१ असार, २०८१
सुरज श्रेष्ठ,
राजनीति हो,यो ब्रुटल हुन्छ र प्रतिस्पर्धीलाई सखाप नै पार्नेगरी यो खेल खेलिन्छ! राजनीति सत्ता र शक्ति प्राप्तीकै लागि गरिने खेल पनि हो! तर,डेमक्रटिक सिस्टममा यो खेलको पनि केहि नियम,भ्याल्यु र सीमाहरु हुन्छन् जुन यस्का खेलाडीहरुले अबलम्बन गर्न जरुरी छ।
सहकारी छानबिन समिति बनिसकेछ अहिले तर लामिछाने हुन् व़ा अरु संसदमा बहुमत हुदैमा र सत्ता शक्तिमा बस्दैमा एक राजनीतिक पदमा बसेको ब्यक्तिले कुनै जनसरोकारको बिषयमा प्रश्न उठेपछि आफूमाथि छानबिन हुनै हुदैन भन्नु आफूलाई कानुन माथि भएको आभास दिलाउने एक अउथरिटरिअन अभ्यास मात्र हो र संसद अबरोध गर्ने अभ्यास पनि राम्रो डेमक्रटिक अभ्यास होईन।
नेपालको राजनीतिका अधिकांश पुराना खेलाडीहरु झै देखिदैछन् लामिछाने पनि। उनले सहकारी ईस्यूमा जुन अडान लिईरहेको र आफूमाथि छानबिन नगराउन सत्ताशक्तिको बलमा जे जस्ता झोलझाल तर्कहरु दिईरहेको देखें, यसले उनकै ब्यक्तिगत र राजनीतिक उचाईलाई गिराएको छ भन्ने लाग्छ मलाई!
उदाहरणको लागि, अघिल्लो निर्वाचनमा बेलायतमा बस्ने धेरै नेपालीहरुले लामिछाने र उनको पार्टीलाई भरपुर सहयोग गरेको पाएको थिएँ मैले! धेरैले नेपालमा बस्ने आफ्नो परिव़ार, आफन्त र साथीभाईलाई उनको पार्टीमा मतदान गर्न आब्हान गरेका थिए! तर लामिछानेको यस्ता गतिबिधिबाट उनी र उनको पार्टीलाई समर्थन गर्ने धेरै बेलायतबासी नेपालीहरु उनी र उनको पार्टीबाट बिच्किएको पाएको छुँ अहिले! सम्भबतःधेरै बेलायतबासी नेपालीहरुले अर्को निर्व़चनमा उनी र उनको रा स्व़ पा पार्टीलाई त्यसरी सहयोग गर्ने छैनन्!
नेपाल भित्रै पनि, सामाजिक सन्जालहरुमा देखिएका उनका केहि समर्थकहरु बाहेक, नेपालमा डेमक्रसी, कानुनी राज्य र सिस्टम बसेको देख्न चाहने सचेत नेपालीहरुले लामिछानेको यस्ता हर्कतहरु मन नपराएको पाएको छु मैले! भरखरै भएको ईलामको चुनावी परिणामले पनि यो कुरा ईन्गित गरिरहेछ!
मान्छेको जात हो, पदको लोभ सबैलाई हुन्छ तर दीर्घकालिन भलाईको लागि राजनीतिमा अल्पकालिन स्याक्रिफाईस गर्न पनि तयार हुनुपर्छ राजनीतिक पार्टीका नेताहरुले! राजनीतिमा कहिलेकाहि दुई कदम अघि बढ्न एक कदम पछि हट्नु पनि बुद्दिमता हुन्छ!
लामिछाने र रा स्व़ पालाई जनताले सरकारमा जाने म्यान्डेट दिएकै होईन! अघिल्लो चोटी सरकारमा गएर उनीहरुले गल्ती गरे! फेरि सरकारमा गएर दोस्रो गल्ति गरे! त्यसमाथि, लामिछानेको सांसद पद गुम्दा रा स्व़ पा पुरै पार्टी नै सरकारबाट बाहिरुनु तथा दोस्रो चोटी कन्फ्लिक्ट अफ ईन्टरेस्ट हुदा हुदै पनि लामिछाने आफू नै गृहमंन्त्री बन्नुले पनि रा स्व़ पा एक ब्यक्तिबादी र खासगरी लामिछाने केन्द्रित पार्टी हो भन्ने स्पस्ट भएको छ! ॓हाम्रा पार्टी सभापति सहकारी ईस्युमा दोषी ठहरिए भने हामी रा स्व़ पाका सबै सांसदले राजनीति छाडिदिन्छौ ॔ भन्ने रा स्व़ पाका एक सांसदको अभिब्यक्तिले त यो बुझाएको छ कि लामिछाने रा स्व़ पा पार्टी भन्दा माथि छन् र यस् पार्टीका सांसदहरु लामिछानेका रैति हुन्। एउटा नयाँ राजनैतिक पार्टीको यो अबश्था हुनुले नेपालको डेमक्रसीलाई पक्कै सघाउदैन!
