Friday February 07, 2025

बेलायतको आमनिर्वाचनमा लेबर पार्टीलाई स्पष्ट बहुमत

२२ असार, २०८१ शीतलपाटीन्युज डटकम। 1455


बेलायतको आमनिर्वाचनमा लेबर पार्टीलाई स्पष्ट बहुमत

शीतलपाटीन्युज डटकम।
लन्डन। बेलायतको आमनिर्वाचनमा विपक्षी दल लेबर पार्टीलाई बहुमत प्राप्त गरेको छ ।बिहीबार सम्पन्न मतदानको जारी मतगणनामा पछिल्लो मतपरिणाम अनुसार लेबर पार्टीले ६५० सिटमध्ये ४ सय २१ सिट जितेको छ । त्यस्तै प्रधानमन्त्री सुनकको कन्जरभेटिभ पार्टीले १ सय २१ सिटमा जित हासिल गरेको छ। सर्वेक्षणहरुले ६५० संसदीय सीटमध्ये लेबर पार्टीले ४ सयभन्दा बढी जित्ने अनुमान गरिएको थियो।
निर्वाचनको अन्तिम परिणाम आजै आउने अपेक्षा गरिएको छ। 


लेबर पार्टीका नेता सर केयर स्टार्मर प्रधानमन्त्री बन्ने निश्चित भएको छ। बिहीबार भएको निर्वाचनमा करिब ६० प्रतिशत मत खसेको थियो । पछिल्लो परिणाम अनुसार स्कटिस नेसनल पार्टीले ९सीट,लिबरल डेमोक्र्याट पार्टीले ७१ र अन्य पार्टीले २६ सिट जितेका छन्।
निर्वाचनबाट बेलायती संसद् हाउस अफ कमन्समा प्रतिनिधित्व गर्ने ६५० सांसद निर्वाचित हुनेछन्। सरकार बनाउन ३२६ सिट आवश्यक पर्छ। लेबर सरकारको पहिलो प्राथमिकता आर्थिक रूपमा देश र जनतालाई सबल र सक्षम बनाउनु अनि आर्थिक स्थिरता प्रदान गर्नु छ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?