१० असार, २०८१
शीतलपाटीन्युज डटकम।
लन्डन। आदीकवी भानुभक्त आचार्य जन्मेको तनहुबाट बेलायत आई बसोबास गरेको र तनहुँ समाज युकेको नागरीकको नामले चिनिने नागरिकहरुको वार्षिक भेटघाट तथा समर बीबीक्यू भव्य रूपमा सम्पन्न भएको छ। शनिबार फार्नबोरोस्थित स्यामुएल कोडी स्पोर्टस कलेजमा विविध सांस्कृतिक प्रस्तुति सहित कार्यक्रम भब्य भएको हो।
तनहुं समाजका अध्यक्ष केशर रानाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली राजदूतावास लन्डनका द्वितीय सेक्रेटरी रामबाबु नेपाल प्रमुख अतिथि रहनु भयको थियो। तनहुं समाजका महासचिव बोधविक्रम थापाले उदघोषण गर्दै संचालन भयको सो कार्यक्रम सुरुमा स्वास्थ्य र सुरक्षाबारे जानकारी गराएका थियो। कार्यक्रम अर्डिनेटर तथा उपाध्यक्ष शन्त गुरुङले उपस्थित सबै पाहुनाहरुलाई स्वागत गर्दै स्वागत मन्तव्य राख्नु भयको थियो।
अध्यक्ष राना,प्रमुख अतिथि नेपाल र वहाँ वरिष्ठ सलाहकार ले.रन्जन मल्लले संयुक्त रूपमा क्यान्डिल बालेर उद्घाटन गरेको सो कार्यक्रमम नेपाल र युकेको राष्ट्रिय गान प्रस्तुत गरिएको थियो।
समाजका वरिष्ठ सल्लाहकार मेजर रिटायर्ड कुलबहादुर थापा,पे ल्हु संघ युकेका अध्यक्ष डेम बहादुर गुरुङले शुभकामना मन्तव्य राखेको सो कार्यक्रममा मौलिक कौरा प्रतियोगिताका डोनर मिछुर्लुङलाई प्रशंसा पत्र तथा नेपालबाट आएका कलाकारहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।
मगर संघ युकेका महासचिव गुमानसीहं थापा,गुल्मी समाज युकेका अध्यक्ष रुद्र थापा,पाल्पा जिल्ला समाज युकेका पुर्व अध्यक्ष बाचस्पति रेग्मी,तमु पे ल्हु संघ युकेका अध्यक्ष रि क्या डेम बहादुर गुरुड्ग ,पत्रकार महासंघ युके शाखाका पुर्व अध्यक्ष नरेस खपाड्गी मगर लगायत पाहुनाहरुको उपस्थिती रहेको सो कार्यक्रममा अन्त्यमा प्रमुख अतिथि तथा दूतावासका द्वितीय सेक्रेटरी नेपालले शुभकामना मन्तव्य राख्दै संस्थाको प्रगतिको तनहु समाजले गरेका कामको प्रशंसा गर्नु भयको थियो भने समाजका अध्यक्ष रानाले उपस्थित सबैलाई धन्यवाद भन्दै कार्यक्रम समापन गर्नु भयको थियो।
औपचारिक कार्यक्रम सकिएपछि सांस्कृतिक कार्यक्रम र राफल ड्र सुरु भएको थियो। कलाकारहरूको नृत्य तथा सांगीतिक प्रस्तुतिमा उपस्थित दर्शक रमाएर नाच्दै झुमेका थिए।कार्यक्रम मनेरन्जनात्मक बनाउन कलाकारहरू मोहन थापा,कुमार राना,यङ्क आले, सविता राना,शंझना लामिछाने, राजु ढकाल सहितको समूहले सांस्कृतिक नृत्यप्रस्तुत गरेका थिए। नेपालबाट आएका विशेष अतिथि कलाकार तथा गायकहरू राजु ढकाल,पवन राना मगर,सविता परियार, सम्झना लामिछाने मगर र अस्मिता रानाको प्रस्तुति पनि बेजोड रहेको थियो।
भेषभुषा,संस्कृतिले भरिपुर्ण तनहुं जिल्लाको सास्कृतिक माहोललाई भरिपुर्ण मनोरन्जन दिदै तनहुं समाज युके
को सांस्कृतिक कार्यक्रम सञ्चालन मनसुदन थापा मगर र याम थापाले गरेका थिए।