Friday February 07, 2025

चलचित्रकर्मीहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले लन्डनमा यती इन्टरनेशनल नेपाली फिल्म अवार्ड गर्ने घोषणा

१७ असार, २०८१ शीतलपाटीन्युज डटकम। 1419


चलचित्रकर्मीहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले लन्डनमा यती इन्टरनेशनल नेपाली फिल्म अवार्ड गर्ने घोषणा

शीतलपाटीन्युज डटकम।
लन्डन । युरोपकै पुरानो नेपाली संस्था यती नेपाली एसोसिएसन यूकेले लन्डनमा यती इन्टरनेशनल नेपाली फिल्म अवार्ड (इन्फा यूके २०२४) गर्ने भएको छ। विदेशमा नेपाली चलचित्रको श्रीवृद्वि तथा अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यसहित अवार्ड कार्यक्रम गरिने भएको हो ।

शुक्रबार राजधानी काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यतीको आयोजना र संगीक्षा फिल्मस इन्टरटेनमेन्ट प्रा. लि. को व्यवस्थापनमा अगष्ट ३१, २०२४ मा भव्य समारोहबीच लन्डनमा अवार्ड प्रदान गर्न लागिएको आयोजकले जानकारी दिए ।

२०२३ अप्रिल १४ देखि २०२४ जुन २१ सम्म प्रदर्शनमा आएका चलचित्रहरुलाई आधार मानेर उत्कृष्ट ३ छनोट गरिने आयोजक संस्थाले जानकारी दिएको छ । इन्फा अवार्ड २०२४ को जुरीमा सुनिल थापा संयोजक, गौरी मल्ल र उज्ज्वल घिमिरे सदस्य छन् ।

नेपाली चलचित्रकर्मीहरुलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ मर्यादित, निष्पक्ष अवार्ड कार्यक्रम गरिने संस्थाकी अध्यक्ष पिपला देवान पाण्डेले प्रतिवद्धता व्यक्त गरिन् ।

अवार्डका लागि यूके कमिटीमा अध्यक्ष देवानसहित यती पूर्व अध्यक्ष उमेशराज मोक्तान, महासचिव टंक भट्टराई, सचिव आशिषराज पन्त एवं पून्य रेग्मी र पाल्देन लामा छन् भने नेपाल कमिटीमा संगीक्षा फिल्मसको तर्फबाट सुनिल क्षेष्ठ अध्यक्ष, मनोज केसी महासचिव, मोहन श्रेष्ठ सचिव, प्रशान्त कुंवर कोषाध्यक्ष र मनिष कार्की संयोजकका रुपमा छन् ।

नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको प्रमुख आतिथ्यमा भएको उक्त पत्रकार सम्मेलनमा वरिष्ठ कलाकारहरु कृष्ण मल्ल, नरेश पौडेल, गायक यम बराल, मलिना जोशी लगायत चलचित्रकर्मीले सफलताको शुभकामना दिए ।

इभेन्ट संयोजक उमेशराज मोक्तानले नेपाली चलचित्रकर्मीलाई प्रोत्साहन र फिल्म प्रचार प्रसारका लागि अवार्ड कार्यक्रम गर्न लागिएको बताए ।

‘बेलायतमा नेपाली चलचित्र बजार विस्तार भइरहेको छ । यहीं फिल्म निर्माण-प्रदर्शन समेत वृद्धि भइरहंदा लन्डनलाई प्राथमिकता दिइएको हो’, मोक्तानले भने ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?