Friday February 07, 2025

व्यक्तित्व

बेलायती नेपाली बालबालिकाहरुका लागि : "प्रतिभा नक्षत्र २०२३” को आवेदन खुल्ला

शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतमा रहेका नेपाली बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने कार्यक्रम “प्रतिभा नक्षत्र २०२३” को प्रतिभा प्रस्तुतिका लागी आवेदन खुल्ला भएको छ । बेलायतमा बसोबास गर्दे आएका नेपाली बालबालिकाहरुका लागि आफ्नो क्षमता प्रर्दशन गर्ने अत्यन्तै महत्वपूर्ण कार्यक्रम प्रतिभा नक्षत्र यही २६ अगस्टमा लन्डन प्लमस्टिडको एशियन कम्यूनिटी सेन्टरमा आयोजना हुने आयोजकले बताउनु भयको छ । उक्त कार्यक्रममा सहभागी हुन इच्छुक प्रतियोगीले अनलाइनमार्फत पनि आवेदन दिनसक्ने आयोजक संस्था प्रतिभा नक्षत्रले जनाएको हो। प्रतिभा नक्षत्रका अध्यक्ष सिम्मी पुनका अनुसार प्रतिभा नक्षत्र कार्यक्रम बेलायतमा बसोबास गर्दे आएका नेपाली बालबालिकाहरुको लागि नेपाली भाषा,कला र संस्कृतिको जानकारी दिने तथा उनीह्ररुको प्रतिभा प्रर्दशन गर्ने उद्येश्यले आयोजना गर्ने गरिएको भन्नु भयको छ। नेपाली गीत,संगीत,नृत्य,कला,साहित्य,चित्रकला लगायतका जुनसुकै विधामा पनि बालबालिकाले प्रतिभा देखाउन सक्ने प्रतिभा नक्षत्रका परिकल्पनाकार राजेन्द्र खसले जानकारी दिएका छन।   उहाका अनुसार नेपाली बालबालिका र युवाहरुलाई नेपाली भाषा,कला र संस्कृतिसँग परिचित गराउने विभिन्न खालका कार्यक्रम आयोजना गरिने छ । सो अवसरमा विभिन्न नेपाली परिकारका खानाहरु, नेपाली खेल चङ्गा उडाउने र साहित्यिक सामग्रीहरुको बाचन गर्ने कार्यक्रम राखिने गरेको कुरा जनाउनु भएको छ।   नेपाली मूलका बालबालिकाको सहभागिता रहने प्रतिभा नक्षत्र कार्यक्रममा बाल तथा युवा गरी दुई छुट्टाछुट्टै समूहमा प्रतिस्पर्धा हुनेछ।युथ नक्षत्रमा पहिलो,दोस्रो र तेस्रो हु्नेलाई क्रमशः ६ सय पाउण्ड, ५ सय पाउण्ड र ४ सय पाउण्ड तथा यसैगरी बाल नक्षत्रमा पहिलो,दोस्रो र तेस्रो  हुनेले पनि क्रमशः४ सय,३ सय  र २ सय पाउण्ड पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ।    बाल समूह अन्र्तगत ६ वर्षदेखि ११ वर्षसम्मका बालबालिका र युथ अन्र्तगत  ११ देखी १९ वर्षका यूवाले भाग लिन सक्नेछन। चार वर्षदेखि नियमित हुदै आएको प्रतिभा नक्षत्र कार्यक्रममा नेपाली संस्कृति झल्काउने खालका केही कार्यक्रम यस वर्ष थप गर्न लागिएको छ।यस वर्ष पहिलो पटक कार्यक्रमस्थलमा थारु संस्कृति झल्काउने थारुघर र नेपाली मौलिकता झल्काउने विभिन्न स्टलहरु राखिने तयारी भइरहेको छ। (डेमो खवर)

सातौं पिपल गल्फ च्याम्पियनसिप २०२३ भब्य सम्पन्न

शीतलपाटीन्युज डटकम। लन्डन। सातौं संस्करणको पिपल गल्फ च्याम्पियनसिप २०२३ मा मिलन सारु ग्रस वीनर तथा हुम राना नेट वीनर बनेर च्याम्पियनसीप भब्य सम्पन्न भयको छ। गोर्खा गल्फ सोसाइटी (युके) को आयोजनामा पाइने रिज गल्फ कोर्समा भएको प्रतियोगितामा डिभिजन ए,डिभिजन बि र डिभिजन सि क्याटागोरीमा खेलाइएको थियो। तीमध्ये डिभिजन एको विजेता रोशन राई बने। फस्ट रनर अप रुद्र खड्का र सेकेन्ड रनर अप सन्तोष गुरुङ घोषित भए।  यस्तै, डिभिजन बी अन्तर्गत आकाश लिम्बु विजेता हुँदा बेलबहादुर गुरुङ फस्ट रनर अप र सनराइज गुरुङ सेकेन्ड रनर अप बन्न सफल भए। डिभिजन सि को वीनर सुविन थेवे घोषित भए। उक्त डिभिजनमा आशबहादुर गुरुङ र जगत गुरुङ क्रमशः फस्ट रनर अप र सेकेण्ड रनर अप बने।  प्रतियोगिता सफलरुपमा सम्पन्न भएकोमा आयोजकले सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गर्दै आगामी वर्ष आठौं संस्करणमा भेट्ने प्रतिबद्धता जनाएको छ। (श्रोत-गोर्खा मिडीया)

कविता : नलेखिएको यौटा प्रेम कथा

प्रकृति खरेल,   तिमीसंगको पहिलो भेट  छर्छरे नदीको किनारमा चिसो पानीको कलकल प्रवाह संगै यौटा मधुर बिहानीमा भएको थियो, र मैले भनेकि थिएँ - कोहीसंग मिलन हुन जिन्दगीमा  ब्याकरण मिल्नुपर्ने रहेनछ !   रेल भन्दा लामा दुःख बिर्सिएर जयनगरको रेलको अन्तिम डिब्बामा बसेर खट-खट खट-खट खट-खट आवाजसंगै कति सुनाउँदा नसुनाउँदै कति सुन्दै नसुनेर  शुरू गरेका थियौँ यौटा कहानी   झ्यालको सिसामा आफ्नो अनुहार देखाउँदै तिमीले कत्ति सजिलै भनेको थियौ - हेर त कति हसिलो छ तिम्रो चेहरा ! मैले जवाफ तिम्रो आँखामा  पहिलोपटक प्रेमको स्पर्श गरेको थिएँ   घरिघरि समीरको चिसो झोक्काले  म छेउँ सुमसुम्याउन आउने तिम्रो रेसमी केशले म भुतुक्क हुन्थेँ - तिमी झनै लजाउँथ्यौ मानौ भर्खर भर्खर लालुपाते फक्रिएको छ।    मेरो आँखाको चस्मा निकालेर तराइको फाँटको उँखुबारीलाई देखाउँदै, यौटी बच्चीले जस्तै मेरो कानमा खुसुक्क भनेको - “विकल्प, यहीँ रमाउँला देश छाडेर कही नजानू” भर्खर सुनाए झैँ कान समाउन पुग्छु ।   मलाई अलिकति हतार थियो जिन्दगी संग तर हतार छ भन्नै सकिन, हतार छ भन्नु  तिमीलाई छोड्नु जस्तै थियो । त्यसैले  चुपचाप चुपचाप तिमी संगै हिँडिरहेँ रेलले लिकमा गुडे जस्तै गरी !   एकाबिहानै खबर सुनेँ - जनकपुर जयनगर रेल बन्द भो, मन चिसो भो तताउने साथी भनेका यादका टुक्रा रहेछन् यादकै तातोमा मन ओसिलो पारेँ राखेँ सम्झनामा तिमीसंगको पहिलो यात्रा   सोँचे - जिन्दगीको जोड घटाउमा एकदिन मान्छेले पनि बाटोमै रोकिनु पर्नेछ तर आसाको गाँठो दह्रो पारेर बाधेँ रेल नचले पनि रोकिने छैन तिमी संगको यात्रा   कुनै कथाको अनुच्छेद जस्तो कुनै कविताको हरफ जस्तो  रहेनछ मान्छेको जिन्दगी जसलाई चाहे जस्तो शब्द फेर्न मिलोस् भाव बदल्न मिलोस्  कहीँ ह्रस्व बनाउन सकियोस् कहीँ दीर्घ बनाउन मिलोस्    आज तिमीले पहिलो चोटी पत्र पठाएको छौं पहाडी गाउँको मेरै ठेगानामा पत्र खोलेर पढदै छु मलाई अहिले पनि बिस्वास छैन तिमीले पत्र लेख्छ्यौ भनेर र लेखे पनि पठाउन सक्छ्यौ भन्नेमा तर पत्याउन मञ्जूर छु चिठी हातमा परेको छ   लेखेको छौं सङ्लो बग्दैन  तिमीले नाम राखेको छर्छरे खोला चर्किएर - मात्रै फुट्न बाँकी छ तिमीले देशको नक्सा बनाएर छाडेको ढुंगा   तिमीले र मैले  संगै तस्बिर खिचाएको धाँनको फाँटमा रोप्न पाएनन् यो बर्ष नेपालीले धान त्यो फाँट छिमेकीले आफ्नो बनायो र संगै यो पत्र लेख्ने मान्छे पनि ।

