७ जेष्ठ, २०८१
GnNNEWS-
लन्डन - बेलायतमा कार्यरत प्राज्ञिक तथा पेशाकर्मीहरुको संस्था, सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युके, को नवौं वार्षिक साधारणसभा आइतबार प्लमस्टीडमा सम्पन्न भएको छ।
सोसाइटीका अध्यक्ष इ बिष्णु न्यौपानेको अध्यक्षतामा सम्पन्न वार्षिक साधारणसभामा संघका महासचिव डा ओम प्रसाद गौतमले सन् २०२२-२४ मा संघले गरेका गतिविधिबारे जानकारी गराएका थिए भने कोषाध्यक्ष शम्भुनाथ अधिकारीले समाजको आयव्यय विवरण प्रस्तुत गरेका थिए। सामान्य छलफल पश्चात् साधारणसभाले दुवै प्रतिबेदनहरु पारित ग-यो।
अध्यक्ष न्यौपानेले आफ्नो कार्यकालमा सघाउने कार्यसमिति, संरक्षक परिषद, सल्लाहकार, सदस्यहरु सबैलाई हार्दिक धन्यवाद दिए।
त्यस पछि निर्वाचन समितिले निर्वाचनको कार्यक्रम शुरु गरेको थियो। जस अनुसार अध्यक्ष बाहेक सबै पदमा निर्विरोध निर्वाचन भएको थियो।
अध्यक्ष पदका लागि उपाध्यक्ष गजेन कटुवाल तथा महासचिव डा ओम प्रसाद गौतमले उम्मेद्वारी दिएका थिए। वार्षिक साधारणसभामा उपस्थित सदस्यहरुले मतदान गरे पछि घोषित नतिजा अनुसार गजेन कटुवाल झन्डै ६० प्रतिशत मत प्राप्त गरी अध्यक्ष पदमा निर्वाचित भएका छन्। निर्वाचन समितिका सदस्य अर्कराज तिमिल्सिनाले नवनिर्वाचित कार्य समितिलाई शपथ दिलाए भने निर्वाचन समितिका संयोजक इ श्याम थापाले नयाँ कार्य समितिलाई सफल कार्यकालको शुभकामना दिए।
नवनिर्वाचित अध्यक्ष गजेन कटुवालले नयाँ कार्य समितिले निवर्तमान कार्य समितिले शुरु गरेका दोहोरो नागरिकता सम्बन्धी प्राज्ञिक अध्ययन लगायतका कार्यलाई टुंगोमा पुराउने र संस्थालाई एकजुट बनाएर अगाडी लाग्ने प्रतिबद्धता व्यक्त गरे। उनले सोसाइटी अन्तर्गत गठित नेप्लिज युथ नेटवर्कलाई आफ्नो सम्पूर्ण साथ सहयोग रहने बताउंदै नयाँ कार्यसमितिलाई सहयोग गर्न सबैलाई अपिल पनि गरे।
सन् २००८ मा सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युकेको स्थापना गरिएको थियो। सन् २०२४-२६ का लागि निर्वाचित कार्यसमिति निम्न अनुसार छ:-
अध्यक्ष - गजेन कटुवाल
उपाध्यक्ष - डा रामजी पौडेल
महासचिव - डा बिदुर घिमिरे
सचिव - शम्भुनाथ अधिकारी
कोषाध्यक्ष - रन्जन बिष्ट
सदस्यहरु:
श्रीमती जमुना न्यौपाने कोइराला, श्रीमती लीला रेग्मी, पूर्ण रोक्का, राजु न्यौपाने, रामहरी हमाल तथा सुश्री शिक्षा बराल।