Friday February 07, 2025

रेडिङमा सम्पन्न हेल्भेट आर्ट प्रर्दशनीमा कलाकार पी. सिंहका नेपाल झल्काउने मनमोहक कलाकृतिहरूको प्रदर्शन

२० असार, २०८१ शीतलपाटीन्युज डटकम। 1440


रेडिङमा सम्पन्न हेल्भेट आर्ट प्रर्दशनीमा कलाकार पी. सिंहका नेपाल झल्काउने मनमोहक कलाकृतिहरूको प्रदर्शन

शीतलपाटीन्युज डटकम।
 
 लण्डन।‘नेपाल यात्रा’ कला प्रदर्शनीको आठौं संस्करण ३० जुन २०२४ मा बेलायतको रेडिङमा सम्पन्न भएको छ।
 
२९-३० जुनमा ‘द रोजिएट होटल’मा आयोजित प्रदर्शनीमा कलाकार पी. सिंहका विभिन्न मनमोहक ऐक्रेलिक पेन्टिङहरू प्रस्तुत गरिएको थियो।जसले नेपालको प्राकृतिक दृश्य, समृद्ध संस्कृति,सम्पदा लगायत वन्यजन्तुको कलात्मक रूपमा चित्रण गरेको थियो। यसअघि बेलायत,कतार र नेपालका विविध ठाउँमा कला प्रदर्शनी गरिसकेका कलाकार सिंह आफ्ना चित्रहरूमार्फत नेपाली संस्कृतिको प्रवद्र्धन गर्न प्रतिबद्ध छन्।
 
आफ्नो उत्साह व्यक्त गर्दै कलाकार सिंहले भने,“हेल्भेट आर्ट प्रर्दशनीमा मेरा कलाकृतिहरूमार्फत नेपाललाई प्रतिनिधित्व गर्न पाउँदा म निकै उत्साहित छु । दुई-दिने प्रदर्शनीमा सयौं कलाप्रेमी आगन्तुकहरूलाई नेपाली कला, संस्कृति र प्राकृतिक दृश्यहरू देखाउन पाउनु वास्तवमै रोमाञ्चक थियो।” उनले नेपाली कलाकृतिहरूप्रति आगन्तुकहरूको उत्साहजनक प्रतिक्रियालाई टिप्पणी गरे।
 
लन्डनको SMBC बैंकमा कार्यरत सफ्टवेयर इन्जिनियर सिंह आफ्नो खाली समयमा चित्रहरु कोर्छन्।“हेल्भेट आर्ट प्रर्दशनीले धेरै देशका कलाकारहरूको प्रदर्शनी गरिसकेको छ र हामी नेपालका कलाकृतिहरू प्रदर्शन गर्न पाउँदा निकै रोमाञ्चित भयौं,” हेल्भेट आर्ट प्रर्दशनीका संयोजक इना वार्सले भनिन्।
 
नेपालको सांस्कृतिक सम्पदा र पर्वतहरू झल्काएका कलाकृतिहरूको प्रर्दशनीमा आएका कलाप्रेमी आगन्तुकहरूले सराहना गरे । साथमा यी कलाकृतिहरूले सहकर्मी कलाकारहरूको ध्यान पनि उत्तिकै खिचे।”यहाँ सहभागी कलाकारको रूपमा म नेपाली कलाकृतिहरू देखेर निकै खुशी छु जसले मलाई मेरो युवाकालमा नेपालमा गरेको पदयात्राका सम्झनाहरू फर्काइदियो,”ब्रिटिष कलाकार जोनाथन क्रफोर्डले भने ।
 
थप जानकारीको लागि: संगीता स्वेच्छा संयोजक,नेपाल यात्रा कला प्रदर्शनी शृंखला।
इमेल: [email protected]
फोन: 07454840775



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?