अपनत्व कता हरायो

बासुदेव सापकोटा (धादिंगे) खोज्छु अपनत्व तर भेटिन्न  खोजाइको के अर्थ भोर  शुख र दुःखमा जैले  खोज्छु आफ्नाको साथ    तर त्यो अर्थहिन साथको  खै के अर्थ भोर  पैसामा खोजिन्छ आफ्नोपन  रगत र भाबनामा हैन रेछ   बनावटि आफन्तपन जस्तो देखावटिमा आफ्नोपन हुन्छ  कृत्रिम अभिनय हाबि हुन्छ  कठै बरको शब्दमा सिमित छ    न मायाको भान भेटिन्छ  न आफन्तपनको छनक नै लाग्छ आफ्नाले आजभोलि ब्यबहारमा पराइ पन झल्काए   मुटु पनि फलामको पाएकि ढुंगा या पत्थरको पो हालेकि  हाॅसोमा फिकापन मिसिएको  बोलिमा नाटकिय पन लुकेको   खै के केको अनुभुति हुन्छ हुन्छ आफन्तमा आफ्नोपन हरायो माया ममताको गन्ध हरायो  बिचरा  प्रकृति पनि खुशि छैनन्    हॅास्नु पर्ने बेलामा धुम्म पर्छिन् तर आफ्नो कर्तब्य पुरा गर्छिन् छैनन् स्वार्थि उनि मनुस्य जस्तो मनुस्यको स्वार्थ खै कस्तो कस्तो   

सुन तस्करी प्रकरण छानबिन गर्न समिति गठन

शीतलपाटीन्युज डटकम। काठमाण्डौ। भन्सार विभागले १०० किलो सुन तस्करी प्रकरणको छानबिन गर्न समिति गठन गरेको छ। भन्सार विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा बिहीबार छानबिन समिति गठन गरिएको हो। विभागका महानिर्देशक शोभाकान्त पौडेलले छानबिनका लागि समिति गठन गरेको विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले बताए। “१०० किलो सुन तस्करी प्रकरणको छानबिन गर्न अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ,” खड्काले भने। विभागले पौडेलको नेतृत्वमा सात सदस्यीय समिति गठन गरेको हो। समितिलाई पाँच दिनभित्र छानबिन प्रतिवेदन बुझाउन समय दिइएको खड्काले बताए। गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गेट पास भएर आएको करीब १०० किलो सुन बरामद गरिएको थियो। विमानस्थलको गेटबाट ट्याक्सीमा बाहिर ल्याउँदै गर्दा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो। हङकङबाट ल्याइएको सुन कसको हो भन्ने खुलेको छैन। यसमा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरिएको छ। अनुसन्धान जारी रहेको विभागले जनाएको छ। यति ठूलो मात्रामा सुन कसरी पास भयो भन्ने छानबिन गर्न भन्सार विभागले समिति गठन गरेको हो। समितिले यसमा भन्सारका कर्मचारीको संलग्नताबारे पनि छानबिन गर्ने जनाइएको छ। हिमालखवर- (https://www.himalkhabar.com/news/137108)

“हाईक फर नेपाल इन वयल्स”का लागि बेलायत आइपुगेका मास्टर इन्द्र गुरुङ र राजी श्रेष्ठ गुरुङलाइ लण्डनमा भब्य स्वागत

शीतलपाटीन्युज डटकम। लन्डन। भिजिनरी इन्टरनेसनल प्रालिका सीईओ, मास्टर कनसियोस कोच इन्द्र गुरुङ र साइकोलोजी काउन्सलर,मास्टर हिलर राजी श्रेष्ठ गुरुङ बेलायत आइपुगेका छन्।  वी विल राईज फाउन्डेसनको निमन्त्रणामा गुरुङद्वय बुधबर १९ जुलाई २०२३ का दिन बेलायत आइ पुगेको हो। गुरुङ जोडीको सम्मानका लागि नेपाली भिलेजका ईभेन्ट्स डाइरेक्टर तथा वी विल राईज फाउन्डेसन बेलायतका कोअर्डिनेटर मानप्रसाद गुरुङले गोर्खा प्यालेस रेस्टुरेन्ट फार्नबोरोमा बुधबार स्वागत भेटघाट र डिनरको कार्यक्रम आयोजना गर्नु भएको थियो।  सो स्वागत कार्यक्रममा ६ पटक युके लाटे आर्ट च्याम्पियन धन तामाङ,ग्रेटर रसमुर नेपाली कम्युनिटीका अध्यक्ष मान गुरुङ,गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेका पूर्वअध्यक्ष एवं गोर्खा प्यालेसका सञ्चालक सूर्य गुरुङ,नेपाल भिलेज युकेका डाइरेक्टर पवित्र गुरुङ,काउन्सीलर धनबहादुर सार्की,हाम्रो स्वाभिमान ट्रष्ट युकेका अध्यक्ष रोहित गुरुङ,फोटोग्राफर ईजरा श्रेष्ठ र ब्रिटिस गोर्खा वेलफेयर सोसाईटीका पीआर प्रकाश गुरुङको सहभागिता थियो।  आगामी जुलाईको २१ देखि २३ सम्म ऐक्ज्युकेटिभ रिट्रिट,२६ जुलाईदेखि ३० जुलाई हाईक फर नेपाल इन वयल्सका साथै आकश नेचर वाक फर वेल्नेस र लिमिट्लेस युथ ट्रान्सफर्मेसनको कार्यक्रम इन्द्र र राजी गुरुङले वेल्समा गराउने जानकारी आयोजक मानप्रसाद गुरुङले जानकारी दिनु भयको छ। उहाका अनुसार कार्यक्रममा मिडिया र ब्लगर सपना रोकाको पनि उपस्थिति रहनेछ।  यी सबै कार्यक्रम पोखरेली मञ्च युके र वी विल राईज फाउन्डेसनको सक्रियता हुन लागेको हो।गत अप्रिल महिनामा पनि उहाहरु ग्रेटर रसमुर नेपाली कम्युनिटीको निम्तोमा बेलायत आएर नेचर वक, लाइफ ट्रान्सफर्मेसन रिट्रिट र धेरै जनालाई हिलिङ गराएर नेपाल फर्कनु भयको थियो।  (फोटो-गोर्खा मिडीया)

