Tuesday July 08, 2025

नेपाली समाज नटिङ्‌घम युकेको आयोजनामा १२ अगस्टमा नेपाली मेला हुदै

१६ असार, २०८१ शीतलपाटीन्युज डटकम। 1742


नेपाली समाज नटिङ्‌घम युकेको आयोजनामा १२ अगस्टमा नेपाली मेला हुदै

शीतलपाटीन्युज डटकम।
लन्डन। नेपाली समाज नटिङ्‌घम युकेको आयोजनामा आगामी १२ अगस्ट २०२४ मा नेपाली मेला हुने भएको छ।


नेपालका राष्ट्रिय खेलहरू र ख्यातीप्राप्त कलाकारहरुको साथमा मेला हुन लागेको नेपाली समाज नटिङ्‌घम युकेका उपाध्यक्ष तथा सुनगाभा कोईभेन्ट डाइरेक्टर लोकनाथ अधिकारीले जानकारी दिनु भयको छ। 

मेलामा राष्ट्रिय कलाकारहरुको प्रस्तुतिका साथै विभिन्न सासं्कृति कार्यक्रम तथा झाँकी,नेपाली खानाका स्टलहरु,मैत्रीपूर्ण भलिबल,फुटबल प्रतियोगिता, घैंटो फुटाउने,डोरी तान्ने, रुमाल लुकाइ,कबड्डी, डन्डिबियो लगायत विभिन्न खेल,नेपाली गरगहना स्टल, पोसाकसम्बन्धी स्टल राखिने आयोजकले जनाएको छ। मेलवर्न रोड नटिङ्‌घममा हुने उक्त मेलामा मोर्गेज,एकाउन्टेन तथा कानुनी परामर्श सम्बन्धी सेवाहरु समेत दिइने भयको छ।सो मेला बिहान १० देखि शुरु भएर राति ९ बजेसम्म चल्ने ब्यवस्था गरिएको छ ।

यसैबीच नटिङ्‌घम नेपाली मेलामा सहभागी हुन गैर आवासीय नपाली संघ इंग्ल्यान्ड राज्य परिषद्ले अनुरोध गरेको समाचार छ। परिषद्का अध्यक्ष शम्भूप्रसाद अर्यालले एक सूचना जारी गर्दै युकेका समाजहरुले विभिन्न क्षेत्रबाट नेपाल र नेपालीलाई चिनाउने र एकआपसमा भेटघाट,दु:खसुख साटासाट गर्ने नेपाली मैलिकतामा आधारित नेपाली मेलामा सहभागी हुन युकेवासी नेपाली परिवारहरूलाई आग्रह गर्नु भयको छ।
'नटिङ्‌घम समाजको यो आउँदो महिनाको अगस्ट १२ तारिखमा मा आयोजना हुदै रहेको नटिङ्‌घम मेलामा समय मिलायर उपस्थित भइदिनुहुन सम्पूर्ण युकेवासी नेपाली परिवारहरूलाई हार्दिक अनुरोध गर्दछु,'अध्यक्ष अर्यालले सूचनामी उल्लेख गर्नु भयको छ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?