Sunday October 06, 2024

बेलायतको अल्डरसटमा मनाइयो भब्य भिक्टोरिया डे,नौमती बाजा सहित शहर परिक्रमा

२७ जेष्ठ, २०८१ शीतलपाटीन्युज डटकम। 1386


बेलायतको अल्डरसटमा मनाइयो भब्य भिक्टोरिया डे,नौमती बाजा सहित शहर परिक्रमा

शीतलपाटीन्युज डटकम।
लन्डन। हरेक बर्ष बेलायतकी महारानी भिक्टोरियाको सम्झनामा मनाइने ‘भिक्टोरिया डे’ भब्य मनाइएको छ। ८ जुनमा रसमुर बोरो काउन्सिल फानबोरोले अलडरसटमा भब्य मनाएको हो। कार्यक्रममा अल्डरसट कार्निभल परेड, सांस्कृतिक कार्यक्रम,प्रभातफेरी,बाजागाजा लगायतका कार्यक्रम प्रस्तुथ गरी 'भिक्टोरिया डे' मनाइएको थियो। सो क्रममा नौमती बाजासहित अल्डरसट शहर परिक्रमा गरिएको थियो। कार्यक्रममा ग्रेटर रसमोर नेपाली कम्युनिटी युके लगायत विभिन्न १३ भन्दा बढी संघसंस्थाले भाग लिएका थिए।

रसमोर बरो काउन्सीलले आयोजना गरेको सो कार्यक्रमका लागि ग्रेटर रसमोर नेपाली कम्युनिटी युकेले समेत सहकार्य गरेको थियो। बेलायतमा सक्रिय विभिन्न नेपाली संघसंस्था र नेपाली दाजुभाइ दिदीबहिनीले ग्रेटर रसमोल नेपाली कम्युनिटी युकेको नेतृत्वमा भाग लिएका छन्।

परेडमा बुद्धिस्ट कम्युनिटी सेन्टर (बिसीसी) युके,शिव कल्चर एन्ड कम्युनिटी सेन्टर,साई सेन्टर फार्नबोरो,लमजुङ समाज युके, तमु धीं युके, किरात राई यायोक्खा रसमोर शाखा,मगर संघ युके यूएचएसबी शाखा, किरात याक्थुङ चुम्लुङ रसमोर शाखा,गोर्खा आमा समूह एम्पायर,गोर्खा आमा समूह अल्डरसट, म खेल्छु,नवयुवा, रनिङ क्लब लगायत व्यक्ति,समाजसेवी,संघसंस्था, उद्यमी र व्यापारी लगायतको भब्य सहभागीता रहेको थियो।


परेडमा सहभागीहरूले आ-आफ्नो नेपाली मौलिक भेषभूषा,तुल र व्यानरका साथ नगर परिक्रमामा भाग लिएका थिए। प्रत्येक वर्ष फरक-फरक तरिकामा हुने "भिक्टोरिया डे" यस वर्ष एनिमल थिममा भएको थियो। कार्यक्रममको समापन गर्दै ग्रेटर रसमुर नेप्लिज कक्युनिटी युकेका अध्यक्ष मान गुरुङले सहभागी संघसंस्था र स्वयम सेवकहरुलाई प्रसंसापत्र प्रदान गरेका थिए।

कार्यक्रम संयोजक जीआरएनसी युकेका उपाध्यक्ष उत्तरबहादुर गुरूङ संयोजक,सहसंयोजकमा उपाध्यछ सुष्मा गुरूङ, बेलायतमा कार्यरत नेपाली पत्रकारहरु, स्थानिय बेलायती पत्रकारहरु उपस्थित रहेको सो कार्यक्रम भब्य रहेको थियो।

अल्डरसटमा प्रत्येक वर्ष जुनमा भिक्टोरिया डे मनाइने गरिन्छ । महारानी भिक्टोरियाले बेलायतमा ६३ वर्ष २१६ दिनसम्म लगातार शासन गरेकी थिइन्।

उनको शासनकालमा बेलायतको उद्योगधन्दा,रेलमार्ग,बाटो,पुल, विज्ञानलगायत क्षेत्रमा तीव्र रूपमा विकास भएको कारण रानीको शंझनामा यो भिक्टोरिया डे मनाउने गरिएको हो। बाजागाजा समेतको यो भब्य नगर परिक्रमा हेर्दै आफ्नो घर अगाडी बसेर स्वागर गरेका थिए।

 



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?