महिला तथा युवा सशक्तिकरणका लागि मेरो उम्मेद्वारी– रमा खतिवडा (महिला बोर्ड अफ डाइरेक्टर)

सुरेश कोईराला, बाल्टीमोर, अमेरिका। रमा खतिवडाले एनआरएन एनसीसी अमेरिकाको तर्फबाट महिला तथा युवा सशक्तिकरणका लागि उम्मेद्वारी दिनु भएको छ। एनआरएनएको विभिन्न अभियानमा सहभागी हुँदै आउनु भएकी रमाले आफूले अझैं योगदान दिनु जरुरी रहेकाले प्रतिस्पर्धामा उत्रिएको बताउनु भएको छ। उम्मेद्वारी पछि एक प्रेस विज्ञप्ती जारी गर्दै रमाले भन्नु भएको छ,‘महिलाका रुपमा कार्यरत हुँदा प्राथमिकतामा महिलाहरुको मुद्धा,युवा र महिला सशक्तिकरण नै थियो। एनआरएनको आगामी निर्वाचनमा निर्वाचित भएको खण्डमा पनि महिला र युवाहरुको मुद्धालाई नै प्राथमिकतामा राखेर संस्थामा काम गर्नेछु।’ ‘सबै पक्षमा सहयोग र समर्थनको अपेक्षा गरेको उल्लेख गर्दै आफुलाई विजयी बनाउन सबैमा सहयोगको अपिल गरेको छु’ रमाले भन्नु भयो। रमाले महिलाहरूमाथि हुने हिंसा न्यूनीकरण गर्न, बालबालिकाहरूको लागि आवश्यक स्वास्थ्य सेवा र परामर्श सहज बनाउन,महिलाहरूलाई सामाजिक संघ संस्थाहरूमा बढीभन्दा बढि सहभागी हुन उत्प्रेरित गराउन भूमिका निर्वाह गर्ने प्रतिवद्धता समेत जनाउनु भएको छ। महिला सक्षमता प्रदर्शन गर्न तथा नेतृत्वका लागि तयार छन् भनेर प्रमाणित गर्न पनि आफूले उम्मेद्वारी दिएको रमाको भनाई छ। संस्थामा महिलाहरुको गौरवपूर्ण सहभागिता र उपस्थितिको खाँचो प्रस्ट्याउँदै उहाँले संस्थामा जुनियर एनआरएन, महिला र युवाहरुको सक्रिय सहभागितामा बिशेष ध्यान दिइने बताउनु भयो। रमा विगत ९ वर्षदेखि अमेरिकामा बस्दै आउनु भएको छ।  गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए एनसीसी अमेरिकाको आसन्न निर्वाचनकोलागी सञ्चालक समितिको महिला तर्फ अर्थात(बोर्ड अफ डाइरेक्टर)पदका लागी रमा खतिवडा प्याकुरेलले उमेदवारी दिनु भएको हो। सामाजिक सञ्जालमा मार्फत रमाले आफ्नो उमेदवारी र धारणाहरु सार्वजनिक गर्दै आउनु भएको छ।  एनआरएनएका हरेक तहमा अबको नेतृत्वले स्पस्ट भिजन र कार्यदिशा बोक्न, एनआरएनएको बाटो र गतिविधि बारे स्पस्ट नीति तर्जुमा गर्न अत्यावश्यक रहेको भन्दै रमाले आफुले पनि बोर्ड अफ डाइरेक्टरको महिलातर्फको पदमा उमेदवारी दिएको बताउनु भयो।

गैर आवसिय नेपाली संघ अमेरिकाको सचिवमा इन्जिनियर विश्व सुवेदी उम्मेदवार

सुरेश कोईराला, गैर आवसिय नेपाली संघ एनआरएन अमेरिकाको सचिवमा इन्जिनियर विश्व सुवेदी (बास बिस्सु)ले उम्मेदवारी दिएका छन् । सन् २००३ देखि लस एन्जलस, क्यालिफोर्नियामा बस्दै आएका सुवेदीले उम्मेदवारी दिएका हुन् । अमेरिकामा नेपाली समुदायसँ चिर परिचित सुवेदीले आफ्नो ब्याच्लर र मास्टर्स दुवै क्यालिफोर्निया स्टेट युनिभर्सिटी लस एन्जलसमा गरेका थिए। उनी विगत १३ वर्षदेखि आईटी क्षेत्रमा काम गर्दै आएका छन् । अमेरिकामा विशेष गरी युवा वर्गलाई समेटेर हरेक वर्ष हुने नेपलिज अमेरिकन कन्भेन्सनको नेतृत्व सुवेदीले गर्दै आएका छन्। उनको एफ वान ग्रुपले विद्यार्थीहरुलाई छात्रवृति पनि दिँदै आएको थियो भने सुवेदी आफैँले २०७२ सालको भूकम्पमा नेपालमा करिब एक महिना राहत सामग्री बाढ्दै सहयोगका कामहरु गरेका थिए।  सुवेदीले गोर्खाको तत्कालित तान्द्रंग गाविसमा भुकम्पले भत्किएको विद्यालय भवन पुनः निर्माण गरेका थिए।

अध्ययन,ज्ञान,सीप र क्षमताको अधिकतम प्रयोग गर्ने अध्यक्षका उमेदवार पराजुलीको प्रतिवद्धता

