Monday February 10, 2025

ग्रेटर रसमोर नेपाली कम्युनिटीकी उपाध्यक्ष एवम शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरकी महासचिव जिपीकी मानसिक स्वास्थ्य सेविका सुष्मा गुरुंग सम्मानित

४ जेष्ठ, २०८१ शीतलपाटीन्युज डटकम। 1553


ग्रेटर रसमोर नेपाली कम्युनिटीकी उपाध्यक्ष एवम शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरकी महासचिव जिपीकी मानसिक स्वास्थ्य सेविका सुष्मा गुरुंग सम्मानित

शीतलपाटीन्युज डटकम।
अलडरसट, युके। नेपाली समुदायमा उत्कृष्ट समाजसेवा गर्दै आएकि ग्रेटर रसमोर नेपाली कम्युनिटीकी उपाध्यक्ष एवम शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरकी महासचिव एवम स्थानिय जिपीकी मानसिक स्वास्थ सेविका नर्स सुष्मा गुरुंगले बेलायतमा उत्कृष्ट मानसिक स्वास्थ्य सेवा प्रदान गरे बापत पुरस्कृत भएकि छिन।

मानसिक स्वास्थ्य सेवामा समर्पित सामुदायिक नर्स सुष्माले सरे बोर्डर्स पार्टनरशिप स्टाफ अवार्डमा दोस्रो स्थान हासिल गरेकी हुन। उनको उत्कृष्ट सेवा बाट प्रभावित भएर सरे र बोर्डर्स पार्टनरशिप स्टाफ अवार्ड समारोहमा मनोनयन परेको थियो। उनले हार्बर होटल, गिल्डफोर्ड,सरेमा ४०० प्रत्यक्ष दर्शकहरूको बीचमा दोस्रो स्थान हासिल गरेकी हुन।

पुरस्कृत बनेपछि उनले कडा मेहनत,परिश्रम र पेसा प्रतीको लगनको उच्च मूल्यांकन हुने अनुभव प्राप्त भएको जानकारी दिएकी थिईन। एनएचएसका कर्मचारीहरूको ठूलो उपस्थितिमा भएको समारोहमा उनलाई सम्मान प्रदान गरिएको थियो। सुष्माले मानसिक स्वास्थ्य सामुदायिक नर्स मध्ये मेहनती र उत्कृष्ट सेवा प्रदायक छवि बनाएको ग्रेटर रसमोर नेपाली कम्युनिटीका पुर्व अध्यक्ष समाजसेवी रोहित गुरुंगले बताएका छन।

अल्डरशट हेल्थ केयरका कर्मचारी,फ्रिम्ली पार्क अस्पतालका कर्मचारीहरुको ४०० जना उपस्थिती रहेको सो अवार्ड समारोह भब्य थियो।
पेसाले मनोचिकित्सक (साइक्याट्रिक) नर्स गुरुङ सामाजिक सेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ। ग्रेटर रस्मूर नेपाली कम्युनिटीको उपाध्यक्ष,तमु धीं युके महिला समूहको कार्यकारी सदस्य,शिव कल्चर एन्ड कम्युनिटी सेन्टरको महासचिव तथा श्री सत्य साई अर्गनाइजेसन युके क्षेत्रीय अध्यक्ष समेत हुनुहुन्छ। अध्यात्ममा उहाँको विशेष रुची छ ।

 

शिक्षामा अब्बल हुँदै आउनुभएकी सुस्मा सन् १९९८ सालमा बेलायत आउनु भएको हो। उहाँले १९९३ सालमा काठमाडौँको मिनभवन क्याम्पसबाट बीकम,२००३ मा युनिभर्सिटी अफ सर्रेबाट सफ्टवेयर इन्जिनियरिङमा स्नातक र २०१७ मा युनिभर्सिटी अफ वेस्ट लन्डनबाट मेन्टल हेल्थमा पहिलो श्रेणीमा ग्र्याजुएट गर्नु भयको छ।साथै रसमोर बरो काउन्सीलको जीपीमा मानसीक रोग निर्मुल पार्न कार्यरत हुनुहुन्छ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?