ष मल्ल च्यारिटी विभागको संयोजक समेत छन्। उनी अध्यक्ष गाहामगरको विश्वासपात्र मानिन्छन् । अघिल्लो कार्यसमितिमा धेरैले साथ छाडे पनि मल्लले आफ्नो धर्म र इमान्दारी कहिल्यै छाडेनन्। कार्यसमितिका हरेक गतिविधि र यसपटक संघको २० हजार ७०७ सदस्य बनाउन पनि मल्लको प्रमुख भूमिका थियो। युवा व्यवसायी मल्लले यसअघि एनआरएनए यूकेको युवा संयोजकमा सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका थिए। तीन साता नेपाल रहंदा अध्यक्ष प्रेम गाहामगरले नेपाल सरकार परराष्ट्र मन्त्रालयमा २० हजार ७०७ सदस्यता सहित आफ्नो कार्यसमिति आधिकारिक भएको दावी पेश गर्ने र वंशजको नेपाली नागरिकता निरन्तरता अभियानलाई जोडका साथ उठाउने भएका छन्। उनले प्रधानमन्त्री,परराष्ट्रमन्त्री,कानूनमन्त्रीलगायत उच्च पदस्थ पदाधिकारी र राजनीतिक शीर्षस्थ नेतृत्वलाई भेट गरेर ज्ञापन पत्र समेत बुझाउने तयारी छ।
बसन्त कुवंर, राष्ट्रीय अध्यक्ष नेपाल पुर्ब प्रहरी संगठन। आज प्रहरी प्रधान कार्यालएमा प्रहरी महानीरीक्षकज्यु र उहॉको टीमसंग नेपाल पुर्ब प्रहरी संगठनका अध्यछ बसन्तराज कॅवर तथा पदाधीकारीज्युहरु बीच आपसी सरोकारका बिषयमा औपचारीक रुपमा गहन छलफल गर्यौं। छलफल ज्यादै सकारात्मक र उपलब्धीपुर्ण रह्यो। नोपाल पुर्ब प्रहरी संगठनको सरोकार मुलत ९४% तल्ला तथा गरीब पुर्ब प्रहरीहरुको कल्याणमा केन्द्रीत थियो र प्रहरी प्रधान कार्यालएको पनि यस पक्षमा सकारात्मक सहयोग तथा साथको प्रतिबद्धता देखियो। त्यस अबसरमा प्रहरी कल्याण महाशाखा र प्रहरी अस्पतालले गरेका गतीबिधी पनि जानकारी पाइयो। प्रहरी महानिरीक्षकज्युको दृष्टिकोण हाम्रा सरोकार प्रति ज्यादै सकारात्मक रह्यो र महानिरीक्षकज्युको संबोधन र बिदाइ पछी हामीले दोश्रो सिटीडं प्रसासन प्रमुख एआइजीपी दीपक थापाज्यु र प्रहरी अस्पतालका निर्देशक एआइजीपी डाक्टर आशी सिंह ज्सु संग बस्यौं। दीपक सर संग हामिले यस बर्ष गरीने एक्सनप्लानमा होमवर्क गर्यौं। डाक्टर आशा सिंहज्युबाट पनी पुर्ब प्रहरीका हितका कुरा हरु आए।उहाहरु सबैमा हार्दीक धन्यबाद तथा आभार। आजको मिटीडं मलाइ पहिले पहिले बसे भन्दा राम्रो लाग्यो। यस मिटीडंमा उहॉ हरुको गतीबीधी बुझ्ने मात्र नभै त्यो भन्दा बडी समय हाम्रा सरोकारहरु सुन्ने र निष्कर्शमा पुग्नेमा दिइएको पाइयो। हामि नेपाल पुर्ब प्रहरी संगठन,प्रहरी प्रधान कार्यालयसंग सहकार्य गरी पुर्ब प्रहरीहरुको कल्याणमा लागी रहने छौ र महानिरीक्षकज्युको नेत्रीत्वको कदर गर्दै उहाको टीमको उच्च र ऐतीहासीक कार्य सफलताको पनि कामना गर्दछौ। महानिरीक्षकज्युले हाम्रो संगठनलाइ औपचारीक आमन्त्रण गरी अमुल्य समय प्रदानका गरी न्यानो आतीत्थ्य प्रदान गर्नु भएकोमा उहा प्रति नेपाल पुर्ब प्रहरी संगठन हार्दिक आभार ब्यक्त गर्दछ।
सुरेश कोइराला, मेरिल्याण्ड,अमेरिका। एनआरएन अमेरिका मेरिल्याण्ड च्याप्टर अध्यक्षमा कुलप्रसाद गुरुङ निर्वाचित भएका छन्। निर्वाचन समितिले गएराती सार्वजनिक गरेको मतपरिणाम अनुसार गुरुङ कूल ९३४ मतसहित आगामी दुई वर्षका लागि अध्यक्ष निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी अध्यक्षका अर्का प्रत्यासी प्रेम सुवेदीले ४९९ मत प्राप्त गरेका छन् । मेरिल्याण्डमा कूल १ हजार ६ सय ९६ मतदाता थिए। जसमध्ये ३० जनाले अध्यक्षमा कसैलाई मतदान गरेनन्। यसैगरी च्याप्टर उपाध्यक्षमा किरण पण्डित, सचिवमा गोविन्द सापकोटा र कोषाध्यक्षमा जनक पुन मगर निर्वाचित भएका छन्। च्याप्टर सदस्यहरुमा बावुराम भट्टराई, विजय अधिकारी, मनलाल जैसी, मोनिका लामिछाने, नारायण अधिकारी, ओमकाजी गुरुङ र रोशनी सापकोटा निर्वाचित भएका छन्। कोषाध्यक्ष बाहेक अन्य सबै पदमा गुरुङ पक्षधर उम्मेदवार विजयी भएका हुन्। च्याप्टर कार्य समितिको महिला उपाध्यक्षमा सिर्जना न्यौपाने, महिला सचिवमा कुसुम खड्का,महिला संयोजकमा गीता सुबेदी र युवा संयोजकमा दामोदर पौडेल निर्विरोध निर्वाचित भैसकेका छन्।