सुरेश कोइराला, बाल्टिमोर। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको अध्यक्षका उमेदवार  डिलुराम पराजुलीले अमेरिकाभर छरिएर रहेका नेपालीलाई एउटै संस्थामा आवद्ध गराउनेदेखि रोजगारी तथा नवप्रवद्र्धन कामका लागि अघि बढ्ने अठोट लिएर बताउँनु भएको छ। एनआरएनएलाई पारदर्शी, जवाफदेही तथा उत्तरदायित्व बोध गराउन महत्वपूर्ण भुमिका खेल्दै नयाँ सोच बनाएर एनआरएनलाई उच्च हाईटमा पुर्याउन आफुले उम्मेदवारी दिएको उहाँले अमेरिकाको बाल्टिमोर,न्युयोर्क, बोस्टन र सिकागोको चुनावी प्रचारप्रसार कार्यक्रममा बताउँनु भयो । ‘एनआरएनए एनसीसीलाई अल्पकालीनदेखि दीर्घकालनी रणनीति बनाएर दिगो आर्थिक स्रोत तथा आय निर्माणमा सबैलाई अग्रसर गराउन म प्रतिवद्ध छु,’ उहाँले भन्नु भयो ‘म अध्यक्षमा निर्वाचित भएमा बहुआयामिक परिमाणमुखी काम गरेर देखाउने छु।’ सर्वसुलभ लगानीको वातावरण सिर्जना गर्ने मेरो पहल कदमी हुनेछ।’ अध्यक्षका उम्मेदवार डिलु पराजुली ‘नेपालीका लागि नेपाली’ भन्ने नारा बोकेर चुनावी मैदानमा उत्रिनु भएको हो । पराजुलीले सन् २०२३÷२०२५ सम्म अध्यक्ष बनेर अध्ययन, ज्ञान, सीप र क्षमताको अधिकतम प्रयोग गर्ने संस्थालाई सहयोग गर्ने, संस्थालाई आफै सञ्चालन हुने सक्ने सवल र सक्षम बनाउने प्रतिवद्धता गर्नु भएको छ।  सबैभन्दा बलिया उम्मेदवारको रुपमा चुनावी मैदानमा उत्रिएका बौद्धिक व्यक्तित्वका धनी पराजुलीले एनआरएनए एनसीसीलाई आफै सञ्चालन हुने सक्ने सवल र सक्षम संस्था बनाउन पहल गर्ने बताउँदै आएका छन्।  ‘‘ ‘मेरो विजय पछि संस्थाका हरेक सदस्यलाई क्षमताअनुसार जिम्मेवारी दिने सिष्टमको विकास गर्नेछु।’ उहाँले भन्नु भयो । नेपाल सरकारले दिने गरेको एनआरएन कार्डलाई नेपाली ग्रिनकार्ड बनाउन पहल गर्नेदेखि अमेरिकामा सामुहिक इन्स्योरेन्स  नीति, महिला सहभागिता बढाउने, युवा लक्षित आकर्षक गतिविधि गर्ने, अत्याधिक पञ्जीकृत सदस्य बनाउने लगायतका काम  आफ्नो प्राथमिकतामा रहेको उहाँको प्रतिवद्धता छ।  अमेरिकामा पाइने अन्य माइनोरिटीका बेनिफिटका लागि समेत आफूले पहल गर्ने उनले बताए। विगतमा गरेको अनुभव  भोलिका दिनमा सुधार गरेर अघि बढ्नका लागि यसको कार्य क्षेत्रबारे अध्ययनरत व्यक्ति भएको नाताले एनआरएनएको एनसीसीको अध्यक्षको नेतृत्व लिन आफु सक्षम भएको दावी उहाँको छ।  विभिन्न जातजाति, धर्म संस्कृति जुन समुदायबाट आएका नेपाली समुदायका लागि सेवामुखी र सकारात्कम गरिमा बोकेको एनआरएन निर्माण गर्ने चाहना उहाँले छ ।  विदेशी भूमीमा बसेपनि मातृभूमीको सम्मान र सेवा गर्नको लागि सानादेखि ठूला परियोजनासम्म लगानी

भन्सार कटेर सिनामंगल पुगेको झण्डै एक क्वीन्टल सुन बरामद

शीतलपाटीन्युज डटकम। काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर झण्डै एक क्वीन्टल सुन बाहिरिएको भेटिएको छ। राजश्व अनुसन्धान विभागले बुधबार विशेष सूचनाको आधारमा चलाएको अपरेशनका क्रममा सिनामंगलबाट झण्डै ८० देखि १०० किलो सुन बरामद भएको विभागका महानिर्देशक नवराज ढुंगानाले बताए। ‘नेपालमा हालसम्म बरामद भएको यो नै सबैभन्दा ठूलो परिणामको सुन हुनसक्छ’, उनले भनेका छन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय स्रोतका अनुसार, बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ बजे कटेको सूचना राजश्व अनुसन्धान विभागसम्म पुगेको थियो। त्यसपछि विभागले गरेको कारबाहीमा ठूलो परिमाणमा सुन बरामद भएको हो। अझैसम्म बरामद सबै सुनको तौल लिइसकेको छैन, अनुसन्धान गरिरहेका छौं’,ढुंगानाले भनेका छन। हङकङबाट आएको सुन भारततर्फ तस्करी गरेर लैजान लागिएको आशंका गरिएको छ। (अनलाइनबाट)

सबल एनआरएनए,युवा आवाज र संस्थागत परिवर्तन मेरो मुल मुद्दा : एनआरएनए एनसीसीका वारिष्ठ उपाध्यक्षका उम्मेदवार विकास उप्रेती

सुरेश कोइराला, बाल्टिमोर। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको वारिष्ठ उपाध्यक्षका उम्मेदवार उप्रेतीले हामी नेपाली जहाँ रहेपनि नेपाली भएको बताउनु भएको छ। हामी जस्तो कारणले विदेशी भूमीलाई कर्मथलो बनाउन आइपुगे पनि सबैभन्दा पहिला नेपाली भएकाले एकवद्ध हुन खोजिएको उहाँले बताउनु भयो।   ‘यो विदेशी भूमीमा हामीले राम्रा र असल काम गरेर देखाउनु पर्छ,’ उहाँले भन्नु भयो, नेपाल र नेपालीहरूकै पहिचानलाई चहकिलो बनाउन अहोरात्र खटिएर काम गर्नेछु,’उहाँले भन्नु भयो,हाम्रो संस्कृति भनेको जहाँ रहेपनि सबैलाई समेटर मिलेर बस्ने, एकअर्काको दुःखी हुने र सुखमा रमाउने हो। त्यसैले यो  संस्थालाई अमेरिका भरिरहेका नेपालीहरूलाई समेटेर साझा चौतारी बनाउनतर्फ लाग्नुपर्छ।   नेपालीमा अन्तरनिहित यहि विशेषताहरुले हामीलाई अरु भन्दा फरक देखाएको हुँदा त्यो नै हाम्रो पहिचान रहेको उहाँको भनाइ छ। नेपालीहरुको यहि पहिचानलाई पुस्तौ पुस्तासम्म जीवन्त राख्न तथा भावी सन्ततीलाई नेपाल र नेपाली प्रति सदैव उत्तरदायी बनाउनु हामी  सबैको जिम्मेवारी भएको हाल एनआरएनए एनसीसीका उपाध्यक्ष रहेको वारिष्ठ उपाध्यक्षका दावेदार उप्रेतीले बताउनु भयो।     ‘नेपालीको  परिचय भनेको भेषभूषा, भाषा, साहित्य, परम्परालगायतका विषयहरू हुन। सयभन्दा बढी भाषा र जाति अनि उनीहरू पिच्छेका पहिरनहरू हाम्रो अमूल्य निधि र सम्पति हो। त्यसको जगेर्ना गर्नु हाम्रो दायित्व हो।’   व्यापार व्यवसाय,घर परिवारबाट बचेको समयलाई सिंगो नेपाली परिवार र समुदायको हितमा खर्चने प्रणका साथ यो अभियानमा जोडिएको उहाँको भनाई छ। एनआरएनको चाहनालाई पुरा गर्ने आफ्नो सपना अधुरो नै रहेकाले फेरि पनि अझै केही गरौ भन्ने इच्छाशक्तिको साथ सबैको सहयोग उपेक्षा गरेको उहाँले बताउँनु भयो। ‘मलाई तपाईहरु माथि पूर्ण भरोसा र विश्वास छ। तपाईहरूको त्यहि माया र सद्भावले नै  पटक पटक अगाडि बढ्न प्रेरणा मिलेको छ। मेरो प्रतिपर्धा नेपाली समाजमा ब्याप्त समस्याहरूको न्यूनीकरण गर्नु नै हो र आफ्नो स्पष्ट लक्ष्यलाई स्थापित गर्दै अमेरिकामा हाम्रो समुदायको सदस्यहरुलाई यहाँंको मूल प्रवाहमा प्रवेश गराउने नै हो।’   साथै निर्वाचनको परिणामले सुम्पिने जिम्मेवारीलाई पूरा गर्न बाँकी दुई वर्षको लागि एनआरएनहरुको सेवामा खर्चने र एउटा सामाजिक अभियन्ताको रुपमा आफूलाई समर्पित हुनेगरी समय छुट्याएको उहाँले बताउनु भयो। 

