Wednesday June 12, 2024

बेलायतमा पोष्ट स्टडी वर्क भिसा नहटाउन शिक्षा बिज्ञहरुको सुझाव

२ जेष्ठ, २०८१ शीतलपाटीन्युज डटकम। 1130


बेलायतमा पोष्ट स्टडी वर्क भिसा नहटाउन शिक्षा बिज्ञहरुको सुझाव

शीतलपाटीन्युज डटकम।

लण्डन । बेलायतमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीहरुलाई दिइँदै आएको पोष्ट स्टडी वर्क (पीएसडब्ल्यू) भिसा नहटाउन सुझाव दिइएको छ ।
सरकारलाई स्वतन्त्र परामर्श दिँदै आएको द माइग्रेसन एडभाइजरी कमिटीले मंगलबार सरकारलाई सो सुझाव दिएको छ ।
कञ्जरभेटिभ पार्टीको वर्तमान सरकारले विद्यार्थीहरुलाई दिइँदै आएको सो सुविधाको दुरुपयोग भन्दै सो नीतिका बारेमा पुनरावलोकन गर्न कमिटीलाई मार्चमा निर्देशन दिएको थियो ।
कमिटीले आज बुझाएको सो प्रतिवेदनमा सो भिसाको दुरुपयोग भएको नपाइएको बताएको छ । भविष्यमा पनि सो भिसाको दुरुपयोग हुने जोखिम कम रहेको पनि कमिटीको निस्कर्ष छ ।
पूर्व अध्यागमन मन्त्री रोबर्ट जेन्रिकले सो भिसाको दुरुपयोग भएको प्रतिवेदन सार्वजनिक गरेको केही दिनमै कमिटीले आज प्रतिवेदन बुझाएको हो । कमिटीको अध्यक्ष प्राध्यापक ब्रयान बेलले सो प्रावधानलाई यथावत राख्न सरकारलाई सुझाव दिइएको बताएका छन् ।
उनले विदेशी विद्यार्थीहरुबाट असुल गरिने शुल्कबाट बेलायतका स्थानीय विद्यार्थीको शुल्क तथा अनुसन्धानमा भएको खर्च असुल गर्ने गरिएको पनि बताएका छन् । यदि सो प्रावधान हटाएमा अनुसन्धानमा असर पर्ने पनि उनको धारणा छ ।
बेलायत सरकारले सन् २०२१मा ल्याएको सो भिसा अन्तर्गत बेलायतमा स्नातक अध्ययन पूरा गरेपछि दुई वर्ष काम गर्न अनुमति पाइन्छ । पीचएडी गरेको खण्डमा भने तीन वर्षसम्म काम गर्न पाइन्छ ।
गत वर्ष सो भिसा १ लाख १४ हजार जनाले पाएका थिए भने २३ हजारले डिपेण्डेण्ट भिसा पाएका थिए ।
बेलायतले विदेशी विद्यार्थीहरुमाथि कडाइ गर्न थालेपछि बेलायती विश्वविद्यालयमा भर्ना हुन चाहने विदेश विद्यार्थीहरुको संख्या घट्न थालेको बेलायतमा यस्तो प्रतिवेदन आएको छ । प्रतिवेदनलाई विश्वविद्यालयहरुले स्वागत गरेपनि कडा अध्यागमन नीति लिएको सरकारले चुनावको मुखमा कार्यान्वयन गर्छ कि गर्र्दैन भने हेर्न बाँकी छ।

(वीनेपालीबाट)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?