शीतलपाटीन्युज डटकम। लण्डन। डार्टफोर्ड नेपाली समाज युकेको अध्यक्षमा डा.विना पाण्डे घिमिरे सर्वसम्मत निर्वाचित हुनु भएको छ। आइतवार डार्टफोर्डस्थित फ्लिटडाउन फुटवल क्लबको मैदानमा भयको अधिवेशनले डा.घिमिरेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो। अध्यक्ष डा बीना पाण्डे घिमीरे समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष तारा सिम्खडा भट्ट र तीर्थ पौडयाल,महासचिवमा अनुक्रम रिजाल,सचिवमा शशी गुरुङ,कोषाध्यक्षमा प्रभात पौडेल , सदस्यहरुमा तिलक भट्टराई,अन्जु थापा बस्नेत,शेष आचार्य,हरिकला कंडेल,पूजा पाण्डे र उत्तम गौतम छन। बाकी ३ सदस्य निर्वाचित कमिटिले पछि मनोनयन गर्नेछ। नवनिर्वाचित अध्यक्ष डा.विना पाण्डे घिमिरेले पब्लिक हेल्थमा पिएचडी गर्नु भयको छ। उहा ब्रुनेल युनिभर्सिटी लन्डनमा अध्यापन गर्नुहुन्छ। संस्थाका संस्थापकअध्यक्ष डा.चण्डिका भट्ट संयोजक,पूर्व अध्यक्षहरु राजेश पाठक, दीपक थापा र गजेन्द्र कटुवाल तथा डा.बिष्णु शर्मा सदस्य रहेको ५ जनाको निर्वाचन कमिटीले निर्वाचनका सबै काम सम्पन्न गरि निर्वाचित कमिटीलाई सस्थाको सपथ खुवा इएको थियो। निवर्तमान अध्यक्ष लेखनाथ खरेलले साधारण सभामा संस्थाको प्रगति विवरण प्रस्तुत गर्दै कोरोना कालखण्डबाट बाहिर निस्केर संस्थाले व्यापक सहभागिता र उत्साहपुर्ण वातावरणमा नियमिति कार्य सफलतापूर्वक सम्पन्न गरेको जनाउनु भयको थियो। अध्यछ खरेलले कार्यक्रममा संबोधन गर्दै डिएनसी संस्थाको आजीवन सदस्यता ८२ बाट बढेर १४० पूगेको जानकारी गराउनु भयको थियो। संस्थालाई थप सक्रिय बनाउन निवर्तमान अध्यक्ष खरेलले नवनिर्वाचित कार्यसमितिलाई सुझाव तथा शुभकामना दिनु भयको थियो। संस्थाका आजीवन सदस्य रामकृष्ण श्रेष्ठको हालै भएको निधनमा दुख ब्यक्त गर्दै उहाको निधनमा परिवारप्रति समवेदना व्यक्त गरिएको थियो। संस्थाकी कोषाध्यक्ष पारिजात पाठकले प्रस्तुत गर्नु भयको आर्थिक प्रतिवेदनलाई अधिवेशनले सर्वसम्मत रुपमा पास गरेको थियो। डिएनसीले आफ्नो अधिवेशनमा प्रत्यक वर्ष गरिने संस्थाको वार्षिक खेलकूद कार्यक्रम पनि आयोजना गरेको थियो। खेलकूद संयोजक रुद्र कोइरालालाई हरि पन्थ,विना पाण्डे घिमिरे,दिपा कोइराला, अमृता भट्टराई,दिपक पाण्डे,बेद प्रकाश भट्टराई लगायतले सहयोग गरेका थिए। छोराछोरीहरुमा बृस्टी, महिमा,शितल, निकिता,नियति,रिजु,रिया आदिले डिएनसी भोलिन्टियर भएर खेलकुद संचालनमा सघाएका थिए। खेलमा विजयी सबैलाई मेडल,प्रमाणपत्र आदि प्रदान गरिएको थियो। यसैगरी, संस्थाका निवर्तमान अध्यक्षले खरेलले संस्थाका निवर्तमान सचिव हरि हड्खले र आसा फेरालीले संस्थामा गरेको योगदानको प्रसंशा गरेका थिए । भने संस्थाका पुर्व उपाध्यक्ष भरत लामिछानेले आफ्नै निजी खर्चमा नयाँ साउन्ड सिस्टम खरिद गरि हस्तान्तरण गरेका
शीतलपाटीन्युज डटकम। लण्डन। बिश्वमा सामान्य बोलचाल र सरकारी भाषा पनि अंग्रेजी बोल्ने देश भित्र धेरै जातजातीका संस्थाहरु रहेका छन। त्यस मध्य सयपत्री परीयार समाज युके पनि एउटा संस्था हो। समय बगी रहने हो र सधै भरी बगी रहने समयले केही यादहरु पनि छोडेर गएका हुदो रहेछ। ती छोडेर गएका समयका अबिस्मरणिय क्षण यहा संझन चाहान्छु भन्दै शीतलपाटीन्युजलाई सयपत्री परीयार समाज युकेका अभियन्ता उत्तर बर्देवाले आफन्नो शंझना पठाउनु भयको छ। बर्देवाले भन्नु भयको छ, "२२ जुलाई २०२३ को शनीवारका दिन “सुसी बार एवम रेष्टुरेन्ट” (Sushi Bar & Restaurent) अल्डरसटमा सयपत्री परीयार समाज बेलायतको भेटघाट भब्य र सभ्य रुपमा सम्पन्न भयो। समाजका अध्यक्ष दिलिप महराको अध्यक्षतामा भयको सो भेटघाट कार्यक्रमको संचालन समाजका महासचिब रबिन परीयारले संचालन गर्नु भयको थियो। १५० जना समाजका सदस्यहरुको उपस्थिती रहेको सो कार्यक्रममा महासचिबले रोचक प्रस्तुती दिदै कार्यक्रमलाई रोचक बनाउनु भयको थियो।” समाजका उपाध्यक्ष कुमार घलेद्वारा उपस्थित पाहुना र समाजका सदस्यहरुलाई कार्यक्रममा स्वागत मन्तब्य राख्दै स्वागत गर्नु भयको थियो भने अध्यक्ष महराले नेपाल सहयोग गरेका समाजका सहयोगी मनका धनी सदस्यहरुलाई प्रशंसापत्र प्रदान गरेर सम्मान गर्नु भयको थियो।