Friday February 07, 2025

नेपाल पत्रकार महासंघ युकेको अध्यक्ष पदमा श्याम लुँइटेल,दिनेश परियार र विमला सेने उम्मेदवार,अरु सबै पदमा निर्विरोध

२४ असार, २०८१ शीतलपाटीन्युज डटकम। 1344


नेपाल पत्रकार महासंघ युकेको अध्यक्ष पदमा श्याम लुँइटेल,दिनेश परियार र विमला सेने उम्मेदवार,अरु सबै पदमा निर्विरोध

शीतलपाटीन्युज डटकम।
लण्डन। नेपाल पत्रकार महासंघ युकेको अध्यक्ष बाहेक सबै पदमा निर्विरोध भएको छ।
१४ जुलाईमा हुने छैटौं महाधिवेशनका लागि शनिबार भएको मनोनयन दर्तामा अध्यक्ष पदमा श्याम लुँइटेल, दिनेश परियार र विमला सेनेको उम्मेदवारी परेको छ।
निर्वाचन समितिका संयोजक नरेश खपांगी मगरका अनुसार वरिष्ठ उपाध्यक्षमा नरेन्द्र बस्नेत क्षेत्री, उपाध्यक्षमा शिव भण्डारी, उपाध्यक्ष (महिला)मा प्रमिला लाबुङ राई,महासचिवमा खेमराज रानाभाट,सचिवमा मन्जु भण्डारी खरेल,विश्वासदीप तिगेला,कोषाध्यक्षमा सविन्द्रकुमार गुरुङ र सहकोषाध्यक्षमा सुरेन्द्र इङनाम निर्विरोध भएका छन्।
यस्तै, १५ सदस्यीय कार्यसमितिको सदस्यहरूमा वाचस्पति रेग्मी,बमबहादुर थापा,अमित थेबे,नगेन्द्रराज नेम्वाङ,गोमा राना र मिलन गुरुङ (मिलन तमु) सर्वसम्मत भएका छन्।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?