वेलायतको कुरा गर्दा भने,कोभिड केसमा बेलायतका बर्तमान प्रधानमंत्री रिशी सुनक माथि नै छानबिन भै पेनल्टी पाएको देखिईएको छ। सुनकले छानबिनलाई कुनै ईस्यू बनाएनन्। पब्लिकमा प्रश्न उठेपपछि पदिय जिम्मेव़ारी बोकेका ब्यक्तिहरु पब्लिकप्रति जिम्मेव़ार हुनैपर्छ र छानबिनको घेरामा आउनै पर्छ, यो एक डेमक्रटिक अभ्यास र पब्लिक प्रतिको अकान्टबलटी पनि हो भन्ने बुझ्नुपर्छ।
बेलायतको संसदमा अहिले एक पब्लिक ईनक्व़ेरी पनि भएको छ,जुन केहि हदसमम्म लामिछानेको सहकारी ईस्यूसँग मिल्दोजुल्दो छ। रायल मेअल नामको एक पोस्ट अफिस कम्पनिमा कार्यरत पैसा ह्यान्डलिङ्ग गर्ने धेरै सामान्य कर्मचारीहरुले यो कम्पनिको पैसा हिनामिना गरेको देखियो। उनीहरु कानुनी कारबाहिमा परे, धेरै जेल पनि परे! तर लामो समयपछि यो थाह भयो कि खासगरी ती कर्मचारीहरु निर्दोष रहेछन्। त्यो त यो कम्पनिले प्रयोग गरेको सफ्टव़ेअको फल्ट रहेछ। यस ईन्क्व़ेरीमा यस कम्पनिका पूर्व सि ई ओ पनि छानबिनको घेरामा तानिए जुन घटना धेरै बर्ष अघि यि सि ईओको कार्यकालमा भएको थियो। मैले यो कम्पनि छोडिसकें भनेर ती सि ई ओले उन्मुक्ति पाएनन्। आफू एक एक्जेक्युटिभ भएर काम गरेको बेलामा भएको ईस्यूमा लामिछाने पनि जव़ाफदेहि हुनैपर्छ, मैले त्यो कम्पनि छाडिसकें व़ा मेरो केहि गल्ति छैन भनेर शक्तिको आडमा भाग्न पाउदैनन्।
लामो समय डेमक्रटिक अभ्यास गरेको बेलायत जस्तै भरखरै डेमक्रटिक अभ्यास गरिरहेको नेपाल हुनुपर्छ भन्ने मेरो आसय होईन यहाँ! तर नेपालले व़ेस्टमिन्स्टर मोडलकै डेमक्रटिक सिस्टम फलो गरिरहेको हुँदा बेलायतका यस्ता अभ्यासबाट केहि सिक्न सक्छन् लामिछाने र उनका पार्टीले पनि! खासगरी नेपालमा डेमक्रसी,कानुनी राज्य र सिस्टम प्रबर्धन गर्न यसले सहयोग नै पुर्याउछ भन्ने लाग्छ मलाई।
अनि,यस्तै ईस्यूहरुमा लामिछानेले प्रतिपक्षमा बस्दा सत्तापक्षलाई गरेको प्रश्न आफू सत्तापक्षमा बस्दा आफूमाथि चाहि लागू नहुने भन्ने हुदैन! थिति र अबश्था बदल्छु भनेर राजनीतिमा आएका उनीजस्ता नयाँ ब्यक्ति र पार्टीले नै खाली पदप्राप्ति व़ा पदमा बसिरहन पुरानाहरुलाई नै माथ गर्ने गरि दोहोरो चरित्र निभाउने हो भने त यसले नेपालको राजनीतिप्रति जनताहरुमा र खासगरी यूव़ाहरुमा झनै बितृष्णा बढाउने निश्चित छ!