कोषाध्यक्ष र सहयोगीद्वारा मेम्बरसीप बनाउन र पुराना मेम्बरहरुको पुन दर्ता गर्ने काम भयको थियो। संस्थाका सल्लाहाकार एवम काउन्सीलर नविन सिवाले संस्थाका अध्यक्ष दिलीप महरालाई खादा लगाइ सम्मान गर्नु भयको थियो भने कार्यसमितीका तेज बहादुर सुन्दास,श्रीमती सपना लगायत अन्य सदस्यहरुलाई अघ्यक्ष महराले खादा लगाइ सम्मान गर्नु भयको थियो। देबेन्द्र महराद्वारा तम्बोला समेत खेलाईएको सो भेटघाट कार्यक्रममा स्वादिष्ट खानाका साथै भरपुर मनोरन्जन दिलाइएको थियो।बेलुका अबेलासम्म मातृभुमिका गहना कलाकारहरु राजेस बर्देवा र पुर्णकला जिसीको गीतले सबै जना खुसी भै नाची रहेको पाइएको थियो। दर्र्शकहरु नाचेको मुल्याड्कन गरेको भए पहिलोमा सुनील र दोश्रोमा श्रीमती सुनिताको डान्स अति नै उत्कृष्ठ रहि सयपत्री परीयार समाज युकेको भेटघाट सम्पन्न भयको थियो।
पुर्ण गुरुड्ग, लण्डन। बुद्धिष्ट कम्यूनिटी सेन्टर (बीसीसी) यूकेले गत १ बर्ष देखि बीसीसी गुम्बामा रहदै आएका टुल्कु जिग्मे सामतेनको विदाई गरेको छ। गत शुक्रबार २१ जुलाईका दिन अल्डरसटस्थित बीसीसी गुम्बामा बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङ,आमा प्रमुख उर्मिला गुरुङलगायत बीसीसी यूकेका पदाधिकारी एवं सदस्य, आमाहरु र भक्तजनले खदा लगाई उनलाई विदाई गरिएको हो। उक्त विदाई कार्यक्रममा टुल्कु सामतेनले बीसीसी यूकेले बौद्ध धर्म,संस्कार र संस्कृतिको संरक्षण तथा सम्वद्र्धनमा खेल्दै आएको भूमिकाको प्रसंशा गर्दैं आफूलाई बेलायतका भक्तजनहरुको सेवा गर्न अवसर दिएकोमा बीसीसी यूके परिवारप्रति धन्यवाद ज्ञापन गरे।सो अवसरमा बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङले टुल्कु गुरुले बीसीसी यूकेलाई दिएको महत्वपूर्ण समय, भक्तजनहरुलाई दिएको शिक्षा, पूजापाठ तथा प्रवचनका लागि हृदयवाटनै धन्यवाद दिए। काठमाण्डौंको बौद्धस्थित सेचेन गुम्बामा कार्यरत टुल्कु रिन्पोछे यसअघि कोभिड–१९ जस्तो महामारीमा समेत ६ महिना बीसीसी गुम्बामा सेवा गरी नेपाल फर्केका थिए । पुनः दोस्रोपटक गत अगष्ट २०२२ मा बेलायत आई करीब ११ महिनाको बसाई पश्चात गत आइतबार नेपाल फर्केका छन् । लामा लुङ्रिग रिन्पोछे र खेन्पो फुतेम्बाको समेत बिशेष उपस्थिति रहेको उक्त औपचारिक विदाई कार्यक्रममा बिसीसी युकेका पूर्व अध्यक्ष ले. नारायणप्रसाद गुरुङ बिईएम,प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ,आमा अध्यक्ष उर्मिला गुरुङ, आमा सचिव शारदा गुरुङ,बीसीसी यूके लण्डन शाखा अध्यक्ष गोपाल तामाङ्गलगायत बीसीसी यूकेका कार्यसमितिका पदाधिकारी एवं सदस्य, आमा समूहका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो। त्यस्तै, टुल्कु गुरुलाई बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङलगायत बीसीसी यूकेका पदाधिकारी,शुभचिन्तक,भक्तजन,गुरुका आफन्जनहरुले गत आइतबार हिथ्रो एयरपोर्टमा पुगी विदाई गरेका थिए।बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त विदाई कार्यक्रमलाई महासचिव मेजर हितमान गुरुङले संचालन गरेका थिए।
