Thursday March 20, 2025

२५ अगस्तमा हुने नेपालीमेला बारे नेपाली राजदुताबासमा कोअर्डिनेसन मिटीड्ग

१६ असार, २०८१ शीतलपाटीन्युज डटकम। 1634


२५ अगस्तमा हुने नेपालीमेला बारे नेपाली राजदुताबासमा कोअर्डिनेसन मिटीड्ग

शीतलपाटीन्युज डटकम।
लन्डन। तमु धीं युके र नेपाली राजदूतावासको सहकार्यमा आगामी २५ अगस्टमा हुन गइरहेको १५औँ नेपाली मेलाबारे शुक्रबार अन्तरक्रिया सम्पन्न भएको छ।

मेलाको विषयमा नेपाली राजदूतावाससँग अन्तरक्रिया गर्ने प्रचलनअनुरुप संस्थाका अध्यक्ष हरि गुरुङको अध्यक्षता तथा नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यमा छलफल भएको हो । 

महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले स्वागत मन्तव्य राखेका थिए।  

१५औँ नेपाली मेलाको संयोजक तथा संस्थाका उपाध्यक्ष परशु गुरुङले पावर प्वाइन्टबाट विस्तृत जानकारी गराए । उनको प्रस्तुतिमा नेपाली मेलाको प्रारम्भकालदेखी गत सालसम्मको भिडियो क्लिप र यस वर्षको मेला आयोजनाबारे जानकारी गराइएको थियो । 

कार्यक्रममा अध्यक्ष गुरुङले नेपाली राजदूतावास र तमु धीं युकेबीचको पारस्परिक सम्बन्ध प्रगाढ रहेको भन्दै यो सम्बन्ध निरन्तर रहनेमा आफू विश्वस्त रहेको बताए । 
अध्यक्ष गुरुङ तथा आमा समूहकी अध्यक्ष सन्ध्या गुरुङले तमु धीं युकेको तर्फबाट राजदूत आचार्य र उनकी श्रीमती सुनिता आचार्यलाई मायाको चिनो प्रदान गरे।राजदूत आचार्यले तमु धीं युकेले नेपाली राजदूतावासलाई दिएको सम्मान र कदर अविष्मरणीय रहेको र तमु धीं युकेले आयोजना गरेको नेपाली मेला, गोर्खा कपजस्ता कार्यक्रम प्रति आफू प्रभावित भएको बताए।

कार्यक्रममा दूतावासबाट राजदूत आचार्यसहित उनकी श्रीमती सुनिता आचार्य, उपनियोग प्रमुख रोशन खनाल, नियोग सैनिक सहचारी महासेनानी अनुप शाह,द्वितीय सचिव रामबाबु नेपालको उपस्थित थियो।


तमु धीं युकेबाट अध्यक्ष हरि गुरुङ,श्रीमती सन्ध्या गुरुङ आमा श्रीमती लक्ष्मी गुरुङ,उपाध्यक्ष जुमकाजी गुरुङ, श्रीमती कमला गुरुङ,उपाध्यक्ष परशु गुरुङ,श्रीमती नन्दा गुरुङ,श्रीमती मञ्जु (सीता) गुरुङ, सुश्री सायमी गुरुङ,तमु धीं लन्डन इकाईका उपाध्यक्ष ईश्वर गुरुङ सोही संस्थाका आमा समूहकी अध्यक्ष श्रीमती देवकला गुरुङ,महासचिव डा. विशाल गुरुङ,SERTD का अध्यक्ष प्रेमकुमार गुरुङ र वहाँकी धर्मपत्नी,महासचिव कमल गुरुङ,गोकुल गुरुङ र सबिना गुरुङको उपस्थिति रहेको थियो।


अन्त्यमा अध्यक्ष गुरुङले कार्यक्रममा उपस्थित भएका महानुभावलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए।

श्रोत: गोर्खा मिडीया।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?