महिला सशक्तिकरणको एजेन्डा सहित एनआरएनए महिला उपाध्यक्षमा सुनिता कँडेलको उमेदवारी

शुरेस कोइराला, बाल्टिमोर। गैर आवसीय नेपालीहरुको संस्था एनआरएनए–एनसीसी अमेरिकाको महिला उपाध्यक्षमा सुनिता सापकोटा कँडेलले उमेदवारी दिनु भएको छ। हाल एनआरएनए–एनसीसी अमेरिकाको महिला सचिव समेत रहनु भएकी कँडेले आगामी कार्यकाल (२०२३–२०२५) का लागि महिला उपाध्यक्ष पद उमेदवारी दिनु भएको हो।  विगत ९ वर्षयता निरन्तर रूपमा संस्थाको कृयाशिल सदस्यको रुपमा कार्यरल कँडेल हाल महिला सचिव समेत भएर काम गरेको अनुभव, उपलब्धिहरु र संस्था भित्र रहेका कमि कमजोरीहरुको नजिकबाट गरेको अध्ययनको आधारमा संस्थालाईलाई थप उचाईमा पुर्याउन अझै आफ्नो योगदानको जरुरी भएको हुँदा आगामी कार्यकालको लागि महिला उपाध्यक्षमा उमेदवारी दिएको बताउँनु हुन्छl    ‘मैले अझैँ योगदान दिन जरुरि छ भनेर प्रतिस्पर्धामा उत्रिएको हुँ, महिला सचिवको रुपमा कार्यरत हुँदा प्राथमिकतामा महिलाहरुको मुद्धा, युवा र महिला सशक्तिकरण नै थियो भने अब महिला उपाध्यक्षमा निर्वाचित भएमा पनि महिला र युवाहरुको मुद्धालाई नै प्राथमिकतामा राखेर संस्थामा काम गर्नेछु,’ उहाँले भन्नुभयो, ‘सबै पक्षमा सहयोग र समर्थनको अपेक्षा गरेको उल्लेख गर्दै आफुलाई विजयी बनाउन सबैमा सहयोगको अपिल गरेको छु।’   एनआरएनएको विभिन्न अभियानमा सहभागी हुँदै आउनु भएकी कँडेलले एनआरएन एनसीसीकोतर्फबाट महिला उपाध्यक्ष भएमा महिलाहरूमाथि हुने हिंसा न्यूनीकरण गर्न,सुत्केरी तथा बालबालिकाहरूको लागि आवश्यक स्वास्थ्य सेवा र परामर्श सहज बनाउन, महिलाहरूलाई सामाजिक संघ संस्थाहरूमा बढीभन्दा बढि सहभागी हुन उत्प्रेरित गराउन भूमिका निर्वाह गर्ने प्रतिवद्धता गर्नु भएको छ।    महिला सक्षमता प्रदर्शन गर्न र महिला पनि नेतृत्वका लागि तयार छन् भन्ने देखाउन पनि आफ्नो उम्मेदवारी रहेको उहाँको भनाई छ। संस्थामा महिलाहरुको गौरवपूर्ण सहभागिता र उपस्थितिको खाँचो प्रस्ट्याउँदै उहाँले संस्थामा जुनियर एनआरएन,महिला र युवाहरुको सक्रिय सहभागितामा बिशेष ध्यान दिइने बताउनु भयो। नेपालमा भरतपुरको स्थायी बासिँदा रहेकी कँडेल विगत ९ वर्षदेखि अमेरिकामा बस्दै आउनु भएको हो। उहाँले नेपालमै हुँदा २ वर्ष विजय एफएम नवलपरासीमा प्रविधिकको रुपमा काम गरिसक्नु भएको छ। अमेरिकामा आएपछि उहाँले एनडब्लुजीएनको संस्थापक सदस्यको रुपमा काम गर्नु भएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”५ दिने इटाली भ्रमणमा जाँदै

शीतलपाटीन्युज डटकम। ३ साउन , काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली भ्रमणमा जाने भएका छन्। आज बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री प्रचण्डको ५ दिने इटाली भ्रमण स्वीकृत गरेको हो। युनाइडेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मुभमेन्टको कार्यक्रममा भाग लिन उनी साउन ७ गते इटाली जान लागको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिए। प्रधानमन्त्रीको भ्रमणमा कृषिमन्त्री वेदुराम भुसालसहित २० सदस्य रहनेछन्। प्रधानमन्त्री इटालीबाट साउन ११ गते स्वदेश फर्किने कार्यक्रम रहेको प्रवक्ता शर्माले बताए। (News24Glaxy.com)  

एनआरएनए एनसीसीको कोषाध्यक्षमा सरोज सिग्देलको बिकल्प नै छैन

सुरेश कोइराला, बाल्टिमोर । एनआरएनए एनसीसी कोषाध्यक्षमा……. उम्मेदवार सरोज सिग्देलले विदेशमा बस्ने नेपालीको हक हितको संरक्षण गर्दै मातृभूमीको प्रवद्र्धन गर्ने बताउनु भएको छ।  विदेशी मुलुकमा नेपाली संस्कृति र पर्यटनको प्रवद्र्धन गर्नेछु,’उहाँले भन्नु भयो ‘प्रवासमा रहेका नेपालीहरूको स्थायित्व, सुरक्षित वैदेशिक लगानी समग्र हितमा क्रियाशिल रहने छु।’ स्वदेशमा विदेशी प्रत्यक्ष लागनी भित्र्याउन उत्प्रेरकको रुपमा भुमिका खेल्नेछु।’  नेपाल र अमेरिकाबीचको व्यापारलाई बढाउन नेपाली वस्तुहरूको प्रवद्र्धन गर्न आवश्यक पहल गर्ने पनि उहाँले बताउनु भएको छ । विदेशमा बस्ने नेपालीले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजी नेपालमा भित्राएर देशको आर्थिक र सामाजिक विकासमा टेवा पुर्याउन उहाँको प्रतिवद्धता छ।  ‘नेपालको सामाजिक तथा आर्थिक विकासमा अग्रसर बन्नेछु,’ उहाँले भन्नु भयो ‘गैरआवासीय नेपालीको पुँजी र मानव संशाधन लगानी नेपालको चोतर्फी विकास गर्न सरकार र उद्यमीसँग सहकार्य र साझेदारी गर्नेछु।’  यसका साथै अमेरिकाको विभिन्न राज्यमा बस्दै आएका नेपालीका लागि सामुदायिक केन्द्र निर्माण, बालबालिकालाई नेपाली भाषा, नैतिक शिक्षा अध्ययन अध्यापन, तालिम कक्ष सञ्चालन गर्ने उहँको चुनावी एजेन्डा छ।  ‘एनआरएनए अमेरिकामा स्थायी सचिवालयको स्थापना गरी कम्तीमा १ जना पूर्णकालीन कर्मचारी राखेर आवश्यकता अनुसार नेपालीहरूको सेवा पुर्याउने छु। यसका साथै एनआरएनए अमेरिका अन्तर्गत गठन भएको च्याप्टरका सम्पूर्ण अध्यक्षहरूलाई पदेन सदस्य बनाउनका लागि आवश्यक पहल गर्ने उहाँले बताउनु भयो।  अमेरिकामा रहेका नेपालीहरूको सामुहिक बीमा र स्वास्थ्य बीमाको क्षेत्रमा प्रभावकारी कार्यक्रम अगाडि बढाउने उहाँको एजेन्डा छ। नेपालीहरूको बाक्लो बस्ती रहेका राज्यमा वाणिज्य दुतावास स्थापनको लागि समेत उहाँले पहल गर्ने बताउनु भएको छ।’