२/२ गोर्खा राईफल्स क्लर्क्स प्लाटूनका बाबुजीहरुको बार्षिक भेला सम्पन्न - सुधा गुरुङ्ग, लण्डन।२/२ गोर्खा राईफल्स क्लर्क्स प्लटूनका बाबुजीहरुको बार्षिक भेला पाकीस्तानी कम्यूनिटी सेन्टर रेडिङ्गमा २२ जुलाई २०२३ शनिबारका दिन सम्पन्न भएको छ! झन्डै ४५ जना सहभागी भएको सो भेला अत्यन्त रमाईलो हर्षोल्लासपूर्ण रहेको थियो! गत बर्षको बार्षिक भेला बेजिङ्गस्टोकमा लाल प्रसाद गुरुङ्ग BEM र सुधा गुरुङ्गले आयोजना गरेका थिए भने यस पटक रेडिङ्गमा ढक बहादुर र सुशीला गुरुङ्गले गरेका थिए। होम मेड सेलरोटी,बिबिक्यू सहितको स्वादिष्ट खानपान,दिदी बहिनीहरुको अचार प्रतियोगिता, सबैका प्रीय पात्र सन्त मामाको प्रख्यात स्वादिष्ट मेसिङ्ग,नाचगान,राफल ड्र साथै बिबिध खेलहरु खेलेर मनोरंजन गरीएको थियो। बिगतका बर्षहरुमा झै सरोज बस्नेतले मनोरंजनको जिम्मा लिएका थिए! उनको लाईभ प्रस्तुती साथमा चित्र आले, डम्मरसिंग सुन्वार, पूर्ण पुन, डेविड मुखियाका साथै लाल प्रसाद गुरुङ्गले गोपाल योंजनको सदाबहार राष्ट्रीय गीत " बनेको छ पहराले यो छाती मेरो ...गाएर सबैलाई मन्त्रमुग्ध पारेका थिए। त्यस्तै २/२ को प्रतिभाको डबलीमा कविहरुको पनि कमि थिएन,गोमा राना,लक्ष्मीप्रसाद शर्माले मिठा मिठा कविता वाचन गरे पश्चात भीम रानाले पनि पहिलो पल्ट अंग्रेजीमा कविता वाचन गरि सबैलाई चकित पारेका थिए। कार्यक्रममा ढक बहादुर गुरुङ्गले शाही सम्बोधनको क्यारी क्याचर हुबहुं गरी सबैलाई थप दंग पार्न सफल भएका थिए। कार्यक्रमको मध्यान्तरमा बाबूजीहरुलाई श्रीमतीहरुले स्पेशल सरप्राईज दिने कार्यक्रम थियो, जुन कुरा उनीहरु माझ पूर्णत: गोप्य राखिएको थियो। पूर्व योजना अनुसार मुख्य आयोजक सुशिला गुरुङ्गको उर्दी बमोजिम बाबुजीहरुको आंखामा पट्टि बाधेर कुर्सीमा बिराजमान गराई श्रीमतीहरुले अगाडि पट्टि २/२ जी आर क्लर्क्स प्लटून अनि पछाडीपट्टि २/२ गोर्खा राईफल्स लेखीएको लाली रंग (रातो) को टिशर्ट पहिराएर आँखा खोल्न लगाउदा सबै बाबूजीहरु आश्चर्य चकित एवम हर्षबिभोर भएर भावुक भएका थिए। नहोउन पनि किन? आफ्नो जीवनको आधा उमेर, आफ्नो जीवनको उर्वर समय जुन पल्टन र पल्टने साथीहरुसंग बिताए उनीहरुसंग अत्यन्त अंतरंग सम्बन्ध हुनु स्वभाबिकै हो।पल्टनेहरुलाई आफ्नो पल्टन, आफू संगै भर्ती भएका नम्बरीहरु र आफ्नो प्लटून प्रती विशेष मोह हुन्छ। त्यसमा पनि २/२ जी आरका बाबूजीहरुको बोन्डीङ्ग बृगेड अफ गोर्खाजमै उदाहरणीय र अनुकरणीय रहेको पाईन्छ। यस पालीको थप आकर्षण
शीतलपाटीन्युज डटकम। लण्डन। बुद्धिष्ट कम्यूनिटी सेन्टर (बीसीसी) यूकेले “बुद्ध वज वर्न इन नेपाल” का अभियन्ता एवं लोकप्रिय गायक धिरज राईलाई स्वागत तथा सम्मान गरेको छ। गत शुक्रबार २१ जुलाईका दिन अल्डरसटस्थित बीसीसी गुम्बामा बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङ, आमा प्रमुख उर्मिला गुरुङलगायत बीसीसी यूकेका पदाधिकारी एवं सदस्य, आमाहरु र भक्तजनले खदा लगाई उनको स्वागत गरिएको थियो। उक्त स्वागत कार्यक्रममा गायक राईले, बुद्ध नेपालमा जन्मेका हुन्,तर कतिपय देशको पाठ्यपुस्तकमा बुद्ध भारतमा जन्मिएको कुरा फेला परेपछि आपूmले बुद्ध भारतमा होइनमा नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिनका लागि थुप्रै देशमा आपूm पुगेको बताए। साथै, उनले आफ्नो अभियान पश्चात १२ वटा देशको पाठ्यपुस्तकमा संशोधन गर्न सफल भएको बताउँदै आफ्नो अभियानमा साथदिने सबैप्रति धन्यवाद दिए। छोटो समयका लागि बेलायत आएका गायक राईले बीसीसी यूकेले गरेको विभिन्न कार्यहरुको प्रसंशा गर्दै आफूलाई स्वागत तथा सम्मान गरेकोमा धन्यवाद दिएका थिए। उक्त कार्यक्रममा बिसीसी युकेका पूर्व अध्यक्ष ले. नारायणप्रसाद गुरुङ बिईएम,प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ,आमा अध्यक्ष उर्मिला गुरुङ, आमा सचिव शारदा गुरुङ,बीसीसी यूके लण्डन शाखा अध्यक्ष गोपाल तामाङ्ग लगायत बीसीसी यूकेका कार्यसमितिका पदाधिकारी एवं सदस्य, आमा समूहका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो। बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त स्वागत कार्यक्रमलाई महासचिव मेजर हितमान गुरुङले संचालन गरेका थिए।