फेरि, उनी र उनका पार्टीका सांसदहरुले पुरानाहरुले गरेको गलत कार्यको हव़ाला दिदै यस सहकारी ईस्यूमा पुरानाहरुलाई यो पनि भनिरहेको पाएँ -- तिमीहरुले गर्न हुने,हामीले चाहि गर्न किन नहुने?॔ खाली पदप्राप्तिकै लागि मात्र लामिछाने र उनका सांसदहरुले राजनीति गरेको भए त भन्नु केहि छैन तर नेपालको राजनीतिमा भईरहेको फोहर सफा गर्न उनीहरु आएका हुन भने चाहि उनीहरुले यो बुझ्नुपर्छ कि दुई व़टा गलतले एउटा सहि कदापि बनाउन सक्दैन।
अझ,एक रा स्व़ पा सांसदले संसदमा यो पनि भनेको सुनें कि पुरानाले गरेनन् र हामी गर्छौं भनेर राजनीतिमा आएका होईनौ!यस्ले यहि संकेत गरेको पाएँ कि उनीहरु नयाँ हुन् तर पुराना भन्दा फरक होईनन्।
त्यस्तैगरी,लामिछाने र रा स्व़ पा यदि दीर्घकालिन रुपमा नै नेपालको राजनीतिमा आएका हुन् भने चाहि उनीहरुले, एकातिर,आफ्नो सोंच र गतिबिधिहरु मार्फत आफूलाई पुराना भन्दा फरक देखाउनै पर्छ। उनीहरु आफ्नो राजनैतिक दर्शन,संस्कार,भिजन,पलिसी र यस्को कार्याव़न्ययन गर्ने तरीकामा स्पस्ट बन्नै पर्छ। अर्कोतिर, लामिछाने र रा स्व़ पा का सांसदहरुको एक्सनहरुमा पुरानाहरु भन्दा फरक — सहि नियत — देखिनै पर्छ।
लामिछाने र रा स्व़ पाले तान्ने भनेका मुख्यतः पुराना ठूला पार्टीका भोटर्स नै हुन्; पुराना ठूला पार्टीका बफादार भोटर्स यति अबुझ पनि छैनन् कि खाली नयाँ भएर गफ दिएकै र स्टन्ट गरेकै भरमा लामिछाने र रा स्व़ पा प्रति आकर्षण हुने। व़ेटअःको गफमा लठ्ठिएर ‘मोमो’ छोडेर पिज्जा खान पुगेका नेपालीहरुले ‘पिज्जा’ बासी पाएपछि फेरि मोमोतिरै फर्किएभने यसलाई पनि अस्व़भाबिक मान्न नसकिएला! यस अर्थमा,यो सहकारी ईस्यू,लामिछाने र रा स्व़ पाको एक परिक्षण पनि हो।
साथै, हुनतः अहिले पपुलिज्मको ट्रेण्ड छ संसारभरि नै तरपनि लामिछाने र रा स्व़ पाले यो पनि बुझ्नुपर्छ कि पपुलिज्मले मात्र एक दुई चोटी जनता झुक्याउन सकिएला,सधै होईन।
अझ मुख्यकुरा, लामिछानेमा राजनैतिक मचुरटी र राम्रो सुझबुझको एकदमै अभाब देख्छु मँ! पदको लोभले हो व़ा भिडको दम्भले,राजनैतिक अनुभवको अभावले हो वा़ अज्ञानताले,सहकारी ईस्यूमा झै उनले एकपछि अर्को राजनैतिक गल्ती गर्दै गईरहेछन्। यदि यहि क्रम रहिरह्यो व़ा बढ्दै गयोभने र लामिछाने र रा स्व़ पा सच्चिएनन् भने, लामिछाने र रा स्व़ पा पनि एक कमल थापा ॔ व़ा नानी मैयाँ दहाल फेनोमेना मात्र हुनेछन् — जसरी द्रुतः गतिमा उदाए,त्यहि गतिमा अस्ताउने पनि छन् नेपालको राजनीतिमा — भन्ने ठान्छु मँ!
(पढ्नुभएकोमा यहाहरु सबैलाई धन्यबाद दिन चाहन्छुँ!😊🌱🙏🌱)