Friday March 21, 2025

नेपाली ओपन कन्सर्टले युकेको केन्ट नेपालमय

४ असार, २०८१ शीतलपाटीन्युज डटकम। 1505


नेपाली ओपन कन्सर्टले युकेको केन्ट नेपालमय

शीतलपाटीन्युज डटकम।
लन्डन ।मगर संघ युकेद्वारा शनिबार बेलायतको मेडिस्टोन केन्टस्थित केन्ट सो ग्राउन्डमा आयोजित नेप्लिज ओपन कन्सर्ट भब्य सम्पन्न भयको छ।लामाले बिसाल रुपमा उपस्थित दर्शकलाई आफ्ना एक दर्जन गीत गाएर मनोरन्जन दिए। सो मनोरन्जन दिने अरु नभएर मंगोलियन हार्ट ब्यान्डका लोकप्रिय गायक राजु लामा थिए।गायक राजु लामाको सांगीतिक प्रस्तुतिले बेलायतका दर्शक झुमेका थिए र केन्ट शहर नेपालमय बनेको थियो।

मेरो नेपाल बोलको गीतको गीत गाउँदै नेपाली राष्ट्रिय झण्डा बोकेर स्टेज चढेका गायक लामाले करिब दुई घण्टा गाएका थिए। तिमीलाई देखेर,पर्खाइमा,हल्ला चलेछ,सायद तिम्रो बाटोमा,बिस्तारै बिस्तारै,बादल पारिको देशबाट,हरियो भन्नु,सुम्निमा,नतानु त तानु लाग्ने लगायत गीत गाएर दर्शकहरुलाई लामाले भरपुर मनोरन्जन दिएका थिए।

लामालाई बेलायतको स्थानीय सिक्का ब्यान्डले लाइभ म्युजिकमा साथ दिएको थियो।लामाले गाउनुअघि सिक्का ब्यान्डले पनि केही गीत प्रस्तुत गरेको थियो भने नेपालबाट आएका अन्य कलाकारहरू नेशन पुन,यज्ञ विक,मुना थापामगर,ललिता पुन र प्रेम विवश घर्तीमगरले पनि गीत गाएर कार्यक्रममा मनोरन्जनात्मक उर्जा थपेका थिए। मगर गट ट्यालेन्ट २०२४ की विजेता रुबिया थापा,मिफ्रुरुङ युथ समूह र मगर संघ केन्ट शाखाका कलाकारहरूले नृत्य प्रस्तुत गरेर उल्लासमय बनाएका थिए।

नेपाली ओपन कन्सर्टको औपचारिक कार्यक्रममा नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख श्रीमती रोशन खनाल प्रमुख अतिथि रहनु भयको थियो भने अध्यक्ष सीता पुनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव गुमानसिंह थापाले संचालन गर्नु भयको थियो। यस्तै,स्थानीय मेडिस्टोन काउन्सिलका मेयर,गैरआवासीय नेपाली संघका अध्यक्ष प्रेम गाहा मगर,नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मापहाडी शेर्पा,तमु धीं युकेका अध्यक्ष हरि गुरुङ,मगर संघ युकेका संरक्षक घनबहादुर थापा,पूर्व अध्यक्षहरू लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि अतिथिका रूपमा उपस्थित थिए। स्वागतका क्रमा अतिथिहरूलाई मगरहरूको लाइभ कौरा बजाउँदै,गाउँदै, नाच्दै स्टेजमा लगेर आसन ग्रहण गराईएको थियो।

सांस्कृतिक संयोजक सरू राना गुरुङले संचालन गरेको सांस्कृतिक कार्यक्रममा मिस युके नेपाल सिर्जना गुरुङ,दीपक माइथाने,रूपा राना र नुनु पाइजा समेतले सहयोग पुर्याएका थिए।


प्रतिकूल मौसमका बावजूद पनि दर्शक कार्यक्रमको अन्तिमसम्म धैर्यधारण गरेर राजु लामाको प्रस्तुतिमा नाचेका थिए। करिब ४ हजार दर्शक रहेको सो कन्सर्ट ग्राउण्ड झकिझकाउ सजाइएको थियो भने नेपाली मिठा मिठा परिकार खान लामो लाईनमा बसेर रमाई रहेको देखिन्थ्यो। 


नेपाल मगर संघ युकेले आशा गरे जस्तै नेपाली कला,संस्कृति र परम्परा झल्कने मौलिक नेपाली पोषाक,गरगहना लगाएर दर्शकहरु उपस्थित थिए भने दर्सकहरु फोटो खिच्न,सेल्फि लिन र कन्सर्टको लाईभ लिन ब्यस्त देखिएका थिए।

खानाका स्टलहरु,ब्यापारिक स्टलहरु,अन्य आवस्यक सुचनामुलक स्टलले झकिझकाउ समारोहस्थल नेपालमय भयको थियो।FNJ युकेका पत्रकारहरु उपस्थित रहेको सो कन्सर्टमा बेलायतका बिभिन्न समाचारहरुले लाईभ  प्रचार प्रसार गरेका थिए।

फोटो-शीव भण्डारी।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?