पुर्ण गुरुड्ग, लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले बुद्धका चार मुख्य तीथि मध्येको एक धर्म चक्र (छ्योखोर दुचेन अर्थात् ठुक्पा छेश्यी) को अवसरमा बिशेष पुजा आयोजना गरेको छ। गत शुक्रबार २१ जुलाईका दिन विविध कार्यक्रमका साथ बीसीसी यूकेको अल्डररसटस्थित गुम्बामा आयोजना गरिएको हो। काठमाण्डौं, बौद्धस्थित सेचन गुम्बाका लामा लुङ्रिग रिन्पोछेको बिशेष उपस्थितिमा सम्पन्न पूजामा बीसीसी यूकेका टुल्कु जिग्मे सामतेन,खेन्पो फुतेम्बा लगायत धर्म गुरुहरुले पूजापाठ गरेका थिए। सो अवसरमा लामा लुङ्रिग रिन्पोछेले बुद्धको चार आर्य सत्य (फोर नोवल ट्रुद),धर्म चक्र प्रवद्र्धन बारे प्रवचन दिएका थिए । उक्त प्रवचनलाई खेन्पो फुुतेम्बाले नेपालीमा अनुवाद गरेका थिए । त्यस्तै, लामा लुङ्रिगलगायत धर्मगुरुहरुले धनचक्र (छोक) पूजा,दिपप्रज्वलन (मर्मे) पाठ,आयु वृद्धि हुने सिद्धि, प्राणिधान (मलम) पाठलगायतका पुूजाहरु गरेका थिए। कार्यक्रममा बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङ, आमा प्रमुख उर्मिला गुरुङलगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले गुरुहरुलाई मण्डला अर्पण गरेका थिए। बीसीसी यूकेका उपाध्यक्ष आङ्गदावा शेर्पाको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा महासचिव मेजर हितमान गुरुङले कार्यक्रमका लागि भोजनदान गर्ने भोजनदाताहरुको नामावली सुनाउदै धन्यवाद प्रकट गरेका थिए। दीप प्रज्ज्वलन र धर्म चक्र (छ्योखोर) नृत्य समेत गरिएको पूजामा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो। बिशेषगरी शेर्पा एशोसियसन यूकेका अध्यक्ष लगायत पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा बिसीसी युकेका पूर्व अध्यक्ष ले. नारायणप्रसाद गुरुङ बिईएम, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, आमा अध्यक्ष उर्मिला गुरुङ, आमा सचिव शारदा गुरुङ, बीसीसी यूके लण्डन शाखा अध्यक्ष गोपाल तामाङ्गलगायत बीसीसी यूकेका कार्यसमितिका पदाधिकारी एवं सदस्य, आमा समूहका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो। बिसीसी युकेका अध्यक्ष हर्क गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष आङ्गदावा शेर्पाले स्वागत मन्तब्य राखेका थिए भने महासचिव मेजर हितमान गुरुङले औपचारिक कार्यक्रमको संचालन गरेका थिए।
शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतवासी नेपालका पुर्व डिएसपी शिवजी श्रेष्ठका परिवारले आफ्नो बुबाआमाको नाममा स्थापना गरेको”‘होमबहादुर–प्रेमकुमारी श्रेष्ठ मातृभूमि पहिचान ट्रस्ट” ले “मायाघर नेपाल”लाई सम्मान गरेको छ। प्रज्ञा भवन कमलादीको सिद्धिचरण कक्षमा आइतबार एक समारोहबीच प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले ट्रस्टको शुभारम्भ गर्दै सुनसरीको इटहरीमा क्रियाशील “मायाघर नेपाल” संस्थालाई ‘होमबहादुर–प्रेमकुमारी श्रेष्ठ मातृभूमि पहिचान सम्मान–२०८०’ प्रदान गरेको हो। देश नेपालको सेवा कार्यमा समर्पित प्रतिभा,व्यक्तित्व तथा सामाजिक संस्थालाई प्रोत्साहन गर्ने उद्देश्यले श्रेष्ठ परिवारले गत वर्ष उक्त ट्रष्ट घोषणा गरेका थिए। ट्रष्टको बचत खातामा १० लाख रुपैयाँ राखिएको र त्यसको ब्याजबाट प्राप्त रकम व्यक्ति/संस्थालाई सम्मान गरिने जनाइएको छ। ट्रस्टको शुभारम्भकै अवसरमा मानवकल्याणमा समर्पित मायाघर नेपाललाई ५० हजार ५० रुपैयाँ राशिसहित सम्मान प्रदान गरिएको ट्रस्टका संरक्षक शिवजी श्रेष्ठले जानकारी दिनु भयको छ। ट्रस्टका अध्यक्षमा सीमाविद् बुद्धिनारायण श्रेष्ठ, सदस्य सचिव गणेश वाम्बुले राई (सहसम्पादक कान्तिपुर दैनिक),कोषाध्यक्ष बिनय श्रेष्ठ (जशिसाके,लुम्बिनी प्रमुख) सदस्यहरु प्राध्यापक डा शंकर खनाल,अखण्ड भण्डारी (प्रधान सम्पादक,अन्नपूर्ण पोष्ट) अधिवक्ता लक्ष्मी पोखरेल,सल्लाहकारहरु राष्ट्रिय गानका सर्जक ब्याकुल माइला,ब्रिगेडियर जनरल (रि) डा प्रेम सिंह बस्न्यात तथा संरक्षकमा शिवजी श्रेष्ठ रहेका छन्। सुनसरीको इटहरी उपमहानगरपालिका–२ मा क्रियाशील जेष्ठ नागरिक,हिंसा पीडित महिला, बालबालिका