स्वदेशको सामाजिक तथा आर्थिक विकासमा अग्रसर भएर काम गर्नेछुः एनआरएनए एनसीसी अध्यक्षका उम्मेदवार प्राडा.अर्जुन बन्जाडे

सुरेश कोइराला, टेक्सास । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको अध्यक्षका उम्मेदवार प्राडा.अर्जुन बन्जाडेले नेपालको सामाजिक तथा आर्थिक विकासमा अग्रसर भएर आफूले काम गर्ने बताउनु भएको छ। सवल, सक्षम नेतृत्व गर्न सक्ने खुबी भएका बन्जाडेले अमेरिकी बासी नेपालीका साथै मातृभूमीको आर्थिक विकासका लागि सधै लागि पर्ने बताउनु भएको हो।  मास कम्युनिकेशनमा विद्यावारिधि गर्नु भएका बन्जाडेको उम्मेदवारीले एनआरएनए एनसीसीमा छुट्ट माहोल तयार भएको छ भने उनको उम्मेदवारीले आम प्रवासी नेपालीमा उत्हास र विश्वास पलाएको बताइएको छ। उहाँले गर्नु भएको चुनावी प्रतिवद्धताअनुसार अमेरिकामा बस्ने नेपालीदेखि मातृभूमीको सेवामा समेत समर्पित हुने उल्लेख गरिएको छ। उहाँले स्वदेशको विकास र सामाजिक कल्याण नै एनआरएनएको गौरव भएको भन्दैै विदेशी भूमीमा बसेपनि मातृभूमीको सम्मान र सेवामा सधै लागिरहने बताउनु भएको छ।   ‘विदेशी भूमीलाई आफ्नो कर्मथलो बनाएका हौं,’ उहाँले भन्नु भयो ‘ विदेशमा बसेपनि स्वदेशका विषयमा सधै चिन्तन र मनन गर्नुका साथै आपत विपदमा सधै साथ दिनेछौं। नेपाली अमेरिकन सिटिजनशीपलाई पर्यटन भिषामा नेपाल जाँदा सहज अर्थात भिषा लगाउन नपर्ने बनाउन पहल गर्ने बताउनु भएको छ। दोहोरो नागरिकताको विषयलाई म सधै प्राथमिकतामा राखेर काम गर्नेछु।’ स्वदेशमा होस् या विदेशमा सानादेखि ठूला सामाजिक कार्यमा सधै अग्रसर हुने उहाँले प्रण गर्नु भएको छ।   ‘नेपाली समुदायको चापलाई मध्येनजर गर्दै यसको व्यवस्थापन मिलाउन वाणिज्य दुताबाससँग छलफल गरी सहजीकरण गर्नेछु,’बन्जाडेले भन्नु भयो ‘अमेरिकामा जन्मिएका नयाँ पुस्तालाई एनआरएनसँग जोड्दै यो संस्थालाई साझा चौतारीको रुपमा विकास गर्नेछु।  अमेरिकाभर रहेका विभिन्न च्याप्टरलाई बलियो बनाउँदै विभिन्न संघ संस्थासँग समन्वय गरेर संस्थालाई विशुद्ध सामाजिक संस्थाको रुपमा विकास गर्ने उहाँको अठोट छ। प्राडा .बन्जाडे  एनआरएनए एनसीसीका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ।   

अमेरिकी बासी नेपालीको मन मुटुमा भिज्नु भएको छ एनआरएनए एनसीसीका उपाध्यक्षका उम्मेदवार : राज ढुंगाना

सुरेश कोइराला, क्यालिफोर्निया। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको उपाध्यक्षका उम्मेदवार राज ढुगांनाले हामी नेपाली जहाँ रहेपनि नेपाली भएको बताउनु भएको छ। जस्तो कारणले विदेशी भूमीलाई कर्मथलो बनाउन आइपुगे पनि सबैभन्दा पहिला नेपाली भएकाले एकवद्ध हुन खोजिएको उहाँले बताउनु भयो।  यो विदेशी भूमीमा हामीले राम्रा र असल काम गरेर देखाउनु पर्छ,’ उहाँले भन्नु भयो,नेपाल र नेपालीहरूकै पहिचानलाई चहकिलो बनाउन अहोरात्र खटिएर काम गर्नेछु,’कोलोराडो निवासी उपाध्यक्षका उमेदवार ढुगांनाले भने, ‘हाम्रो संस्कृति भनेको जहाँ रहेपनि सबैलाई समेटर मिलेर बस्ने,एकअर्काको दुःखी हुने र सुखमा रमाउने हो। त्यसैले यो संस्थालाई अमेरिका भरिरहेका नेपालीहरूलाई समेटेर साझा चौतारी बनाउनतर्फ लाग्नुपर्छ। नेपालीमा अन्तरनिहित यहि विशेषताहरुले हामीलाई अरु भन्दा फरक देखाएको छ। त्यो नै हाम्रो पहिचान हो। नेपालीहरुको यहि पहिचानलाई पुस्तौ पुस्तासम्म जीवन्त राख्न तथा भावी सन्ततीलाई नेपाल र नेपाली प्रति सदैव उत्तरदायी बनाउनु हामी सैको जिम्मेवारी भएको उपाध्यक्षका दावेदार ढुगांनाले बताउनु भयो।   नेपालीको  परिचय भनेको भेषभूषा, भाषा, साहित्य, परम्परालगायतका विषयहरू हुन। सयभन्दा बढी भाषा र जाति अनि उनीहरू पिच्छेका पहिरनहरू हाम्रो अमूल्य निधि र सम्पति हो। त्यसको जगेर्ना गर्नु हाम्रो दायित्व रहेको उहाँको भनाई छ।  ढुगांनाले अगााडि भन्नु भयो– ‘म पनि तपाईहरु जस्तै नयाँ अवसरको खोजिमा डुल्दै अमेरिका आएर काम गरी बसेको नेपाली अमेरिकन समाजको एक साधरण सदस्य हुँ । व्यापार व्यवसाय,घर परिवारबाट बचेको समयलाई सिंगो नेपाली परिवार र समुदायको हितमा खर्चने प्रणका साथ यो अभियानमा जोडिएको छु। हिजो पनि तपाईहरुले मलाई विश्वासको मत दिनु भएको थियो। मैले पाएको जिम्मेवारी निष्ठा र इमानदारीतापूर्वक पुरा गरे। तपाईहरूको चाहनालाई पुरागर्ने मेरो सपना अधुरो नै रहेकाले फेरि पनि अझै केही गरौ भन्ने इच्छाशक्तिको साथ तपाईहरुको सहयोग चाहेको छु र फेरि एक पटक हात फैलाएको छु। मलाई तपाईहरु माथि पूर्ण भरोसा र विश्वास छ। तपाईहरूको त्यहि माया र सद्भावले नै  पटक पटक अगाडि बढ्न प्रेरणा मिलेको छ।’  साथै निर्वाचनको परिणामले सुम्पिने जिम्मेवारीलाई पूरा गर्न बाँकी दुई वर्षको लागि एनआरएनको सेवामा खर्चने र एउटा सामाजिक अभियन्ताको रुपमा आफूलाई समर्पित हुनेगरी समय छुट्याएको उहाँले बताउनु भयो।

