३० जेष्ठ, २०८१
शीतलपाटीन्युज डटकम।
लन्डन। नेपालको पश्चिम तनहुबाट बेलायत बसोबास गरेका नेपालीहरको संस्था तनहुँ समाज युकेको ग्रीष्मकालीन वार्षिक भेटघाट तथा समर बीबीक्यू २२ जुन २०२४ शनिबार हुने भएको छ।
लण्डन फार्नबोरोस्थित सामुयल कोडी स्पोर्ट्स कलेजमा हुने सो भेटघाटमा पश्चिम नेपालको सांगीतिक प्रस्तुति रहने बताईएको छ।
कार्यक्रममा नेपालबाट आएका कलाकारहरू राजु ढकाल, सम्झना लामिछाने र सविता परियारले गाउने छन् भने अस्मिता रानाले नृत्य प्रस्तुत गर्ने आयोजकले जानकारी दिनु भएको छ साथै बेलायतमै रहेका तनहुँका चर्चित कलाकारहरू मनसुधन थापा, पवन रानाले पनि कार्यक्रमलाई मनोरन्जनात्मक बनाउने शीतलपाटीन्युजलाई समाचार प्राप्त भयको छ। बेलायतका स्थानीय कलाकारहरू सविता राना,रोनिशा आलेले पनि कार्यक्रममा प्रस्तुति दिने बताइएको छ। तनहुँ समाज युकेले हरेक वर्षको समरमा बेलायतमा रहेका तनहुँबासीहरु बीच वार्षिक भेला आयोजना गरी सामाजीक भेटघाट र मनोरन्जन लिदै आएको छ।
यसवर्षको भेला १७औँ भेला भयको र यसलाई भब्य बनाउन समीजले बिभिन्न कार्यक्रमके ब्यवस्था गर्दै रहेको अध्यक्ष केशरबहादुर रानाले बताउनु भयको छ।अध्यक्ष रानाले कार्यक्रममा उपस्थित भई पूर्ण रुपले मनोरञ्जन लिनुको साथै आफ्नो मातृजिल्लाको कार्यक्रमलाई भव्य र गरिमामय बनाइदिन यूकेका विभिन्न ठाउँमा बसोबास गर्ने सम्पूर्ण तनहुँङे आमा बुवा,दाजुभाइ, दिदीबहिनी तथा छोराछोरी भान्जाभान्जीहरुलाई अनुरोध गर्नु भएको छ।
आकर्षक पुरस्कारसहित राफल ड्र कार्यक्रम राखीएको र प्रथम पुरस्कार आधातोला सुन रहेको र अन्य ड्र हुने तथा थुप्रै आकर्षित पुरस्कारहरु रहेको आयोजकले जनाउनु भयको छ। यस्तै बेलुकासम्म बीबीक्युका साथै बफेट डिनर हुने आयोजकको भनाइ छ।
कार्यक्रममा प्रवेशको टिकट दर वयस्क २५ पाउन्ड,ज्येष्ठ नागरिक २२ पाउन्ड,केटाकेटी ६-१२ वर्षकालाई १५ पाउन्ड र पाँच वर्ष मुनिकालाई नि:शुल्क व्यवस्था मिलाइएको अध्यक्ष रानाले बताउनु भयको छ।
कार्यक्रमको ठेगाना-