६ जेष्ठ, २०८१
शीतलपाटीन्युज डटकम।
लन्डन। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाको सातौँ लोकदोहोरी स्वर्णिम साँझ तथा दशौँ वार्षिक उत्सव भब्य सम्पन्न भएको छ।
नेपाल राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल युके शाखाका अध्यक्ष लक्ष्मण राना मगरले अध्यछता गरेको सो कार्यक्रम एनआरएनए युकेका अध्यक्ष प्रमुख अतिथि प्रेमगाहा मगरले केक काटेर कार्यक्रमको उद्घाटन गर्नु भयको थियो।
फार्नबोरो स्यामुएल कोडी स्कुलमा शनिबार भएको सो कार्यक्रममा नेपालदेखि आएका चर्चित कलाकारहरूले दर्शकलाई मनोरन्जन दिएका थिए।महासचिव रत्न शाहीले संचालन गरेको सो कार्यक्रममा चर्चित लोकगायक राजु ढकाल,सम्झना लामिछाने,जमुना राना,मनमाया वाइबा,वसन्त लम्साल,सपना गाहा,भूमिका गिरी,बाल गायीका मुना थापा र प्रेप बिबाश घर्तीले प्रस्तुति दिएका थिय।
औपचारिक कार्यक्रम संस्थाका सचिव रत्न शाही र सांगीतिक कार्यक्रम संस्थाका उपाध्यक्ष कल्पना श्रीपालले सञ्चालन गरेको कार्यक्रममा ३०० भन्दा बढी दर्शकको उपस्थिति रहेको कार्यक्रम संयोजक संस्थाका प्रथम उपाध्यक्ष मनसुधन थापा मगरले जानकारी दिएका थिए।

टिकटदर एड्भान्स लिनेलाई १० पाउन्ड र डोरमा लिनेका लागि १५ पाउन्ड रहेको थियो। ‘परदेशी भूमिबाट नेपाली कला संस्कृति लोक तथा दोहोरी गीतको संरक्षण, संवर्द्धन र उत्थानका लागि जुटौँ’ नारासहित सन् २०१४ मा शाखाको स्थापना भएको हो ।