साझा नेपाली समाज बेलायतको सचिवमा शुरेस केसी र महिला संयोजकमा श्रीमती माया खरेल प्रधान चयन

शीतलपाटीन्युज डटकम। लण्डन। नव निर्वाचित साझा नेपाली समाज,बेलायतको कार्यसमितिले पुर्णता पाएकोछ। सोमवार साँझ समाजका अध्यक्ष दिपक सापकोटाको अध्यक्षयतामा बसेको साझा नेपाली समाजको कार्यसमितिको बैठकले २५ सदस्यिय कार्यसमितिमा आवस्यक संख्याको मनोनित गरेकोहो।समाजका महासचिव शशांक शर्माका अनुसार कार्यसमितिमा मनोनित गर्दा मिडलैन्ड र यसको वरीपरीका क्षेत्र समेटेर समावेसी तरिकाले गरिएकोछ। महासचिव शर्माले यो कार्यसमितिको मुख्य एजेन्डा नै मिडलैन्डमा बसोवास गर्न करिब तिस हजार नेपालीहरुको एकता नै भएको र यो एकता नयाँ कार्यसमितिको मनोनयनले झल्काउने दावी गर्नुभयो।  मनोनित कार्यसमितिको सचिवमा ब्यवसायी शुरेस केसी रहेकाछन भने महिला संयोजकमा श्रीमती माया खरेल प्रधान र सदस्यहरुमा माहाशर्मा खरेल,,धुर्वखरेल,यामलाल कंडेल,गोबिन्द सापकोटा र नवराज न्यौपाने रहेकाछन।   त्यसैगरी बैठकले सामाजिक,धार्मिक,ब्यपारी र राजनैतिक क्षेत्रमा काम गरेका दिग्गज व्यक्तिहरुलाई समेटि सल्लाहकार समिति पनी गठन गरेकोछ। महासचिव शशांक शर्माका अनुसार राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ख्याति कमाएका यि सल्लाहकारको नियुक्तीले समाजका आगमि कार्यहरु सजिलै सम्पादन गर्न सकिने र साझा नेपाली समाजले मिडलैन्डवासी मात्र नभई पुरै बेलायतवासी नेपालीका समस्याहरुलाई नेपाल सरकार र सम्बन्धित निकाय समक्ष लैजान सक्नेछ भनी दावी गर्नुभयो। कार्यसमितिको सल्लाहकारमा कमल भन्डारी,शंकर भन्डारी,केशब भन्डारी,राजु कंडेल,गंगा गौतम,कृष्ण प्रसाद शर्मा,नारायण आचार्य,शरद शाही,बिस्व घिमिरे,सोम सापकोटा,राजेशमणी लामिछाने,कृष्ण गुरुङ,लाल थापा,भानु घिमिरे,शुरेष पौडेल,पवन शर्मा,मिलन सापकोटा,किशोर लामिछाने,प्रविण पान्डे,शेखर कंडेल,डिलाराम गौतम,कृष्ण खरेल,प्रेम आले मगर,लोकनाथ अधिकारी,पशुपती पोखरेल,कृष्ण ढकाल,कमल खरेल,बिरे्द्र खड्का,नृपेष उप्रेती,गोकर्ण हमाँगाई,शन्तोष पौडेल,भोजराज भन्डारी,कल्पना गुरुङ,मुकुन्द हरि खरेल,गोबिन्द खरेल,शिब पराजुली,गुन्जेश्वर न्यौपाने,बिष्णु सापकोटा,बाबुराम भुषाल,बिष्णु चालिसे,भिम सारु,गिता भट्टराई,हरिहर भट्टराई,प्रविण खराल,उदय राज आचार्य,प्रकास केसी,हरि भट्टराई,तारानाथ भन्डारी,बलराम चपाँगाई र नारायण प्रसाद फुयाँल रहेका छन।

साझा नेपाली समाज बेलायतको सचिवमा शुरेस केसी र महिला संयोजकमा श्रीमती माया खरेल प्रधान।

शीतलपाटीन्युज डटकम। लण्डन। नव निर्वाचित साझा नेपाली समाज,बेलायतको कार्यसमितिले पुर्णता पाएकोछ। सोमवार साँझ समाजका अध्यक्ष दिपक सापकोटाको अध्यक्षयतामा बसेको साझा नेपाली समाजको कार्यसमितिको बैठकले २५ सदस्यिय कार्यसमितिमा आवस्यक संख्याको मनोनित गरेकोहो।समाजका महासचिव शशांक शर्माका अनुसार कार्यसमितिमा मनोनित गर्दा मिडलैन्ड र यसको वरीपरीका क्षेत्र समेटेर समावेसी तरिकाले गरिएकोछ। महासचिव शर्माले यो कार्यसमितिको मुख्य एजेन्डा नै मिडलैन्डमा बसोवास गर्न करिब तिस हजार नेपालीहरुको एकता नै भएको र यो एकता नयाँ कार्यसमितिको मनोनयनले झल्काउने दावी गर्नुभयो।  मनोनित कार्यसमितिको सचिवमा ब्यवसायी शुरेस केसी रहेकाछन भने महिला संयोजकमा श्रीमती माया खरेल प्रधान र सदस्यहरुमा माहाशर्मा खरेल,,धुर्वखरेल,यामलाल कंडेल,गोबिन्द सापकोटा र नवराज न्यौपाने रहेकाछन।   त्यसैगरी बैठकले सामाजिक,धार्मिक,ब्यपारी र राजनैतिक क्षेत्रमा काम गरेका दिग्गज व्यक्तिहरुलाई समेटि सल्लाहकार समिति पनी गठन गरेकोछ। महासचिव शशांक शर्माका अनुसार राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ख्याति कमाएका यि सल्लाहकारको नियुक्तीले समाजका आगमि कार्यहरु सजिलै सम्पादन गर्न सकिने र साझा नेपाली समाजले मिडलैन्डवासी मात्र नभई पुरै बेलायतवासी नेपालीका समस्याहरुलाई नेपाल सरकार र सम्बन्धित निकाय समक्ष लैजान सक्नेछ भनी दावी गर्नुभयो। कार्यसमितिको सल्लाहकारमा कमल भन्डारी,शंकर भन्डारी,केशब भन्डारी,राजु कंडेल,गंगा गौतम,कृष्ण प्रसाद शर्मा,नारायण आचार्य,शरद शाही,बिस्व घिमिरे,सोम सापकोटा,राजेशमणी लामिछाने,कृष्ण गुरुङ,लाल थापा,भानु घिमिरे,शुरेष पौडेल,पवन शर्मा,मिलन सापकोटा,किशोर लामिछाने,प्रविण पान्डे,शेखर कंडेल,डिलाराम गौतम,कृष्ण खरेल,प्रेम आले मगर,लोकनाथ अधिकारी,पशुपती पोखरेल,कृष्ण ढकाल,कमल खरेल,बिरे्द्र खड्का,नृपेष उप्रेती,गोकर्ण हमाँगाई,शन्तोष पौडेल,भोजराज भन्डारी,कल्पना गुरुङ,मुकुन्द हरि खरेल,गोबिन्द खरेल,शिब पराजुली,गुन्जेश्वर न्यौपाने,बिष्णु सापकोटा,बाबुराम भुषाल,बिष्णु चालिसे,भिम सारु,गिता भट्टराई,हरिहर भट्टराई,प्रविण खराल,उदय राज आचार्य,प्रकास केसी,हरि भट्टराई,तारानाथ भन्डारी,बलराम चपाँगाई र नारायण प्रसाद फुयाँल रहेका छन।