तथा आश्रयविहीन सडक मानवको उद्धार तथा सेवामा संलग्न मायाघर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेलले सम्मान ग्रहण गर्दै २०७२ सालदेखि बेवारिसे अवस्थामा रहेका ज्येष्ठ नागरिक,हिंसापीडित महिला,सडक मानवको उद्दार तथा संरक्षणको कार्य गर्दै आएको बताइन्। उपसभामुख राना मगरले सरकारले असहाय व्यक्तिको संरक्षण सरकारले गर्नुपर्ने तर यो दायित्वबाट सरकार चुकेको बताइन्। ट्रस्टका संरक्षक श्रेष्ठले उमेरले ८४ वर्ष पार गरेका आफ्ना बुवा होमबहादुर श्रेष्ठ र आमा प्रेमकुमारी श्रेष्ठको नाममा संस्था गठन गरी मातृभूमिको सेवामा समर्पित व्यक्ति/व्यक्तित्व र संघसंस्थालाई प्रोत्साहन गर्ने कार्य आरम्भ गरेको बताएका छन। ट्रस्ट संचालनमा होमबहादुर र प्रेमकुमारीका छोराछोरीको संलग्नता रहेको छ ।
शीतलपाटीन्युज डटकम। लन्डन। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाले जनवादी गायक जीवन शर्मासहित बेलायत भ्रमणमा रहेका कलाकारहरुको सम्मान गरेको छ। सम्मानित कलाकारहरूमा जनवादी गायक जीवन शर्मा,लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रीय उपाध्यक्ष तथा गायिका पूर्णकला बिसी,महासचिव तथा गायक तथा सर्जक शिव हमाल,सचिव तथा गायिका देवी घर्तीमगर,उपत्यका समन्वय समितिका सदस्य तथा गायक राजेश बर्देवा,पर्वत जिल्ला समिति उपाध्यक्ष तथा गायक सुदीप क्षत्री,धादिङ जिल्ला कार्यसमिति महिला उपाध्यक्ष तथा गायिका बिन्दा परियार,गायक श्याम राना,गायिका रिना केसी, गायिका नानु (सीमा) गुरूङ र पूर्णिमा सेन ठकुरी लगायत सम्मानित भयका थिए। लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाका अध्यक्ष लक्ष्मण राना लगायतले कलाकारहरुलाई मायाको चिनो,प्रमाणपत्र,खादा, मालाले सम्मान गरेका थिए। अल्डरसटस्थित दि लाउन्ज कक्टेलबारमा एक कार्यक्रमबीच एक दर्जन कलाकारहरुलाई सम्मान गरिएको हो। निमन्त्रणालाई स्वीकार गरी व्यस्तताको बाबजुद सबै कलाकारहरू उपस्थिति भई कार्यक्रम सफल पारिदिएको भन्दै अध्यक्ष रानाले धन्यवाद दिएका थिए। कार्यक्रममा दोहोरी गीत प्रतिष्ठान यूके शाखाका निवर्तमान अध्यक्ष टंक शेरचन,मनसुधन थापा, गणेश गुरुङ,तुलसी राना,एनआरएनए युकेको नवनिर्वाचित आईसीसी सदस्य भक्त दर्जी,बागलुङ समाज यूकेका निवर्तमान अध्यक्ष छविमाया पुन, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु,बाँसुरी बादक दिनेश गुरुङलगायत सहभागी थिए । कार्यक्रम लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युकेका सचिव रत्न शाहीले सञ्चालन गरेका थिए।कलाकारहरु जीवन शर्मा, पूर्णकलाका बिसी,शिव हमाल लगायतले बिदेशमा पनि सम्मान पाउदा खुसी लागेको र बेलायतमा लोक तथा दोहोरी प्रतिष्ठानलाई धन्यबाद मन्तव्य दिएका थिए। (गोर्खा मिडीया)
शीतलपाटीन्युज डटकम। लन्डन। टंक शेरचनले "आफ्नै जीवन" नामक गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन् । उहाले आफ्नै युट्युव च्यानल टंक शेरचनबाट भिडियो सार्वजनिक गर्नु भयको हो। यो आफ्नै जीवनको भिडियो मार्फत दर्शक स्रोताको माया पाउने आशा व्यक्त गर्नु भयको छ। गायिका दीपा लामाको सुरिलो स्वर रहेको गीतमा गीत रचना र संगीत टंक शेरचन कै रहेको छ। सन् १९८६ मा हङ्गकङ्गको नोकरीमा रहँदा पहिलो सृजना केही महिना पहिले गायक आनन्द कार्कीको स्वरमा सार्वजनिक गरेका शेरचनले फेरि अर्को सिर्जना दीपा लामाको स्वरमा सार्वजनिक गरेका छन। म्युजिक भिडीयो-
