Thursday March 20, 2025

बेलायत हुन लागेको ७ औ पीपल नेपालकप क्रिकेटमा नौ टीम भिड्दै

२४ जेष्ठ, २०८१ शीतलपाटीन्युज डटकम। 1635


बेलायत हुन लागेको ७ औ पीपल नेपालकप क्रिकेटमा नौ टीम भिड्दै

शीतलपाटीन्युज डटकम।
लन्डन- पोखरेली मंच युकेद्वारा बेलायतको नेपाली समुदायमा वर्षेनी आयोजना हुंदै आएको “पीपल नेपालकप टी-२० क्रिकेट” को सातौं संस्करण यहि जुन महिनाको अन्तिम हप्ताबाट शुरु हुने भएको छ। जुन ३० तारिख तथा जुलाई ३ र ७ तारिख गरी तीन दिन प्रतियोगिता सञ्चालन गरिने आयोजक पोखरेली मञ्च यूकेका अध्यक्ष करम गुरुड्गले शीतलपाटीन्युज डटकमलाई जानकारी दिनु भयको छ।

यस पुर्व पनि खेल भएको रेडिङको सोनिङ लेनस्थित रेडिङ क्रिकेट क्लब एण्ड हक्की क्लबको मैदानमा प्रतियोगिता सञ्चालन हुने अध्यक्ष गुरुड्गले बताउनु भयको छ। यसपटकको यो ७औ प्रतियोगितामा बेलायतका विभिन्न क्षेत्रबाट ९ टोलीको सहभागिता रहने छ। नेपालकपको सातौं संस्करणमा भाग लिने टोलीहरुमा हिमालयन क्रिकेट क्लब,क्वीन गोर्खा सिग्नल क्रिकेट क्लब,नेप्लिज वारियर क्रिकेट क्लब,माया क्रिकेट क्लब,रमाइलो क्रिकेट क्लब,नवयुवा क्रिकेट क्लब,गोर्खा क्रिकेट क्लब केन्ट,गोर्खा टाइगर्स स्पोर्टस् क्लब र खुकुरी क्रिकेट क्लब छन। बेलायत बसोबास गरेका खेलाडीहरुमा रेडिङ,अल्डरसट,लन्डन,केन्ट र मिडल्याण्डसम्मका टीम समावेश रहेका छन्।

यो पीपल नेपाल टी-२० क्रिकेट प्रतियोगिताका प्रथम हुने विजेता टीमलाई १५ सय पाउण्ड नगद र ट्रफीसहितको पुरस्कार दिइनेछ भने दोस्रो स्थानमा आउने टीमलाई ८ सय पाउण्ड नगद पुरस्कार प्राप्त गर्नेछ। त्यस्तै,प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई म्यान अफ द म्याच सिरिजका रुपमा २ सय पाउण्ड नगद र ट्रफी प्रदान गरिनेछ। सर्वाधिक रन तथा सर्वाधिक विकेट हासिल गर्ने दुवै खेलाडीलाई पनि १ सय ५० पाउण्ड नगद र ट्रफीसहित पुरस्कृत गरिने कार्यक्रम छ।

नेपालकप क्रिकेटका खेलहरु सञ्चालन गर्न आइसीसीबाटै मान्यताप्राप्त रेफ्रीहरु ल्याइने,हरेक खेल पूरै २० ओभर खेलाइनेछ भने टीममा खेलाडी संख्या पनि ११ नै रहनेछ। पोखरेली मञ्च यूकेको आयोजना रहने सातौं पीपल नेपालकप क्रिकेटमा ग्रेटर रेडिङ नेपाली कम्युनिटीको पनि सहयोग रहनेछ। प्रतियोगिताको मुख्य स्पोन्सर टाइटल पीपल मोर्गेजे रहने छ।

सातौं पीपल नेपालकप क्रिकेटको इभेन्टमा संयोजक पोखरेली मञ्चका उपाध्यक्ष पवित्र गुरुङ रहेका छन् भने क्रिकेट संयोजक मञ्चका स्पोर्टस कोअर्डिनेटर प्रकाश गुरुङ छन।

आयोजक पोखरेली मञ्च युकेका अध्यक्ष करम गुरुङले बेलायतमा रहेका नेपाली क्रिकेटरहरुलाई अन्तराष्ट्रिय खेलमा प्रोत्साहन,सामाजीक भाईचाराको बिकास गर्नु, अनुसासनमा बृध्दी गर्नु नै पीपल नेपालकप टी-२० को प्रमुख उद्धेश्य रहेको बताउनु भयको छ।

अध्यक्ष गुरुङले बेलायतस्थित सबै खेलप्रेमी नेपालीलाई नेपालकपको निम्तो दिंदै खेल हेर्न उपस्थित भएर खेलाडीको हौसला बढाइदिन अपील गर्दै पीपल नेपालकप क्रिकेटमी टी-२० दर्शकलाई प्रवेश निशुल्क रहेको बताएका छन। 

दर्शकहरुलाई किनेर खान खेलस्थलमा नेपाली खानाको स्टल समेत उपलब्ध रहनुका साथै मनोरञ्जनका लागि विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुति र आकर्षक पुरस्कार सहित राफल ड्र पनि गराइनेछ समाचार छ।

पोखरेली मञ्च यूकेले सन् २०१६ देखि शुरु गरेको पीपल नेपालकप टी ट्वान्टी क्रिकेट बेलायतमा लोकप्रिय छ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?