Friday February 07, 2025

लण्डन बरो अफ बार्नेटका काउन्सीलरहरुलाई पोखराका मेयर आचार्यद्वारा भब्य स्वागत

१८ बैशाख, २०८१ शीतलपाटीन्युज डटकम। 1358


लण्डन बरो अफ बार्नेटका काउन्सीलरहरुलाई पोखराका मेयर आचार्यद्वारा भब्य स्वागत

शीतलपाटीन्युज डटकम।
लन्डन– पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको निमन्त्रणामा लन्डन बरो अफ बार्नेटका पूर्व मेयर काउन्सिलर क्यारोलिन स्टकको नेतृत्वमा ६ सदस्यीय प्रतिनिधि मण्डलले नेपालको सुन्दर शहर पोखरा भ्रमण गरेको छ । लन्डनबाट गएको भ्रमण प्रतिनिधिमण्डलमा काउन्सिलर क्यारोलिन स्टक,पुर्व उपमेयर एवम काउन्सिलर लक्ष्य गुरुङ,काउन्सिलर अर्जुन कुमार मित्रा,काउन्सिलर अम्मर नक्भी,काउन्सिलर कमल गुरुङ र डा रिचर्ड स्टक रहनु भयको छ।

पोखरा बसाइका क्रममा लन्डन बरो अफ बार्नेट प्रतिनिधिमण्डलले फेवाताल,बेगनास ताल,अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय,गोर्खा सङ्ग्रहालय र ब्रिटिश क्याम्प भ्रमण गरेको थियो। प्रतिनिधिमण्डल सूर्योदय हेर्न सराङकोट पनि पुगेको थियो भने विश्व शान्ति प्यागोडा,डेभिस फल्स,गुप्तेश्वर गुफा र पुम्दीकोट अवलोकन गरेको थियो।

टोलीले मातृशिशु मितेरी अस्पताल, विन्धवासिनी उच्चमावि अस्पताल र बेलायती परोपकारी संस्था किडाशाको नेपाल अफिसको पनि भ्रमण गरेको थियो।
किडाशाले पोखरा र नेपालका अन्य शहरमा बालबालिकाको स्वास्थ्य सुधार गर्न, उनीहरूको शिक्षा र रोजगारीलाई सक्षम बनाउन र उनीहरूलाई दुर्व्यवहार एवं शोषणबाट जोगाउन काम गरिरहेको छ।

भेटका अवसरमा मेयर आचार्यले बार्नेट प्रतिनिधि मण्डललाई स्वागत गर्दै निमन्त्रणा स्वीकार गरी पोखरा महानगरपालिकाको भ्रमण गरेकामा धन्यवाद दिएका थिए। बैठकलाई सम्बोधन गर्दै काउन्सिलर क्यारोलिन स्टकले तत्कालिन उपमेयर लक्ष गुरुङले ल्याएको सोचबाट बार्नेट र पोखराबीचको मितेरी सम्बन्ध सुरु भएको बताएकि थिईन ।‘यो एक सोच थियो जसले हाम्रा विभिन्न समुदायबीच सांस्कृतिक आदानप्रदान र समझदारी बढाउने प्रयत्न गरयो । हाम्रा शहरबीचको मित्रताका लागि आज हामी धेरै जना बार्नेटबाट पोखरामा छौ,क्यारोलिनले भनिन्, ‘हामी दुई नगरबीच दिगो विकास र वातावरणीय संरक्षणदेखि लिएर सम्बन्ध विस्तार गर्ने प्रयास गर्नेछौं।त्यस्तै गरी पोखरा जन्मस्थल भै बार्नेट बरोका पूर्व उपमेयर तथा हाल काउन्सिलर लक्ष गुरुङले दुवै पक्षबीच शिक्षा,स्वास्थ्य,पर्यटन, पोखरा म्याराथन र दुवै शहरलाई फाइदा हुने अवसर खोज्ने विषयमा छलफल भएको जनाउनु भयको छ । ‘हामी हाम्रा दुई शहरबीचको सहकार्य अझ प्रवर्धन गर्न र हाम्रा नागरिकहरूको हितमा नजिकबाट काम गर्न तत्पर छौं’, उहाले थप्नु भयको छ।

बार्नेट र पोखरा महानगरपालिकाबीच सन् २०२१ मेमा मितेरी शहर बनाउने सम्झौता भएको थियो। पोखरा भ्रमणका लागि प्रतिनिधिमण्डलको नेतृत्व बार्नेटका मेयर नागुस नरेन्थिराले गर्ने भनिए पनि व्यक्तिगत कारणले गर्दा अन्तिम समयमा उनले भ्रमण रद्द गर्नुपरेको थियो।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?