Wednesday June 12, 2024

बुद्धजयन्तीको अवसरमा धार्मीक प्रवचन तथा पूजा कार्यक्रम बुद्धिष्ट गुम्बा रेडिङमा हुँदै

३ जेष्ठ, २०८१ शीतलपाटीन्युज डटकम। 1165


बुद्धजयन्तीको अवसरमा धार्मीक प्रवचन तथा पूजा कार्यक्रम बुद्धिष्ट गुम्बा रेडिङमा हुँदै

शीतलपाटीन्युज डटकम।
लन्डन । विश्व शान्तिका अग्रनायक भगवान गौतम बुद्धको २५६८ औं जन्मजयन्तीको अवसरमा यही मे २३ मा बुद्धिष्ट गुम्बा रेडिङ युकेमा धार्मिक प्रवचन तथा पूजा कार्यक्रम हुने भएको छ ।

दक्षिण भारतस्थित मैसुर गुम्बाका विश्व प्रशिद्ध गुरु खेन्चेन छेवाङ ग्यात्सो रिम्पोछेको धार्मिक प्रवचन दीर्घायू अभिषेक (वाङ) प्रदान साथै विशेष बुद्ध (कुठुई) पूजा, दिप प्रज्वलन र भोजनदान कार्यक्रम आयोजना गरिएको हो । नृत्यु पूजा बिहान ८ देखि ९ बजेसम्म र कुठुई पुण्य बिहान १० बजे हुने आयोजकले जनाएको छ । यस्तै बिहान साढे ११ बजे भोजन र साढे १२ बजे प्रवचन तथा वाङ कार्यक्रम हुँदैछ।

उक्त पुण्य सञ्चयको अनुष्ठानमा आ-आफ्नो सपरिवारसहित उपस्थित भई पुण्यलाभ लिन आयोजक गुम्बाका अध्यक्ष खेम गुरुड्ग र महासचिब कमल गुरुड्गले निमन्त्रणा गर्नु भयको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?