एनआरएनए एनसीसीलाई चम्किलो बनाएर अहोरात्र खटिएर काम गर्छुृः भानु खरेल

सुरेश कोइराला, क्यालिफोर्निया। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको उपाध्यक्षका उम्मेदवार भानु खरेलले हामी नेपाली जहाँ रहेपनि नेपाली भएको बताउँनु भएको छ । हामी जस्तो कारणले विदेशी भूमीलाई कर्मथलो बनाउन आइपुगे पनि सबैभन्दा पहिला नेपाली भएकाले एकवद्ध हुन खोजिएको उहाँले भन्नु भयो। ‘यो विदेशी भूमीमा हामीले राम्रा र असल काम गरेर देखाउनु पर्छ,’ उहाँले भन्नु भयो, नेपाल र नेपालीहरूकै पहिचानलाई चहकिलो बनाउन अहोरात्र खटिएर काम गर्नेछु।’  हाम्रो संस्कृति भनेको जहाँ रहेपनि सबैलाई समेटर मिलेर बस्ने, एकअर्काको दुःखी हुने र सुखमा रमाउने हो। त्यसैले यो  संस्थालाई अमेरिका भरिरहेका नेपालीहरूलाई समेटेर साझा चौतारी बनाउनतर्फ लाग्नुपर्छ। नेपालीमा अन्तरनिहित यहि विशेषताहरुले हामीलाई अरु भन्दा फरक देखाएको छ। त्यो नै हाम्रो पहिचान हो। नेपालीहरुको यहि पहिचानलाई पुस्तौ पुस्तासम्म जीवन्त राख्न तथा भावी सन्ततीलाई नेपाल र नेपाली प्रति सदैव उत्तरदायी बनाउनु हामी सैको जिम्मेवारी भएको उपाध्यक्षका दावेदार खरेलले बताउनु भयो।   यहि जुलाई २२ सनिबार र जुलाई २३  आइतबार सम्पन्न हुन गईरहेको गैर आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद अमेरिकाको निर्वाचनमा खरेलले उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको हो। नेपालीको परिचय भनेको भेषभूषा,भाषा, साहित्य,परम्परालगायतका विषयहरू हुन। सयभन्दा बढी भाषा र जाति अनि उनीहरू पिच्छेका पहिरनहरू हाम्रो अमूल्य निधि र सम्पति हो। त्यसको जगेर्ना गर्नु हाम्रो दायित्व हो। खरेलले अगााडि भन्नु भयो– ‘म पनि तपाईहरु जस्तै नयाँ अवसरको खोजिमा डुल्दै अमेरिका आएर काम गरी बसेको नेपाली अमेरिकन समाजको एक साधरण सदस्य हुँl व्यापार व्यवसाय,घर परिवारबाट बचेको समयलाई सिंगो नेपाली परिवार र समुदायको हितमा खर्चने प्रणका साथ यो अभियानमा जोडिएको छु।  हिजो पनि तपाईहरुले मलाई विश्वासको मत दिनु भएको थियो  । यसअघि सन् २०१९ मा सचिव पदको लागि उमेदवारी दिएको थिए तर उक्त समय म उप–विजेता मात्रै हुन सके। उप–विजेता भए पनि  म एनआरआएनमा निष्ठा पुर्वक लागिरहेको थिए । त्यही निष्ठालाई निरन्तरता दिन, पदमै रहेर निभाउनु पर्ने जिम्मेवारीहरु निष्ठा पुर्वक निभाउन र एनएनआरको विकास तथा प्रगतीमा सहयोगी हुने मेरो अधुरो सपना पुरा गर्न अहिले उपाध्यक्ष पदमा उमेदवारी दिएको छु। यसअघि तपाईहरूको चाहनालाई पुरागर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय मोहन बहादुर बस्नेतले संयुक्त अधिराज्यका स्वास्थ्य राज्यमन्त्री वील क्वीन्ससँग स्वास्थ्य मन्त्रालयमा भेटवार्ता

शीतलपाटीन्युज डटकम। लण्डन। स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय  मोहन बहादुर बस्नेतले हिजो संयुक्त अधिराज्यका स्वास्थ्य राज्य मन्त्री माननीय वील क्वीन्ससँग संयुक्त अधिराज्यको स्वास्थ्य मन्त्रालयमा भेटवार्ता गर्नुभएको छ। भेटमा माननीय मन्त्रीज्यूले बेलायत सरकारले नेपालको आर्थिक सामाजिक विकास विशेष गरी स्वास्थ्य क्षेत्रमा पुर्‍याएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा यसमा थप अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो।  नेपाल र वेलायतबीच हालै सम्पन्‍न बेलायतमा नेपाली नर्सहरु नियुक्ति सम्बन्धी सम्झौता प्रति खुशी व्यक्त गर्दै नेपाली स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धिका लागि सहयोग गर्न अनुरोध समेत गर्नुभयो। बेलायती स्वास्थ्य मन्त्रीले नेपालको स्वास्थ्य क्षेत्रमा बेलायतको सहयोग भइरहने, नेपालको नर्सिङ क्षेत्रको क्षमता अभिवृद्धिमा थप सहयोगका लागि कार्य भइरहेको र नेपाली नर्सहरुको बेलायत आगमनबाट दुई देशका लागि फाइदा पुग्ने व्यक्त गर्नुभयो।उक्त भेटका अवसरमा बेलायतका लागि नेपाली राजदूत महामहिम ज्ञानचन्द्र आचार्य समेत सहभागी हुनुहुन्थ्यो। माननीय स्वास्थ्य मन्त्रीज्यूले १६ जुलाईमा वीन्चेस्टरमा रहेको रोयल ह्याम्सायर काउन्टी हस्पिटलको तालिम केन्द्र,इमर्जेन्सी विभाग तथा वार्डहरूको भ्रमण गरी त्यहाँ नेपालबाट ल्याइने नर्सहरुको तालिम तथा स्थानान्तरण प्रक्रियाको बारेमा जानकारी लिनुभयो।यसका साथै माननीय मन्त्रीज्यूले नेपाली राजदूतावासद्वारा आयोजित २१० औं भानु जयन्ती समारोहमा सहभागी भई बेलायतमा रहेका नेपाली साहित्यकार तथा साहित्यप्रेमीहरुको भेलालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुभयो।  भ्रमणका अवसरमा उहाँले नेपाली डक्टर्स एसोशियसन,नेपाली नर्सिङ्ग एशोसियसनका पदाधिकारीहरु एवं बेलायतमा रहेका अन्य नेपाली समुदायसँग भेट गर्नुभएको थियो। माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री १४ जुलाईमा संयुक्त अधिराज्यको अनौपचारिक भ्रमणमा आउनु भएको कुरा नेपाली राजदुताबास लण्डनको बिज्ञप्तीमा जनाईएको छ।

यसपाली को world Cup कसले जित्ला?