Tuesday July 23, 2024

गोरखाली समाज युकेको वार्षिक भेटघाट कार्यक्रम तय, बिबीक्वु समेत भब्य हुने

३० जेष्ठ, २०८१ शीतलपाटीन्युज डटकम। 1101


गोरखाली समाज युकेको वार्षिक भेटघाट कार्यक्रम तय, बिबीक्वु समेत भब्य हुने

शीतलपाटीन्युज डटकम।
लण्डन।गोरखाली समाज युकेको अध्यक्ष हेम गुरुड्गको अध्यक्षतामा गोरखाली समाज युकेको वार्षिक भेटघाट कार्यक्रम तय भयको र बिबीक्वु तथा भब्य सास्कृतिक कार्यक्रमका साथ भब्य हुने छ।सो कुरा समाजका अध्यक्ष हेम गुरुड्गले आफ्नो फेसबुकवालमा “गोरखाली समाज  युकेका आदरणीय संस्थापक अध्यक्ष तथा पुर्ब अध्यक्षज्युहरु,ट्रस्टिजज्युहरू, सल्लाहकारज्युहरु,कार्यसमितिका पदाधिकारीज्युहरू तथा सम्पूर्ण बुवाआमा,दाजुभाइ तथा दिदीबहिनीहरूमा नमस्कार” भन्दै निमन्त्रणा गर्नु भएको छ।


उहाले निम्न मिति,समय र स्थानमा नेपालीहरुको मनमूटूमा बस्न सफल नेपाली राष्ट्रीय लोकदोहोरी कलाकारहरू गायक रबीन लामीछाने,गायिका रेजिना परियार,नायिका तथा डान्सर लक्ष्मी गुरुङको बिशेष प्रस्तुतिका साथ बिबिक्यु २०२४ तथा वार्षिक भेटघाट कार्यक्रम हुन गइरहेको यहाँहरु सबैलाई जानकारी गराउदै कृपया यस ऐतिहासिक कार्यक्रममा उपस्थित भईदिनु हुन संस्थाको सम्पुर्ण पदाधिकारीज्युहरु लगायत् सम्पूर्ण नेपालीहरुमा हार्दिक अनुरोध गर्दछु भन्नु भएको छ।

कार्यक्रम-

मिति : - २० जुलाई २०२४, शनिवार 
समय : -12:00 - 20:00
स्थान : - Samuel Cody School, Farnborogh, GU14 8SN 
Entry fee :-
Adult  : £25
Under : 6-12 years: £10
Under : 5 Free 

साथै कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्नका लागी यहाँहरुको उपस्थिति सँगसँगै संस्थालाई आर्थिक लगायत बिभिन्न सहयोग गरी कार्यक्रम सफल पार्न अध्यक्ष हेम कुमार गुरुड्ग र महासचीव गौतम गुरुड्गलाई सहयोग गरीदिनु हुन पनि कार्यसमिती परिवारलाई विशेष अनुरोध गरीएको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?