१० असार, २०८१
शीतलपाटीन्युज डटकम।
चितवन,नेपाल। विनोद बराल (Binod Baral) र म पाक् महर्षि शेफ फूड टेक सन्दीप खत्रीको एक रोमाञ्चक परियोजनाको लागि कोष संकलन हुदै रहेको समाचार प्रकासमा आएको छ।
हामी नेपाली खानालाई समर्पित एउटा एप र वेबसाइट विकास गर्दैछौं,जसमा रेसिपी कैलकुलेटर र शेफहरूले आफ्ना रेसिपीहरू र प्रोफाइलहरू साझा गर्नसक्ने प्लेटफर्म समावेश हुनेछ। जसले गर्दा मानिसहरूलाई प्रत्यक्ष रूपमा जोड्न सकिने छ।
शेफ सन्दीप खत्री,जोसँग १८ वर्षको अनुभव छ। क्रियटिभ डाइरेक्टर,पोस्ट हार्भेस्ट इन्स्ट्रक्टर र लेक्चररको रूपमा १००० भन्दा बढी जर्नलहरू र ५०० प्रामाणिक नेपाली रेसिपीहरू सङ्कलन गरेका छन। जसमा धेरै हराउन लागेको परिकारहरू समावेश छन्। यस प्लेटफर्मले हाम्रो समृद्ध पाक परम्परालाई सुरक्षित बनाउने छ।
यस परियोजनालाई सफल बनाउन,हामीलाई तपाईंको सहयोगको आवश्यक छ। कुनै पनि योगदान,सिङ्गल डिजिटदेखि छ डिजिटसम्म, यस प्लेटफर्मलाई सुरु गर्न मद्दत गर्नेछ।जसमा खानाको इतिहास र पोषण जानकारी पनि समावेश हुनेछ।
यदि तपाईंले योगदान गर्न सक्नुहुन्न भने,त्यस्तै पनि ठिक छ। तपाईंको समर्थनको लागि धेरै आभारी हुनेछौ,विनोद बरालले फेसबुक वालमा लेखेर जानकारी गराउनु भएको छ।