Thursday March 20, 2025

हङकङमा पाल्पा सांगीतिक साँझ भब्य

१२ असार, २०८१ शीतलपाटीन्युज डटकम। 1423


हङकङमा पाल्पा सांगीतिक साँझ भब्य

शीतलपाटीन्युज डटकम।
हंगकंड्ग।पाल्पा श्रीनगर समाज हङकङको आयोजनामा पाल्पा सांगीतिक साँझ हंगकड्गमा भव्य रुपमा सम्पन्न भएको छ।

आईतबार याउ मा तेई कम्युनिटी हलमा आयोजीत कार्यक्रममा लोक दोहोरी प्रतिष्ठानकी अध्यक्ष तथा गायिका रीता थापा मगर, वरिष्ठ लोक गायक नारायण रायमाझी,गायक शिरीष देवकोटा,गायिका बिमा सारु मगर लगायतले गीत प्रस्तुत गरेका थिए।


साथै अभिनेता धीरेन शाक्यले स्थानीय कलाकार माया थापासँग नृत्य प्रस्तुत गरे। कार्यक्रममा संयुक्त डान्स स्टुडियोका कलाकारहरुले पनि नृत्य प्रस्तुत गरेका थिए।

समाजका अध्यक्ष पुर्ण दर्लामी मगरको सभापतित्व तथा समाजका संस्थापक अध्यक्ष गणेश जंग रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हङकङ नेपाली महासंघकी अध्यक्ष रीता गुरुङ, एनआरएनए हङकङका अध्यक्ष गोकर्ण ढकाल लगायतका विशेष अतिथिहरुको उपस्थिती रहेको थियो।
साभार-ब्लाष्ट खवर।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?