१४ जेष्ठ, २०८१
नारायण सिंह गुरुङ
निवर्तमान अध्यक्ष, घान्द्रुक समाज युके।
लण्न। घान्द्रुक समाज युकेको अधिवेशन सहितको सोह्रौ वार्षिक साधारण सभा हिजो २५ मे २०२४ शनिबारको दिन अल्डरशटको एम्पाएर हलमा सम्पन्न भएको छ। समाजको अध्यक्ष श्री नारायण सिंह गुरुङको सभापतित्वमा बसेको सभालाई महासचिव श्री राज कुमार गुरुङले सञ्चालन गरेका थिए। कार्यक्रम सोह्रौ वार्षिक साधारण सभा र सातौं कार्यसमिति चयनको लागि अधिवेशन गरी दुई चरणमा विभाजित गरी सञ्चालन गरेका थिए।
पहिलो चरणको वार्षिक साधारण सभामा मूल समिति र आमा समुहको पदाधिकारीहरु,पूर्व अध्यक्षहरु मेजर उदय बहादुर गुरुङ (MBE) क्या. इमान कुमार गुरुङ, इन्स्पेक्टर खेम बहादुर गुरुङ, क्या. पूर्ण बहादुर गुरुङ, अर्जुन गुरुङ आमा समुहको पूर्व अध्यक्ष श्रीमति शान्ति गुरुङ, अन्य सल्लाहकारहरुलाई विधिवत रूपमा आसन ग्रहण गराई शुभारम्भ गराएका थिए। कार्यक्रमको प्रारम्भमा यस वर्ष दिवङ्गत हुनु भएको गाउँले आफन्तहरूको नाममा सम्झना गर्दै १ मिनेट मौन धारण पनि गरेका थिए। संस्थापक अध्यक्ष श्री मेजर उदय बहादुर गुरुङ (MBE) र अध्यक्ष श्री नारायण सिंह गुरुङले दीप प्रज्वलन गरेर कार्यक्रमको श्री गणेशायनम गरे भने उपाध्यक्ष श्री देव बहादुर गुरुङले स्वागत तथा सेफ्टी सम्बन्धमा जानकारी गराएर सभा मुख्य विषय वस्तुमा प्रवेश गराएका थिए।
मुख्य विषय वस्तुमा प्रवेश गर्ने क्रममा महासचिव श्री राज कुमार गुरुङले वार्षिक प्रगति प्रतिवेदन पेश गर्नु भयो भने,देव सिंह गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरे। त्यस्तै गरि स्पोर्ट्स सेक्रेटरी याम गुरुङले गोर्खा कप र तमु भाषा समितिको हिसाब किताबहरु प्रस्तुत गर्नु भयो भने आमा समूहको कोषाध्यक्ष श्रीमति रजनी गुरुङले आमा समुहको कोष बारे प्रतिवेदन प्रस्तुत गरे र अन्तमा आमा समुहको अध्यक्ष श्रीमति हरिमाया गुरुङले आमा समुहको सचिवको प्रगति प्रतिवेदनको साथै आफ्नो तीन वर्षे कार्यकालको विस्तृत विवरण प्रस्तुत गर्नु भएको थियो।
त्यसपछि अध्यक्ष श्री नारायण सिंह गुरुङले Any Other Business विषयमा छलफल गरी निर्णय गर्नु पर्ने एजेण्डाहरुलाई फ्लोरमा राखेर आवश्यक निर्णयहरु गराए। त्यसपछि सभापतिको हैसियतले पहिलो चरणको कार्यक्रमलाई धन्यबादको साथमा समापन गरे। त्यसपछि ब्रेकको समयमा खाना लिएका थिए।
ब्रेकमा खानाको स्वाद लिदै दोस्रो चरणमा प्रवेश गरे। दोश्रो चरणको अधिवेशन कार्यक्रममा अध्यक्ष नारायण सिंह गुरुङ सहितको ५ जना पूर्व अध्यक्षहरु रहेको निर्वाचन कमिटीको सदस्यहरूलाई मात्र आसन ग्रहण गराई अधिवेशनको कार्यक्रम अगाडि बढाएका थिए। कार्यक्रम सञ्चालनको क्रममा नारायण सिंह गुरुङको नेतृत्वमा रहेको छैटौं कार्यसमितिका पदाधिकारीहरुलाई संस्थापक अध्यक्ष र अरू पूर्व अध्यक्षहरु ले प्रमाण पत्र, खादा, फूल, चिनोको रुपमा समाजको लोगों भएको भांग्रा, पछ्यौरी ओढाएर विदाई गरे।
त्यसपछि अधिवेशन कार्यक्रममा समय अभावको कारण आमा समुह र मूल समितिको पहिले नै चयन गरि सकेको नयाँ पदाधिकारीहरुको नाम सार्वजनिक गरेका थिए। र देव बहादुर गुरुङको नेतृत्वमा चयन भएका नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई पूर्व अध्यक्षहरु रहेको निर्वाचन कमिटीका सदस्यहरूले खादा, फूल र अविरको साथमा बधाई तथा स्वागत गरेका थिए। र पुरानो अध्यक्ष दम्पती र नयाँ अध्यक्ष दम्पतीको बीचमा मायाको चिनोहरु साटासाट गरेका थिए।
नयाँ र पुराना भएका पदाधिकारीहरुलाई विदाई र स्वागत गरेपछि समय अभावका कारण सबै पूर्व अध्यक्षहरुको प्रतिनिधित्व गर्दै संस्थापक अध्यक्ष श्री मेजर उदय गुरुङले धन्यबाद तथा स्वागतको साथमा छोटो मन्तब्य राखे।
त्यसपछि नव निर्वाचित अध्यक्ष श्री देव बहादुर गुरुङले आफ्नो प्रतिवद्धता सहितको मन्तब्य राखे र अन्तमा ३ वर्षे कार्यकाल समाप्त भई निवर्तमान हुन पुगेका अध्यक्ष तथा सभाध्यक्ष श्री नारायण सिंह गुरुङले आफ्नो ३ वर्षे कार्यकालमा भए गरेका सकारात्मक र नकारात्मक पक्षहरुलाई केलाउँदै अनुभवहरुलाई प्रस्तुत गरे र अन्तमा आफ्नो नेतृत्वको छैटौं कार्यसमितिलाई साथ सपोर्ट गरी समाजलाई यो उचाइ सम्म ल्याउन सफल बनाएकोमा आभार व्यक्त गर्दै धन्यबाद दिए र आउने नयाँ कमिटीलाई पनि यसरी नै साथ सपोर्ट गर्न विनम्रतापूर्वक आग्रह गर्दै बाक्लो रूपमा उपस्थिति रहेको यो भव्य र सभ्य कार्यक्रम बेलुका ५:३० तिर समापन भएको घोषणा गरेका थिए।
धन्यबाद।