पुर्ण गुरुड्ग, लन्डन। गैरआवासीय नेपाली संघ यूकेको अध्यक्षमा हित काजी गुरुङ निर्वाचित भएका छन्। उनी गत शनिबार २२ जुलाईका दिन सम्पन्न एनआरएनए यूकेको निर्वाचन एवं एनआरएनए यूकेको ११ औं महाधिवेशनबाट निर्वाचित भएका हुन्। आज सो टीमलाई निर्वाचन संयोजक चिरन्जीबी ढकालले पद र गोपनियताको सपथ खुलाउनु भयको थियो। तमूधिं यूकेका निवर्तमान अध्यक्ष समेत रहेका नवनिर्वाचित अध्यक्ष हितकाजी गुरुङ बेलायतमा रहेका विभिन्न संघसंस्थाहरुमा आवद्ध हुदै आएका सामाजिक अभियन्ता हुन्। यस अघि एनआरएनए यूकेको कार्यसमितिका सदस्यको भूमिकामा रहेका गुरुङ आगामी २ बर्षे कार्यकालका लागि चयन भएका हुन्। यसअघि एनआरएनए यूकेका उपाध्यक्षको भूमिकामा रहेका डा.नारायण कंडेल र आईसीसी सदस्य दिनेश घिमिरेसंग प्रतिस्पर्धा उत्रिएका गुरुङले १४७९ मत ल्याई विजय बनेका हुन् । त्यस्तै, उक्त नयाँ कार्यसमितिको उपाध्यक्षमा सुरेश परियार, रबिन्द्र कंडेल,इन्दीरा खानिया सपना (महिला),लिलाराम निउरे (नर्दन आयरल्याण्ड), कृष्णप्रसाद भण्डारी (वेल्स),मनिष खत्री (स्कटल्याण्ड) र महासचिवमा गोविन्द शर्मा खरेल निर्वाचित भएका छन्। साथै सचिवमा तिलक भट्टराई र सरोज थापा,महिला सचिवमा प्रतिभा न्यौपाने,कोषाध्यक्षमा बिष्णु खरेल, सहकोषाध्यक्षमा हेम गुरुङ,युथ कोर्डिनेटरमा सुदीप शाही,महिला संयोजकमा रोजिना गुरुङ चयन भएकी छन्। साथै,सदस्यहरुमा नारायण गिरी, विनिता बस्नेत,मानबहादुर राई,सन्दीप पुडासैनी, राम थापा, मिलन केसी, गंगाबहादुर क्षेत्री, काशीराज बोहरा,मोहनलाल ओली निर्वाचित भएका छन्। त्यस्तै,नर्दनआयरल्याण्ड राज्य समवन्य समितिको अध्यक्षमा बल बहादुर थापा,वेल्सको अध्यक्षमा, विभुषण श्रेष्ठ, स्कटल्याण्डको अध्यक्षमा दिवाकर पाण्डे र इन्ल्याण्डको अध्यक्षमा शम्भूप्रसाद अर्याल चयन भएका छन्। उनीहरुलाई एनआरएनए आईसीसी अध्यक्ष कुल आचार्य, उपाध्यक्ष डा. हेमराज शर्मा, उपमहासचिव रामशरण सिम्खडा, युरोप संयोजक दयानिधी सापकोटालगायतले बधाई दिदैं प्रमाणपत्र वितरण गरेका थिए। साथै, एनआरएनए आईसीसी सदस्यमा लेप्टन चन्द्र बहादुर गुरुङ, डिलरास गुरुङ, सुनिलबाबु खड्का र बिष्णु चालिसे चयन भएका छन् । उक्त कार्यक्रममा एनआरएनए यूकेका निवर्तमान अध्यक्ष सुनिलबाबु खड्का,अध्यक्षका प्रतिस्पर्धी डा.नारायण कंडेल,दिनेश घिमिरे,प्रवासी नेपाली संघ युकेका अध्यक्ष तुङ्गाभद्र भुषाल,एनपीसीसी अध्यक्ष युवराज गुरुङ,आईसीसी सदस्य राजेन्द्र पुडासैनी,मिडिया संयोजक चिरन शर्मा,युरोप उपसंयोजक दयानिधी सापकोटा,आईसीसी उपमहासचिव रामशरण सिंखडा,उपाध्यक्ष डा. हेमराज शर्मा,अध्यक्ष कुल आचार्यले नवनिर्वाचित अध्यक्ष गुरुङलगायत सम्पूर्ण पदाधिकारी एवं सदस्यहरुको सफल कार्यकालको कामना गर्दै हार्दिक बधाई ज्ञापन गरेका थिए। उक्त घोषणासभामा नवनिर्वाचित अध्यक्ष हित काजी गुरुङले निर्वाचन समिति,मतदाता, शुभचिन्तकहरुलाई धन्यवाद
शीतलपाटीन्युज डटबम। लन्डन। गैर आवासीय नेपाली संघ (एनआरएनए) यूके अध्यक्षमा हित काजी गुरुङ निर्वाचित भएका छन्। शनिबार मध्यरातमा सकिएको अनलाइन मतदानमा गुरुङ कुल १ हजार ४७९ मत ल्याइ सन् २०२३–२५ कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन्। अध्यक्ष निर्वाचित गुरुङ तमुधिं यूके पूर्व अध्यक्ष हुन्। उनका प्रतिस्पर्धी दिनेश घिमिरेले १२५४ र डा. नारायण कँडेलले ९०५ मत ल्याएको अनलाइन मतदान गर्ने कम्पनी ‘भेरो’ ले घोषणा गरेको हो। त्यस्तै स्कटल्याण्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा मनिष खत्री विजयी भए । दुई उपाध्यक्षमा रविन्द्र कँडेल र सुरेश परियार तथा महासचिवमा गोविन्द खरेल निर्वाचित भएका छन् । उपाध्यक्ष निर्वाचित रविन्द्र कँडेलले १४५६ र सुरेश परियारले १३१२ मत ल्याएर विजयी भएका छन् । उपाध्यक्षका अन्य प्रतिष्पर्धी ज्ञानेन्द्र आलेले ८७८, कर्मा पहाडी शेर्पाले ८७६ र अमन गौचनले ४२९ मत ल्याएर पराजित भएका छन् । स्कटल्याण्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा मनिष खत्रीले १६१५ मत ल्याएर विजयी भए भने उनीसंग पराजित राम बगालेले १५३० मत ल्याए। महासचिवमा गोविन्द शर्मा खरेलले १५८१ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी बालकृष्ण भुषालले १५३७ मत ल्याए। Gandak GandakPaper work त्यसैगरी, सह-कोषाध्यक्षमा हेमकुमार गुरुङ र युवा