Wednesday June 18, 2025

सगरमाथा आरोही

२५ जेष्ठ, २०८१ शीतलपाटीन्युज डटकम। 1341


सगरमाथा आरोही अबिरल राईलाई किरात राई यायोक्खा बेलायतको धन्यवाद तथा बधाई सम्मान

शीतलपाटीन्युज डटकम।
लण्डन।सगरमाथाको काख सोलुखुम्बु जिल्लामा जन्मनु भएका आरोही अबिरल राईले गत मिति २२ मे २०२४ को दिन विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण सफलतापूर्वक सम्पन्न गर्नु भएकोमा किरात राई यायोक्खा बेलायतले आरोही राईलाई विशेष धन्यबाद प्रदान गरेको छ। आफ्नो जीवनको बाजी थापेर आरोही अबिरल राईले गर्नु भएको साहसिक कार्य अनि सफल आरोहणले समग्र किरात राई जातिको शिर उच्च पारेको धन्यबाद पत्रमा उन्लेख छ। 

किरात राई बहुभाषिक र बहुथरी समुदाय बोधक संज्ञा भएको, किरात राई एक जाति तर बहुभाषी बहुथरी हुनु किरात राई जातिको विशिष्टता हो। यसै विशिष्टतालाई प्रतिविम्बित गर्न किराया बेलायतले परिकल्पना गरेको किराया बेलायतको लोगो अंकित झण्डा सफल आरोही अबिरल राईले विश्वको शिर सगरमाथाको चुचुरोमा फहराउनु समेत सफल हुनु भएकोमा किराया बेलायत अनि समस्त बेलायतबासी किरात राई तथा गैर किरात राईहरुको तर्फबाट वहाँलाई विशेष धन्यबाद ब्यक्त गर्दै बधाई ज्ञापन गरिएको छ। पेशाले पर्वतीय मार्गदर्शक समेत रहनु भएका आरोही अबिरल राईको सगरमाथा आरोहण यो दोश्रो पटक हो भने वहाँले यस अघि सन २०२२ मा सगरमाथाको पहिलो सफल आरोहण गर्नु भएको थियो। साथै उहाँले नेपाल लगायत विश्वका अन्य थुप्रै चुचुराहरुको सफल आरोहण गरिसक्नु भएको छ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?