४ असार, २०८१
शीतलपाटीन्युज डटकम।
लन्डन । चितवनका असहाय बालबालिकाको सहयोगार्थ कोष अभिवृद्धि गर्न र सहयोग गर्न बेलायतको एउटा च्यारिटी संस्था चितवन एड ट्रष्ट यूकेले लन्डनमा फायर वाक (Fire Walk) गर्ने भएको छ। आउंदो २८ जुलाई २०२४ साँझ उक्त पृथक किसीमको च्यारिटी डिनर हुन लागेको हो।सो कुरा नर्थ ह्यारोस्थित सारस रेस्टुरेन्टमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले सो कार्यक्रमको घोषणा गरेका हुन। सो Fire Walk का अवसरमा सांस्कृतिक कार्यक्रम र चितवनबाट बेलायत आएर समाजमा विशेष योगदान गर्ने ५ जना व्यक्तित्वलाई सम्मान पनि गरिने प्रेषमीटमा बताईएको थियो।
सो प्रेसमीटमा ५०० जना अट्ने ब्लु रुम स्पोर्टस् भेन्यू ह्यारोमा सो कार्यक्रमका लागि प्रवेश शुल्क ३५ पाउण्ड तोकिएको छ,जसमा डिनर पनि उपलब्ध हुनेछ। अण्डर ५ का लागि प्रवेश निशुल्क छ ।
कार्यक्रम संयोजक कृष्ण गुरुङले आगोमा हिंड्नु मानिसका लागि लाभदायक भएको बताउंदै कार्यक्रममा सहभागी हुन अपिल गर्नु भयको थियो। संयोजक गुरुङले डायष्पोरामा Fire Walk अवसर प्रदान गर्न फायर वाक यूके कम्पनीको सहकार्यमा यस्तो इभेन्ट गर्न लागिएको बताउनु भयको छ। फायर वाक इन्सट्रक्टर तालिम र अनुभव लिएका गुरुङले आगोमा हिंड्दा सेल्फ इम्पावरमेन्ट, पोजिटिभिटी,निर्णय गर्न सक्ने आत्मविश्वास बढ्ने बताउनु भयको छ।आउट डोरमा हुने उक्त फायर वाकका लागि ‘हेल्थ एण्ड सेफ्टी’ मापदण्ड पुरा र इन्सुरेन्स समेत गरिने बताउनु भयको छ।
चितवन एड ट्रष्ट युकेका अध्यक्ष कृष्ण तिवारीको अध्यक्षतामा भयको सो प्रेषमीट कार्यक्रममा सहभागी भइदिन सबैमा अपिल गर्दै अध्यक्ष तिवारीले नेपालका राष्ट्रियस्तरका कलाकारको समेत प्रस्तुति रहने बताएका थिए।
प्रेषमीटमा ट्रष्टी यादव श्रेष्ठले सन् २००४ मा स्थापित चितवन एड ट्रष्ट यूकेले गरेका गतिविधिबारे जानकारी दिएका थिए। श्रेष्ठले भरतपुर अस्पतालमा ब्लड उपलब्ध गराउने उद्देश्यबाट शुरु संस्थाले स्वास्थ्य र शिक्षामा सहयोग गरिरहेको बताए।अयोध्यापुरी माडीमा एम्बुलेन्स,भूकम्पका बेला राष्ट्रिय प्रावि स्कुल पुनर्निर्माणमा करिब १३ हजार पाउण्ड सहयोग,स्वास्थ्य घुम्ती शिविर,भरतपुर अस्पतालमा आइ बैंकका लागि सहयोग, भरतपुर- ४ मा अपांगमैत्री पुस्तकालयका लागि सहयोग जस्ता कार्यमा करिब एक लाख एक हजार पाउण्ड सहयोग गरिसकेको जानकारी दिएका थिए।
संस्थाले यसबाहेक चितवनस्थित विपन्न वर्गका एकसय विद्यार्थीलाई पाठ्य सामग्री सहयोग र लन्डनमा ब्लड डोनेसन समेत गरेको समेत बताएका थिए। भरतपुर मेयर रेनु दाहाल बेलायत भ्रमणमा रहेका बेला महानगरपालिकाले दश लाख र क्याट यूकेले १० लाख रुपैयां विपन्न विद्यार्थीलाई दिने गरि सम्झौता भएर काम अगाडि बढेको संस्थाले जनाएको छ। उक्त संस्था ९ सेप्टेम्बर २०१४ मा च्यारिटीमा दर्ता भएको थियो।
कार्यक्रममा वरिष्ठ पत्रकार भगिरथ योगीले संस्थाले विगत दुई दशकदेखि गरेको सामाजिक कार्य प्रशंसनीय रहेको बताउंदै शुभकामना दिए। सम्मानको संयोजन गरिरहेका ट्रष्टी टिका पौडेलले यसको क्राइटेरिया र क्षेत्रबारे बताउंदै ५ सदस्यीय छनोट समितिले सम्मानका लागि काम गरिरहेको अवगत गराए। पूर्व अध्यक्ष लोक गुरुङले सहभागिताका लागि सबैप्रति धन्यवाद दिंदै क्याट यूके स्थापनाको उद्देश्य र गतिविधिबारे संक्षिप्त रुपमा बताएका थिए।
पत्रकार सम्मेलनमा संस्थाका पुर्व अध्यक्ष एवम ट्रष्टीहरुमा टिका पौडेल,कृष्ण गुरुङ, यादव श्रेष्ठ,वसन्त श्रेष्ठ,राजु आचार्य,दीपेन्द्र अधिकारी, सल्लाहकार कमल पौडेल लगायतको सहभागिता थियो।
प्रेषमीटमा बरिष्ठ पत्रकार भगीरथ योगी, नेपालीलिंकका सम्पादक नविन पोखरेल,लण्डन नेपालन्युजका सम्पादक शिव भण्डारी,प्रेष युनियन युके शाखा अध्यक्ष बिपीन निरौला,शीतलपाटीन्युजका सम्पादक बाचस्पति रेग्मी, संयोजक प्रेष युनियन युके संजय कडेल लगायतका पत्रकारहरुको उपस्थिती थियो।