Friday February 07, 2025

अमेरिकामा सामाजीक ब्यक्तित्ब बिनोद उप्रेती

१९ बैशाख, २०८१ शीतलपाटीन्युज डटकम। 1411


अमेरिकामा सामाजीक ब्यक्तित्ब बिनोद उप्रेती

सुरेश कोईराला,

अमेरीका। सम्भवत जीवनमा सबै भन्दा सन्तुष्ट हुने बेला भनेको सेवा गरेको बेला हो। हरेक मान्छेको अनुहारमा सेवा गरेको बखत कान्ती छाउँने गर्छ। मनमा शान्ति पनि त्यतिबेला नै छाउँछ जतिबेला सेवा गरेको हुन्छ। 

यो सबै थाहा पाउँदा पाउँदै पनि मान्छे लोभी छ, पापी पनि छ। पछिल्लो समयमा मान्छे दिन प्रतिदिन लोभी बन्दै गएको छ। पापी बन्दै गएको छ। मान्छेमा संवेग हराउँदै गएको पाइन्छ। आफ्नो बाहेक अर्काको समस्यामा मान्छे अनुभूति गर्न चाहादैन। र त मान्छे पापी हुदै गएको छ। 
श्रीकृष्णले कलियुगमा सेवा गर्नेको साथ रहने बताए पनि अहिलेको अवस्थामा केहीले मात्र सेवा गर्ने सोच राखेका हुन्छन्। ति सेवा गर्ने थोरै मान्छे मध्यका एक हुनुहुन्छ बिनोद उप्रेती।
काभ्रेमा जन्म लिनुभएका उहाँ अहिले अमेरिकामा हुनुहुन्छ। अमेरिकामा भए पनि उहाँको मन भने नेपालमा छ। २५ वर्ष पहिला अमेरिका पुग्नु भएका उहाँ नेपालमा निरन्तर सहयोग गर्दे आउनु भएको छ। समाजसेवामा समर्पित उहाँले आफ्नो जन्म दिनको अवसर पारेर चितवनस्थित साहाराको घरलाई सहयोग गर्नु भयो। 
पढाइको शिलशीलामा अमेरिका पुग्नु भएका उहाँ हरेक वर्षको दशैँमा तिवनको मानव सोवा आश्रममा खाना खुवाउनु हुन्छ। तर,गत अप्रिल ९ गतेको दिन आफ्नो जन्मोउत्सवको अवसर पारेर असहाय तथा घरबास बिहिन भएका मानिसलाई खाना खुवाउन साहारा घरलाई सहयोग गर्नु भएको हो। 
नेपालमा मात्र होइन,अमेरिकाको बाल्टिमोरमा पनि हुने हरेक कार्यक्रमका लागि सहयोग माग्न जाने जो कोहीलाई उहाले खालीहात फिर्ता पठाउनु हुन्न। नेपाली समाजकाबीच एक उदाहरणीय व्यक्तित्वको रुपमा स्थापित हुनुहुन्छ उप्रेती। उहाँले बाल्टिमोरको हिन्दु–बुद्धको मन्दिरमा पनि उल्लेखनीय सहयोग गर्नु भएको छ। 
मेरिल्यान्डमा भएको आध्यात्मिक यज्ञमा समेत उल्लेखनी सहयोग गर्नु भएका सफल व्यवसायी एवम सामाजिक, तथा मिलनसार व्यक्तित्व बिनोद उप्रेतीले आध्यात्मिक यज्ञमा उपस्थित भएका भक्तजनलाई प्रसादको रुपमा खाना खुलाएर उदारणीय काम गर्नु भएको छ। 

सहयोगको अपेक्षा लिएर आफूसँग पुग्ने हरेकलाई सक्दो सहयोग गरेर फिर्ता गर्ने मनका धनी बिनोध उप्रेती अमेरिकामा रहेका हरेक नेपालीको मनमनमा हुनुहुन्छ साथै चितवन लगायतका नेपालमा चिन्ने उहाँलाई सबैले सहयोगी र दानी व्यक्तिका रुपमा हेर्ने गरेका छन्।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?