Friday February 07, 2025

बेलायत रश्मोर काउन्सिलरमा नेपालीमूलका कन्जरभेटीभ पार्टीका तिनै उम्मेद्वार पराजित

२१ बैशाख, २०८१ शीतलपाटीन्युज डटकम। 1572


बेलायत रश्मोर काउन्सिलरमा नेपालीमूलका कन्जरभेटीभ पार्टीका तिनै उम्मेद्वार पराजित

शीतलपाटीन्युज डटकम।

लन्डन। बेलायतमा नेपालीको राजधानी मानिने रश्मोर बरो काउन्सिलरमा नेपाली मूलका  कन्जरभेटीभ तीनै जना उम्मेद्वार लेवर पार्टीका उम्मेदवारसंग पराजित भएका छन्।

विहीबार सम्पन्न स्थानीय निर्वाचनमा काउन्सिलर पदका उम्मेद्वारहरु जीव बेल्वासे,नेम थापा र डा विशाल गुरुङ निर्वाचित हुन सकेनन्। सत्तारुढ कञ्जरभेटिभ पार्टीबाट उम्मेद्वार तीनै जना आ-आफ्नो वडामा लेबर पार्टीका उम्मेद्वारबाट पराजित भएको हो।  

उनीहरुमध्ये बेल्वासे र थापा यसअघि निर्वाचित भएर एक कार्यकाल काउन्सिलरको जिम्मेवारी पूरा गरिसकेका थिए भने डा गुरुङ पहिलोपटक उम्मेद्वार बनेका थिए।  

निर्वाचन नतिजा अनुसार रश्मोर म्यानर पार्क वडामा बेल्वासेले ९ सय २७ मत प्राप्त गरेका थिए भने लेबर पार्टीका उम्मेद्वार १ हजार ३४ मतसहित निर्वाचित भएका थिए।  

त्यस्तै, चेरीवुड वडामा थापाले ४ सय ९८ मत ल्याएर दोस्रो भए भने विजयी लेबर उम्मेद्वारले ९ सय ४९ मत पाएका थिए।  

वेलिङटन वडामा डा गुरुङले ५ सय ३ मत र विजयी लेबर उम्मेद्वारले ७ सय ४४ मत पाएका थिए।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?