१० असार, २०८१
शीतलपाटीन्युज डटकम।
काठमाण्डौ। क्पाप्टेन बिजय लामा यो बर्षको लाल-समुन्द्रा राष्ट्रीय बहु प्रतिभा पुरष्कारबाट सम्मानित भएका छन् ।
केहि बर्ष यता सपरिवारका साथ अमेरिका बस्दै आई रहेका बहु प्रतिभाशाली ब्यक्तित्वका धनि लेखक-निर्देशक-सम्पादक साथमा नृत्य निर्देशक, तेक्वान्दो प्रशिक्षक बिकाश घले गुरुङले आफ्ना बाबु (लाल)- आमा (समुन्द्रा) गुरुङको स्मृतिमा लाल-समुन्द्रा राष्ट्रीय बहु प्रतिभा पुरष्कार स्थापना गरेका हुन ।
बहुप्रतिभा भएका अग्रज ब्यक्तित्वहरुलाई सम्मान र नब युवाहरुलाई प्रोत्साहनको लागि यो पुरष्कार स्थापना गरिएको संस्थापक तथा संरक्षक बिकास घले गुरुङले इनेप्लिजलाई बताए । सुरुमा क्षेत्रीय स्तरबाट सुरु गरियता पनि पछि यसलाई राष्ट्रिय स्तरको बनाईएको हो ।
यो सम्मान तथा पुरष्कार हालसम्म कलाकार-लेखक-निर्देशक ओम प्रतिक गुरुङ, गितकार ,संबिधान विद भिमार्जुन रेग्मी ,गायीका-नेत्री- पूर्व समाचारबाचिका- पुर्व राष्ट्रिय भलिबल खेलाडी कोमल वली, अग्रज कलाकार-लेखक-निर्देशक- कुशल प्रसाशक निर शाह, जनप्रिय हास्य कलाकार – गायक- समाजसेवी महजोडी जस्ता ब्याक्तित्वहरुले ग्रहण गरिसकेका छन् ।
यसै शिलशिलामा यो वर्षको लाल-समुन्द्रा राष्ट्रीय बहु प्रतिभा पुरष्कार कलाकार, गायक तथा बिमानचालक क्याप्टेन बिजय लामालाई प्रदान गरिएको छ । क्याप्टेन बिजयको यसै वर्ष “गोर्खा वारियर” नामक चलचित्र पनि प्रदर्शनमा आएको थियो ।
गत शुक्रवार बिश्व सङगीत दिवशका अवसर पारेर नेपाल सांगीतिक सङघले काठमान्डौमा आयोजना गरेको एक सांगीतिक कार्यक्रममा उक्त सम्मान तथा रु २५,०००/- सहितको पुरस्का प्रदान गरिएको हो ।
यो सँगसंगै उक्त कार्यक्रममा शिव शँकर मानन्धर राष्ट्रिय साङगितिक सम्मान तथा पुरष्कार वरिष्ठ कलाकार-संगीतकार सि.के रसाईलीलाई, रत्न शमशेर थापा राष्ट्रिय साङगितिक सम्मान तथा पुरष्कार गीतकार-रचनाकार कालीप्रशाद रिजाललाई, प्रेमध्वज प्रधान राष्ट्रिय साङगितिक सम्मान तथा पुरष्कार वरीष्ठ गायिका मीरा राणालाई, पुष्प नेपाली राष्ट्रिय साङगितिक सम्मान तथा पुरष्कार ओम बिक्रम बिष्ठलाई , फत्तेमान राजभण्डारी राष्ट्रिय युवा तथा साङगितिक सम्मान तथा पुरष्कार राजेश पायल राईलाई, शुभबहादुर सुनाम राष्ट्रिय साङगितिक सम्मान तथा पुरष्कार बाध्य बादक देव रानालाई, राजेश-लक्षमी नृत्य गुरु राष्ट्रिय साङगितिक सम्मान तथा पुरष्कार बरिष्ठ नृत्य गुरु भैरब बहादुर थापालाई र नेपाल सांगितिक संघ राष्ट्रिय साङगितिक सम्मान तथा पुरष्कार शुरेन्द्र श्रेष्ठलाई प्रदान गरिएको थियो।