Tuesday July 08, 2025

B.P. Koirala’s Statement In Court को लोकार्पण समारोह अमेरिकामा सम्पन्न

२१ असार, २०८१ शीतलपाटीन्युज डटकम। 1755


B.P. Koirala’s Statement In Court को लोकार्पण समारोह अमेरिकामा सम्पन्न

 

शीतलपाटीन्युज डटकम।

अमेरिका। लेखक तथा अनुवादक सुभाष घिमिरेद्वारा अनुवादित B.P. Koirala’s Statement In Court पुस्तक लोकार्पण कार्यक्रम संयुक्त राज्य अमेरिकाको मेरिल्याण्डमा एक भव्य समारोहका बीच सम्पन्न भएको छ। जय नेपाल इन्टरनेशनल फाउण्डेशन मेरिल्याण्डका सभापति केशव शर्मा पौडेलको सभापतित्वमा सम्पन्न भएको उक्त समारोहको प्रमुख अतिथि जय नेपाल इन्टरनेशनल फाउण्डेशनका अन्तर्राष्ट्रिय अध्यक्ष, डा.यादव पण्डित हुनुहुन्थ्यो। उक्त समारोहको विशिष्ट अतिथि पुस्तकका समीक्षक वरिष्ठ समाजसेवी डा.श्याम कार्की र एनआरएन पूर्व उपाध्यक्ष  रविना थापा हुनुहुन्थ्यो।

समारोहमा बानाका अध्यक्ष सुबोध विलास पन्त, एनआरएनए मेरिल्याण्डका अध्यक्ष कुल गुरुंग,नेपाल महिला संघ पर्वत जिल्ला अध्यक्ष मुना लामिछाने, 🎈चितवन समाजका अध्यक्ष तथा जय नेपाल इन्टरनेशनल फाउण्डेशन मेरिल्याण्डका सल्लाहकार आनन्दकृष्ण घिमिरे, 🎈एनआरएनए एनसीसी अमेरिकाका बोर्ड अफ डाइरेक्टर तथा न्युजलेटर पब्लिकेशन कमिटीका संयोजक र उक्त कार्यक्रमको व्यवस्थापनमा अत्यन्त सक्रीय विष्णु बराल, 🎈  गौतम दाहाल, प्रवासी नेपाली मन्चका नेता प्रभु थापाले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। सो समारोहमा बी.पी. ट्रष्ट र अमेरिकाका सुपर लयेर खगेन्द्र जिसीको शुभकामना सन्देश पढेर सुनाइएको थियो।

सुभाष घिमिरे
—————-
१३ वर्षको उमेरमा जेल गएका बाल सत्याग्रही भनेर प्रख्यात। लोकतान्त्रिक आन्दोलनको क्रममा पटकपटक गिरफ्तार। ने.वि. संघ, नेपाली कांग्रेस र नेपाली जनसम्पर्क समितिका विभिन्न तहमा नेतृत्वदायी भूमिकामा रहेर काम गरेका।चुली,एक्काइसौं शताब्दीकी सुम्निमा जस्ता उपन्यासहरूका अनुवादक। अमेरिका अनुभूति,मौन विद्रोह,द साइलेन्ट रिबेलियन उपन्यासहरूका सर्जक सुभाष घिमिरेको द ग्रेट ग्याट्स्बी नामक अंग्रेजी उपन्यासको नेपाली अनुवाद प्रकाशोन्मुख छ। B.P. Koirala’s Satement In Court बी.पी. कोइरालाले अदालतमा दिएको बयानको अंग्रेजी अनुवाद हो।

संयुक्त राज्य अमेरिकाको ईस्टर्न इलिनोइ युनिभर्सिटीबाट स्नातकोत्तर गर्नु भयको उहाले कृषि तथा वन विज्ञान विश्व विधालयबाट स्नातक गर्नु भयको छ।

उक्त समारोहमा जय नेपाल इन्टरनेशनल फाउण्डेशन, मेरिल्याण्डका सदस्य झबिन्द्र बेलबासेले स्वागत भाषण गर्नुभएको थियो भने कार्यक्रमको संचालन पूर्व रेडियोकर्मी शोभा घिमिरेले गर्नुभएको थियो।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?