संयोजकमा सुजित शाही निर्वाचित भए। सह-कोषाध्यक्ष विजयी गुरुङले १८७५ मत ल्याएका छन् भने उनका प्रतिष्पर्धी सुमन शर्माले १४३८ मत ल्याए । युवा संयोजकमा सुजित शाहीले १५७२ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी वीरेन्द्र नेपालले १३५४ मत ल्याए। आइसीसी सदस्यहरुमा चन्द्र गुरुङ, सुनिलबाबु खड्का, विष्णु चालिसे र दिलरस गुरुङ निर्वाचित भएका छन् । दिलरस गुरुङले १८६३, सुनिलबाबु खड्का १६९८, चन्द्र गुरुङ १६९० र विष्णु चालिसेले १६४३ मत ल्याएर विजयी भएका छन्। आइसीसी पराजित उम्मेदवारद्वय मोहन कार्की र डा. सुनिल साहले क्रमशः १३१२ र ९०५ मत ल्याए। इंग्ल्याण्ड राज्य परिषद् अध्यक्षमा शम्भुप्रसाद अर्याल १५५५ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी सन्तोषकुमार सुवेदी ८५८ मत मात्र ल्याएर हार बेहोरे। स्कटल्याण्ड राज्य परिषद अध्यक्षमा दिवाकर पाण्डेले २४५ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी उज्ववल कार्की ५ मतको झिनो अन्तर २४० मतसहित पराजित भए। एनआरएनए यूके निर्वाचनमा झन्डै ९० प्रतिशत मत खसेको
शीतलपाटीन्युज डटकम। लन्डन। प्रेम गाहामगर नेतृत्वको एनआरएनए यूकेको सदस्य संख्या २० हजार नाघेको छ। अल्डरसटस्थित एम्पायर हलमा शनिबार आयोजित ११ औं कार्यसमिति घोषणा तथा शपथ ग्रहण समारोहमा अध्यक्ष गाहामगरले सदस्य संख्या सार्वजनिक गरेका हुन्। ८० भन्दा बढी देशमा स्थापित एनआरएनए समितिमध्ये बेलायत सबैभन्दा बढी सदस्य भएका एनआरएनए एनसीसी बनेको छ। सुनिलबाबु खड्का नेतृत्वको संस्थापन पक्षका ४ हजार एक ८३ सदस्य संख्या रहंदा गाहामगर समूहले झण्डै ५ गुणाबढी सदस्यता वितरण गरेको हो। गाहामगरको कार्यसमितिले सदस्यता निशुल्क वितरण गरेको थियो। २२ जुलाई राती १२ बजेदेखि फेरि ६ महिनासम्म निशुल्क सदस्यता खुलाइने पनि गाहामगरले जनाए। गत जुन १५ देखि अनलाइन सदस्यता खुल्ला गरिएको थियो । बेलायतमा दुई समानान्तर एनआरएनए रहंदा गाहामगरले कठिन परिस्थितिबीच दुई वर्षे कार्यकालमा आफूलाई कुशल संगठकका रुपमा प्रमाणित गरेका छन्। अध्यक्ष गाहामगरले अब २० हजार सदस्यहरुका साथ नेपाल सरकारसंग वंशजको नेपाली नागरिकता निरन्तरता अभियान सशक्त रुपमा अगाडि बढाउने उद्घोष गरेका छन् ।
पुस्तक विवेचना झर्न त झरेकै हुन्छ दिनउँ मुस्कान् खोज्दै ऑसु सफूतयगु सफू भित्र कोमल सुरेशजंग शाह झीगु अटल विश्वास दु । थुकिइ ख्वबि मदु छायकि थ्व ख्वयेम्वा: थ्वया छुं धायेगु मदु छाय् कि थ्व गुबले त्वा:दलेम्वा: (मित्रता) हाम्रो अटल विश्वास छ यसको आँसु छैन यसले रुनु पर्दैन यसको कुनै गुनासो छैन किनकि यसले कहिल्यै टुट्नु पर्दैन । (मित्रता कविताबाट उद्धृत) यी उद्धृत पङ्क्तिहरूमा मित्रताको प्रसङ्गमा कवि कोमलले अत्यन्त सटिक आत्मिय भाव प्रस्टाएका छन्। वास्तवमा विश्वासको जगमा नै मित्रता टिकेको हुन्छ र मित्रताको जगमा नै सबै प्रकारका सम्बन्धहरू टिकेका हुन्छन्। जब सम्म मित्रतामा विश्वासको दरार आउँदैन तव सम्म मित्रतामा रुनु पर्ने र टुट्नु पर्ने अवस्था कहिले पनि आउन सक्दैन । यो सास्वत सत्य हो। यही कुरा कोमलले बढो मिठास भरेर मित्रता कवितामा पस्केका छन्। सबैका लागि बढो मनन् योग्य प्रसङ्ग रहेकोले मैले पनि पुस्तक विवेचनाको आरम्भमा नै उद्धृत गर्न चाहेँ 'सफूतयगु सफू' कविता सङ्ग्रह भित्रबाट। बालकाल देखि काठमाडौमा हुर्केबढेकोले मलाई नेवारी संस्कृति, नेवारी खाना,गीतसङ्गीत, पहिरन सारै मन पर्छ र नेपाल भाषा धेरथोर बुज्छु पनि । यो सबै श्रेय मेरा बालकालका अति मिल्ने प्रिय साथी काभ्रे पनौतीका स्व.रमेश सैँजुलाई नै छ । उनले शब्दहरू सिकाए, संस्कृतिसँग परिचित गराए। उनीसँगको सरसङ्गत र उनको घर परिवारसँगँ आवतजावत, खानपिन, उठवसले मेरो बाल हृदयमा नेवारी संस्कृति र भाषा प्रति गहिरो ममता र प्रभाव रहेको छ। म आफूलाई यो संस्कार र संस्कृति भन्दा अलग पाउँदिन। यति हुँदा