Monday November 30, 2020

かついた」勤務中に爆破予告

६ असार, २०७५ शीतलपाटीन्युज डटकम, बाचस्पति रेग्मी । 1343



लण्डन । १६ औं गोर्खा कप फुटबलका लागि हङ्गकङ्गबाट १५ जना खेलाडी सहित १९ जनाको टिम आज बिहान लण्डन हिथ्रो एअरपोर्ट आइ पुगेका छन् । सो टीमलाई आज बिहान ६ बजे हिथ्रो विमानस्थलमा तमुधिं युकेका उपाध्यक्ष नन्दजङ्ग गुरुङ, गोर्खा कप फुटबल इभेन्ट इन्चार्ज एण्ड सहारा एफसीका चेयरमेन ले रि कुसाङ्ग गुरुङ, तमुधिं युकेका सल्लाहकार महेश गुरुङले हङ्गकङ्ग नेपाली फुटबल  टिमका मेनेजर राजीव हिराचन लगायत खेलाडी टिमलाई स्वागत गर्नु भयको थियो ।

सो अवसरमा तमुधिं युकेका महासचिव कृष्ण गुरुङ, सह कोषाध्यक्ष कुमार गुरुङ, सदस्य सिरी गुरुङ, वेभमास्टर मान गुरुङ, सहारा युकेका कोषाध्यक्ष नारायण गुरुङ, तमुधिं युकेका आजिवन सदस्य जगन गुरुङ, तमुधिं युकेका सदस्य हङ्गकङ्ग एंव नेपाली मंच युकेका महासचिव श्री गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
उनीहरु आउदो २७ मे २०१८ का दिन अल्डरसटस्थित क्वीन्स एभिन्युमा सम्पन्न हुन लागेको १६ औं गोर्खा कपमा भाग लिनका लागि हंगकंगबाट लण्डन आएका हुन् ।

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?