Tuesday July 23, 2024

मगर संघ युकेको निमन्त्रणामा "नेपालीओपन कन्सर्ट" का लागि बेलायत आए चर्चित गायक राजु लामा

३० जेष्ठ, २०८१ शीतलपाटीन्युज डटकम। 1208


मगर संघ युकेको निमन्त्रणामा "नेपालीओपन कन्सर्ट" का लागि बेलायत आए चर्चित गायक राजु लामा

शीतलपाटीन्युज डटकम।
लन्डन ।मगर एसोसीयसन युकेको निमन्त्रणामा बेलायतवासी नेपाली समुदायमा लोकप्रिय 'नेपाली ओपन कन्सर्ट'मा प्रस्तुति दिन मंगोलियन हर्टका चर्चित गायक राजु लामा लन्डन आइपुगेका छन् ।

मगर संघ युकेको आयोजनामा यही जुन १५ तारिखमा मेडस्टोनस्थित केन्ट इभेन्ट सेन्टरमा हुने नेपाली ओपन कन्सर्टका लागि गायक लामा मंगलबार हिर्थो एयरपोर्टको टर्मिनल ३ आइपुगेका हुन् । उनलाई मगर संघ युकेकी अध्यक्ष सीता पुर्जा पुन मगर,कार्यक्रम संयोजक होम रोका, सचिव गुमान पुनमगर,युथ अध्यक्ष अनिल थापा,उपाध्यक्ष दिपक माइथाने मगर, सांस्कृतिक सचिव सरू राना गुरूङ लगायतले स्वागत गरेका थिए।

गायक लामालाई आजै बेलुकी ५ बजे फानबोरोस्थित मगर भवनमा मगर संघ युकेलस स्वागत गर्ने जनाइएको छ ।

मगर संघ यूकेले सबै जातजाती, भाषाभाषीको पुलको रुपमा कार्य गर्दै 'म्युजिक फर युनिटी' नाराका साथ नेपाली कला र गला, नेपाली भाषा र संस्कृतिको लागि काम गरेको छ ।

(साभार-गोर्खा मिडीया)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?